Thursday, September 3, 2020

ज्योति बैंक २०७१/७२

 नाफा नोक्सान

५९ करोड २४ लाख रुपैयाँ व्याज आम्दानी गरि ३१ करोड १४ लाख रुपैयाँ व्याज खर्च पश्चात २८ करोड ९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी ४ करोड ५५ लाख रुपैयाँ बढेको छ जुन अगिल्लो वर्ष भन्दा १९ प्रतिशत बढी हो ।

 

शुल्क, कमिसन र बट्टाबाट हुने आम्दानी ४८ लाख रुपैयाँबाट घटेर ३८ लाख रुपैयाँमा झरेको छ । त्यस्तै अन्य संचालन आम्दानी भने ३ करोड ३२ लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । विदेशी मुद्रा सटहीबाट भने १३ हजार रुपैयाँ हात परेको छ ।

 

मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ३१ करोड ८९ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा १६ प्रतिशत बढी हो ।

 

मानव संशाधन तथा व्यवस्थापनमा १४ करोड रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको ४५ प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।

 

मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी १७ करोड ३० लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा २१ प्रतिशत बढी हो ।

 

खराब कर्जा, बोनस, कर र खुद नाफा

 

खराब कर्जा बापत ४ करोड ८८ लाख रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट ४ लाख रुपैयाँ घाटा परेको छ । खराब कर्जाबाट २ करोड ९६ लाख रुपैयाँ फिर्ता भएको छ । असामान्य गतिविधिबाट १३ हजार रुपैयाँ गुमाएको छ ।

 

बोनस र कर पछी ९ करोड ७६ लाख ३१ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ५५ प्रतिशत बढी हो ।

 

प्रमुख सूचकहरु

 

जोखिम भारित सम्पति १७.४ प्रतिशत, खराब कर्जा २.०८ प्रतिशत, लागत मूल्य ६.०१ प्रतिशत, कर्जा निक्षेप अनुपात ६९.१ प्रतिशत, आधार दर ९.३ प्रतिशत, औसत ब्याजदर ५.५५ प्रतिशत, प्रतिशेयर आम्दानी रु. ११.५२, प्रतिशेयर खुद सम्पति ११८.५१, मूल्य आम्दानी अनुपात................र शेयरधनी कोष (इक्विटी) मा प्रतिफल ९.७२ प्रतिशत रहेको छ ।


सूचकहरुले स्थिति सामान्य देखाएको छ । जोखिम बहन गर्नसक्ने सम्पति प्रशस्त छ । खराब कर्जा घटेको छ । केन्द्रीय बैंकले सुक्ष्म निगरानीसम्बन्धि निर्देशन जारी गरेको छ जस अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।

 

निक्षेप-कर्जा अनुपात तोकेको सिमामा रहेको छ । लागत मूल्य र आधार दर दुबै घटेको छ । व्याजदर अन्तर भने बढेर गएको छ । आधार दर घट्दा पनि राम्रो आम्दानी गर्न सकेको छ । लागत मूल्य घट्नु पनि आम्दानी बढ्नुको एउटा पक्ष रहेको छ । व्याजदर अन्तर बढेर जानु राम्रो पक्ष हैन । यसको सिमा नतोकेकोले खासै समस्या नपरे पनि यो अधिक हुनु भनेको लागत मुल्य बढ्नु हो । यसलाई ५% हाराहारीमा राख्न आवश्यक छ । शेयरधनी कोष (इक्विटी) मा हुने प्रतिफल न्यून छ ।

 

ब्याज बढे पनि शुल्क, कमिसन र बट्टाबाट हुने आम्दानी घटेको छ । अन्य संचालन आम्दानी बढेको छ । विदेशी मुद्रा सटहीबाट नगन्य आम्दानी गरेको छ । गैर-संचालन र असामान्य गतिविधिबाट गुमाएको छ । यसको पूर्ति अन्य आम्दानीबाट गर्नुपरेको छ । नोक्सानी व्यवस्था अघिसम्म आम्दानी अधिक नै बढेको छ । नोक्सानी व्यवस्थामा अलि बढी राख्नु परेकोले खुद आम्दानीमा प्रभाव परेको छ । नोक्सानी व्यवस्थाबाट फिर्ता आएको रकमले खुद आम्दानी बढाउन मद्दत पुगेको छ ।

 

बैंकको संचालन र कर्मचारी खर्च अधिक रहेको छ । गत वर्ष भन्दा केहि कम भएको देख्न सकिन्छ ।

बैंकले गत वर्षको आम्दानीबाट १० प्रतिशतसम्म लाभांश दिनसक्छ । पूँजीको अनुपातमा निक्षेप कम छ । निक्षेप बढाउने योजना ल्याउनु पर्ने देखिएको छ ।

 

बैंकको पूँजी ८४ करोड ७२ लाख २६ हजार रुपैयाँ, जगेडामा १५ करोड ६८ लाख ५६ हजार रुपैयाँ, निक्षेप ६ अरब ३३ करोड रुपैयाँ र लगानी तर्फ ५ अरब रुपैयाँ रहेको छ ।

 

राष्ट्रियस्तरको बैंक भएकोले केन्द्रीय बैंकको निर्देशन अनुसार आगामी २ वर्ष भित्र पूँजी बढाएर २ अरब ५० करोड रुपैयाँ पुरयाउनु पर्ने वाध्यता थपिएको छ । बैंकले आफ्नै क्षमताले पूँजी बढाएर व्यापार बढाउन सक्ने अवस्था छैन यस्तो अवस्थामा गाभिनुको बिकल्प देखिन्न ।

 

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...