आर्थिक वर्ष (आव) २०७२/७३ को मौद्रिक नीतिले राष्ट्रियस्तर, १० र ३
जिल्लासम्म कार्यक्षेत्र भएका विकास बैङ्कलाई क्रमशः २ अर्ब ५० करोड, १
अर्ब २० करोड र ५० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दियो । चुक्ता
पूँजी बढाउने नीतिगत निर्देशनपछि राष्ट्रियस्तरका काष्ठमण्डप, त्रिवेणी,
सिद्धार्थ, रिलायबल, सुप्रीम, एपेक्स, क्लीन इनर्जी, एस, टुरिजम,
इन्टरनेशनल, इन्फ्रास्ट्रक्चरलगायत वाणिज्य बैङ्कसँग गाभिए/विलय भए । यती
तथा महालक्ष्मी, सेवा (१० जिल्ले क्षेत्रीय स्तर) तथा कामना
(राष्ट्रियस्तर), भिबोर तथा सोसाइटी एकआपसमा गाभिए । साझा, महाकाली,
राप्तीभेरी, झिमरुक, गौमुखी, एकता, शुभेक्षा, अल्पाइन, अरनिको,
इनोभेटिभलगायत साना विकास बैङ्क पनि वाणिज्य वा अन्य बैङ्कसँग गाभिए । तत्
तत् स्थितिमा रहन चाहने पूँजी नपुगेका विकास बैङ्क २०७५ असार मसान्तसम्म
पाएको कृपावधि (ग्रेस पिरियड) भित्र गाभिएर/विलय भएर वा हकप्रद/बोनसमार्फत
पूँजी पुर्याउन प्रयासरत छन् । विलय र गाभिने क्रमले बैङ्क घट्दै जाँदा
अहिलेसम्म राष्ट्रियस्तरका ११ ओटा र १० जिल्ले एउटा बैङ्क कायम रहने स्थिति
देखिएको छ ।
हकप्रद र बोनसको सहारा
पुस मसान्तसम्म ६ ओटा बैङ्कले तोकिएको पूँजी पु¥याएका छन् भने बाँकी ५ ओटाले पनि हकप्रद र बोनसको सहारा लिएर पूँजी पुर्याउने बाटो पहिल्याएका छन् । महालक्ष्मी तथा साङ्ग्रिला क्रमशः २ अर्ब ६३ करोडसहित पहिलो र १ अर्ब ३५ करोड पूँजीसहित अन्तिम लहरमा छन् । ८० प्रतिशत हकप्रद बाँडफाँडपछि साङ्ग्रिलालाई करिब ३ प्रतिशत नपुग हुनेछ । ओमले नपुग पूँजीका लागि करिब १८ प्रतिशत बोनस शेयर घोषणा गरिसकेको छ । कामनाले १५ प्रतिशत हकप्रद जारी गरिरहेको भए पनि ६ प्रतिशत नपुग हुनेछ । लुम्बिनीले १० प्रतिशत हकप्रद जारी गरे पनि अझ १४ प्रतिशत पूँजी पुग्ने छैन । गण्डकी बैङ्कलाई पनि हकप्रदपछि ९ प्रतिशत पूँजी कम हुनेछ । देव नपुग पूँजीका लागि ४० प्रतिशत हकप्रद जारी गर्ने अन्तिम तयारीमा छ । झण्डै ४ महिनाअघि १७ प्रतिशत बोनस शेयर साधारण सभामा लैजाने प्रस्तावसहित बुक क्लोज गरेको देवले अहिलेसम्म साधारण सभा गरेको छैन । १० जिल्ला कार्यक्षेत्र भएको शाइनले हकप्रद विना तोकिएको पूँजी पुर्याइसकेको छ ।
निक्षेप र लगानी
महालक्ष्मी र ज्योति क्रमशः २५ र १३ अर्ब निक्षेपसहित पहिलो र अन्तिम स्थानमा रहेका छन् । महालक्ष्मीपछि २१ अर्ब निक्षेपसहित मुक्तिनाथ दोस्रो र करिब २० अर्बसहित गण्डकी तेस्रो स्थानमा रहेको छ । लुम्बिनी र कैलाशसँग १९ अर्ब, ओम र गरिमासँग १७ अर्ब, साङ्ग्रिलासँग १४ अर्ब तथा कामना, देव र ज्योतिसँग १३ अर्ब निक्षेप रहेको छ । १० जिल्ले शाइनले झण्डै १२ अर्बको निक्षेप लिएर राष्ट्रियस्तरका विकास बैङ्कसामु चुनौती खडा गरेको छ । शाइनसहित औसत १७ अर्ब निक्षेप रहेको देखिन्छ ।
महालक्ष्मी र ज्योति क्रमशः २५ र १३ अर्ब निक्षेपसहित पहिलो र अन्तिम स्थानमा रहेका छन् । महालक्ष्मीपछि २१ अर्ब निक्षेपसहित मुक्तिनाथ दोस्रो र करिब २० अर्बसहित गण्डकी तेस्रो स्थानमा रहेको छ । लुम्बिनी र कैलाशसँग १९ अर्ब, ओम र गरिमासँग १७ अर्ब, साङ्ग्रिलासँग १४ अर्ब तथा कामना, देव र ज्योतिसँग १३ अर्ब निक्षेप रहेको छ । १० जिल्ले शाइनले झण्डै १२ अर्बको निक्षेप लिएर राष्ट्रियस्तरका विकास बैङ्कसामु चुनौती खडा गरेको छ । शाइनसहित औसत १७ अर्ब निक्षेप रहेको देखिन्छ ।
गरिमा, ओम, लुम्बिनी,
कैलाश, गण्डकी, मुक्तिनाथ र महालक्ष्मीले १५ देखि २० अर्ब लगानी गरेका छन् ।
कामना, ज्योति र साङ्ग्रिलाले १२ देखि १३ अर्बबीच लगानी गरेका छन् ।
लगानीका हिसाबले देव अलि पछि परेको छ । शाइनले पनि १० अर्बभन्दा बढी लगानी
गरेको छ । शाइनसहित औसत १५ अर्ब लगानी रहेको छ ।
सूचकहरूको स्थिति
राष्ट्रियस्तरका ११ ओटा बैङ्कमध्ये महालक्ष्मीले हकप्रदको सहारा लिएन भने कैलाश, गण्डकी, लुम्बिनी र ओमले न्यून (१० देखि ३० प्रतिशत) हकप्रदको सहारा लिए । मुक्तिनाथ, ज्योति, गरिमा, कामना (गाभिएको सेवासहित), देव र साङ्ग्रिलाले अधिक हकप्रदको सहारा लिए । हाल कायम रहेको पूँजीको अनुपातमा निक्षेप सामान्य देखिए पनि आगामी त्रयमासबाट भने विकास बैङ्कलाई पनि निक्षेप कम हुने देखिएको छ । बढ्दो पूँजी र अपर्याप्त निक्षेपका कारण लगानीमा कमी आउँदा प्रतिफल पहिलेकै जस्तो खोज्ने शेयरधनीको प्रवृत्तिलाई व्यवस्थापनले कसरी सँगसँगै लैजान सक्छन् भन्ने चुनौतीको पहाड तेर्सिएको छ । निक्षेप महँगिँदै गएकाले थप निक्षेप लिन ब्याजदर बाधक बन्न सक्ने सम्भावना त्यत्तिकै रहेको छ । केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कबाहेकलाई ब्याजदर अन्तरमा अङ्कुश नलगाएको हुँदा वाणिज्य बैङ्कभन्दा बढी स्प्रेड लिइरहेका विकास बैङ्क पनि अङ्कुशमा परेको खण्डमा भने परिस्थिति दयनीय बन्न सक्छ । तर अहिले नै ५ प्रतिशतभन्दा कम स्प्रेड लिइरहेकालाई भने त्यति गाह्रो नपर्ला ।
१०
जिल्ले शाइनले ७ दशमलव ९ प्रतिशतमा निक्षेप लिएको छ भने राष्ट्रियस्तरको
साङ्ग्रिलाले तिरेको ७ दशमलव ९८ प्रतिशत न्यून ब्याजदर हो । बाँकी सबैले ८
प्रतिशतभन्दा बढी तिरेका छन् । लुम्बिनीले सबैभन्दा बढी ८ दशमलव ७९ प्रतिशत
तिरेको छ । राष्ट्रियस्तरको बैङ्कको मात्र औसत ८ दशमलव ३८ र शाइनसहित गणना
गर्दा ८ दशमलव ३४ प्रतिशत लागत रहेको देखिन्छ ।
सबैभन्दा अधिक र
न्यून आधार दर क्रमशः ओम र ज्योतिको रहेको छ । औसत आधार दर ११ दशमलव ८१ र
शाइनसहित गणना गर्दा ११ दशमलव ७५ प्रतिशत रहेको देख्न सकिन्छ । १० जिल्ले
शाइनको ११ दशमलव शून्य ५ प्रतिशत आधार दर रहेको छ ।
सबैभन्दा कम तथा
बढी स्प्रेड दर लुम्बिनी र मुक्तिनाथको रहेको छ । लुम्बिनीसहित ओम र
कैलाशको स्प्रेड ५ र अन्य सबैको ५ देखि ७ प्रतिशतसम्म रहेको छ । शाइनको भने
५ दशमलव ११ प्रतिशत रहेको छ । औसतमा ५ दशमलव ३८ रहेको छ । शाइनसहित ५
दशमलव ३६ हुन आउँछ ।
न्यून पूँजीकोष देवको रहेको छ भने कामनाको अधिक
रहेको छ । देवले जारी गरिरहेको हकप्रद बाँडफाँडपछि पूँजीकोष बढ्नेछ । पूँजी
पुगेकामध्ये महालक्ष्मीको पूँजीकोष तुलनात्मक रूपमा कम रहेको छ । १०
जिल्ले शाइनको पूँजीकोष महालक्ष्मीभन्दा कम रहेको छ । हकप्रद बाँडफाँडपछि
कामनाको पूँजीकोष अझ बढ्न जानेछ । शाइनबाहेक औसत १८ दशमलव ६६ र शाइनसहित
औसतमा १८ दशमलव ३६ प्रतिशत पूँजीकोष रहेको छ ।
अन्तमा, स्प्रेड दरमा
अङ्कुश नलागेको विद्यमान अवस्थामा विकास बैङ्कले केही नाफा आर्जन गर्नसक्ने
परिस्थिति बनेको भए पनि केन्द्रीय बैङ्कले यसमा पनि वाणिज्य बैङ्कसरहको
नीति अवलम्बन गरेको खण्डमा बढेको पूँजीअनुरूपको प्रतिफल दिन पर्याप्त
निक्षेप र लगानीबिना सम्भव नहुने हुनाले गुणात्मक प्रतिफलका लागि विकास
बैङ्कहरू आफूआफूमा गाभिने वा अरू वाणिज्य बैङ्कसँग गाभिनुको विकल्प देखिन्न
।
www.abhiyan.com.np/2018/02/26/183291
1 comment:
नमस्कार सर ! धेरै धेरै धन्नेबाद | धेरै काम लाग्ने लेख रहेछ | यो लेखले अर्को साल सम्मको लागि विकास बैंकमा लगानीको रणनीति बनाउन सहयोग हुने रहेछ |
Post a Comment