Monday, September 7, 2020

स्ट्याण्डर्ड चार्टर्ड बैंक२०७१/७२


नाफा नोक्सान
२ अरब ५७ करोड ४५ लाख रुपैयाँ ब्याज आम्दानी गरि ६६ करोड १० लाख रुपैयाँ व्याज खर्च पश्चात १ अरब ९१ करोड ३५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत वर्ष भन्दा ९ करोड ४१ लाख रुपैयाँ घटेको छ, जुन अगिल्लो वर्ष भन्दा ४ प्रतिशत घटी हो ।
शुल्क, कमिसन, बट्टाबाट हुने आम्दानी घटेर ३६ करोड ३६ लाख रुपैयाँमा झरेको छ अगिल्लो वर्ष ३८ करोड ३६ लाख रुपैयाँ रहेको थियो । अन्य संचालन आम्दानी पनि ३५ लाख रुपैयाँ घटेर ४ करोड रुपैयाँमा झरेको छ अगिल्लो वर्ष ४ करोड ७७ लाख रुपैयाँ थियो । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट भने आम्दानी बढेको छ । अगिल्लो वर्ष ४७ करोड ७९ लाख रुपैयाँ रहेकोमा अहिले ६१ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी २ अरब ९३ करोड १७ लाख रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ०.६ प्रतिशत बढी हो ।
मानव संशाधन तथा व्यवस्थापनमा ९१ करोड १७ लाख खर्च गरेको छ । कुल संचालन आम्दानीको ३१% रकम यस शीर्षकमा खर्च गरेको छ ।
मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी २ अरब १ करोड ९९ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा २ प्रतिशत घटी हो ।
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत १७ करोड ५१ लाख रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट ६ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ । खराब कर्जाबाट १४ करोड ९६ लाख रुपैयाँ फिर्ता भएको छ । असामान्य गतिविधिबाट १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बोनस र कर पश्चात १ अरब २९ करोड ४८ लाख २८ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ३ प्रतिशत घटी हो ।
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १३.८६ प्रतिशत, खराब कर्जा ०.२८ प्रतिशत, लागत मूल्य १.७४ प्रतिशत, कर्जा निक्षेप अनुपात ६२.३४ प्रतिशत, आधार दर ४.९२ प्रतिशत, औसत ब्याजदर अन्तर ५.२७ प्रतिशत, तरलता २४ प्रतिशत, प्रतिशेयर आम्दानी रु. ५७.५९, प्रतिशेयर खुद सम्पति २८४, मूल्य आम्दानी अनुपात..................र शेयरधनी कोष (इक्विटी) मा प्रतिफल २०.२८ प्रतिशत रहेको छ ।
बैंकका सूचकहरु सामान्य छ । जोखिम बहन गर्नसक्ने क्षमता राम्रो छ । खराब कर्जा घटेको छ । खराब कर्जा घटेको भए पनि नोक्सानी व्यवस्थाको लागि पर्याप्त रकम राखेको छ । केन्द्रीय बैंकले जारी गरेको सुक्ष्म निगरानीसम्बन्धि निर्देशनको कारण पनि केहि बढी नै व्यस्था गरेको हुनसक्छ ।सुक्ष्म निगरानीसम्बन्धि निर्देशन अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।
निक्षेप-कर्जा अनुपात तोकिएको सिमाभन्दा तल छ जसले तरलता बढाएको छ । लागत मूल्य गत वर्षभन्दा घटेको छ । आधार र व्याज दर अन्तर घटेको छ । शेयरधनी कोष (इक्विटी) हुने प्रतिफल सवल देखिन्छ ।
ब्याज आम्दानी घटेको छ तर व्याज खर्च बढेकोले खूद ब्याज आम्दानी घटेको छ । शुल्क, कमिसन, बट्टा र अन्य संचालनबाट हुने आम्दानी पनि घटेको छ । तर विदेशी मुद्रा सटहीबाट हुने आम्दानी भने अत्यधिक बढेको छ । गैर-संचालनबाट थोरै आम्दानी गरेको छ । असामान्य गतिविधिबाट पनि आम्दानी गरेको छ । यी दुबै आम्दानी बढेको छ ।
नोक्सानी व्यवस्था अघि नै आम्दानी घटिसकेको छ । खराब कर्जा वापत अधिक व्यवस्था गर्दा आम्दानीलाई धक्का लागेको छ । नोक्सानी व्यवस्थाबाट गत वर्षभन्दा बढी फिर्ता नआएको भए खुद आम्दानी अझ धेरै घट्ने थियो । यसले केहि हदसम्म सन्तुलन कायम राख्न मद्दत पुगेको छ । खुद आम्दानी गत वर्ष घटेको छ ।
बैंकको संचालन र कर्मचारी खर्च ३१ प्रतिशत रहेको छ । यस्तो खर्च गत वर्ष भन्दा घटेको छ । यसलाई सामान्य नै मान्न सकिन्छ । बैंकका अधिकांश कर्मचारी बाह्य स्रोतबाट लिईएको छ केन्द्रीय बैंकले अब देखि यसरी बाह्य स्रोतबाट कर्मचारी लिन नपाउने गरि निर्देशन जारी गरेकोले अब भने बैंकलाई कठिन पर्नसक्छ र संचालन खर्च बढ्न सक्छ ।
बैंकले गत वर्षको आम्दानीबाट ४६ प्रतिशतसम्म लाभांश दिनसक्छ । जगेडामा पर्याप्त रकम रहेकोले केहि बढ्न पनि सक्छ ।
बैंकको चुक्ता पूँजी २ अरब २४ करोड ८१ लाख ६१ हजार रुपैयाँ, जगेडामा ४ अरब १३ करोड ७० लाख ७९ हजार रुपैयाँ, निक्षेप ५७ अरब २८ करोड रुपैयाँ र लगानीतर्फ २८ अरब रुपैयाँ रहेको छ ।
केन्द्रीय बैंकले आगामी दुई वर्षभित्र पूँजी बढाएर ८ अरब रुपैयाँ पुर्याउन निर्देशन दिएकोले पूँजी बढाउनु पर्ने वाध्यता थपिएको छ । बैंकको जगेडामा पर्याप्त रहेकोले शतप्रतिशत पूँजी थप्ने सक्षमता रहेको छ । यस अघि सामान्य पूँजी बढाएकोले एकैपटक अधिक पूँजी वृद्धि गर्दा बढ्दो पूँजी अनुरुपको आम्दानी कायम राख्न मुश्किल पर्नसक्छ । गत वर्षको तुलनामा यस वर्ष आम्दानी गर्न सकेको छैन । घट्दो आधार दर र व्याज अन्तर दरले आम्दानी संकुचित हुँदै गएको देख्न सकिन्छ । क्षेत्रीयस्तरका साना विकास बैंकले समेत चुनौती थपेको अवस्था छ । पहिले देखि नै पूँजी वृद्धि गर्दै लगेको भए अहिले यति कठिनाइको सामना गर्नुपर्ने अवस्था आउने थिएन । नगद लाभांशमा मात्र केन्द्रित रहनुको परिणाम अहिले देखिएको छ ।
बैंकका लागि अब कठिन दिन गणना शुरु भएको छ । कठिनाईलाई सामना गर्दै यस पटक भने अधिक बोनस शेयर जारी गर्नुको बिकल्प छैन । अब हेर्न बाँकी छ बैंकले ८ अरब रुपैयाँ पूँजी पुर्याउन कस्तो रणनीति अपनाउने हो त्यो हेर्न धेरै दिन पर्खनु पर्दैन ।

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...