Saturday, September 19, 2020

मन्जुश्री फाइनान्स २०७१/७२


नाफा नोक्सान
व्याज आम्दानी - २० करोड ५ लाख रुपैयाँ । गत वर्ष भन्दा ५ करोड ३६ लाख रुपैयाँ बढेको । ३६ प्रतिशत वृद्धि
व्याज खर्च - १३ करोड ९९ लाख रुपैयाँ । गत वर्ष भन्दा ४ करोड ९६ लाख रुपैयाँ बढेको । ५५ प्रतिशत वृद्धि
खुद व्याज आम्दानी - ६ करोड ५ लाख रुपैयाँ । गत वर्ष भन्दा ४० लाख ५८ हजार रुपैयाँ बढेको । ७ प्रतिशत वृद्धि
शुल्क, कमिसन र बट्टा आम्दानी - २७ लाख २३ हजार रुपैयाँ । गत वर्ष भन्दा २६ लाख २४ हजार रुपैयाँ बढेको । २,४०७ प्रतिशत वृद्धि ।
अन्य संचालन आम्दानी - १ करोड ५९ लाख रुपैयाँ । गत वर्ष भन्दा १३ लाख ५५ हजार रुपैयाँ बढेको । ९ प्रतिशत वृद्धि
संचालन आम्दानी - ७ करोड ९२ लाख रुपैयाँ । गत वर्ष भन्दा ८० लाख २६ हजार रुपैयाँ बढेको । ११ प्रतिशत वृद्धि
मानव संशाधन तथा व्यवस्थापन खर्च - ३ करोड ३५ लाख । संचालन आम्दानीको ४२ प्रतिशत
नोक्सानी व्यवस्था अघिको संचालन आम्दानी - ४ करोड ५७ लाख रुपैयाँ । गत वर्ष भन्दा २० लाख ४ हजार रुपैयाँ घटेको । ०.४४ प्रतिशत कमी
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत - २ करोड १९ लाख रुपैयाँ व्यवस्था । संचालन आम्दानीको ४८ प्रतिशत
नोक्सानी व्यवस्था पछिको संचालन आम्दानी - २ करोड ३८ लाख रुपैयाँ । गत वर्ष भन्दा ३१ लाख ५१ हजार रुपैयाँ बढेको । १५ प्रतिशत वृद्धि
गैर-संचालनबाट आम्दानी - शून्य ।
खराब कर्जाबाट फिर्ता - शून्य ।
असामान्य गतिविधिबाट आम्दानी - शून्य ।
बोनस र कर पछी खुद आम्दानी - १ करोड ५१ लाख ५९ हजार रुपैयाँ । गत वर्ष भन्दा २४ लाख १ हजार रुपैयाँ बढेको छ । १९ प्रतिशत वृद्धि
प्रमुख सूचकहरु
पूँजी पर्याप्तता अनुपात १४.१५ प्रतिशत, खराब कर्जा ४.५९ प्रतिशत, कोषको लागत मूल्य ८.१६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७५ प्रतिशत, आधार दर १०.८८ प्रतिशत, औसत ब्याजदर अन्तर ५.३३ प्रतिशत, प्रतिशेयर आम्दानी रु. ६.७३, प्रतिशेयर खुद सम्पति १२४.१८, शेयरधनी कोष (इक्विटी) मा प्रतिफल ५.४१ प्रतिशत रहेको छ ।
सूचकहरुले स्थिति त्यति सामान्य छ भन्ने देखाएको छैन । पूँजी पर्याप्तता अनुपात प्रशस्त छ । खराब कर्जा बढेर गएको छ । केन्द्रीय बैंकले सुक्ष्म निगरानीसम्बन्धि निर्देशन जारी गरेको छ जस अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।
निक्षेप-कर्जा अनुपात केहि मात्र तल छ यसले निक्षेपको राम्रो परिचालन भएको देखाएको छ । लागत मुल्य घटेको भए पनि अधिक छ । आधार दर र ब्याज दर अन्तर घट्दै गएको छ । शेयरधनी कोष (इक्विटी) प्रतिफल अत्यन्त न्यून देख्न सकिन्छ ।
आम्दानीका सबै स्रोतबाट हुने आम्दानी बढेको छ । ब्याज आम्दानी भन्दा ब्याज खर्च अधिक बढेकोले खुद ब्याज आम्दानी अत्यन्त न्यून बढेको छ । शुल्क, कमिसन, बट्टा आम्दानी अधिक बढेको छ तर, यो परिमाणमा त्यति धेरै छैन । अन्य संचालन आम्दानी थोरै बढेको छ । संचलान आम्दानीको झन्डै आधा हिस्सा नोक्सानी व्यवस्थामा गएकोले आम्दानीमा सन्तुलन गुमेको छ । गत वर्ष नोक्सानी भन्दा कम रकम नोक्सानी व्यवस्थामा गएको भए पनि कर्मचारी र संचालन खर्च अधिक भएकोले खुद आम्दानी प्रभावित भएको छ । संचालन र कर्मचारी खर्च गत वर्षको तुलनामा गुणात्मकरुपमा बढेको छ । यसले पनि आम्दानी घटाउन मद्दत पुगेको छ ।
नोक्सानी व्यवस्थाबाट रकम आउन सकेको छैन ।
कर्मचारी र संचालन खर्च तुलनात्मकरुपमा अधिक छ । परिमाण र गुणात्मकरुपमा बढेको छ ।
कम्पनीले गत वर्षको आम्दानीबाट लाभांश दिनसक्ने अवस्था न्यून छ
चुक्ता पूँजी रु. २२ करोड ५० लाख रुपैयाँ, जगेडा रु. ५ करोड ४४ लाख ५ हजार रुपैयाँ, निक्षेप रु. २ अर्ब रुपैयाँ, कर्जा लगानी रु. १ अरब ७९ करोड रुपैयाँ र अन्य लगानी २ करोड ३० लाख रुपैयाँ छ ।
केन्द्रीय बैंकले पूँजी वृद्धि गरेर ८० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएकोले के गर्छ त्यो हेर्न अब केहि दिन मात्र पर्खे पुग्छ ।

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...