Wednesday, September 2, 2020

सोल्टी होटेल २०७१/७२


आम्दानी विवरण

आतिथ्य सत्कारबाट १ अरब ३८ करोड ४१ लाख रुपैयाँ र लाभांशबाट ९१ लाख रुपैयाँ समेत गरि १ अरब ३९ करोड ३३ लाख रुपैयाँ कुल संचालन आम्दानी गरेको छ । संचालन आम्दानी ३ करोड रुपैयाँ बढेको छ जुन ३ प्रतिशत  बढी हो ।

व्यय विवरण र खुद नाफा

खाद्यान्न र पेय पदार्थ खर्च २० करोड २३ लाख रुपैयाँ, तलब तथा कर्मचारी हित खर्च ३९ करोड १० लाख रुपैयाँ र संचालन तथा प्रशासकीय खर्च ४० करोड रुपैयाँ समेत गरि ९९ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ । यस्तो खर्च अगिल्लो वर्ष भन्दा ६ करोड ४८ लाख रुपैयाँ बढेर ९९ करोड ३८ लाख रुपैयाँ पुगेको छ जुन ७ प्रतिशत बढी हो । खाद्यान्न, पेय पदार्थ र तलब तथा कर्मचारी हित खर्चमा आएको वृद्धिले यस्तो खर्च बढेको छ । यस पछिको संचालन आम्दानी ३९ करोड ९४ लाख ८६ हजार रुपैयाँ छ जुन २ करोड ५६ लाख रुपैयाँले कमि आएको छ । जुन अगिल्लो वर्ष भन्दा ६ प्रतिशत घटी हो ।

कर, बोनस, ह्रास कट्टी खर्च लगायत अन्य खर्च पश्चात २० करोड ७४ लाख २५ हजार जुन २ करोड ५६ लाख रुपैयाँले कमि आएको छ खुद आम्दानी गरेको छ । जुन अगिल्लो वर्ष भन्दा ६.४ प्रतिशतले घटी हो ।

प्रमुख सूचकहरु

प्रतिशेयर आम्दानी वार्षिक रु. ४.९२ (प्रतिशेयर चुक्ता मूल्य रु. १०), मूल्य आम्दानी ................., प्रतिशेयर खुद सम्पति रु. २८.३० (प्रतिशेयर चुक्ता मूल्य रु. १०), शेयरधनी कोष (इक्विटी) मा प्रतिफल १७ प्रतिशत रहेको छ ।

कम्पनीको आम्दानी घट्नुको प्रमुख कारणमा गत बैशाखमा गएको भूकम्प रहेको छ । भूकम्प पश्चात पर्यटक लगायतको आगमनमा कमि आए पछी होटेलको व्यापार प्रभावित भएको छ । अब भूकम्पको त्रासदी कम भएकोले पर्यटक आगमन यथावत रहेमा होटेलको व्यवसाय बढ्न सक्ने देखिन्छ ।

गत आर्थिक वर्षको नाफाबाट कम्पनीले ३.९ प्रतिशत (प्रतिशेयर चुक्ता मूल्य रु. १० मा) प्रतिशतसम्म लाभांश दिनसक्ने देखिन्छ ।

चुक्ता पूँजी ४२ करोड १२ लाख १६ हजार जुन २ करोड ५६ लाख रुपैयाँले कमि आएको छ, संचित कोष रु. ७६ करोड २१ लाख २४ हजार जुन २ करोड ५६ लाख रुपैयाँले कमि आएको छ र लगानी २ करोड ९९ लाख ६७ हजार जुन २ करोड ५६ लाख रुपैयाँले कमि आएको छ रहेको छ ।


No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...