Wednesday, October 14, 2020

विद्युत् विधेयकमा अनुमतिपत्र, अवधि र सलामी

 सरकारलाई असीमित स्वविवेकीय अधिकार

विद्युत् सर्वेक्षणउत्पादनप्रसारण र वितरणसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विद्युत् विधेयक२०७७ संसद्मा पेश भएको छ । विद्युत् ऐन२०४९ आउनुअघि विद्युतसम्बन्धि सम्पूर्ण कार्य सरकारबाट हुँदै आएकोमा यस ऐनले सरकारबाहेक निजीक्षेत्रले पनि विद्युतसम्बन्धि व्यापारिक गतिविधिमा सामेल हुने अवसर पाएका हुन् । पछिल्लो समयमा आइपुग्दा कुल मागको आधाभन्दा बढी योगदान निजीक्षेत्रले दिएको छ । नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार कुल माग २६ हजार ९ सय ९२ मेगावाट घण्टामध्ये स्वतन्त्र ऊर्जा उत्पादक (निजीक्षेत्र) ले १४ हजार १ सय ४२ मेगावाट घण्टा विद्युत् आपूर्ति गरिरहेका छन् । यस्तो अवस्थामा सरकारले निजीक्षेत्रका लगानीकर्ता र अन्य सर्वसाधारणलाई अझ प्रोत्साहन गर्नुपर्नेमा विधेयकमा अनुमतिपत्र प्राप्तिलगायत कार्यलाई सहज बनाउनुको सट्टा ‘थपि दे गाँड’ जस्तो बनाउन लागेको छ ।

 अनुमतिपत्रमा अन्योल

विधेयकमा गरिएको अनुमतिपत्रसम्बन्धी व्यवस्था सतही रूपमा हेर्दा स्थानीय निकायलाई समेत अधिकार दिएर उदारवादी चरित्र देखाएजस्तो गर्दा अत्यन्त राम्रो जस्तो देखिए पनि कार्यान्वयनमा सहजता देखिँदैन । विधेयकको दफा ११ ले (१) ३ मेगावाटसम्म स्थानीय तह र नदी वा खोला दुई स्थानीय निकायमा परेमा प्रदेश सरकार, (२) ३ देखि २० मेगावाटसम्म प्रदेश सरकार र नदी वा खोला दुई प्रदेशको सीमामा परेमा मन्त्रालयको सचिव र (३) २० मेगावाटदेखि माथिको सबै प्रकारका अनुमतिपत्र दिने अधिकार मन्त्रालयको सचिवलाई तोकेको छ ।

अनुमतिपत्र दिने सम्बन्धमा लागू हुने कानून (१) माथिको १ नं. अन्तर्गत परेमा स्थानीय तहको (२) दुईओटा स्थानीय तह र एकै प्रदेश परेमा प्रदेशको (३) दुईओटा प्रदेश र माथिको ३ नं. मा परेमा प्रस्तुत विधेयक लागू हुने व्यवस्था गरिएको छ । स्थानीय तह र प्रदेश सरकारलाई आआफ्नो प्रादेशिक अधिकारक्षेत्रभित्र र नेपाल सरकारलाई सबैतिर आयोजना विकास र सञ्चालनमा बाधा पुग्ने छैन ।

विधेयकको दफा ६ मा यो ऐन प्रारम्भ भएपछि विद्युत् उत्पादन आयोजनाको विकास तथा सञ्चालन प्रतिस्पर्धाको आधारमा गर्नुपर्नेछ भन्ने व्यवस्था गरेको छ । अनुमतिपत्र दिन प्रस्ताव आह्वान गर्दा प्रतिस्पर्धाको आधारउल्लेख गर्नुपर्ने भने पनि आधार के के हुन्छन् कतै उल्लेख नहुँदा प्रस्ताव आह्वान गर्ने बेलामा असीमित स्वविवेकीय अधिकार उपयोग गरी विषयलाई झन् जटिल बनाउन सक्ने सम्भावना हुन्छ । उदाहरणका लागि राज्यको प्राकृतिक स्रोत मानिने फ्रिक्वेन्सीको उपयोग गरी दूरसञ्चार सेवा सञ्चालन गर्न प्रस्ताव आव्हान गर्दा सलामी (रोयल्टी) र फ्रिक्वेन्सी दस्तुरलाई आधार मानिएजस्तै जलको उपयोग गरी आयोजना सञ्चालन गर्नेलाई पनि कुनै एक आधार ऐनमा तोक्नुपर्नेमा त्यसको उल्लेख भेटिँदैन । ऐनले सलामीको विषयमा तोकिएबमोजिम हुने व्यवस्था गरेको हुँदा अनुमतिपत्र दिने आधार अनुमतिपत्र दस्तुरलाई मानेको जस्तो देखिन्छ । स्थानीय निकाय र प्रदेश सरकारले अनुमतिपत्र दिने व्यवस्थाले स्थानीय निकाय र प्रदेशपिच्छे अलगअलग दस्तुर तोकिने प्रशस्त सम्भावना हुन्छ । यसले द्वन्दको वातावरण सृजना गर्नसक्ने हुँदा यसले विकासकर्तालाई प्रोत्साहन दिनसक्दैन । राज्यको स्रोत मानिने जललाई एकद्वार प्रणाली अर्थात् केन्द्रीकृत रूपमा रहने संस्थाले अनुमतिपत्र दिने र नियमन गर्नेजस्ता कार्य गर्नुपर्नेमा कनिका छरेजस्तो नीतिले विद्युत् विकासलाई प्रवद्र्धन गर्दैन । ३ मेगावाटसम्मको अनुमतिपत्र दिने अधिकार पाएको स्थानीय निकाय (गाउँ र नगर) ले विद्युत् जस्तो जटिल प्राविधिक विषयलाई सम्बोधन गर्न सक्ने स्थिति हुँदैन । प्रदेश सरकार नै औचित्यहीन भइसकेको सन्दर्भमा प्रदेशले पनि सामथ्र्य राख्न सक्दैन । विद्युत् क्षेत्रको नियमन गर्न गठित निकाय (विद्युत् नियमन आयोग) लाई नेपाल राष्ट्र बैंक सरहको अधिकारसम्पन्न बनाई सम्पूर्ण रूपमा विद्युतको अनुमतिपत्र दिने, नियमन गर्ने, विद्युत् क्षेत्रको अध्ययन अनुसन्धान गर्ने, महसुल निर्धारण गर्ने, देशीय वा अन्तरदेशीय व्यापारको नीति बनाउने र विद्युत्सम्बन्धी नीति केन्द्र बनाउनु उत्तम विकल्प हो । तर, विधेयकले आयोगलाई विभागभन्दा पनि तलको हैसियतमा झारिदिएको छ ।

अवधि र सलामी दस्तुर

जलविद्युत उत्पादन गर्ने कम्पनीले पाएको अनुमतिपत्रको अवधि जलाशय र अन्य प्रकृतिको हकमा क्रमशः बढीमा ५० र ४० वर्ष तोकिएको छ । सीधा रूपमा हेर्दा अवधि थप गरे जस्तो देखिए पनि साविकको ५५ वर्षको सर्वेक्षण र निर्माण अवधि यसैमा जोडिएको हुँदा अवधि थप होइन, घटेको छ । क्षमताबाहिरको परिस्थिति सृजना भई विद्युत् आयोजना विकास तथा सञ्चालनमा बाधा अवरोध उत्पन्न भएमा लाभ लागतलाई विचार गरी बढीमा ५ वर्षसम्म थप गर्न सकिने भन्ने अर्को स्वविवेकीय व्यवस्था राख्नुभन्दा एकैपटक जलाशय र अन्यको अवधि ६० र ५० वर्ष तोकिनुपर्छ । शुरूका सबै आयोजनाको अवधि ५० वर्ष तोकिएको हुँदा आयोजनाबीच विभेद गरिनु हुँदैन । अनुमतिपत्रप्राप्त संस्थाले जलस्रोतको अधिकतम उपयोग हुने कुराको सुनिश्चित गर्नुपर्नेछ । अनुमतिपत्रप्राप्त संस्थाले उत्पादन अनुमतिपत्र अवधि पूरा भएपछि (१) जलविद्युत् उत्पादन केन्द्र र सोसँग सम्बद्ध संरचनाहरू र (२) विद्युत् प्रसारण लाइन, वितरण प्रणाली र सोसँग सम्बद्ध संरचनाहरू चालू अवस्थामा नेपाल सरकार वा नेपाल सरकारले तोकेको निकायलाई निःशुल्क हस्तान्तरण गर्नुपर्नेछ ।

विद्युत् उत्पादन गर्न अनुमतिपत्रप्राप्त संस्थाले व्यापारिक उत्पादन शुरू गरेपश्चात् जडित मेगावाट र विद्युत् विक्री (किलोवाट घण्टा) बापत तोकिएको रकम नेपाल सरकारलाई सलामी दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तो सलामी दस्तुर जुन मुद्रामा विद्युत् विक्री हुन्छ सोही मुद्रामा बुझाउनुपर्ने व्यवस्था छ ।

जलविद्युत् विकास तथा सञ्चालनमा अवधि र सलामी दस्तुर प्राथमिक विषय भएको हुँदा यसको अवधि र दस्तुर किटानी गरेर ऐनमा नै तोक्नुपर्छ । कानून निश्चयात्मक हुनुपर्ने हुँदा बढीमावा लागेमावा देखेमावा तोकिएबमोजिमभन्नेजस्ता व्यापक अर्थ लगाउन सकिने शब्द उपयोग गर्दा यसको दुरुपयोग हुन्छ । सरकार वा कुनै निकायलाई आफूखुशी व्याख्या गर्न पाउने गरी स्वविवेकीय अधिकार उपयोग गर्न दिँदा एकै प्रकृतिका विषयमा फरकफरक मानक बन्नसक्ने हुँदा हुन्छवा हुँदैनभन्ने मात्र जवाफ पाइने वा अर्थ लाग्ने शब्दावली उपयोग गर्नुपर्छ । सलामी दस्तुरसम्बन्धी विषय नियमावलीमा तोक्न दिँदा सरकारले व्यापक दुरुपयोग गर्नसक्ने हुँदा यसको निश्चित दर तोक्ने कार्य ऐनमा नै हुनुपर्छ । उदाहरणका लागि दूरसञ्चार सेवाको सलामी दस्तुर ऐनमा नै तोकिएको र सेवाप्रदायक आपैmले कबोल गर्नसक्छ । जलविद्युत्मा पनि सलामी दस्तुर दूरसञ्चारमा जस्तै दुवै (ऐनमा तोक्ने र विकासकर्ताले कबोल गर्ने) नीति अवलम्बन गर्न सकिन्छ ।

अन्त्यमा, विधेयकमा अनुमतिपत्र, अवधि र सलामी दस्तुरबाहेक अन्य धेरै विषय अपुष्ट, अस्पष्ट, द्वैध अर्थयुक्त र बाझिनेसमेत खालका हुँदा यसका प्रत्यक्ष अप्रत्यक्ष साझेदार र सरोकारवाला सबैसँग अझ व्यापक छलफल र अध्ययन गरेर मात्र पारित गर्नुपर्ने आवश्यकता देखिन्छ । यो ऐनको तालुकी अड्डा विद्युत् नियमन आयोगलाई बनाइनुपर्छ ।

 २७ असोज २०७७, आर्थिक अभियान

https://www.abhiyandaily.com/newscategory-detail/376043

विद्युत् कम्पनीको शेयर निर्गमन निर्देशिका

आयुक्तको बहुविज्ञ बन्ने प्रयास

विद्युत् नियमन आयोगले जारी गरेका नीतिनियमहरू गन्जागोल देखिएका छन् । पछिल्लोपटक र अलि पहिला जारी भएका क्रमशः विद्युत् कम्पनी गाभ्ने निर्देशिका, २०७७ र विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निर्गमन (निष्कासन) निर्देशिका, २०७६ दुवै यसका ज्यूँदा प्रमाण बनेका छन् । शेयर निर्गमन निर्देशिकामा धितोपत्रसम्बन्धी कानूनले स्पष्ट नपारेका विषय पनि परेका छन् । शेयर निर्गमनमा अर्कै अर्थ लाग्ने शेयर लागतभन्ने शब्द अनुसूची ( १(ख) मा परेको छ । आयोगमा कर्पोरेट र धितोपत्रसम्बन्धी कानूनका जानकार व्यक्ति वा परामर्शदाताको अभाव देखिएको हो वा आयुक्त आफैँ बहुविज्ञ बन्न खोज्दा चिप्लिएका हुन् आयुक्तले मात्र बताउन सक्छन् ।

 संस्थापकबाटै पूँजी चुक्ता

निर्देशिकाको दफा ४ (क)(२) मा संस्थापक शेयरधनीलाई जारी पूँजी शतप्रतिशत चुक्ता भएकोभन्ने र अनुसूची (१ (ख) मा अनुमतिपत्र प्राप्त कम्पनीको संस्थापक शेयरधनीलाई जारी पूँजी शतप्रतिशत चुक्ता भएको प्रमाणित गर्ने कम्पनी रजिस्ट्रारको कार्यालयमा अद्यावधिक शेयर लगतयी दुई वाक्यांशमा भाषागत कमजोरी छ । यसको सट्टा संस्थापक शेयरधनीले लिन कबुल गरेको सम्पूर्ण रकम चुक्ता गरेकोभन्ने सरल वाक्य राखेको भए कसैलाई पनि द्विविधा हुँदैथ्यो । जारी पूँजी संस्थापक र सर्वसाधारणलाई अलगअलग हुँदैन । समग्र जारी पूँजीबाट संस्थापक र सर्वसाधारणको अनुपात छुट्ट्याउने हो । उदाहरणका लागि कुनै कम्पनीको जारी पूँजी १ अर्ब रुपैयाँ छ भने संस्थापक र सर्वसाधारणको अनुपात ७० र ३० प्रतिशत भएमा ७० करोड रुपैयाँ संस्थापकले चुक्ता गरेको हुनुपर्छ र यही कुरा कम्पनी रजिस्ट्रार कार्यालयबाट अभिलेखित हुने हो ।

 सुरक्षित शेयर लगानी

संसारभर शेयर लगानीलाई सुरक्षित भनेर कसैले पनि प्रत्याभूति दिएको हुँदैन । लगानी भन्नेबित्तिकै त्यहाँ जोखिम तŒवको प्रधानता हुन्छ । जोखिममा लगानी गरेर लाभ प्राप्त गर्ने हो । तर, मान्यता र सिद्धान्तविपरीत आयोगले कम्पनीसँग लगानी सुरक्षित हुने माग गरेको छ । कम्पनीले आफ्नो लगानी (शेयरधनीको पैसा) व्यवसाय (विद्युत् उत्पादन) गरेर सरकारले तोकेको भाउमा सरकारलाई बेच्ने हो । उत्पादनमा लगानी आफूले गरे पनि मूल्य निर्धारणमा आफ्नो हात छैन । यसो हुँदा सरकारबाट लगानी प्रत्याभूत गराउन आयोगले पहल गरे झन् राम्रो हुन्छ । किनभने आयोग पनि सरकारकै अंग हो । आयोग (सरकार) ले नै लगानी सुरक्षित हुने विधि बताएको भए सहज हुन्थ्यो । किनभने आयोग विज्ञको समूह हो, विज्ञले नजानेको केही हुँदैन भन्ने कुरा यही निर्देशिका नै साक्षी छ । निर्देशिकाको दफा ४(क)(४) को प्रतिबन्धात्मक व्यवस्था तर, शेयरधनीहरूको लगानी सुरक्षित हुने प्रत्याभूतिभएको अवस्थामा शेयर मूल्यको बढीमा १० प्रतिशतसम्म भुक्तानी हुनेगरी शेयर निर्गमन गर्न बाधा पर्ने छैनभन्ने व्यवस्थाको अर्थ शेयर लगानी जोखिमहोइन, ‘फाइदैफाइदाहो भन्ने आयुक्तको बुझाइ छ भन्ने देखिन्छ ।

 अमूर्त मुख्य संरचना

निर्देशिकाको दफा ४(क)(४) मा निर्माण चरणमा रहेका परियोजनाको हकमा मुख्य संरचनाहरूको निर्माण कम्तीमा ५० प्रतिशत सम्पन्न भएकोभन्ने व्यवस्था छ । जलविद्युत् आयोजनाका सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन गरी मुख्य चारओटा पक्ष हुन्छन् । प्रसारण लाइनको हकमा कम्पनीले नै कुनै निश्चित स्थानसम्म आपैmले प्रसारण गरिदिने र नेपाल विद्युत् प्राधिकरण आफैले आयोजनास्थलबाटै विद्युत् लैजाने दुई किसिमको व्यवस्था छ । अन्य तीनओटा पाटो (सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल) का कुनकुन कार्य मुख्य हुन् र केके काम भएपछि ५० प्रतिशत निर्माण सम्पन्न हुन्छ त्यसको स्मरण सूची (चेकलिस्ट) आयोगले तयार पारी कम्पनीलाई बुझाउन लगाउनु उचित हुन्छ । प्रसारण लाइनको सन्दर्भमा पनि कम्पनी आफैले निश्चित स्थानसम्म पु¥याउनुपर्ने हो भने त्यसको पनि स्मरण सूची बनाइदिए हुन्छ र प्राधिकरणले बनाउने रहेछ भने प्राधिकरणले केके ग¥यो त्यसको बारेमा आयोगले प्राधिकरणसँग सोध्न नमिल्ने होइन होला । प्राधिकरण पनि आयोगको अधीनस्थ निकाय हो । सोही दफामा परियोजना सम्पन्न भएपछि परियोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनसम्म जोड्न आवश्यक पूर्वाधारको प्रत्याभूति रहेकोभन्ने व्यवस्था विद्युत् खरीदविक्री सम्झौतामा नै हुने हुँदा अर्को प्रत्याभूति केका लागि मागिएको हो ? बरु प्रसारण लाइन दिन्छु भनेर प्रत्याभूति गर्ने प्राधिकरणलाई आयोजना बनिसक्दा पनि प्रसारण लाइन किन नदिएको भनेर सोधे कति जाती हुन्थ्यो ।

 विक्री प्रस्तावको कानून

निर्देशिकाको दफा २(च) मा शेयरको सार्वजनिक निर्गमन (निष्कासन) भन्नाले प्रारम्भिक, हकप्रद, थप निर्गमन वा विक्री प्रस्ताव (अफर डकुमेन्ट)मार्फत धितोपत्र विक्रीसमेतलाई सम्झनुपर्छभनिएको छ । शुरूका तीनओटा प्रकारको विषयमा कुनै विवाद र अस्पष्टता छैन । चौथो क्रमको विक्री प्रस्तावको विषयमा धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली, २०७३ र धितोपत्र निर्गमन (निष्कासन) तथा बाँडफाँट निर्देशिका, २०७४ दुवै आपैmमा अस्पष्ट छन् । तालुकी कानूनमै अस्पष्टता भएको हुँदा यस्ता व्यवस्था आयोगले राख्दा झन् अस्पष्टता बढेको छ ।

विक्री प्रस्तावमार्फत बेचिने शेयर प्राथमिक निर्गमन जस्तो कम्पनीको शेयर होइन र कम्पनीको पूँजी संरचनालाई कुनै असर पर्दैन । यस विधिबाट विक्री हुने शेयर कम्पनीका शेयरधनीले धारण गरेको शेयर हो । यस्तो शेयर परल (अङ्कित) वा थप (प्रिमियम) जुन मूल्यमा विक्री हुँदा पनि कम्पनीलाई होइन, विक्रेतालाई पैसा प्राप्त हुन्छ । कम्पनीको लागि शेयरधनी मात्र परिवर्तन हुनेहुँदा कम्पनीलाई तात्त्विक फरक पार्दैन । उदाहरणका लागि सरकारको स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको शेयर यही विक्री प्रस्तावको स्वरूपमा बेचिएको हो । थप बेच्ने भनिएको शेयर पनि यही विधिबाट हो । त्यस्तै, पछिल्लोपटक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको शेयर विक्री पनि यही नै हो । दूरसञ्चार र नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर बेच्दा क्रमशः सरकार तथा राष्ट्रिय वाणिज्य बैंकले पैसा पाए भने दुवै कम्पनीले नयाँ शेयरधनी पाए ।

 विवरणपत्रका कुरा

आयोगले शेयर निर्गमनको स्वीकृति लिन निवेदन पेश गर्दा विवरणपत्र तयार गरेको भएमासो पनि पेश गर्नुपर्ने व्यवस्था गरेको छ । विवरणपत्रविना के आधारमा आयोगले स्वीकृति दिने हो कतै पनि खुल्दैन । धितोपत्र बोर्डले दिएको विवरणपत्रको ढाँचामा विद्युत् क्षेत्रका कयौं कुरा नपरेको हुँदा आयोगले बोर्डसँग समन्वय गरी विशिष्टीकृत विवरणपत्रको ढाँचा बनाउने जिम्मेवारी आयोगको हो । विद्युत् कम्पनीको विवरणपत्रमा मासिक विद्युत् विक्री र त्यसको दरभाउको तालिका हुनु अत्यन्त जरुरी भए पनि त्यसको उल्लेख हुनसकेको छैन । निर्गमन तथा विक्री प्रबन्धकको विषयमा पनि नियुक्त गरेको भएमाभन्ने व्यवस्था अपूरो छ । त्यस्तै, २ वर्षसम्म हकप्रद जारी गर्न नपाइने भन्ने व्यवस्था गरेको आयोगले बोनस शेयरलाई के गर्ला यसको उल्लेख छैन । हकप्रद र बोनस दुवै पूँजी वृद्धिका उपकरण भएकाले यसलाई निषेधको सट्टा नियन्त्रण गर्न आवश्यकता पहिचान गराउन स्मरण सूची बनाउन सकिन्छ ।

 २० असोज २०७७, आर्थिक अभियान 

https://www.abhiyandaily.com/newscategory-detail/375729

 

Sunday, October 4, 2020

अनरिलायबल बनेको रिलायबल

२०७२ सालको मौद्रिक नीति तयार हुँदै गर्दा क्षेत्रीयस्तरका १० जिल्ला कार्यक्षेत्र रहेका केही विकास बैंकहरु अर्को संस्था गाभ्दै तत्कालीन व्यवस्था अनुसार ६४ करोड रुपैयाँ पूँजी पुर्याएर 'राष्ट्रियस्तरको विकास बैंक' बन्ने पगरी गुथ्ने क्रममा थिए । केही बैंकले भने पहिलेदेखि नै पगरी गुथिसकेका थिए । मौद्रिक नीतिले २०७४ सालभित्र यस्ता बैंकहरुले २ अर्व ५० करोड रुपैयाँ पूँजी पुर्याउनुपर्ने व्यवस्था गरेपछि साविकमा पाएको र पाउन लागेको पगरी जोगाउन हम्मे पर्ने कुरा दिनको घामजत्तिकै छर्लङ्ग हुँदाहुँदै पनि तोकिएको पूँजी पुर्याउनु सक्षम रहेको ध्वाँस दिन भने छाडेका थिएन

घटनास्थल प्रकृति मुचुल्का

तर, यहि बेला वाणिज्य बैंकको पगरी गुथिरहेको लुम्बिनी एक्लै बसेर तोकिएको पूँजी पुर्याउन नसक्ने देखेपछी आफुलाइ बैंक अफ काठमाडौमा समाहित गरिसकेको छ । २०७४ असार आउन अब ९ महिना मात्रै बाँकी रहेको छ । अहिले पनि जनता, कुमारी, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्डले के गर्लान भनेर हेर्न बाँकी रहेको अवस्थामा स-साना विकास बैंक 'जेठा मामाको त भाँग्राको धोती कान्छा मामाको के गति' उखान चरितार्थ हुने क्रममा छ । सकिन्न भन्ने जान्दाजान्दै पनि केन्द्रीय बैंकले पूँजी योजना मागेपछि लाजगाल टार्नैको लागि सबैले पूँजी वृद्धि योजना बुझाए । बैंकहरुले बुझाएको पूँजी वृद्धि योजनाको भरपर्दो आधार भने थिएन । बैंकहरुले बुझाएको योजना हेर्दा घटनास्थल प्रकृति मुचुल्का उठाएको भन्दा फरक थिएन । बोनस, गाभ्ने/गाभिने, विलय गर्ने/विलय हुने र हकप्रद जस्ता प्रचलित सबै वित्तीय उपकरण पूँजी वृद्धि योजनामा दिएका थिए । तर, यी उपकरण उपयोग कसरी गर्ने भन्ने विस्तृत कार्ययोजना भने थिएन । जसरी घरायसी प्रयोजनका लागि विभिन्न हतियार छन, त्यस्तै वित्तीय क्षेत्रमा पनि पूँजी वृद्धिका पनि विभिन्न हतियारहरु छन । जुन बेला जुन औजार चलाउन उपयुक्त हुन्छ त्यही चलाउनुपर्छ । हँसिया, खुकुरी, कर्द, भाला, बन्चरो यी सबै हतियार हुन तर, यिनको उपयोग गर्दा ठाँउ अनुसार गर्नुपर्छ । दाउरा चिर्न बन्चरो चाहिन्छ, चोया काड्न कर्द चाहिन्छ तर, बाँस वा निगालो काट्न भने बन्चरो वा खुकुरी चाहिन्छ । यसको अर्थ जहाँ जे आवश्यक हुन्छ त्यही चलाउने हो । कम्पनीले पनि सन्दर्भ अनुसारकै वित्तीय औजार चलाउनुपर्छ अनि मात्रै उद्देश्यमुलक हुन्छ । पूँजी जुटाउन विभिन्न प्रकारका अग्राधिकार शेयर, प्राथमिक शेयर, हकप्रद, बोनस र थप शेयर (Further Public Offering- FPO) जारी गर्नसक्छन । साथसाथै कम्पनीको जायजेथा धितो राखी वा नराखी ऋणपत्र पनि जारी गर्नसक्छ्न । ऋणपत्र र केही अग्राधिकार शेयर निश्चित समयपछि फिर्ता गर्नुपर्छ ।

हकप्रद एक करार 

साविकको रिलायबल फाइनान्सले अर्को एउटा फाइनान्स र क्षेत्रीयस्तरको विकास बैंक गाभेर 'राष्ट्रियस्तरको विकास बैंक' मान्यता पाएको थियो । मौद्रिक नीति आएपछि यसले पनि आफैं पूँजी पुर्याउने पूँजी योजना सार्वजनिक गर्यो र कायम पूँजीमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने घोषणा समेत गर्यो र नियमित साधारणसभाबाट प्रस्ताव पारित गर्यो । तर, प्रस्ताव पारित गरेको महिना बित्न लाग्दा समेत धितोपत्र वोर्डमा स्विकृतिको लागि आवेदन गरेन । अप्रत्याशितरूपमा ग्लोबल बैंकसँग विलय हुने भनेर निर्णय गरेको व्यहोरा सार्वजनिक गर्यो । विलय हुने घोषणासँगै पारित हकप्रद कार्यान्वयन रद्द हुने जानकारी समेत गराएको छ । बैंकले हकप्रद जारी गर्छु भनेर गरिएको घोषणा एकप्रकारको करार हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भइ यसको साधारण शेयर खुला कारोबार भइरहेकोले आमलगानिकर्ताले हकप्रदको लोभ/मोहमा परि धमाधम शेयर किने यसलाइ करारको अर्को पक्ष स्विकृती मान्न सकिन्छ । यहाँ करारको पालन भैसकेको छ र दुबै पक्ष (कम्पनी र शेयर लगानीकर्ता) ले प्रतिफल समेत पाउने निश्चित भैसकेको छ । करारमा प्रतिफलको सुनिश्चितता भैसकेपछी त्यस्तो करारलाइ वैध मानिन्छ । यसरी वैध भैसकेको करार एकपक्षीय रूपमा कम्पनीले तोड्न सक्दैन । करार तोडनु छ भने त्यसको क्षतिपूर्ति मर्का पर्ने पक्षले पाउनुपर्ने हुन्छ । हकप्रदकै लागि भनेर महंगो मुल्यमा शेयर लिएर बसेका शेयरधनीको रकम फसेको छ । कम्पनीले एकपक्षीय रुपमा करार तोडनु 'गम्भीर जालसाझीयुक्त अपराध' भनी मान्नुपर्ने हुन्छ ।


यस्ता कार्यले स्टक एक्सचेञ्जमा सूचीकरण भएका अन्य कम्पनीको विश्वसनीयतामा समेत गम्भीर प्रश्न उठनसक्छ । हकप्रद जारी गर्ने भनेर स्टक एक्सचेञ्जमा सूचना सम्प्रेषण गरि सार्वजनिक जानकारी गराइ उक्त प्रस्ताव साधारणसभाबाट समेत पारित भएकोले अहिले रद्द गरिएको भनिएको हकप्रदलाई यथावत कार्यान्वयन गरि करारको पालन गराउने जिम्मा धितोपत्र वोर्डको काँधमा आएको छ ।

उदाहरण बेलायतको

यस सन्दर्भमा बेलायतको हाउस अफ लर्डसले Rex. Vs. Kylsant (1932) KB 442 को एउटा मुद्दाको दिएको निर्णय यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ ।

Lord Kylsant, the managing director of Royal Mail Steam Packet company issued a prospectus inviting subscription to debentures of the company. In the prospectus it was stated that the company was in a good position and that dividents were regularly paid. But the the prospectus omitted to state that there were large losses in several years and that in those dividends were paid out of reserves. It is apparent that the prospectus tried to create a false notion of company's soundness. It was held by the House of Lords that Lord Kylsant wilfully issued a false prospectus and he was convicted under the criminal Law.

हाउस अफ लर्डसले गरेको यो निर्णयलाई रिलायबलको कार्यसँग केही हदसम्म नजिरकोरुपमा लिन सकिन्छ । हकप्रद भन्दा पनि विलय वा गाभ्ने/गाभिने कार्य प्राथमिकतामा हुँदाहुँदै हकप्रद घोषणा गर्ने कार्यलाइ वदनियतपूर्ण र कपटयुक्त भन्न सकिने प्रशस्त आधार छ ।

पंक्तिकारले बारम्बार हकप्रद जारी गर्ने सम्बन्धि एकीकृत कानुनको आवश्यकता छ भनी उठाएको आवाजको सार्थकता अझ बढेको छ । प्रचलित धितोपत्र कानुनमा हकप्रद सम्बन्धि स्पष्ट व्यवस्थाको अभाव सुचिकृत कम्पनीले राम्रैसँग फाइदा उठाएका छन । यसको ज्वलन्त उदाहरण रिलायबल बैंक पनि हो । रिलायबलले उन्मुक्ति पाएको खण्डमा अहिले हकप्रद जारी गर्ने घोषणा गरेका कयौं कम्पनीले हकप्रद रद्द गराउने परिपाटीलाई संस्थागत गर्दै लानेछन । यसले फस्टाउँदो पूँजीबजारको विकासमा गम्भीर असर पर्ने निश्चित छ । धितोपत्र वोर्डले रिलायबलको हकप्रद कार्यान्वयन गराएर मात्रै विलयको प्रक्रिया अगाडी बढाउन विशेष निर्देशन दिएर पूँजीबजारलाई शुद्धीकरण र सुदृढीकरण गर्दै लानु जरुरी छ ।

 विकास न्युज अनलाईनमा छपिएको 

Saturday, October 3, 2020

विद्युत् कम्पनीसम्बन्धी निर्देशिका

आयोगका विज्ञ आयुक्तको अविज्ञ नीति

विद्युत् नियमन आयोगले अनुमतिप्राप्त व्यक्ति आपसमा गाभिन, आपसमा मिल्न, शेयर खरीद, संरचनाको किनबेच वा हस्तान्तरण प्राप्ति वा ग्रहणसम्बन्धी निर्देशिका, २०७७ लागू गरेको छ । निर्देशिका काम देखाउन गरिएको कामनियमन निकायकै मानमर्दनगर्ने खालको छ । विद्युत् कम्पनीका मूलभूत विषयमा एक शब्द पनि उल्लेख छैन । आयोगको निर्देशिकाविना कम्पनी गाभिनबाट रोकिएको पनि छैन । विज्ञहरूको समूह मानिने नियामक निकायका विज्ञले बनाएको निर्देशिकाको भाषा, विषयगत स्पष्टता आदि सबै लज्जास्पद छ ।

शुरुआत परिभाषाबाट


निर्देशिकामा विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापार भने पनि उत्पादनको मात्र अनुमतिपत्र जारी भएको हुँदा यहाँ यसको मात्र चर्चा गरिएको छ । परिभाषामा रहेका अनर्थ र द्विविधाका केही उदाहरण पेश गरिएको छ ।

१.  दफा २ (ख) अनुमतिप्राप्त व्यक्तिहरू एकआपसमा वा अन्य संगठित संस्थासँग सम्झौता वा समझदारीअनुसार मिल्ने कार्यलाई सम्झनुपर्छभनेर आपसमा मिल्नको परिभाषा गरिएको छ । यो परिभाषाले के भन्न खोजेको स्पष्ट छैन । सर्वेक्षण अनुमतिपत्र पाएका प्राकृतिक व्यक्तितर्फ इंगित हो कि भन्ने बुझ्नुपर्ने हुन्छ । यदि यस्तो हो भने प्राकृतिक व्यक्ति कसरी मिल्ने ?

२.  दफा २(ज) अनुसार गाभिनेभन्नाले अनुमतिपत्रप्राप्त व्यक्ति एकआपसमा वा अन्य संगठित संस्थासँग गाभ्ने गाभिने कार्यलाई सम्झनुपर्छ । दफा २(ढ) मा गरिएको संगठित संस्थाको परिभाषा कानूनबमोजिम दर्ता भई छुट्टै कानूनी अस्तित्व भएका कम्पनी, सार्वजनिक संस्थान र निगमजस्ता कानूनी व्यक्ति सम्झनुपर्छ । यो व्यवस्थाले अनुमतिपत्र प्राप्त व्यक्ति र कम्पनी दुवैलाई नेपाल राष्ट्र बैंक, वायुसेवा र आयल निगमजस्ता संस्थासँग पनि गाभ्न पाइने हो भन्ने बुझिन्छ ।

३.  दफा २(ट) अनुसार प्राप्ति वा ग्रहणभन्नाले अनुमतिपत्र व्यक्ति वा अन्य संगठित संस्थाले अनुमतिपत्र व्यक्तिको आयोजना र संरचना प्राप्त गर्ने कार्यलाई सम्झनुपर्छ र दफा २(त) अनुसार हस्तान्तरणभन्नाले अनुमतिपत्रप्राप्त व्यक्तिको स्वामित्वमा रहेको आयोजनारसंरचना पूर्ण वा आंशिक रूपमा अन्य अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थालाई बुझाउने कार्यलाई सम्झनुपर्छ । यी दुई व्यवस्थाको तात्त्विक अन्तर के हो पत्तो पाउन सकिँदैन ।

४.  दफा २(ण) संरचनाभन्नाले आयोजनाको लागि निर्माण भएका बाँध जलाशय विद्युत् गृह, सबस्टेशन, प्रसारण वा वितरण लाइन, इलेक्ट्रोनिक सफ्टवेयरलगायत अन्य संरचना तथा भवन, पहुँच मार्गजस्ता भौतिक पूर्वाधार र त्यसले ओगटेको जग्गा एवम् सो स्थानमा जडित उपकरणसमेत सम्झनुपर्छ । पहुँच मार्ग भनेको नजीकको सडकमार्गबाट आयोजनास्थलसम्म पुग्न सरकार वा आयोजनाले बनाएको बाटो हो र बाटो कसैको निजी हुँदैन । आयोजना आफैले बनाएको बाटो र बाटोका लागि तिरिएको रकम आयोजनाको पूँजीगत खर्चमा लेखांकन भइसकेको हुन्छ । सार्वजनिक बाटो कसरी संरचना भयो ? प्रसारण वा वितरण लाइन, सबस्टेशन नेपाल विद्युत् प्राधिकरणले बनाउने हुँदा यो कसरी आयोजनाको सम्पत्ति हुन्छ ?

प्रक्रियागत कुराहरू

निर्देशिकाले अधिकारविहीनमा क्षेत्रमा अवाञ्छित हस्तक्षेप गरेको छ । परिच्छेद खण्ड २ का विभिन्न दफामा अनुमतिपत्र प्राप्त व्यक्ति एकआपसमा वा अन्य संगठित संस्थासँग गाभिन गर्नुपर्ने विभिन्न प्रक्रियाको कुरा उल्लेख छ जुन सान्दर्भिक नै छैन । कम्पनी गाभिने प्रक्रिया शुरू भएमा वा सम्झौता भएमा दुवै कम्पनीले जानकारीसम्म दिए पुग्छ ।

दफा १२ मा प्राप्त निवेदनसाथ संलग्न कागजात जाँच गर्ने, नपुगेमा माग्ने, दफा १३ मा सार्वजनिक सूचना जारी गरी सरोकारवाला एवम् सर्वसाधारणबाट रायसुझाव प्रतिक्रिया माग गर्ने, सार्वजनिक सुनुवाइ पनि गर्ने, अस्वाभाविक देखेमा पुनर्मूल्यांकन गर्न आदेश दिने, दफा १५ मा विद्युत् क्षेत्र नकारात्मक रूपले प्रभावित हुने, प्रतिस्पर्धाको वातावरणमा एकाधिकार वा अनुचित व्यापारिक नियन्त्रण हुने, उपभोक्ताको हित संरक्षणमा बाधा उत्पन्न हुने, ऐन तथा नियममा भएको व्यवस्थाको प्रतिकूल हुने देखिएमा असहमत हुने र रीत पुगेको ९० दिनमा सहमति दिनेजस्ता व्यवस्थाको औचित्य कतैबाट खुल्दैन ।

विद्युत् कम्पनी गाभिँदा सर्वसाधारणलाई के अहित हुने होला र कस्तो रायसुझाव माग्न खोजेको ? विद्युत्को मूल्य सरकार (नेपाल विद्युत् प्राधिकरण) आफैले तोकेर किन्छ र प्रसारण तथा वितरण पनि आफै गर्छ भने विद्युत् क्षेत्रमा उत्पादकले कस्तो नकारात्मक असर र प्रतिस्पर्धाको वातावरणमा कस्तो एकाधिकार हुने हो स्पष्ट छैन ।

हात्ती छामे जस्तो शेयर

निर्देशिकाको दफा ६(२) कुनै व्यक्ति वा संगठित संस्थाले अनुमतिपत्रप्राप्त व्यक्तिको शेयरधनीको साविकको शेयर खरीद गर्दा सोपश्चात् कायम हुने खरीदकर्ताको शेयर अनुमतिपत्रप्राप्त व्यक्तिको कुल शेयरको ५० प्रतिशत वा त्यसभन्दा बढी हुने भएमार दफा ६(३) मा अनुमतिपत्रप्राप्त व्यक्तिको जारी पूँजीमध्येबाट तत्काल कायम चुक्ता पूँजी वृद्धि गर्नका लागि हुने शेयर किनबेच गर्दा सोपश्चात् कायम हुने खरीदकर्ताको शेयर कायम गरिने कुल चुक्ता शेयरको ५० प्रतिशत वा त्यसभन्दा बढी हुने भएमा शेयर खरीद विक्रीको निवेदनपेश गर्नुपर्छ । दफा ६(४) मा शेयर खरीदविक्रीको निवेदन पेश गर्दा खरीद विक्री कार्यका लागि संलग्न अनुमतिपत्रप्राप्त व्यक्ति वा संगठित संस्था पब्लिक कम्पनी भएमा साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी र प्रालि भएमा प्रबन्धपत्र नियमावलीमा उल्लेख भएबमोजिमको निर्णय पेश गर्नुपर्नेव्यवस्था छ । यो दुईओटा व्यवस्थामध्ये दफा ६(२) को प्रयोजन खुल्दैन । दफा ६(३) व्यवस्थालाई हेर्दा हकप्रद हो कि जस्तो देखिए पनि यसको पनि अर्थ खुल्दैन । यी उल्लिखित दुवै व्यवस्था कार्यान्वयन गर्न सभा (साधारण वा विशेष) मा प्रस्ताव लैजानुपर्ने र पारित हुनुपर्ने भनिएको छ । विषय नै स्पष्ट नहुँदा सभामा लैजानुपर्ने हो कि होइन हात्ती छामेजस्तो छ ।

अनुमतिपत्र र सुविधा

अनुमतिपत्र प्रणालीबाट सञ्चालन हुने अन्य व्यवसाय (जस्तो बैंक) र जलविद्युत् उत्पादन गर्ने अनुमतिपत्रमा ताŒिवक भिन्नता छ । राज्यको सम्पत्ति मानिने जल उपयोग गरिने व्यवसाय भने अवधी तोकेर दिइन्छ । जलविद्युत्को अवधि हाल ३० वर्ष तोकिएको छ । कुनै पनि कम्पनीले जलविद्युत् उत्पादन गर्ने उद्देश्य राखेर अनुमतिपत्र पाउनसक्छ । कम्पनीले शुल्क तिरेर अनुमतिपत्र लिने हुँदा अनुमतिपत्र सम्पत्ति हो र यसलाई कार्यान्वयन गर्दा आयोजना बन्छ । यस हिसाबले आयोजना कम्पनीको सम्पत्ति हो र कम्पनीका अन्य सम्पत्ति (व्यावसायिक) जो कोहीलाई जुनसुकै बेला विक्री गर्न सकिन्छ । निर्देशिकाले कम्पनी नै गाभ्ने नीति ल्याएको छ । सम्पत्तिका रूपमा रहने आयोजना गाभिनेभन्दा पनि स्वामित्वको हस्तान्तरण मात्र हो । स्वामित्वको हस्तान्तरणलाई कम्पनी गाभिने रूपमा हेर्न सकिँदैन । कम्पनी गाभिने कंग्लोमेरेट, होरिजेन्टल, भर्टिकल र एमलगेमेसन जस्ता विभिन्न स्वरूप छन् । जलविद्युत्का उत्पादन, प्रसारण र वितरण तीनओटा पाटा हुन्छन् । तर विद्यमान सन्दर्भमा उत्पादन मात्र निजी कम्पनीले गरिरहेका हुँदा उत्पादक कम्पनी गाभ्नुपर्ने ताŒिवक आवश्यकता पनि देखिँदैन । यदि उत्पादक कम्पनी गाभ्ने हो भने अनुमतिपत्र अवधि, सलामी दस्तुर र विशेष सुविधाका रूपमा प्राप्त आयकरका विषयमा पनि सम्बोधन हुनुपर्नेमा एक शब्द पनि उच्चारण नहुनुले गाभिन प्रोत्साहन मिल्ला वा नमिल्ला भविष्यकै जिम्मामा छाडिदिनु उचित हुन्छ ।

१३ असोज २०७७ आर्थिक अभियान दैनिक 

https://www.abhiyandaily.com/newscategory-detail/375363

 

Thursday, October 1, 2020

२०७७ असोज १४ गते सोमबार राती ८ : ०० बजे कान्तिपुर टेलिभिजन


शेयर अङ्कित मूल्यमा भनेजति प्राप्त हुनसक्दैन l शेयर लगानीबाट लाभ हुने अपेक्षामात्र हो सुनिश्चितता हैन l अत्यन्त घटेको (अङ्कित मूल्यभन्दा तल) मूल्यमा पर्याप्त शेयर पाइन्न l मूल्य घटिरहेको हुन्छ तर, भनेजति नपाइने हुँदा ठूलो मात्रामा शेयर प्राप्त गर्न चाहनेले पाउनसक्ने अवस्था हुन्न l

अहिले जलविद्युतको शेयर मूल्य बढेको छ l केही कम्पनीको मूल्य अधिक देखिए पनि अधिकाँशको मूल्य साह्रै बढेको छैन l ५० रुपैयाँको तुलनामा अधिक बढेको हो तर, अङ्कित मूल्यको तुलनामा अधिक हैन l अङ्कित मूल्यभन्दा दोब्बर तेब्बर मूल्यमा किन्नुपर्ने शेयर अहिले अङ्कित मूल्यभन्दा केही माथि हुँदा यसलाई अधिक बढेको भन्ने तर्क उचित हुनसक्दैन l
लाभको कुरामा निर्माणाधीन अवस्थामा रहेका कारण त्यसको अपेक्षा गर्नु वा लाभांश दिएको छैन भन्नु सान्दर्भिक हुन्न l
सबै कम्पनीको स्थिति समान भने छैन l किन्दा सवल र दूर्वल पक्ष आफैँले हेरेर किन्नुपर्छ l