नाफा नोक्सान
करिब
५ अरब रुपैयाँ ब्याज
आम्दानी गरि २ अरब ११ करोड ६७ लाख रुपैयाँ
व्याज खर्च पश्चात २ अरब ८७ करोड ९४ लाख रुपैयाँ खुद
व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत वर्ष भन्दा ३ करोड ९३ लाख रुपैयाँ घटेको छ जुन अगिल्लो वर्ष भन्दा १.३ प्रतिशत घटी हो ।
शुल्क,
कमिसन, बट्टाबाट हुने आम्दानी २५ करोड ४८ लाख रुपैयाँबाट बढेर ३० करोड ३६ लाख रुपैयाँ
पुगेको छ । अन्य संचालन आम्दानी ३० करोड ९४ लाख रुपैयाँबाट बढेर ३८ करोड ९० लाख रुपैयाँ
पुगेको छ । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य
स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट ६ करोड ७० लाख रुपैयाँबाट बढेर ८ करोड ७२ लाख रुपैयाँ
पुगेको छ ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ३ अरब ६५ करोड ९३ लाख रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ३ प्रतिशत बढी हो ।
मानव
संशाधन तथा व्यवस्थापनमा १ अरब २४ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ । कुल
संचालन आम्दानीको ३४ प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी २ अरब ४१ करोड ६६ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा ३.१ प्रतिशत घटी हो ।
खराब
कर्जा, बोनस, कर र खुद
नाफा
खराब
कर्जा बापत १६ करोड ३९ लाख रुपैयाँ
छुट्टयाएको छ । गैर-संचालनबाट १ करोड २४ लाख रुपैयाँ आम्दानी
गरेको छ । खराब कर्जाबाट २० करोड ७१ लाख रुपैयाँ
फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी
गरेको छ ।
बोनस
र कर पश्चात १ अरब ५७ करोड ४३ लाख ५२ हजार रुपैयाँ
खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा १.५ प्रतिशत
बढी हो ।
प्रमुख
सूचकहरु
जोखिम
भारित सम्पति १३.३२ प्रतिशत,
खराब कर्जा ०.६६
प्रतिशत, लागत मूल्य ३.२६ प्रतिशत, कर्जा
निक्षेप अनुपात ६९.४७
प्रतिशत, आधार दर ६.१४ प्रतिशत, औसत
ब्याजदर अन्तर ४.७६
प्रतिशत, तरलता ४०.५६ प्रतिशत, प्रतिशेयर
आम्दानी रु. ७८.०४, प्रतिशेयर खुद सम्पति ३४२.१८, मूल्य आम्दानी अनुपात..................र लागतमा प्रतिफल २९.५ प्रतिशत
रहेको छ ।
बैंकका
सूचकहरु सामान्य छ । जोखिम बहन गर्नसक्ने क्षमता राम्रो छ । खराब कर्जा घटेको छ । खराब
कर्जा घटेको भए पनि नोक्सानी व्यवस्थाको लागि पर्याप्त रकम राखेको छ । केन्द्रीय
बैंकले जारी गरेको ‘सुक्ष्म निगरानी’ सम्बन्धि
निर्देशनको कारण पनि केहि बढी नै व्यस्था गरेको हुनसक्छ । ‘सुक्ष्म
निगरानी’ सम्बन्धि निर्देशन अनुसार असार मसान्तसम्ममा
नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।
निक्षेप-कर्जा
अनुपात तोकिएको सिमा भन्दा तल छ जसले तरलता बढाएको छ । लागत मूल्य गत वर्ष भन्दा
घटेको छ । आधार दर र व्याज दर अन्तर घटेको छ । इक्विटीमा हुने प्रतिफल सवल
देखिन्छ । तरलता अधिक छ ।
ब्याज
आम्दानी र व्याज खर्च घटेकोले खुद आम्दानीमा यसको प्रभाव परेको छ । खुद व्याज
आम्दानी १ प्रतिशतभन्दा
बढी घटेको छ । शुल्क, कमिसन, बट्टा,
अन्य संचालन र विदेशी मुद्रा सटहीबाट हुने आम्दानी सबै बढेको छ । गैर-संचालनबाट
थोरै आम्दानी गरेको छ । असामान्य गतिविधिबाट आम्दानी गरेको छैन । नोक्सानी
व्यवस्था अघिको आम्दानी बढेको भए पनि नोक्सानी व्यवस्था पछीको आम्दानी घटेको छ । नोक्सानी
व्यवस्थाको लागि गत वर्ष भन्दा बढी रकम राखेको छ । नोक्सानी व्यवस्थाबाट फिर्ता
आएको रकमले आम्दानीलाई केहि हदसम्म सन्तुलन कायम राख्न मद्दत पुगेको छ । खुद
आम्दानी गत वर्ष भन्दा नगन्य बढेको छ ।
बैंकको
संचालन र कर्मचारी खर्च ३४
प्रतिशत रहेको छ । यस्तो खर्च गत वर्ष भन्दा बढेको छ । यसलाई
सामान्य नै मान्न सकिन्छ ।
बैंकले
गत वर्षको आम्दानीबाट ६२ प्रतिशतसम्म लाभांश दिनसक्छ । जगेडामा पर्याप्त रकम रहेकोले केहि बढ्न पनि
सक्छ ।
बैंकको
चुक्ता पूँजी परिवर्त्य अग्राधिकार शेयर १२ करोड रुपैयाँ समेत जोडेर २ अर्ब १३
करोड रुपैयाँ रहेको
छ । जगेडामा ४ अरब ८८ करोड ५७ लाख रुपैयाँ
रहेको छ । निक्षेप ८३ अरब ९ करोड रुपैयाँ र लगानी तर्फ ५५ अरब ३६ करोड रुपैयाँ रहेको छ ।
केन्द्रीय
बैंकले आगामी दुई वर्षभित्र पूँजी बढाएर ८ अरब रुपैयाँ पुर्याउन निर्देशन
दिएकोले पूँजी बढाउनु पर्ने वाध्यता थपिएको छ । बैंकको जगेडामा पर्याप्त रहेकोले
शतप्रतिशत पूँजी थप्ने सक्षमता रहेको छ । यस अघि सामान्य पूँजी बढाएकोले एकैपटक
अधिक पूँजी वृद्धि गर्दा बढ्दो पूँजी अनुरुपको आम्दानी कायम राख्न मुश्किल
पर्नसक्छ । गत वर्षको तुलनामा यस वर्ष आम्दानी गर्न सकेको छैन । घट्दो आधार दर र
व्याज अन्तर दरले आम्दानी संकुचित हुँदै गएको देख्न सकिन्छ । क्षेत्रीयस्तरका साना
विकास बैंकले समेत चुनौती थपेको अवस्था छ । पहिले देखि नै पूँजी वृद्धि गर्दै
लगेको भए अहिले यति कठिनाइको सामना गर्नुपर्ने अवस्था आउने थिएन । नगद लाभांशमा
मात्र केन्द्रित रहनुको परिणाम अहिले देखिएको छ । एकातिर बैंकले ऋणपत्र समेत लिएको
अवस्थामा त्यसको ब्याज तिर्नु पर्दा लागत मुल्य स्वत बढ्न गएको छ । पर्याप्त
निक्षेप र जगेडा हुँदाहुँदै ऋणपत्र लिनु उपयुक्त पनि थिएन ।
बैंकका
लागि अब कठिन दिन गणना शुरु भएको छ । कठिनाईलाई सामना गर्दै यस पटक भने अधिक बोनस
शेयर जारी गर्नुको बिकल्प छैन । अब हेर्न बाँकी छ बैंकले ८ अरब रुपैयाँ पूँजी पुर्याउन कस्तो रणनीति अपनाउने हो त्यो हेर्न धेरै दिन
पर्खनु पर्दैन ।
No comments:
Post a Comment