Showing posts with label म्युचुअल फण्ड. Show all posts
Showing posts with label म्युचुअल फण्ड. Show all posts

Wednesday, July 7, 2021

औचित्यको कसीमा म्युचुअल फन्डलाई कर छूट

फन्डको प्रकृतिअनुसार छूटको व्यवस्था आवश्यक

आर्थिक वर्ष २०७८/०७९) को बजेट वक्तव्यमा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को आयमा कर नलाग्ने व्यवस्था गरेको छ । (बजेट वक्तव्य ४७७) यसअघि महालेखा परीक्षकको ५६औं प्रतिवेदनले म्युचुअल फन्डलाई कर छूट हुने व्यवस्था ऐनमा नगरिएको हुँदा कर असुल गर्नु भन्ने निर्देशन दिएको थियो । आयकर ऐन, २०५८ को दफा १० मा (ट) पछि (ठ) थप गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले आफ्नो उद्देश्यअनुरूप आर्जन गरेको रकमलाई छूट हुने रकममा समावेश गरेको छ ।

उद्देश्यअनुरूपको आर्जन

आयकर ऐन, २०५८ को दफा १० मा उल्लिखित निकाय र व्यक्तिलाई आय रकम छूट हुने व्यवस्था गरिएको छ । यसमा ज्येष्ठ नागरिकलाई वितरण गरिने भत्तासमेत परेको छ । ज्येष्ठ नागरिक र केही अन्यलाई छूट गरिएकोसम्मलाई उचित मान्न सकिएला तर विशुद्ध व्यापारिक कार्य गर्ने निकायलाई पनि छूट दिनुको औचित्यको कसीमा प्रश्न उठाउन सकिने ठाउँ छ । यसै दफामा नेपाल राष्ट्र बैंकले समेत ‘उद्देश्यअनुरूप आर्जन गरेको आयमा’ यो सुविधाको उपयोग गरिरहेको छ । अहिले यसै दफामा म्युचुअल फन्डलाई समावेश गरेर सम्पूर्ण कर छूट गरिएको हो । यद्यपि यसअघि पनि छूट पाइरहेका थिए । यसरी छूट पाइरहनु औचित्यपूर्ण थियो कि थिएन अध्ययन हुनुपर्नेमा विनाअध्ययन यसलाई ऐनको कर छूट हुने दफामा ल्याइनु औचित्यपूर्ण छैन । नेपाल राष्ट्र बैंक केन्द्रीय बैंक भएको हुँदा आयकरमा छूट दिनुलाई सान्दर्भिक मान्न सकिन्छ । म्युचुअल फन्ड नेपाल राष्ट्र बैंकको हाराहारीमा के कुन आधारमा पुग्यो ? म्युचुअल फन्डले राष्ट्र निर्माणमा कस्तो के योगदान दिएको छ ? यस्ता प्रश्न प्रशस्त गर्न सकिने ठाउँ छन् ।

महालेखाको प्रतिवेदन

म्युचुअल फन्डलाई कर छूटको प्रस्ताव आउनु र दफा १० मा समावेश गरिनुको मूल कारणका रूपमा महालेखाको प्रतिवेदन हो । महालेखाले म्युचुअल फन्डलाई कर छूट हुने कुरा स्वीकार्य भए पनि ऐनमा व्यवस्था नभएका कारण कर उठाउनु भनेको थियो । धितोपत्रसम्बन्धी ऐन, २०६३ दफा २(ब) मा ‘सामूहिक लगानी योजना (कलेक्टिभ इन्भेस्टमेन्ट स्कीम) भन्नाले विभिन्न व्यक्ति वा संस्थाहरूको सहभागिता रहने गरी परिचालन गरिएको बचत लगानी रकमलाई आफ्नो जिम्मेवारीमा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल सम्बद्ध कार्यक्रमका सहभागीहरूलाई समानुपातिक रूपले वितरण गर्न यस ऐनबमोजिम योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोष, एकांक कोष वा समयसमयमा बोर्डले तोकिदिएको त्यस्तै प्रकारका अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रम सम्झनुपर्छ’ भनेको छ । ऐनमा प्रयुक्त भएका ‘लगानी कोष’ नै अहिले सञ्चालनमा रहेका ‘फन्ड’ हुन् । ऐनमा यसको खास उद्देश्य के हो भन्ने कहीँ कतै देखिँदैन । परिभाषा हेर्दा ‘रकम परिचालन गरी दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल बाँड्ने’ भन्ने बाहेक यसको विशेष उद्देश्य केही देखिँदैन । रकम परिचालन गर्ने र नाफा कमाउने भन्ने कुराले विशुद्ध व्यावसायिक उद्देश्य हो । यस्ता फन्डले परिचालन गर्ने रकममध्ये १५ प्रतिशत योजना प्रवर्द्धक एवम् व्यवस्थापक र बाँकी ८५ प्रतिशत आमनागरिकबाट प्राप्त गर्छन् ।

छूटको सान्दर्भिकता

म्युचुअल फन्डलाई प्रवर्द्धन गर्न केही छूट दिन सकिन्छ किनकि यसमा सर्वसाधारणको रकम बढी हुन्छ । राज्यको उद्देश्य आमनागरिकको हित प्रवर्द्धन गर्नु हो । आमरूपमा आएको गुनासो र प्रवृत्ति हेर्दा फन्डले केही सीमित वर्गको मात्र हित प्रवर्द्धन गरेको छ । आरक्षणमा पाएको शेयर सस्तैमा आफन्त र अप्रत्यक्ष रूपमा योजना व्यवस्थापकले आफैले लिई/दिई त्यसैलाई पछि महँगोमा फन्डले किनिदिएको व्यापक गुनासो छ । नागरिक अर्थात् एकाइधारकको हित प्रवद्र्धन नभएबाट फन्डलाई कर छूट दिनुको सान्दर्भिकता कतैबाट पनि पुष्टि हुँदैन । ७ देखि १० वर्ष अवधि भएका बन्दमुखी र अनिश्चित अवधि भएका खुलामुखी म्युचुअल फन्डले ‘पूर्वाधार विकास’ क्षेत्रमा लगानी गरेको अवस्थामा भने छूट दिन औचित्ययुक्त भए पनि विशुद्धरूपमा व्यक्ति र अन्य कारोबारीसरह शेयरको सट्टेबाजी गर्ने हुँदा यसलाई दिइएको कर छूट मान्य देखिँदैन । शेयरबाहेक ऋणपत्रमा लगानी र बैंकमा बचत गरेर ब्याज असुल गर्ने कार्य पूँजीको दुरुपयोग हो । बजार घटेको बेला आधाभन्दा बढी रकम बैंकमा राखेर फन्डले ब्याज खाने गरेका छन् । नेपालमा म्युचुअल फन्डले ग्रोथ ब्यालेन्स जे नाम राखे पनि यी विशुद्धरूपमा इक्विटी फन्ड हुन् । यिनले संकलन गरेको रकम बैंकलाई निक्षेप दिनेबाहेक अरू केही काम भएको छैन । फन्डका एकाइप्रति जनमानसको ध्यान आकृष्ट हुन छाडेपछि ‘शेयर’ भनेर खुलारूपमा झूटा विज्ञापनसमेत गरेका छन् । यसो गर्नुको अर्थ फन्डप्रति लगानीकर्ताको चासो कम भएर हो । प्रवर्द्धककै सहायक कम्पनीले व्यवस्थापन गर्ने हुँदा कहीँ न कहीँ प्रवर्द्धकको स्वार्थ बाझिएको छ । फन्डले विवरणपत्रमा उल्लेख गरेबमोजिम शेयरमा लगानी नगरी बैंकमा निक्षेप राखेको भन्दै बोर्डले कारबाही गरेको घटना स्मरणीय छ । यस्ता फन्ड बजार निर्माता र डिलरको भूमिकामा देखिनुपर्नेमा त्यसो हुनसकेको छैन । घट्दो अवस्थामा बजारमा आफ्नो दक्ष व्यवस्थापकीय कौशल देखाउँदै बजारलाई अत्यधिक गिरावट आउन नदिनु पर्नेमा त्यति पनि गर्न नसकेर फन्डको खुद सम्पत्ति (नेट एसेट भ्यालु) अङ्कित मूल्यबाट ३० प्रतिशतसम्म झरेको पनि देखिएको छ । बजार घटेको कारण आफूले नाफा कमाउन नसकेको लज्जास्पद तर्क दक्ष व्यवस्थापकले दिने गरेका छन् । बजार घट्दा सन्तुलन कायम राख्न सघाउन अनेकौं सुविधा दिइएका फन्डले यही काम गर्न सक्दैनन् भने यिनलाई सुविधा किन दिने ? भन्ने प्रश्न आम बनेको छ । के यस्तै तर्कलाई दक्ष लगानी व्यवस्थापन मान्ने हो ? योजना व्यवस्थापकलाई १ दशमलव ५ प्रतिशत र आफैले डिपोजिटारी सेवा पनि दिने हुँदा यसको लागि छुट्टै शून्य दशमलव २ प्रतिशत शुल्कसमेत जोड्दा हुने १ दशमलव ७ प्रतिशत शुल्कको औचित्य के हो ?

एकाइधारकलाई छूट

कर छूटका अनेकौं सुविधा पाएका फन्डले एकाइधारकलाई दिइएको प्रतिफलको स्थिति के छ भन्ने कुरा आमरूपमा छर्लङ छ । एउटा साधारण व्यक्तिले शेयरबजारबाट आपैmले लगानी व्यवस्थापन गरी कारोबार गरेर जेजति आम्दानी गर्न सकेको छ त्यसको आधा आम्दानी गरी फन्डले एकाइधारकलाई मुद्रास्फीति बराबरको लाभ दिन पनि सकेका छैनन् । सञ्चालनको ३/४ वर्षसम्म पनि एकाइधारकको हात खाली पारेका छन् । पूँजीगत लाभ, लाभांश र ब्याज कर छूटका साथमा शेयरको सार्वजनिक निर्गमनमा ५ प्रतिशत आरक्षण समेत पाएका छन् । सुविधासम्पन्न फन्डसँग सुविधाविहीन आमनागरिक प्रतिस्पर्धा गरिरहेका छन् । फन्डलाई प्रकृतिअनुसार विभाजन गरी कुनलाई केके छूट दिने भन्ने स्पष्ट नीतिगत व्यवस्था गरी १ लाख रुपैयाँसम्म लगानी गरी सहभागी हुने प्राकृतिक एकाइधारकलाई त्यस बराबरको रकम आयबाट घटाउन पाउने सुविधा दिनु औचित्ययुक्त हुन्छ । फन्डलाई दिइएको कर छूट यथार्थमा आधारित नभएको हुँदा ऐनको विशिष्टीकृत व्यवस्था (दफा १०) लाई उपयोग गर्नुअघि यसको पर्याप्त अध्ययन गरी कुन प्रकारको फन्डलाई केके छूट दिने कुनकुन प्रकारका फन्डलाई छूट नदिने भन्ने निश्चित गरी छूटसम्बन्धी व्यवस्था गर्न आवश्यक छ । 

२५ जेठ २०७८, आर्थिक अभियान 
https://www.abhiyandaily.com/newscategory-detail/388873

Friday, December 20, 2019

महालेखाको अलेखा: म्युचुअल फण्डलाई कर

महालेखा परीक्षक (मलेप) को ५६औं वार्षिक प्रतिवेदन २०७५ सार्वजनिक भएको झन्डै १ वर्षपछि कर प्रशासनले म्युचुअल फन्डका योजना व्यवस्थापकलाई कर तिर्न आउनु, नआए कारबाही हुन्छ भन्ने शैलीको पत्राचार गरेको छ । मलेपको प्रतिवेदन र कर प्रशासनको पत्रले यस्ता फन्डको प्रकृति र उद्देश्यका विषयमा दुवै निकाय कतिसम्म अनभिज्ञ रहेछन् भन्ने कुरा छर्लंग पारेको छ । यसअघि पनि यी दुई निकायले जानेर वा नजानी शेयरबजारमा धेरैपटक प्रहार गरिसकेका छन् ।
म्युचुअल फन्डको सारांश 
ससाना पूँजी संकलन गरी दक्ष लगानी व्यवस्थापनमार्फत अधिकतम लाभको सृजना गर्दै एक जोड एक दुई होइन, तीन बनाई एकाइधनीको सम्पत्ति वृद्धि गर्नु म्युचुअल फन्डको मूल उद्देश्य हो । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा २(द) मा लगानी कोषभन्नाले योजना व्यवस्थापकले दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्यले करारको आधारमा सहभागीहरूबाट सामूहिक लगानी योजनामा जम्मा गरेको रकमबाट सृजना भई आफ्नो जिम्मामा लिएको कोष वा त्यस्तो कोषसँग सम्बद्ध सम्पत्ति सम्झनुपर्छ र सो शब्दले यस ऐनबमोजिम योजना व्यवस्थापकले आप्mनो जिम्मेवारीमा लिएको कोष वा सम्पत्तिको लगानी व्यवस्थापनबाट सृजित थप सम्पत्ति र प्रतिफलस्वरूप जम्मा भएको रकम समेतलाई जनाउँछभनेको छ ।
त्यस्तै, सोही दफा २(ब) मा सामूहिक लगानी योजना (कलेक्टिभ इन्भेस्टमेन्ट स्कीम) भन्नाले विभिन्न व्यक्ति वा संस्थाहरूको सहभागिता रहने गरी परिचालन गरिएको बचत लगानी रकमलाई आप्mनो जिम्मेवारीमा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल सम्बद्ध कार्यक्रमका सहभागीलाई समानुपातिक रूपले वितरण गर्न यस ऐनबमोजिम योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोष, एकांक कोष वा समयसमयमा बोर्डले तोकिदिएको त्यस्तै प्रकारका अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रम सम्झनुपर्छभनेको छ । ऐनमा प्रयुक्त भएका लगानी कोषनै अहिले सञ्चालनमा रहेका फन्डहुन् । 
यस्ता फन्डका (१) प्रवद्र्धक (२) व्यवस्थापक (३) सुपरिवेक्षक (४) डिपोजिटरी (५) एकाइधनी गरी मूलतः पाँचओटा पक्ष हुन्छन् । नेपालको सन्दर्भमा एक वा एकभन्दा बढी वाणिज्य बैंक र विशेष कानूनले स्थापना गरेका वित्तीय कारोबार गर्ने संस्थाले कम्तीमा १५ प्रतिशत बीउ पूँजी राखेर फन्ड प्रवर्द्धन गर्न सक्छन् । यस्ता फन्डको व्यवस्थापन धितोपत्र बोर्डबाट अनुमतिप्राप्त छुट्टै निकायले गर्छन् । कोषको व्यवस्थापन उचित तरीकाले भए वा नभएको सुपरिवेक्षण गर्न सुपरिवेक्षकको समूह हुन्छ । कोषका सम्पत्ति र एकाइधनीको विवरण राख्ने कार्य डिपोजिटरीले गर्छन् । यसरी प्रवर्द्धित, सुपरिवेक्षित र व्यवस्थित हुने कोषमा सहभागी हुने एकाइधनी यस्ता फन्डका मूल लाभग्राही हुन् । 
मलेपको टिप्पणी 
मलेप प्रतिवेदनमा म्युचुअल फन्डको कर दायित्वशीर्षकअन्तर्गत आयकर ऐन २०५८ को अनुसूची ( १(२) अनुसार वित्तीय संस्था वा यस्ता निकायको करयोग्य आयमा ३० प्रतिशत कर लाग्ने व्यवस्था छ । ऐनको दफा ८८(४)(ङ) ले सामूहिक लगानी कोषमा अग्रिम कर कट्टी गर्नु नपर्ने व्यवस्था गरेता पनि यस्ता निकायलाई कर छूट हुने देखिँदैन । धितोपत्र व्यवसायीले यी निकायमा रहेको हित निःसर्ग गर्दा अग्रिमकर कट्टी नगरेको र आर्जित नाफा सम्बद्ध कोषका धनीबीच बाँडफाँट गर्दा समेत कर कट्टा नगरेको अवस्था छ । मित्रराष्ट्र भारतमा यस्ता म्युचुअल फन्डलाई आयकर नलागे पनि सोको प्रतिस्थापनका रूपमा कारोबारमा आधारित कर लगाएको छ । तर, नेपालमा यस्ता म्युचुअल फन्डले आफ्नो आर्जनमा ३० प्रतिशत कर तिर्नुपर्नेमा ७ म्युचुअल फन्डहरू आयकरमा दर्ता नभएका र लाग्ने कर पनि दाखिला नगरेकाले विभागले कारोबारकर्ताको कारोबार क्षेत्र पहिचान गरी ती निकायको २०७१/७२, २०७२/७३ र २०७३/७४ को नाफा रू. २ अर्ब ३७ करोड ७३ लाखमा लाग्ने कर रू. ७१ करोड १३ लाख ८४ हजार सम्बन्धमा छानविन गरी असुल गर्नुपर्छभन्ने उल्लेख गरिएको छ । 
टिप्पणीमाथि प्रतिटिप्पणी 

मलेपको टिप्पणीमा उल्लिखित आयकर ऐन २०५८ को अनुसूची १(२)’, ‘ऐनको दफा ८८(४)(ङ), मित्रराष्ट्र भारतमा यस्ता म्युचुअल फन्डलाई आयकर नलागे पनि सोको प्रतिस्थापनका रूपमा कारोबारमा आधारित कर लगाएको छयी तीनओटा वाक्यांश र वाक्यको चिरफार गरौं । आयकर ऐन २०५८ को अनुसूची १(२) मा कुनै आय वर्षमा कुनै बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय, वा दूरसञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर), पूँजीबजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, बिँडी, सिगार, खानेसुर्ती, खैनी, गुट्खा, पानमसला, मदिरा, बियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायको करयोग्य आयमा ३० प्रतिशतका दरले कर लाग्नेछभन्ने व्यवस्था छ । मलेपले अनुसूची नै उल्लेख गरेको विषयभित्र म्युचुअल फन्ड परेको देखिँदैन । सम्भवतः मर्चेन्ट बैंकले म्युचुअल फन्ड व्यवस्थापन गरेको आधारमा मलेपले यसलाई धितोपत्र व्यवसायका रूपमा लिएको अनुमान गर्न सकिन्छ । म्युचुअल फन्ड मर्चेन्ट बैंकको व्यवसाय नभएर कोष प्रवद्र्धक र सुपरिवेक्षकको अधीनमा रहेर व्यवस्थापन मात्र गरिदिएको र सो बापत शुल्क लिन्छन् । यसरी लिएको शुल्क मर्चेन्ट बैंकको आम्दानीमा लेखांकन हुने र मर्चेन्ट बैंकले मलेपले भने झैं ३० प्रतिशत आयकर तिरिरहेको हुँदा म्युचुअल फन्डलाई नै ३० प्रतिशत आयकर लाग्छ भन्ने विषयमा सहमत हुन सकिँदैन ।
त्यस्तै, ऐनको दफा ८८ ले कर छूट हुने र नहुने विषयमा व्यवस्था गरेको छ । सोही दफाको उपदफा (४)(ङ) ले म्युचुअल फन्डलाई भुक्तानी गरिएको लाभांश र ब्याजमा लाग्ने कर छूट दिएको छ । मलेपको टिप्पणीमा परेको यो वाक्यांश सामूहिक लगानी कोषमा अग्रिम कर कट्टी गर्नु नपर्ने व्यवस्था गरे तापनि यस्ता निकायलाई कर छूट हुने देखिँदैनभनेर के भन्न खोजेको बुझ्न सकिँदैन । मलेपले फन्डलाई निकायका रूपमा बुझेको पनि गलत छ । फन्ड निकाय होइनन्, यी त एउटा प्रडक्ट वा उत्पादनमात्र हुन्, ‘प्रडक्ट वा उत्पादनलाई होइन, उत्पादकलाई कर लाग्छ । संसारभर यस्ता फन्ड (प्रडक्ट वा उत्पादन) लाई प्रवद्र्धन गर्न विभिन्न छूट दिने गरिएको छ । यसैको परिणामस्वरूप नेपालमा पनि यस्ता फन्डले पूँजीगत लाभकर समेत छूट पाएका छन् । 
त्यस्तै, ‘मित्रराष्ट्र भारतमा यस्ता म्युचुअल फन्डलाई आयकर नलागे पनि सोको प्रतिस्थापनका रूपमा कारोबारमा आधारित कर लगाएको छत झन् विरूप छ । यस्ता फन्डलाई आयकरलाग्दैन भन्ने मलेपले राम्रै बुझेको देखिन्छ । तर, ‘सोको प्रतिस्थापनका रूपमा कारोबारमा आधारित कर लगाएको छभन्ने बुझाइचाहिँ साँच्चै अल्पज्ञानहो । स्मरण रहोस्, आयकरको प्रतिस्थापनका रूपमा कारोबार करलगाएको होइन । भारतमा यस्तो कर सबै शेयर कारोबारीलाई लाग्ने गर्छ । 
मलेपको टिप्पणी र निचोड

मलेपले प्रतिवेदन दिएर दायित्व पूरा गरेको छ । कर प्रशासन आदेशको तामेलकर्ता बनेको देखिन्छ । कर प्रशासनले कम्तीमा महालेखा परीक्षकलाई म्युचुअल फन्डको आन्तर्य बुझाउन सक्नुपथ्र्यो । नबुझिने कुरो पनि थिएन । तर, यसो नगरी कर तिर्न आउ भन्दै एक्कासि पत्राचार गरिहाल्नु हुँदैनथ्यो । कानूनमा कुनै समस्या देखिए आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा सच्याउन गृहकार्यमा लाग्नुपर्थ्यो । यी समस्त गतिविधि देख्दा कवि भूपी शेरचनले भनेझैं हामी बुद्धू छौं, त्यसैले वीर छौं, हामी वीर छौं, त्यसैले बुद्धू छौंभन्ने चरितार्थ हुन्छ । यस्ता प्रतिवेदन बाहिर बसेर अध्ययन गर्ने जोसुकैले म्युचुअल फन्डले कर छलेका रहेछन् भन्ने धारणा बनाउन सक्छन् । सरकारको लेखापरीक्षण गर्ने मलेपले कैफियत देखाउनुलाई एक हदसम्म ठीकै मान्न सकिए पनि अन्तरराष्ट्रिय प्रचलनलाई पनि अलिकति ध्यानमा राखेर कैफियत जनाउँदा मलेपकै साख बढ्ने हुन्छ ।

१ पौष २०७६, आर्थिक अभियान 



Thursday, October 17, 2019

म्युचुअल कि मनपरी फन्ड


सिद्धार्थ बैंक प्रवर्द्धक र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमनामक सामूहिक कोष (म्युचुअल फन्ड) को अवधि सकिएको छ । अवधि सकिएसँगै योजना खारेज गरी एकाइधनीलाई रकम फिर्ता शुरू गरे पनि रकम फिर्ता प्रक्रिया विवादमा परेको छ । यस अघि यही समूहको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ को अवधि समाप्तिपछि फिर्ता भुक्तानीमा यस्तो विवाद आएको थिएन । त्यस्तै, नबिल बैंक प्रवर्द्धक र नबिल इन्भेस्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नविल ब्यालेन्स फन्ड १ पनि सहज रूपमा खारेज भएको थियो । यस आलेखको ठाउँठाउँमा परेका फन्ड, कोष वा योजना शब्दलाई एकै अर्थमा बुझ्नुपर्नेछ । 
विवादको जड 
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ नामक पाँचवर्षे योजना व्यवस्थापन गरिरहेको सिद्धार्थ क्यापिटलले दोस्रो योजनाका रूपमा २०७१ साउन ६ गतेबाट सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम नामक अर्को पाँचवर्षे योजनासमेत व्यवस्थापन गरेको थियो । यही योजना २०७६ साउन ६ गते परिपक्व भयो । यस्ता योजना नवीकरण नहुने हुँदा अवधि सकिएपछि अनिवार्य खारेजीमा गएर एकाइधनीलाई मूलधनसहित आर्जित सम्पत्ति फिर्ता गर्नुपर्छ । व्यवस्थापकले योजना अवधिसम्म विक्री गर्न नभ्याएको, गाभिने र विलयमा गएका कम्पनीको शेयर लीलामीमार्फत विक्री गर्‍यो । व्यवस्थापकले प्रकाशन गरेको असार मसान्तसम्म कायम रहेको प्रतिएकाइ खुद सम्पति ११ रुपैयाँ ३१ पैसा र साउन ४ सम्म कायम रहेको साप्ताहिक विवरण अनुसार प्रतिएकाइ खुद सम्पत्ति ११ रुपैयाँ ३३ पैसा थियो । समयावधिभित्र विक्री हुन बाँकी सम्पत्ति विक्री गर्दा प्रतिएकाइ ११ रुपैयाँ ५० पैसा वा त्योभन्दा केही बढी हुनसक्ने अनुमान एकाइधनीले गरेका थिए । योजना अवधि सकिएको ३ महीनाभित्र बाँकी रहेको सम्पत्ति (शेयर ऋणपत्र आदि) विक्री गरी योजना खारेज गर्नुपर्ने कानूनी व्यवस्थाअनुरूप व्यवस्थापकले बाँकी रहेको सम्पत्ति विक्री गर्न भदौ १६ गतेदेखि २२ गतेसम्म लीलामीको लागि सूचना प्रकाशन गर्‍यो । 
सम्पत्ति लीलामी विक्रीपश्चात् कायम हुन आएको खुद सम्पत्ति एकाइधनीलाई एकाइधनीकै बैंक खातामा असोज १६ गतेदेखि जम्मा गरिने सूचना प्रकाशन गरेको थियो । दशैं पर्वको पूर्वसन्ध्यामा लगानीबाट लाभ प्राप्त हुनु एकाइधनीका लागि खुशीको समाचार भए पनि रकम प्राप्त हुँदा झस्किनु परेको थियो । प्रायः सबै धारकले साउनको पहिलो हप्ता कायम रहेको खुद सम्पत्तिको आधारमा आफूले पाउन सक्ने रकम अनुमान गरिसकेका थिए । तर, रकम प्राप्त हुँदा कसैलाई प्रतिएकाइ १८ रुपैयाँको दरले र कसैलाई ६ रुपैयाँको दरले प्राप्त भएको थियो । अचम्म के थियो भने रकम फिर्ता सूचनामा प्रतिएकाइ कति रुपैयाँका दरले फिर्ता गर्न लगिएको भन्ने उल्लेख थिएन । सामान्यतया यस्ता फन्डले योजना खारेजीपछि प्रतिएकाइ कति रुपैयाँका दरले रकम फिर्ता गर्न लागिएको हो सो कुराको जानकारी सूचनामा दिनुपर्छ । रकम फिर्ता गर्दा एकैपटक नगरेर पटकपटक वा अन्तरिम रूपमा समेत गर्न सक्छन् । उदाहरणका लागि यस्ता कोष सम्बन्धी छुट्टै कानुन बन्नु अघि एनआईडीसी क्यापिटल मार्केट्स (हाल सनराइज बैंकमा विलय भएको) ले प्रवर्द्धन र व्यवस्थापन गरेको एनसीएम म्युचुअल फन्डले सम्भवतः ४ पटक गरेर भुक्तानी गरेको थियो । यस अघिका दुई योजना सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ र नबिल ब्यालेन्स फन्ड १ ले रकम फिर्ता भुक्तानी गर्दा प्रकाशन गरेको सूचनामा प्रतिएकाइ यति रकम भनेर किटिएको थियो । सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमलाई फिर्ता भुक्तानी रकम किटान गर्न के कुराले बाधा पुर्‍याएको थियो भन्ने कुरा कतै खुल्दैन । जसको सम्पत्ति लिएर कोष चलायो, उसैलाई त्यसको यथोचित जानकारी नदिनु बेइमानीको अधिकतम पराकाष्ठा हो । अनौपचारिक रूपमा एकाइधारकले व्यवस्थापकसँग लिएको जानकारी अनुसार प्रतिएकाइ ११ रुपैयाँ ४९ पैसा फिर्ता गरिएको भनिए पनि खातामा भनिए जति रकम पठाएन । बढी रकम भुक्तान गरिएका धारकको बैंक खाताबाट धारकलाई जानकारी नै नदिई खुसुक्क रकम तानिएको छ । बैंकले पनि आफ्नो ग्राहकको खातामा आएको रकम व्यवस्थापकले लैजान्छु भन्नासाथ फिर्ता लाने अनुमति किन के आधारमा दिए ? के आफ्नो ग्राहकप्रतिको जिम्मेवारी बैंकले लिनु नपर्ने हो ? बढी रकम गएको (प्रतिएकाइ फिर्ता रकम औपचारिक जानकारी नगराएको हुँदा घटी वा बढी भन्ने आधार थिएन) भन्ने आधारमा तानिएको छ तर, कम रकम (यसको पनि आधार छैन) गएकालाई थप गरिएन । बढी रकम तुरुन्त फिर्ता लिन सक्नेले कम रकम गएकालाई तुरुन्त थप गरिदिनु पर्ने हो कि होइन ? प्रश्नको उत्तर धारकले यथासमयमा पाएनन् । यस विषयमा व्यापक प्रश्न उठेपछि व्यवस्थापकले १२ दिनपछि झाराटाराइ वक्तव्य निकालेर प्रतिएकाइ फिर्ता गरिएको रकम ११ रुपैयाँ ४९ पैसा हो भनेर औपचारिक जानकारी गराएको छ । 
बेजिम्मेवारहरू 
कोष सञ्चालन गर्न अनुमति दिने निकाय नेपाल धितोपत्र बोर्ड हो । कोष प्रवद्र्धक नेपाल राष्ट्र बैंकबाट वर्गको इजाजतप्राप्त सिद्धार्थ बैंक, प्रवद्र्धककै कम्तीमा ५१ प्रतिशत शेयर रहेको बोर्डबाट योजना व्यवस्थापन गर्न अनुमतिप्राप्त सिद्धार्थ क्यापिटल व्यवस्थापक हो । एकाइधनीको अभिलेख राख्ने डिपोजिटरी पनि व्यवस्थापक आफै हो । यसका साथै प्रवद्र्धकले फरकफरक क्षेत्रका तोकिएका योग्यता पुगेका कम्तीमा ५ जना विशिष्ट व्यक्तिलाई सुपरिवेक्षकका रूपमा नियुक्त गरेको हुन्छ । सुपरिवेक्षकको भूमिका व्यवस्थापकको भन्दा बढी हुन्छ । सामूहिक कोष नियमावली २०६७ को नियम १९ मा सुपरिवेक्षकको काम, कर्तव्य र अधिकार तोकिएको छ । उक्त नियम अनुसार (१) सहभागी (एकाइधनी) को हित संरक्षण गर्ने, (२) योजना व्यवस्थापक तथा डिपोजिटरीको कामकारबाहीको सुपरिवेक्षण गर्ने, (३) योजनाको खुद सम्पत्ति मूल्यको जाँच गर्ने, (४) योजना अन्तर्गतको सम्पत्ति तथा कागजातहरू सुरक्षित साथ राखिए नराखिएको सुपरिवेक्षण गर्ने र (५) व्यवस्थापकले राखेको अभिलेख दुरुस्त रहे नरहेको सुपरिवेक्षण गर्ने लगायतका छन् । तर, यी काम कर्तव्यबाट सुपरिवेक्षक चुकेका छन् र सहभागीको हित संरक्षण हुनसकेको छैन । नियमावलीले व्यवस्थापकको पनि कामकर्तव्य तोकेको छ तर, सुपरिवेक्षक नै एकाइधनीको हित भक्षक बनेका हुँदा व्यवस्थापक र डिपोजिटरी गौण जस्तै बनेका छन् । यद्यपि व्यवस्थापक र डिपोजिटरी पनि गैरजिम्मेवार बनेकै हुन् । 
बोर्ड पनि बेजिम्मेवार 
म्युचुअल फन्ड सञ्चालन गर्न अनुमति दिने बोर्ड यस मामलामा एक शब्द उच्चारण नगरी बस्नु अर्को आश्चर्य हो । बोर्ड लगानीकर्ताको सर्वोच्च हित संरक्षक हो । तर, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले गरेको गतिविधिलाई लिएर यसको प्रवर्द्धक, व्यवस्थापक र सुपरिवेक्षकलाई के भएको भनेर सोधेको सार्वजनिक रूपमा जानकारी गराएको छैन । के उसो भए सहभागीको सर्वोच्च हित संरक्षक बोर्डको मौन स्वीकृति प्रवर्द्धक, सुपरिवेक्षक र व्यवस्थापकले पाएका हुन् ? वा बोर्डले यिनलाई अभयदान दिएको हो ? बोर्डले यथाशीघ्र यस विषयमा छानविन गरी प्रवर्द्धक सिद्धार्थ बैंक, व्यवस्थापक सिद्धार्थ क्यापिटल र सुपरिवेक्षकलाई ५ वर्षसम्म कालोसूचीमा राखी यस्ता कोष प्रवर्द्धन, व्यवस्थापन र सुपरिवेक्षण गर्न नपाउने गरी रोक लगाउनुपर्छ । लापरबाहीको पराकाष्ठा नाघेको हुँदा यही समूहले प्रवर्द्धन र व्यवस्थापन गरीरहेको सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ नामक कोषलाई अहिले नै खारेजीमा लानेतर्फ पनि सोच्नुपर्ने भएको छ । अबका दिनमा यस्ता व्यवस्थापन गर्ने जिम्मेवारी प्रवर्द्धकको कुनै स्वार्थ नहुने तेस्रो पक्षलाई दिनुपर्ने र सुपरिवेक्षकको भूमिका संस्थागत निकायलाइ दिने गरी कानून संशोधनको प्रक्रिया अविलम्ब अघि बढाओस् ।
आर्थिक अभियान दैनिक, २८ असोज, २०७६
https://www.abhiyandaily.com/newscategory-detail/359475


Sunday, May 12, 2019

खुलामुखी म्युचुअल फन्ड

नेपाल धितोपत्र बोर्डले एनआईबीएल सहभागिता फन्ड नामक ५० करोड रूपैयाँ प्रारम्भिक आकार र हाल जारी हुने १२ करोड ५० लाख रुपैयाँ बराबर एकाइयुक्त खुलामुखी म्युचुअल फन्ड योजनालाई स्वीकृति दिएको छ । बोर्डले यस्तो प्रकारको फन्ड पहिलोपटक सञ्चालनमा आउन लागेझैँ झल्को दिनेगरी विज्ञप्ति जारी गरे पनि यस्तो किसिमको योजना पहिलो भने होइन । नागरिक लगानी कोषले धेरै पहिलादेखि खुलामुखी फन्ड जस्तै नागरिक एकांक कोषनामक योजना सञ्चालन गरिरहेको छ । यो पनि खुलामुखीकै एक स्वरूप हो ।
फन्ड अर्थात् लगानी कोष
सामान्य अर्थमा फन्ड भनेको ससाना पूँजी संकलन गरी त्यसलाई उचित लगानी व्यवस्थापन मार्पmत अधिकतम लाभ सृजना गर्दै गणितीय भाषामा एक जोड एक दुई होइन, तीन बनाउनु हो । शेयर जस्तो अत्यधिक जोखिम हुने क्षेत्रमा एक व्यक्तिको सामथ्र्यले लगानी व्यवस्थापन नहुने हुँदा फन्डमार्फत रकम जम्मा गरी त्यसबाट थोरै रकम व्यवस्थापन शुल्क लिई दक्ष व्यवस्थापकद्वारा स्रोतको अधिकतम उपयोगबाट एकाइधनीको सम्पत्ति वृद्धि गर्नु हो । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा २ (द) मा लगानी कोष भन्नाले योजना व्यवस्थापकले दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्यले करारको आधारमा सहभागीहरूबाट सामूहिक लगानी योजनामा जम्मा गरेको रकमबाट सृजना भई आफ्नो जिम्मामा लिएको कोष वा त्यस्तो कोषसँग सम्बद्ध सम्पत्ति सम्झनुपर्छ र सो शब्दले यस ऐन बमोजिम योजना व्यवस्थापकले आफ्नो जिम्मेवारीमा लिएको कोष वा सम्पत्तिको लगानी व्यवस्थापनबाट सृजित थप सम्पत्ति र प्रतिफल स्वरूप जम्मा भएको रकम समेतलाई जनाउँछभनेको छ ।
त्यस्तै, सोही दफा २(ब) मा सामूहिक लगानी योजना (कलेक्टिभ इन्भेस्टमेन्ट स्कीम) भन्नाले विभिन्न व्यक्ति वा संस्थाहरूको सहभागिता रहने गरी परिचालन गरिएको बचत लगानी रकमलाई आफ्नो जिम्मेवारीमा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल सम्बद्ध कार्यक्रमका सहभागीहरूलाई समानुपातिक रूपले वितरण गर्न यस ऐन बमोजिम योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोष, एकांक कोष वा समयसमयमा बोर्डले तोकिदिएको त्यस्तै प्रकारका अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रम सम्झनुपर्छभनेको छ । ऐनमा प्रयुक्त भएका लगानी कोषनै अहिले सञ्चालनमा रहेका र हुन् लागेका फन्डहुन् । यस्ता फन्ड संरचनाका आधारमा खुला र बन्द गरी दुइ प्रकारका हुन्छन् । अहिले १३ ओटा फन्ड सञ्चालनमा रहेका छन् ।
खुलामुखी फन्डको कानून 
सामूहिक लगानी कोष नियमावली २०६७ नियम २(ज) र सामूहिक लगानी कोष निर्देशिका २०६९ को दफा २(ख) मा खुलामुखी योजना (फन्ड) भन्नाले समयावधि नतोकी सञ्चालन गरिने योजना सम्झनुपर्छभनेको छ । बन्दमुखी फन्ड अवधि पुगेपछि खारेज हुन बाहेक अन्य कुरा जस्तै : विक्री विधि, लाभांश वितरण, बुक क्लोज (तर साधारणसभा नहुने) र स्टक एक्सचेन्जमा सूचीकरण लगायत सबै कुरामा साधारण शेयर जस्तै हो । तर, खुलामुखी फन्डमा यी माथिका सबै गतिविधि हुँदैन । खुलामुखी फन्ड निरन्तर विक्री भइरहने प्रकृतिको हुन्छ । यस्ता कार्यका लागि व्यवस्थापकले कुनै बैंक र वित्त वा मर्चेन्ट बैंकरलाई वितरक तोक्न सक्छ ।
खुलामुखीको खरीद र विक्री मूल्य सम्बन्धमा नियमावलीको नियम २७(२) मा योजना व्यवस्थापक आफैले एकाइ खरीद विक्री गर्ने भएमा विक्री तथा पुनः खरीद मूल्य सार्वजनिक गर्नुपर्ने र नियम २७(२) मा एकाइ पुनः खरीद मूल्य निर्धारण गर्दा प्रतिएकाइ मूल्य खुद सम्पत्तिको ९० प्रतिशतभन्दा कम र विक्री मूल्य १ सय १० प्रतिशतभन्दा बढी नहुने गरी तोक्नुपर्ने व्यवस्था छ ।
निर्देशिकाको विभिन्न दफामा एकाइ खरीद सम्बन्धी व्यवस्था गरेको छ । फन्डको एकाइ खरीदकर्ताले वितरक मार्फत निवेदन दिनुपर्छ । यस्तो निवेदन परेको मितिले ७ दिनभित्र व्यवस्थापकले एकाइ पाउने र नपाउने उपयुक्त माध्यम मार्फत जानकारी दिनुपर्ने, निवेदन स्वीकृत भएको मितिबाट लागू हुने गरी एकाइ जारी गरी १५ दिनभित्र प्रमाणपत्र दिनुपर्ने र निवेदन अस्वीकृत भएमा ३ दिनभित्र रकम फिर्ता गर्ने कार्य शुरू गर्नुपर्ने जस्ता व्यवस्था रहेको छ । त्यस्तै, निर्देशिकामा प्रतिएकाइ खुद सम्पत्ति मूल्य बराबर हुने गरी एकाइ खरीदविक्री मूल्य सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
खुला र बन्द फन्डको अन्तर 
बन्दमुखी योजनाको अभ्यास भइसकेको र भइरहेका छन् । बन्दमुखी फन्ड तोकिएको समयसम्म मात्र सञ्चालनमा रहन सक्छ । तोकिएको समय सकिएपछि स्वतः खारेजीमा लैजानुपर्ने कानूनी व्यवस्था रहेको छ । नियमावलीको नियम ३१ मा (१) योजनाको निधारित समयावधि समाप्त भएमा, (२) शर्तहरू पूरा गर्न नसकेमा, सहभागीको हित हुने नदेखिएमा लगायत परिस्थितिमा योजना सञ्चालन गर्न दिएको स्वीकृति बोर्डले रद्द गरेमा, (३) कुनै असामान्य परिस्थिति उत्पन्न भई योजना सञ्चालन गर्न नसकिने प्रमाणित भएमा, (४) योजनाको कुल रकमको कम्तीमा ७५ प्रतिशत प्रतिनिधित्व हुने गरी कम्तीमा ५० प्रतिशत सहभागीले योजना खारेजीका लागि योजना व्यवस्थापक समक्ष माग गरेमा सञ्चालनमा रहेको योजना खारेज हुने व्यवस्था रहेको छ । यी व्यवस्था हेर्दा बन्दमुखीका लागि मात्र हो वा खुलामुखीका लागि पनि हो स्पष्ट हुन सक्दैन । तर, माथि १ नं. बाहेकका अवस्था हेर्दा खुलामुखीलाई पनि यो व्यवस्था लागू हुनसक्ने जस्तो पनि देखिन्छ ।
                     खुला र बन्दमुखीको मूलभूत अन्तर
आधार
खुलामुखी
बन्दमुखी
संरचनात्मक स्थिति
निरन्तर नयाँ इकाई जारी भईरहने ।
एकपटक मात्र इकाई जारी हुने ।
बिक्री अवधि
वर्षैभरी हरेक दिन किन्न पाइने ।
निश्चित दिनसम्म मात्र किन्न पाइने ।
परिपक्व
अवधि तोकिएको हुन्न ।
पहिले नै ५, ७ वा १० वर्ष अवधि तोकिने ।
तरलताको माध्यम 
फण्ड आफैं ।
स्टक एक्सचेन्ज ।
सूचीकरण
स्टक एक्सचेन्जमा सूचीकरण हुँदैन ।
स्टक एक्सचेन्जमा सूचीकरण हुन्छ ।
मूल्य निर्धारण
खूद सम्पतिको आधारमा ।
एक्सचेन्जमा हुने कारोबारले ।
बिक्री मूल्य
दैनिक कायम खूद सम्पत्ति  (अन्य शुल्क लाग्न सक्छ) ।
प्रिमियम वा डिस्काउन्टमा बजारले निर्धारण गर्छ ।
दलाल सेवा
चाहिन्न ।
चाहिन्छ ।
खुद सम्पति गणना
दैनिक (बजार बन्द भएपछि) ।
साप्ताहिक/मासिक ।

अन्त्यमा, १५ दिनभित्र प्रमाणपत्र जारी गर्नुपर्छ भन्ने व्यवस्था कानूनमा भए पनि खुलामुखी फन्डका एकाइ पनि अन्य शेयर र फन्डका एकाइसरह अभौतिक रूपमा प्राप्त हुनेछ । सम्भवतः पहिलो चरणको १२ करोड ५० लाख रुपैयाँ बराबरको एकाइमध्ये कोष प्रवद्र्धकको १५ प्रतिशत हुनेछ र बाँकी सार्वजनिक रूपमा विक्री हुनेछ । त्यसपछि तोकिएको केन्द्रमार्पmत एकाइ किन्नु पर्नेछ । प्राथमिक चरणको एकाइ अंकित मूल्यमा र त्यसपछि एकाइ खुद सम्पत्तिको आधारमा किन्न पाइनेछ । अघिल्लो दिन कायम खुद सम्पत्तिको आधारमा भोलिपल्ट दिनभर तोकिएको केन्द्रबाट किनबेच हुन्छ ।
२३ वैशाख २०७६, अभियान दैनिक 

Tuesday, January 22, 2019

कानून संशोधनपछि म्युचुअल फन्डलाई अनुमति


सामूहिक लगानी कोष सम्बन्धी कानूनको निर्माणपछि सञ्चालनमा आएका सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम१ र नबिल ब्यालेन्स फन्ड१ नामक २ ओटा कोषको समयावधि सकिएको छ । एक खुलामुखी सहित ५ ओटा यस्ता योजना स्वीकृतिको पर्खाइमा छन् । अनुमति मागिरहेका कोषलाई अनुमति दिनु अघि कोष व्यवस्थापक कति जिम्मेवार बन्न सकेका छन् आदि विषयमा पहिले मूल्यांकन गर्नुपर्ने आवश्यकता देखिएको छ । सञ्चालनमा रहेका कोषले दिएका प्रतिफल, विद्यमान स्थिति र यस सम्बन्धी कानूनमा हुनुपर्ने सुधारका पाटा समेत केलाउने प्रयास यस आलेखमा गरिएको छ ।

सञ्चालनमा रहेका कोष

हाल सञ्चालनमा रहेका १३ ओटा बन्दमुखी योजना २०७६ साउनदेखि २०८४ कात्तिकसम्ममा परिपक्व हुनेछन् । यस्ता बन्दमुखी कोष पहिले नै यति वर्षपछि बन्द हुने उद्घोष गरिएको हुन्छ । धितोपत्र बोर्डमा एउटा खुलामुखी योजना दर्ता भएको भए पनि अनुमति पाएको छैन । बोर्डमा यस बाहेक अरू ५ ओटा योजना दर्ता भएका छन् । बोर्डले अहिलेसम्म स्वीकृति दिने वा नदिने कुनै निर्णय गरिसकेको छैन । सञ्चालनमा रहेका कोष व्यवस्थापकले नै दर्ता गराएका यी योजनालाई अनुमति दिनु अघि यिनैले सञ्चालन गरिरहेका र योजना अवधि समाप्त भएका कोषको सिंहावलोकन नगरी दिनु उपयुक्त हुँदैन । सञ्चालनमा रहेका प्रायः सबै कोषले एकाइधनीलाई कंगाल बनाउँदै लगेको तर व्यवस्थापकसुपरिवेक्षकभने शानले पालिएको देखिँदा यस्ता कोषको औचित्य लगभग समाप्त भइसकेको छ । पूँजीगत लाभ, लाभांश, ब्याज कर छूट र आरक्षणमा शेयर पाएका यस्ता कोषले स्टक डिलरको भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो गर्न सकिएको देखिँदैन । आरक्षणमा पाएको शेयर सुविधा दुरुपयोग गरेको भन्ने आवाज निरन्तर उठिरहेको भए पनि बोर्डले यस विषयमा जाँच गर्नुपर्ने आवश्यकता देखेको छैन । केही समय अघि सीमा भन्दा बढी लगानी गरेको भन्ने विषयमा ४ ओटा कोष व्यवस्थापकलाई पत्र काटेको बाहेक अरू केही सुनिएको छैन ।
तालिका १ संचालनमा रहेका कोष र समयावधि
क्र.सं.
कोषको नाम
शुरु मिति
व्यतित अवधि
सम्पत्तिको विवरण
आकार (करोड)
खुद सम्पत्ति
अन्तर (प्रतिशत)
सिद्धार्थ इक्विटी ओरीयण्टेड स्किम
२०७१ श्रावण ६
४ वर्ष ६ महिना
१००
१,०१,५६,७६,३०८
१.६
एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड१
२०७१ कार्तिक ३
४ वर्ष ४ महिना
७५
८१,२४,५८,५१२
८.३
लक्ष्मी भ्यालु फण्ड१
२०७१ फाल्गुन २०
३ वर्ष १० महिना
५०
५२,६५,२४,७६६
५.३
एनआईविएल समृद्धि फण्ड १
२०७१ पौष २२
४ वर्ष
१००
९६,७९,२९,३४९
(-३.२)
एनएमबि हाइव्रिड फण्ड १
२०७३ कार्तिक ८
३ वर्ष ३ महिना
१००
१,०३,७५,८८,७९९
३.८
नविल इक्विटी फण्ड
२०७३ कार्तिक १८
३ वर्ष २ महिना
१२५
१,००,३७,१९,०१७
(-१९.७)
एनआईविएल प्रगति फण्ड
२०७३ पौष २७
३ वर्ष
७५
५४,५८,९५,१६९
(-२७.२)
ग्लोबल आइएमइ समुन्नत योजना १
२०७३ चैत्र १०
३ वर्ष
१००
८०,०५,८५,३३६
(-१९.९)
लक्ष्मी इक्विटी फण्ड
२०७४ आषाढ १५
१ वर्ष ६ महिना
१२५
१,०३,३५,३९,७४७
(-१७)
१०
सिद्धार्थ इक्विटी फण्ड
२०७४ कार्तिक २३
१ वर्ष २ महिना
१५०
१,५५,६०,२६,०७९
३.७
११
सानिमा म्युचुअल फण्ड
२०७४ पौष १०
१ वर्ष
१३०
१,३२,६०,३१,९४५
१२
एनआईसी एसिया ग्रोथ फण्ड
२०७४ पौष २७
१ वर्ष
८३.५
८४,३२,१२,०६३
१३
सिटिजन्स म्युचुअल फण्ड १
२०७४ फाल्गुन १९
१० महिना
८२
८३,६५,७८,८९०
 (तथ्यांक मंगसिर महिनामा आधारित)

कोषले दिएका प्रतिफल

योजना अवधि समाप्त भएका सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम१ र नबिल ब्यालेन्स फन्ड१ गरी २ ओटा योजनाले दिएको प्रतिफल हेर्दा धेरै जस्तो देखिए पनि त्यसले पाएको आरक्षण शेयर सुविधा र बजारको बढ्दो अवस्था हेर्दा दिएको प्रतिफल साह्रै उत्कृष्ट भने होइन । गतवर्ष मात्र सञ्चालनमा आएका सानिमा, सिद्धार्थ, सिटिजन्स र एनआईसीका कोषले कस्तो प्रतिफल देलान् त्यो भने हेर्न बाँकी नै छ । तर, यी भन्दा अघि आएका एनएमबी हाइब्रिड, नबिल इक्विटी, एनआईबीएल प्रगति र ग्लोबल आईएमई समुन्नतले ३ वर्ष अवधि व्यतीत गरिसक्दा पनि अहिलेसम्म प्रतिफल दिएका छैनन् । एनआईबीएल प्रगतिले एकाइधनीको खुद सम्पत्ति २७ प्रतिशत घटाएको छ भने ग्लोबल आईएमई समुन्नत र नबिल इक्विटीले झन्डै २० प्रतिशत घटाएका छन् । लक्ष्मी इक्विटीले १७ प्रतिशत घटाएको छ । ३ पटक लाभ दिएको एनआईबीएल समृद्धिले सबैभन्दा कम ३ प्रतिशत घटाएको छ ।

दर्ता भएका नयाँ योजना

सञ्चालनमा रहेका कोष व्यवस्थापकले बोर्डमा अर्को कोष दर्ता गराएका छन् । दर्ता भएका योजना तालिका २ मा उल्लेख गरिएको छ । बोर्डमा दर्ता भएका योजना बाहेक सनराइज बैंक र सिभिल बैंकले कोष दर्ता गरे पनि योजना भने दर्ता गराएका छैनन् । अहिले सहायक कम्पनीका रूपमा मर्चेन्ट बैंक दर्ता गराएका बैंकको एउटा उद्देश्य भनेको यस्तै कोष चलाउने रहेको छ ।

तालिका २ दर्ता भएका योजना
क्रसं
कोषको नाम
आकार (करोड)
व्यवस्थापक
कैफियत
ग्लोबल आइएमई ब्यालेन्स फण्ड १
१२०
ग्लोबल आइएमई क्यापिटल
ग्लोबल आइएमइ समुन्नत योजना १ व्यवस्थापक
सिटिजन्स म्युचुअल फण्ड २
१००
सिविआइल क्यापिटल
सिटिजन्स म्युचुअल फण्ड १ को व्यवस्थापक 
एनएमवि-५०
१२०
एनएमवि क्यापिटल
एनएमवि सुलभ र हाइब्रिड फण्डको व्यवस्थापक 
एनआईसी एसिया व्यालेन्स फण्ड
१२५
एनआईसी एसिया क्यापिटल
एनआईसी एसिया ग्रोथ  फण्डको व्यवस्थापक
नबिल व्यालेन्स फण्ड २
१२०
नबिल इन्भेष्टमेन्ट बैंकिंग
नबिल इक्विटी फण्डको व्यवस्थापक
एनआईविएल सहभागीता फण्ड (खुलामुखी)
५०
एनआईविएल एस क्यापिटल
एनआईवि समृद्धि फण्ड र एनआईविएल प्रगति फण्डको व्यवस्थापक

संशोधन पछि अनुमति

माथिको अनुच्छेदमा गरिएका समीक्षा र कोषका स्थिति हेर्दा कोष सम्बन्धी नियमावली र निर्देशिका संशोधन नगरेसम्म अनुमति दिएर निरन्तरता दिँदा एकाइधनी र बजारको हित हुने देखिँदैन । कोषहरू बजारका मित्र बन्न नसकेको स्थितिमा यिनलाई बढी जिम्मेवार र एकाइधनीलाई प्रतिफल दिनसक्ने बनाउन कानून संशोधन आवश्यक छ । संशोधन गर्नुपर्ने केही विषयवस्तु निम्न छन् :

१.       कोष सुपरिवेक्षकमा व्यक्तिको सट्टा संस्थालाई जिम्मा दिने व्यवस्था गर्ने,

२.       योजना व्यवस्थापकमा प्रवर्द्धकको ५१ प्रतिशत शेयर स्वामित्व हुनुपर्ने व्यवस्था खारेज गरी अन्य स्वतन्त्र 
    संस्थालाई जिम्मा दिने व्यवस्था गर्ने,

३.        डिपोजिटरी र व्यवस्थापन एकै कम्पनीले गरेमा खुद सम्पत्तिको बढीमा १ प्रतिशत र अलगअलग भएमा डिपोजिटरीलाई शून्य दशमलव ३ र व्यवस्थापकले शून्य दशमलव ७ लिन पाउने व्यवस्था गर्ने, निश्चितभन्दा बढी खुद सम्पत्ति बढाएमा त्यो भन्दा बढी सम्पत्तिबाट अतिरिक्त शुल्क लिन पाउने व्यवस्था गर्ने 

४.       योजना व्यवस्थापकले सञ्चालन गर्ने पहिलो योजनाका लागि कम्तीमा २५ प्रतिशत रकम बीज पूँजीका रूपमा लगानी गर्नुपर्ने,

५.            वित्तीय प्रतिवेदनको निश्चित ढाँचा तोक्नुपर्ने,

६.            त्रैमासिक रूपमा नाफा बाँड्न पाउने व्यवस्था गर्नुपर्ने,

७.        शेयर आरक्षण सम्बन्धी व्यवस्था नियमावलीबाट खारेज गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा राख्नुपर्ने, यसरी प्राप्त हुने शेयरको सम्बन्धमा शर्त बन्देज तोक्नुपर्ने 

८.           सामूहिक लगानी निर्देशिकामा गरिएको मतदान सम्बन्धी व्यवस्था खारेज गर्ने ।

 आर्थिक अभियान दैनिक, ३० पौष २०७५ 
http://www.abhiyan.com.np/?p=309539

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...