नाफा नोक्सान
५५
करोड ५८ लाख रुपैयाँ आम्दानी
गरि १९ करोड ९१ लाख रुपैयाँ व्याज खर्च पश्चात ३५ करोड ९२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी १२ करोड ८४ लाख रुपैयाँ बढेको छ जुन अगिल्लो वर्ष भन्दा ५५ प्रतिशत बढी हो ।
शुल्क, कमिसन र बट्टाबाट ७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । अगिल्लो वर्ष १३ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, अन्य संचालन आम्दानी घटेको छ । यस
शीर्षकबाट १ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ अगिल्लो वर्ष ५ लाख रुपैयाँ आम्दानी
गरेको थियो ।
मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ३५ करोड
९४ लाख रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ५४ प्रतिशत बढी हो ।
मानव संशाधन तथा व्यवस्थापनमा ६ करोड ५१ लाख रुपैयाँ खर्च
गरेको छ । कुल संचालन आम्दानीको १८
प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।
मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी २९ करोड
४३ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा ७९ प्रतिशत बढी हो ।
खराब कर्जा, बोनस, कर र खुद
नाफा
खराब कर्जा बापत करिब ५ करोड ४८ लाख रुपैयाँ छुट्टयाएको
छ । गैर-संचालनबाट २४ लाख रुपैयाँ आम्दानी गरेको छ । खराब कर्जाबाट शून्य फिर्ता भएको छ ।
असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ ।
बोनस र कर पछी १५ करोड ३९ लाख २३ हजार रुपैयाँ खुद
आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ३५
प्रतिशत बढी हो ।
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १०.२७
प्रतिशत, खराब कर्जा ०.१७ प्रतिशत, लागत
मूल्य ३ प्रतिशत,
आधार दर उल्लेख छैन, औसत ब्याजदर अन्तर उल्लेख
नभएको, तरलता ९ प्रतिशत, प्रतिशेयर आम्दानी
रु. ६६.७३, प्रतिशेयर खुद सम्पति ४४०.०२, मूल्य आम्दानी अनुपात...................र लागतमा प्रतिफल १५.१६ प्रतिशत
रहेको छ ।
सूचकहरुले स्थिति सामान्य छ भन्ने देखाएको छ । जोखिम बहन गर्नसक्ने
क्षमता घट्दो छ । थप पूँजीको आवश्यकता परिसकेको छ । गत वर्ष नै बैंकले ५०% पूँजी
बढाउनको लागि प्रस्ताव गरेको थियो र सोहि अनुरुप नेपाल धितोपत्र बोर्डमा
स्वीकृतिको लागि पेश गरेको छ । खराब कर्जा झन्डै दोब्बर बढेको छ ।
‘सुक्ष्म निगरानी’ सम्बन्धि निर्देशन जारी
भएको अवस्था भएकोले नोक्सानी व्यवस्थाको लागि पर्याप्त रकम राखेको छ । ‘सुक्ष्म निगरानी’ सम्बन्धि निर्देशन अनुसार असार
मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।
लागत मूल्य घटेको छ । आधार दर उल्लेख नभएकोले कतिमा लगानी गरेको छ
थाहा हुनसकेन । बैंकसँग रहेको संचित कोष र वार्षिक आम्दानीको अनुपात हेर्दा लागतमा
हुने प्रतिफल सवल रहेको देख्न सकिन्छ । तरलता न्यून छ ।
बैंकको आम्दानीको एक मात्र स्रोत ब्याज रहेको छ । ब्याज आम्दानी
अत्यधिक बढेको छ । शुल्क, कमिसन, बट्टाबाट
न्यून आम्दानी गरेको छ । अन्य संचालनबाट पनि न्यून आम्दानी गरेको छ । गैर-संचालन र
असामान्य गतिविधिबाट आम्दानी गर्न सकेको छैन । बैंकको संचालन र कर्मचारी खर्च
आम्दानीको १८ प्रतिशत रहेको छ । यसलाई उल्लेख्य मान्नुपर्छ । गत वर्षको तुलनामा यस्तो
खर्च घटेको छ ।
बैंकले गत वर्षको आम्दानीबाट ५३ प्रतिशतसम्म लाभांश दिनसक्छ । तर, गत वर्ष न्यून मात्र
लाभांश दिएकोले यसपाला अलि बढी दिनसक्छ ।
समाचारमा आए अनुसार केन्द्रीय बैंकले सबै प्रकारका लघुवित्त बैंकको
चुक्ता पूँजी ४ गुणा बढाउन गृह कार्य गरिरहेको सन्दर्भमा भने यस कम्पनीलाई भने
कुनै समस्या पर्ने देखिन्न ।
बैंकको पूँजी २३ करोड रुपैयाँ रहेको छ । जगेडामा ७८ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकसँग अहिले निक्षेप शून्य र सापटी ७ अरब १७ करोड रुपैयाँ रहेको छ । लगानी तर्फ ८ अरब ९ करोड रुपैयाँ रहेको
छ ।
No comments:
Post a Comment