नाफा नोक्सान
२
अरब ८४ करोड ४८ लाख ब्याज आम्दानी गरि १ अरब ४६ करोड ३५ लाख व्याज खर्च पश्चात १
अरब ३८ करोड १३ लाख खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत वर्ष भन्दा
१६ करोड २४ लाख बढेको छ जुन अगिल्लो वर्ष भन्दा १३ प्रतिशत बढी हो ।
शुल्क,
कमिसन, बट्टाबाट हुने आम्दानी २२ करोड २९
लाखबाट बढेर २५ करोड ५७ लाख पुगेको छ । अन्य संचालन आम्दानी ६ करोड ५४ लाख रहेको छ
। यो आम्दानी भने सामान्य घटेको छ । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य
स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट १७ करोड १४ लाख आम्दानी गरेको छ
अगिल्लो वर्ष १४ करोड ५८ लाख आम्दानी गरेको थियो ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी १ अरब ८७ करोड ४० लाख रहेको
छ । जुन अगिल्लो वर्ष भन्दा १.१
प्रतिशत बढी हो ।
मानव
संशाधन तथा व्यवस्थापनमा ८० करोड १२ लाख खर्च गरेको छ । कुल संचालन आम्दानीको ४२ प्रतिशत रकम
यस शीर्षकमा खर्च गरेको छ ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी १ अरब ७ करोड २८ लाख रहेको छ
जुन अगिल्लो वर्ष भन्दा २०
प्रतिशत बढी हो ।
खराब
कर्जा, बोनस, कर र खुद
नाफा
खराब
कर्जा बापत ९४ करोड १२ लाख छुट्टयाएको छ । गैर-संचालनबाट ४५ लाख आम्दानी गरेको छ ।
खराब कर्जाबाट ४२ करोड फिर्ता भएको छ । असामान्य गतिविधिबाट १ करोड ४४ लाख घाटा
परेको छ ।
बोनस
र कर पश्चात ३३ करोड ३८ लाख ९० हजार खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा
३१ प्रतिशत बढी
हो ।
प्रमुख
सूचकहरु
जोखिम
भारित सम्पति १३.०७ प्रतिशत, खराब कर्जा ३.४७
प्रतिशत, लागत मूल्य ४.२६ प्रतिशत, कर्जा
निक्षेप अनुपात ७६.४६
प्रतिशत, आधार दर ७.९० प्रतिशत, औसत
ब्याजदर अन्तर ४.२३
प्रतिशत, तरलता २४.८४ प्रतिशत, प्रतिशेयर
आम्दानी रु. १५.७५, प्रतिशेयर खुद सम्पति १८३.१२, मूल्य आम्दानी अनुपात..................र लागतमा प्रतिफल ८.६ प्रतिशत रहेको
छ ।
बैंकका
सूचकहरु सामान्य छ । जोखिम बहन गर्नसक्ने क्षमता पर्याप्त छ । खराब कर्जा बढेको छ ।
बैंकको खराब कर्जा बढ्नुको कारणम मेलम्ची आयोजनाको लागि चिनिया बैंकको लागि
स्थानीय साझेदार बनि प्रत्याभूति गर्नु हो । मेलम्चीको ठेक्का तोडिएको कारण चिनिया
ठेकेदारको लागि चिनिया बैंकले प्रत्याभूति गरेको रकम स्थानीय बैंकबाट नेपाल
सरकारले लिएको तर चिनिया बैंकले सो रकम फिर्ता नदिएकोले सो बराबरको रकम नोक्सानी
व्यवस्था गरेको हो । केन्द्रीय बैंकले जारी गरेको ‘सुक्ष्म
निगरानी’ सम्बन्धि निर्देशनको कारण पनि झन्डै १ अरब रकम
नोक्सानी व्यवस्था गर्दा आम्दानीमा प्रतिकुल प्रभाव परेको छ । ‘सुक्ष्म निगरानी’ सम्बन्धि निर्देशन अनुसार असार
मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।
निक्षेप-कर्जा
अनुपात तोकिएको सिमा नजिक छ । लागत मूल्य गत वर्ष भन्दा घटेको भए पनि अगिल्लो
त्रयमास भन्दा बढेको छ । आधार दर बढेको छ । औसत व्याजदर अन्तर घटेको छ । बैंकसँग
रहेको संचित कोष र वार्षिक आम्दानीको अनुपात हेर्दा लागतमा हुने प्रतिफल अति न्यून
देखिन्छ । तरलता सामान्य छ ।
ब्याज,
शुल्क, कमिसन, बट्टाबाट
हुने आम्दानी बढेको छ । अन्य संचालन आम्दानी भने सामान्य घटेको छ । विदेशी मुद्रा
सटहीबाट हुने आम्दानी भने बढेको छ । लागत मूल्य र ब्याज दर घटनाले आम्दानीमा
सन्तुलन आएको छ । गैर-संचालनबाट न्यून आम्दानी गरेको छ तर असामान्य गतिविधिबाट
घाटा परेको छ ।
बैंकको
संचालन र कर्मचारी खर्च ४२
प्रतिशत रहेको छ । यसलाई अधिक मान्नुपर्ने हुन्छ । यसलाई घटाउने
चुनौती बैंक समक्ष छ ।
बैंकले
गत वर्षको आम्दानीबाट १२ प्रतिशतसम्म लाभांश दिनसक्छ । तर बैंकसँग जगेडामा पर्याप्त रकम रहेकोले
केहि बढाएर दिनसक्छ ।
बैंकको
चुक्ता पूँजी २ अर्ब १२ करोड २ लाख १२ हजार रहेको छ । जगेडामा १ अरब ७६ करोड रहेको
छ । निक्षेप ३९ अरब ४५ करोड र लगानी तर्फ ३३ अरब ३८ करोड रहेको छ ।
केन्द्रीय
बैंकले आगामी दुई वर्षभित्र नै पूँजी बढाएर ८ अरब पुर्याउन निर्देशन दिएकोले पूँजी
बढाउनु पर्ने वाध्यता थपिएको छ । यसले बैंकलाई निकै कठिनाइको सामना गराउने स्थिति
छ । आफ्नै आम्दानी मात्र पर्याप्त हुने स्थिति छैन । त्यसको लागि अन्य साना स्तरका
विकास बैंक वा वाणिज्य बैंक नै गाभ्नुपर्ने वा आफु नै अर्कोसँग गाभिन जानुपर्ने
स्थिति छ ।
No comments:
Post a Comment