राफसाफ चक्र भन्नाले धितोपत्रको कारोबार भएको दिनबाट
खरीदकर्ताले धितोपत्र प्राप्त गर्ने र विक्रीकर्ताले रकम प्राप्त गर्ने दिनसम्मको
समय बुझाउँछ । धेरैजसो बजारमा शेयरको हकमा कारोबार भएको २ दिनभित्र (टी प्लस २) र
ऋणपत्रको हकमा कारोबार भएकै दिन (टी प्लस ०) राफसाफ हुने गरेको छ । तर, कतिपय
देशमा शेयर र ऋणपत्र दुवै (टी प्लस २) राफसाफ गर्ने प्रचलन छ । केही देशमा ३
दिनभित्र (टी प्लस ३) को राफसाफ चक्र पनि रहेको छ । नेपालमा भने कारोबार भएको दिनबाट
तेस्रो दिन अर्थात् टी प्लस ३ राफसाफ चक्रअन्तर्गत फन्ड नेटिङ प्रणालीका आधारमा
सीडीएस एन्ड क्लियरिङको राफसाफ प्रणालीबाट भइरहेको छ । सीडीएससीको राफसाफ
प्रणालीले मुख्यतः नेप्से, सीडीएससी, राफसाफ सदस्य र राफसाफ बैंकहरूबीच समन्वय गराई राफसाफ तथा फछ्र्योट कार्य
गर्छ
अन्तरराष्ट्रिय प्रचलन
संसारका प्रायः देशका पूँजी बजारमा राफसाफ चक्र टी प्लसमा हुने गर्छ । राफसाफ चक्रलाई २ दिनमा झार्ने अग्रणी देशमध्ये भारत एक हो । २००२ अप्रिलबाट सेबीले राफसाफ चक्र टी प्लस २ कायम गर्न आवश्यक कानूनी व्यवस्था गरी लागू गरेको थियो । त्यसै गरी यूरोपेली संघले आफ्ना सबै सदस्य देशमा सन् २०१४ अक्टोबर ६ बाट राफसाफ चक्र टी प्लस २ लागू गरेको छ । रसियाको मस्को स्टक एक्सचेन्जले कारोबारको राफसाफ सन् २०१४ जनवरी १ बाट टी प्लस २ कायम गरेको थियो । केही समयअघि टी प्लस ० लागू गरेको बढी लागत र नेटिङ गर्न नपाएका कारण कम कारोबारका साथै तरलतामा समेत कमी आएकाले पुनः टी प्लस २ गरिएको थियो । नेपालमा जस्तै कोलम्बिया, दक्षिण अफ्रिका, फिलिपिन्सलगायत केही देशमा टी प्लस ३ रहेको छ । अमेरिकामा २०१७ देखि टी प्लस २ चक्र लागू गरिएको छ ।

पूँजी बजारका नियामकहरूको अन्तरराष्ट्रिय छाता संगठन
आईएसकोले आप्mना सदस्यलाई बढीमा टी प्लस ३ को राफसाफ
चक्र लागू गर्न सुझाव दिएको छ । यूरोपेली संघले समग्र यूरोपको अध्ययन गरी टी प्लस
३ बाट टी प्लस २ मा जाँदा जोखिम कम गर्न र बजारमा तरलता कायम गर्न सहयोग गर्ने
देखाएको छ । स्वीस एक्सचेन्ज ग्रूप सिक्ससँग डिजिटल कमर्शियल बैंकसहित देशका सबै
बैंक जोड्ने गेटवेको अनुमति हँुदा पनि टी प्लस २ राफसाफ चक्र नै उपयोग गरिरहेको छ
। त्यसै गरी बोस्टन कन्सल्टेन्सी ग्रूपले अमेरिकाको डिपोजिटरी कम्पनीका लागि गरेको
अध्ययनमा टी प्लस २ मा जानु उपयुक्त देखाएको छ । यसैअनुसार यहाँ टी प्लस २ लागू
गरिएको हो ।
नेपालमा किन ढिला ?
नेपालमा राफसाफ चक्र ३ दिन वा सोभन्दा बढी लाग्नुको एक कारण पूँजीगत लाभकर राफसाफ गर्दा नै काट्नुपर्ने कानूनी दायित्वले पनि हो । त्यसैगरी नियमअनुसार टी प्लस ३ राफसाफ चक्रअनुसार टी प्लस १ मा ब्रोकरले राफसाफ पुल खातामा शेयरको भुक्तानी गर्ने र कारोबार भएको टी प्लस २ मा राफसाफ बैंकमा रकम जम्मा गर्ने र टी प्लस ३ मा सीडीएसले राफसाफ गर्नुपर्नेमा नेपालमा कतिपय अवस्थामा टी प्लस ३ को १२ बजेसम्म पनि रकम र धितोपत्र जम्मा गर्दै गर्ने प्रचलनले राफसाफ चक्र कम गर्न सकिएको छैन । यसैले गर्दा हाम्रो बजारमा टी प्लस ३ मा राफसाफ भए पनि लगानीकर्ताले सामान्यतया टी प्लस ४ मा मात्र प्राप्त गर्छन् । तर, अन्य आधुनिक बजारमा टी प्लस २ बेलुकासम्म खरीदकर्ताको शेयर खातामा शेयर जम्मा हुन्छ भने विक्रीकर्ताको बैंक खातामा रकम जम्मा हुन्छ । भारतमा रकम जम्मा गर्ने प्रयोजनका लागि नेपालको एनसीएचएल जस्तै पेमेन्ट गेटवे भएको संस्थाको मद्दतबाट ठूला ब्रोकरहरूले सम्बद्ध लगानीकर्ताको खातामा पैसा जम्मा गर्छन् भने साना ब्रोकरहरूले चेकमार्पmत पनि गर्ने गर्छन् । तर, त्यहाँ सामान्यतया कारोबार गर्न ब्रोकरकोमा नै डिम्याट खाता खोल्नुपर्छ ।

भारतीयलगायत धेरैजसो देशमा ब्रोकर वा राफसाफ सदस्यले
सम्बद्ध लगानीकर्ताले विक्री गरेको धितोपत्र स्वतः हस्तान्तरण गर्ने कानूनी अधिकार
प्राप्त गरेका हुन्छन् । साथै, खरीद गर्दा पनि
अग्रिम रूपमा पूर्ण रकम प्राप्त गरेका हुन्छन् । यसले गर्दा खरीद वा विक्री आदेश
दिइसकेपछि राफसाफ कार्यमा लगानीकर्ता स्वयम सहभागी हुनु पर्दैन । यो सबै कार्य
राफसाफ सदस्यले गर्छ र उसले जडान प्रविधिमार्फत अटोमेटिक सञ्चालन भएको हुन्छ । तर,
नेपालमा यो कानूनी व्यवस्था नभएको र प्राविधिक रूपमा ब्रोकर वा
राफसाफ सदस्यले एक्सचेन्ज, राफसाफ गृह र लगानीकर्ता जोड्ने
प्रविधि प्रयोग पनि नगरेको राफसाफ चक्रको समय बढी लागेको हो ।
राफसाफ चक्र घटाउन
गर्नुपर्ने कामहरू
१. धितोपत्र विक्रीमा पूँजीगत लाभकरलाई अग्रिम रूपमा संकलन गर्नुपर्ने हालको व्यवस्थाबमोजिम लगानीकर्ताको स्वामित्वमा रहेको धितोपत्रको भारित औसत लागत प्रत्येक कारोबारका लागि प्रविष्टि गर्नुपर्ने व्यवस्थाले राफसाफ चक्र घटाउन निकै चुनौती रहेकाले यसको सट्टा लगानीकर्ताको पान नम्बरको आधारमा वर्षको अन्त्यमा ट्याक्स फाइल गर्ने व्यवस्था गरेमा राफसाफ चक्रलाई सजिलै छोट्याउन सकिने देखिन्छ । अर्को विकल्पका रूपमा पूँजीगत लाभकरको सट्टा कारोबार करको व्यवस्था गरेमा पनि राफसाफ चक्रलाई सजिलै छोट्याउन सक्ने देखिन्छ । यसले गर्दा बजारमा तरलता कायम भई कारोबारमा वृद्धि हुने हुँदा हाल संकलन हुने सरकारी राजस्वमा कमी नहुने देखिन्छ ।

२. कानूनी
रूपमा खरीदविक्री गरेको रकम बराबरको धितोपत्र वा रकम प्राप्त गर्न सक्ने गरी
राफसाफ सदस्यलाई पावर अफ अटर्नी प्रदान गरेमा कारोबारपश्चात् राफसाफ कार्यमा
लगानीकर्ताको संलग्नता रहँदैन । तत्कालका लागि मेरो शेयर पोर्टलमार्पmत लगानीकर्ताको क्षमता या अटर्नीको आधारमा राफसाफ सदस्यले नै धितोपत्रको
हस्तान्तरण गर्ने र खरीदका लागि अग्रिम रकम प्राप्त गर्ने वा टी प्लस १ भित्र
पूर्ण रकम राफसाफ पुल खातामा जम्मा गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
३. सेक्युरिटी
नेटिङसँग सम्बद्ध जोखिम पहिचान गरी जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी राफसाफ
प्रणालीमा सेक्युरिटी नेटिङको व्यवस्था गर्न सकिन्छ । त्यसो गर्दा राफसाफ सदस्यको
राफसाफ गृहसँगको सेक्युरिटिज अब्लिगेशन कम हुने हुँदा राफसाफका लागि धितोपत्रको
कमी हुने सम्भावना न्यून हुन गई राफसाफ चक्र घटाउन मद्दत पुग्ने देखिन्छ । तर,
यसो गर्दा राफसाफ सदस्यलाई अझ बढी जिम्मेवार बनाउनुपर्ने हुन्छ ।
४. लगानीकर्ताले
धितोपत्र खरीद गर्नुपूर्व धितोपत्र दलालको खातामा शतप्रतिशत रकम जम्मा गर्ने
व्यवस्था गर्नुपर्ने र कारोबार हुन नसकी बाँकी रहेको रकम धितोपत्र दलालको खाताबाट
फिर्ता गर्न लगानीकर्ताले प्रणालीमार्पmत आदेश दिन सकिने
व्यवस्था गर्नुपर्छ ।
अन्तरराष्ट्रिय अध्ययनहरूले राफसाफ चक्र कम गर्दा
लाग्ने लागत र लाभका आधारमा टी प्लस २ लाई उपयुक्त मानेकाले नेपालमा पनि राफसाफ
चक्र तुरुन्तै टी प्लस २ नै गर्नु उपयुक्त देखिन्छ । यसको अर्थ लगानीकर्ताले
विक्री गरेको रकम र खरीद गरेको शेयर कारोबार भएको दोस्रो दिन बेलुकासम्म आफ्नो
खातामा जम्मा हुने व्यवस्था हुनुपर्छ । यो भनेको हालको कारोबार चक्रलाई २ दिनले घटाउनु
हो । केही कानूनी व्यवस्था र प्रविधिमा परिवर्तन गरी यो कार्य गर्न सकिन्छ ।
No comments:
Post a Comment