Wednesday, August 19, 2020

एस डेभलपमेन्ट बैंक २०७१/७२


नाफा नोक्सान

६५ करोड ५४ लाख व्याज आम्दानी गरि ३३ करोड ७३ लाख व्याज खर्च पश्चात ३१ करोड ७२ लाख खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी ४ करोड ८ लाख बढेको छ जुन अगिल्लो वर्ष भन्दा १४% बढी हो ।

शुल्क, कमिसन, डिस्काउन्टबाट हुने आम्दानी ८४ लाखबाट घटेर ७५ लाखमा सिमित भएको छ । अन्य संचालन आम्दानी ३ करोड १४ लाखबाट बढेर ३ करोड ५६ लाख पुगेको छ । विदेशी मुद्रा सटहीबाट ७१ लाख आम्दानी गरेको छ यो पनि घटेको छ अगिल्लो वर्ष ९० लाख आम्दानी गरेको थियो ।

मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ३६ करोड ७४ लाख रहेको छ जुन अगिल्लो वर्ष भन्दा १३% बढी हो ।

मानव संशाधन तथा व्यवस्थापनमा १४ करोड ६२ लाख खर्च गरेको छ । कुल संचालन आम्दानीको ४०% रकम यस शीर्षकमा खर्च गरेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी २२ करोड १२ लाख रहेको छ जुन अगिल्लो वर्ष भन्दा १९% ले बढी हो ।

खराब कर्जा, बोनस, कर र खुद नाफा

खराब कर्जा बापत ६ करोड छुट्टयाएको छ । गैर-संचालनबाट ६५ लाख आम्दानी गरेको छ । खराब कर्जाबाट ५ करोड फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ ।
बोनस र कर पछी १३ करोड ५७ लाख ४८ हजार खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ४०% ले बढी हो ।

प्रमुख सूचकहरु

जोखिम भारित सम्पति १४.४९%, खराब कर्जा २.९%, लागत मूल्य ४.५९%, कर्जा निक्षेप अनुपात ७७.१५%, आधार दर ७.०३, औसत ब्याजदर ५.४२%, तरलता २६.०४%, प्रतिशेयर आम्दानी रु. १५.३३, प्रतिशेयर खुद सम्पति १३१.४८, मूल्य आम्दानी अनुपात................र लागतमा प्रतिफल ११.६५% रहेको छ ।
सूचकहरुले स्थिति सामान्य छ भन्ने देखाएको छ । जोखिम बहन गर्नसक्ने सम्पति प्रशस्त छ । खराब कर्जा घटेको छ । केन्द्रीय बैंकले सुक्ष्म निगरानीसम्बन्धि निर्देशन जारी गरेको छ जस अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २% व्यवस्था गर्नुपर्छ ।

निक्षेप-कर्जा अनुपात तोकेको सिमामा पुगिसकेको छ । लागत मूल्य गत वर्ष भन्दा घटेको छ जसले गर्दा आम्दानी बढेको छ । आधार दर पनि घटेको छ । व्याजदर अन्तर घटेको छ । व्याजदर अन्तर र आधार दर घटे पनि आम्दानी मजबुत देखिएको छ । बैंकसँग रहेको संचित कोष र वार्षिक आम्दानीको अनुपात हेर्दा लागतमा हुने प्रतिफल न्यून रहेको देख्न सकिन्छ । तरलता सामान्य नै मान्नुपर्छ ।

ब्याज बढे पनि, शुल्क, कमिसन र डिस्काउन्टबाट हुने आम्दानी घटेको छ । अन्य संचालन आम्दानी बढेको छ । विदेशी मुद्राबाट पनि आम्दानी गरेको छ । गैर-संचालनबाट केहि आम्दानी गरेको छ । असामान्य गतिविधिबाट आम्दानी गर्न सकेको छैन । बैंकको संचालन र कर्मचारी खर्च अधिक नै देख्न सकिन्छ ।

बैंकले गत वर्षको आम्दानीबाट १२% सम्म लाभांश दिनसक्छ । पूँजीको अनुपातमा निक्षेप बढेको छैन । निक्षेप पर्याप्त नहुनाले लगानी बढ्न सकेको छैन ।

बैंकको पूँजी ८८ करोड रहेको छ । जगेडामा २८ करोड रहेको छ । बैंकसँग अहिले ६ अरब ७३ करोड निक्षेप रहेको छ भने लगानी तर्फ ५ अरब ८० करोड रहेको छ ।

राष्ट्रियस्तरको विकास बैंक भएकोले केन्द्रीय बैंकको निर्देशन अनुसार आगामी २ वर्ष भित्र पूँजी बढाएर २ अरब ५० करोड पुरयाउनु पर्ने वाध्यता थपिएको छ । बैंक आफ्नै क्षमताले पूँजी बढाउन सक्ने अवस्थामा छैन यस्तो अवस्थामा कुनै बाणिज्य बैंकसंग गाभिनुको बिकल्प देखिन्न ।


No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...