Thursday, August 27, 2020

स्वावलम्वन लघुवित्त २०७१/७२



नाफा नोक्सान
१ अरब १ करोड ३० लाख व्याज आम्दानी गरि २५ करोड ३२ लाख व्याज खर्च पश्चात ७५ करोड ७० लाख खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २० करोड २७ लाख बढेको छ जुन अगिल्लो वर्ष भन्दा ३६% बढी हो ।

शुल्क, कमिसन र बट्टाबाट हुने आम्दानी १० हजार मात्र छ अगिल्लो वर्ष शून्य थियो । त्यस्तै अन्य संचालन आम्दानी ६५ लाखबाट ८५ लाख पुगेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ७६ करोड ५६ लाख रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ३६% बढी हो ।

मानव संशाधन तथा व्यवस्थापनमा ३५ करोड ६४ लाख खर्च गरेको छ । कुल संचालन आम्दानीको ४६% रकम यस शीर्षकमा खर्च गरेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी ४० करोड ९१ लाख रहेको छ जुन अगिल्लो वर्ष भन्दा ३९% बढी हो ।

खराब कर्जा, बोनस, कर र खुद नाफा

खराब कर्जा बापत करिब ३ करोड छुट्टयाएको छ । गैर-संचालनबाट ५ लाख आम्दानी गरेको छ । खराब कर्जाबाट २ लाख फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ । बोनस र कर पछी २३ करोड ८२ लाख ७९ हजार खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ३२% बढी हो ।

प्रमुख सूचकहरु

जोखिम भारित सम्पति १२.२३%, खराब कर्जा १.९४%, लागत मूल्य ५.५%, कर्जा निक्षेप अनुपात २२९%, आधार दर उल्लेख छैन, औसत ब्याजदर अन्तर उल्लेख नभएको, तरलता ३३%, प्रतिशेयर आम्दानी रु. १०८.४, प्रतिशेयर खुद सम्पति ३२५.५४, मूल्य आम्दानी अनुपात...................र लागतमा प्रतिफल ३३.२९% रहेको छ ।

सूचकहरुले स्थिति सामान्य छ भन्ने देखाएको छ । जोखिम बहन गर्नसक्ने क्षमता राम्रो छ । खराब कर्जा दोब्बर भन्दा बढी बढेको छ । खराब कर्जा अत्यधिक बढ्दा पनि जोखिम व्यवस्थाको लागि न्यून रकम राखेको छ ।सुक्ष्म निगरानीसम्बन्धि निर्देशन जारी भएको अवस्थामा यति रकम पर्याप्त नहुनसक्छ ।सुक्ष्म निगरानीसम्बन्धि निर्देशन अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २% व्यवस्था गर्नुपर्छ ।

लागत मूल्य घटेको छ । आधार दर उल्लेख नभएकोले कतिमा लगानी गरेको छ थाहा हुनसकेन । लघुवित्तसँग रहेको संचित कोष र वार्षिक आम्दानीको अनुपात हेर्दा लागतमा हुने प्रतिफल सवल रहेको देख्न सकिन्छ । तरलता सामान्य छ ।

लघुवित्तको आम्दानीको एक मात्र स्रोत ब्याज रहेको छ । ब्याज आम्दानी अत्यधिक बढेको छ । शुल्क, कमिसन, बट्टा र अन्य संचालन आम्दानी सामान्य बढेको छ । गैर-संचालन आम्दानी थोरै देखिएको छ तर असामान्य गतिविधिबाट आम्दानी गर्न सकेको छैन । लघुवित्तको संचालन र कर्मचारी खर्च आम्दानीको ४६% रहेको छ । यसलाई सामान्य नै मान्न सकिन्छ ।

लघुवित्तले गत वर्षको आम्दानीबाट ८६% सम्म लाभांश दिनसक्छ ।

समाचारमा आए अनुसार केन्द्रीय लघुवित्तले सबै प्रकारका लघुवित्त लघुवित्तको चुक्ता पूँजी ४ गुणा बढाउन गृह कार्य गरिरहेको सन्दर्भमा यस लघुवित्तलाई भने कुनै असर पर्ने देखिन्न किनकी जगेडामा पर्याप्त रकम भएकोले सहज रुपमा पूँजी वृद्धि गर्नसक्छ ।

लघुवित्तको पूँजी २१ करोड ९८ लाख रहेको छ । जगेडामा ४९ करोड ५७ लाख रहेको छ । लघुवित्तसँग अहिले निक्षेप २ अरब १९ करोड र सापटी २ अरब ८९ करोड रहेको छ ।

लघुवित्तको आम्दानीमा विविधिकरण गरेको छैन व्याजमा मात्र निर्भर रहेको छ । यसरी एकै प्रकारको आम्दानीमा मात्र निर्भर रहँदा कर्जाको व्याज बेलैमा उठ्न नसकेमा गरेको आम्दानी खराब कर्जा वापत व्यवस्था गर्नुपर्ने अवस्था आउँदा आम्दानीमा प्रतिकुल असर पर्न सक्ने तर्फ व्यवस्थापनको ध्यान गएको देखिएको छैन । व्याज अन्तर उल्लेख गरेको छैन तर पनि के अनुमान गर्न सकिन्छ भने यसले अत्यधिक फराकिलो अन्तर कायम गरेको बुझ्न सकिन्छ । नेपाल राष्ट्र लघुवित्तले हाल लघुवित्तलाई पनि व्याज अन्तर तोक्ने बताईसकेको छ ।


No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...