धितोपत्र
दलाल अनुमति बैंकलाई दिनुपर्छ भन्ने आवाज तीव्र बनिरहेको छ । किन
भनेर प्रश्न गर्दा निरुत्तर हुन्छन् अनि कनिकुथी प्रतिष्पर्धाको लागि भन्दै
पन्छिन्छन । ५० वटा
दलाल छन् कसरी प्रतिष्पर्धा भएन भन्यो भने कुतर्क गर्दै कुन दलालले कति पैसाको
बिटोले हान्यो, कुन
दलाल नातेदार पर्छ भन्दै अति निम्न शब्दको राम्रै उपयोग गर्छन् । यसो
हुनुको कारण विषयको सैद्धान्तिक पक्ष र प्रचलित कानून सम्बन्धि ज्ञानको अभाव हो ।
छिट्टै
धनी हुने लालसाले आँखा चिम्लेर शेयरमा पैसा हाल्दा घाटाले उठिवास लाग्ने स्थितिमा
पुगेपछि ‘के निहुँ
पाउँ कनिका बुक्याउँ’ भने
जस्तै दलालप्रतिको आक्रोश मात्र हो । कम्पनीको प्रतिफल दिनसक्ने क्षमताको आँकलन नगरी
पैसा हाल्ने प्रवृति कायम रहेसम्म दलाल अनुमति जसलाई दिएपनि केहि हुन्न । दलालले
गर्दा शेयरको मूल्य घटेको अरण्यरोदन गर्दै बैंकलाई दलाल अनुमति देउ भन्दै अर्को
अरण्यरोदन गर्नु औचित्यहिन देखिन्छ । दलाल जो भए पनि किन्ने शेयर हो । पात्र
र प्रवृति एकै हो । फेर्नुपर्ने
पात्र हैन प्रवृति हो । पात्रको
प्रवृति उही रहेसम्म बैंक, विमा
वा विमान कम्पनी जसलाई दलाल अनुमति दिएपनि केहि हुन्न । बिरालो
कालो वा सेतो मुसा मारे हुन्छ । बजारको
बढ्दो आकारसँगै दलालको संख्या थपिनुपर्नेमा कोहि असहमत छैनन् । आवश्यक
भएमा जति पनि दलाल थपिनसक्ने तथ्य पछिल्लो पटक थपिएका ३३ वटा दलाल संख्याले पुष्टि
गरिरहेको छ । साविकमा
२३ वटा हुँदा पनि प्रतिष्पर्धा भएन भनिएको थियो अहिले ५० वटा हुँदा पनि त्यहि
भनिएको छ । प्रतिष्पर्धा
केमा भएन ? दलाल
शुल्क कि सेवा सुविधामा ? शुल्कमा
प्रतिष्पर्धा हुने गरी अधिकतम मूल्य हद (Price Cap) नतोकिएकोले प्रतिष्पर्धा हुने
स्थिति छैन । सेवा
सुविधाको हकमा अनुसूचीमा तोकिए बमोजिम नभए, दलालले अवान्छित कार्य गरे वोर्डमा उजुरी गरि
कारवाहीको दायरामा ल्याउन सकिन्छ । दलाल
अमुकलाई देउ भन्नुभन्दा अधिकतम शुल्क हद तोकेर प्रतिष्पर्धी बनाउ, दलाललाई
अन्यत्र पनि अनिवार्य कार्यक्षेत्र विस्तार गर्न आदेश देउ भन्न सकिन्छ ।
दलाल
सम्बन्धि कानुनी व्यवस्था
धितोपत्र
व्यवसायी (धितोपत्र दलाल, धितोपत्र
व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ मा ‘दलालले ग्राहकको आदेश अनुसार ग्राहकको नामबाट
मात्र धितोपत्र खरिद वा विक्री गरि धितोपत्र दलाली सेवा प्रदान गर्नसक्नेछ’ भनेर
कामको बारेमा व्यवस्था गरेकोछ । यसबाहेक
वोर्डले आवश्यक व्यवस्था तथा शर्त तोकी दलाललाई ‘बजार निर्माता वा धितोपत्र व्यापारी’ को
अनुमति दिनसक्ने व्यवस्था छ । अन्यथा
दलालले धितोपत्र दलाली बाहेक अन्य कार्य गर्न सक्दैनन् । उपलब्ध
भौतिक सुविधा, धितोपत्र
बजारको आवश्यकता तथा धितोपत्रको प्रतिष्पर्धी बजार निर्माण पक्षलाई दृष्टिगत गरि
थप गर्नुपर्ने दलालको संख्या यकीन गरेपछि सम्भव भएसम्म वस्तुगत आधारमा योग्य दलाल
छनौट गरेर त्यसमा २५ प्रतिशत थपेर नेप्सेले वोर्डमा सिफारिश गर्नुपर्ने व्यवस्था छ । नेप्सेले
छनौट गरि सिफारिश भएका दलालले वोर्डले तोकेका शर्त बन्देजको पालना गरि दलाली
अनुमतिको लागि निवेदन गर्नुपर्ने र तोकिएका शर्त पुरा गर्नेलाई दलाल अनुमति दिने
व्यवस्था छ । दलाल
कम्पनीमा कम्तिमा दुईजना प्राकृतिक व्यक्ति शेयरधनी हुनुपर्छ ।
दलाल
अनुमति कसलाई
धितोपत्र
सम्बन्धि ऐनको दफा ६३ मा धितोपत्र व्यवसायको किसिम अन्तर्गत धितोपत्र दलाली र अन्य
तोकिए बमोजिमको सेवा हुने बताएको छ । ऐनमा प्रचलित कानुन बमोजिम स्थापित बैंक वा
वित्तीय संस्थाले समेत सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय गर्नसक्ने देखिन्छ । धितोपत्र
व्यवसायको किसिमभित्र दलाली परेको भए पनि बैंकले दलाली सेवाको
अनुमति पाउन सक्ने भनेर व्याख्या गर्न मिल्दैन । नियमावली अनुसार कम्तिमा दुइजना प्राकृतिक
व्यक्ति शेयरधनी रहेको संगठित संस्था मात्र दलाल हुन योग्य हुनसक्छन । बैंक
कानूनले परिकल्पना गरेको कानूनी व्यक्ति हो र कानूनी व्यक्ति दलाल अनुमतिपत्र पाउन
योग्य हुनसक्दैन । त्यस्तै
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०६३ को दफा ४७ मा मर्चेन्ट बैंकिंग बाहेक
अन्य धितोपत्र व्यवसाय गर्नसक्ने व्यवस्था छैन ।
संविधानले
निर्दिष्ट गरेका मौलिक हकमा ‘स्वतन्त्रताको
हक’ अन्तर्गत ‘नेपालको
कुनै पनि भागमा पेशा, रोजगार
गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र संचालन गर्ने स्वतन्त्रताको’ प्रत्याभूति
गरेको छ । त्यस्तै ‘सम्पतिको
हक’ अन्तर्गत ‘प्रत्येक
नागरिकलाई प्रचलित कानुनको अधिनमा रही सम्पति आर्जन गर्ने, भोग
बेचविखन गर्ने, व्यवसायिक
लाभ प्राप्त गर्ने र सम्पतिको अन्य कारोबार गर्ने हक हुनेछ’ भनेर
व्यवस्था गरेको छ । यी
व्यवस्थाहरु प्राकृतिक व्यक्तिको लागि गरिएको हो । प्राकृतिक व्यक्तिको लागि गरिएको व्यवस्था कानूनी
व्यक्तिलाई गरिएको हो भन्ने व्याख्या गर्न सकिन्न । प्राकृतिक व्यक्तिका लागि गरिएको व्यवस्था
कानूनले परिकल्पना गरेको अमूर्त कानूनी व्यक्तिलाई सुम्पिने सक्नेगरी कानुनी
व्यवस्था गर्न सकिन्न ।
धितोपत्र
दलाली पनि व्यवसायको एउटा प्रकार हो । संबिधान नै नागरिकलाई व्यवसाय गर्ने स्वतन्त्रता
दिएको छ र नागरिकले प्रचलित संबिधान र कानून विपरित नहुने गरि व्यवसाय गर्नसक्छन । व्यवसायको
एउटा प्रकार बनिसकेको र कानूनले नै व्यवस्थित गरेको धितोपत्र दलाली गर्ने अनुमति
पाउने अधिकार प्राकृतिक व्यक्ति शेयरधनी रहेको कम्पनीलाई मात्र देखिन्छ ।
न्यायिक
व्याख्या
२०६४
सालमा ३३ वटा दलाल थप गरि दलाल संख्या ५० कायम गर्न नेप्सेले सूचना प्रकाशन गरेपछि ‘देशले
खुला बजार र उदार अर्थनीति अपनाएकोले संख्या सिमित गर्ने गरि दलाल संख्या तोक्न
नमिल्ने’ र ‘संगठित
संस्था बाहेक प्राकृतिक व्यक्तिलाई पनि दलाल अनुमति दिनुपर्ने’ जिकिर
गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले नियमन निकाय र नियमन हुने
व्यवसायको विषयमा गरेको व्याख्या अहिले पनि सान्दर्भिक छ ।
अदालतले
व्याख्या गर्दै भनेको छ ‘....अर्कोतर्फ
धितोपत्र दलालको व्यवसाय लगानीकर्ताको हित रक्षाको लागि नियमनकारी निकायको रुपमा
रहेको नेपाल धितोपत्र वोर्डको सुपरिवेक्षण तथा नियमनकारी छाताभित्र रहेर संचालन
गर्नुपर्ने व्यवसाय भएकोले ‘तरकारी
वा फलफूलको किनवेच गर्ने व्यवसाय जस्तो साइकल वा ठेलागाडाको प्रयोग गरि जो कोहिले
जुनसुकै ठाउँबाट संचालन गर्नसक्ने व्यवसाय होइन’ भन्ने कुरा धितोपत्र ऐन २०६३ को व्यवस्थाले
पुष्टि गरेको छ ।’
‘...... उक्त
व्यवसाय संचालन गर्ने बजार उपलब्ध गराउने नेपाल धितोपत्र विनिमय बजार लिमिटेडले
निर्णय गर्ने विषय भएकोले धितोपत्र दलालको संख्या तोक्ने सिमित गर्ने गरिएको
निर्णय वा कारवाहीको कुरा न्यायिक निरुपणको विषय हुनसक्दैन ।’
‘....खुला
आर्थिक नीतिको अर्थ छाडा वा अव्यवस्थित र अनियमित गतिविधिलाई बढावा दिने वा
छाडातन्त्रलाई मान्यता दिने होइन ।’
‘....प्रचलित
कानुनद्वारा नियमित गराइएका व्यवसाय जस्तो कानून व्यवसाय, विमा
व्यवसाय, बैंक
तथा वित्तीय व्यवसाय, लगायत
कानून अनुसार नियमित गरिएका व्यवसायहरु जस्तै धितोपत्र दलालको व्यवसाय जो कोहिले
पनि संचालन गर्न पाउने व्यवसाय होइन ।’
प्रचलित
संबिधान, कानून, प्राकृतिक
न्यायको सिद्धान्त र न्यायिक व्याख्या समेतको आधारमा दलाल अनुमति प्राकृतिक
व्यक्ति शेयरधनी रहेको कम्पनीले मात्र पाउन सक्छ । अदालतले न्यायिक व्याख्या गर्दा धितोपत्र व्यवसाय
जसलाई पायो उसलाई दिन नसकिने भनेर प्रष्ट पारेको अवस्थामा बैंकलाई दलाली अनुमति
देउ भन्दै अरण्यरोदन गर्नु बेकार छ । लगानीकर्ताहरुले अरण्यरोदन गर्न छाडेर पूँजीबजार
विकास, विस्तार
र सुधार गर्न वोर्डलाई अल्पकालीन, मध्यकालीन
र दीर्घकालीन नीति बनाउन सहयोगी भूमिका निर्वाह गर्नसक्छन् ।
१७ पौष
२०७३, कारोबार
No comments:
Post a Comment