कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई विक्रि गरिन्छ । यसरी कम्पनीको पुँजीको विभाजीत इकाइको दस्तावेजलाई सेयर भनिन्छ । कम्पनीको लागि पुँजी जम्मा गर्न सेयर जारी गरिन्छ । सेयर, पुँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनीबीच करार हुने गर्दछ ।
टिप्पणी : कम्पनीको पूँजी त बुझियो स्वामित्व भनेको के ?
सेयरमा लगानी गरेवापत सेयरधनीहरुले प्रत्यके वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन् । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो ।
संस्थापक सेयर वा अग्राधिकार सेयर
टिप्पणी : यी दुबै अलगअलग हुन् |
कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरुले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो ।
जस्तो कि १ अर्ब पुँजीको एउटा बैंक वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्बमध्ये कम्पनीको सुरुवात गर्नेहरुले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो ।
टिप्पणी : १ अर्ब अधिकृत पूँजी भएको जलविद्युत कम्पनी छ भने यसको तत्काल जारी हुने पूँजी हुन्छ | मानौं यस्तो पूँजी ६० करोड हुन्छ | यहि ६० करोड मध्येबाट मानौं कानुनले तोकेको स्थानीय र अन्य गरि क्रमशः १० र १५ प्रतिशत शेयर जारी गरेर उठाइन्छ | यसो गर्दा स्थानीयबाट ६ करोड बराबर र अन्यबाट ९ करोड गरि १५ करोड पूँजी संकलित हुन्छ | र बाँकी ४५ करोड संस्थापकले हाल्छन | माथि भनेको जस्तो शुरुवात गर्नेले ३० करोड बैंकबाट ३० करोड र सर्वसाधारणबाट ४० करोड उठाइदैन |
ऋण लिने भनेको माथिकै उदाहरणलाइ आधार बनाउँ | उक्त जलविद्युत आयोजनाको कुल लागत २ अर्ब छ भने ३० प्रतिशत स्वपूँजी राख्नुपर्ने हुन्छ | यसरी राख्दा उक्त कम्पनीको जारी पूँजी ६० करोड हुन्छ | ऋण लिने भनिएको १ अर्ब ४० करोड हो । सामान्यतया स्वपूँजी र ऋणको अनुपात ३०:७० को अनुपातमा हुन्छ | यस्तो खासगरी उत्पादन गर्ने कम्पनीको हकमा हो | बैंक वा विमा जस्ता सेवामूलक व्यवसाय चलाउने कम्पनीको लागि हैन | बैंक र बिमाको हकमा ३०:७० भनेको संस्थापक र सर्वसाधारणको पूँजीको हिस्सा हो |
यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरुले आफुले कबुल गरेको रकम बराबरको सेयर हाल्छ त्यसलाई संस्थापक सेयर वा अग्राधिकार सेयर भनिन्छ ।
टिप्पणी : संस्थापक र अग्राधिकार शेयर भनेको आकाश जमिनको फरक छ | अग्राधिकार शेयर सम्बन्धि जानकारी लिनको लागि http://jdahal.blogspot.com/2017/08/normal-0-false-false-false-en-us-x-none.html मा हेर्न सकिन्छ |
कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो सेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो सेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ ।
टिप्पणी : संस्थापक र अग्राधिकारलाई एकै भनेर बुझिएको छ | र सही अनुरुप कम्पनी बिघटन हुँदा पहिला फिर्ता हुन्छ भनिएको गलत हो | अग्राधिकारले प्राथमिकता पाउने हो | अग्राधिकारले बोनस पाउने हैन डिवेन्चरले जस्तो निश्चित लाभांश पाउने हो |
साधारण सेयर
संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको सेयर हो । सामान्यतया १ कित्ता सेयरको मुल्य रु.१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई ५० कित्तादेखि माथि सेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने सेयर साधारण सेयर हो ।
टिप्पणी : हुनत संस्थापक शेयर पनि साधारण शेयर नै हो तर नेपालमा यसरी बुझिन्न | साधारण भन्नाले प्राथमिकरुपमा जारी गरिएको शेयर र संस्थापक भन्नाले कम्पनी खडा गर्दा रकम हाल्ने भन्ने बुझिन्छ | माथि भनिए जस्तो साधारण शेयरधनीले मात्र हैन सबै शेयरधनीले नाफा घाटा व्यहोर्नु पर्छ |
स्मरण रहोस कम्पनी खारेजी वा दामासाहीमा गएमा शेयरधनीको दायित्व सिमित हुन्छ | घरघरानाबाट तिर्नुपर्दैन |
यस्ता दुष्प्रचार धेरै हुने गरेका छन सावधान रहनुहोला ।