Monday, September 7, 2020

रिडी हाइड्रोपावर २०७१/०७२


नाफा-नोक्सान
विद्युत बिक्रीबाट १ करोड ४ लाख २८ हजार ५ सय २६ रुपैयाँ आम्दानी गरेको छ । यो अगिल्लो वर्ष भन्दा ३१ लाख ८ हजार ८ सय ७५ रुपैयाँ कम हो जुन २३ प्रतिशत घटी हो । अन्य स्रोतबाट १ करोड ५५ लाख ७५ हजार २ सय ५ रुपैयाँ आम्दानी गरेको छ । यो अगिल्लो वर्ष भन्दा १ करोड ५४ लाख रुपैयाँ बढी हो जुन ११,८१९ प्रतिशत बढी हो । विध्युत बिक्री र अन्य आम्दानी गरेर २ करोड ६० लाख ३ हजार ७ सय ३१ रुपैयाँ कुल आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ९० प्रतिशत बढी हो ।
सलामी दस्तुर २ लाख ६१ हजार रुपैयाँ, प्रशासनिक खर्च १३ लाख ६० हजार रुपैयाँ र आयोजना खर्च १३ लाख ५४ हजार रुपैयाँ समेत गरि २९ लाख ७६ हजार रुपैयाँ प्रत्यक्ष खर्च गरेको छ । तत्पश्चात २ करोड ३० लाख २७ हजार रुपैयाँ आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ३.३ प्रतिशत बढी हो ।
कर र खुद नाफा
व्याज, ह्रास कट्टी, कर पश्चात १ करोड ९५ लाख ९१ हजार ३७ रुपैयाँ खुद आम्दानी गरेको छ । अगिल्लो वर्ष १५ लाख रुपैयाँ घाटा परेको थियो ।
प्रमुख सूचकहरु
प्रतिशेयर आम्दानी रु. ५.९३, प्रतिशेयर खुद सम्पति रु. ११४.४६, शेयरधनी कोष (इक्विटी) मा प्रतिफल ५.१८ प्रतिशत रहेको छ । तरलता ८.३ प्रतिशत रहेको छ ।
(विशेष टिप्पणी: कम्पनीले प्रकाशन गरेको वार्षिक वित्तीय विवरणमा प्रतिशेयर आम्दानी रु. ६.३७ देखाएको छ । तर खुद आम्दानी १ करोड ९५ लाख ९१ हजार ३७ रुपैयाँ अनुसार ५.९३ रुपैयाँ मात्र हुन आउछ । यसलाई त्रुटी भन्ने कि भन्ने यस्ता त कयौं छन प्रतिवेदनमा सत्यताको अंश ५ प्रतिशत पनि पाउन गाह्रो छ)
कम्पनीको आम्दानीको मुख्य स्रोत विद्युत बिक्री हो र यही मुख्य स्रोतबाट हुने आम्दानी घटेको छ । घट्नुको कारण के हो बताईएको छैन । अन्य स्रोतबाट भने आम्दानी बढेको छ तर यो स्रोत के हो त्यो पनि बताईएको छैन । कम्पनीले विवरणमा ३ करोड १६ लाख रुपैयाँ लगानी गरेको देखाएको छ तर, सो लगानी के कहाँ गरिएको हो खुल्दैन । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा निकट भविष्यमा नयाँ जलविद्युत आयोजना निर्माण गर्ने पूर्व तयारी भैरहेको उल्लेख गरेको छ ।
गत आर्थिक वर्षको नाफाबाट कम्पनीले दिनसक्ने नाफा ४ प्रतिशत मात्र हो तर, ढुकुटी नै रित्याएर नाफा बाड्ने कम्पनी भएकोले अहिले ढुकुटीमा देखिएको १४ रु. बाट रु १२ रुपैयाँ नै दियो भने पनि आश्चर्य मान्नुपर्दैन ।
गत वर्ष प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणमा १ करोड ९० लाख रुपैयाँ खुद नाफा देखाएको थियो जसअनुसार प्रति शेयर आम्दानी वार्षिक रु. ६.३४ रहेको थियो तर, परिस्कृत वित्तीय विवरण अनुसार गत वर्ष १५ लाख रुपैयाँ घाटा देखिएको छ जुन कुरा कम्पनीले प्रकाशन गरेको विवरणमा उल्लेख छ । सुनिए अनुसार गत वर्ष पेश्की लिएर नाफा दिएको थियो । यदि यस्तो हो भने गत वर्षको पेश्की तिर्दा नै यसपालाको आम्दानीको अधिक हिस्सा खर्च हुनसक्छ ।
अब हेर्न बाँकी छ यसपटक कम्पनीले कति दिन सक्छ कुनै अनुमान गर्न सकिन्न ।
कम्पनीको पूँजी ३३ करोड रुपैयाँ, जगेडामा ४ करोड ७७ लाख २० हजार रुपैयाँ देखिन्छ । ऋण १० करोड २५ लाख ५४ हजार रुपैयाँ छ ।

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...