Monday, August 31, 2020

हिमालयन बैंक २०७१/७२

नाफा नोक्सान

४ अरब ६२ करोड ६७ लाख रुपैयाँ ब्याज आम्दानी गरि १ अरब ९५ करोड ६५ लाख रुपैयाँ व्याज खर्च पश्चात २ अरब ६७ करोड २ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत वर्ष भन्दा १७ करोड ६१ लाख रुपैयाँ बढेको छ जुन अगिल्लो वर्ष भन्दा ७ प्रतिशत घटी हो ।

शुल्क, कमिसन, बट्टाबाट हुने आम्दानी ६५ करोड ७२ लाख रुपैयाँबाट बढेर ७१ करोड ७ लाख रुपैयाँ पुगेको छ । अन्य संचालन आम्दानी भने सामान्य घटेर २० करोड रुपैयाँमा झरेको छ । अगिल्लो वर्ष २० करोड ६८ लाख रुपैयाँ थियो । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट ४७ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । अगिल्लो वर्ष ३८ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ४ अरब ५ करोड ६१ लाख रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ८ प्रतिशत बढी हो ।

मानव संशाधन तथा व्यवस्थापनमा १ अरब ९७ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको ४९ प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी २ अरब ७ करोड ९० लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा ०.७५ प्रतिशत बढी हो ।

खराब कर्जा, बोनस, कर र खुद नाफा

खराब कर्जा बापत १ अरब ४१ करोड रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट २ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ । खराब कर्जाबाट ८९ करोड ५३ लाख रुपैयाँ फिर्ता भएको छ । असामान्य गतिविधिबाट १ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बोनस र कर पश्चात १ अरब ९ करोड ५५ लाख ९५ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा १३ प्रतिशत बढी हो ।

प्रमुख सूचकहरु

जोखिम भारित सम्पति ११.४५ प्रतिशत, खराब कर्जा ३.२२ प्रतिशत, लागत मूल्य ३.३६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७३.५१ प्रतिशत, आधार दर ७.७८ प्रतिशत, औसत ब्याजदर अन्तर ४.३५ प्रतिशत, तरलता ३० प्रतिशत, प्रतिशेयर आम्दानी रु. ३२.८७, प्रतिशेयर खुद सम्पति २१५, मूल्य आम्दानी अनुपात..................र लागतमा प्रतिफल १६.५३ प्रतिशत रहेको छ ।

बैंकका सूचकहरु सामान्य छ । जोखिम बहन गर्नसक्ने सम्पति घट्दै गएको छ । खराब कर्जा बढेको छ । बैंकको खराब कर्जा बढ्नुको कारण मेलम्ची आयोजनाको लागि चिनिया बैंकको लागि स्थानीय साझेदार बनि प्रत्याभूति गर्नु हो । मेलम्चीको ठेक्का तोडिएको कारण चिनिया ठेकेदारको लागि चिनिया बैंकले प्रत्याभूति गरेको रकम स्थानीय बैंकबाट नेपाल सरकारले लिएको तर चिनिया बैंकले सो रकम फिर्ता नदिएकोले सो बराबरको रकम नोक्सानी व्यवस्था गरेको हो । केन्द्रीय बैंकले जारी गरेको सुक्ष्म निगरानीसम्बन्धि निर्देशनको कारण पनि झन्डै डेढ अरब रकम नोक्सानी व्यवस्था गर्दा आम्दानीमा प्रतिकुल प्रभाव परेको छ ।सुक्ष्म निगरानीसम्बन्धि निर्देशन अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।

निक्षेप-कर्जा अनुपात तोकिएको सिमा नजिक छ । लागत मूल्य गत वर्ष भन्दा घटेको भए पनि अगिल्लो त्रयमास भन्दा बढेको छ । आधार दर घटेको छ । औसत व्याजदर अन्तर घटेको छ । आधार दर र ब्याजदर अन्तर घट्दा पनि आम्दानी मजबुत देखिएको छ । इक्विटीमा हुने प्रतिफल सवल देखिन्छ । तरलता सामान्य छ ।

ब्याज आम्दानी बढेको छैन बरु घटेको छ । ब्याज आम्दानी घटे पनि ब्याज खर्च त्यो भन्दा बढी घटेकोले खुद ब्याज आम्दानी बढेको छ । शुल्क, कमिसन, बट्टाबाट हुने आम्दानी बढेको छ । अन्य संचालन आम्दानी भने घटेको छ । विदेशी मुद्रा सटहीबाट हुने आम्दानी बढेको छ । गैर-संचालन र असामान्य गतिविधिबाट आम्दानी गर्न सकेको छ । नोक्सानी व्यवस्था अघिको आम्दानी थोरै बढेको भए पनि नोक्सानी व्यवस्था पछीको आम्दानी घटेको छ । नोक्सानी व्यवस्थाको लागि गत वर्ष भन्दा बढी रकम राखेको छ । नोक्सानी व्यवस्थाबाट फिर्ता आएको रकमले आम्दानीलाई केहि हदसम्म सन्तुलन कायम राख्न मद्दत पुगेको छ । खुद आम्दानी गत वर्ष भन्दा बढेको छ ।

बैंकको संचालन र कर्मचारी खर्च संचालन आम्दानीको झन्डै आधा रहेको छ । गत वर्ष भन्दा यस्तो खर्च बढेको छ । यसलाई अधिक मान्नुपर्ने हुन्छ । यसले खुद आम्दानीमा प्रतिकूल प्रभाव परेको छ । लामो समयदेखि संचालनमा रहेको बैंकको यति धेरै खर्च हुनुलाई सामान्य मान्न सकिन्न । यसको अर्थ व्यवस्थापकीय नेतृत्व सक्षम छैन भन्ने देखिन्छ । यसलाई घटाउने चुनौती बैंक समक्ष छ ।

बैंकले गत वर्षको आम्दानीबाट २६ प्रतिशतसम्म लाभांश दिनसक्छ । तर, बैंकसँग जगेडामा पर्याप्त रकम रहेकोले केहि बढाएर दिनसक्छ ।

बैंकको चुक्ता पूँजी ३ अरब ३३ करोड रुपैयाँ रहेको छ । जगेडामा ३ अरब ८४ करोड ६३ लाख रुपैयाँ रहेको छ । निक्षेप ७३ अरब रुपैयाँ लगानी तर्फ ५५ अरब रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकले आगामी दुई वर्षभित्र नै पूँजी बढाएर ८ अरब रुपैयाँ पुर्याउन निर्देशन दिएकोले पूँजी बढाउनु पर्ने वाध्यता थपिएको छ । बैंकसँग जगेडामा पर्याप्त रकम रहेकोले त्यति कठिनाईको सामना गरिहाल्नुपर्ने अवस्था छैन ।


No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...