Thursday, September 3, 2020

शाइन बैंक २०७१/७२

 नाफा नोक्सान

६५ करोड ६६ लाख रुपैयाँ व्याज आम्दानी गरि २८ करोड ९३ लाख रुपैयाँ व्याज खर्च पश्चात ३६ करोड ७३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी ७ करोड ९६ लाख बढेको छ जुन अगिल्लो वर्ष भन्दा २७ प्रतिशत बढी हो ।

 

शुल्क, कमिसन र बट्टाबाट हुने आम्दानी १ करोड ४६ लाख रुपैयाँबाट बढेर १ करोड ५३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै अन्य संचालन आम्दानी पनि ३ करोड २९ लाख रुपैयाँबाट बढेर ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

 

मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ४१ करोड ८३ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा २४ प्रतिशत बढी हो ।

 

मानव संशाधन तथा व्यवस्थापनमा ९ करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको २३ प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।

 

मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी ३२ करोड ८ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा २२ प्रतिशत बढी हो ।

 

खराब कर्जा, बोनस, कर र खुद नाफा

 

खराब कर्जा बापत २ करोड ३० लाख रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट १ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको छ । खराब कर्जाबाट ८२ लाख रुपैयाँ फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ ।

 

बोनस र कर पछी १९ करोड ४८ लाख ६३ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा २० प्रतिशत बढी हो ।

 

प्रमुख सूचकहरु

 

जोखिम भारित सम्पति १६.०४ प्रतिशत, खराब कर्जा ०.४९ प्रतिशत, लागत मूल्य ५.१९ प्रतिशत, कर्जा निक्षेप अनुपात ७३.१७ प्रतिशत, आधार दर उल्लेख छैन, औसत ब्याजदर ६.४४ प्रतिशत, प्रतिशेयर आम्दानी रु. ३०.७७, प्रतिशेयर खुद सम्पति १४९.५२, मूल्य आम्दानी अनुपात................र शेयरधनी कोष (इक्विटी) मा प्रतिफल २०.५७ प्रतिशत रहेको छ ।

 

सूचकहरुले स्थिति सामान्य छ भन्ने देखाएको छ । जोखिम बहन गर्नसक्ने सम्पति प्रशस्त छ । खराब कर्जा बढेको भए पनि ०.५ प्रतिशत भन्दा तल छ । खराब कर्जा कम भए पनि केन्द्रीय बैंकले जारी गरेको सुक्ष्म निगरानीसम्बन्धि निर्देशनको कारण केहि बढी नै व्यवस्था गरेको छ । असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।

 

निक्षेप-कर्जा अनुपात तोकेको सिमामा रहेको छ । लागत मूल्य घटेको छ । आधार दर उल्लेख नगरेकोले कतिमा लगानी गरेको छ थाहा हुन सकेन । व्याजदर अन्तर सामान्य घटेको छ । यसलाई तुलनात्मक रुपमा केहि अधिक नै मान्नुपर्छ । शेयरधनी कोष (इक्विटी) मा प्रतिफल सवल रहेको देख्न सकिन्छ ।

 

ब्याज, शुल्क, कमिसन र अन्य संचालन आम्दानी सबै बढेको छ । गैर-संचालनबाट केहि आम्दानी गरेको छ । असामान्य गतिविधिबाट आम्दानी गर्न सकेको छैन । बैंकको संचालन र कर्मचारी खर्च अति न्यून छ यसलाई कम्पनीको उल्लेख्य पक्ष मान्नुपर्छ । यो खर्च न्यून गरेकोले आम्दानीमा सकारात्मक प्रभाव परेको छ ।

 

बैंकले गत वर्षको आम्दानीबाट २५ प्रतिशतसम्म लाभांश दिनसक्छ । जगेडाबाट केहि रकम तान्न सकेमा अझ बढ्न सक्छ किनकी जगेडामा रकम रहेको छ । पूँजी र निक्षेप सन्तुलित छ ।

 

बैंकको पूँजी ६३ करोड ३३ लाख ३० हजार रुपैयाँ हेको छ । जगेडामा ३१ करोड ३६ लाख २९ हजार रुपैयाँ रहेको छ । बैंकसँग अहिले ६ अरब २४ करोड रुपैयाँ निक्षेप रहेको छ भने लगानीतर्फ ५ अरब २६ करोड रुपैयाँ रहेको छ । क्षेत्रीयस्तरको बैंक भएर पनि निक्षेप उल्लेख्य रहनु बैंकको सवल पक्ष हो । २० करोड रुपैयाँबाट शुरु भएको बैंकले अहिले तेब्बर पूँजी बढाएर व्यवसाय गरिरहेको छ ।

 

१० जिल्ला कार्यक्षेत्र मात्र भएको बैंक भए पनि पूँजी भने राष्ट्रियस्तरको बैंक सरह रहेको छ । केन्द्रीय बैंकको निर्देशन अनुसार आगामी २ वर्ष भित्र पूँजी बढाएर १ अरब २० करोड रुपैयाँ पुरयाउनु पर्ने वाध्यता थपिएको छ । बैंक अरु कुनै बैंकसँग नगाभिईकन पनि तोकेको पूँजी पुरा गरि व्यवसाय गर्न सक्षम हुने देखिन्छ । क्षेत्रीयस्तरमा नै रहन सक्ने क्षमता बैंकको छ । अहिले नै बैंकसँग जगेडामा रहेको समेत जोड्दा ९४ करोड रुपैयाँ रहेको छ । अझ दुई वर्ष समय बाँकी रहेकोले १२० करोड रुपैयाँ पुर्याउन कुनै समस्या पर्ने अवस्था देखिन्न ।

 

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...