नाफा
नोक्सान
२
अरब १९ करोड २८ लाख रुपैयाँ ब्याज आम्दानी गरि १ अरब ३४ करोड १२ लाख रुपैयाँ व्याज
खर्च पश्चात ८५ करोड १६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत वर्ष
भन्दा २३ करोड ८८ लाख रुपैयाँ बढेको छ । जुन अगिल्लो वर्ष भन्दा ३९ प्रतिशत
बढी हो ।
शुल्क,
कमिसन, बट्टाबाट हुने आम्दानी सामान्य बढेको छ । अन्य संचालन
आम्दानी ६ करोड ५१ लाख रुपैयाँबाट
बढेर ६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य
स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट ७ करोड २२ लाख रुपैयाँ आम्दानी
गरेको छ । अगिल्लो वर्ष ५ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी १ अरब ४ करोड ६३ लाख रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ३२ प्रतिशत बढी हो ।
मानव
संशाधन तथा व्यवस्थापनमा ४६ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको ४४ प्रतिशत
रकम यस शीर्षकमा खर्च गरेको छ ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी ५७ करोड ६९ लाख ४० हजार रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा ३७ प्रतिशत बढी हो ।
खराब
कर्जा, बोनस, कर र खुद
नाफा
खराब
कर्जा बापत ३८ करोड ५३ लाख रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट १७ लाख रुपैयाँ आम्दानी गरेको छ । खराब कर्जाबाट १७ करोड ७२ लाख रुपैयाँ फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ ।
बोनस
र कर पश्चात २३ करोड ७५ लाख ४५ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ३.५ प्रतिशत
घटी हो ।
प्रमुख
सूचकहरु
जोखिम
भारित सम्पति १३.३९ प्रतिशत,
खराब कर्जा ३.२
प्रतिशत, लागत मूल्य ५.९२ प्रतिशत, कर्जा
निक्षेप अनुपात ७६.५३
प्रतिशत, आधार दर ८.९९ प्रतिशत, औसत
ब्याजदर अन्तर ४.३३%, तरलता २६ प्रतिशत, प्रतिशेयर आम्दानी
रु. ८.०७, प्रतिशेयर खुद सम्पति ११४.७५, मूल्य आम्दानी अनुपात..................र शेयरधनी कोष (इक्विटी) मा
प्रतिफल ७.१९ प्रतिशत
रहेको छ ।
बैंकका
सूचकहरुलाई सामान्य मान्नुपर्छ । जोखिम बहन गर्नसक्ने क्षमता पर्याप्त छ । खराब
कर्जा झन्डै दोब्बर बढेको छ । खराब कर्जा बढेकोले नोक्सानी व्यवस्थाको लागि अधिक
रकम व्यवस्था गर्दा खूद आम्दानी प्रभावित भएको छ । खराब कर्जा बढेसँगै केन्द्रीय
बैंकले जारी गरेको ‘सुक्ष्म निगरानी’ सम्बन्धि
निर्देशनको कारण पनि केहि बढी नै व्यस्था गरेको हुनसक्छ । ‘सुक्ष्म
निगरानी’ सम्बन्धि निर्देशन अनुसार असार मसान्तसम्ममा
नोक्सानी व्यवस्थाको लागि २
प्रतिशत व्यवस्था गर्नुपर्छ ।
निक्षेप-कर्जा
अनुपात तोकिएको सिमा नजिक छ । यसले निक्षेपको राम्रो उपयोग भएको देखाएको छ । लागत
मूल्य गत वर्ष भन्दा घटेको छ । आधार दर पनि घटेको छ । औसत व्याजदर भने बढेको छ । घट्दो
आधार दर र बढ्दो व्याजदर अन्तरले नोक्सानी व्यवस्था अघिको आम्दानी मजबुत रहेको
थियो । खराब कर्जा बढोत्तरीले गर्दा आम्दानीको बढी हिस्सा व्यवस्था गर्दा त्यसको
नकारात्मक असर खूद आम्दानीमा पर्न गएको छ । खराब कर्जाबाट कम रकम फिर्ता आउँदा पनि
असर परेको हो । बैंकसँग रहेको संचित कोष र वार्षिक आम्दानीको अनुपात हेर्दा लागतमा
हुने प्रतिफल अति न्यून देखिन्छ । तरलता सामान्य छ ।
ब्याज
आम्दानी अधिक बढेको र ब्याज खर्च कम बढेकोले खूद ब्याज आम्दानी बढेको छ । शुल्क,
कमिसन, बट्टा, अन्य
संचालन आम्दानी र विदेशी मुद्रा सटहीबाट हुने आम्दानी सामान्य बढेको छ । यसबाट
बैंकको आम्दानी निकै मजबुत देखिएको छ । थोरै भए पनि गैर-संचालनबाट आम्दानी गरेको छ
। असामान्य गतिविधिबाट आम्दानी गर्न नसके पनि घाटा परेको छैन ।
नोक्सानी
व्यवस्थाको लागि गत वर्ष भन्दा बढी रकम राख्नु परेकोले संचालन आम्दानी घटेको छ । नोक्सानी
व्यवस्थाबाट कम रकम मात्र फिर्ता आएको कारण खूद आम्दानी घट्न पुगेको छ ।
बैंकको
संचालन र कर्मचारी खर्च ४४
प्रतिशत रहेको छ । यसलाई अधिक मान्नुपर्छ ।
बैंकले गत वर्षको आम्दानीबाट ६ प्रतिशतसम्म लाभांश दिनसक्छ । जगेडामा न्यून रकम रहेकोको झिक्न सक्ने अवस्था छैन ।
बैंकको
चुक्ता पूँजी शेयर २ अर्ब ८८ करोड ७८ लाख ४९ रुपैयाँ हजार
रहेको छ । जगेडामा ४१ करोड ८० लाख ३६ हजार रुपैयाँ रहेको छ । निक्षेप २६ अरब रुपैयाँ र
लगानी तर्फ २२ अरब रुपैयाँ रहेको छ ।
केन्द्रीय बैंकले आगामी दुई वर्षभित्र पूँजी बढाएर ८ अरब रुपैयाँ पुर्याउन निर्देशन दिएकोले पूँजी बढाउनु पर्ने वाध्यता थपिएको छ । बैंकका लागि अब कठिन दिन गणना शुरु भएको छ । कठिनाईलाई सामना गर्दै एकै पटक अधिक पूँजी थप्नुपर्ने अवस्थालाई आत्मसात गरेर अगाडी बढ्नु पर्ने भएको छ ।
यस
अघि पनि एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्थालाई गाभेको अनुभव
भएकोले अरु थप संस्था गाभेर अघि बढ्न पनि सक्छ । ८ अरब रुपैयाँ पूँजी पुर्याउन कस्तो रणनीति अपनाउने हो त्यो हेर्न धेरै दिन
पर्खनु पर्दैन ।
No comments:
Post a Comment