नाफा
नोक्सान
६३
करोड ५५ लाख व्याज आम्दानी गरि ३८ करोड ३८ लाख व्याज खर्च पश्चात २५ करोड १७ लाख
खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी ८२ लाख बढेको छ जुन अगिल्लो वर्ष
भन्दा ३ प्रतिशत बढी
हो ।
शुल्क, कमिसन र बट्टाबाट हुने आम्दानी ७
लाखबाट बढेर १९ लाख पुगेको छ । त्यस्तै अन्य संचालन आम्दानी पनि ३ करोड २३ लाखबाट
बढेर ३ करोड ४४ लाख पुगेको छ । विदेशी मुद्रा सटहीबाट भने ३ हजार घाटा परेको छ ।
मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी २८ करोड
८१ लाख रहेको छ जुन अगिल्लो वर्ष भन्दा ४% बढी हो ।
मानव संशाधन तथा व्यवस्थापनमा १० करोड ९० लाख खर्च गरेको छ । कुल
संचालन आम्दानीको ३८ प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।
मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी १७ करोड
९० लाख रहेको छ जुन अगिल्लो वर्ष भन्दा ५
प्रतिशत बढी हो ।
खराब कर्जा, बोनस,
कर र खुद नाफा
खराब कर्जा बापत ३ करोड ४६ लाख छुट्टयाएको छ । गैर-संचालनबाट ३
करोड ६२ लाख आम्दानी गरेको छ । खराब कर्जाबाट ७ करोड २५ लाख फिर्ता भएको छ । असामान्य
गतिविधिबाट शून्य आम्दानी गरेको छ ।
बोनस र कर पछी १६ करोड ११ लाख ३२ हजार खुद आम्दानी गरेको छ जुन
अगिल्लो वर्ष भन्दा ४३२ प्रतिशतले बढी हो ।
प्रमुख सूचकहरु
जोखिम भारित सम्पति १८.१४
प्रतिशत, खराब कर्जा २.१२ प्रतिशत, लागत
मूल्य ५.७८ प्रतिशत,
कर्जा निक्षेप अनुपात ७२.९७ प्रतिशत, आधार दर ९.४९ प्रतिशत, औसत
ब्याजदर उल्लेख छैन, प्रतिशेयर आम्दानी रु. १७.२३, प्रतिशेयर खुद सम्पति १२९.५७, मूल्य आम्दानी
अनुपात................र लागतमा प्रतिफल १३.३ प्रतिशत रहेको छ ।
सूचकहरुले स्थिति सामान्य छ भन्ने देखाएको छ । जोखिम बहन गर्नसक्ने
सम्पति प्रशस्त छ । खराब कर्जा घटेको छ । केन्द्रीय बैंकले ‘सुक्ष्म निगरानी’ सम्बन्धि निर्देशन जारी गरेको छ जस
अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।
निक्षेप-कर्जा अनुपात तोकेको सिमामा रहेको छ । लागत मूल्य र आधार
दर घटेको छ । व्याजदर अन्तर उल्लेख नगरेकोले यस बारेमा केहि भन्न सकिन्न । आधार दर
घट्दा पनि आम्दानीलाई करिब स्थिर राख्न सकेको देखिन्छ । बैंकसँग रहेको संचित कोष र
वार्षिक आम्दानीको अनुपात हेर्दा लागतमा हुने प्रतिफल सवल रहेको देख्न सकिन्छ ।
ब्याज, शुल्क, कमिसन र
अन्य संचालन आम्दानी सबै बढेको छ । विदेशी मुद्रा सटहीबाट नगन्य घाटा परेको छ । गैर-संचालनबाट
अधिक आम्दानी गरेको छ । असामान्य गतिविधिबाट आम्दानी गर्न सकेको छैन । बैंकको
संचालन र कर्मचारी खर्च सामान्य नै देख्न सकिन्छ ।
बैंकले गत वर्षको आम्दानीबाट १३ प्रतिशतसम्म लाभांश दिनसक्छ । तर, जगेडाबाट केहि रकम
तान्न सकेमा अझ बढ्न सक्छ किनकी जगेडामा रकम रहेको छ । पूँजीको अनुपातमा निक्षेप
कम छ । निक्षेप बढाउने योजना ल्याउनु पर्ने देखिएको छ ।
बैंकको पूँजी ९३ करोड ४६ लाख रहेको छ । जगेडामा २७ करोड ६३ लाख
रहेको छ । बैंकसँग अहिले ६ अरब ३३ करोड निक्षेप रहेको छ भने लगानी तर्फ ५ अरब ५०
करोड रहेको छ ।
राष्ट्रियस्तरको बैंक भएकोले केन्द्रीय बैंकको निर्देशन अनुसार
आगामी २ वर्ष भित्र पूँजी बढाएर २ अरब ५० करोड पुरयाउनु पर्ने वाध्यता थपिएको छ । बैंकले
आफ्नै क्षमताले पूँजी बढाएर व्यापार बढाउन सक्ने अवस्था छैन यस्तो अवस्थामा
गाभिनुको बिकल्प देखिन्न ।
सुप्रिम बैंक
नाफा नोक्सान
३८ करोड ८३
लाख व्याज आम्दानी गरि १७ करोड ७९ लाख व्याज खर्च पश्चात २० करोड ५६ लाख व्याज
आम्दानी गरेको छ । खुद ब्याज आम्दानी ६ करोड ४८ लाख बढेको छ जुन अगिल्लो वर्ष
भन्दा ३५ प्रतिशतबढी हो ।
शुल्क, कमिसन, बट्टाबाट हुने
आम्दानी ३९ लाख ७२ हजार छ जुन नगन्य बढेको छ । अगिल्लो वर्ष ३९ लाख ५८ हजार थियो ।
अन्य संचालन आम्दानी ४ करोड ५१ लाखबाट घटेर ४ करोड ४३ लाखमा सिमित भएको छ । विदेशी
मुद्रा सटहीबाट १ लाख आम्दानी गरेको छ । अगिल्लो वर्ष शून्य थियो ।
मानव संशाधन
तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी २५ करोड ४० लाख रहेको छ जुन अगिल्लो
वर्ष भन्दा २६ प्रतिशत बढी हो ।
मानव संशाधन
तथा व्यवस्थापनमा ११ करोड ७१ लाख खर्च गरेको छ । कुल संचालन आम्दानीको ४६ प्रतिशत रकम यस
शीर्षकमा खर्च गरेको छ ।
मानव संशाधन
तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी १३ करोड ६८ लाख रहेको छ जुन अगिल्लो
वर्ष भन्दा ३९ प्रतिशत बढी हो ।
खराब कर्जा, बोनस, कर र खुद नाफा
खराब कर्जा
बापत ४ करोड ७१ लाख छुट्टयाएको छ । गैर-संचालनबाट आम्दानी १ लाख २० हजार घाटा
परेको छ । खराब कर्जाबाट २ करोड ९१ लाख फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य
आम्दानी गरेको छ ।
बोनस र कर
पछी ७ करोड ५५ लाख २३ हजार खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ३१ प्रतिशत बढी हो ।
प्रमुख सूचकहरु
जोखिम भारित
सम्पति २३.८१ प्रतिशत, खराब कर्जा १.६५ प्रतिशत, लागत मूल्य ६.४८ प्रतिशत, कर्जा निक्षेप अनुपात ६६.९४ प्रतिशत, आधार दर ९.९६
प्रतिशत, औसत ब्याजदर ५.६६ प्रतिशत, प्रतिशेयर आम्दानी रु. ९.३१, प्रतिशेयर खुद सम्पति
१२७.५५, मूल्य आम्दानी अनुपात................र लागतमा
प्रतिफल ७.२९ प्रतिशत रहेको छ ।
सूचकहरुले
स्थिति सामान्य छ भन्ने देखाएको छ । जोखिम बहन गर्नसक्ने सम्पति प्रशस्त छ । खराब
कर्जा अत्यधिक घटेको छ । केन्द्रीय बैंकले ‘सुक्ष्म निगरानी’ सम्बन्धि निर्देशन जारी गरेको छ जस
अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २
प्रतिशत व्यवस्था गर्नुपर्छ ।
निक्षेप-कर्जा
अनुपात तोकेको सिमामा रहेको छ । लागत मूल्य घटेको छ । आधार दर धेरै घटेको छ । व्याजदर
अन्तर भने बढेको छ । आधार दर घट्दा पनि आम्दानी भने बढेको छ । बैंकसँग रहेको संचित
कोष र वार्षिक आम्दानीको अनुपात हेर्दा लागतमा हुने प्रतिफल न्यून रहेको देख्न सकिन्छ
।
ब्याज
आम्दानी बढे पनि अन्य आम्दानी नबढेको देख्न सकिन्छ । शुल्क, कमिसन र बट्टा आम्दानी नगन्य बढेको छ । अन्य
संचालन आम्दानी घटेको छ । गैर-संचालनबाट घाटा परेको छ । असामान्य गतिविधिबाट
आम्दानी गर्न सकेको छैन । बैंकको संचालन र कर्मचारी खर्च अधिक छ ।
बैंकले गत
वर्षको आम्दानीबाट ७ प्रतिशतसम्म लाभांश दिनसक्छ । तर, जगेडामा रहेको रकम तानेको खण्डमा
बढेर १५ प्रतिशत पुग्न सक्छ ।
पूँजीको अनुपातमा निक्षेप कम छ । निक्षेप बढाउने योजना ल्याउनु पर्ने देखिएको छ ।
बैंकको पूँजी
८१ करोड छ । जगेडामा २२ करोड रहेको छ । बैंकसँग अहिले ४ अरब निक्षेप रहेको छ भने
लगानी तर्फ ३ अरब ६७ करोड हेको छ ।
राष्ट्रियस्तरको
बैंक भएकोले केन्द्रीय बैंकको निर्देशन अनुसार आगामी २ वर्ष भित्र पूँजी बढाएर २
अरब ५० करोड पुरयाउनु पर्ने वाध्यता थपिएको छ । बैंकले आफ्नै क्षमताले पूँजी बढाएर
व्यापार बढाउन सक्ने अवस्था छैन यस्तो अवस्थामा गाभिनुको बिकल्प देखिन्न ।
No comments:
Post a Comment