Friday, June 26, 2020

कोरोना त्रासदी र स्थानहदपछिको नेपालको शेयरबजार


सन् २०१९ को उत्तरार्द्ध (अक्टोबर महिना) मा देखिएको कोरोना नामक भाईरस संक्रमण फैलिन नदिन अधिकाँश देशले स्थानहद (लकडाउन) लगाए  नेपाल पनि २ महिनाभन्दा बढी समयदेखि स्थानहदमा छ  ११ चैत २०७६ देखि शुरु भएर पटकपटक थप हुँदै ३२ जेठ २०७७ सम्म कायम रहने स्थानहद त्यसपछि खुकुलो हुने अनुमान गर्न सकिन्छ  आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहेको हुँदा साल तमामीको लागि भए पनि सावधानी र सुरक्षा अपनाएर खुकुलो पार्न सकिने अनुमान गरिएको हो  २ दिनको कारोबारलाई गणना नगर्ने हो भने स्थानहदसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द छ  २ महिनाभन्दा बढी समयदेखि बन्द रहेको शेयर कारोबार खुल्दा के होला भन्ने अर्को त्रासदी देखिएको छ ।

विदेशका शेयरबजार

संसारका अधिकाँश देशले स्थानहदका बेला पनि शेयर कारोबार रोकेनन  कोरोनाले ग्रस्त बनाएको युरोपेली देशअमेरिका र कोरोना उत्पत्तिस्थल चिनको शेयरबजारमा कारोबार कहिल्यै रोकिएनन कोरोनालाई निमिट्यान्न पार्न नसकिने हुँदा यससँग जुधेर आफ्नो नियमति गतिविधि संचालन गर्ने देशको संख्या बढ्दो क्रममा छ  आर्थिक गतिविधिमा पहिले जस्तै तीव्रता देखिन थालेको अनुमान शेयरबजारमा देखिएको घटनाक्रमले पुष्टि गर्छ 

युरोपेली देशका शेयरबजारमा क्रमशः बढोत्तरी आउँदै गरेको देखिन्छ । जर्मनी, स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, वेलायत, इटाली, रसिया र स्पेनको शेयरबजार जनवरी महिनाको स्थितिमा फर्किए जत्तिकै भएको छ ।

एसियाली शेयरबजार पनि सुधारको क्रममा अघि बढिसकेको छ  दक्षिण कोरियाको शेयरबजार जुन महिनामा आइपुग्दा जनवरीको स्थितिबाट माथि चढेको छ  जापान र चिनको बजार पनि माथि चढ्दै गएको छ  भारतको निफ्टी र सेनसेक्स पनि माथि उक्लने चरणमा रहेको छ  ठूलो एक्सचेन्जको गणनामा पर्ने हंगकंग स्टक एक्सचेन्जमा भने त्यति धेरै सुधार आएको देखिन्न  दुइ दिन कारोबार रोकिएर पुन: चालु भएको फिलिपिन्सको शेयरबजार पनि सुधारको क्रममा छ  कोरोनाका कारण बन्द रहेर ६६ दिनपछि ढाका स्टक एक्सचेन्ज खुलेको छ 

केही देशका शेयरबजारको स्थिति

क्रसं
देश
सूचक
फरक
(प्रतिशत)
जनवरीदेखि  ५ जुनसम्मको  न्यून विन्दु
जनवरी १
जुन ५
सूचक
फरक (प्रतिशत)
अमेरिका (नास्डाक कम्पोजिट)
,०९२
,८१४
,८६०
२४
कोरिया
,१७५
,१८१   
०.२७
,४५७
३३
जापान
२३,२०४
२२,८६३
(१.५)
 १६,५५२
२८
जर्मनी
१३,३८५
१२,८४७
(४)
,४४१
३७
चिन (सांघाई सेन्जेन कम्पोजिट)
,०८५
,९३०
(५)
,६६०
१३
अमेरिका (डाउजोन्स)
२८,८६८
२७,११०  
(६)
१८,५९१
३५
नेदरल्याण्ड
६१२
५७२
(६)
४०४
३४
हंगकंग (हांगसेंग)
२८,५४३
२४,७७० 
(१३)
२१,६९६
२४
फ्रान्स
,०४१
,१९७
(१४)
,७५४
२६
१०
बेलायत
,६०४
,४८४
(१४)
,९९३
३४
११
इटली
२३,८३६
२०,१८७  
(१५)
१४,८९४
३७
१२
भारत (निफ्टी)
१२,१८२
१०,१४२
(१६)
,६१०
३७
१३
भारत (सेन्सेक्स)
४१,३०६
३४,२८७
(१७)
२५,९८१
३७
१४
रसिया
,५६४
,२८५
(१७)
८३२
४७
१५
स्पेन
,६९१
,८७२
(१८)
,१०७
३७
स्रोत : सम्बन्धित देशका स्टक एक्सचेन्ज
नेप्से खुलेपछिको अवस्था

स्थानहदका कारण सूचीकृत लगायत सबै प्रकारका व्यापार व्यवसायमा पूर्णविराम जत्तिकै लागेको छ नेप्सेमा सूचीकृत म्युचुअल फण्डसहित ११ वटा समूहको के कस्तो अवस्था देखिन्छ त्यसको संक्षिप्त चर्चा गरिएको छ ।

१.  बैंकिंग - वाणिज्य बैंकविकास बैंक र वित्त कम्पनीको चैत मसान्तको विवरणलाइ आधार मान्दा असार मसान्तसम्म आइपुग्दा वासलात नकरात्मक स्थितिमा पुग्नसक्ने सम्भावना अनुमान हैन, यथार्थ देखिन्छ । चैत मसान्तको प्रतिवेदनमा अधिकाँश बैंकिंग कम्पनीको वितरणयोग्य नाफा नकारात्मक देखिईसकेको छ । गत माघदेखिको उठ्नुपर्ने किस्ता र ब्याज तिर्ने म्याद थपिँदै जानसक्ने सम्भावनालाई टार्न सकिन्न । यो क्रम असार मसान्तपछि पनि थपिँदै असोज, पुष, चैत हुँदै अर्को असार र त्यसपछि पनि नथपिएला भन्न सकिने अवस्था छैन । यस हिसाबले चालु आर्थिक वर्षको आम्दानीबाट केही कम्पनी बाहेक अधिकाँशले लाभांश दिनसक्ने सम्भावना देखिन्न चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार लघुवित्त समूह तुलनात्मक रुपमा सवल देखिएको छ ।

२.  बिमा – बिमाका जीवन र निर्जीवन दुवै समूहले कुनै पनि त्रैमासिक अवधिमा बिमांक मूल्यांकन गरेर प्रतिवेदन प्रकाशन नगर्ने हुँदा यी समूहको वास्तविक अवस्था ज्ञात हुन्न । बेलैमा साधारणसभा नगर्ने हुँदा यिनको स्थिति सामान्य अवस्थामा पनि प्राप्त नहुने हुँदा अहिले के छ थाहा पाउन सकिन्न 

३.  उत्पादन र प्रशोधन – यस समूहको पनि व्यापारिक गतिविधि शुन्य रहेको हुँदा आम्दानी हुने सम्भावना देखिन्न  यस समूहमा केही कम्पनीले लाभांश बाँड्न सक्ने सम्भावना देखिन्छ 

४. जलविद्युत – यस समूहमा सुचिकृत अधिकांश कम्पनी निर्माणधीन अवस्थामा रहेका हुँदा व्यवसायिक उत्पादन मिति पछी सर्ने सम्भावना छ । संचालनमा रहेका कम्पनीले लाभांश बाँड्न सक्ने अनुमान गर्न सकिन्छ 

५.  व्यापारहोटेल र अन्य – यी ३ समूहमा सुचिकृत कम्पनीको संख्या न्यून रहेको छ  व्यापार समूहमा रहेको साल्ट ट्रेडिङ र अन्य समूहमा रहेको नेपाल टेलिकमले लाभांश दिनसक्ने स्थिति छ । होटेल समूह सबैभन्दा बढी पिडित भएकोले तंग्रिन सबैभन्दा बढी समय लाग्ने अनुमान गर्न सकिन्छ 

६.  म्युचुअल फण्ड – म्युचुअल फण्डको आम्दानी शेयर कारोबारमा आधारित हुने हुँदा पूर्वानुमान गर्न सकिन्न 

हस्तक्षेपरहित बजार

कोरोना त्रासदमा पनि खुला रहेका शेयरबजार जनवरीदेखि फ्रेबुअरी मध्यसम्म बढ्दो क्रममा देखिन्छ ।एक महिना अवधी (फ्रेबुअरी १५ देखि २३ - मार्च १५ देखि २३ सम्म) सबैभन्दा बढी गिरावट आएको छ । २३ मार्चपछि प्राय: सबै शेयरबजारमा वृद्धि हुँदै गएको छ । आउने दिनमा कोरोनाको कहर बिकराल होला वा नहोला संसारका शेयरबजार भने बढ्ने क्रममा देखिईसकेको छ 

स्थानहदपछि खुलेका बजारमा तीव्र गिरावट देखिएको छ  कोरोना कहरमा बजार बन्द गर्ने देशमा पनि एकपटक राम्रै गिरावट आउनसक्ने सम्भावना ढाका स्टक एक्सचेन्जलाई हेर्दा अनुमान गर्न सकिन्छ । ढाका स्टकमा पनि नेपालकै जस्तो आँशिक स्वचालित कारोबार हुनेगर्छ । ६६ दिनपछि खुलेको ढाका स्टकमा बिक्रेताको चाप बढी देखिएको छ भने क्रेता पर्ख र हेरको स्थितिमा छन 

नेपालमा पनि स्थानहदको बेला २ दिन कारोबार खुल्दा पनि ‘पर्ख र हेर’ को स्थिति देखिएको थियो ।खुल्नासाथ बिक्री गरेर घटेपछि किन्छु भन्ने मनोविज्ञान सबैमा देखिएको छ । यस्तो अवस्थामा बिक्री चाप बढ्न गइ मूल्यमा दवाव पर्दा मूल्यमा कमि आउन सक्ने सम्भावनालाई अस्विकार गर्न सकिन्न । बीचमा २ दिन बजार खुल्दा जस्तो (सर्किट फिल्टरब्रेकर र समयमा) अनावश्यक हस्तक्षेप नगरी सामान्य अवस्था झैँ बजार खोल्नु आवश्यक छ  २ प्रतिशतको सर्किट फिल्टर र ३ प्रतिशतको सर्किट ब्रेकर लगाउनु भनेको घाँटी रेटेर मारे जत्तिकै हुनेहुँदा १० प्रतिशत सर्किट फिल्टर र ४,५ र ६ प्रतिशतको सर्किट ब्रेकरलाई यथावत  कायम राख्नु उचित हुन्छ । जति घट्नु छ १/२ दिनमै घटोस र सामान्य अवस्थामा फर्कने अवसर प्राप्त होस्यसतर्फ बजार संचालक र नियामकको पर्याप्त ध्यान जाओस 


२७ जेठ २०७७, आर्थिक अभियान 
https://www.abhiyandaily.com/newscategory-detail/368778