शेयर कारोबारमा भ्याट लगाउने कि नलगाउने भन्ने
विषयमा बहस शुरु भएको छ | लगानीकर्ताको एउटा संघले लगाउनुपर्छ र अर्कोले लगाउनु
हुन्न भनेर वक्तव्य जारी गरेका छन् | नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर
अफ कमर्शले पनि लगाउनु हुन्न भन्दै वक्तव्य जारी गरे | धितोपत्र बजारलाई नजिकबाट
नियालिरहेका लगानीकर्ता, अधिवक्ता, चार्टड एकाउन्टेन्ट, पूर्व अर्थमन्त्री,
सम्वद्ध निकायका पूर्व अधिकारीहरु तथा करका जानकारहरुले पनि लगाउन हुन्न र मिल्दैन
भन्ने विचार व्यक्त गरेका छन् |
हस्तान्तरणमा लाग्ने दस्तुर
शेयर हस्तान्तरण गरिदिए वापत दलालले धितोपत्र
वोर्डले तोकिदिएको शुल्क लिन्छन | शुल्क कारोबार रकममा आधारित छ | कारोबार रकम
बढ्दै जाँदा घट्ने र घट्दै जाँदा बढ्ने गरि कमिसन तोकिएको छ | न्यूनतम ०.४ देखि
अधिकतम ०.६ प्रतिशतसम्म तोकिएको छ र कमिसन रकम रु. २५ भन्दा कम नहुने व्यवस्था
गरिएको छ | दलालले लिएको कमिसन मध्येबाट २० प्रतिशत स्टक एक्सचेन्जलाई, बाँकी
रहेकोबाट अग्रिम कर कट्टी वापत १५ प्रतिशत सरकारलाई बुझाउने गरेका छन् | ०.६
प्रतिशत वोर्डलाई तिर्ने गरेका छन् | ग्राहकले कमिसनका अतिरिक्त वोर्डलाई कारोबार
रकमको ०.०१५ प्रतिशत छुट्टै तिर्नुपर्छ | त्यस्तै डिपी शुल्क र पूँजीगत लाभ भएमा
लाभकर समेत बुझाउनुपर्छ | पूँजीगत लाभकर गणनाको लागि स्टक एक्सचेन्जले हकप्रद र
बोनसको लागि आधार मूल्य तोकिदिने गर्छ भने प्राथमिक शेयरको लागि परल मूल्यलाइ आधार
मानिन्छ | दोस्रो बजारबाट किनिएको शेयरको हकमा खरिद र बिक्री मुल्यको अन्तर अनुसार
पूँजीगत लाभकर निर्धारण गरिन्छ |
विवादको प्रस्थान विन्दु
महालेखा परीक्षकले मूल्य अभिवृद्धि कर नियमावली
अनुसार रु. २० लाख भन्दा बढीको वस्तु वा सेवाको कारोबार गर्दा मूल्य अभिवृद्धि कर
प्रयोजनको लागि दर्ता हुनुपर्ने उल्लेख गरेको र मूल्य अभिवृद्धि कर ऐन २०५२ को
अनुसूचीमा उल्लेखित कर छूट हुने वस्तु वा सेवाको सूचीमा धितोपत्र दलाली सेवालाई
मुअक छूट नदिएकोले असुल गर्नुपर्ने भन्दै प्रतिवेदन दिएपछि विवाद सतहमा आएको हो |
विवाद समाधानको पहल
विवाद उठेपछि समाधान गर्न पहल गर्ने क्रममा ‘धितोपत्र
दलाल संघ’ ले धितोपत्र वोर्डलाई अनुरोध गरेपछि वोर्डले तालुकदार मन्त्रालयलाई ‘धितोपत्र
दलाली’ ‘वित्तीय सेवा’ मा पर्ने र वित्तीय सेवा प्रदायकले मुअकमा दर्ता भई र मुअक
तिर्नु नपर्ने भएकोले अनुसूचीमा समावेश गरिदिन पहल गरेको देखिन्छ |
वित्तीय सेवाको क्षेत्र
वित्तीय सेवाका क्षेत्र कुन
कुन हुन भन्ने विषयमा प्रष्ट पार्ने विशेष कानुन नभएकोले निक्षेप लिएर कर्जा
प्रवाह गर्ने बैंक (विकास बैंक, वित्त कम्पनी र लघुवित्त समेत) मात्र वित्तीय
संस्था हो भन्ने सामान्य बुझाई रहेको छ | यस्तो बुझाई वा सोचाई राख्नु अत्यन्त
संकुचित हुन्छ | मुअक ऐनको दफा ४३ ले यस ऐन र ऐन अन्तर्गत बनेका नियममा लेखिए
जतिमा सोहि बमोजिम र अरुमा प्रचलित कानुन बमोजिम हुने व्यवस्था गरेको छ | अन्य
प्रचलित कानुन अध्ययन गर्दा ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४’ को दफा २(ब)(८)(घ) मा ‘हस्तान्तरणयोग्य धितोपत्र’ भनिएको छ | यसलाई दलाल सेवा भनेर बुझ्नुपर्ने हुन्छ | त्यस्तै ‘अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन २०५४’ को दफा २(ख) मा ‘अन्तर्राष्ट्रिय वित्तीय संस्था’
को रुपमा ‘धितोपत्र दलाल’ लाई पनि अनुमति पाउन सक्ने संस्थाको रुपमा सूचीकृत गरिएको छ |
नीतिगत दस्तावेजको रुपमा मन्त्रिपरिषदबाट २०७३ सालमा स्वीकृत ‘वित्तीय क्षेत्र विकास रणनीति २०७३/७४-२०७७/७८’
ले वित्तीय प्रणालीको संरचनामा दलाललाई समावेश गरेको छ |
मूल्य अभिवृद्धि कर निर्देशिका २०६९ मा वित्तीय सेवा
आपूर्ति अन्तर्गत ‘शेयर वा ऋणपत्र वा अन्य धितोपत्रको निष्काशन वा व्यबस्थापन वा खरीद बिक्रीसंग सम्बन्धित जस्ता सेवालाई वित्तीय
सेवा भनिन्छ । मूल्य अभिवृद्धि कर ऐनमा यस्तो वित्तीय सेवामा कर छुट हुने व्यवस्था रहेको छ भनिएको छ |
उल्लेखित कानुनी तथा नीतिगत व्यवस्थाले दलाल
वित्तीय संस्था हुन भन्ने पुष्टि गरेको छ | अन्तर्राष्ट्रियरुपमा पनि दलाली
सेवालाई वित्तीय संस्था मानिएको छ | वित्तीय सेवा भित्र आर्थिक
विषयवस्तु जोडिएर आउने सबै विषय समावेश हुन्छ | बैंक, मर्चेन्ट बैंक, बिमा, धितोपत्र दलाल, विप्रेषण,
मुद्रा विनिमय, क्रेडिट युनियन, क्रेडिट कार्ड कम्पनी, लेखा व्यवसायी कम्पनी पनि वित्तीय सेवाको परिभाषा भित्र पर्छन् |
मुअकमुक्त हुनुपर्ने आधार
व्यवहारमा शेयर ‘किन्ने र बेच्ने’ भनिए पनि
कानुनत भोगको हस्तान्तरण हो | कम्पनीको विभाजित पूँजीको इकाई वा अंशलाइ शेयर र
यसलाई धारण वा भोग गर्ने व्यक्ति (प्राकृतिक वा कानूनी) लाई शेयरधनी भनिन्छ |
शेयरधनीले आफ्नो आवश्यकता अनुसार इकाई वा अंश पुरै वा केहि अर्को व्यक्तिलाई
हस्तान्तरण गर्छन | यसैलाई व्यवहारमा शेयर किन्ने र बेच्ने भनिन्छ | यसरी
हस्तान्तरण गर्नको लागि कुनै संस्थालाइ माध्यम बनाउनपर्छ | यस्ता माध्यमकोरुपमा
कार्य गर्ने संस्थालाई दलाल भन्ने गरिन्छ | दलालले हस्तान्तरणमा मात्र सहयोग
पुर्याउने हो | भ्याट वस्तु र सेवाको अन्तिम उपभोग गर्नेले तिर्ने सैद्धान्तिक
मान्यता रहेको छ | यस हिसाबले शेयरको अन्तिम उपभोक्ता भन्ने कोहि हुन्न | अनगिन्ती
पटक हस्तान्तरण हुने भएकोले शेयर हस्तान्तरणमा भ्याट लगाईनु सर्वथा अनुचित छ र शेयर
हस्तान्तरण भ्याटमुक्त हुनुपर्छ |
विवाद समाधानको उपाय
नआउनुपर्ने विवाद आइसकेपछि समाधान पनि
खोजिनुपर्छ, विवाद (समस्या) भित्र समाधान पनि सँगै आउँछ | पूँजीबजारको अभिभावक र
नियमक भएको यसको लागि पहल वोर्डले गर्नुपर्छ | वोर्डले लगानीकर्ताको विवाद स्टक र
दलालसँग हो भनेर नजरअन्दाज गरेमा वोर्डकै विश्वसनीयतामा प्रश्न उठ्छ | पूर्ण
अभौतिक कारोबार प्रणाली शुरु भईसकेकोले प्राथमिक, बोनस, हकप्रद र किनेको शेयर
छुट्टयाउन कठिन हुने भएकोले एकीकृत कारोबार कर प्रणालीमा जान वोर्डले पहल
गर्नुपर्छ यसो गर्दा कर गणना गर्न सजिलो र पारदर्शी हुन्छ | यस्तो करको दर
साझेदारहरु बीच छलफल गरि निर्धारण गर्न सकिन्छ | एकीकृत कारोबार कर लगाउँदा लेखा प्रक्रिया
सरल हुन्छ | कारोबार कर लागू गर्दा लगानीकर्ता र व्यापारीलाई फरकफरक दर तोक्न
सकिन्छ | यसो गर्दा लामोसमयसम्म शेयर धारण गरिरहने अभ्यास बढ्दा बजारमा हुने तिब्र
उतारचढावलाइ केही हदसम्म रोकेर स्थिरता कायम राख्न समेत मद्दत पुग्छ | लिएको कर
रकम साझेदारहरुलाई के कति अंश भाग लगाउने भन्ने विषय नियमकको सिफारिशमा सरकारले तोकिदिनुपर्छ
|
3 comments:
Share kharid bikri ma VAT lagaune bhaneko bhayepo antim upabhokta ko ho bhanne prashna uthtyo. VAT lagaune bhaneko Share Karobar gare bapat line commission ma ho. Commission ko Upabhokta Laganikarta hunchha.
Ani arko kura International practice hernu bhayo bhane pani Stock broking commission ma Service Tax/GST lagu gareko dekhinchha.
कमिसन आम्दानी हो भन्ने कुरा मैले सिए साहबलाई सिकाउने कुरा भएन | आम्दानीमा सेवा हैन आयकर लाग्छ भन्ने पनि सिकाउन परेन | सिए साहेबले भन्नु भए झैँ सर्भिस ट्याक्स वा जिएसटी जे नामले लगाए पनि त्यो लाग्ने भनेको खरिदकर्तालाई नै हो |
दूरसञ्चार सेवामा महसुल, टिएससि अर्थात टेलिकम सर्भिस चार्ज, मुअक र हाल सम्पदा शुल्क लाग्छ | टिएससि महसुलको १०% लाग्छ सम्पदा शुल्क १% लागिरहेको छ र मुअक १३% | यी सबै कर र शुल्क हामीले तिरिरहेका छौं | सेवा प्रदायक कम्पनीले शुद्ध उसले तोकेको महसुल लिन्छ | स्मरण रहोस महसुल नै दूरसञ्चार कम्पनीको मुख्य आम्दानी हो | यसैबाट सम्पूर्ण खर्च कटाएर खुद नाफामा २५% आयकर तिर्छन | दलाल भनेको व्यक्ति हैन कम्पनी हो | दलाल कम्पनी वित्तीय संस्था हुन भन्ने कुरा सर्वस्वीकार्य छ | अभ्यास पनि यहि हो | वित्तीय संस्था भएको नाताले यस्ता कम्पनीलाई ३०% आयकर लगाउनुपर्छ | यस विषयमा कर प्रशासनले ध्यान दिनु जरुरी छ | मलेपकै प्रतिवेदनमा मर्चेन्ट बैंकलाई यस्तै गर्न निर्देशन दिएको छ |
दूरसञ्चारको महसुल कुनै निकायले तोक्ने गर्दैन यो आफैले तोक्ने हो दूरसञ्चार प्राधिकरणबाट स्वीकृति मात्र लिनुपर्छ | दलाल कमिसन धितोपत्र वोर्डले प्रस्ताव गरि सरकारबाट स्वीकृत गराउनुपर्छ |दूरसञ्चार कम्पनीले लिने महसुल र दलालले लिने कमिसन दुवै आम्दानी हो | यहि आम्दानीबाट अग्रिम कर एक्सचेन्जलाई शुल्क र सेबोलाई पनि शुल्क बुझाएर बाँकी रहेको रकमबाट संचालन लगायत कर्मचारी खर्च पश्चातको खुद आम्दानीमा २५% आयकर तिरेका छन् | अग्रिम कर बापत तिरेको कटाएर बाँकी नपुग आयकर तिरेका हुन्छन |
अब सिए साहेबले भन्नु भए जस्तो आम्दानीमा अरु के के कर शुल्क लगाउन मिल्छ भन्दै जानुहोला |
तपाईको आयमा आयकर बाहेक अरु के के कर तिर्नुहुन्छ ?
टिप्पणीको लागि धन्यवाद
If Broker Companies also are understood as Financial Institutions then there is no issue on exempting VAT on Broker Commission.
My opinion is Broker Companies shall not be understood as Financial Institutions.
Thank You.
Post a Comment