Friday, April 27, 2018

धितोपत्र वोर्डको सेमिअनलाईन

धितोपत्र वोर्डले ल्याएको सेमिअनलाईन अहिले चर्चाको केन्द्रमा रहेको छ  पहिलेदेखि नै कुनै न कुनै रुपमा प्रचलनमा रहेको विद्युतीय माध्यममार्फत खरिद-बिक्री आदेश दिन सकिने विधिलाई वोर्डले अर्ध-स्वचालित (सेमि-अनलाईन) नामाकरण गरि प्रचार गरेको/गराएको छ  वास्तविक अनलाईन र वोर्डले व्याख्या गर्ने प्रयास गरेको अनलाईन (सेमिअनलाईन) बीच आकाश जमिनको अन्तर छ  

एक्सचेन्ज र अनलाईन

प्रारम्भिककालमा शेयर हस्तान्तरणको लागि सम्भवत पहिलो पटक बेल्जियममा अहिलेको एक्सचेन्ज जस्तो संगठन बने पनि वास्तविक एक्सचेन्ज भने थिएन  तथापिक्रेता र बिक्रेताको एकैस्थलमा भेट हुने केन्द्र भने बनेको थियो  यसरी गर्भाधान भएको एक्सचेन्ज चिच्याएर भाउ लगाउने क्रमबाट प्रविधिको विकासले स्वचालित कारोबार प्रणालीमा रुपान्तरित भईसकेको छ  इलेक्ट्रोनिक कम्युनिकेसन नेटवर्क प्रविधिले क्रेता र बिक्रेताको लागि आदेश दिन सहयोग पुग्न थाल्यो  सन् १९७१ मा अमेरिकाको नेशनल एसोसिएसन अफ सेक्युरिटीज डिलर्सले यसलाई आधुनिकीकरण गर्दै संसारको पहिलो विद्युतीय स्टक मार्केटको निर्माण गरको थियो  यसलाई नेशनल एसोसिएसन अफ सेक्युरिटीज डिलर्स अटोमेटेड कोटेसन्स संक्षिप्तमा 'नास्डाक' भनिन्छ  

मालपोत कार्यालय जस्तो हरेक क्षेत्रमा शेयर हस्तान्तरण सम्बन्धि कार्यालयको संजाल स्थापना गर्न जटिलता हुने हुँदा वित्तीय बजारमा प्रवेश गर्न चाहनेको लागि स्वचालित विद्युतीय कारोबारले सहजता बढाउन मद्दत पुग्छ  

वोर्डको अनलाईन 

नेपाल स्टक एक्सचेन्जले स्वचालित विद्युतीय कारोबार प्रणाली (अनलाईन सिष्टम) जडान गर्ने अन्तिम चरणमा पुगेको बेला वोर्डले जारी गरेको 'इन्टरनेट' मार्फत खरिद-बिक्री आदेश दिनसक्ने व्यवस्था गर्न परिपत्र गरिएको सम्बन्धि प्रेस विज्ञप्तिहाँसोमय बनेको छ  विज्ञप्तिमा 'लगानीकर्ताको हितलाई दृष्टिगत गरी धितोपत्रको कारोबार प्रक्रियालाई थप सहजपारदर्शीछिटोछरितो र लगानीकर्तामैत्री बनाउन तथा दलालको कार्यालयमा रहने कारोबार सम्बन्धि अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्न हाल उपयोग गरिरहेको ब्रोकर ब्याक अफिस सफ्टवेयरमा इन्टरनेट मार्फत प्राप्त खरिद-बिक्री आदेश दिने व्यवस्था गर्न २०७३ फाल्गुन २६ गते परिपत्र गरिएको स्मरण गराएको छ विज्ञप्तिमा 'उक्त व्यवस्थालाई थप परिमार्जित र सुधार गर्दै जाने क्रममा वोर्डद्वारा दलाल लगायत साझेदारसँग छलफल गरि २०७५ बैशाखदेखि इन्टरनेट मार्फत आदेश दिन सकिने व्यवस्था गर्न दलाललाई परिपत्र गरिएको भनिएको छ  विज्ञप्तिको अन्त्यमा 'निकट भविष्यमा शुरु हुन् लागेको अनलाईन कारोबार प्रणालीका लागि आधार तयार/सहज हुनेभनिएको छ  

सेमिअनलाईनको नौटंकी 

सेमिअनलाईन नामक हतियार मार्फत वोर्ड र यसमा आवद्ध संगठनको निहित स्वार्थ भनेको कुनै न कुनै रुपमा नेपाल स्टक एक्सचेन्जलाई असफल बनाएर अर्को स्टक ल्याउने पूर्वाभ्यास हो भन्दा फरक पर्दैन  नेप्सेलाई अनलाईन प्रणाली जडान गराउनबाट अनेक तिकडमबाजी लगाएर सकेसम्म रोक्नेनसके लम्ब्याउने र नेप्सेले अनलाईन ल्याएन भन्दै आरोप लागाएर अनलाईन सहितको अर्को स्टक ल्याउन आफैँ एवम लगानीकर्ताको संगठनलाई पनि फलाक्न लगाउने जोडदार प्रयास भएकै हो  अनलाईन सम्बन्धि विषयमा मुद्दा परेपछि सुनुवाईको पेशी स्थगित गरेर समेत वोर्डले असफल बनाउन भूमिका खेलेको हो  अनेक प्रयासका बाबजूद पनि नेप्सेको अनलाईन नरोकिने भएपछि अन्तिम अस्त्रकोरुपमा रातारात सेमिअनलाईनको नाटक रचियो  नेप्सेले अनलाईन जडान गर्ने क्रममा धमाधम यसका साझेदारसँग अन्तरक्रिया गरेर पृष्ठपोषण (फिडव्याक) माग गर्न थालेपछि वोर्डलाई सहि नसक्नु पिडा भयो  यसैको परिणामस्वरूप रातारात मन्चन गरिएको नाटकको नाम सेमिअनलाईन हो  सेमिअनलाईन भनेर लगानीकर्ता अल्मल्याएर आफूतिर तान्नेयिनै लगानीकर्ताको तथ्यांक लगायत अन्य कुरा पहिले नै कब्जा गरेर राख्ने र यसलाई पछि विस्तारै उपयोग (दुरुपयोग) गर्दै नेप्सेको प्रणालीमा हमला गराएर असफल भएको देखाएर अर्को स्टक ल्याएर नेप्सेलाई उतै लगेर गाभिदिने एवम राष्ट्रको अरबौं सम्पत्ति निजि कम्पनीलाई जिम्मा लगाउने खेलमा वोर्ड लागेको कुरा दिनको घाम जत्तिकै छर्लंग भएको लगानीकर्ताले राम्रैसँग बुझेका छन्नबुझेको भए बुझ्नु जरुरी छ 

यस्तो घटनाको पृष्ठभूमिकोरुपमा केहि समय अघि लगानीकर्ताको एउटा संगठनले सि-आस्बाको अभिमुखीकरण गर्ने भन्दै अहिले ल्याइएको कथित सेमिअनलाईनलाई प्रवर्द्धन गरिसकेको थियो  सि-आस्बा भन्दै यसो गर्नुपर्ने तात्त्विक कारण के थियो अहिले आएर खुलिसकेको छ  सवल र सुरक्षित पूँजीबजार निर्माण गरि लगानीकर्ता हितप्रणालीगत जोखिम न्यूनीकरण र पारदर्शीता कायम गर्न असफल बनेको वोर्ड अझ कति असफल बन्दै जाने हो हेर्न बाँकी छ  नागरिकले तिरेको करबाट तलब र भत्ता अनि लगानीकर्ताले शेयर खरिद-बिक्री गरेको रकमबाट लिने शून्य दशमलव शून्य १५ प्रतिशत शुल्क लिने वोर्डले लगानीकर्ता भन्दा कम्पनीको बढी हित गरेको दृष्टान्त जति खोजे पनि भेटिन्छ  ग्राहकले यस्तो खाले नौटंकी मागेकै थिएनन् र ग्राहकले अन्तर दिन (इन्ट्रा डे) कारोबारस्वचालित राफसाफ र आफैँले खरिद-बिक्री आदेश प्रविष्ट गर्ने पाउने प्रविधि मागेका थिए  वोर्डको कथित अनलाईनमा उल्लेखित कुनै कुरा रहेको छैन  कथित सेमिअनलाईन प्रणालीमा ग्राहकले प्रविष्ट गरेको आदेश आफैँ नेप्सेको कारोबार प्रणालीमा प्रविष्ट हुँदैन र कारोबार कक्षमा रहने दलालको कर्मचारीले प्रविष्ट गराउनुपर्ने हुन्छ  यसप्रकारको अभ्यास अहिले हैन धेरै पहिलादेखि फोनसन्देशइमेलबाट आदेश लिएर कारोबार भईरहेको छ  यसलाई सेमिअनलाईन भनेर प्रचार गर्नुपर्ने कुनै कारण थिएन 

आवरणको भित्रको कालो 

वोर्डले विज्ञप्तिमा 'सुधारिएको ब्रोकर ब्याक अफिसको प्रयोगले नेप्सेले ल्याउन लागेको पूर्ण अनलाईन कारोबार प्रणालीलाई सहयोग पुग्नेभने पनि नेप्सेले जडान गरिरहको अनलाईन प्रणालीसँग 'गोरु बेचेको साइनो' पनि लाग्दैन  नेप्सेको स्वचालित अनलाईन कार्यान्वयनमा आउने मिति जति नजिकिँदै गएको छ त्यति वोर्डका अधिकारी/पदाधिकारीको छटपटी पनि बढ्न थालेको देखिएको छ  वोर्डलाई साँचै चिन्ता भएको भए अनलाईन कारोबार प्रणालीसँगसँगै आउने क्रममा रहेको मार्जिन कारोबार सम्बन्धि कार्यविधि स्विकृत गरेर त्यस सम्बन्धि अभिमुखीकरण गराएको भए अनलाईन र मार्जिन कारोबार दुबैबारे बुझ्न मद्दत पुग्ने थियो तर यस्तो गर्ने जाँगर चलेन  त्यस्तै अनलाईन कारोबार गर्न वाधा उत्पन्न गराउने कुनै कानुन भए त्यसलाई संशोधन र कानुन अपुग भए अर्को कानुन बनाउन सम्बन्धित निकायसँग समन्यव गर्नुपर्नेमा यस्तो गर्न पहल गरेको देखिएन  प्रकरणको शृंखलाबद्धताले बाहिरी आवरण जेसुकै देखाए पनि भित्री चेहराको घातक रुप अर्को स्टक हो  यति पनि गर्न सकिएन भने एउटा नाफामुखी निजि कम्पनीलाई बोकेर अहिले 'हाइलाइटगरेको प्रतिफल पछि उसैकोमा जागिर वा हिस्सा पाइने त छँदैछ  

संसार अहिले साइवर हमलाबाट आक्रान्त भइरहेको बेला सफ्टवेयरको जडान र वेवसाइटको सुरक्षा जस्ता सामान्य मापदण्ड समेत पुरा नगरेको सफ्टवेयर उपयोगमा ल्याएर गोप्य सूचना तथा तथ्यांकमा अनधिकृत पहुँच कायम गर्ने र त्यसको आधारमा बजार आफू अनुकूल चलाउने बदनियत पनि अर्को घातक पाटो बन्न सक्ने हुँदा वोर्डले आजैको मितिबाट आफूले जारी गरेको परिपत्र खारेज गरि नेप्सेले जडान गरिरहेको प्रणालीको प्रचार-प्रसारमा लाग्नु पर्ने टड्कारो आवश्यकता छ  उपयोगमा ल्याउन आदेश गरिएको सफ्टवेयरको माथिल्लो भागको देब्रेतर्फ निर्माता कम्पनीको लोगो राखिनुले 'नेपाल स्टक एक्सचेन्जले जडान गर्न लागेको अनलाईनलाई सहज गराउन भन्नुठाडै वेइमानीको अधिकतम पराकाष्ठा हो  

अन्तमासूचना प्रविधिका विज्ञको भनाई अनुसार अहिलेको कथित सेमिअनलाईनमा उपयोगकर्ताले राख्ने युजर नेम तथा पासवर्ड सुरक्षित नभएकोले यस्तो अवस्थामा कुनै पनि तथ्यांकको सुरक्षा र व्यक्ति/संस्थाको गोपनियता समेत सहजै भंग हुने अवस्था देखिएको छ  लगानीकर्ताले यो सुबिधा बहिस्कार गरेर आफ्नो गोप्यता बचाउनुको विकल्प देखिन्न  



आर्थिक अभियान, २०७५ बैशाख १० गते  
http://www.abhiyan.com.np/2018/04/23/198796


संचित घाटा र नाफा

कुनै पनि कम्पनीको त्रैमासिक वित्तीय विवरण हेर्ने बित्तिकै तपाईको पहिलो नजर प्रतिशेयर आम्दानी र नेटवर्थमा पर्छ | अरु कुरामा खासै नजर पर्दैन | प्रतिशेयर आम्दानी हेरेर यसले यति र उति दिन्छ भनेर जोड घटाउ शुरु गर्नुहुन्छ | तर तपाइँले जोड घटाउ गरेको हिसाब मिल्दैन |

त्यति धेरै कमाएर र जगेडामा भएर पनि कम्पनीले केहि दिएन भनेर गुनासो गर्नुहुन्छ | तर वास्तविक पाटो भने अर्कै हुन्छ |

आज यसै विषयमा केहि छलफल गरौँ |

उदाहरणको लागि गत २०७४  पौष महिनामा नेपाल ग्रामीण विकास बैंकले प्रकाशन गरेको दोश्रो त्रैमासिक वित्तीय प्रतिवेदनलाई आधार मानेर हेरौं |

कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी २९.९० रहेको छ र नेटवर्थ १ सय ३६ छ | यो प्रतिवेदन हेरेर अधिकाँशले गर्ने अनुमान हो अब नेपाल ग्रामीणले अर्को वर्ष कम्तिमा २० प्रतिशत लाभांश दिन्छ | तर यो अनुमान सरासर गलत हुन्छ | कसरी गलत हुन्छ भनेर अलमलमा पर्नुहुन्छ |

कसरी गलत हुन्छ यसको विस्तृत बुझ्नको लागि कम्पनीको वार्षिक प्रतिवेदन अध्ययन गर्नुपर्छ | कम्पनीको आव २०७३/७४ को लेखापरीक्षण भएको वार्षिक वित्तीय प्रतिवेदनमा मात्र यस सम्बन्धि विवरण हुन्छ |

आव २०७३/०७४ को वार्षिक प्रतिवेदन अध्ययन गर्दा कम्पनी अझसम्म पनि संचित घाटामा रहेको छ | कम्पनीको संचित नोक्सानी ३७ करोड रहेको छ |

अर्ध वार्षिक प्रगतिलाई हेर्दा वार्षिकरुपमा कम्पनीले २० देखि २२ करोडसम्म खूद नाफा गर्नसक्ने देखिन्छ | यसबाट साधारण जगेडा कोष लगायत अन्य आवश्यक व्यवस्था गर्दा करिब १५ देखि १८ करोड खूद नाफा देखिन सक्छ | अब संचित घाटा ३७ करोड पुरा चालु आव २०७४/७५ मा पनि हुनसक्ने देखिन्न | अर्को वर्षको लागि पनि संचित घाटा कायम रहने स्थिति देखिन्छ |

यसको सिधा अर्थ नेपाल ग्रामीणले आव २०७४/७५ र ७५/७६ मा पनि नाफा दिन सक्ने स्थिति देखिन्न |
त्यसपछि ७६/७७ मा भने कम्पनीले लाभांश दिनसक्ने देख्न सकिन्छ |

नेपाल बैंक पनि अझसम्म संचित घाटामा छ | यसको संचित घाटा २ अर्ब भन्दा बढी रहेको छ | प्रभू बैंकको आव २०७२/७३ सम्म १ अर्ब ७१ करोड संचित घाटा रहेको छ | आव २०७३/७४ को वार्षिक साधारणसभा नभएकोले पछिल्लो संचित घाटा/नाफा यकिन गर्न सकिन्न |

Saturday, April 21, 2018

शेयर र शेयरबजार



वित्तीय क्षेत्रमा प्रचलित 'शेयर' अंग्रेजी भाषाबाट आएको आगन्तुक शब्द हो | सामान्य बोलीचालीमा ‘शेयर’ भन्नाले 'बाँड्नु', र 'मिलेर उपयोग गर्नु' भन्ने अर्थ पनि लाग्छ | शेयरको नेपाली रुपान्तरित शब्द नभएकोले नेपालमा पनि शेयर नै भन्ने गरिएको छ | अंग्रेजीमा ‘शेयर’ को समुहलाई ‘स्टक’, नेपालमा ‘धितोपत्र’ र भारतमा 'प्रतिभूति' भनिन्छ | शेयर लगानी जोखिम र नाफा दुबैको संगमस्थल हो | 

साधारण र अग्राधिकार शेयर 

सामान्य बुझाईमा प्राथमिक निष्काशन (आइपिओ/एफपिओ) मार्फत बिक्री गरिने पूँजीको अंश शेयर हो | तर वृहद अर्थमा कम्पनीको सम्पूर्ण पूँजी (आइपिओ/एफपिओ र संस्थापक शेयर) साधारण शेयर हो | दुबै प्रकारका शेयरधनीले समान लाभांश (बोनस वा नगद), मतदान गर्न र संचालक हुन पाउँछन | निश्चित लाभांश प्राप्त हुने अग्राधिकार शेयर पनि हुन्छ | यसको स्वभाव केहि हदसम्म साधारण शेयर र ऋणपत्रसँग मेल खाने भएकोले यसलाई ठिमाह शेयर पनि भनिन्छ | अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन हुनसक्ने र ऋणपत्रमा जस्तो निश्चित लाभ (व्याज) पाइने भएकोले यसो भनिएको हो | अग्राधिकार शेयरधारकले अग्राधिकार शेयरकै विषयमा हुने मतदानमा भाग लिन सक्छन | संस्थापक, आइपिओ/एफपिओ, दोस्रोबजार (स्टक एक्सचेन्ज) वा लिलामी मार्फत शेयर लगानी गर्न सकिन्छ | 

कम्पनी र शेयरधनी

कम्पनी कानुनी व्यक्ति हो | कुनै भवितव्य परेर सबै शेयरधनीको एकैपटक मृत्यु भए पनि कम्पनी जीवित रहन्छ | खारेजी वा दामासाहीमा परेमा मात्र कम्पनीको अस्तित्व समाप्त हुन्छ | शेयरमा लगानी गर्नेले लगानीको अनुपात अनुसार मुनाफामा समानुपातिक लाभ पाउँछन | कम्पनीको दायित्व असिमित हुन्छ तर शेयरधनीको दायित्व सिमित हुन्छ | कम्पनीका साहु (कम्पनीलाई ऋण दिने वा सामान आपूर्ति व्यक्ति वा संस्था) ले शेयरधनीबाट दायित्व भराउन सक्दैनन् | कम्पनीको दायित्व बढी भइ दामासाहीमा परेमा कम्पनीको सबै जायजेथा बेच्दा पनि साहु तिर्न नपुगेको रकम शेयरधनीले घरघरानाबाट जायजेथा ल्याएर तिर्नुपर्दैन | तर कम्पनी संचालकले बदनियत गरेर घाटा पुर्याउने नियत राखेको पुष्टि भएमा भने तिर्नु/बुझाउनुपर्छ

शेयर लगानीका फाईदा 

स्थान, सम्भाव्यता, समय, जनशक्ति जस्ता पूर्वाधार विना थोरै रकमबाट शेयर लगानी गर्न सकिन्छ | घर/कार्यालय वा हिंड्दाहिड्दै खरीद-बिक्री आदेश दिन सकिन्छ | एउटा कम्पनी छाडेर अर्को कम्पनीमा जान सकिने लचकता पनि हुन्छ | बिक्री गर्दा लाग्ने सामान्य कमिसन, अन्य शुल्क र नाफा भएमा पूँजीगत लाभकर बाहेक कुनै रकम तिर्नुपर्दैन | व्यापार/व्यवसाय बढ्दोरुपमा रहेको कम्पनीले हरेक साल वा केहि वर्षको अन्तरमा पूँजी वृद्धि गर्ने हुँदा लगानी अझ बढ्दै जान्छ | थोरै रकमबाट शुरु हुने यस्ता लगानी बढ्दै जाँदा सन्तान-दरसन्तानको लागि आयको राम्रो स्रोत बन्नसक्छ | शुरुको लगानी शून्य भएर सित्तैमा नाफा प्राप्त हुने र यसले खर्च चलाउन आम्दानीको लागि गर्नुपर्ने थप मेहनतको भार समेत कम गरिदिन्छ | शेयर अत्यन्त तरल सम्पत्ति भएकोले जुनसुकै बेला बेचेर गर्जो टार्न सकिन्छ | 

परिमाण र परिणाम विश्लेषण 

वार्षिक प्रतिवेदन, कम्पनी संचालनको स्थिति एवम अन्य परिमाणात्मक तथ्यांकको आधारमा वित्तीय विश्लेषण गरि आधारभूत पक्ष हेरिन्छ | कम्पनीको परिमाणात्मक विश्लेषणमा संचालन तथा गैर-संचालन आम्दानी, खूद आम्दानी, प्रतिशेयर आम्दानी, खूद सम्पति (नेटवर्थ), ऋण, विगतको लाभांश, मूल्य-आम्दानी अनुपात, शेयरधनीको कोषमा प्रतिफल (रिटर्न अन इक्विटी) र कुल सम्पत्तिमा प्रतिफल (रिटर्न अन एसेट) लगायतका अनुपात हेर्नुपर्छ | यस्तो विश्लेषण गर्दा उस्तै प्रकारका अन्य कम्पनी, समग्र बजार, कम्पनीको अगिल्लो समयको प्रस्तुति समेत हेर्नुपर्छ | 

परिणामात्मक विश्लेषण गर्दा व्यवस्थापकीय अनुभव एवम प्रस्तुति, प्रतिष्पर्धात्मक वातावरण, सरकारी नीति, समग्र अर्थतन्त्र, व्यापार कौशल, व्राण्ड लगायत पक्ष हेरिन्छ | यसको मापन अंकमा गर्न सकिन्न | यस्ता पक्ष सवल भएमा त्यसको प्रभाव परिमाणमा देखिन्छ | परिमाण र परिणामको संयुक्त पक्ष नै कुशल व्यवस्थान हो | यस्ता पक्ष हेरेर लगानी गर्दा दैनिक मूल्यमा हुने परिवर्तनले तात्त्विक असर पर्दैन | शेयर लगानीबाट छिटो नाफा खोज्नेको लागि यी कुराहरु अनर्थ/व्यर्थ हुन्छ |
  
उत्पादक कि अनुत्पादक 

शेयर लगानी उत्पादक र अनुत्पादक दुबै हो | प्राथमिक बजार (आइपिओ/एफपिओ) मार्फत गरिने लगानी उत्पादक हो भने दोस्रोबजारमा स्पेकुलेशन गरेर गरिने लगानी अनुत्पादक मात्र हैन थाम्नै नसकिने जोखिम पनि हो | दोस्रोबजारमा ओभर स्पेकुलेशन गरेर गरिने कारोबारले पूँजी निर्माण नहुने र सट्टेबाजले मूल पूँजी नै गुमाईदिन सक्छन | केहि समय अघि बंगलादेशका अर्थमन्त्री अबुल मल अब्दुल मुहिथले 'पूँजीबजार स्पेकुलेशन गर्ने थलो नभएको', 'भाग्यमा हैन बजारको पर्याप्त ज्ञान लिएर लगानी गर्न' र 'स्पेकुलेशनको थलो सम्झने बजारका शत्रु हुन्' भनेका थिए | यहि कुरा अर्थमन्त्री युवराज खतिवडाले पनि भन्दा उत्पादक र अनुत्पादकको निरर्थक बहस शुरु भएको हो |  

लगानी वा व्यापार 

व्यापार र लगानीका आफ्नै मान्यता हुन्छ | शेयरमा गरिने लगानीको पनि आफ्नै मान्यता छ | शेयरमा दीर्घकालीन लगानी र सट्टाबाजी दुबै गर्न सकिन्छ | सट्टाबाजी गर्दा कम्पनीको परिमाणात्मक र परिणामात्मक विश्लेषणले कुनै मतलव राख्दैन | सट्टेबाजले शेयर कारोबारलाई मापन गर्ने सूचकलाई आधार बनाएर अफवाह फैलाउने गर्छन | यतिमा झर्ने र उतिमा पुग्ने भन्दै मनोवैज्ञानिकरुपमा त्रसित बनाउने औजारको रुपमा उपयोग गर्ने सूचक कसैले पिंजडामा थुनेर राखेको छैन | सूचक बाहेक बेलाबेलामा चुनाव, दलीय सिद्धान्त, व्यक्ति, घटना, प्रवृत्ति जस्ता अमूर्त कुरालाई आधार बनाएर त्रास फैलाउनेको पनि कमि छैन | यस्ता प्रवृतिधारीलाई परिमाणात्मक र परिणामात्मक पक्ष केहि थाहा हुन्न | सट्टाबाजी गर्ने खेलमा सामेल नभई प्रतिफलमा आधारित लगानी गर्दा दीर्घकालीनरुपमा प्रशस्त नाफा कमाउन सकिन्छ | सट्टाबाजी भन्दा दीर्घकालीन लगानीले अधिक नाफा कमाएको उदाहरण पर्याप्त पाइन्छ | 

शेयरबजार वा स्टक एक्सचेन्ज

घर, जग्गा, रुख अचल तथा कुखुरा, बाख्रा, गाई जस्ता दोपाया-चौपाया जस्तै शेयर चल सम्पत्ति हो | सबै सम्पत्ति हस्तान्तरणयोग्य हुन्छन | अचल सम्पत्ति हस्तान्तरणमा केहि शर्त बन्देज हुन्छ | चल सम्पत्ति हस्तान्तरणमा सामान्यतया कुनै शर्त बन्देज हुन्न तर शेयर हस्तान्तरण गर्दा कानुनी रीत पुरा गर्नुपर्छ | घर/जग्गा आधारभूत सम्पत्ति भएको र पुस्तागत हस्तान्तरण हुँदै जाने हुँदा यस्ता सम्पत्ति हस्तान्तरण भएको अभिलेख राख्ने कार्यको लागि प्रत्येक जिल्लामा एउटा सरकारी अड्डाकोरुपमा मालपोत कार्यालय रहेको हुन्छ | शेयर ऐच्छिक लगानी भएकोले यसको हस्तान्तरणको लागि मालपोत कार्यालय जस्तो हरेक जिल्लामा हस्तान्तरण गर्ने अड्डा आवश्यक हुन्न | शेयरको हस्तान्तरण गर्ने मालपोत कार्यालयकोरुपमा स्टक एक्सचेन्ज रहेको हुन्छ, यसैलाई शेयरबजार पनि भनिन्छ | स्टक एक्सचेन्जको शुरुवात नहुँदा कम्पनी रजिष्ट्रार कार्यालयले हस्तान्तरण गर्ने प्रवन्ध रहेको थियो | अहिले यहि कार्य नेपाल स्टक एक्सचेन्जले गर्ने गर्छ | बोलीचालीमा सम्पत्ति/शेयर बेच्ने भनिए पनि वास्तवमा स्वामित्व हस्तान्तरण हो | स्वामित्व हस्तान्तरण गर्दा धारक मात्र फेरिन्छ, नयाँ सम्पत्ति सिर्जना हुँदैन | परल मूल्य भन्दा कम वा प्रिमियम जुन मूल्यमा शेयरको स्वामित्व हस्तान्तरण भएपनि कम्पनीलाई कुनै फाइदा/घाटा हुन्न | 

अन्तमा, शेयरमा गरिने लगानीको मूल उद्देश्य लाभ वा प्रतिफल हो | सट्टाबाजीमा प्राप्त हने लाभ सांयोगिक भएकोले यसलाई बढी भार दिइनुहुन्न | बजारमा धेरै सट्टाबाजी हुँदा शेयर मूल्यमा दवाव परेर गिरावट आउँदा दीघकालीन लगानी गर्नेको लागि यस्तो समय अवसर बन्न सक्छ | शेयरकोको स्वामित्व हस्तान्तरण तत्कालिन गर्जो टार्नको लागि भैंसी बेचे जस्तो हो | 

अभियान दैनिकमा २०७५ साल बैशाख ३ गते प्रकाशित

Wednesday, April 11, 2018

शेयरबजारको विद्यमान अवस्था र श्वेतपत्र


कारण वा अकारण शेयरबजारमा गिरावट आइरहेका बेला डा. युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएपछि अनुत्पादक क्षेत्रको लगानीलाई नियन्त्रण गर्ने बताए । यसको अपव्याख्या गर्दै शेयर लगानीलाई अनुत्पादक भनेको भन्दै अबुझ आलोचना भयो । अर्थमन्त्रीले दोस्रो बजारमा हुने गरेको ओभर स्पेकुलेशनयुक्त सट्टेबाजीलाई इङ्गित गरेका थिए । श्वेतपत्र जारी गर्नु केही दिनअघि शेयरबजार सम्बन्धमा गरेको टिप्पणीपछि अर्थमन्त्रीको थरलाई खण्डित गर्दै खतिअर्थात् नोक्सान र वडालाई बढाभन्दै नोक्सान बढाउने अर्थमन्त्रीसमेत भन्न पछि परेनन् । अर्थमन्त्री खतिवडाले संसद्मार्फत सार्वजनिक गरेको श्वेतपत्रमा शेयरबजारको सन्दर्भमा उल्लेख गरेका केही प्रसङ्गको सङ्क्षिप्त चर्चा यो आलेखमा गरिएको छ ।

शेयरबजार कि बैङ्किङ बजार

नेपाल स्टक एक्सचेञ्जमा बैङ्किङ, बीमा, जलविद्युत्, म्युचुअल फण्ड र अन्य विभिन्न क्षेत्रका गरी २ सय ५ ओटा कम्पनी सूचीकृत छन् । बीमा, जलविद्युत् र लघुवित्त थपिने क्रममा रहे पनि अन्य क्षेत्रका कम्पनी बत्ती बालेर खोज्नुपर्ने स्थिति छ । यसो हुनुको कारण कुनै पनि कानूनले कम्पनीहरूलाई सूचीकरण हुन बाध्य र प्रेरित नगर्नु हो । उत्पादनतर्फका कम्पनी औंशी/पूर्णिमाजस्तो आउने र हराउने गरेका छन् । यस्ता कम्पनी किन आए किन गए, अहिलेसम्म कसैले करण बनाउन सकेको छैन । जुत्ता, इँटा, पाउरोटी, सिमेण्ट, विमान, औषधिजस्ता कम्पनी आएर हराइसके । सरकारी नीति, कच्चा पदार्थ, जनशक्ति, बजार वा मजदूरका कारण यस्ता कम्पनी हराए । त्यसको लेखाजोखा नहुँदै यस्तै प्रकारका अन्य कम्पनी ल्याउनुअघि पूर्वसमीक्षा नगर्दा पहिलेकै स्थिति नआउला भन्न सकिन्न । सूचीकृत कम्पनी र कारोबार बैङ्किङको अधिक रहेको छ । सूचीकृत र कारोबारको आँकडाले नेपाल स्टक एक्सचेञ्जहो कि नेपाल बैङ्किङ एक्सचेञ्जहो छुट्ट्याउन मुश्किल पर्छ ।

संस्थागत न्यूनता

श्वेतपत्रको ३३ नं. मा चिन्ता व्यक्त गरिएको संस्थागत लगानीकर्ताको न्यूनताले धितोपत्र बाँडफाँट नीतिलाई झापड हानेको छ । आवेदन गर्ने सबैलाई १० कित्ता दिनैपर्ने र संस्थालाई आवेदन गर्नबाटै रोक लगाउने वर्तमान बाँडफाँट नीति दोषयुक्त छ भनेर बारम्बार आवाज उठ्दासमेत पूँजीबजारको तालुकी अड्डा धितोपत्र बोर्डले सुनेको छैन । राहत बाँडेजस्तो बाँडफाँट गर्ने नीतिगत व्यवस्था संस्थागत न्यूनताको प्रस्थान बिन्दुु हो । यसअघि संस्थालाई आवेदन गर्न बन्देज थिएन । संसारका शेयरबजारले हाई नेटवर्थ भएका संस्थालाई प्रेरित गर्न शेयर छुट्ट्याउने गरेका छन् । तर, नेपालमा भने यस्ता लगानीकर्तालाई तगारो हालिएको छ । आवेदन गर्न सकिने अधिकतम हद जारी हुने धितोपत्रको शून्य दशमलव ५ प्रतिशत भनिए पनि पहिले सबैलाई १० कित्ता दिनुपर्ने अनि बाँकी रहेमा बढी रकम आवेदन गर्नेलाई बाँडफाँट गरिने व्यवस्थाले बढी रकम आवेदन गर्ने व्यक्तिसमेत निरुत्साहित हुन पुगेका छन् । १० कित्ते र संस्थालाई शेयर नदिँदा पछिल्लोपटक बुटवल पावर कम्पनीको शेयर विक्री हुन सकेन । आईपीओमा आरक्षण, पूँजीगत लाभ तथा आयकर छूटको सुविधा दिएर ल्याइएका म्युचुअल फण्ड पनि एक प्रकारका संस्थागत लगानीकर्ता भए पनि यिनलाई तह लगाउन सकिएको छैन ।


तरलता, ब्याजदर र आपूर्ति

वित्तबजारमा समयसमयमा आउने अधिकर न्यून तरलताले ब्याजदर बढ्ने र घट्ने चक्र चलिरहन्छ । यस्तो बेला सामञ्जस्यता कसरी कायम गर्ने भन्ने विषय सरकार, केन्द्रीय बैङ्क, वित्तीय संस्था र स्वयम् लगानीकर्ताको व्यवस्थापकीय कला र खुबीमा भर्छ । असहज स्थितिमा टिकिरहन सक्नु सफलता हो । त्यस्तै शेयर निष्कासन निरन्तर चलिरहने प्रक्रिया भएकाले कम्पनी रोज्ने कला लगानीकर्तामा हुनु जरुरी छ । शेयर प्रतिफलमा आधारित लगानी भएकाले आपूर्ति बढी भयो भन्ने प्रसङ्ग कतिसम्म मेल खान्छ, अध्ययनको विषय हुन सक्छ । वस्तुजस्तो भण्डारण गरेर राख्न नसकिनेनष्ट हुने गुणशेयरमा नहुने भएकाले हरेक वर्ष प्राप्त हुने प्रतिफलले लगानीलाई सन्तुलनमा राख्न मद्दत गरेको हुन्छ । ओभर स्पेकुलेशनगरी कमसल शेयरलाई बढी मूल्य तिर्दा यस्ता कम्पनीको भाउमा जुनसुकै बेला गिरावट आउने हुँदा गुणस्तरीय शेयरमा लगानी बढाएको खण्डमा उच्चतम प्रतिफल प्राप्त गर्न सकिनुका साथै आपूर्ति बढी भयो भन्ने अवस्था नै आउँदैन । संसारको अनुभवले तत्कालीन पूँजीगत लाभका लागि भन्दा वार्षिक प्रतिफलका लागि लगानी गर्नेले उच्च लाभ लिएका छन् । प्रतिफललाई अधिक र स्पेकुलेशनलाई न्यून भार दिएर लगानी गरेमा जति आपूर्ति बढे पनि सहजै खपत हुन्छ । पूँजीगत लाभको लागि बेच्न दौडिहाल्ने प्रवृत्तिले विक्री चाप बढेकाले मूल्यमा आएको कमीलाई अधिक आपूर्ति भएको भन्ने भनाइसँग सहमत हुन सकिन्न ।

सूचना सम्प्रेषण र लगानी सचेतना

सूचीकृत कम्पनीले धितोपत्र कानूनमा सूचीबद्ध गरिएका मूल्य संवेदनशील घटना र परिस्थिति तुरुन्त जानकारी गराउनुपर्ने व्यवस्था छ । तर, यस्ता घटना भइरहँदा पनि बोर्डले कम्पनीलाई यथार्थ सूचना सम्प्रेषण गर्न लगाएको पाइँदैन । गत भदौ महीनामा नेपाल इन्भेष्टमेण्ट बैङ्कले द्विविधायुक्त सूचना दिएकोमा त्यसका अधिकारी र पदाधिकारीलाई कारबाहीको भागीदार बनाउनुको सट्टा कारोबार रद्द गरेर उन्मुक्ति दिइयो । त्यस्तै, कानूनविपरीत बूक क्लोजसम्बन्धी सूचना दिने चिलिमे र नेपाल दूरसञ्चार कम्पनी पनि कारबाहीको दायरामा आएनन् । कात्तिक २३ गते साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको देव विकास बैङ्कले अहिलेसम्म साधारणसभा नगर्दा पनि बोर्डले केही सोधेको छैन । सूचना सम्प्रेषण र पारदर्शिताका यी त केही उदाहरण मात्र हुन् । त्रैमासिक वित्तीय विवरणसमेत प्रकाशन नहुने घटना पनि कैयौं छन् । निश्चित अवधि हुने म्युचुअल फण्डले शुरू भएको र समाप्त हुने मिति उल्लेख गर्दैनन् । यस्ता फण्डले सार्वजनिक गर्ने मासिक वित्तीय विवरणमा असङ्ख्य विरोधाभासपूर्ण तथ्य भेटिएको छ ।

लगानी सचेतना, शेयर र शेयरबजारसम्बन्धी ज्ञानको पाटो झन् अन्धकारमय छ । बोर्ड र एक्सचेञ्जले निश्चित पाठ्यक्रम निर्धारण गरी आफैँले शैक्षिक कार्यक्रम चलाउनुपर्नेमा यस्तो हुनसकेको छैन । यहाँ ट्युशन पढाइन्छको शैलीमा मनपरी चलाइएका तालीमको पाठ्यक्रम कस्तो छ, प्रशिक्षक कस्ता छन् भन्नेबारेमा अहिलेसम्म खोजीनीति गरिएको छैन । शेयरशेयरबजारको सैद्धान्तिक पक्ष नबुझेकाले दिने प्रशिक्षणले शेयर लगानीलाई कमोडिटी बजारभन्दा पनि रद्दी बनाएको छ । यस्ता प्रशिक्षणमा प्रशिक्षकले यस्तो र उस्तो भए भाउ बढ्छ, फलानोले एफपीओ ल्याउँछ, जगेडा कोष बढ्छ, अर्काे वर्ष धेरै बोनस दिन्छ, हकप्रद पनि दिन्छ (वास्तवमा हकप्रद लिने) भन्दै स्पेकुलेशन गर्न प्रेरित गर्दै ट्रेडरबनाएका छन् । स्टक एक्सचेञ्ज र दलाललाई तथानाम गाली गर्नु मूलपाठ र प्रशिक्षकको गायत्रीमन्त्र बनेको हुन्छ ।

अन्त्यमा, शेयरबजारमा केही नीतिगत र संरचात्मक समस्या छन् । सबैभन्दा बढी समस्या बोर्डमा छ, बोर्ड नसुध्रेसम्म केही हुन्न र बोर्डलाई सुधार्न वर्तमान अर्थमन्त्रीले पहलकदमी लिनेमा आशावादी हुन सकिन्छ ।

२०७४ चैत्र २६ गते अभियानमा दैनिकमा प्रकाशित 
http://www.abhiyan.com.np/2018/04/09/194874