Friday, February 9, 2024
Friday, March 26, 2021
फाउण्डेसन, रंगशाला र शेयर
अहिले निकै चर्चामा रहेको रंगशालाले शेयर जारी गरे हुन्छ भन्ने टिप्पणी आएको देखियो l शेयर जारी गर्ने सम्बन्धमा मैले जानेको केही कुरा पेश गरेको छु l
शेयर जारी गर्नको लागि पहिलो शर्त कम्पनी वा विशेष कानुनबाट स्थापित संस्था हुनुपर्छ l विशेष कानुनद्वारा हुँदैमा पनि त्यस्तो संस्थाले शेयर जारी गर्छ भन्ने पनि हुन्न l उदाहरणको लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले स्थापना गरेको नेपाल राष्ट्र बैंक एकप्रकारको कम्पनी भए पनि यसको शेयर जारी हुन्न l त्यस्तै, कर्मचारी संचय कोष पनि कर्मचारी संचय कोष ऐन, २०१९ ले स्थापना गरेको संस्था हो l यसको पनि शेयर जारी हुन्न l यसको पूँजी नै छैन l यो विशुद्ध कोष व्यवस्थापक मात्र हो l
तर नागरिक लगानी कोष नागरिक लगानी कोष ऐन, २०४७ ले स्थापना गरेको गरेको भए पनि यसको पूँजी छ र यसको ऐनमै शेयर जारी हुने भनिएको छ l
यसबाहेक कम्पनी ऐन, २०६३ अनुसार दर्ता हुने संस्थाले शेयर जारी गर्न सक्छन l कम्पनी भनेको नाफामुखी हुन्छ l हुनलाई त नाफा वितरण नगर्ने कम्पनी पनि हुन्छ l नाफा वितरण नगर्ने भन्ने बित्तिकै यसको पूँजी हुन्न l सदस्यले आफ्नो गोजीबाट पैसा निकालेर चन्दाको रुपमा दिने हो l यसलाई शेयर भनिन्न l रंगशाला श्रीमान्-श्रीमतीको नाममा खुलेको फाउन्डेसनले निर्माण गर्दैछ l यो नाफा वितरण नगर्ने कम्पनी हो कि गैरसरकारी संस्था हो मैले बुझेको छैन l यी दुवै मध्ये कुनै एउटा भए पनि यी दुबैको पूँजी हुन्न l
ल एकछिनलाई मानी लिउँ पब्लिक कम्पनी नै बनाउने भए कम्तिमा ७ जना शेयरधनी हुनुपर्छ l ७ जना शेयरधनी को को हुने ? शेयरधनी बनेर मात्र भएन पूँजी पनि हाल्नुपर्छ l अहिले भएको खर्चलाई नै पूँजीकरण गर्न त सकिएला तर, यो पैसा चन्दामा प्राप्त भएको हो l चन्दामा पाएको पैसालाई श्रीमान्-श्रीमती र उनीहरुले रोजेका अरु ५ जना शेयरधनी खडा गरेर राख्न पनि मिल्ने कुरा हुन्न l
अब पूँजी कति होला भन्ने कुरालाई यसको कुल लागत भनिएको ३ अर्ब रुपैयाँसँग जोडेर हेर्दा पूँजी र ऋणको अनुपात ७०:३० को हिसाबले स्वपूँजी ९० करोड रुपैयाँ हुन्छ l जारी पूँजी ९० करोड रुपैयाँ पूँजीमध्ये संस्थापक र साधरणको हिस्सा क्रमशः ५१ र ४९ प्रतिशत कायम गर्दा ४५ करोड ९० लाख रुपैयाँ संस्थापकको हुन्छ l साधारणतर्फ ४४ करोड १० लाख रुपैयाँ हुन्छ l
यति पूँजी हालेर यसबाट लाभ के हुन्छ ? ९० करोड रुपैयाँ पूँजी भएपछि १० प्रतिशत लाभांश बाँड्न ९ करोड रुपैयाँभन्दा बढी खुद नाफा चाहिन्छ l संचालन, कर्मचारी र मर्मत-सम्भार खर्च कति लाग्ला ?
अर्को पाटो कम्पनीलाई सरकारले सित्तैमा जग्गा दिन र बेच्न मिल्दैन l अवधी तोकेर भाडामा दिनसम्म दिनसक्ने हुन्छ l खेल मैदान कम्पनीले चलाउने चिज पनि हैन l भएको एउटा दशरथ रंगशालाको हविगत देखिएको छ l त्यो पनि राष्ट्रिय खेलकुद परिषदले संचालन र व्यवस्थापन गर्छ l खेल मैदानबाट आउने आम्दानीले त्यसको संचालन र व्यवस्थापन खर्च पनि धानिन सक्ने अवस्था छैन l सातदोबाटोको खेद मैदानको हालत जगजाहेर छ l
नेपालमा खेलको व्यवसायिकता हुने बेला भएकै छैन l युरोपमा
पनि कति देशमा यस्तो होला ? भारतमा पनि यस्तो स्थिति आएको
छैन l खेल भनेको बिलासिता हो हामी कति विलासी भएका छौ त ?
दुई छाक खान पाइएन भनेर विदेश गएका छौं अनि के हामी दिनदिनै टिकट
काटेर रंगशालामा खेल हेर्न जान सकौला ?
अनि यस्ता मैदानमा खेल्न आउने को होलान् ? एसियाली देशले खेलको कति विकास गरे त्यो त फुटवलको प्रतिगोगिता हेर्दा थाहा हुन्छ l बल्लतल्ल जापान र कोरियाले फुटवल महोत्सव आयोजना गरे l अहिले बल्ल कतारले गर्दैछ l यी सबै देश धनीको सुचिमा पर्छन l
Sunday, January 31, 2021
शेयर कारोबारबारे १० प्रश्न
शेयर र शेयर कारोबार बारे देशसञ्चार अनलाईनमा गरिएको कुराकानी
शेयर कारोबारबारे बुझ्नुअघि शेयर भनेको के हो ? त्यो पहिला बुझ्नु पर्यो। शेयर भनेको कुनै पनि कम्पनीको पुँजीको विभाजित अंश हो। हरेक कम्पनीको पुँजी हुन्छ। पुँजी बिनाको कम्पनी हुँदैन। त्यही पुँजीलाई जुन टुक्रा-टुक्रा पारेर विभाजन गरिन्छ, त्यसलाई नै शेयर भनिन्छ। शेयर सामान्यतया: दुई प्रकारका हुन्छन।
प्राथमिक शेयर भनेको कम्पनीले सर्वसाधारण समक्ष आइपिओ (इनिसियल पब्लिक अफरिङ) को रुपमा आह्वान गर्छ। ‘तिमी मेरो शेयर भर। मेरो स्थिति यस्तो छ। म यति वर्षमा लाभांश दिन सक्छु, यतिका दरले दिन सक्छु, मेरो योजना यस्तो हो’ भनेर जुन आह्वान गर्छ, त्यस आधारमा आह्वान गरिने आवेदन चाहिँ प्राथमिक शेयरका लागि हो। त्यसरी जारी भएको शेयरलाई ‘स्टक एक्सचेन्ज’ मा लगेर सूचीकरण गरिन्छ। स्टक एक्सचेन्जबाट खरिद गरिने भनेको द्वितीय शेयर हो। त्यसलाई दोस्रो बजार भनिन्छ। अहिलेका लागि सामान्यतया यो दुईवटा बजारलाई हेर्न सकिन्छ।
२) सर्वसाधारणले ‘आईपीओ’ भन्नाले के बुझ्ने ?
आईपीओ भनेको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन हो। अघि मैले भने निँ, हरेक कम्पनीको पुँजी हुन्छ। कुल चुक्ता पुँजीको कम्तीमा १० प्रतिशत सर्वसाधारणमा जानुपर्छ भन्ने छ। मानौँ १ अर्ब पुँजी भएको कम्पनी छ र उसले हामी यति प्रतिशत सर्वसाधारणलाई दिन्छौँ भन्यो भने त्यसका लागि उसले आईपीओ आह्वान गर्छ। आईपीओमार्फत आह्वान गरिने एउटा शेयरका लागि जनताले १ सय रुपैयाँ तिर्नुपर्छ। मानौँ त्यो कम्पनीले ३० प्रतिशत सर्वसाधारणलाई दिने भन्यो भने ३० करोड बराबरको ३० लाख कित्ता शेयर जारी गर्छ। त्यसका लागि नियामक निकायले अनुमति दिनुपर्छ। सर्वसाधारणले आईपीओ जारी भएपछि आवेदन दिन्छन्। यही आईपीओमार्फत प्राप्त हुने शेयरलाई प्राथमिक शेयर भनिन्छ।
३) शेयर कारोबार कसरी गरिन्छ ?
कारोबार गर्ने विभिन्न तरिका छन्। सबैभन्दा पहिला ब्रोकरकहाँ जानु पर्यो। नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भइसकेका सबै शेयर कारोबार गराउने माध्यमका रुपमा ब्रोकर अर्थात दलाल हुन्छन्। नेपालमा यसको संख्या ५० वटा छ। यी ५० वटा दलाल कुन–कुन हुन् भनेर थाहा पाउन नेपाल धितोपत्र बोर्डको वेबसाइट र नेपाल स्टक एक्सचेन्ज दुवैको वेबसाइट हेर्न सकिन्छ। ती ५० वटा मध्ये कुनै एकबाट कारोबार गर्न सकिन्छ। ब्रोकरकहाँ केवाइसी भरेपछि आफ्नो क्लाइन्ट आईडी लिएर त्यहाँबाट करोबार गर्न सकिन्छ । यो एउटा तरिका भयो भने अर्को चाहिँ आफ्नो केवाईसी सबै अपडेट गराएपछि ब्रोकरले एउटा युनिक कोड दिन्छ। उनीहरुले एउटा अंक दिन्छन्। त्यो अंक शेयर कारोबार गर्ने खाता नम्बर जस्तै हो। त्यो नम्बरबाट मात्रै कारोबार गर्न पाइन्छ। यसबाहेक ब्रोकरकहाँ अनलाइन लिएर घरमै बसिबसी पनि द्वितीय बजारबाट शेयर गरिद विक्री गर्न सकिन्छ। आफूलाई कुन कम्पनीको शेयर किन्न मन छ ? कुन कम्पनीमा रुचि छ ? त्यहाँका आधारमा शेयर खरिद विक्री गर्न सकिन्छ। शेयर बजारमा सूचीकृत हुने हरेक कम्पनीका सिम्बोल हुन्छन्। ती सिम्बोलबारे जानकारी हुनुपनि आवश्यक छ।
४) शेयर कारोबार सुरु गर्न लागेकालाई के सल्लाह दिनुहुन्छ ?
यदि शेयर बजारमा आउने हो भने, प्राथमिक बजारबाटै आउनुस्। दोस्रो बजार भनेको विस्तारै सिकिने कुरा हो। प्राथमिक बजारमा आउँदा कुन शेयर खुल्दै छ, कहिले खुल्दैछ भन्ने जानकारी लिन धितोपत्र बोर्डको वेबसाइटबाट थाहा पाउन सकिन्छ। प्राथमिक शेयरका लागि अनिवार्य रुपमा बैंक खाता चाहिन्छ। बैंक खाता आस्बामा आबद्ध भएका बैंकहरुमा खोल्नुपर्छ। सबै बैंक आस्बामा आबद्ध छैनन्। बैंक खातापछि डिम्याट खाता चाहिन्छ। डिम्याट खाता खोल्न बैंकको खाता नम्बर अनिवार्य चाहिन्छ। यी काम गरिसकेपछि बैंकबाट सिआरएन नम्बर लिनुपर्छ। साथै मेरो शेयरका लागि पनि आवेदन दिन पाइन्छ। मेरो शेयर लिइसकेपछि अनलाइनबाटै आईपीओ भर्न सकिन्छ। त्यसपछि विस्तारै जाने भनेको दोस्रो बजार हो। अब आईपीओबाट परेको शेयर बिक्री गर्न ब्रोकरकहाँ खाता खोल्नुपर्छ। ब्रोकरबाटै दोस्रो बजारका शेयरहरु खरिदबिक्री गर्न सकिन्छ। दोस्रो बजार बुझ्नका लागि वा त्यहाँबाट शेयर खरिद बिक्री गर्न शेयर बजारको नियामक धितोपत्र बोर्डले के नीति लिइरहेको छ भन्नेबारे पनि जानकारी राख्नुपर्छ। नेपाल राष्ट्र बैंक, बीमा समिति तथा सरकारका नीतिले पनि शेयर बजारलाई प्रभावित पार्न सक्छन्। आफूले शेयर खरिद विक्री गर्न चाहने कम्पनीका निति नियम, कम्पनीको त्रैमासिक विवरण, कम्पनीको वार्षिक सभाले निकालेको वार्षिक विवरण, शेयर बजार सम्बन्धी कानून लगायतका विषयमा जानकारी राख्नुपर्छ।
५) कुन अवस्थामा शेयरको भाउ उकालो लाग्छ ?
ठ्याक्कै भन्नलाई सुत्र छैन। कुनै मेसिनमा हालेर आउने पनि होइन। यो जति बेला पनि उकालो लाग्न सक्छ। सिद्धान्त भन्ने हो भने वैशाखदेखि करिब असोजसम्मको अवधिमा उकालो लाग्छ किनभने यो अवधिमा त्रैमासिकसम्मको रिपोर्ट आइसकेको हुन्छ। त्यसको आधारमा यसले चौथो त्रैमासिकसम्म यति कमाउने रहेछ है भन्ने अनुमान गर्न सकिन्छ। हामीले जहिले पनि शेयर कारोबार गर्दा दुईवटा पक्षलाई हेर्नुपर्छ। मैले कम्पनीमा किन लगानी गर्दै छु? बजारकै मात्र लाभ खाने हो कि? अथवा कम्पनीले दिने लाभ खाने हो कि? त्यो हेर्नु पर्यो। रुख ढालेर दाउरा बाल्ने या रुखबाट दिने फल खाने, त्यो सोच्नु पर्यो। हामीले फल नै खानुपर्छ। शेयरका गुरु वारेन बफेटले भनेका छन्, ‘म बजारबाट कहिले पनि लाभको अपेक्षा गर्दिन। आज मैले शेयर किनेँ भने भोलिबाटै बजार बन्द गर्छन् र पाँच वर्षसम्म खोल्दैनन् भन्ने अनुमान गर्छु।’ उनले पनि बजारबाट लाभ खाने सोचेका रैनछन्। लाभ कहाँबाट खाने कुरा गरेका रहेछन् भने कम्पनीबाट। हामीले पनि यदि त्यो कुरालाई हेरेर जाने हो भने लाभ लिन सकिन्छ। शेयरले झ्याप्पै लाभ नदेला । तर आज किन्छु भोलि २०/३० रुपैयाँ बढ्यो भने बेचिहाल्छु भन्नेसँग कालान्तरसम्ममा गएर न पैसा हुन्छ न शेयर। शेयर धारण गरौँ कित्ता जोगाउँ। कित्ता जोगायो भने त्यसले फल दिइरहन्छ। शेयर लगानीमा आउन इच्छुकहरुले यसलाई दिर्घकालीन लगानीको बाटो बनाउनु सबैभन्दा राम्रो कुरा हो। शेयर धनी बनौँ। त्यो कम्पनीमा बोर्डमा जाने प्रयास गरौँ। शेयरमा लगानी गर्दा रक्सी खाए जस्तो नगरौँ दुध खाएजस्तो गरौँ।
हाम्रो बजारमा कारोबार गर्ने साथीहरुमा के समस्या छ भने शेयर किनेपछि भाउ नै आएन भन्ने गुनासो आउँछ। शेयर एकै पटक किन्ने होइन। आज २ सय ५० मा किनियो भने भोलि बढ्छ या घट्छ थाहा हुँदैन। त्यो कसैले देखेको छैन। बढ्यो भने राम्रै भयो। बढेन भने के गर्ने, त्यो सोच्नु पर्यो यसको एउटै उपाय हो एभरेजिङ। एभरेजिङ गर्दै जाने हो। २५० मा किनेको भोलिपल्ट २४० मा झर्यो भने त्यो दरमा पनि किनौँ। २३० मा झर्यो भने थप किनौँ। जति तल झर्छ, त्यति धेरै शेयर किनौँ। किन्दै जाँदा यसको एभरेजिङ हेर्यो २ सय २० मा आइपुग्या हुन सक्छ। यसले ठूलो नोक्सानबाट जोगाउन सक्छ र लाभको अवस्था पनि सिर्जना गर्न सक्छ।
६) यसमा सधैँ फाइदा हुन्छ भन्न सकिन्छ ?
सकिदैँन। शेयर लगानी जोखिम हो। नाफा तथा नोक्सान दुबै हो। लगानी गर्दा घाटा पनि हुन सक्छ नोक्सान पनि। अझ ‘क्यापिटल गेन’को कुरा गर्ने हो भने त ‘हाइ रिक्स हाई गेन’ भनिन्छ। कि रिक्समा खेलौँ होइन भने सेफ साइडमा बस्ने हो भने डिबेन्चर लगानी गरौँ।
७) अहिले जुन रुपमा शेयर बजार उकालो लागि रहेको छ, के त्यो स्वभाविक हो ?
बुझेर जानेर आए सबै स्वभाविक हो। हो–हल्लामा लागेर आउने हो भने त्यो खराब हो। यस्तै किसिमको लहर आयो भने संकट कहाँ आउँछ पत्तो छैन। आजसम्म नेपालमा संकट आएको छैन। बंगलादेशमा सन् २०१० /११ मा ठूलो संकट आएको थियो। चाइनामा पनि सन् २०१५/१६ मा त्यस्तै संकट आएको थियो। त्यस्तो स्थिति ननिम्त्याउँ। बजारमा आउँ। कमाइ विस्तारै हुन्छ। आज किनेपछि भोलि घट्छ भन्ने पनि सोचौँ। घट्दा के गर्ने भन्ने प्लान गरौँ। बढ्दा चिन्ता गर्नु पर्दैन। आउँ तर विचार गरेर आउँ।
८) यो बढिरहने ट्रेण्ड जारी रहन्छ त ?
यो भन्न सकिँदैन। कति बढ्छ, कति घट्छ, कहाँ पुगेर रोकिन्छ, कहाँबाट सुरु हुन्छ भन्ने कुरा कसैले भन्न सक्दैन। नेप्सेको इन्डेक्स कति पुग्ला भन्ने भन्दा पनि मेरो लगानी भएको कम्पनीले मलाई कति सोचेर राखेको छ भन्ने मात्र बढी हेरौँ। इन्डेक्सले मेरो लगानीलाई मापन गर्दैन। त्यसले कारोबार मापन गरेको हो।
९) प्रतिनिधि सभा विघटन भएको छ, चुनावको घोषणा भएको छ। अस्थिर राजनीतिले शेयर कारोबारमा कस्तो प्रभाव पर्छ ?
अलि असर त परिहाल्छ। सुरुमा जे कुरा पनि झट्ट आउँदा असर प्रभाव परे जस्तो हुन्छ। पछि यसलाई सामान्य रुपमा लिँदै जान्छन्। राजनीतिक प्रक्रिया भनेको एउटा सरकार जान्छ अर्को आउँछ। यस्तो कुराले नियमित काम गर्ने गतिविधिमा असर पार्छ पनि पार्दैन पनि।
१०) घोषित मितिमा निर्वाचन भयो भने शेयर बजारमा कस्तो प्रभाव पार्छ ? भएन भने के हुन्छ ?
मलाई त्यस्तो साह्रो केही होला जस्तो लाग्दैन। अहिलेको परिवेशलाई हेर्दा पनि आखिर ३ वर्ष अगाडि सरकार बन्दा पनि खासै उत्साह भएको होइन। विघटन हुँदा पनि त्यस्तो केही भएको छैन। बजार बढ्ने क्रम भदौबाट सुरु भएको थियो। भदौमा त्यस्तो केही भएको थिएन। बढ्न र घट्नका लागि केही याम चाहिँदैन। यो जति सुकै बेला बढ्ने घट्ने हुन्छ। बढ्छ भन्ने हिसाबले मात्र लगानी नगरौँ। लगानीको वातावरण छ या छैन त्यो पनि हेरौँ। हामी कहाँ सबैभन्दा बढी बैंक छन्। बैंक सेवा क्षेत्र हो। बैंक नै डुब्यो भने सबै डुब्छ। बैंक कहिले पनि डुब्ने अवस्था आउँदैन।
Saturday, August 1, 2020
Sunday, June 21, 2020
Saturday, May 30, 2020
पढाईको कुरा
Thursday, May 28, 2020
अनौठो खेल
Tuesday, February 25, 2020
Friday, January 25, 2019
Thursday, January 17, 2019
केहि विशेष
http://kraantivir.blogspot.com/2018/03/law-of-gravitation.html?m=1
Tuesday, January 1, 2019
Thursday, July 20, 2017
शेयर बजारका मिठा अनुभव, तिताकुरा
मिठै–मिठा अनुभवहरु
अहिले कमिसनमा ढाका विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रका प्राध्यापक एम. खैरुल हुसेन अध्यक्ष रहेका छन् । हुसेनको आगमनपछि ढाका र चटगाउँ दुबै स्टक एक्सचेन्जको डिम्युचुलाईजेसन शुरु भएको छ र यससम्बन्धी कानुन समेत बनिसकेको छ ।
कर्मचारी र शेयर कारोबार
कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ? प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...
-
जोखिम बढेको तर्कमा सत्यता कति ? नेपालको शेयरबजारको पूँजीकरण ४० खर्ब रुपैयाँभन्दा बढी पुगेको छ र अझ बढ्दो क्रममा छ । नयाँ कम्पनी सूचीकरण हुने...
-
एकअर्काबीच अन्तरसम्बन्ध हुन्छ कि हुन्न ? शेयरबजारको पुँजीकरण र कुल ग्रार्हस्थ उत्पादन अर्थात ग्रस डोमेस्टिक प्रडक्ट (जीडीपी) बीच अन्तरसम्ब...
-
नेपालमा पनि विशेष प्रकृतिको अदालत आवश्यक भारतको प्रसिद्ध औद्योगिक एवम् व्यापारिक घराना टाटा समूह कानुनी विवादमा परेपछि सर्वोच्च अदालतसम्म पु...