Thursday, August 20, 2020

गुडविल फाइनान्स २०७१/७२


नाफा नोक्सान
३८ करोड ४१ लाख ५३ हजार व्याज आम्दानी गरि २४ करोड ६३ लाख ८५ हजार व्याज खर्च पश्चात १३ करोड ७७ लाख ६७ हजार खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी ५ करोड ८६ लाख १२ हजार बढेको छ जुन अगिल्लो वर्ष भन्दा ७४% बढी हो ।
शुल्क, कमिसन, बट्टाबाट हुने आम्दानी १९ लाख ३ हजारबाट बढेर ३० लाख २१ हजार पुगेको छ । तर अन्य संचालन आम्दानी भने ७ करोड ६ लाखबाट घटेर ४ करोड २४ लाखमा सिमित भएको छ ।
मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी १८ करोड ३२ लाख ७८ हजार रहेको छ जुन अगिल्लो वर्ष भन्दा २१% बढी हो ।
मानव संशाधन तथा व्यवस्थापनमा ३ करोड ४६ लाख खर्च गरेको छ । कुल संचालन आम्दानीको ४६% रकम यस शीर्षकमा खर्च गरेको छ ।
मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी ९ करोड ८५ लाख ८६ हजार रहेको छ जुन अगिल्लो वर्ष भन्दा २४% ले बढी हो ।
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत २ करोड १ लाख ६८ हजार छुट्टयाएको छ । गैर-संचालनबाट २ करोड ३४ लाख ४४ हजार आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा घटेको छ । खराब कर्जाबाट शून्य फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ । बोनस र कर पछी ६ करोड ५२ लाख १३ हजार खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा १४% ले बढी हो ।
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १५.२२%, खराब कर्जा १.२२%, लागत मूल्य ६.८३%, निक्षेप कर्जा अनुपात ६९.६५%, आधार १०.२६%, औसत ब्याजदर ५.६२%, तरलता ३१.७९%, प्रतिशेयर आम्दानी रु. १९.७६, प्रतिशेयर खुद सम्पति १३५.०१, मूल्य आम्दानी अनुपात................र लागतमा प्रतिफल १९.७६% रहेको छ ।
सूचकहरुले स्थिति सामान्य छ भन्ने देखाएको छ । जोखिम बहन गर्नसक्ने सम्पति प्रशस्त छ । खराब कर्जा घटेको छ । केन्द्रीय बैंकले सुक्ष्म निगरानीसम्बन्धि निर्देशन जारी गरेको छ जस अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २% व्यवस्था गर्नुपर्छ । जसको कारणले नोक्सानी व्यवस्थाको लागि २ करोड भन्दा केहि बढी नै राखेको छ ।
निक्षेप-कर्जा अनुपात तोकेको सिमा भन्दा केहि तल रहेको छ जसले लागत मूल्य बढाएको देख्न सकिन्छ । अगिल्लो त्रयमास भन्दा लागत बढेको छ भने अगिल्लो वर्ष भन्दा धेरै घटेको छ जसले आम्दानीमा सकारात्मक प्रभाव परेको छ । आधार दर सामान्य नै मान्नुपर्छ । अगिल्लो वर्षको तुलनामा घट्दै गएको छ । व्याजदर अन्तर पनि घट्दै गएको छ । आधार दर र व्याजदर अन्तर घटे पनि आम्दानी मजबुत देखिएको छ । कम्पनीसँग रहेको संचित कोष र वार्षिक आम्दानीको अनुपात हेर्दा लागतमा हुने प्रतिफल सवल रहेको देख्न सकिन्छ । तरलता सामान्य नै मान्नुपर्छ ।
व्याज खर्च अत्यन्त न्यून बढेकोले खुद व्याज आम्दानी बढेको छ । शुल्क, कमिसन र बट्टाबाट हुने आम्दानी सामान्य बढेको छ तर अन्य संचालन आम्दानी भने धेरै नै घटेको छ । गैर-संचालनबाट गत वर्ष भन्दा कम आम्दानी गरेको छ । असामान्य गतिविधिबाट आम्दानी गर्न सकेको छैन । कम्पनीको संचालन र कर्मचारी खर्च सामान्य भन्दा अलि बढी नै देख्न सकिन्छ । गत वर्षको तुलनामा भने घटेको छ ।
बैंकले गत वर्षको आम्दानीबाट १५% सम्म लाभांश दिनसक्छ । पूँजीको अनुपातमा निक्षेप कम छ । तत्काल पूँजी बढाउनु पर्ने अवस्था देखिन्न ।
कम्पनीको पूँजी ३३ करोड रहेको छ । जगेडामा ११ करोड ५५ लाख ३१ हजार रहेको छ । ३ अरब २० करोड निक्षेप रहेको छ भने लगानी तर्फ २ अरब ४६ करोड रहेको छ ।
दुई वर्ष भित्र राष्ट्रियस्तरको वित्त कम्पनीले पूँजी ८० करोड पुर्याउनपर्ने गरि केन्द्रीय बैंकले निर्देशन दिएकोले कम्पनीलाई व्यापार बढाउन र पूँजी थप्न पर्ने दायित्व थपिएको छ । यहि गतिमा रहेर ८० करोड पूँजी पुर्याउन पनि सम्भव छैन । यसको लागि यहि सरहको वित्त कम्पनी गाभ्ने वा वाणिज्य बैंकसँग गाभिने मात्र बिकल्प रहेको छ ।


No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...