Monday, September 24, 2018

धितोपत्र न्यायाधिकरणको आवश्यकता

शेयरबजारमा अफवाह फैलाएर अनुचित लाभ लिने कार्य लगभग यसको शुरूदेखि नै भएको पाइन्छ । शेयरबजारबाट छिट्टै धन आर्जन गर्ने ध्येय राख्ने लगानीकर्ताले कुनै न कुनै रूपमा आर्थिक अपराध गर्ने दुस्प्रयास गर्नु नौलो कार्य होइन । मानव सामाजिक प्राणी भएकाले समाजशास्त्रीहरू अपराधरहित समाज हुनै नसक्ने तर्क राख्दै अपराधले समाजलाई एकत्रित पार्ने हुँदा समाजमा धेरथोर अपराध हुनुपर्छ भन्ने मान्यता राख्छन् । शेयरबजार पनि वित्तीय क्षेत्रको एउटा पाटो भएकाले यहाँ अपराध नहुने भन्ने प्रश्नै आउँदैन । अपराध जुनसुकै क्षेत्रमा हुने भएकाले राज्यले त्यसलाई नियन्त्रण गर्न अनेकौं संयन्त्रको विकास गरेको छ । शेयरबजारमा पनि यस्तै अपराध बढेपछि यस्ता आपराधिक गतिविधिलाई छिटो र कुशलतापूर्वक निष्कर्षमा पुर्याउन नियमित (सामान्य) अदालतको सट्टा विशेष प्रकृतिका अदालत (न्यायाधिकरण) गठन गरेर मुद्दा चलाउन थालिएको छ ।

पहिलो अफवाह

तथ्यगत रूपमा शेयरबजारको शुरुआत रोमन कालदेखि भएको पाइए पनि विधिवत् रूपमा भने अलि पछि भएको पाइन्छ । इङल्याण्डमा कम्पनीको शुरुआत भए पनि सन् १६०२ मा हल्याण्डको ‘डच इष्ट इण्डिया कम्पनी’ शेयर जारी गर्ने पहिलो कम्पनी बन्यो । सन् १८१४ फ्रेबुअरी २१ तारीख सोमवारका दिन नेपोलियन मारिए भन्ने अफवाह फैलाएर लण्डन स्टक एक्सचेञ्जमा गरिएको कारोबारलाई सम्भवतः शेयरबजारको पहिलो घटना मानिन्छ । अफवाह फैलिएपछि एक्सचेञ्जमा एक्कासि भाउ बढेको थियो र त्यो समाचार झूटो भएको अर्को समाचार आउनासाथ तुरुन्तै पुरानै स्थितिमा फर्किएको थियो । छानविनको क्रममा उक्त दिन कारोबार भएका अधिकांश शेयर अघिल्लो हप्ता मात्र किनिएको भेटिएको थियो । घटनामा सांसद एवम् विख्यात नौसेना अधिकारी लर्ड थोमस कोच्रेनउनका काका सांसद एण्ड्रयू कोच्रेन जोहनस्टोन र कोच्रेनका वित्तीय सल्लाहकार रिचर्ड वट सामेल भएको पाइयो । दोषी भेटिएका यी उच्च अधिकारीलाई अत्यन्त कडा सजाय सुनाएर ‘पिलोरी’ भन्ने एउटा विशेष प्रकारको आसनमा राखेर निश्चित समयका लागि दैनिक सार्वजनिक समेत गरिएको थियो ।

अफवाहका स्वरूप

शेयरबजारलाई गतिशीलता दिने अस्त्रको रूपमा कम्पनीको लाभ दिनसक्ने क्षमता हुनपर्नेमा कारोबार मापन गर्ने सूचक बनेको छ । यही सूचक तत्त्वलाई खेलाएर अफवाह फैलाउने सबैभन्दा सजिलो अस्त्र बनेको छ । नेपालमा कारोबार मापन गर्दा सूचीकृत सबै कम्पनीलाई लिइएको भए पनि यसमा मुख्यतः १० देखि १५ ओटा जति कम्पनीको कारोबारले सूचकलाई तलमाथि बनाउनसक्छ । सूचक एउटा सामान्य कुरा भए पनि अधिकांश लगानीकर्ताको लगानी यसैमा आधारित रहेको हुन्छ । यसैमा आधारित लगानी भएकाले अफवाह फैलाउन पनि यसैमा सजिलो हुने हुँदा यसलाई नै बढी खेलाइन्छ । सूचकको मनोविज्ञानमा लगानी गरेकालाई सजिलै सम्मोहित पार्न सकिने हुन्छ । शेयरबजारलाई खेलाउन यही सूचक अहिले सर्वाधिक सजिलो अस्त्र बनेको छ । यति र उति (नेपालको सन्दर्भमा बोनस र हकप्रदसँगै अहिले एफपीओ पनि) लाभ दिन्छ वा आउँदैछ भन्ने पनि अर्को सरल अस्त्र बनेको छ । यस्तै गतिविधि बढेपछि बङ्गलादेश सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिशनले शेयर मूल्यमा चलखेल गर्ने १ सयभन्दा बढी फेसबूक पृष्ठ बन्द गराउन त्यहाँको दूरसञ्चार नियमक बङ्गलादेश टेलिकम्युनिकेसन्स रेगुलेटरी कमिशनलाई पत्राचार गरेको यहाँ स्मरण गर्नु सान्दर्भिक हुन्छ ।

दण्डनीय कसुर र सजाय

धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९ मा धितोपत्र सम्बन्धी कसूर र सजायको व्यवस्था गरेको छ । ऐनको दफा ९७ मा झुक्याउने विवरणहरू अन्तर्गत कसैले कसैलाई धितोपत्र खरीद-विक्री गर्न उक्साउने उद्देश्यले (क) झूटोभ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्वानुमान सम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने (ख) बदनियतसाथ कुनै तथ्य वा जानकारी लुकाउने र (ख) बदनियतसाथ झूटा वा भ्रामक विवरणप्रतिज्ञा वा पूर्वानुमान बनाउने वा प्रकाशित गर्ने कार्यलाई दण्डनीय बनाएको छ । यस्ता व्यक्ति (लगानीकर्ता) वा कम्पनीलाई सोही ऐनको दफा १०१ अनुसार १ लाखदेखि ३ लाखसम्म जरीवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने र त्यस्तो कारोबारबाट कसैलाई भएको हानिनोक्सानी समेत भराइदिनु पर्नेछ भन्ने व्यवस्था गरेको छ ।

कसूर भयो वा हुन लागेको छ भन्ने उजुरी नपरे पनि कसूर मानिने कार्य भएको वा भइरहेको कुरा कुनै पनि माध्यमबाट जानकारी प्राप्त गरेमा वा बोर्ड आफैले थाहा पाएमा सो सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारबाही चलाउन उजुरी नपरेको कारणले मात्र कुनै बाधा पर्दैन ।

कसुरदारहरू

अहिले एकथरी सूचक ९ सयमा आउने र अर्का एकथरी १ वर्षमै २५ सय पुग्ने बेमौसमी आलाप मार्फत अफवाहको खेतीमा लागेका छन् । सामाजिक सञ्जालमा नक्कली खाता खोलेर भ्रमित पार्ने खालका सामग्री पस्केर दिग्भ्रम पार्नेको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । ब्लगफेसबूक पृष्ठ र कतिपय अवस्थामा अनलाइन मिडिया पनि यस्ता गतिविधिमा संलग्न भएका प्रशस्त भेटिएका छन् । कसुरदार व्यक्ति मात्र होइनसूचीकृत कम्पनी पनि हुन सक्छन् । नेपालको धितोपत्र बजारमा व्यक्ति र कम्पनी दुवैले धितोपत्र कानून विपरीतका गतिविधि निरन्तर गरिरहेका छन् । गतवर्ष नेपाल इन्भेष्टमेण्ट बैङ्कको लाभांश घोषणा प्रकरणदेव विकास बैङ्कले बूक क्लोज गरेको ७ महीनासम्म साधारणसभा नगर्नुनेपाल टेलिकम र चिलिमे जलविद्युत् कम्पनीले बूक क्लोज सम्बन्धी कानून विपरीत दिएको अल्पसूचना धितोपत्र कानून विपरीतका कसूर हुन् । केही समय अघि जलविद्युत् लगानी तथा विकास कम्पनी र ग्रामीण विकास लघुवित्तले हकप्रद जारी गर्नेसम्बन्धी सञ्चालक समितिको निर्णय निकै पछि मात्र सार्वजनिक गरेका थिए । राष्ट्रिय बीमा कम्पनीले पनि एकैपटक गर्न लागेको ५ ओटा साधारणसभा सम्बन्धी निर्णय पनि विवादास्पद भएको छ ।

विशेष अदालतको आवश्यकता

धितोपत्र कानून विशेष कानून हो तर विशेष कानून भए पनि यस सम्बन्धी कसूरको मुद्दा चलाउन सामान्य अदालत (जिल्ला) तोकिएको हुँदा विषयगत ज्ञान र अध्ययनको कमी हुने हुँदा यस्ता प्रकृतिका मुद्दाको सुनुवाइ विशेष प्रकृतिका अदालतबाट हुनु आवश्यक हुन्छ । यसका लागि छुट्टै धितोपत्र न्यायाधिकरणको गठन हुनु नितान्त जरुरी भइसकेको छ । भारतमा ‘सेक्युरिटिज अपिलियट ट्राइबुनल’ र बङ्गलादेशमा ‘क्यापिटल मार्केट ट्राइबुनल’ स्थापना भइसकेका छन् । नियमक आफैं पनि अर्धन्यायिक प्रकृतिको निकाय भएकाले कतिपय स-साना विषयमा आफूले पनि क्षेत्राधिकार लिएर प्रतिरोधात्मक विधि अपनाउन सक्छ । धितोपत्र बजार पहिलो पङ्क्तिको नियमक भएकाले कम्पनीका तर्फबाट हुनसक्ने केही कसूर रोक्न धितोपत्र बजारलाई पनि अधिकार दिइनुपर्छ । जसरी सार्वजनिक प्रशासनका केही निकायले पनि न्यायिक अधिकारको प्रयोग गर्छन् त्यसरी नै धितोपत्र बजारलाई पनि यही सिद्धान्तको आधारमा केही अधिकार क्षेत्र दिनुपर्छ ।

धितोपत्र सम्बन्धी कसूर गर्नमा व्यक्तिका साथसाथै कम्पनीको पनि त्यत्तिकै भूमिका हुन्छ । सन् १९९९ मा सूचीकृत बङ्गलादेश वेल्डिङ इलेक्ट्रोड्सका प्रबन्ध निर्देशक नुरूल इस्लाम र विक्ली इण्डष्ट्रीका सम्पादक इनायत करिमलाई धितोपत्र सम्बन्धी कसूर गरेको आरोपमा बङ्गलादेशी ट्राइबुनलले दोषी ठहर गरेको छ । कम्पनीमा साउदी लगानी आउन लागेको भन्ने भ्रामक समाचार छाप्नु अघि इस्लाम र करिमले २ लाखभन्दा बढी कित्ता शेयर किनेका थिए ।

अन्त्यमाशास्त्रीय विद्वान् मनुले ‘पापको प्रायश्चित दण्डबाहेक अरूबाट हुन्न (न हि दण्डादृते शक्यः कर्तुं पापविनिग्रहः) भनेका छन् । पापको प्रायश्चित गराउन धितोपत्रसम्बन्धी कसूरको सुनुवाइ गर्ने न्यायाधिकरण अविलम्ब गठन हुनु जरुरी भइसकेको छ ।

१ असोज २०७५, आर्थिक अभियान 
http://www.abhiyan.com.np/?p=279000


Tuesday, September 18, 2018

अधुरो धितोपत्र सूचीकरण विनियमावली

नेपालमा व्यवस्थित शेयर कारोबार शुरू भएको झण्डै २५ वर्षपछि आमलगानीकर्ता र धितोपत्र बजारमा चासो राख्नेले सम्भवतः पहिलोपटक धितोपत्र सूचीकरण विनियमावली हेर्न पाएका छन् । सार्वजनिक नगरिँदा विनियमावली कस्तो छ, के के व्यवस्था छन्, सूचीकृत कम्पनी बाहेक अरूको पहुँच थिएन । विनियमावलीमा केही नयाँ व्यवस्था देखिए पनि यसमा थुप्रै कमी र अस्पष्टता रहेको देख्न सकिन्छ ।

कम्पनी वर्गीकरण

विनियमावलीले सूचीकृत कम्पनीलाई ’, ‘बी’, ‘जीजेडसमूहमा वर्गीकरण गरिने व्यवस्था गरेको छ । कुनै पनि कम्पनी वर्गमा पर्नका लागि (१) कम्तीमा १ अर्ब चुक्ता पूँजी,(२) सूचीकरण भएको कम्तीमा ३ वर्ष पूरा भएको, (३) ३ आर्थिक वर्ष नाफामा रहेर लाभांश वितरण गरेको,(४) औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको, (५) नियमकले तोकेको ढाँचामा वित्तीय विवरण राखेको र (६) आर्थिक वर्ष समाप्त भएको मितिले ६ महीनाभित्र साधारणसभा सम्पन्न गरेको जस्ता शर्त पूरा गरेको हुनुपर्नेछ । त्यस्तै बीवर्गमा पर्नका लागि (१) कम्तीमा ५० करोड चुक्ता पूँजी, २) सूचीकरण भएको कम्तीमा ३ वर्ष पूरा भएको, (३) ३ आर्थिक वर्षमा कम्तीमा २ आर्थिक वर्ष नाफा गरेको, (४) कम्तीमा औसत भन्दा एक तह मुनिको रेटिङ प्राप्त गरेको, ५) आर्थिक वर्ष समाप्त भएको मितिले ६ महीनाभित्र साधारणसभा सम्पन्न गरेको र (६) सञ्चित नोक्सानीमा नरहेको जस्ता शर्त पूरा गरेको हुनुपर्नेछ । नवसूचीकृत कम्पनी सूचीकरण भएको २ वर्ष अवधि पूरा नगरेसम्म जीवर्गमा रहनुपर्ने व्यवस्था गरिएको छ । सूचीकरण भएको २ वर्ष पूरा भएपछि वा बीवर्गमा पर्न नसकेका सबै कम्पनी जेडवर्गमा रहने व्यवस्था गरिएको छ । यस्तो वर्गीकरण प्रत्येक त्रैमासिक अवधिमा अद्यावधिक गरी नेप्सेले वेबसाइट मार्फत सार्वजनिक गर्नेछ ।

स्थगन र फुकुवा

सूचीकरण भएका कम्पनी (१) वार्षिक शुल्क नबुझाएमा, (२) मूल्य संवेदनशील सूचना तथा जानकारी समयमा पेश नगरेमा, (३) गलत सूचना दिएमा वा पटक-पटक सूचना परिवर्तन गरेमा र ४) वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन समयमा पेश नगरेमा नेप्सेले ३ महीनासम्म सूचीकरण स्थगन गर्न सक्ने र बोर्डको सहमति लिएर अवधि थप गर्नसक्ने व्यवस्था रहेको छ । स्थगन गर्नुपर्ने स्थितिको विद्यमानता कायम नरहेमा स्वतः फुकुवा हुनेछ ।

सूचीकरणको स्वैच्छिक खारेजी

धितोपत्र कारोबार तथा सूचीकरण नियमावली २०७५ ले तोकेको शर्त पूरा गरेर आएमा नेप्सेले सूचीकरण खारेज गरिदिने व्यवस्था रहेको छ । (क) विशेष साधारणसभा सम्पन्न गरेको, (ख) विशेष सभामा उपस्थित भएका शेयरधनी मध्ये कम्तीमा ९० प्रतिशत शेयरधनीको प्रतिनिधित्व हुने गरी सूचीकरणको स्वैच्छिक खारेजी गर्ने निर्णयमा सहमति भएको, (ग) विशेष सभामा उपस्थित भई सूचीकरणको स्वैच्छिक खारेजीमा असहमति जनाएका शेयरधनीको शेयर कम्पनीका सञ्चालकले खरीद गरी लिने सम्बन्धमा खरीद मूल्य तथा खरीद प्रक्रिया सम्बन्धी निर्णय भएको, (घ) सभामा उपस्थित नभएका शेयरधनीका धितोपत्र मध्ये कम्तीमा ५१ प्रतिशत धितोपत्र सञ्चालकले खरीद गरेको, (ङ) सम्पत्ति तथा दायित्वको ड्यू डिलिजेन्स अडिट भएको जस्ता तोकिएको शर्त पूरा गरेर आएमा नेप्सेले आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा धितोपत्रको सूचीकरण खारेजी गर्नुपर्नेछ ।

त्यस्तै, विनियम १९ मा (१) गाभिएर वा विलय भएर अस्तित्व समाप्त भएका,( २) कम्पनी खारेजीमा गएमा, (३) बोर्ड वा नियमकले सूचीकरण खारेज गर्न निर्देशन दिएमा, (४) वार्षिक शुल्क नबुझाएर लगातार ३ वर्ष स्थगन भएमा र (५) एकै कारण तीनपटक भन्दा बढी सूचीकरण स्थगन भएमा सूचीकरण खारेज हुनसक्छ ।

मूल्य संवेदनशील सूचना

सूचीकृत कम्पनीले सूचीकरण सम्झौतामा उल्लेख भएबमोजिम मूल्य संवेदनशील सूचना कारोबार खुल्नु अघि नै सञ्चालक समितिको बैठक बसेको समय समेत खोलेर नेप्सेमा पेश गर्नुपर्ने जिम्मा कम्पनी प्रमुखको हुने व्यवस्था छ । सूचीकृत कम्पनीले असोज मसान्तसम्म पनि नवीकरण नगराउने प्रवृत्तिलाई निरुत्साहित गर्न नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरीवाना बुझाउनुपर्ने व्यवस्था समेत गरिएको छ ।

कमजोरी र सुझाव
 
सूचीकरण विनियमावली अध्यावधिक हुनु एउटा उपलब्धि भए पनि विनियममा रहेका केही कमजोरी बुँदागत रूपमा उल्लेख गरी केही सुझाव पनि दिइएको छ ।

१.        वर्गमा वर्गीकृत हुन तोकिएको एउटा शर्त नियमकले तोकेको ढाँचामा वित्तीय विवरण राखेकोभनिएको छ । यसले के सङ्केत गर्न खोजेको हो बुझ्न सकिन्न । सूचीकरणमा रहेका सबै कम्पनी नियमनमा रहेका छैनन् । नियमन गर्ने निकाय नभएको अवस्थामा यसले कुन नियमकले तोकेको ढाँचामा वित्तीय विवरण राख्ने हो, यस सम्बन्धमा स्पष्ट हुन सकेको छैन ।

२.         गलत सूचना दिएमा वा पटक-पटक सूचना परिवर्तन गरेमाभन्ने व्यवस्थाले पनि विषयवस्तु स्पष्ट पार्न नसकेकाले पुनर्लेखन गरिनु आवश्यक छ । एकपटक दिएको सूचना गलत भइसकेपछि यसलाई पटक-पटक भनिरहनु आवश्यक देखिन्न । उदाहरणका लागि गतवर्ष नेपाल इन्भेष्टमेन्ट बैङ्कले दिएको लाभांशसम्बन्धी सूचनालाई कतिपटक फेरेको भए पटक-पटक हुन्थ्यो ? पहिले दिएको सूचना नेप्सेले सार्वजनिक गरिसकेपछि अर्को संशोधित सूचना आउनु नै कारोबार स्थगन गर्न पर्याप्त हुन्न र ? यो व्यवस्थाले अर्कोपटक पनि कुनै सूचना दिएर संशोधन गरेमा भन्ने लगाउनेकि नेपाल इन्भेष्टमेण्ट बैङ्कले गतवर्ष गरेको कार्य अनुरूपलाई मान्ने ? थप व्याख्या आवश्यक देखिन्छ ।

३.       कारोबार स्थगन हुनसक्ने र पुनः सुचारू हुने सम्बन्धमा उल्लेख छ । तर, एक्कासि कारोबार रोकिने किसिमको व्यवहार गर्ने कम्पनी सञ्चालक वा व्यवस्थापक भने कुनै रूपमा पनि जिम्मेवार हुनु नपर्ने गरी विनियम निर्माण भएको छ । जुन अवस्थामा स्थगन हुने भनिएको छ त्यो अवस्था भनेको कम्पनीका सञ्चालक वा व्यवस्थापकको गैरजिम्मेवारीपूर्ण कार्यको परिणाम भएकाले यस्तो अवस्थामा यिनलाई उन्मुक्ति किन दिने ? के यिनको जिम्मेवारीभित्र सहज कारोबार गराउने विषय नपर्ने हो ? ३ महीना र त्यसपछि पनि कारोबार स्थगन हुन सक्ने विनियमको व्यवस्थाले लगानीकर्ताको हित संरक्षण कसरी हुन्छ ? यस्ता कम्पनीका सञ्चालक वा व्यवस्थापकलाई व्यक्तिगत रूपमा आर्थिक जरीवाना गर्ने प्रावधान राखिनुपर्छ ।

४.     बोर्ड वा नियमकले सूचीकरण खारेज गर्न निर्देशन दिएमा सूचीकरण खारेज हुने व्यवस्थाले पनि लगानीकर्ता हित संरक्षणको विषयमा टड्कारो प्रश्न उठाएकाले यसबारेमा थप स्पष्ट पार्नु जरुरी छ । वार्षिक शुल्क नबुझाएर लगातार ३ वर्षएउटै कारण ३ पटकभन्दा बढी सूचीकरण स्थगन भएमाभन्ने व्यवस्था झन् लाजमर्दो छ । आफूले सार्वजनिक निष्कासन गर्न अनुमति दिएको र सूचीकरण गराएको कम्पनीले वार्षिक शुल्क नबुझाउन्जेल र एउटै कारण पटक-पटक सूचीकरण स्थगन गराउने त्यस्तो कम्पनीको सञ्चालक वा व्यवस्थापकलाई खोजीनीति गर्ने जिम्मा बोर्ड र नेप्सेको होइन र ?

५.      वार्षिक शुल्क नबुझाउने कम्पनीलाई १० प्रतिशत जरीवाना लिने व्यवस्था हेर्दा राम्रो देखिए पनि यसको अन्तर्निहित पाटो भने घातक छ । यस्तो जरीवाना कम्पनीलाई होइन, त्यसको सञ्चालक वा व्यवस्थापकलाई व्यक्तिगत रूपमा तिराउनुपर्छ । यसबाहेक वार्षिक प्रतिवेदन तोकिएको समयमा नबुझाउने कम्पनीका सञ्चालक वा व्यवस्थापकलाई पनि व्यक्तिगत रूपमा आर्थिक जरीवाना तिराउनुपर्छ ।

६.     बोनस र हकप्रद मूल शेयरकै अभिन्न अङ्ग भएकाले सूचीकरण गराउन सञ्चालक समितिको निर्णय आवश्यक नपर्नु पर्ने होइन र ?

७.      बजार बन्द रहेको अवस्थामा बाहेक सञ्चालक समितिको बैठक ३ बजेपछि मात्र बस्नुपर्ने नीतिगत व्यवस्था आवश्यकता देखिन्छ । 

सुधारका यी पाटा यथाशीघ्र संशोधन हुने आशा राखौं ।

अभियान दैनिक, २०७५ साल भाद्र २५ गते
http://www.abhiyan.com.np/?p=277083

Wednesday, September 12, 2018

नेपालको शेयर सूचकको नालीबेली

नेप्से कति पुग्यो ? बढेर कति पुग्ला ? अझ घट्छ रे ! बढेर यति पुग्छ रे !’ यस्तै अनगिन्ती प्रसङ्ग शेयरबजारमा चलिरहेको हुन्छ । कारोबार मापन गर्न आवश्यकता अनुसार अनेकौं सूचक विकास गर्न सकिन्छ । अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विभिन्न १५ ओटा सूचक मार्फत शेयर कारोबार मापन गरिरहेको छ । सूचक सम्बन्धी विभिन्न हल्ला चलिरहेको सन्दर्भमा यिनै विभिन्न १५ ओटा सूचक कुन-कुन हुन्, यसैका बारेमा सामयिक चर्चा गरिन्छ ।

१५ ओटा सूचक
 
प्रारम्भमा शेयर कारोबार मापन गर्ने परिपाटी थिएन । यसलाई मापन गर्नुपर्ने आवश्यकता महसूस गरी सूचक गणना शुरू गरियो । शुरूको अनुच्छेदमा चर्चा गरिएको ‘नेप्से’ यही सूचक र शेयर कारोबार गराउने नेपाल स्टक एक्सचेञ्जको सङ्क्षिप्त स्वरूप हो । धितोपत्र सूचीकरण विनियमावली २०७५ मा सूचीकृत कम्पनीलाई वर्गीकरण गर्ने नयाँ आधारको व्यवस्था गरेकाले निकट भविष्यमा परिमार्जनसहित नयाँ सूचक देखिन सक्ने सम्भावना छ । प्रचलनमा रहेका सूचक तालिकामा उल्लेख गरिएको छ |

नेप्से सूचक
 
नेप्से सूचक कम्पनीले दिएको लाभ वा कम्पनीका शेयर मूल्यको औसत होइन । नेपालको सन्दर्भमा सूचीकृत सम्पूर्ण साधारण (संस्थापक र सर्वसाधारण) लाई समावेश गरी आधार मूल्य (पूँजीकरण) र दैनिक अन्तिम मूल्यको आधारमा हुने बजार पूँजीकरणको आधारमा नेप्से सूचक गणना गरिन्छ । यसमा अग्राधिकार शेयर समावेश हुन्न र म्युचुअल फण्ड पनि समावेश गरिएको छैन । हरेकको मुखैमा झुण्डिएको नेप्से सूचक आधार विन्दुबाट कति घट्यो वा बढ्यो भन्ने मापन गर्ने औजार मात्र हो । यसलाई गणना नगर्दा शेयरबजार नचल्ने पनि होइन । कम्पनीको शेयरमा लगानी गरिने हुँदा शेयर मूल्य बढेमा वा घटेमा सूचक पनि घट्ने र बढ्ने हुँदा यसको सीधा सम्बन्ध कम्पनीले गर्ने गुणात्मक वृद्धि एवम् प्रगतिसँग जोडिएको हुन्छ । कम्पनीको शेयर भाउ बढ्दा वा घट्दा कारोबार र रकम पनि घट्ने र बढ्ने भएकाले कारोबार मापन गर्ने सूचक पनि बढ्छ र घट्छ । तसर्थ सूचक नै सम्पूर्ण तत्त्व होइन, तर यसलाई नै आधार लिएर शेयरबजारमा खेल्नेले घट्छ र बढ्छ भनेर तर्साउन रचिएका अनेक प्रपञ्च मात्र हुन् ।

समूहगत सूचक
 
नेप्सेले सूचीकृत कम्पनीलाई कम्पनीको व्यापार प्रकृतिको आधारमा विभिन्न ११ ओटा समूहमा विभक्त गरेको छ । समूह निर्माण एकै प्रकृतिको संस्थालाई एकै ठाउँमा राखेर सामूहिक रूपमा तिनको सूचक निकाल्नु हो । नेप्सेले (१) वाणिज्य बैङ्क, (२) विकास बैङ्क, (३) वित्त, (४) जलविद्युत्, (५) उत्पादन तथा प्रशोधन, (६) होटेल, (७) व्यापार, (८) लघुवित्त, (९) जीवन बीमा, (१०) निर्जीवन बीमा र (११) अन्य समूहमा बाँडेको छ । पहिले एकै समूहमा रहेका बीमा समूह जीवन र निर्जीवन समूहमा बाँडिएका छन् भने केही समय अघिसम्म विकास बैङ्क समूहमा रहेका लघुवित्तको छुट्टै समूह बनेको छ । त्यस्तै वित्त समूहमा रहेको नागरिक लगानी कोष अहिले अन्य समूहमा राखिएको छ । यस्ता समूह आवश्यकता अनुसार बाँडिन वा कार्य प्रकृति अनुसार अर्को समूहमा पर्न सक्छन् । यसले कुन समूहको कारोबार प्रकृति र प्रवृत्ति कस्तो छ भन्ने थाहा पाउन सकिन्छ । यसको पनि गणना विधि नेप्से सूचक सरह नै रहेको छ ।

सेन्सेटिभ सूचक
 
नेप्सेले तोकिएको शर्त पूरा गरेका सूचीकृत कम्पनीलाई ‘क’ वर्गमा वर्गीकरण गर्ने गरेको छ । यस्ता कम्पनीको कारोबार मापन गर्न सेन्सेटिभ सूचक गणना गरिन्छ । यसको गणना विधि पनि नेप्से सूचक सरह नै हो । यसमा हरेक वर्ष कम्पनी थपिन र बाहिरिन सक्ने हुँदा कम्पनीको सङ्ख्या घटबढ भइरहन्छ । आर्थिक वर्ष (आव) २०७४/७५ मा १ सय १० ओटा कम्पनी परेका छन् । आव २०७३/७४ मा यस्ता कम्पनीको सङ्ख्या १ सय ११ रहेको थियो ।

प्रवाहित र सेन्सेटिभ प्रवाहित सूचक
 
नेप्सेमा सूचीकृत कम्पनीका सबै शेयर स्वतन्त्र प्रवाहित कारोबारयोग्य (फ्री फ्लोटेड ट्रेडेबल) हुँदैनन् । कारोबारयोग्य शेयर कारोबारलाई मात्र मापन गर्न यस्तो सूचक निर्माण गरिएको छ । नेपालमा शेयर कारोबार मापन गर्दा परिमाण भारित (भ्यालु वेटेड) विधि अपनाइएको छ । अधिकांश स्टक एक्सचेञ्जले अपनाएको विधि यही हो । यसमा कारोबारका लागि स्वतन्त्र प्रवाहित (फ्री फ्लोटेड) शेयर मात्र लिइन्छ । नेप्से सूचकमा सम्पूर्ण (संस्थापक र सर्वसाधारण) र यसमा स्वतन्त्र प्रवाहित शेयर कारोबारको मापन हुन्छ । मुख्य फरक यही हो ।

सेन्सेटिभ प्रवाहित सूचकमा नेप्सेले ‘क’ वर्गमा वर्गीकरण गरेको कम्पनीको कारोबारयोग्य शेयर कारोबारको मापन गरिन्छ । यसको पनि गणना विधि प्रवाहित सूचक जस्तै हो ।

उपयुक्त र वास्तविक सूचक

सूचकको नालीबेलीपछि यी मध्ये कुन उपयुक्त हो र अन्य सूचक काम नलाग्ने अर्थहीन हो कि भन्ने प्रश्न पनि उठ्न सक्छ । सन्दर्भ अनुसार उल्लिखित सबै सूचक आफ्ना ठाउँमा उपयुक्त छन् । नेप्से सूचकले समग्र शेयरको मापन गर्ने हुँदा यसलाई पनि कायम राखिरहनुपर्छ । त्यस्तै समूहगत सूचक समूहको चाल अध्ययन गर्न चाहिने हुँदा यसको पनि उपादयेता आफ्नै ठाउँमा छ । सूचीकरण सम्बन्धी विनियम अनुसार ‘क’ वर्ग हट्न सक्छ र यसको ठाउँमा अर्को सूचकको जन्म हुनसक्छ । त्यस्तै सेन्सेटिभकै प्रवाहित सूचक पनि मूल नै हटेपछि रहने कुरै भएन ।

बाँकी रहेको प्रवाहित सूचक भने वास्तविकताको नजीकको सूचक भएकाले यसलाई बढी प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । नेपालको शेयर कारोबारको सूचक मापनलाई बढी विश्वासिलो बनाउने एकमात्र सूचक यसलाई नै बनाउनुपर्छ । नेपालको शेयर कारोबार मापन केही विशेष कम्पनीको स्वतन्त्र प्रवाहित शेयरको कारोबारलाई मात्र आधार मानेर ‘नेप्से ट्वाण्टी वा थर्टी’ नामकरण गर्न सकिन्छ । भारतको नेशनल स्टक एक्सचेञ्जले ५० ओटा र बम्बे स्टक एक्सचेञ्जले ३० ओटा कम्पनीको स्वतन्त्र प्रवाहित शेयरको कारोबारलाई आधार मानेर सूचक गणना गर्ने गरेका छन् । स्मरण रहोस् बम्बे र नेशनल स्टकमा क्रमशः ६ हजार र १५ सयभन्दा बढी कम्पनी सूचीकृत छन् ।

शेयरबजारको सूचक गणनामा कारोबारयोग्य शेयर मात्र समावेश गरी सूचक गणना गरिनुपर्नेमा कारोबार हुँदै नहुने शेयरसमेत राखेर गणना गरिएको हुँदा यसको विश्वसनीयता कम देखिएको हो । यसलाई सुधार गरेर सही र वास्तविक सूचक निर्माण गर्नुपर्ने आवश्यकता छ । देशको आर्थिक वृद्धि दर राम्रो नभएको स्थितिमा शेयर सूचक अधिक देखिनु सुन्निएर मोटाएसरह हुने हुँदा त्यसरी देखिएको मोटापन कुनै पनि बेला घट्न सक्नेतर्फ सचेत हुनुपर्छ । त्यसैले आर्थिक वृद्धिको प्रतिछाया शेयर सूचकमा देखिनका लागि सूचक गणनालाई विश्वसनीय बनाउन शेयर सूचक गणनामा रहेका असान्दर्भिक पक्षलाई हटाएर सान्दर्भिक पक्षको खोजी गरिनुपर्छ ।
अभियान दैनिकमा २०७५ भाद्र १८ गते प्रकाशित 
http://www.abhiyan.com.np/?p=274931

Saturday, September 8, 2018

शेयर नेताका भ्रमात्मक अल्पज्ञान

‘फर्स्ट मार्केटमा पनि लिन सक्छौं, आईपीओ भन्ने हुन्छ, कम्पनीले शेयर जारी गर्छ, त्यसलाई शेयर भनिन्छ’ एक टेलिभिजन संवादमा शेयरबजारका नेताले दिएको जवाफको छोटो अंश हो । वार्तालापको यस अंशबाट शेयरबजारमा सामान्य व्यक्तिलाई कसरी जोखीमको बलिवेदीमा होम्न आमन्त्रण गरिरहेका छन् स्वतः बुझ्न सकिन्छ । शेयरबजारमा केकस्ता विज्ञ र भ्रम छन् कसरी बहकाइएको छ यसै बारेमा केही सान्दर्भिक र सामयिक चर्चा गरिन्छ ।

संस्थापक नै अग्राधिकार

संसारभर साधारण तथा अग्राधिकार गरी २ प्रकारका शेयर हुन्छन् । तर, नेपालका शेयर नेताले अग्राधिकार शेयरको परिभाषा र प्रकृति नै परिवर्तन गरिदिएका छन् । शेयर भनिए पनि डिबेञ्चर वा बोण्डमा जस्तै निश्चित लाभ (ब्याज सरह) पहिले नै सुनिश्चित गरिएको हुने भएकाले एक प्रकारको ऋण हो । अग्राधिकार शेयर सञ्चित तथा असञ्चित, विमोच्य तथा अविमोच्य र परिवर्तनीय र अपरिवर्तनीय हुन्छन् । तर, शेयर नेताले भने यसलाई संस्थापकले धारण गरेको शेयरलाई अग्राधिकार भन्दै ‘पूर्वाधिकार’ नामकरण गरेर यसले साधारण शेयरले भन्दा बढी लाभांश पाउँछ भन्ने नयाँ ‘डक्ट्रिन’ बनाइदिएका छन् । यिनै नेताले सम्पत्तिमा प्रतिफल (रिटर्न अन एसेट) भनेको ‘कुल नाफालाई कुल सम्पत्तिले भाग गर्ने’ भनेर अर्को डक्ट्रिन पनि शुरू गरेका छन् । अनि बूक क्लोज सम्बन्धमा ‘बूक क्लोज मिति नगद लाभांश, बोनस शेयर र हकप्रद शेयर वितरणका लागि मात्र नभएर साधारणसभा प्रयोजनका लागि पनि तोकेको हुन सक्छ’ भनेर अर्को डक्ट्रिन पनि बनाएका छन् ।

जायजेथा बेचेर शेयर

राजनीतिमा झैं शेयरबजारमा पनि थरीथरीका नेता छन् । घरको हाँडाभाँडा, दोपाया–चौपाया र गरगहना लगायत सम्पूर्ण जायजेथा केही बाँकी नराखी बेचेर शेयर किन्नुपर्छ र बोनस राइट खानुपर्छ भन्न पनि पछि परेका छैनन् । शेयरमा लगानी गरेपछि सुतेर खान पाइने भन्दै प्रत्येक नागरिक दोस्रो बजारमा आएर शेयर किन्नैपर्छ भन्ने पनि कम छैनन् । तर, सुतेर खान पाइने शेयरमा लगानी गरेका शेयर नेताहरू दिन-दिनै दलीय नेताको दैलोमा भाउ बढाइदेऊ भन्दै रोइकराई पनि गरिरहेका छन् । अरूलाई सुतेर खान पुग्ने क्षेत्रमा ल्याउन लागेको नेताहरू सुतेर खान छोडेर किन भाउ बढाइदेऊ भन्दै दैलो-दैलो पुगेका होलान् छक्कलाग्दो छ ।

पहिले ठीक कि अहिले
 
थरि-थरिका नेताको सूचीमा अर्का एकजना शेयर नेताको चर्चा गर्नैपर्छ, यी नेताले केन्द्रीय बैङ्कले पूँजी वृद्धि गर्ने घोषणा गरेपछि विभिन्न बुँदा उल्लेख गर्दै शेयरबजारको गोल्डेन एरा (स्वर्णकाल) शुरू भएको भन्दै केन्द्रीय बैङ्कका गभर्नरलाई अहिलेसम्मका ‘डाइनामिक’ को उपमा दिएका थिए । अहिले यिनै नेता गभर्नरलाई सत्तोसराप गर्दै पूँजी वृद्धिको योजना ल्याएर राइटको भारी बोकाएर शेयरबजार बिगारेको आरोप लगाउँदै छन् । अब यी नेताले पहिला लेखेको तथा बोलेको र अहिले बोलेको मध्ये कुन गलत हो उनले स्पष्ट पार्लान् कि नपार्लान् ? पूँजी वृद्धि गर्न कम्पनीले उपलब्ध सबै वित्तीय उपकरण चलाउन सक्छन् र शेयरधनी त्यसमा सामेल हुने वा नहुने निर्णय गर्न पनि स्वतन्त्र छन् भन्ने यी नेतालाई ज्ञान नभएको हो त ?

वैकल्पिक लगानी किन
 
शेयरबजारप्रति नकारात्मक भनेर आरोप लागेका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा हेज फण्ड, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता वैकल्पिक लगानी प्रवद्र्धन गर्न नीतिगत व्यवस्था गरे । त्यसै अनुसार धितोपत्र बोर्डले मस्यौदा गरेको वैकल्पिक लगानी कोष नियमावलीका बारेमा एक शेयर नेताले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष हुँदाहुँदै किन वैकल्पिक लगानी कोष ल्याएको भन्ने हाँस उठ्दो टिप्पणी गरेका छन् । संसारबाट लगभग विलीन भइसकेको मार्केट मेकर बन्न सकिन्न भनेर नागरिक लगानी कोषले धेरै पहिले प्रतिवेदन तयार गरेको थियो, शेयर नेतालाई पत्तै छैन । आफ्नो पूँजी नभएको कर्मचारी सञ्चय कोषले कर्मचारीले तलब काटेर बचत गरेको रकम संस्थापक शेयर बाहेक जोखीमयुक्त असुरक्षित शेयरको दोस्रो बजारमा लगानी गर्न सिद्धान्ततः मिल्दैन भन्ने चेतना यी नेतालाई कहिले आउने होला ?

९ सय कि २५ सय
 
एकजना व्यक्तिले विगत केही समयदेखि इण्डेक्स ९ सयमा आउँछ भनेर शेयरबजार प्रदूषित पारिरहेका बेला एक शेयर नेताले आगामी वर्ष २५ सय पुग्ने अर्को ‘राजकीय घोषणा’ गरिदिएका छन् । यी दुई जनाको कुरा सुन्दा इण्डेक्स भन्ने चिज यिनकै गोजीमा रहेको र जतिबेला मन लाग्यो मिटरझैं घुमाएर फुत्त देखाउने हो कि जस्तो देखिएको छ । शेयरबजारको इण्डेक्स कति पुग्छ वा कति घट्छ भन्ने कुरा कहिले पनि अनुमान गर्न सकिन्न । कम्पनीले गुणात्मक फड्को मार्न नसकेमा शेयर मूल्यमा गिरावट आउँदा इण्डेक्समा पनि गिरावट आउँछ भने कम्पनीले गुणात्मक प्रगति गरेमा शेयर मूल्य बढ्दा इण्डेक्समा बढोत्तरी आउँछ । इण्डेक्स गणना कसरी हुन्छ, इण्डेक्सलाई कुन तत्त्वले प्रभाव पार्छ जस्ता कुरा बुझ्दै नबुझी इण्डेक्स यति पुग्छ र यतिमा घट्छ भन्नु बेकारको कुरा हो । हुन त नेपालको शेयरबजारमा अनौठो गतिविधिको कमी छैन । धितोपत्र बोर्डले सर्वसाधारण शेयर धारण गरेकालाई जबर्जस्ती संस्थापक बनाउने हकप्रद दर्ता गराएको छ । एकताका एउटा वाणिज्य बैङ्कका अध्यक्ष आफ्नो बैङ्कको शेयर मूल्य बढाई दिन अनुनय गर्दै नेप्से पुगेको चर्चा चेलेको थियो ।

प्रशिक्षकका विज्ञता

शेयर र शेयरबजारका बारेमा तालीम चलाउने प्रशिक्षक पनि शेयर नेता भन्दा केही कुरामा कम नभएको देख्दा यी दुईबीचको ‘नेक्सस’ बेजोड देखिन्छ । यस्ता प्रशिक्षक वासलात अध्ययन गर्न सिकाउने भन्छन् । तर, वासलातमा हुने शीर्षकको अनुसूची कहाँ हुन्छ थाहा पाउँदैनन् । ‘प्रिमियम’ र ‘स्वाप’ बाट प्राप्त भएको रकमलाई फ्री रिजर्भ (स्वतन्त्र जगेडा) भन्दै स्वतन्त्र जगेडा वा सञ्चित मुनाफा कहाँ हुन्छ र कसरी सृजना हुन्छ समेत थाहा पाएका छैनन् । अझ सञ्चित घाटाका बारेमा त जान्दै जान्दैनन् । वासलातको अभिन्न अङ्ग नाफा-नोक्सान हिसाब र नाफा-नोक्सान बाँडफाँट हिसाब सम्बन्धी विवरण वार्षिक प्रतिवेदनमा कहाँ हुन्छ थाहै पाएका छैनन् । शेयर र शेयरबजारको प्रशिक्षणमा यसको अन्तर्वस्तुमा प्रवेशै नगरी शुरूको अनुच्छेदको पहिलो वाक्यमा शेयर नेताले बोलेकै शब्द बोलेर प्रशिक्षण सक्छन् ।

समाचारको कुरा
 
शेयर नेताको चर्चापछि शेयरबजारका बारेमा लेख्ने विभिन्न नामधारी अनलाइनको चर्चा गरौं । दोस्रो अनुच्छेदको अन्तिममा भएको वाक्यांशको जस्तै ‘बोनसका लागि बूक क्लोज हुँदै छ’ भन्ने समाचार लेख्ने असङ्ख्य अनलाइन अग्रपङ्क्तिमा छन् । यिनले कहिले पनि साधारणसभाका लागि बूक क्लोज हुँदै छ भन्ने लेख्न जानेनन् । बूक क्लोज साधारणसभाका लागि भएको हो र बोनस साधारणसभाको एउटा प्रस्ताव मात्र हो भन्ने कहिल्यै बुझेनन् । हकप्रद शेयर जारी गर्न गरिएको बूक क्लोजलाई चाहिँ हकप्रदका लागि भन्न मिल्छ ।

जेलसजाय
 
नेपालमा पनि आफ्नो नामको फेसबूक पृष्ठ र ब्लगमार्फत भ्रामक कुराको प्रचार राम्रैसँग भएको देख्न सकिन्छ । बहकाउने र गलत तरीकाले बजारलाई प्रभाव पारेको आरोपमा बङ्गलादेशको क्यापिटल मार्केट ट्राइबुनलले महबुब सरवर नामक एक व्यक्तिलाई २ वर्ष तथा विक्ली इण्डष्ट्रीका सम्पादक इनायत करिमलाई ३ वर्षको जेलसजाय सुनाएको प्रसङ्ग यहाँ सान्दर्भिक हुन्छ ।

अन्त्यमा हाम्रै केन्द्रीय बैङ्कका गभर्नरको नेता शैलीमा ‘भोलिको दिनमा बजार बढ्छ, बढ्नैपर्छ, अब बजार बढ्छ बढ्छ, नबढी धरै छैन’ भन्ने अभिव्यक्ति आउनु खेदजनक हो । गभर्नरले शेयरबजार हेर्ने होइन, बैङ्किङ र भुक्तानी प्रणालीको विकास गर्ने हो भनेर बुझ्न आवश्यक छ ।

 यस आलेखमा आएका टिप्पणी 

शेयरबजारको इण्डेक्स कति पुग्छ वा कति घट्छ भन्ने कुरा कहिले पनि अनुमान गर्न सकिन्न | - महेश रिजाल

यो लेखको अध्ययन पछी सम्पूर्ण शेयर नेता, शेयर सम्बन्धी जानकार लेखक र आर्थिक नीति निर्माता सबैको आँखा खुल्ने छ। अब बोल्नु, विश्लेषण गर्नु र लेख्नु पूर्व  एक \पटक सोच्ने छन | - राजकुमार कार्की 

अभियान दैनिकमा २०७५ भाद्र १२ गते प्रकाशित 
http://www.abhiyan.com.np/?p=273025



Saturday, September 1, 2018

प्रमाण

प्रमाण

भारतीय दर्शन में प्रमाण उसे कहते हैं जो सत्य ज्ञान करने में सहायता करे। अर्थात् वह बात जिससे किसी दूसरी बात का यथार्थ ज्ञान हो। प्रमाण न्याय का मुख्य विषय है। 'प्रमा' नाम है यथार्थ ज्ञान का। यथार्थ ज्ञान का जो करण हो अर्थात् जिसके द्वारा यथार्थ ज्ञान हो उसे प्रमाण कहते हैं। गौतम ने चार प्रमाण माने हैं- प्रत्यक्ष, अनुमान, उपमान और शब्द


परिचय

प्रमाणका लक्षण

'यथार्थ अनुभव' को 'प्रमा' कहते हैं। 'स्मृति' तथा 'संशय' आदि को 'प्रमा' नहीं मानते। अतएव अज्ञात तत्त्व के अर्थज्ञान को 'प्रमा' कहा है। इस अनधिगत अर्थ के ज्ञान के उत्पन्न करने वाला करण 'प्रमाण' है। इसी को शास्त्रदीपिका में कहा है--
कारणदोषबाधकज्ञानरहितम् अगृहीतग्राहि ज्ञानं प्रमाणम् ।
अर्थात जिस ज्ञान में अज्ञात वस्तु का अनुभव हो, अन्य ज्ञान से वाधित न हो एवं दोष रहित हो, वही 'प्रमाण' है।

प्रमाण के भेद

इंद्रियों के साथ संबंध होने से किसी वस्तु का जो ज्ञान होता है वह प्रत्यक्ष है। लिंग (लक्षण) और लिंगी दोनों के प्रत्यक्ष ज्ञान से उत्पन्न ज्ञान को अनुमान कहते हैं। किसी जानी हुई वस्तु के सादृश्य द्वारा दूसरी वस्तु का ज्ञान जिस प्रमाण से होता है वह उपमान कहलाता है। जैसे, गाय के सदृश ही नील गाय होती है। आप्त या विश्वासपात्र पुरुष की बात को शब्द प्रमाण कहते हैं। 

इन चार प्रमाणों के अतिरिक्त मीमांसक, वेदांती और पौराणिक चार प्रकार के और प्रमाण मानते हैं—ऐतिह्य, अर्थापत्ति, संभव और अनुपलब्धि या अभाव। जो बात केवल परंपरा से प्रसिद्ध चली आती है वह जिस प्रमाण से मानी जाती है उसको ऐतिह्य प्रमाण कहते हैं। जिस बात से बिना किसी देखी या सुनी बात के अर्थ में आपत्ति आती हो उसके लिये अर्थापत्ति प्रमाण हैं। जैसे, मोटा देवदत्त दिन को नहीं खाता, यह जानकर यह मानना पड़ता है कि देवदत्त रात को खाता है क्योंकि बिना खाए कोई मोटा हो नहीं सकता। व्यापक के भीतर व्याप्य—अंगी के भीतर अंग—का होना जिस प्रमाण से सिद्ध होता है उसे संभव प्रमाण कहते हैं। जैसे, सेर के भीतर छटाँक का होना। किसी वस्तु का न होना जिससे सिद्ध होता है वह अभाव प्रमाण है। जैसे चूहे निकलकर बैठे हुए हैं इससे बिल्ली यहाँ नहीं है। पर नैयायिक इन चारों को अलग प्रमाण नहीं मानते, अपने चार प्रमाणों के अंतर्गत मानते हैं।
भारतीय दर्शन के विभिन्न सम्प्रदायों में प्रमाणों की संख्या भिन्न-भिन्न है। किन-किन दर्शनों में कौन-कौन प्रमाण गृहीत हुए हैं यह नीचे दिया जाता है-
  • चार्वाक - केवल प्रत्यक्ष प्रमाण
  • बौद्ध - प्रत्यक्ष और अनुमान
  • सांख्य - प्रत्यक्ष, अनुमान और आगम (शाब्द)
  • पातंजल - प्रत्यक्ष, अनुमान और आगम (शाब्द)
  • वैशेषिक - प्रत्यक्ष और अनुमान
  • रामानुज पूर्णप्रज्ञ - प्रत्यक्ष, अनुमान और आगम (शाब्द)
  • भाट्टमत में 'प्रमाण' के छः भेद हैं-- प्रत्यक्ष, अनुमान, उपमान, शब्द, अर्थातपत्ति तथा अनुपलब्धि या अभाव।

प्रत्यक्ष

इनमें से आत्मा, मन और इंद्रिय का संयोग रूप जो ज्ञान का करण वा प्रमाण है वही प्रत्यक्ष है। वस्तु के साथ इंद्रिय- संयोग होने से जो उसका ज्ञान होता है उसी को 'प्रत्यक्ष' कहते हैं। यह प्रमाण सबसे श्रेष्ठ माना जाता है।
गौतम ने न्यायसूत्र में कहा है कि इंद्रिय के द्वारा किसी पदार्थ का जो ज्ञान होता है, वही प्रत्यक्ष है। जैसे, यदि हमें सामने आग जलती हुई दिखाई दे अथवा हम उसके ताप का अनुभव करें तो यह इस बात का प्रत्यक्ष प्रमाण है कि 'आग जल रही है'। इस ज्ञान में पदार्थ और इंद्रिय का प्रत्यक्ष संबंध होना चाहिए। यदि कोई यह कहे कि 'वह किताब पुरानी है' तो यह प्रत्यक्ष प्रमाण नहीं है; क्योंकि इसमें जो ज्ञान होता है, वह केवल शब्दों के द्वारा होता है, पदार्थ के द्वारा नहीं, इसिलिये यह शब्द प्रमाण के अंतर्गत चला जायगा। पर यदि वही किताब हमारे सामने आ जाय और मैली कुचैली या फटी हुई दिखाई दे तो हमें इस बात का अवश्य प्रत्यक्ष ज्ञान हो जायगा कि 'यह किताब पुरानी है'। 

प्रत्यक्ष ज्ञान किसी के कहे हुए शब्दों द्वारा नहीं होता, इसी से उसे 'अव्यपदेश्य' कहते हैं। प्रत्यक्ष को अव्यभिचारी इसलिये कहते हैं कि उसके द्वारा जो वस्तु जैसी होती है उसका वैसा ही ज्ञान होता है। कुछ नैयायिक इस ज्ञान के करण को ही प्रमाण मानते हैं। उनके मत से 'प्रत्यक्ष प्रमाण' इंद्रिय है, इंद्रिय से उत्पन्न ज्ञान 'प्रत्यक्ष ज्ञान' है। पर अव्यपदेश्य पद से सूत्रकार का अभिप्राय स्पष्ट है कि वस्तु का जो निर्विकल्पक ज्ञान है वही प्रत्यक्ष प्रमाण है।
नवीन ग्रंथकार दोनों मतों को मिलाकर कहते हैं कि प्रत्यक्ष ज्ञान के करण (अर्थात प्रत्यक्ष प्रमाण) तीन हैं
  • (१) इंद्रिय,
  • (२) इंद्रिय का संबंध और
  • (३) इंद्रियसंबंध से उत्पन्न ज्ञान
पहली अवस्था में जब केवल इंद्रिय ही करण हो तो उसका फल वह प्रत्यक्ष ज्ञान होगा जो किसी पदार्थ के पहले पहल सामने आने से होता है। जैसे, वह सामने कोई चीज दिखाई देती है। इस ज्ञान को 'निर्विकल्पक ज्ञान' कहते हैं। दूसरी अवस्था में यह जान पड़ता है कि जो चीज सामने है, वह पुस्तक है। यह 'सविकल्पक ज्ञान' हुआ। इस ज्ञान का कारण इंद्रिय का संबंध है। जब इंद्रिय के संबंध से उत्पन्न ज्ञान करण होता है, तब यह ज्ञान कि यह किताब अच्छी है अथवा बुरी है, प्रत्यक्ष ज्ञान हुआ। यह प्रत्यक्ष ज्ञान ६ प्रकार का होता है -
(१) चाक्षुष प्रत्यक्ष, जो किसी पदार्थ के सामने आने पर होता है। जैसे, यह पुस्तक नई है।
(२) श्रावण प्रत्यक्ष, जैसे, आँखें बंद रहने पर भी घंटे का शब्द सुनाई पड़ने पर यह ज्ञान होता है कि घंटा बजा

(३) स्पर्श प्रत्यक्ष, जैसे बरफ हाथ में लेने से ज्ञान होता है कि वह बहुत ठंढी है।

(४) रसायन प्रत्यक्ष, जैसे, फल खाने पर जान पड़ता है कि वह मीठा है अथवा खट्टा है।

(५) घ्राणज प्रत्यक्ष, जैसे, फूल सूँघने पर पता लगता है कि वह सुगंधित है। और

(६) मानस प्रत्यक्ष जैसे, सुख, दुःख, दया आदि का अनुभव।

अनुमान

प्रत्यक्ष को लेकर जो ज्ञान (तथा ज्ञान के कारण) को अनुमान कहते हैं। जैसे, हमने बराबर देखा है कि जहाँ धुआँ रहता है वहाँ आग रहती है। इसी को नैयायिक 'व्याप्ति ज्ञान' कहते हैं जो अनुमान की पहली सढी़ है। हमने कहीं धूआँ देखा जो आग कि जिस धूएँ के साथ सदा हमने आग देखी है वह यहाँ हैं। इसके अनंतर हमें यह ज्ञान या अनुमान उत्पन्न हुआ कि 'यहाँ आग है'। अपने समझने के लिये तो उपयुक्त तीन खंड काफी है पर नैयायिकों का कार्य है दूसरे के मन में ज्ञान कराना, इससे वे अनुमान के पाँच खंड करते हैं जो 'अवयव' कहलाते हैं।
  • (१) प्रतिरा—साध्य का निर्देश करनेवाला अर्थात् अनुमान से जो बात सिद्ध करना है उसका वर्णन करनेवाला वाक्य, जैसे, यहाँ पर आग है।
  • (२) हेतु—जिस लक्षण या चिह्न से बात प्रमाणित की जाती है, जैसे, क्योंकि यहाँ धुआँ है।
  • (३) उदाहरण—सिद्ध की जानेवाली वस्तु बतलाए हुए चिह्न के साथ जहाँ देखी गई है उसा बतानेवाला वाक्य। जैसे,— जहाँ जहाँ धूआँ रहता है वहाँ वहाँ आग रहती है, जैसे 'रसोईघर में'।
  • (४) उपनय—जो वाक्य बतलाए हुए चिह्न या लिंग का होना प्रकट करे, जैसे, 'यहाँ पर धूआँ है'।
  • (५) निगमन—सिद्ध की जानेवाली बात सिद्ध हो गई यह कथन।
अतः अनुमान का पूरा रूप यों हुआ— यहाँ पर आग है (प्रतिज्ञा)। क्योकि यहाँ धूआँ है (हेतु)। जहाँ जहाँ धूआँ रहता है वहाँ वहाँ आग रहती है, 'जैसे रसोई घर में' (उदारहण)। यहाँ पर धूआँ है (उपनय)। इसीलिये यहाँ पर आग है (निगमन)। साधारणतः इन पाँच अवयवों से युक्त वाक्य को न्याय कहते हैं।
नवीन नैयायिक इन पाँचों अवयवों का मानना आवश्यक नहीं समझते। वे प्रमाण के लिये प्रतिज्ञा, हेतु और दृष्टांत इन्हीं तीनों को काफी समझते हैं। मीमांसक और वेदांती भी इन्हीं तीनों को मानते हैं। बौद्ध नैयायिक दो ही मानते हैं, प्रतिज्ञा और हेतु। 'दुष्ट हेतु' को हेत्वाभास कहते हैं पर इसका प्रमाण गौतम ने प्रमाण के अंतर्गत न कर इसे अलग पदार्थ (विषय) मानकर किया है। इसी प्रकार छल, जाति, निग्रहस्थान इत्यादि भी वास्तव में हेतुदोष ही कहे जा सकते हैं। केवल हेतु का अच्छी तरह विचार करने से अनुमान के सब दोष पकडे़ जा सकते हैं और यह मालूम हो सकता है कि अनुमान ठीक है या नहीं।

उपमान

गौतम का तीसरा प्रमाण 'उपमान' है। किसी जानी हुई वस्तु के सादृश्य से न जानी हुई वस्तु का ज्ञान जिस प्रमाण से होता है वही उपमान है। जैसे, नीलगाय गाय के सदृश होती है। किसी के मुँह से यह सुनकर जब हम जंगल में नीलगाय देखते हैं तब चट हमें ज्ञान हो जाता है कि 'यह नीलगाय है'। इससे प्रतीत हुआ कि किसी वस्तु का उसके नाम के साथ संबंध ही उपमिति ज्ञान का विषय है। वैशेषिक और बौद्ध नैयायिक उपमान को अलग प्रमाण नहीं मानते, प्रत्यक्ष और शब्द प्रमाण के ही अंतर्गत मानते हैं। वे कहते हैं कि 'गो के सदृश गवय होता है' यह शब्द या आगम ज्ञान है क्योंकि यह आप्त या विश्वासपात्र मनुष्य कै कहे हुए शब्द द्वारा हुआ फिर इसके उपरांत यह ज्ञान क्रि 'यह जंतु जो हम देखते हैं गो के सदृश है' यह प्रत्यक्ष ज्ञान हुआ। इसका उत्तर नैयायिक यह देते हैं कि यहाँ तक का ज्ञान तो शब्द और प्रत्यक्ष ही हुआ पर इसके अनंतर जो यह ज्ञान होता है कि 'इसी जंतु का नाम गवय है' वह न प्रत्यक्ष है, न अनुमान, न शब्द, वह उपमान ही है। उपमान को कई नए दार्शनिकों ने इस प्रकार अनुमान कै अंतर्गत किया है। वे कहते हैं कि 'इस जंतु का नाम गवय हैं', 'क्योंकि यह गो के सदृश है' जो जो जंतु गो के सदृश होते है उनका नाम गवय होता है। पर इसका उत्तर यह है कि 'जो जो जंतु गो के सदृश्य होते हैं वे गवय हैं' यह बात मन में नहीं आती, मन में केवल इतना ही आता हैं कि 'मैंने अच्छे आदमी के मुँह से सुना है कि गवय गाय के सदृश होता है ?'

शब्द

चौथा प्रमाण है - शब्द। सूत्र में लिखा है कि आप्तोपदेश अर्थात आप्त पुरुष का वाक्य शब्दप्रमाण है। भाष्यकार ने आप्तपुरुष का लक्षण यह बतलाया है कि जो साक्षात्कृतधर्मा हो, जैसा देखा सुना (अनुभव किया) हो ठीक ठीक वैसा ही कहनेवाला हो, वही आप्त है, चाहे वह आर्य हो या म्लेच्छ। गौतम ने आप्तोपदेश के दो भेद किए हैं— दृष्टार्थ और अदृष्टार्थ। प्रत्यक्ष जानी हुई बातों को बतानेवाला दृष्टार्थ और केवल अनुमान से जानी जानेवाली बातों (जैसे स्वर्ग, अपवर्ग, पुनर्जन्न इत्यादि) को बतानेवाला अदृष्टार्थ कहलाता है। इसपर भाष्य करते हुए वात्स्यान ने कहा है कि इस प्रकार लौकिक और ऋषि— वाक्य (वैदिक) का विभाग हो जाता है अर्थात् अदृष्टार्थ मे केवल वेदवाक्य ही प्रमाण कोटि में माना जा सकता है। नैयायिकों के मत से वेद ईश्वरकृत है इससे उसके वाक्य सदा सत्य और विश्वसनीय हैं पर लौकिक वाक्य तभी सत्य माने जा सकते हैं। जब उनका कहनेवाला प्रामाणिक माना जाय। सूत्रों में वेद के प्रामाण्य के विषय में कई शंकाएँ उठाकर उनका समाधान किया गया है। मीमांसक ईश्वर को नहीं मानते पर वे भी वेद को अपौरुषेय और नित्य मानते हैं। नित्य तो मीमांसक शब्द मात्र को मानते हैं और शब्द और अर्थ का नित्य संबंध बतलाते हैं। पर नैयायिक शब्द का अर्थ के साथ कोई नित्य संबंध नहीं मानते। वाक्य का अर्थ क्या है, इस विषय में बहुत मतभेद है। मीमांसकों के मत से नियोग या प्रेरणा ही वाक्यार्थ है—अर्थात् 'ऐसा करो', 'ऐसा न करो' यही बात सब वाक्यों से कही जाती है चाहे साफ साफ चाहे ऐसे अर्थवाले दूसरे वाक्यों से संबंध द्वारा। पर नैयायिकों के मत से कई पदों के संबंध से निकलनेवाला अर्थ ही वाक्यार्थ है। परंतु वाक्य में जो पद होते हैं वाक्यार्थ के मूल कारण वे ही हैं। न्यायमंजरी में पदों में दो प्रकार की शक्ति मानी गई है—प्रथम अभिधात्री शक्ति जिससे एक एक पद अपने अपने अर्थ का बोध कराता है और दूसरी तात्पर्य शक्ति जिससे कई पदों के संबंध का अर्थ सूचित होता है। शक्ति के अतिरिक्त लक्षणा भी नैयायिकों ने मानी है। आलंकारिकों ने तीसरी वृत्ति व्यंजना भी मानी है पर नैयायिक उसे पृथक् वृत्ति नहीं मानते। सूत्र के अनुसार जिन कई अक्षरों के अंत में विभक्ति हो वे ही पद हैं और विभक्तियाँ दो प्रकार की होती हैं—नाम विभक्ति और आख्यात विभक्ति। इस प्रकार नैयायिक नाम और आख्यात दो ही प्रकार के पद मानते हैं। अव्यय पद को भाष्यकार ने नाम के ही अंतर्गत सिद्ध किया है। न्याय में ऊपर लिखे चार ही प्रमाण माने गए हैं। मीमांसक और वेदांती अर्थापत्ति, ऐतिह्य, संभव और अभाव ये चार और प्रमाण कहते हैं। नैयायिक इन चारों को अपने चार प्रमाणों के अंतर्गत मानते हैं।

अर्थापत्ति

दृष्ट या श्रुत विषय की उपपत्ति जिस अर्थ के बिना न हो, उस अर्थ के ज्ञान को 'अर्थापत्ति' कहते हैं। जैसे--देवदत्त दिन में कुछ भी नहीं खाता, फिर भी खूब मोटा है'। इस वाक्य में 'न खाना तथापि मोटा होना' इन दोनों कथनों में समन्वय की उपपत्ति नहीं होती। अत: उपपत्ति के लिए 'रात्रि में भोजन करता है' यह कल्पना की जाती है। इस कथन से यह स्पष्ट हो गया कि 'यद्यपि दिन में वह नहीं खाता, परन्तु रात्रि में खाता है'। अतएव देवदत्त मोटा है। यहाँ पर प्रथम वाक्य में उपपत्ति लाने के लिए, 'रात्रि में खाता है' यह कल्पना स्वयं की जाती है। इसी को 'अर्थापत्ति' कहते हैं।

अर्थापत्ति के भेद

यह दो प्रकार की है--'दृष्टार्थापत्ति', जैसे --ऊपर के उदाहरण में, तथा 'श्रुतार्थापत्ति' । जैसे- सुनने में आता है कि देवदत्त जो जीवित है, घर में नहीं हैं। इस से 'देवदत्त कहीं और स्थान में है' इसकी कल्पना करना 'अर्थापत्ति' है। अन्यथा 'जीवित होकर घर में नहीं रहना' इन दोनों बातों में समन्वय नहीं हो सकता।
प्रभाकर का मत है कि किसी भी प्रमाण से ज्ञात विषय की उपपत्ति के लिए 'अर्थापत्ति' हो सकती है, केवल दृष्ट और श्रुत ही से नहीं। यह बात साधारण रूप से प्रत्यक्ष आदि प्रमाणों से सिद्ध नहीं होता, तस्मात् 'अर्थापत्ति' का नाम का एक भिन्न 'प्रमाण' मीमांसक मानते हैं।

अनुपलब्धि या अभाव

अभावप्रमाण -- प्रत्यक्ष आदि प्रमाणों के द्वारा जब किसी वस्तु का ज्ञान नहीं होता, तब 'वह वस्तु नहीं है' इस प्रकार उस वस्तु के 'अभाव' का ज्ञान हमें होता है। इस 'अभाव' का ज्ञान इन्द्रियसन्निकर्ष आदि के द्वारा तो हो नहीं सकता, क्योंकि इन्द्रियसन्निकर्ष 'भाव' पदार्थों के साथ होता है। अतएव 'अनुपलब्धि', या 'अभाव' नाम के एक ऐसे स्वतन्त्र प्रमाण को मीमांसक मानते हैं, जिसके द्वारा किसी वस्तु के 'अभाव' का ज्ञान हो। यह तो मीमांसकों का एक साधारण मत है। किन्तु प्रभाकर इसे नहीं स्वीकार करते। उनका कथन है कि जितने 'प्रमाण' है, सब के अपने-अपने स्वतन्त्र 'प्रमेय' हैं, किन्तु 'अभाव' प्रमाण का कोई भी अपना 'विषय' नहीं है। जैसे--'इस भूमि पर घट नहीं है', इस ज्ञान में यदि वहाँ घट होता, तो भूतल के समान उसका भी ज्ञान होता, किन्तु ऐसा नहीं है। फिर हम देखते हैं 'केवल भूमि', जिस का ज्ञान हमें प्रत्यक्ष से होता है। वस्तुत: 'अभाव' का अपना स्वरूप तो कुछ भी नही है। वह तो जहाँ रहता है, उसी आधार के साथ कहा जाता है। इसलिए यथार्थ में भूतल के ज्ञान के अतिरिक्त 'घट नहीं है' इस प्रकार का ज्ञान होता ही नहीं। अतएव 'अभाव' अधिकरण स्वरूप ही है। इस का पृथक् अस्तित्व नहीं है।

सम्भवप्रमाण

कुमारिल ने 'सम्भव' की चर्चा की है। जैसे--'एक सेर दूध में आधा सेर दूध तो अवश्य है'; अर्थात् एक सेर होने में सन्देह हो सकता है, किन्तु उसके आधा सेर होने में तो कोई भी सन्देह नहीं हो सकता। इसे ही 'सम्भव' का नाम का प्रमाण 'पौराणिकों' ने माना है। कुमारिल ने इस 'अनुमान' के अन्तर्गत माना है।

ऐतिह्यप्रमाण

'एतिह्य' का भी उल्लेख कुमारिल ने किया है। जैसे 'इस वट के वृक्ष पर भूत रहता है'। यह वृद्ध लोग कहते आये हैं। अत: यह भी एक स्वतन्त्र प्रमाण है। परन्तु इस कथन की सत्यता का निर्णय नहीं हो सकता, अतएव यह प्रमाण नहीं है। यदि प्रमाण है तो यह 'आगम' के अन्तर्भूत है। किन्तु इन दोनों को अन्य मीमांसकों की तरह कुमारिल ने भी स्वीकार नहीं किया।

प्रतिभाप्रमाण

'प्रतिभा' अर्थात् 'प्रातिभज्ञान' सदैव सत्य नहीं होता, अतएव इसे भी मीमांसक लोग प्रमाण के रूप में नहीं स्वीकार करते।
ऊपर के विवरण से स्पष्ट हो गया होगा कि प्रमाण ही न्यायशास्त्र का मुख्य विषय है। इसी से 'प्रमाणप्रवीण', 'प्रमाणकुशल' आदि शब्दों का व्यवहार नैयायिक या तार्किक के लिये होता है।

प्रमेय

प्रमाण का विषय (जिसे प्रमाणित किया जाय) प्रमेय कहलाता है। ऐसे विषय न्याय के अन्तर्गत बारह गिनाए गए हैं—
  • (१) आत्मा—सब वस्तुओं का देखनेवाला, भोग करनेवाला, जाननेवाला और अनुभव करनेवाला।
  • (२) शरीर—भोगो का आयतन या आधार।
  • (३) इंद्रियाँ—भोगों के साधन।
  • (४) अर्थ—वस्तु जिसका भोग होता है।
  • (५) बुद्धि—भोग।
  • (६) मन—अंतःकरण अर्थात् वह भीतरी इंद्रिय जिसके द्वारा सब वस्तुओं का ज्ञान होता है।
  • (७) प्रवृत्ति—वचन, मनऔर शरीर का व्यापार।
  • (८) दोष—जिसके कारण अच्छे या बुरे कामों में प्रवृत्ति होती है।
  • (९) प्रेत्यभाव—पुनर्जन्म।
  • (१०) फल—सुख दुःख का संवेदन या अनुभव।
  • (११) दुःख—पीडा़, क्लेश।
  • (१२) अपवर्ग—दुःख से अत्यंत निवृत्ति या मुक्ति।
इस सूची से यह न समझना चाहिए कि इन वस्तुओं के अतिरिक्त और प्रमेय (प्रमाण के विषय) हो ही नहीं सकते। प्रमाण के द्वारा बहुत सी बातें सिद्ध की जाती हैं। पर गौतम ने अपने सूत्रों में उन्हीं बातों पर विचार किया है जिनके ज्ञान से अपवर्ग या मोक्ष की प्राप्ति हो। न्याय में इच्छा, द्वेष, प्रयत्न, सुख दुःख और ज्ञान ये आत्मा के लिंग (अनुमान के साधन चिह्न या हेतु) कहे गए हैं, यद्यपि शरीर, इंद्रिय और मन से आत्मा पृथक् मानी गई है। वैशेषिक में भी इच्छा, द्वेष सुख, दुःख आदि को आत्मा का लिंग कहा है। शरीर, इंद्रिय और मन से आत्मा के पृथक् होने के हेतु गौतम ने दिए हैं। वेदांतियों के समान नैयायिक एक ही आत्मा नहीं मानते, अनेक मानते हैं। सांख्यवाले भी अनेक पुरुष मानते हैं पर वे पुरुष को अकर्ता और अभोक्ता, साक्षी वा द्रष्टा मात्र मानते हैं। नैयायिक आत्मा को कर्ता, भोक्ता आदि मानते हैं। संसार को रचनेवाली आत्मा ही ईश्वर है। न्याय में आत्मा के समान ही ईश्वर में भी संख्या, परिमाण, पृथक्त्व, संयोग, विभाग, इच्छा, बुद्धि प्रयत्न ये गुण माने गए हैं पर नित्य करके। न्यायमंजरी में लिखा है कि दुःख, द्वेष और संस्कार को छोड़ और सब आत्मा के गुण ईश्वर में हैं।
बहुत से लोग शरीर को पाँचों भूतों से बना मानते हैं पर न्याय में शरीर केवल पृथ्वी के परमाणुओं से घटित माना गया है। चेष्टा, इंद्रिय और अर्थ के आश्रय को शरीर कहते हैं। जिस पदार्थ से सुख हो उसके पाने और जिससे दुःख हो उसे दूर करने का व्यापार चेष्टा है। अतः शरीर का जो लक्षण किया गया है उसके अंतर्गत वृक्षों का शरीर भी आ जाता है। पर वाचस्पति मिश्र ने कहा है कि यह लक्षण वृक्षशरीर में नहीं घटता, इससे केवल मनुष्यशरीर का ही अभिप्राय समझना चाहिए। शंकर मिश्र ने वैशेषिक सूत्रोपस्कार में कहा है कि वृक्षों को शरीर है पर उसमें चेष्टा और इंद्रियाँ स्पष्ट नहीं दिखाई पड़तीं इससे उसे शरीर नहीं कह सकते। पूर्वजन्म में किए कर्मों के अनुसार शरीर उत्पन्न होता है। पाँच भूतों से पाँचों इंद्रियों की उत्पत्ति कही गई है। घ्राणेंद्रिय से गंध का ग्रहण होता है, इससे वह पृथ्वी से बनी है। रसना जल से बनी है क्योकि रस जल का ही गुण है। चक्षु तेज से बना हैं क्योकि रूप तेज का ही गुण है। त्वक् वायु से बना है क्योंकि स्पर्श वायु का गुण है। श्रोत्र आकाश से बना है क्योंकि शब्द आकाश का गुण है। बौद्धों के मत से शरीर में इंद्रियों के जो प्रत्यक्ष गोलक देखे जाते हैं उन्हीं को इंद्रियाँ कहते हैं। (जैसे, आँख की पुतली, जीभ इत्यादि); पर नैयायिकों के मत से जो अंग दिखाई पड़ते हैं वे इंद्रियों के अधिष्ठान मात्र हैं, इंद्रियाँ नहीं हैं। इंद्रियों का ज्ञान इँद्रियों द्वारा नहीं हो सकता। कुछ लोग एक ही त्वग् इंद्रिय मानते हैं। न्याय में उनके मत का खंडन करके इंद्रियों का नानात्व स्थापित किया गया है। सांख्य में पाँच कर्मेद्रियाँ और मन लेकर ग्यारह इंद्रियाँ मानी गई हैं। न्याय में कर्मेंद्रियाँ नहीं मानी गई हैं पर मन एक करण और अणुरूप माना गया है। यदि मन सूक्ष्म न होकर व्यापक होता तो युगपद ज्ञान संभव होता, अर्थात् अनेक इंद्रियों का एक क्षण में एक साथ संयोग होने से उन सबके विषयों का एक साथ ज्ञान होता। पर नैयायिक ऐसा नहीं मानते। गंध, रस, रूप, स्पर्श और शब्द ये पाँचों भूतों के गुण और इंद्रियों के अर्थ या विषय़ हैं।
न्याय में बुद्धि को ज्ञान या उपलब्धि का ही दूसरा नाम कहा है। सांख्य में बुद्धि नित्य कही गई है पर न्याय में अनित्य। वैशेषिक के समान न्याय भी परमाणुवादी है अर्थात् परमाणुओं के योग से सृष्टि मानता है।
प्रमेयों के संबंध में न्याय और वैशेषिक के मत प्रायः एक ही हैं इससे दर्शन में दोनों के मत न्याय मत कहे जाते हैं। वात्स्यायन ने भी भाष्य में कह दिया है कि जिन बातों को विस्तार-भय से गौतम ने सूत्रों में नहीं कहा है उन्हें वैशेषिक से ग्रहण करना चाहिए।
ऊपर जो कुछ लिखा गया है उससे प्रकट हो गया होगा कि गौतम का न्याय केवल विचार या तर्क के नियम निर्धारित करनेवाला शास्त्र नहीं है बल्कि प्रमेयों का भी विचार करनेवाला दर्शन है। पाश्चात्य लाजिक (तर्कशास्त्र) से यही इसमें भेद हैं। लाजिक, दर्शन के अंतर्गत नहीं लिया जाता पर न्याय, दर्शन है। यह अवश्य है कि न्याय में प्रमाण या तर्क की परीक्षा विशेष रूप से हुई है।

प्रामाण्यवाद का महत्व

न्यायशास्त्र तथा मीमांसाशास्त्र में 'प्रामाण्यवाद' सब से कठिन विषय कहा जाता है। मिथिला में विद्वन्मण्डली में प्रसिद्ध है कि १४वीं सदी में एक समय एक बहुत बड़े विद्वान् और कवि किसी अन्य प्रान्त से मिथिला के महाराज की सभा में आये। उनकी कवित्वशक्ति और विद्वत्ता से सभी चकित हुए। वह मिथिला में रह कर 'प्रामाण्यवाद' का विशेष अध्ययन करने लगे। कुछ दिनों के पश्चात् महाराज ने उनसे एक दिन नवीन कविता सुनाने के लिए कहा, तो बहुत देर सोचने के बाद उन्होने एक कविता की रचना की--
नम: प्रामाण्यवादाय मत्कवित्वापहारिणे'।
इसकी दूसरी पंक्ति की पूर्ति करने में उन्होंने अपनी असमर्थता प्रकट की। वास्तव में 'प्रामाण्यवाद' बहुत कठिन है और इसके अध्ययन करने वालों का ध्यान और कहीं नहीं जा सकता है।