Thursday, August 27, 2020

अरुण भ्याली हाइड्रोपावर २०७१/७२


नाफा नोक्सान

विद्युत बिक्रीबाट ६ करोड ४५ लाख २३ हजार आम्दानी गरेको छ जुन अगिल्लो वर्ष ६.२प्रतिशत घटी हो । अन्य स्रोतबाट २ करोड ४८ लाख १० हजार आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा २७प्रतिशत बढी । विध्युत बिक्री र अन्य आम्दानी गरेर ८ करोड ९३ लाख ३३ हजार कुल आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा १.१ प्रतिशत बढी हो ।

सलामी दस्तुर १६ लाख ९ हजार, प्रशासनिक खर्च ७४ लाख ३१ हजार आयोजना खर्च ४८ लाख ११ हजार समेत गरि १ करोड ३८ लाख ५२ हजार प्रत्यक्ष खर्च गरेको छ । तत्पश्चात ७ करोड ५४ लाख ८१ हजार आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ३.३ प्रतिशत बढी हो । गैर संचालन खर्च अन्तर्गत व्याज, ह्रासकट्टी र कर्मचारी बोनस खर्च पश्चात ६ करोड ३५ लाख २८ हजार आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ६.३ प्रतिशत बढी हो ।

कर र खुद नाफा

कर पश्चात ६ करोड ५३ लाख खुद आम्दानी गरेको छ । जुन अगिल्लो वर्ष भन्दा ३.९ प्रतिशत बढी हो ।

प्रमुख सूचकहरु

प्रतिशेयर आम्दानी रु. ७.७९, प्रतिशेयर खुद सम्पति रु. ११३.७, लागतमा प्रतिफल र ६.८५ प्रतिशत रहेको छ । तरलता ८.३ प्रतिशत रहेको छ ।

कम्पनीको आम्दानीको मुख्य स्रोत विद्युत बिक्री हो र यही मुख्य स्रोतबाट हुने आम्दानी घटेको छ । घट्नुको कारण के हो बताईएको छैन । अन्य स्रोतबाट भने आम्दानी बढेको छ तर यो स्रोत के हो त्यो पनि बताईएको छैन । कम्पनीको लगानी रहेको जनता बैंकले गत वर्ष केहि लाभ दिएको छैन । कम्पनीको जनता बैंकमा ४ करोड संस्थापक शेयर रहेको छ । कम्पनीले विवरणमा ३९ करोड लगानी गरेको देखाएको छ तर सो लगानी के कहाँ गरिएको हो खुल्दैन । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा निकट भविष्यमा नयाँ जलविद्युत आयोजना निर्माण गर्ने पूर्व तयारी भैरहेको उल्लेख गरेको छ ।

गत आर्थिक वर्षको नाफाबाट कम्पनीले ६ प्रतिशत नाफा दिन सक्ने हैसियत राखे पनि जगेडामा रहेको बचत समेतलाई परिचालन गरेर ११ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीले जगेडामा भएको सबै तरल रकम निमिट्यान्न पारेर झिक्दा तरलताको अभाव पर्न सक्छ ।

कम्पनीको पूँजी ७७ करोड ५ लाख ८४ हजार जगेडामा १० करोड ५५ लाख २४ हजार ४ सय ४४ देखिन्छ ।


No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...