नाफा
नोक्सान
२
अरब ४० करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरि १ अरब २९ करोड ६३ लाख रुपैयाँ व्याज
खर्च पश्चात १ अरब १० करोड ६३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत वर्ष
भन्दा १ करोड ११ लाख रुपैयाँ बढेको छ जुन अगिल्लो वर्ष भन्दा १ प्रतिशत बढी हो ।
शुल्क,
कमिसन, बट्टाबाट हुने आम्दानी १० करोड ४० लाख रुपैयाँबाट बढेर ११ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अन्य संचालन आम्दानी १४ करोड १२ लाख रुपैयाँबाट बढेर १८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य
स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट ६ करोड ३२ लाख रुपैयाँबाट ८ करोड रुपैयाँ पुगेको छ ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी १ अरब ४९ करोड ३२ लाख रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ६ प्रतिशत बढी हो ।
मानव
संशाधन तथा व्यवस्थापनमा ६२ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको ४२ प्रतिशत
रकम यस शीर्षकमा खर्च गरेको छ ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी ८६ करोड ४८ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा ११ प्रतिशत बढी हो ।
खराब
कर्जा, बोनस, कर र खुद
नाफा
खराब
कर्जा बापत ४५ करोड रुपैयाँ
छुट्टयाएको छ । गैर-संचालनबाट २८ लाख रुपैयाँ आम्दानी गरेको छ । खराब कर्जाबाट ४१ करोड रुपैयाँ फिर्ता भएको छ । असामान्य गतिविधिबाट ९ करोड रुपैयाँ घाटा परेको छ ।
बोनस
र कर पश्चात ४७ करोड ४३ लाख ९० हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ९२ प्रतिशत बढी
हो ।
प्रमुख
सूचकहरु
जोखिम
भारित सम्पति ११.१८ प्रतिशत,
खराब कर्जा २.९
प्रतिशत, लागत मूल्य ५.१५ प्रतिशत, कर्जा
निक्षेप अनुपात ७६.१२
प्रतिशत, आधार दर ८.३६ प्रतिशत, औसत
ब्याजदर अन्तर ४.३
प्रतिशत, तरलता ३०.३९ प्रतिशत, प्रतिशेयर
आम्दानी रु. १९.४१, प्रतिशेयर खुद सम्पति १३८.२९, मूल्य आम्दानी अनुपात..................र लागतमा प्रतिफल १४.०३ प्रतिशत
रहेको छ ।
बैंकका
सूचकहरु सामान्य छ । जोखिम बहन गर्नसक्ने क्षमता घट्दो क्रममा छ । खराब कर्जा
घटेको छ । खराब कर्जा घटेको भए पनि नोक्सानी व्यवस्थाको लागि पर्याप्त रकम राखेको
छ । केन्द्रीय बैंकले जारी गरेको ‘सुक्ष्म
निगरानी’ सम्बन्धि निर्देशनको कारण पनि केहि बढी नै व्यस्था
गरेको हुनसक्छ । ‘सुक्ष्म निगरानी’ सम्बन्धि
निर्देशन अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।
निक्षेप-कर्जा
अनुपात तोकिएको सिमा नजिक छ । लागत मूल्य गत वर्ष भन्दा घटेको भए पनि अगिल्लो
त्रयमास भन्दा बढेको छ । आधार दर घटेको छ । औसत व्याजदर अन्तर घटेको छ । आधार दर र
व्याज दर अन्तर घट्दा पनि आम्दानी झन्डै शतप्रतिशतले बढेको छ । लागतमा हुने प्रतिफल सामान्य देखिन्छ । तरलता सामान्य
छ ।
ब्याज, शुल्क, कमिसन,
बट्टा, अन्य संचालन आम्दानी र विदेशी मुद्रा
सटहीबाट हुने आम्दानी सबै बढेको छ । गैर-संचालनबाट थोरै आम्दानी गरेको छ । असामान्य
गतिविधिबाट झन्डै १० रुपैयाँ
करोड घाटा परेको छ ।
बैंकको
संचालन र कर्मचारी खर्च ४२
प्रतिशत रहेको छ । यसलाई अधिक मान्नुपर्ने हुन्छ ।
बैंकले गत वर्षको आम्दानीबाट १५ प्रतिशतसम्म लाभांश दिनसक्छ । जगेडामा पर्याप्त रकम रहेकोले केहि बढ्न पनि सक्छ ।
बैंकले गत वर्षको आम्दानीबाट १५ प्रतिशतसम्म लाभांश दिनसक्छ । जगेडामा पर्याप्त रकम रहेकोले केहि बढ्न पनि सक्छ ।
बैंकको
चुक्ता पूँजी २ अर्ब ४४ करोड
रुपैयाँ रहेको छ । जगेडामा ९३ करोड ५६ लाख रुपैयाँ रहेको
छ । निक्षेप ३३ अरब रुपैयाँ र लगानी तर्फ २६ अरब
रुपैयाँ रहेको छ ।
केन्द्रीय
बैंकले आगामी दुई वर्षभित्र नै पूँजी बढाएर ८ अरब रुपैयाँ पुर्याउन निर्देशन
दिएकोले पूँजी बढाउनु पर्ने वाध्यता थपिएको छ । यसले बैंकलाई निकै कठिनाइको सामना
गराउने स्थिति छ । आफ्नै आम्दानी मात्र पर्याप्त हुने स्थिति छैन । त्यसको लागि
अन्य साना स्तरका विकास बैंक वा वाणिज्य बैंक नै गाभ्नुपर्ने वा आफु नै अर्कोसँग
गाभिन जानुपर्ने स्थिति छ ।
No comments:
Post a Comment