Monday, January 28, 2019

तामाकोशी आयोजना : राज्यलाई फाइदैफाइदा, शेयरधनीलाई.........? भाग - २

बिजुलीका केहि शब्दसँग चिनजान

केहि समय अघि शेयरबजारका नेताहरुले १८ करोड प्रतिमेगावाट भन्दा बढी लागत भएको जलविद्युत कम्पनीलाई शेयर जारी गर्न रोक लगाउने हास्यास्पद माग राखेर विभिन्न निकाय धाएर जग हसाए । त्यस्तै रेटिंगमा ५ अंक पाएका कम्पनीलाई पनि यस्तै रोक लगाउन अर्को हास्यास्पद माग पनि राखेका थिए र नेपाल धितोपत्र वोर्डले पनि साक्षी किनारामा सहि छाप गरेर अहिले सोहि बमोजिम निर्देशन दिएको छ रेटिंगको बारेमा छुट्टै चर्चा कुनै समयमा गर्दै गरौला तर अहिले मेगावाटकै विषयमा केन्द्रित हौँ 

मेगावाटको कुरा गरिहाल्नु अघि विद्युत क्षेत्रमा सुनिने वाटकिलोवाट र युनिट’ सँग सामान्य चिनजान गरौँ | ‘वाट’ भनेको उपयोग गरिने २०१ सयवा १ हजार वाट विद्युत शक्ति हो हरेक विद्युतीय उपकरणमा कति वाट क्षमता खपत गर्छ लेखिएको हुन्छ भात पकाउने राइस कुकरको क्षमता १ हजार वाटआइरनको ७ सय ५० वाटहिटरको २ हजार वाट हुनसक्छ विद्युतीय उपकरणको क्षमता मापन गर्ने वाट सानो इकाई हो वाट-वाट मिलेर किलोवाट बन्छ १ हजार वाट’ को १ किलोवाट हुन्छ १ हजार किलोवाट’ को १ मेगावाट हुन्छ १ मेगावाट भनेको १ हजार किलोवाट हो कुनै आयोजनाको क्षमता ६० मेगावाट छ भने यसलाई ६० हजार किलोवाट पनि भनेर व्यक्त गर्ने गरिन्छ यसै सन्दर्भमा तामाकोशीको क्षमता ४ सय ५६ लाई ४ लाख ५६ हजार किलोवाट पनि भन्न सकिन्छ प्रचलनमा दुवै रहेको छ |

किलोवाट र मेगावाट’ को कुरा बुझेपछि अब युनिट’ को बारेमा संक्षेपमा बुझौं १ किलोवाट (१ हजार वाट) बिजुली लगातार १ घण्टा खपत गर्दा (बाल्दा) १ युनिट गणना हुन्छ सुत्रमा वाट×समय (घण्टा) ÷ १ हजार वाट विधिबाट युनिट निकाल्न सकिन्छ उदाहरणको लागि ५ सय वाट बिजुली आधा घण्टा बालियो वा उपयोग गरियो भने सुत्र अनुसार ५००×०.५ (घन्टामा रुपान्तरण गरिएको) ÷ १०००=०.२५ युनिट हुन्छ अझ सजिलो बनाउँदा १ हजार वाट (१ किलोवाट) बिजुली १ घण्टा लगातार बाल्दा वा उपयोग गर्दा १ युनिट खपत हुन्छ यसको तिर्नुपने मूल्य बिजुलीको मिटरको क्षमता अनुसार फरक हुनसक्छ सामान्यतया १ युनिट बिजुलीको १२ रुपैयाँ तिर्नुपर्छ अहिलेलाई युनिटको कुरा पनि यतिमा बिसाएर सामान्य हिसाब गर्दा १ मेगावाट आयोजनाले १ हजार युनिट दिने रहेछ भन्ने कुरा मनमा लिनसकिन्छ तर वास्तविकता भने यस्तो हुन्न वास्तविकताको चर्चा छुट्टै गरौला |

हाई ! मेगावाट हेल्लो ! मेगावाट

विद्युत आयोजनाको मापन मेगावाटमा गरिए पनि तर यसबाट उत्पादन हुने बिजुली खरिद-बिक्रीको मापन गर्ने इकाई भने युनिट हो जुनसुकै आयोजनाबाट उत्पादन हुने विजुली खरिद गर्ने एक मात्र निकाय नेपाल विद्युत प्राधिकरणले मेगावाट हैन युनिट खरिद गर्छ मेगावाट सामान्य हो भने युनिट विशेष हो विद्युत आयोजनाको क्षमतालाई मेगावाटमा भन्दा युनिटमा बुझ्नुपर्छ हामीले बजारबाट किन्ने सबै चिज जोखेर किन्छौ तर तौलमा आएको सबै चिज खानको लागि उपयोगी हुन्न केहि न केहि त्यसको फाल्नुपर्छ जस्तै मेवा नामक फल लगभग ९५ प्रतिशत उपभोग्य हुन्छ तर सबै चिजवस्तु यस्तै हुन्न भोगटे नामक अर्को फलको उपभोग्यता ५० प्रतिशत पनि नहुन सक्छ मेगावाट ठ्याक्कै यस्तै कुरा हो | जति मेगावाट भनिन्छ त्यति नै प्राप्त हुन्न मेगावाट’ बाट युनिट हिसाब निकाल्नु भनेको भोगटे’ बाट बोक्रा छोडाएर भित्रको अमिलो निकाले जस्तै हो तामाकोशी लगायत जुनसुकै आयोजनाको क्षमतालाई मेगावाट वा किलोवाट जेमा व्यक्त गरिए पनि त्यो भनेको सामान किन्दा किलो/धार्नी भने जस्तै हो मेगावाटमा व्यक्त गरिए पनि मुख्य कुरा भनेको युनिट हो विद्युत खरिद बिक्रीको सम्झौता गर्दा वार्षिक यति युनिट दिने/लिने भन्ने शर्त हुन्छ मेगावाट भन्ने कुनै शब्द हुन्न |

हिउँद र वर्खा

आयोजनाले बाह्रै महिना एकै दरमा विद्युत उत्पादन पनि गर्न सक्दैन सामान्यतया वर्षको ४ महिना एकै दरमा उत्पादन गर्नसक्छ तर यसलाई जलाधार क्षेत्रले प्रभाव पार्छ विद्युत उत्पादन तालिकामा प्रत्येक महिनाको युनिट उल्लेख गरिएको हुन्छ आयोजनाबाट उत्पादन भएको विद्युतलाई हिउँद र वर्षा गरि दुइ भागमा विभक्त गरेर खरिद बिक्रीको दरभाउ तय गरिएको हुन्छ बैशाखदेखि मंगसिरसम्मको ८ महिनालाई वर्षा र पौषदेखी चैत्रसम्मको ४ महिनालाई हिउँद मानिएको छ |

विजुली खरीद दर र अवधि 

माथि हिउँद र वर्खामा बिजुली खरिद गर्दा दुइ थरि दरभाउमा गरिन्छ भनिए पनि तामाकोशीमा यस्तो सम्झौता भएको छैन तामाकोशीले उत्पादन गर्ने सबै बिजुलीको खरिद दरभाउ बाह्रै महिना एकै रहेको छ अन्य आयोजनामा जस्तो हिउँद र वर्खाको ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० पैसाको खरिद बिक्रि दरभाउ यसमा छैन यसले उत्पादन गर्ने सबै बिजुली एकै दरभाउमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ यसको खरिद दर व्यवसायिक उत्पादन मिति (RCOD-Required Commercial Operation Date) देखि ४ रुपैयाँ ६ पैसा रहेको छ यहि आधार दर (४ रुपैयाँ ६ पैसा) मा प्रत्येक वर्ष ३ प्रतिशतका दरले ९ पटक मूल्य वृद्धि प्राप्त गर्नेछ |

कम्पनीले उत्पादन अनुमतिपत्र २०६७ साल मंगसिर १७ गते प्राप्त गरेको थियो र २१०२ मंगसिर १६ गतेसम्म बहाल रहनेछ अनुमतिपत्र पाएको हिसाबले आयोजनाको व्यवसायिक उत्पादन मिति २०७२ साल आषाढ मसान्त हो तर सोहि साल गएको भूकम्पले कावु बाहिरको परिस्थिति सिर्जना गरेकोले व्यवसायिक उत्पादनको मिति संशोधन भएर २०७५ साल पौष मसान्त तोकिए पनि त्यो समय पनि गुज्रिसकेको छ अब आगामी २०७६ कार्तिक मसान्त तोकिएको छ |

कम्पनीले प्रकाशन गरेको विवरणपत्रमा आयोजनाको बाँकी अवधि २७ वर्ष मात्र रहेको उल्लेख गरेको छ २०७६ साल कार्तिक महिनामा व्यवसायिक उत्पादन गरेमा समयावधि अझ १ वर्ष घटी हुनेछ अर्थात २६ वर्ष मात्र हुनेछ तर यसमा भूकम्पले पारेको काबुबाहिरको परिस्थितिलाई घटाउन सकिने ठाउँ रहेको र त्यसमा अन्य अवस्था समेत गरि थप एक वर्ष सहित २ वर्ष अवधिलाई काबुबाहिरको परिस्थिति मानिएमा आयोजनाको अवधि २८ वर्ष कायम हुनेछ आयोजनाको अवधि ३० वर्ष नै कायम नहुने स्थितिमा भने यसले पाउने वार्षिक मूल्य वृद्धिमा पनि असर पर्नेछ २८ वर्ष कायम भएमा कम्पनीले ९ पटक पाउने मूल्य वृद्धि ७ पटक मात्र प्राप्त गर्नेछ यसो हुँदा कम्पनीले प्राप्त गर्ने २ वर्षको आम्दानी गुम्नेछ यो कम्पनीको लागि ठूलो घाटा हो त्यस्तै २ पटक पाइने मूल्य वृद्धि पनि नपाउँदा आम्दानीमा प्रभाव पार्नेछ त्यस्तै आयोजनाको अवधि घट्दा पाइने १० वर्षसम्मको आयकर छूट पनि पाइने छैन |

केहि टिप्पणी हरु


Please publish some positive vibe as well becasue positive news empower people to do anything. Be practical

यसमा नकारात्मक कुरो के भेटियो यहाँ त जे हो त्यहि लेखिएको छ त्यति कुरा पनि बुझ्न सक्ने सामर्थ्य छैन भने त्यसको जिम्मा कसैले लिन सक्दैन |

Jyoti Dahal I have viewed your both part 1 and part 2, probably, you mention the clear picture but there is lot positive thing as well, you did not mention in article such as its dream project of Nepal so corruption and unethical activities very less compare to small mega project, EPS and NPS would be more better in 5 year period, I assume it could be EPS 90 and NPS 400.
Thanks for your exercise on this project, very good article.

Deepak Chapagain थप पढ्दै जान अनुरोध मात्र गर्नसक्छु एक व्यक्तिले 'राज्यलाई फाइदा हुनु नै सबैलाई फाइदा हुनु होभनेर टिप्पणी गरेका थिए त्यसको उत्तरमा मैले दिएको उत्तर यता पनि सान्दर्भिक हुने देखेर लेखेको छु |

'
त्यसो हुनको लागि चाहिं राज्य आफैले लगानी गरेर उत्पादन गर्नुपर्छ र यस्ता सामग्री निर्यात गर्नुपर्छ अनि यसरी हुने फाइदा देशका नागरिकको पनि हुन्छ तर यहाँ नागरिकले लगानी गरिदिएर राज्यले उही नागरिकलाई बेच्छ र त्यसको नाफा लिएर शासक तलब खान्छन |नागरिकले राज्यलाई जन्मेदेखि मरेसम्मको कर दस्तुर महसुल तिरेर बचेको केहि रकम लगानी गरेर लगानीमा कम्तिमा मुद्रास्फीति बराबरको पनि प्रतिफल नआउने गरि उत्पादित विजुली ४ रु.मा किन्छ र त्यो बिजुली त्यहि नागरिकलाई १२ रु.मा बेच्छ र शासक पालिन्छ अब महोदयले भन्या जस्तो यहाँ फाइदा कहाँ कसरी भयो ?"म त्यहीँको वासिन्दा घरैमुनिबाट ४५ मिटर अग्लो खम्बाबाट २२० केभीको लाइन जान्छ तर मैले मेरो परिवारको तर्फबाट आरक्षित शेयरमा आवेदन गरिन यति भएपछि त बुझ्न काफी हुन्छ होला नि ! 
दोस्रो त्रैमासिकको वित्तीय प्रतिवेदन पनि प्रकाशन गर्नुपर्छ र गर्ला पनि साथै आर्थिक वर्ष २०७४/७५ को वार्षिक सभा पनि गर्ला र वार्षिक प्रतिवेदन पनि बनाउला अनि सबै कुरा त्यसमा पनि आउला अलिजीले म स्थानीय भएको र केहि आयोजनामा काम गरेको अनुभवको आधारमा यो आलेख तयार पार्न सहयोग माग्नुभएको हो |कम्तिमा कम्पनीका प्रकाशन हेर्ने बानी गर्दा हित तपाईकै हुन्छ होला यहाँ लेखिएका कुरा कम्पनीकै प्रकाशनमा आधारित छ |


तामाकोशीको जलाधार क्षेत्र 
तामाकोशी नदीको मुख्य २ वटा जलाधार क्षेत्र रहेको छ र यी दुवै क्षेत्र मूलतः तिब्बती भूभागमा पर्छ | आयोजनाको जलाशय भन्दा केहि माथि उत्तरतर्फबाट आउने जुमर उत्तर पूर्वी क्षेत्रबाट आउने लप्चीखोला मिसिन्छ | जुम खोला तिब्बती भूभागमा पर्ने फलाकबाट आउँछ | यो स्थान कुनै बेला दोलखाका दक्षिणी क्षेत्रका वासिन्दाको लागि अन्नसँग नून, राडी, पाखी साट्ने व्यापारिक थलो रहेको थियो | जुम खोलाको आसपास वस्ती भेटिन्न | उत्तर पूर्वी क्षेत्रबाट आउने लप्ची खोलाको आसपासमा शेर्पाको बसोबास रहेको लुमनांग भन्ने सानो वस्ती भेटिन्छ | यहाँबाट अगाडी बढ्दै जाँदा तिब्बती सिमावर्ती गाउँ लप्ची भेटिन्छ | लप्ची बौद्ध धर्मावलम्बीको एउटा सम्प्रदाय मिलारेपाको पवित्र तिर्थस्थल हो | लप्चीमा छोरा घ्याफेलिंग नामक प्रसिद्ध गुम्वा समेत रहेको छ | लप्ची समुद्र सतहबाट झन्डै ३ हजार ८ सय मिटर उचाईमा रहेको छ | लप्चीबाट करीब आधा घण्टाको दूरीमा सिमा भेटिन्छ | त्यहाँबाट २ घण्टा हिँडेपछि तिब्बती गाउँ भेटिन्छ | लप्ची गुम्बालाई दायाँ र बायाँ पारेर दुईवटा खोला आएको छ | दुवै खोलाको उद्गमस्थल भने तिब्बत नै हो | लप्ची भन्दा केहि तल रालुंग खोला रहेको छ र अरु स-साना खोल्सा खोल्सी पनि रहेका छन् | तामाकोशीको मूल जलाधार क्षेत्र तिब्बत हो |
तामाकोशीको उर्जा 
तामाकोशी आयोजनाले २ सय २८ करोड युनिट उर्जा दिने उल्लेख गरेको छ | यो उर्जा क्षमता रोल्वालिंग खोलाको पानी ल्याएपछि थपिने हो वा अहिलेको ४ सय ५६ मेगावाटको संरचनाबाट प्राप्त हुने हो प्रष्ट दस्तावेज नभेटिए पनि पहिला रोल्वालिंग खोलाको पानी मात्र उपयोग हुने आधारमा यसलाई मूल आयोजना बाहेकको हो भन्ने अनुमान गर्न सकिन्छ | रोल्वालिंगको पानी थपिए पश्चात प्राप्त हुने समेतको आधारमा यसमा थपिने १६ करोड युनिट समेत गरि २ करोड ४४ लाख युनिट उपलब्ध हुनेछ | रोल्वालिंगको पानीसंगै त्यसबाट पनि २२ मेगावाटको आयोजना बनेमा थप युनिट प्राप्त हुने सम्भावना रहन्छ | यसबाट कति युनिट प्राप्त हुने भन्ने तथ्यांक नभेटेको भए पनि जलाधारको आधारमा १२ करोड युनिट अनुमान गर्न सकिन्छ | तर चालु आयोजना (तामाकोशी) नै तोकिएको अवधि सकिँदा पनि पुरा हुन नसकेको हुँदा रोल्वालिंग आयोजना कहिले शुरु हुन्छ र पुरा हुन्छ भन्ने कुरा भविष्यको गर्भमा रहेकोले यसबाट प्राप्त हुने उर्जा (युनिट) केवल मिठो कल्पना मात्र हुनेछ | रोल्वालिंग आयोजना पुरा भएमा थप हुने युनिट समेत जोड्दा करिब २ अर्व ५४ करोड युनिट हुनेछ | स्मरण रहोस यसको विद्युत खरिद बिक्रि दर भने हिउँद र वर्खा अनुरुप हुने अनुमान गर्न सकिन्छ | अनुमान गरिए अनुसार नै भएमा तामाकोशी कम्पनीको कुल बिक्रि आम्दानी वार्षिक १० अर्व ६२ करोड हुने अनुमान गर्न गरिएको हो
कुनै पनि आयोजनाले भने जति युनिट दिन सक्ने स्थिति हुन्न | यति युनिट हुन्छ भन्ने कुरा अनुमान मात्र हो | आयोजनामा हालिने पानीको अनुमान २/३ वर्षको जल प्रवाहलाइ आधार मानेर औसत मान लिइएको हुन्छ | तथ्यांक लिइएको सालमा कहिले अधिक पानी परेको हुनसक्छ वा कम परेको हुनसक्छ | यस बाहेक अमुक भूभागमा यति पानी पर्छ भन्ने अनुमान गरिएको हुन्छ | यो पनि एकप्रकारको खेती गरे जस्तै अनुमान हो | खेती गर्दा पनि पानी पर्याप्त परेमा वा अधिक परेमा बिग्रिन्छ | तामाकोशीले अनुमान गरेको २ अर्व २८ करोड नै युनिट हुन्छ भनेर ठोकुवा गर्न सकिन्न | मुख्यतः हिउँदमा दिनसक्ने  बिजुलीको बढी महत्व हुन्छ | वर्खामा त घरको छानाबाट झरेको पानी पनि थामी नसक्नु हुन्छ | खोलाको स्थिति पनि यहि हो | हामीकहाँ हिउँद हेरेर बिजुली आयोजनाको क्षमता मापन गरिन्छ | अहिले हामी कहाँ क्यू फोर्टीमा डिजाइन गरिन्छ यसको मतलब वार्षिक ४० प्रतिशत समय एकनास विद्युत उत्पादन हुने भनेर बुझ्नुपर्छ | विदेशतिर भने क्यू ट्वान्टीमा पनि डिजाइन हुन्छ | यसो गर्दा वर्खाको श्रोत खेर नजाओस भन्ने हो तर हामीकहाँ भने यस्तो अभ्यास भएको छैन
बर्खाको बेला खिम्ती पुग्नु भएको छ भने त्यतिबेला उक्त आयोजनाले ६० मेगावाट बिजुली दिएर पनि त्यो भन्दा बढी पानी खोलामा बगेको देख्नसकिन्छ| तर हिउँदमा यस आयोजनाले मुश्किलले २४ मेगावाट मात्र दिन्छ | प्राय सबै आयोजनाको कथा यस्तै हुन्छ मात्रा मात्र घटीबढी हुन्छ | यहि कारण उक्त आयोजनाले इन्टेक, सुरुंग, सर्ज ट्यांक उही पुरानै उपयोग गरेर बर्खाको लागि मात्र भनेर छुट्टै विद्युत गृह निर्माण गरि थप ६५ मेगावाट बिजुली निकाल्न पहिले युनिट ६ (खिम्तीमा ५ वटा युनिट प्रत्येकले १२ मेगावाट दरले विद्युत उत्पादन गर्छ र हिउँदमा ३ वटा बन्द हुन्छ |) नामाकरण गरेर अध्ययन शुरु गरेको थियो | पछि कानुनी समस्या आएपछि यसलाई किर्ने हाइड्रोपावर नामकरण गरियो र पनि कानुनी समस्या आएपछि यो कार्यक्रम नै रद्द गरेको थियो
तामाकोशीले पनि भने जति नै युनिट दिनसक्छ भन्ने सुनिश्चितता हुन्न | यसो हुँदा भनिएको जति विद्युत दिन सकिनन् र परिणामस्वरुप प्रक्षेपण गरिएको बिक्रि आम्दानी कम हुनसक्ने सम्भावनालाइ नकार्न सकिन्न |

Sunday, January 27, 2019

अनलाइन कारोबार र श्वेतपत्र


इन्टरनेटका माध्यमबाट वस्तु वा सेवाको किनबेच गरिने प्रणाली अनलाइन कारोबारहो । यस्तो कारोबार प्रणालीमा क्रेता र विक्रेता वा मध्यस्थकर्ता सशरीर भेट नभए पनि खरीददारी हुन्छ र भौतिक वस्तुको हकमा विक्रेता वा मध्यस्थकर्ताले निर्दिष्ट स्थानमा ढुवानी पनि गरिदिन्छन् । रकम लेनदेन डेविट वा क्रेडिट कार्ड मार्फत वा नगद पनि हुन सक्छ । इन्टरनेटको उपयोग गरी वस्तु वा सेवा बाहेक स्टक एक्सचेन्जमा सूचीकृत शेयर समेत किनबेच गर्न सकिन्छ । शेयर किनबेच सजिलो र सरल भने हुँदैन । यसमा केही कानूनी उपक्रम पूरा गरेपछि यस्तो कारोबार गर्न सकिन्छ ।

अनलाइनको बाल्यकाल

एक्सचेन्जको कार्यालयमा कराएर भाउ लगाउँदैहुने शेयर कारोबार दलालको कार्यालयमा आएको दिन अनलाइनको प्रस्थान विन्दु हो । दलाल कार्यालयमा सिनेमा हेरेझैं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा जहाँसुकैबाट पनि भइरहेको कारोबार हेर्न सकिन्छ । कति कित्ता, कति मूल्यमा, कति जना किन्न वा बेच्न बसेका छन् बजार गहिराइ (मार्केट डेप्थ) हेरेर दलाल कार्यालयमा उपस्थित भई वा सञ्चारका साधन मार्फत पनि आदेश दिन सकिन्छ । दिएको किनबेच आदेश दलालका कर्मचारीले एक्सचेन्जको आदेश कार्यान्वयन गर्ने सर्भरमा प्रविष्ट गरिदिन्छन् र मूल्य समय प्राथमिकताको आधारमा आदेश कार्यान्वयन स्वचालित रूपमा हुन्छ । आदेश कार्यान्वयन भएमा सञ्चारका साधन मार्फत सन्देश आइपुग्छ । यस्तो कारोबार प्रणाली अर्धस्वचालित (सेमिअटोमेटेड वा सेमिअनलाइन) हो । यसलाई स्वचालित पूर्ण अनलाइनको बाल्यकाल मान्न सकिन्छ ।

स्वचालित अनलाइन

अनलाइन कारोबारको शुरुआत गर्ने श्रेय अमेरिकी कम्पनी ट्रेड प्लसलाई जान्छ । सन् १९८५ मा ट्रेड प्लसले संसारमा पहिलोपटक स्वचालित अनलाइन कारोबार गरेको पाइन्छ । पछि सन् १९९१ मा यसका एक संस्थापक विलियम पोर्टरले ईट्रेड सेक्युरिटिज इंक खडा गरेका थिए । सन् १९९४ मा के. औफहासुर एन्ड कम्पनी इंक (पछि टिडी अमेरिट्रेडले प्राप्ति गर्‍यो) पहिलोपटक अनलाइन कारोबार गराउने दलाल बन्यो । विश्वबजारमा आइसकेको यस्तो स्वचालित प्रविधि नेपालमा पनि यसै वर्षबाट प्रारम्भ भएको हो ।

नेप्सेको अनलाइन

नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) भनिने यो अनलाइन प्रणालीमा रहेका २० ओटा मोड्युलमध्ये म्याचिङ इन्जिनमुख्य प्रणाली हो । यसबाहेक (१) संगठन तथा उपयोगकर्ता व्यवस्थापन, (२) कर्तव्य तथा अधिकार व्यवस्थापन, (३) सूचीकरण व्यवस्थापन, (४) धरौटी व्यवस्थापन, (५) दलाल व्यवस्थापन, (६) बजार निर्माता, (७) सूचकांक व्यवस्थापन, (८) मूल्य सम्बन्धी जानकारी प्रवाह, (९) जोखिम व्यवस्थापन प्रणाली, (१०) सुपरिवेक्षण प्रणाली, (११) ब्रोकर ब्याक अफिस प्रणाली, (१२) आदेश मार्ग व्यवस्थापन, (१३) सदस्य एडमिन टर्मिनल, (१४) ट्रेडर वर्क स्टेशनलगानीकर्ता, (१५) ट्रेडर वर्क स्टेशनदलाल, (१६) नियन्त्रण वर्क स्टेशन, (१७) एक्सचेन्ज मेसेजिङ प्रणाली, (१८) सदस्य पोर्टल र (१९) व्यवस्थापन सूचना प्रणाली रहेका छन् ।

अनलाइनका तीन भाग

अनलाइन प्रणालीमा नट्स, म्याचिङ इन्जिन र ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस) गरि मुख्य ३ भाग रहेका छन् । चौथो भागका रूपमा लगानीकर्ता जोडिएपछि पूर्ण सामन्जस्य कायम भई कारोबार प्रणाली चल्छ । यसका अन्य अंगका रूपमा केन्द्रीय निक्षेपक (सीडीएस), राफसाफ सदस्य र समाशोधन बैंक लगायत रहेका हुन्छन् । नट्स र टीएमएस बीच इन्ट्रानेटबाट सम्पर्क स्थापित हुन्छ । इन्टरनेटले लगानीकर्तालाई टीएमएससँग जोड्नेछ । नट्स नेप्सेमा रहन्छ भने टीएमएस दलाल कम्पनीमा रहनेछ र इन्टरनेट
मार्फत लगानीकर्ता जहाँसुकैबाट सम्पर्कमा आउन सक्नेछन् । शुरुआती चरण भएकाले भने अहिले नै कारोबार पूर्ण स्वचालित भने हुने छैन । किनकि यसका लागि केही कानूनी र प्राविधिक पक्षको पूर्वाधार मिलाउन समय लाग्ने हुन्छ । भुक्तानी तथा फर्छ्यौट कानून संसदमा विचाराधीन रहेकोले सीधै बैंकबाट भुक्तानी र फर्छ्यौट भने सहज हुनेछैन । धितोपत्र कारोबारको रकम भुक्तान गर्न केन्द्रीय बैंकले दिएको विशेष सुविधाबाट सीमित रकम ईबैंकिङ मार्फत भुक्तान गर्न सकिनेछ । दलाल कम्पनीमा बुझाएको रकमको ४ गुणासम्म एकप्रकारको मार्जिन कारोबार जस्तै सीमा हुनेछ । पाकिस्तानमा पनि २५ हजारदेखि १ लाख पाकिस्तानी मुद्रा बराबरको रकम जम्मा गरेर दलालकोमा खाता खोलेपछि अनलाइन कारोबार गर्न सक्छन् ।

समस्याग्रस्त अनलाइन

गत कात्तिक २० गते अर्थमन्त्री डा. युवराज खतिवडाले विधिवत् उद्घाटन गरेको यो प्रणाली सञ्चालनमा अनेकौं समस्या आउन थालेपछि अहिले विवादित बन्दै गएको छ । माथि उल्लिखित मोड्युलले राम्रोसँग कार्य गर्न नसकेको घटना दिनदिनै देखिन थालेको छ । नेप्सेले यस्तो प्रणाली खरीदका लागि गरेको पहिलो सूचनादेखि नै अदालत, संसदीय समिति, अख्तियार हुँदै लामो कानूनी झन्झट पूरा गरी जडान भएको नट्सले सहज कार्य गर्न नसकेको भन्ने आमगुनासो आइरहेको छ । सूचीकरणपछिको पहिलो कारोबारमा केही कम्पनीका कारोबारमा देखिएका समस्या हेर्दा वास्तवमा अनलाइन प्रणालीमा कहीँ न कहीँ केही समस्या छ भन्ने अनुमान गर्न सकिन्छ । अनलाइनको जडान
पश्चात् मूल्य समायोजन भएका कम्पनीको शेयर समायोजन नहुनु, आदेश दिन नमिल्नु, आदेश नदेखिनु, मूल्य सीमा परिवर्तनको दायरा तोडिनु जस्ता समस्या दिनदिनै जस्तो देखिँदै आएको छ ।

सहज र असहज प्रविधि

प्रविधिका कुरा सोचेजस्तो सरल र सहज हुँदैन । अनलाइन प्रणाली नेपालको सन्दर्भमा नौलो विषय भएकाले अभ्यस्त पुरानो पद्धतिबाट एकैपटक नयाँ पद्धतिमा जान केही समय लाग्नु स्वाभाविक हो । पुरानोबाट नयाँ चिजमा हुने परिवर्तन स्वाभाविक हुन्छ निर्देशित हुँदैन । धेरैपछि
आफ्नै घर पुग्दा समेत नौलो र अन्तै आए जस्तो लाग्छ । जतिसुकै अभ्यस्त व्यक्तिलाई पनि नयाँ चिज सामान्य हेराइमा बुझ्न कठिन हुन्छ । कतिपय चिजको सुनिश्चितता कायम गराउन निश्चित दिन वा समय पर्खनुपर्ने हुन्छ । अहिले आजै चाहियो भनेझैं व्यवहार लगानीकर्ताले गरेको पाइन्छ । फिल्म जस्तो वास्तविकता काम गराइमा हुँदैन । त्यसैले रिलरियलफरक हुन्छ । फेसबुक चलाउन जान्दैमा प्रविधिविज्ञ हुन सकिँदैन । संसारले पहिले नै अभ्यास गरेको भए पनि अनलाइन शेयर कारोबार प्रणाली सम्बन्धी प्रविधि नेपालको लागि नयाँ हो । अब कसैले नचाहेर मात्र यो प्रणाली असफल हुँदैन । नचाहने पनि कोही छैन तर चाहियो भन्दैमा ठेकेदारको सानो छोराले बाबुलाई बैनी चाहियो भन्दा ठेकेदार बाबुले भन्ने बित्तिकै हुँदैन भन्दा कुल्ली थपेर भए पनि तुरुन्त चाहियोभने जस्तो बालहठले पनि केही हुँदैन ।

अनलाइनको श्वेतपत्र

अनलाइन कारोबार प्रणालीका मुख्य अवयव (नट्स, म्याचिङ इन्जिन र टीएमस) मध्ये कहाँ के मा समस्या आएर पूर्ण प्रक्रियामा जान सकेको छैन, अहिले देखिएका समस्या मूलतः कुन विषयसँग सम्बद्ध हुन्, यसको समाधान गर्न कति समय लाग्छ जस्ता कुराको यथोचित विवरण सार्वजनिक गर्न जरुरी देखिएको छ । अनलाइन कारोबार प्रणालीका लागि प्रस्तावमा मागिएका विषयको कार्यसूची र आपूर्तिकर्ता (भेन्डर) बीचमा बुझाइको कमी पनि एउटा कारण हुन सक्छ । प्रविधिको कुरा भनेको कार्यान्वयन गर्दा समस्या देखिँदै जाने हुँदा त्यसलाई सम्बोधन गर्दै जानुपर्ने हुन्छ । देखिएका समस्या के
के हुन् युजरनेम र पासवर्ड लिएर कारोबार गरिरहेका लगानीकर्तासँग राय लिएर अनलाइनका ३ मुख्य अंग र मोड्युलमा कहाँ के समस्या परेको छ र यसलाई सुचारू रूपले सञ्चालन गर्न कति समय लाग्छ भन्ने विषयमा नेप्से र स्वतन्त्र प्रविधिविज्ञको कार्यदल बनाई सिष्टम अडिटगरी श्वेतपत्र सार्वजनिक गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

आर्थिक अभियान दैनिक, २०७५ माघ ८ गते

Thursday, January 24, 2019

तामाकोशी आयोजना : राज्यलाई फाइदैफाइदा, शेयरधनीलाई.........? भाग - १


बहुचर्चित र प्रतिक्षित माथिल्लो तामाकोशी आयोजनाको शेयर नेपाल स्टक एक्सचेन्जमा विधिवत सूचीकरण भएर कारोबारमा आएको छ | राष्ट्रिय गौरबको आयोजनाको बिल्लाभिराइएको यस आयोजनाले कहिले विद्युत उत्पादन गर्छ भन्ने कुरा भगवानलाई थाहा नहोला तर आयोजना व्यवस्थापन पक्ष भने आगामी २०७६ कार्तिकबाट व्यवसायिक उत्पादन गर्ने तालिका अगाडी सारेको छ

यस अघि आगामी २०७६ आषाढ मसान्तको कार्यतालिका सार्वजनिक गरेको थियो | हुनत यस आयोजनाले गत २०७२ साल आषाढमा नै व्यवसायिक उत्पादन गरिसक्नुपर्ने थियो | तर २०७२ सालको प्रारम्भ हुनासाथ बैशाख १२ र १३ गते तथा २९ गते आएको शक्तिशाली भूकम्पले दोलखालाई क्षतविक्षत पारेपछि आयोजाना पनि प्रभावित भएको थियो | भूकम्पले आयोजनाको संरचनामा खासै क्षति नपुर्याएको भए पनि प्रवेश मार्गमा पुगेको क्षतिको कारण केहि समय निर्माण कार्यमा रोकावट आएको थियो | तर यस घटनालाई पहाडबनाएर लामो समयसम्म निर्माण कार्य अगाडी बढाईएन | आयोजनाको लागतमा नसोचेको वृद्धि हुनपुग्यो जुन अपेक्षित नै थियो भन्दा अतिशयोक्ति हुन्न |

आयोजनाको क्षमता

नर्वेजियन परामर्शदाता नोर कन्सल्ट एएसले गरेको अध्ययनमा ३ सय ९ मेगावाटको प्रस्तावलाई स्तरवृद्धि गर्दै वर्षातको बेला अरु २ वटा युनिट मार्फत ४ सय ५६ मेगावाट बनाउन सकिने प्रतिवेदन दियो | यसमा संरचनाहरु सबै ३ सय ९ मेगावाटकोले नै धान्न सक्ने प्रस्ताव गरिएको थियो यसो गर्दा लागतमा थोरै परिवर्तन बाहेक अरु प्राविधिक पक्षमा कुनै थपघट थिएन |

आयोजनाको बाँधस्थलबाट पूर्वतर्फ गौरीशंकर हिमालको फेदीबाट आउने रोल्वालिंग (रिगु) खोलाको पानीलाई फर्काएर त्यसलाई बाँधस्थलमा ल्याउने र १६ करोड थप युनिट विद्युत उत्पादन गर्ने भनिएको छ उक्त १६ करोड युनिट विद्युत पानी फर्काएर बाँधस्थलसम्म ल्याउँदा प्राप्त हुने १ सय ८० मिटरको हेडबाट २२ मेगावाटसम्म उत्पादन हुने रोल्वालिंग आयोजनाको हो कि मूल आयोजना (तामाकोशी) को हो कुनै पनि दस्तावेजले प्रष्ट पारेको देखिन्न/भेटिन्न |

रोल्वालिंग खोलाको पानी मात्र उपयोग गरिने भन्ने आधारमा यो भनिएको १६ करोड युनिट मूल आयोजनाकै हो कि भन्ने अनुमानसम्म लगाउन सकिन्छ | रोल्वालिंगको पानी फर्काउने योजनासँगसँगै यसलाइ मूल जलाशयमा ल्याउँदा प्राप्त हुने हेड राम्रै रहेकोले यसमा एउटा छुट्टै आयोजना निर्माण गर्दा स्रोतको उपयोग हुने हुँदा अपर तामाकोशी हाइड्रोपावर कम्पनीले २०७४ भाद्र २१ गते विद्युत विकास बिभागबाट विद्युत सर्वेक्षण अनुमति दिएको देखिन्छ यसको अवधि २०७६ भाद्र २० गतेसम्म वहाल रहने उल्लेख गरिएको छ | यो नयाँ आयोजना बनाए सरह नै हुनेछ | यसबाट २२ मेगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ | चालु आयोजना (तामाकोशी) नै तोकिएको अवधि सकिँदा पनि पुरा हुन नसकेको हुँदा रोल्वालिंग आयोजना कहिले शुरु हुन्छ र पुरा हुन्छ भन्ने कुरा भविष्यको गर्भमा छ र यसको भविष्यवाणी गर्न साक्षात इश्वरले सक्दैनन् | रोल्वालिंग समेत जोड्दा यसको क्षमता ४ सय ७८ मेगावाट हुने देखिन्छ | मूल आयोजनाबाट (रोल्वालिंगको पानी मिसाएपछि) ४ सय ५६ मेगावाट र विद्युत शक्ति २ सय ४४ करोड युनिट हुने अनुमान गर्न सकिन्छ |

रोल्वालिंग खोलामा निर्माण हुने २२ मेगावाट आयोजनाबाट सरदर १० देखि १२ करोड युनिट विद्युत प्राप्त हुने अनुमान अनुसार कुल २ सय ५४ करोड युनिट विद्युत शक्ति प्राप्त हुने अनुमान गर्न सकिन्छ | यसबाट १० अर्व ६२ करोड कुल बिक्री आम्दानी हुने अनुमान गर्न सकिन्छ | यस सम्बन्धमा छुट्टै सविस्तार चर्चा गरिनेछ |

लागत कति

शुरुमा यसको लागत ३५ अर्व भएको सबैभन्दा सस्तो भनेर प्रचार गरियो | यसमा निर्माण अवधिको व्याज जोडिएको थिएन | व्याज समेत ४१ अर्व लागत पर्ने गरी आयोजना अघि बढाइयो | तर यसको वास्तविकता भने अर्कै थियो | नर्वेजियनले त्यतिबेलै यसको लागत निर्माण अवधिको व्याज समेत ५० अर्व आंकलन गरिसकेको थियो तर नेपाली वित्त र प्राविधिक विश्लेषकले यसको लागत निर्माण अवधिको व्याज बाहेक ३५ अर्व र व्याजसहित ४१ अरव बनाएका थिए भनिन्छ |

नर्वेजियनले ५० अर्व (व्याज सहित) लाग्ने भनिएको आयोजनाको लागत किन र के आधारमा ४१ अर्ब भन्दै सस्तोको प्रचार गरियो कोहि कसैले बताउन सकेको छैन | अहिले मूल आयोजनाको लागत कम्पनीले नै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार करिब ५० अर्व रहेको छ | यसमा निर्माण अवधिको व्याज जोडिएको छैन | सम्बत २०७३/७४ सम्ममा व्याज रकम बापत १० अर्ब भन्दा बढी रकम पूँजीकरण हुँदै आएको छ | ५० अर्व भनेर गरिएको पछिल्लो संशोधन अघि नै व्याज रकम १० अर्व पुगिसकेको हुँदा यसमा उक्त रकम र त्यसपछि थपिएको अर्को त्यति नै व्याज मान्ने हो भने २० अर्ब व्याज रकम नै भइसकेको अनुमान गर्दा झुटो ठहरिन्न |

यस हिसाबले यसको लागत ७० अर्व नाघिसकेको सहजै अनुमान गर्न सकिन्छ | कम्पनीले गरेको संशोधित निर्माण तालिका अनुसार आगामी वर्ष २०७६ कार्तिकबाट सम्भवत ४ वटा युनिटबाट ३ सय ६ मेगावाट विद्युत शक्ति उत्पादन हुनेछ | तर यतिबेलासम्म रोल्वालिंगको पानी आई नसक्ने हुँदा ३ सय ६ मेगावाट नै उत्पादन हुने छैन | त्यो अंक कति हुनेछ आयोजनाले सार्वजनिक गरेको छैन | निर्माण कार्य सम्पन्न हुन झन्डै अझ १ वर्ष बाँकी रहेको हुँदा वार्षिक व्याज अंक बढ्दै जाने देखिन्छ |

अहिलेसम्म २० अर्व व्याज खर्च देखिईसकेको हुँदा आगामी एक वर्षमा औसत ६ अर्व व्याज बढ्ने अनुमान गर्दा २६ अर्व हुने अनुमान गर्नसकिन्छ र कुल लागत ७६ अर्व पुग्ने देखिन्छ | तर आयोजनालाई नजिकबाट नियालिरहेका जानकारको भनाई अनुसार यस आयोजनाको लागत १ खर्वको हाराहारीमा पुग्ने अनुमान गरेका छन् | यो अनुमानलाई सतही भनिहाल्न सकिने अवस्था पनि देखिन्न् | आगामी कार्तिकमा आयोजनाले व्यवसायिक उत्पादन गर्छ भन्नेमा सहमत हुनेको संख्या कम छ |

यसका केही आधारहरुमा हाइड्रोमेकानिकल उपकरण मध्येको पेनस्टक पाइप अहिलेसम्म गोंगर (विद्युत गृहस्थल) पुग्न सकेका छैनन | पेनस्टक पाइप बोकेका मालवाहक साधन अहिले पनि सिन्धुपाल्चोक जिल्लाको खाडीचौरमा रहको सुनकोशी विद्युत केद्रमा थन्केका छन् | खाडीचौर-चरिकोट (दोलखा सदरमुकाम) ५२ किमी खण्ड मर्मत सुधारको लागि भत्काइएका कारण ३.६ मिटर व्यासका पेनस्टक पाइप ढुवानीमा कठिनाई रहेको छ | कम्पनीले वार्षिक प्रतिवेदन २०७३/७४ मा यस सम्बन्धमा यस्तो लेखेको छ-

समस्याको कारण 

सडक विभागले सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्मको सडक सुदृढीकरण कार्य गरिरहको तथा गत वर्षायाममा वर्षाले गर्दा उक्त सडकको धेरै खण्डहरुमा खाल्डाखुल्डी बढ्नु र सडक साँघुरो हुन जानु जस्ता कारणले गर्दा ठूला भारी सवारी सामानहरु विशेष गरि पेनस्टक पाइप (३.६ मि. व्यास) ढुवानी गर्न कठिनाई भइरहेको छ | उक्त सुदृढीकरण कार्यको जिम्मा लिएका ठेकेदारहरुले सुदृढीकरण कार्य बन्द गरेकोले थप चुनौती थपिएको छ |

समस्या समाधान गर्न गरिएका प्रयासहरु 

पेनस्टक पाइपहरु सुनकोशी विद्युत गृह परिसरमा अस्थायीरुपमा भण्डारण गरिएको छ भने ठेकेदारहरुलाई ति पाइप ढुवानी गर्न सक्षम र अनुभवी ढुवानीकर्ता नियुक्त गर्न निर्देशन गरिएको छ | साथै उक्त पेनस्टक ढुवानी गर्ने क्रममा सडकमा भएका खाल्डाखुल्डीहरु सम्याईदिन र अन्य आवश्यक समन्वय गरिदिन सडक बिभागलाई विशेष अनुरोध गरिएको छ | राष्ट्रिय गौरवको यस आयोजनाको निर्माण कार्य सुचारु संचालनको लागि आगामी वर्षातयाममा समेत निर्वाध सवारी आवागमन गराउन सम्वन्धित निकायलाई अनुरोध समेत गरिनेछ |

कम्पनी आफैले गतवर्ष २०७३/७४ मा लेखेको यो विवरणमा तात्त्विक परिवर्तन आएको देखिन्न | खाडीचौरदेखि चरिकोटसम्मको २६ किमी उकालो र २६ किमी ओरालो बाटोको दुरावस्था छ | सामान्य मालवाहक सवारी पनि सहज आवतजावत गर्न सक्ने अवस्थामा छैन | यात्रुवाहकलाई पनि यो बाटो छिचोल्न घन्टौ लाग्छ | पेनस्टक बोकेका भारी सवारीहरु अहिले पनि यो खण्डमा जताततै देख्न सकिन्छ | १ हजार मिटर पेनस्टक पाइप मध्ये मध्ये २ सय मि. मात्र आयोजनास्थल पुगेका छन् |