नाफा नोक्सान
३
अरब ९ करोड १ लाख व्याज आम्दानी गरि १ अरब ७५ करोड ३१ लाख व्याज खर्च पश्चात १ अरब
३३ करोड ७० लाख खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २२ करोड १० लाख ४८
हजार बढेको छ जुन अगिल्लो वर्ष भन्दा १९.८% बढी हो ।
शुल्क,
कमिसन, डिस्काउन्टबाट हुने आम्दानी ६ करोड १२
लाखबाट बढेर ९ करोड १६ लाख पुगेको छ । त्यस्तै अन्य संचालन आम्दानी १८ करोड १०
लाखबाट १८ करोड ३८ लाख पुगेको छ । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य
स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट ९ करोड आम्दानी गरेको छ अगिल्लो वर्ष ५
करोड आम्दानी गरेको थियो ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी १ अरब ७० करोड २६ लाख रहेको
छ । जुन अगिल्लो वर्ष भन्दा २०.८% ले बढी हो । मानव संशाधन तथा व्यवस्थापनमा ७६
करोड ९८ लाख ९७ हजार खर्च गरेको छ । कुल संचालन आम्दानीको ४५% रकम यस शीर्षकमा
खर्च गरेको छ ।
मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी ९३ करोड
२७ लाख ३३ हजार रहेको छ जुन अगिल्लो वर्ष भन्दा २५.५% ले बढी हो ।
खराब
कर्जा, बोनस, कर र खुद
नाफा
खराब
कर्जा बापत १९ करोड ६७ लाख छुट्टयाएको छ । गैर-संचालनबाट ९ करोड आम्दानी गरेको छ । खराब कर्जाबाट १५ करोड फिर्ता भएको
छ । असामान्य
गतिविधिबाट ५७ लाख आम्दानी गरेको छ । बोनस र कर पश्चात ६१ करोड ३४ लाख ३६ हजार खुद आम्दानी गरेको छ जुन
अगिल्लो वर्ष भन्दा ३५% ले बढी हो ।
प्रमुख सूचकहरु
जोखिम
भारित सम्पति १२.४७%, खराब कर्जा ०.६४%, लागत मूल्य ४.६८%, कर्जा निक्षेप अनुपात ७२.५१%,
आधार दर ७.६९%, औसत ब्याजदर अन्तर ४.२८%,
तरलता ११.०२%, प्रतिशेयर आम्दानी रु. २०.७९,
प्रतिशेयर खुद सम्पति १३८.६५, मूल्य आम्दानी
अनुपात..................र लागतमा प्रतिफल १५% रहेको छ ।
बैंकका
सूचकहरु सामान्य छ । जोखिम बहन गर्नसक्ने क्षमता घट्दै गएको देखिन्छ यसको लागि थप
पूँजीको जरुरत देखिन्छ । बढ्दो पूँजीको आवश्यकता पुरा गर्न बैंकले अहिलेको चुक्ता
पूँजीको २५% हकप्रद जारी गर्न लागेको छ । खराब कर्जा घटेको छ भए पनि नोक्सानी
व्यवस्थाको लागि पर्याप्त रकम व्यवस्था गरेको छ । खराब कर्जा अत्यन्त न्यून भए पनि
केन्द्रीय बैंकले जारी गरेको ‘सुक्ष्म निगरानी’
सम्बन्धि निर्देशनको कारण केहि बढी नै रकम छुट्टयाएको छ । ‘सुक्ष्म निगरानी’ सम्बन्धि निर्देशन अनुसार असार
मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २% व्यवस्था गर्नुपर्छ ।
निक्षेप-कर्जा
अनुपात तोकिएको सिमा नजिक छ । लागत मूल्य घटेको छ । आधार दर र औसत व्याजदर अन्तर
घटेको छ । आधार दर र ब्याजदर अन्तर घट्दा पनि आम्दानीमा कुनै नकरात्मक प्रभाव
परेको छैन । बैंकसँग रहेको संचित कोष र वार्षिक आम्दानीको अनुपात हेर्दा लागतमा
हुने प्रतिफल सवल नै रहेको देख्न सकिन्छ । तरलता सामान्य अत्यन्त न्यून छ । हकप्रद
पश्चात सामान्य हुने आशा गर्न सकिन्छ ।
ब्याज,
शुल्क, कमिसन, डिस्काउन्ट,
अन्य संचालन र विदेशी मुद्रा सटही लगायत सबै स्रोतबाट हुने आम्दानी
बढेको देखिन्छ । लागत मूल्य घटेकोले ब्याज आम्दानी बढेको छ । व्याजदर अन्तर,
आधार दर घट्दा पनि र गत वर्ष पूँजी बढ्दा पनि खुद आम्दानी बढेको छ ।
गैर-संचालन र असामान्य गतिविधिबाट पनि आम्दानी गरेको छ ।
बैंकको
संचालन र कर्मचारी खर्च ४५% रहेको छ । यसलाई अधिक मान्नुपर्ने हुन्छ । यसलाई
घटाउने चुनौती बैंक समक्ष छ ।
बैंकले
गत वर्षको आम्दानीबाट १६% सम्म लाभांश दिनसक्छ ।
केन्द्रीय
बैंकले आगामी दुई वर्षभित्र नै पूँजी बढाएर ८ अरब पुर्याउन निर्देशन दिएकोले पूँजी
बढाउनु पर्ने वाध्यता थपिएको छ ।
बैंकको
चुक्ता पूँजी २ अर्ब ७७ करोड ६२ लाख ५० हजार रहेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा २
अरब ९५ करोड देखाएको भए पनि १७ करोड हकप्रद वापत अग्रिम रुपमा जम्मा गरेको हो ।
जगेडामा १ अरब ७ करोड २८ लाख छ । बैंकसँग अहिले ४४ अरब २० करोड
निक्षेप र लगानी तर्फ ३४ अरब ८१ करोड रहेको छ ।
केन्द्रीय
बैंकले चुक्ता पूँजी बढाउन निर्देशन दिएकोले बैंकले निकै कठिनाइको सामना
गर्नुपर्ने अवस्था छ । आफ्नै बलबुताले तोकेको स्थितिमा पुग्न सक्ने अवस्था छैन । त्यसको
लागि वाणिज्य बैंकसँग नै गाभिनुपर्ने अवस्था आइसकेको छ ।
No comments:
Post a Comment