नाफा-नोक्सान
व्याज आम्दानी - ३ अरब ८२ करोड १३ लाख रुपैयाँ ।
गत वर्ष भन्दा १५ करोड ५३ लाख रुपैयाँ घटेको ।
४ प्रतिशत घटी
४ प्रतिशत घटी
व्याज खर्च – १ अरब ७७ करोड ३८
लाख रुपैयाँ ।
गत वर्ष भन्दा ४५ करोड ७७ लाख रुपैयाँ
घटेको । २०.५ प्रतिशत
घटी
खुद व्याज आम्दानी – २ अरब
४ करोड ७४ लाख रुपैयाँ । गत वर्ष भन्दा ३० करोड २४ लाख रुपैयाँ बढेको
। १७ प्रतिशत वृद्धि
शुल्क, कमिसन र बट्टा आम्दानी – ३४ करोड ३ लाख रुपैयाँ । गत वर्ष भन्दा १ करोड ९९ लाख रुपैयाँ बढेको
। ६ प्रतिशत
वृद्धि
अन्य संचालन आम्दानी – ३०
करोड ७६ लाख रुपैयाँ । गत वर्ष भन्दा ९ करोड ४ लाख बढेको रुपैयाँ छ । ४१ प्रतिशत वृद्धि
विदेशी मुद्रा सटही घटबढबाट आम्दानी –
११ करोड ९४ लाख रुपैयाँ । गत वर्ष भन्दा १ करोड १६ लाख रुपैयाँ बढेको
। ११ प्रतिशत
वृद्धि
कुल संचालन आम्दानी – २ अरब
८१ करोड ४९ लाख रुपैयाँ । गत वर्ष भन्दा ४२ करोड ४४ लाख रुपैयाँ बढेको
। १८ प्रतिशत
वृद्धि
मानव संशाधन तथा व्यवस्थापन खर्च – १ अरब
६ करोड ८० लाख रुपैयाँ । कुल संचालन आम्दानीको ३८ प्रतिशत
मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी –
१ अरब ७४ करोड ६९ लाख रुपैयाँ । २१ प्रतिशत वृद्धि
खराब कर्जा, बोनस, कर र खुद
नाफा
खराब कर्जा बापत – ११ करोड ६६ लाख रुपैयाँ व्यवस्था । संचालन आम्दानीको ७ प्रतिशत
गैर-संचालनबाट आम्दानी – १ करोड
७ लाख रुपैयाँ
खराब कर्जाबाट फिर्ता – ५ करोड
२१ लाख रुपैयाँ
असामान्य गतिविधिबाट आम्दानी – २ करोड
४० हजार रुपैयाँ
बोनस र कर पछी खुद आम्दानी - १ अरब ६ करोड ५४ लाख ३८ हजार रुपैयाँ । गत वर्ष भन्दा १४ करोड २४ लाख ५४ हजार रुपैयाँ बढेको
छ । १५ प्रतिशत
वृद्धि
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १३.४७
प्रतिशत, खराब कर्जा ०.१९ प्रतिशत, लागत
मूल्य ३.१७ प्रतिशत,
कर्जा निक्षेप अनुपात ७९.११ प्रतिशत, आधार दर ७.७१ प्रतिशत, औसत
ब्याजदर ५.४३ प्रतिशत,
प्रतिशेयर आम्दानी रु. ३४.८४, प्रतिशेयर खुद
सम्पति १८६.०५, मूल्य आम्दानी अनुपात................र शेयरधनी कोष (इक्विटी) मा प्रतिफल २१.५१
प्रतिशत रहेको छ ।
सूचकहरुले स्थिति सामान्य छ भन्ने देखाएको छ । जोखिम बहन गर्नसक्ने
सम्पति प्रशस्त छ । खराब कर्जा घटेको छ । केन्द्रीय बैंकले ‘सुक्ष्म निगरानी’ सम्बन्धि निर्देशन जारी गरेको छ जस
अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।
निक्षेप-कर्जा अनुपात तोकेकै विन्दुमा छ । यसले निक्षेपको राम्रो
परिचालन भएको देखाएको छ । लागत मुल्य घटेको छ । आधार दर पनि घटेको छ । ब्याज दर
अन्तर बढेर गएको मात्र हैन तोकेको सिमा नै नाघेको छ । शेयरधनी कोष (इक्विटी) मा प्रतिफल सवल देख्न सकिन्छ ।
आम्दानीको सबै स्रोतबाट हुने आम्दानी बढेको छ । कुल ब्याज आम्दानी
घटेको भए पनि व्याज खर्चमा कमि आएकोले खुद ब्याज आम्दानी १७ प्रतिशतले बढी देखिएको छ । शुल्क,
कमिसन र बट्टाबाट हुने आम्दानी सामान्य बढेको छ भने अन्य संचालन
आम्दानी अधिक बढेको छ । विदेशी मुद्रा सटहीबाट हुने आम्दानी पनि बढेको छ । गैर-संचालन
र असामान्य गतिविधिबाट पनि केहि आम्दानी गरेको छ । आम्दानीका सबै स्रोतबाट आम्दानी
गर्न सकेकोले खुद आम्दानी बढेको छ । कुल आम्दानीको ७ प्रतिशत रकम नोक्सानी
व्यवस्थामा गएको छ । बैंकको संचालन र कर्मचारी खर्च सामान्य छ । गत वर्ष भन्दा घटेको छ ।
बैंकले गत वर्षको आम्दानीबाट २६% लाभांश दिनसक्छ ।
बैंकको पूँजी ३ अरब ५ करोड ८० लाख ६० हजार रुपैयाँ, जगेडा २ अरब ६३
करोड १३ लाख १२ हजार रुपैयाँ, निक्षेप
५१ अरब ६२ करोड रुपैयाँ
र लगानी तर्फ ३९ अरब ९७ करोड रुपैयाँ रहेको छ ।
केन्द्रीय बैंकको निर्देशन अनुसार आगामी २ वर्ष भित्र पूँजी बढाउन
निर्देशन दिएकोले बैंकले के कस्तो रणनीति अपनाएर पूँजी वृद्धि गर्छ त्यो भने हेर्न
अब केहि दिन मात्र पर्खे पुग्छ ।
No comments:
Post a Comment