पूँजीबजार भन्ने वित्तिकै
स्टक एक्सचेन्ज र दलाल मात्र हुन भन्ने बुझाई रहेको हुन्छ | यस्तो बुझाई हुनु सामान्यतया ठिक पनि हो किनकी यी दुई
संस्थासँग लगानीकर्ताको प्रत्यक्ष सरोकार रहेको हुन्छ | यी
दुई लगायत अन्य सम्वद्ध संस्था परिचालन गर्ने र पूँजीबजार सम्बन्धि नीति बनाउने
सर्वोच्च निकायको रुपमा नियमक रहेको हुन्छ | नेपालको
सन्दर्भमा नेपाल धितोपत्र वोर्ड यस्तै संस्था हो | सार्क देश
मध्ये श्रीलंकामा पहिलोपटक यस्तो निकाय गठन भएको पाइन्छ | नेपाल,
भारत र बंगलादेशमा लगभग एकै समयमा गठन भएको थियो | पाकिस्तानमा सन् १९९७ मा स्थापना भएको पाइन्छ | भुटान, अफगानिस्तान र माल्दिभ्समा धेरै पछी मात्र यस्ता निकाय स्थापना भएका हुन्
|
शेयर र शेयरबजारको शुरुवात
बिक्रम सम्बत १९९४ मा जारी
भएको नेपाल बैंक कानुनमा ‘हाल उठाउने २५ हजार शेयर मध्ये
कमसेकम चार खण्डको एकखण्ड शेयर सरकारबाट लिईबक्सने भएको हुँदा बाँकी रहेको शेयर
नेपाली ग्राहकहरुले लिन पाउनेछन्’ र अर्को एउटा दफामा ‘कदाचित हाल उठाउने २५ हजार शेयरको मूलधनले बैंकको काम चलाउन मूलधन नपुगी
अरु शेयरबाट हदसम्ममा जति चाहिने हुन्छ उति मूलधन उठाउनु पर्दा सो नयाँ उठाएको
शेयर साविक शेयरवालाहरुले लिएसम्म अरुले लिन पाउने छैन’ भन्ने
व्यवस्था थियो | ‘यस्तो शेयर नेपाली रैयत भइ जन्मेका वा
नेपाली रैयत भएका स्त्री पुरुष बाहेक अरु कसैले खरीद गर्नु र अरु कौने तरहबाट
लिनुदिनु गर्नु हुँदैन’ भन्ने समेत व्यवस्था भेटिन्छ |
‘गाथ गादी उपर खुद लागेको ठूलो कसुर गरेमा बाहेक हरिने सर्वस्व हुने
समेत कौनै कसुरमा पनि यो बैंकको शेयरमा जफत वा हरण केहि हुने छैन’ भनिएको पाइन्छ | यहि वर्ष विराटनगर जुट मिल्सले पनि
शेयर बेचेको थियो | शुरुवातमा नै दुईवटा कम्पनीले शेयर
बेचेको इतिहास पाइन्छ |
शेयर बेच्ने शुरुवात भएपनि
किनबेच गर्ने व्यवस्था भने २०३३ सालमा ‘सेक्युरिटी
खरिद बिक्रि केन्द्र’ को स्थापना भएपछि भएको हो | अहिलेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) यसैको पछिल्लो रुप हो |
२५ वर्षको नियमक
२०५० साल जेष्ठ २५ गते
स्थापना भएको वोर्ड २४ वर्ष पुरा गरि रजत वर्षमा प्रवेश गरेको छ | यति लामो अवधिमा वोर्डले पूँजीबजारमा के के कार्य भयो भनेर
खोज्ने हो भने अत्यन्त लाजमर्दो स्थिति छ | शेयरको कागजी
स्वरूप विस्थापन गराउन दुई दशक भन्दा बढी समय लाग्यो | कानुनले
नै बाध्य परेका बाहेक अन्य क्षेत्रलाई पूँजीबजारमा प्रवेश गराउन नियमकले एउटा
सिन्कोसम्म पनि भाँच्ने काम गरेन | अहिले पनि दीर्घकालीन
भन्दा तदर्थ निर्णयबाट नै चलेको छ भन्दा अतिशय नहोला | पूँजीबजार
विकास गर्न के गर्नुपर्छ भन्ने आधारभूत विषयलाई छोडेर अनावश्यक हल्ला गर्नु बाहेक
अरु केहि देखिएको छैन | एजेण्डा भएर पनि एजेण्डाविहिन
अवस्थामा छ र आफ्नो उपस्थिति देखाईरहन अनेक गतिविधि गर्ने ‘सर्कसको
जोकर’ जस्तो बनिरहेको छ | गत वर्ष
श्रावण महिनामा वोर्ड अध्यक्षले ‘लेखक’ बन्दै वित्तीय सल्लाहकार बन्न देखाएको मोह, ‘कालोधन
छानविन’, भएका दलालको व्यवसायिक सुरक्षा गर्दै अझ शसक्त
बनाउन छाडेर बैंकलाई दलाल अनुमति दिने घोषणा जोकरीय दृष्टान्त हुन् | रजत वर्षमा प्रवेश गरेको दिन केन्द्रीय बैंक र अर्थ मन्त्रालयले अर्को
स्टक खोल्ने जोकर निर्णयलाई आवश्यक छैन भनिदिंदा वोर्डको निर्णयले गतिलो झापड खायो
|
कानुनमा स्टक एक्सचेन्ज
धितोपत्र सम्बन्धि ऐनमा ‘उद्ध्योग तथा व्यापारको विकास र विद्यमान धितोपत्र कारोबारको
सम्भाव्यताको आधारमा धितोपत्र बजारको संचालन गर्न आवश्यक नभएमा र ‘लगानीकर्ता हितको संरक्षणको निमित्त धितोपत्र बजार संचालन गर्न दिनु उचित
र उपयुक्त नदेखिएमा’ भन्ने दुइवटा प्रसंग छन | यी दुबै प्रसंग अहिलेको सन्दर्भमा ठ्याक्कै मेल खान्छ | उद्ध्योग र व्यापारको विकास घट्दो छ र भएकालाई पनि सूचीकरण गराउन पहल भएको
छैन | सूचीकरण भएका बैंकको संख्या घटिरहेको छ | उपलब्ध शेयर बजारले ग्रहण गरिसकेपछि कारोबारको लागि शेयर आपूर्ति कसरी
गराउने र बजारलाई सन्तुलित बनाउने भन्ने अध्ययन गरेर नीतिगत व्यवस्था गरियोस भनेर
सरकारलाई सुझावसम्म दिएको छैन | वोर्ड मातहतका निकायको
व्यवसायिक संरक्षण र शसक्तिकरण गर्नुपर्नेमा उल्टो यीनलाई नै खेद्न थालेको छ |
अर्को स्टक ल्याउने जोकर निर्णयले अन्ततः विनाश गर्ने बजार नै हो |
संसारका अधिकाँश बजार विनाश हुनुमा नियमक बढी दोषी पाइएको छ |
बंगलादेशमा सन् २०१०/११ मा आएको संकटमा नियमक दोषी भएको प्रतिवेदन
इब्राहिम खालिदले दिएका थिए |
अन्तका कुरा
भारत जस्तो ठूलो अर्थतन्त्र
र जनसंख्या भएको देशमा अब बढीमा तीनवटा मात्र स्टक रहने स्थिति आइसकेको छ | केहि समय अघिसम्म क्षेत्रीय स्टकहरु समेत गरि २० वटा भन्दा
बढी थिए तर अहिले ति सबै बन्द भइसकेका छन् | भारतीय नियमकले
सन् २०१२ मा क्षेत्रीय स्टकलाई बन्द गर्न निर्देशन दिएको थियो | अहमदावाद, दिल्ली, मद्रास र
बंगलोर लगायत अरु १३ वटा स्टक एक्सचेन्ज बन्द भइसकेका छन् | भारतमा
अब बम्बे, नेशनल र एमसीएक्स स्टक मात्र बाँकी रहने निश्चित
जस्तै भइसकेको छ |
पाकिस्तानमा तीनवटा स्टक गाभिए
| गाभिने क्रम अन्य एसियाली देशमा पनि
पुगेकोछ | इन्डोनेसियाको ‘जकार्ता स्टक
एक्सचेन्ज’ र ‘सुरबाया स्टक एक्सचेन्ज’
गाभिएर ‘इन्डोनेसिया स्टक एक्सचेन्ज’ बनिसकेको छ | ‘फिलिपिन्स स्टक एक्सचेन्ज’ सन् १९९२ मा ‘मनिला स्टक एक्सचेन्ज’ र ‘मकटी स्टक एक्सचेन्ज’ बीच
एकीकरण पश्चात बनेको हो | अर्को एसियाली राष्ट्र भियतनामले
पनि ‘हनोई स्टक एक्सचेन्ज’ र ‘हो चि मिन्ह सिटी स्टक एक्सचेन्ज’ लाई गाभ्ने योजना
अघि बढाएको छ |
रगतले मार्केट सफा
थाइल्याण्डको स्टक
एक्सचेन्जको इतिहास अलि अनौठो छ | सन् १९६२
मा निजि क्षेत्रले स्थापना गरेको ‘बैंकक स्टक एक्सचेन्ज’
सन् १९७० मा बन्द भयो | पछि बिभिन्न
परामर्शदाताले दिएको सुझावको आधारमा सन् १९९१ मा ‘द स्टक
एक्सचेन्ज अफ थाइल्याण्ड’ को रुपमा स्टक मार्केट शुरु भयो |
सन् १९९५ नोभेम्बर १५ का दिन थाई शेयरबजारमा ‘भिभात
स्रीसाम्मसेप’ नामक व्यक्तिले आफ्नै घाँटीमा गोलि प्रहार
गरेका थिए | यी लगायत अन्य ७०/८० जनाको समुहले एक्सचेन्जको
कार्यालय अगाडी बजार नियम फेर्न माग गर्दै प्रदर्शन गरेका थिए | यी व्यक्तिहरुको समुहले ठूलो नोक्सानी व्यहोरेपछी यस्तो प्रदर्शन गरेका
थिए | हतार हतार अस्पताल पुर्याइएका यी व्यक्तिले निको भएपछी
प्रतिक्रिया दिँदै ‘मेरो रगतले स्टक मार्केट सफा पार्न मद्दत
गर्नेछ’ भनेका थिए |
फेरी एक्सचेन्जकै कुरा
संसार बहु एक्सचेन्जबाट
एकलमा आइरहेको बेला बहुतर्फ गएर प्रतिष्पर्धा गर्ने भन्ने घोषणा सबैभन्दा हाँसो
उठ्दो निर्णय हो | अर्को एक्सचेन्ज के को लागि
अध्ययन गरिएको छैन | किन भनेर कसैले सोधे प्रतिष्पर्धा भन्ने
‘रेडिमेड’ उत्तर आउँछ तर एक्सचेन्जबीच
कसरी प्रतिष्पर्धा हुन्छ भन्यो भने निरुत्तर हुन्छन | नीतिगत
निर्णय भनेको जहिले पनि तथ्य र कारणले पुष्टि गराउने खालको हुनुपर्छ | बिना आधार जतिखेर जे मन लाग्यो त्यस्तै निर्णय गर्दा तत्काल लोकप्रिय
भइएला तर दीर्घकालमा त्यहि प्रत्युत्पादक हुन्छ |
No comments:
Post a Comment