Tuesday, April 10, 2018

वाणिज्य बैंकको अर्धवार्षिक समिक्षा

आर्थिक वर्ष (आव) २०७२/७३ सालको मौद्रिक नीतिले २ वर्षभित्र विभिन्न वर्गका बैंकको ४ देखि २५ गुणासम्म पूँजी वृद्धि गर्नुपर्ने निर्देशन दियो | कम समय भएकोले बैंकहरु एकआपसमा गाभिएर पूँजी वृद्धि गर्लान भन्ने अनुमान विपरित एउटा मात्र वाणिज्य बैंक गाभियो | स-साना विकास बैंक गाभिए पनि बैंकिंगको गुणात्मकता बढाउन खासै भूमिका खेलेन | पूँजी योजना बुझाउँदा बोनस, गाभ्ने/गाभिने र हकप्रद भनेपनि कार्यान्वयन गर्दा हकप्रद पहिलो प्राथमिकतामा पर्यो | २०७४ आषाढ मसान्तको वासलातमा तोकिएको पूँजी देखिनुपर्ने भनिए पनि लक्ष पुरा नभएपछि आव २०७४/२०७५ को मौद्रिक नीतिले अघोषितरुपमा २०७५ आषाढ मसान्तसम्म कृपावधि (ग्रेस पिरियड) दिएको छ
 
नपुग्नेको पुग्ने बाटो 

पौष मसान्तसम्म १८ वटा बैंकले तोकिएको पूँजी पुर्याएका छन् भने बाँकी ९ वटाले विभिन्न वित्तीय उपकरण मार्फत पूँजी पुर्याउने कार्य जारी राखेका छन् | १० अरव ६२ करोड तथा ४ अरव ६७ करोड पूँजीसहित नेपाल इन्भेष्टमेन्ट र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसि) बैंक पहिलो र अन्तिम स्थानमा रहेका छन् | सेन्चुरीले नपुग पूँजीको लागि बोनस शेयर जारी गर्ने भएको छ | मेगामा टुरिजम बैंक गाभिने अन्तिम चरणमा पुगेकोले गाभिएपछि ९ अरव नाघ्नेछ | सिद्धार्थले जारी गरिरहेको हकप्रदले पनि नपुग्ने भएकोले बोनस प्रस्ताव लैजाने भएको छ | प्रभूले जारी गरिरहेको हकप्रद बाँडफाँड पश्चात पूँजी पुग्नेछ | २९ प्रतिशत पूँजी नपुगेको एनएमवि बैंकले प्रस्ताव गरेको फर्दर पब्लिक अफरिंग (एफपिओ) जारी गर्ने अनुमति पाएमा थोरै बोनस शेयर र अनुमति नपाएमा भने बोनस मात्रले पनि तोकिएको पूँजी पुर्याउन कठिनाई छैन | २७ प्रतिशत पूँजी नपुगेको बैंक अफ काठमाडौंले केहि मात्रामा हकप्रद जारी गर्नुपर्ने सम्भावना देखिएको छ | २० प्रतिशत हकप्रदपछि कुमारीलाई १२ प्रतिशत, ४० प्रतिशत हकप्रद जारी गरिरहेको सिभिललाई १० प्रतिशत र ५० प्रतिशत हकप्रद जारी गर्ने क्रममा रहेको एनसिसिलाई १५ प्रतिशत पूँजी कम हुने देखिएको छ | यी तीनवटा बैंकले नपुग पूँजीको लागि बोनस जारी गरि पुर्याउने सुनिश्चितता छ |
   
निक्षेप र लगानी 

कृपावधिभित्र पूँजी पुर्याउने सुनिश्चितता गरे पनि पर्याप्त निक्षेप नहुँदा लगानी र प्रतिफल चुनौतिपूर्ण हुने देखिएको छ | केहिलाई छाड्ने हो भने पूँजी अनुरुप निक्षेप बढ्न नसक्दा निक्षेप लिनकै लागि बढी व्याज दिने होडवाजीले कोषको लागत बढ्दा लगानी प्रभावित भएको छ | ५ वटासँग १ खरव, ७ वटासँग ८० देखि ९० अरव, २ वटासँग ७० अरव, ५/५ वटासँग ५० र ६० अरव, २ वटासँग ४० अर्व भन्दा बढी र सिभिलसँग ३७ अर्व निक्षेप रहेको छ | औसतमा ७६ अर्व निक्षेप देखिएको छ |  

३ वटाले १ खरव, एउटाले ९० अरव, ३ वटाले ८० अरव, ४ र ५ वटाले क्रमशः ६० र ७० अरव, ५/५ वटाले ४० र ५० अर्ब भन्दा बढी लगानी गरेका छन् | सिभिल बैंकले भने सबैभन्दा कम ३३ अर्व मात्र लगानी गरेको छ | बैंकको औसत कर्जा लगानी ६६ अरव रहेको छ | 

पूँजी, निक्षेप र लगानी (अरवमा) तथा कोषको लागत, आधार दर, व्याज अन्तर र पूँजी पर्याप्तता (प्रतिशतमा)
बैंक
चुक्ता पूँजी
निक्षेप
लगानी
कोषको लागत
आधार दर
व्याज अन्तर
पूँजी पर्याप्तता
नेपाल इन्भेष्टमेन्ट
१०.६२
१२९
११३
६.२१
९.००
४.०५
१३.०७
ग्लोबल
८.८८
१००
८८
६.९८
१०.३१
४.१२
११.४३
कृषि
८.५
९८
९२
७.२२
११.५३
५.८३
१५.५८
लक्ष्मी
८.२२
६०
५५
७.४२
१०.८८
३.४९
१३.४६
सनराइज
८.१५
६३
५६
७.३२
१०.९६
४.२
१४.२६
हिमालयन
८.११
९२
८२
६.३८
९.३५
४.५१
१२.३८
नेपाल बंगलादेश
८.०८
४२
४१
७.९२
११.३९
३.४६
१४.२८
माछापुच्छ्रे
८.०५
६५
६०
७.५९
१०.६७
२.९९
१५.६७
नेपाल एसबिआई
८.०४
८५
७१
५.१४
९.५
४.७८
१५.००
नबिल
८.०४
१२१
१००
४.४३
६.९२
४.९५
१२.६१
नेपाल
८.०४
९२
७८
२.९४
६.९३
४.९८
१६.४१
प्राइम
८.०३
७१
६२
८.१६
१०.७६
३.४९
१२.७६
एनआईसि
८.०३
१२०
१०२
७.६
१०.७४
४.२७
१३.५९
सिटिजन
८.०२
५८
५३
८.१६
११.०२
३.२३
१५.०४
एभरेष्ट
८.०२
१०३
८४
५.०१
७.८४
४.९६
१५.६८
स्ट्यान्डर्ड चार्टर्ड
८.०१
६६
४२
२.४२
५.८०
६.९०
२२.९६
जनता
८.००
५२
४८
७.८३
११.३५
३.८५
१६.८७
सानिमा
८.००
६८
६०
७.२४
९.७१
४.१८
१३.४२
सेन्चुरी
७.६७
५२
४७
८.३१
११.४३
३.३०
१८.५४
मेगा
७.७३
४५
४०
७.५८
१०.९६
३.००
१८.५२
सिद्धार्थ
७.०५
८५
७५
७.२८
१०.५८
३.८०
१२.४७
प्रभू
६.५३
८६
७१
६.३८
९.७१
४.१०
११.२४
एनएमबि
६.४६
८०
७०
७.०७
१०.३५
३.७०
१३.०६
बैंक अफ काठमाडौं
६.२४
७०
६४
७.६
१०.३८
३.८४
१५.४५
कुमारी
५.९६
५७
५०
७.८३
११.१७
२.८
१४.४८
सिभिल
५.१८
३७
३३
८.१४
११.५
२.७९
१८.३६
नेपाल क्रेडिट एण्ड कमर्श
४.६७
५९
५१
८.१९
११.४५
२.९२
११.२४

सूचकहरुको स्थिति  

पूँजी पुगेका र नपुगेका मध्ये पुगेका केहि बैंकसँग बाहेक पर्याप्त निक्षेप नहुँदा बढेको पूँजी अनुरुप प्रतिफल समेत दिनुपर्ने दवावले निक्षेप तान्ने होडबाजीले बढी निक्षेप भएका बैंक समेत व्याजदर बढाउन बाध्य बनेका छन् | यस्तो होडबाजीले कम निक्षेप हुने बैंकले ब्याजदर बढाई बढी निक्षेप भएका बैंकको निक्षेप तानी दिँदा दुबै बैंक मात्र हैन बचतकर्ता समेत संकटमा पर्ने स्थिति आउनसक्छ | सामान्यया औसत ३ देखि ४ प्रतिशतमा पाइने निक्षेपको ब्याजदर बढेर ८ प्रतिशत नाघिसकेको छ | कोषको लागत सबैभन्दा न्यून चार्टडको छ भने सेन्चुरीको सबैभन्दा अधिक रहेको छ | २ वटाको ३ प्रतिशत, ३ वटाको ३ देखि ६ प्रतिशत, १७ वटाको ६ देखि ८ प्रतिशत, ५ वटाको ८ प्रतिशत भन्दा बढी लागत परेको छ | औसत ६ दशमलव ८२ प्रतिशत लागत रहेको देख्न सकिन्छ |

आधार दरको हिसाबले चार्टर्ड ६ प्रतिशत भन्दा तल रहेको छ | ८ वटाको ६ देखि १० प्रतिशत, १० वटाको १० देखि ११ प्रतिशत र ८ वटाको ११ प्रतिशत भन्दा माथि रहेको छ | औसतमा १० दशमलव शून्य ८ प्रतिशत आधार दर रहेको देख्न सकिन्छ

सबैभन्दा कम र बढी स्प्रेड दर सिभिल र चार्टर्डको रहेको छ | ४ वटाको ३ प्रतिशत भन्दा कम, १० वटाको ३ देखि ४ प्रतिशत, ११ वटाको ४ देखि ५ प्रतिशत र २ वटाको ५ प्रतिशत भन्दा बढी छ | औसतमा ४ दशमलव शून्य १ रहेको छ | न्यून पूँजीकोष एनसिसि र प्रभूको ११ दशमलव २४ र अधिक चार्टडको २२ दशमलव ९६ रहेको छ | पूँजी वृद्धिको कारण सबैको पूँजीकोष बढेको देखिन्छ | तोकिएको पूँजी पुगेपछि तुलनात्मकरुपमा ग्लोबलको ११ दशमलव ४३ प्रतिशत पूँजीकोष कायम रहेर न्यून देखिने स्थिति देखिएको छ | औसतमा १४ दशमलव शून्य ६ प्रतिशत पूँजीकोष रहेको छ | सबैको पूँजी पुग्दा यस्तो कोष अझ बढ्न सक्ने देखिन्छ | 
  
अन्तमा, बढेको पूँजी अनुरुपको प्रतिफल दिन पर्याप्त निक्षेप र लगानी बिना सम्भव नहुने नहुनाले बैंकको सङ्ख्यात्मक वृद्धि भन्दा गुणात्मक विकास र प्रतिफलको लागि केन्द्रीय बैंकले बाध्यकारी बैंक गाभ्ने नीति ल्याउनुको विकल्प देखिन्न |

अभियान दैनिकमा प्रकाशित

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...