Saturday, September 19, 2020

नेशनल हाइड्रोपावर २०७१/७२


आम्दानी विवरण
विद्युत बिक्री आम्दानी - १९ करोड १० लाख रुपैयाँ। १ करोड १६ लाख बढेको । ६.२ प्रतिशत वृद्धि
बिक्री खर्च -  ५ करोड ९ लाख रुपैयाँ । गत वर्ष भन्दा १ करोड ९० लाख बढेको । ६० प्रतिशत वृद्धि
कुल आम्दानी - १४ करोड १ लाख रुपैयाँ
अन्य आम्दानी - १ लाख २४ हजार रुपैयाँ । ८१ हजार ४ सय बढेको । गत वर्ष भन्दा १९० प्रतिशत वृद्धि ।
प्रशासनिक खर्च ९८ लाख ९७ हजार रुपैयाँ । गत वर्ष भन्दा २७ लाख २८ हजार रुपैयाँ बढेको । ३८ प्रतिशत वृद्धि ।
संचालन नाफा १३ करोड ३ लाख रुपैयाँ । गत वर्ष भन्दा १ करोड ५ लाख रुपैयाँ घटेको । ७.४ प्रतिशत घटेको ।
ब्याज खर्च २ करोड ७५ लाख रुपैयाँ। ब्याज खर्च घटेको छ ।
ह्रास कट्टी ३ करोड ११ लाख रुपैयाँ । ह्रास कट्टी पनि घटेको छ ।
अपलेखन ७६ लाख ७१ हजार रुपैयाँ । गत वर्ष पनि यति नै रकम अपलेखन गरेको थियो ।
कर र बोनस पछिको खुद नाफा ६ करोड २७ लाख ५९ हजार रुपैयाँ । गत वर्ष भन्दा ४४ लाख ४७ हजार रुपैयाँ घटेको । ६.६ प्रतिशत कमी
प्रमुख सूचकहरु
प्रतिशेयर आम्दानी वार्षिक रु. ४.३५, प्रतिशेयर खुद सम्पति रु. १२०.११, शेयरधनी कोष (इक्विटी) मा प्रतिफल ३.६२% रहेको छ ।
कम्पनी मुख्य प्रवर्द्धक रहेको सुनकोशी जलविद्युत कम्पनीले विकास गरिरहेको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावतीको अनुमतिपत्र अख्तियारको आदेशमा उर्जा मन्त्रालयले खारेज गरिदिएको छ ।
अनुमतिपत्र खारेजीमा परेपछि त्यसमा लगानी भएको पूँजी र ऋण समेत गरेर ६० करोड भन्दा बढी रकम फसेको छ । भएको अनुमतिपत्र अनुसार काम नगरेर अनुमतिपत्र नै खारेजीमा परेको कम्पनीले अर्को योजना खोजि गरिरहेको भन्ने कुरा प्रकाशित विवरणमा उल्लेख गरिएको छ ।
कम्पनीले लिएको ऋण आउने पौष महिनासम्म चुक्ता हुने भनेको छ तर त्यो कति सत्य हुन्छ हेर्नको लागि पौष महिना नै पर्खनुपर्ने हुन्छ ।
कम्पनीले अहिलेसम्म आर्थिक वर्ष २०७०/७१ समेत लेखापरीक्षण गर्न सकेको छैन ।
कम्पनीमा अहिले पनि दुईवटा संचालक समिति रहेको छ । कुन संचालक समिति आधिकारिक हो भनेर टुंगो लाग्न सकेको छैन । आधिकारिक संचालक समिति नै टुंगो नलागेको अवस्थामा प्रकाशित वित्तीय विवरण र त्यसमा लेखिएका विवरणको सत्यताको परिक्षण कसरी गर्न सकिन्छ ।
अहिले निम्न मुद्दा विचाराधीन अवस्थामा रहेको छ
१. कम्पनीले श्री योगेन्द्र राई विरुद्ध पुनरावेदन अदालत पाटनमा दायर गरेको मुद्दा
२. कम्पनीले श्री दीपक कार्की विरुद्ध पुनरावेदन अदालत पाटनमा दायर गरेको मुद्दा
३. कम्पनीले कम्पनी रजिस्ट्रार कार्यालय बिरुद्ध पुनरावेदन अदालत पाटनमा दायर गरेको मुद्दा
४. कम्पनी विरुद्ध दीपक कार्कीले पुनरावेदन अदालत पाटनमा दायर गरेको मुद्दा
अहिलेसम्म लेखापरीक्षण समेत हुननसकेकोले कम्पनीको आय व्यय नै निश्चित नभएकोले लाभांशको कल्पना नगरे पनि हुन्छ ।
चुक्ता पूँजी १ अरब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ, जगेडामा ३० करोड ९३ लाख ९३ हजार रुपैयाँ र लगानी ३५ करोड रुपैयाँ रहेको छ । ऋण ७ करोड ९१ लाख रुपैयाँ रहेको छ ।


No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...