Wednesday, August 19, 2020

गुह्यश्वरी मर्चेन्ट फाइनान्स २०७१/७२

नाफा नोक्सान
१४ करोड ७१ लाख व्याज आम्दानी गरि ९ करोड ५३ लाख व्याज खर्च पश्चात ५ करोड १८ लाख खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी ५९ लाख बढेको छ जुन अगिल्लो वर्ष भन्दा १३% बढी हो ।
शुल्क, कमिसन, डिस्काउन्टबाट हुने आम्दानी २४ लाखबाट बढेर ३० लाख पुगेको छ । तर अन्य संचालन आम्दानी भने १ करोड ५५ लाखबाट घटेर १ करोड ५१ लाखमा सिमित भएको छ । मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ७ करोड रहेको छ जुन अगिल्लो वर्ष भन्दा ९.५% बढी हो । मानव संशाधन तथा व्यवस्थापनमा २ करोड ३९ लाख खर्च गरेको छ । कुल संचालन आम्दानीको ३४% रकम यस शीर्षकमा खर्च गरेको छ । मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी ४ करोड ६० लाख रहेको छ जुन अगिल्लो वर्ष भन्दा ३.७% ले बढी हो ।
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा बापत १२ लाख छुट्टयाएको छ । गैर-संचालनबाट ३ करोड ४४ लाख आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा बढेको छ । खराब कर्जाबाट शून्य फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ । बोनस र कर पछी ५ करोड ४ लाख ३५ हजार खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा १३% ले घटी हो ।
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति २४.३७%, खराब कर्जा ०.८%, लागत मूल्य ७.७८%, निक्षेप कर्जा अनुपात ७२.४%, आधार दर १०.१९%, औसत ब्याजदर ४.९६%, तरलता २०.७६%, प्रतिशेयर आम्दानी रु. १९.७५, प्रतिशेयर खुद सम्पति १३९.०५, मूल्य आम्दानी अनुपात................र लागतमा प्रतिफल १४.२% रहेको छ ।
सूचकहरुले स्थिति सामान्य छ भन्ने देखाएको छ । जोखिम बहन गर्नसक्ने सम्पति प्रशस्त छ । खराब कर्जा घटेको छ । केन्द्रीय बैंकले सुक्ष्म निगरानीसम्बन्धि निर्देशन जारी गरेको छ जस अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २% व्यवस्था गर्नुपर्छ । जसको कारणले नोक्सानी व्यवस्थाको लागि रकम व्यवस्था गरेको छ ।
निक्षेप-कर्जा अनुपात तोकेको सिमा सामान्य नै छ । लागत मूल्य घटेको छ । आधार दर सामान्य नै मान्नुपर्छ । अगिल्लो वर्षको तुलनामा घट्दै गएको छ । व्याजदर अन्तर बढेर गएको छ । आधार दर घटे पनि र व्याजदर अन्तर बढेकोले आम्दानीमा केहि असर परेको छ । कम्पनीसँग रहेको संचित कोष र वार्षिक आम्दानीको अनुपात हेर्दा लागतमा हुने प्रतिफल सामान्य रहेको देख्न सकिन्छ । तरलता सामान्य नै मान्नुपर्छ ।
ब्याज आम्दानी खर्च नगन्य मात्र बढेको छ । शुल्क, कमिसनबाट हुने आम्दानी सामान्य बढेको छ तर अन्य संचालन आम्दानी भने घटेको छ । गैर-संचालनबाट गत वर्ष भन्दा कम आम्दानी गरेको छ । असामान्य गतिविधिबाट आम्दानी गर्न सकेको छैन । कम्पनीको संचालन र कर्मचारी खर्च सामान्य नै देख्न सकिन्छ ।
बैंकले गत वर्षको आम्दानीबाट १५% सम्म लाभांश दिनसक्छ । पूँजीको अनुपातमा निक्षेप कम छ । तत्काल पूँजी बढाउनु पर्ने अवस्था देखिन्न ।
कम्पनीको पूँजी २५ करोड रहेको छ । जगेडामा करिब १० करोड रहेको छ । १ अरब ३४ करोड निक्षेप रहेको छ भने लगानी तर्फ १ अरब २२ करोड रहेको छ ।
दुई वर्ष भित्र राष्ट्रियस्तरको वित्त कम्पनीले पूँजी ८० करोड पुर्याउनपर्ने गरि केन्द्रीय बैंकले निर्देशन दिएकोले कम्पनीलाई व्यापार बढाउन र पूँजी थप्न पर्ने दायित्व थपिएको छ । यहि गतिमा रहेर ८० करोड पूँजी पुर्याउन पनि सम्भव छैन । यसको लागि यहि सरहको वित्त कम्पनी गाभ्ने वा वाणिज्य बैंकसँग गाभिने मात्र बिकल्प रहेको छ ।
संकटमा परेको ललितपुर फाइनान्सलाई किन्ने प्रक्रिया अघि बढाएको छ तैपनि यो पर्याप्त भने हुनसक्दैन ।


No comments:

Post a Comment