Monday, January 28, 2019

तामाकोशी आयोजना : राज्यलाई फाइदैफाइदा, शेयरधनीलाई.........? भाग - २

बिजुलीका केहि शब्दसँग चिनजान

केहि समय अघि शेयरबजारका नेताहरुले १८ करोड प्रतिमेगावाट भन्दा बढी लागत भएको जलविद्युत कम्पनीलाई शेयर जारी गर्न रोक लगाउने हास्यास्पद माग राखेर विभिन्न निकाय धाएर जग हसाए । त्यस्तै रेटिंगमा ५ अंक पाएका कम्पनीलाई पनि यस्तै रोक लगाउन अर्को हास्यास्पद माग पनि राखेका थिए र नेपाल धितोपत्र वोर्डले पनि साक्षी किनारामा सहि छाप गरेर अहिले सोहि बमोजिम निर्देशन दिएको छ रेटिंगको बारेमा छुट्टै चर्चा कुनै समयमा गर्दै गरौला तर अहिले मेगावाटकै विषयमा केन्द्रित हौँ 

मेगावाटको कुरा गरिहाल्नु अघि विद्युत क्षेत्रमा सुनिने वाटकिलोवाट र युनिट’ सँग सामान्य चिनजान गरौँ | ‘वाट’ भनेको उपयोग गरिने २०१ सयवा १ हजार वाट विद्युत शक्ति हो हरेक विद्युतीय उपकरणमा कति वाट क्षमता खपत गर्छ लेखिएको हुन्छ भात पकाउने राइस कुकरको क्षमता १ हजार वाटआइरनको ७ सय ५० वाटहिटरको २ हजार वाट हुनसक्छ विद्युतीय उपकरणको क्षमता मापन गर्ने वाट सानो इकाई हो वाट-वाट मिलेर किलोवाट बन्छ १ हजार वाट’ को १ किलोवाट हुन्छ १ हजार किलोवाट’ को १ मेगावाट हुन्छ १ मेगावाट भनेको १ हजार किलोवाट हो कुनै आयोजनाको क्षमता ६० मेगावाट छ भने यसलाई ६० हजार किलोवाट पनि भनेर व्यक्त गर्ने गरिन्छ यसै सन्दर्भमा तामाकोशीको क्षमता ४ सय ५६ लाई ४ लाख ५६ हजार किलोवाट पनि भन्न सकिन्छ प्रचलनमा दुवै रहेको छ |

किलोवाट र मेगावाट’ को कुरा बुझेपछि अब युनिट’ को बारेमा संक्षेपमा बुझौं १ किलोवाट (१ हजार वाट) बिजुली लगातार १ घण्टा खपत गर्दा (बाल्दा) १ युनिट गणना हुन्छ सुत्रमा वाट×समय (घण्टा) ÷ १ हजार वाट विधिबाट युनिट निकाल्न सकिन्छ उदाहरणको लागि ५ सय वाट बिजुली आधा घण्टा बालियो वा उपयोग गरियो भने सुत्र अनुसार ५००×०.५ (घन्टामा रुपान्तरण गरिएको) ÷ १०००=०.२५ युनिट हुन्छ अझ सजिलो बनाउँदा १ हजार वाट (१ किलोवाट) बिजुली १ घण्टा लगातार बाल्दा वा उपयोग गर्दा १ युनिट खपत हुन्छ यसको तिर्नुपने मूल्य बिजुलीको मिटरको क्षमता अनुसार फरक हुनसक्छ सामान्यतया १ युनिट बिजुलीको १२ रुपैयाँ तिर्नुपर्छ अहिलेलाई युनिटको कुरा पनि यतिमा बिसाएर सामान्य हिसाब गर्दा १ मेगावाट आयोजनाले १ हजार युनिट दिने रहेछ भन्ने कुरा मनमा लिनसकिन्छ तर वास्तविकता भने यस्तो हुन्न वास्तविकताको चर्चा छुट्टै गरौला |

हाई ! मेगावाट हेल्लो ! मेगावाट

विद्युत आयोजनाको मापन मेगावाटमा गरिए पनि तर यसबाट उत्पादन हुने बिजुली खरिद-बिक्रीको मापन गर्ने इकाई भने युनिट हो जुनसुकै आयोजनाबाट उत्पादन हुने विजुली खरिद गर्ने एक मात्र निकाय नेपाल विद्युत प्राधिकरणले मेगावाट हैन युनिट खरिद गर्छ मेगावाट सामान्य हो भने युनिट विशेष हो विद्युत आयोजनाको क्षमतालाई मेगावाटमा भन्दा युनिटमा बुझ्नुपर्छ हामीले बजारबाट किन्ने सबै चिज जोखेर किन्छौ तर तौलमा आएको सबै चिज खानको लागि उपयोगी हुन्न केहि न केहि त्यसको फाल्नुपर्छ जस्तै मेवा नामक फल लगभग ९५ प्रतिशत उपभोग्य हुन्छ तर सबै चिजवस्तु यस्तै हुन्न भोगटे नामक अर्को फलको उपभोग्यता ५० प्रतिशत पनि नहुन सक्छ मेगावाट ठ्याक्कै यस्तै कुरा हो | जति मेगावाट भनिन्छ त्यति नै प्राप्त हुन्न मेगावाट’ बाट युनिट हिसाब निकाल्नु भनेको भोगटे’ बाट बोक्रा छोडाएर भित्रको अमिलो निकाले जस्तै हो तामाकोशी लगायत जुनसुकै आयोजनाको क्षमतालाई मेगावाट वा किलोवाट जेमा व्यक्त गरिए पनि त्यो भनेको सामान किन्दा किलो/धार्नी भने जस्तै हो मेगावाटमा व्यक्त गरिए पनि मुख्य कुरा भनेको युनिट हो विद्युत खरिद बिक्रीको सम्झौता गर्दा वार्षिक यति युनिट दिने/लिने भन्ने शर्त हुन्छ मेगावाट भन्ने कुनै शब्द हुन्न |

हिउँद र वर्खा

आयोजनाले बाह्रै महिना एकै दरमा विद्युत उत्पादन पनि गर्न सक्दैन सामान्यतया वर्षको ४ महिना एकै दरमा उत्पादन गर्नसक्छ तर यसलाई जलाधार क्षेत्रले प्रभाव पार्छ विद्युत उत्पादन तालिकामा प्रत्येक महिनाको युनिट उल्लेख गरिएको हुन्छ आयोजनाबाट उत्पादन भएको विद्युतलाई हिउँद र वर्षा गरि दुइ भागमा विभक्त गरेर खरिद बिक्रीको दरभाउ तय गरिएको हुन्छ बैशाखदेखि मंगसिरसम्मको ८ महिनालाई वर्षा र पौषदेखी चैत्रसम्मको ४ महिनालाई हिउँद मानिएको छ |

विजुली खरीद दर र अवधि 

माथि हिउँद र वर्खामा बिजुली खरिद गर्दा दुइ थरि दरभाउमा गरिन्छ भनिए पनि तामाकोशीमा यस्तो सम्झौता भएको छैन तामाकोशीले उत्पादन गर्ने सबै बिजुलीको खरिद दरभाउ बाह्रै महिना एकै रहेको छ अन्य आयोजनामा जस्तो हिउँद र वर्खाको ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० पैसाको खरिद बिक्रि दरभाउ यसमा छैन यसले उत्पादन गर्ने सबै बिजुली एकै दरभाउमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ यसको खरिद दर व्यवसायिक उत्पादन मिति (RCOD-Required Commercial Operation Date) देखि ४ रुपैयाँ ६ पैसा रहेको छ यहि आधार दर (४ रुपैयाँ ६ पैसा) मा प्रत्येक वर्ष ३ प्रतिशतका दरले ९ पटक मूल्य वृद्धि प्राप्त गर्नेछ |

कम्पनीले उत्पादन अनुमतिपत्र २०६७ साल मंगसिर १७ गते प्राप्त गरेको थियो र २१०२ मंगसिर १६ गतेसम्म बहाल रहनेछ अनुमतिपत्र पाएको हिसाबले आयोजनाको व्यवसायिक उत्पादन मिति २०७२ साल आषाढ मसान्त हो तर सोहि साल गएको भूकम्पले कावु बाहिरको परिस्थिति सिर्जना गरेकोले व्यवसायिक उत्पादनको मिति संशोधन भएर २०७५ साल पौष मसान्त तोकिए पनि त्यो समय पनि गुज्रिसकेको छ अब आगामी २०७६ कार्तिक मसान्त तोकिएको छ |

कम्पनीले प्रकाशन गरेको विवरणपत्रमा आयोजनाको बाँकी अवधि २७ वर्ष मात्र रहेको उल्लेख गरेको छ २०७६ साल कार्तिक महिनामा व्यवसायिक उत्पादन गरेमा समयावधि अझ १ वर्ष घटी हुनेछ अर्थात २६ वर्ष मात्र हुनेछ तर यसमा भूकम्पले पारेको काबुबाहिरको परिस्थितिलाई घटाउन सकिने ठाउँ रहेको र त्यसमा अन्य अवस्था समेत गरि थप एक वर्ष सहित २ वर्ष अवधिलाई काबुबाहिरको परिस्थिति मानिएमा आयोजनाको अवधि २८ वर्ष कायम हुनेछ आयोजनाको अवधि ३० वर्ष नै कायम नहुने स्थितिमा भने यसले पाउने वार्षिक मूल्य वृद्धिमा पनि असर पर्नेछ २८ वर्ष कायम भएमा कम्पनीले ९ पटक पाउने मूल्य वृद्धि ७ पटक मात्र प्राप्त गर्नेछ यसो हुँदा कम्पनीले प्राप्त गर्ने २ वर्षको आम्दानी गुम्नेछ यो कम्पनीको लागि ठूलो घाटा हो त्यस्तै २ पटक पाइने मूल्य वृद्धि पनि नपाउँदा आम्दानीमा प्रभाव पार्नेछ त्यस्तै आयोजनाको अवधि घट्दा पाइने १० वर्षसम्मको आयकर छूट पनि पाइने छैन |

केहि टिप्पणी हरु


Please publish some positive vibe as well becasue positive news empower people to do anything. Be practical

यसमा नकारात्मक कुरो के भेटियो यहाँ त जे हो त्यहि लेखिएको छ त्यति कुरा पनि बुझ्न सक्ने सामर्थ्य छैन भने त्यसको जिम्मा कसैले लिन सक्दैन |

Jyoti Dahal I have viewed your both part 1 and part 2, probably, you mention the clear picture but there is lot positive thing as well, you did not mention in article such as its dream project of Nepal so corruption and unethical activities very less compare to small mega project, EPS and NPS would be more better in 5 year period, I assume it could be EPS 90 and NPS 400.
Thanks for your exercise on this project, very good article.

Deepak Chapagain थप पढ्दै जान अनुरोध मात्र गर्नसक्छु एक व्यक्तिले 'राज्यलाई फाइदा हुनु नै सबैलाई फाइदा हुनु होभनेर टिप्पणी गरेका थिए त्यसको उत्तरमा मैले दिएको उत्तर यता पनि सान्दर्भिक हुने देखेर लेखेको छु |

'
त्यसो हुनको लागि चाहिं राज्य आफैले लगानी गरेर उत्पादन गर्नुपर्छ र यस्ता सामग्री निर्यात गर्नुपर्छ अनि यसरी हुने फाइदा देशका नागरिकको पनि हुन्छ तर यहाँ नागरिकले लगानी गरिदिएर राज्यले उही नागरिकलाई बेच्छ र त्यसको नाफा लिएर शासक तलब खान्छन |नागरिकले राज्यलाई जन्मेदेखि मरेसम्मको कर दस्तुर महसुल तिरेर बचेको केहि रकम लगानी गरेर लगानीमा कम्तिमा मुद्रास्फीति बराबरको पनि प्रतिफल नआउने गरि उत्पादित विजुली ४ रु.मा किन्छ र त्यो बिजुली त्यहि नागरिकलाई १२ रु.मा बेच्छ र शासक पालिन्छ अब महोदयले भन्या जस्तो यहाँ फाइदा कहाँ कसरी भयो ?"म त्यहीँको वासिन्दा घरैमुनिबाट ४५ मिटर अग्लो खम्बाबाट २२० केभीको लाइन जान्छ तर मैले मेरो परिवारको तर्फबाट आरक्षित शेयरमा आवेदन गरिन यति भएपछि त बुझ्न काफी हुन्छ होला नि ! 
दोस्रो त्रैमासिकको वित्तीय प्रतिवेदन पनि प्रकाशन गर्नुपर्छ र गर्ला पनि साथै आर्थिक वर्ष २०७४/७५ को वार्षिक सभा पनि गर्ला र वार्षिक प्रतिवेदन पनि बनाउला अनि सबै कुरा त्यसमा पनि आउला अलिजीले म स्थानीय भएको र केहि आयोजनामा काम गरेको अनुभवको आधारमा यो आलेख तयार पार्न सहयोग माग्नुभएको हो |कम्तिमा कम्पनीका प्रकाशन हेर्ने बानी गर्दा हित तपाईकै हुन्छ होला यहाँ लेखिएका कुरा कम्पनीकै प्रकाशनमा आधारित छ |


तामाकोशीको जलाधार क्षेत्र 
तामाकोशी नदीको मुख्य २ वटा जलाधार क्षेत्र रहेको छ र यी दुवै क्षेत्र मूलतः तिब्बती भूभागमा पर्छ | आयोजनाको जलाशय भन्दा केहि माथि उत्तरतर्फबाट आउने जुमर उत्तर पूर्वी क्षेत्रबाट आउने लप्चीखोला मिसिन्छ | जुम खोला तिब्बती भूभागमा पर्ने फलाकबाट आउँछ | यो स्थान कुनै बेला दोलखाका दक्षिणी क्षेत्रका वासिन्दाको लागि अन्नसँग नून, राडी, पाखी साट्ने व्यापारिक थलो रहेको थियो | जुम खोलाको आसपास वस्ती भेटिन्न | उत्तर पूर्वी क्षेत्रबाट आउने लप्ची खोलाको आसपासमा शेर्पाको बसोबास रहेको लुमनांग भन्ने सानो वस्ती भेटिन्छ | यहाँबाट अगाडी बढ्दै जाँदा तिब्बती सिमावर्ती गाउँ लप्ची भेटिन्छ | लप्ची बौद्ध धर्मावलम्बीको एउटा सम्प्रदाय मिलारेपाको पवित्र तिर्थस्थल हो | लप्चीमा छोरा घ्याफेलिंग नामक प्रसिद्ध गुम्वा समेत रहेको छ | लप्ची समुद्र सतहबाट झन्डै ३ हजार ८ सय मिटर उचाईमा रहेको छ | लप्चीबाट करीब आधा घण्टाको दूरीमा सिमा भेटिन्छ | त्यहाँबाट २ घण्टा हिँडेपछि तिब्बती गाउँ भेटिन्छ | लप्ची गुम्बालाई दायाँ र बायाँ पारेर दुईवटा खोला आएको छ | दुवै खोलाको उद्गमस्थल भने तिब्बत नै हो | लप्ची भन्दा केहि तल रालुंग खोला रहेको छ र अरु स-साना खोल्सा खोल्सी पनि रहेका छन् | तामाकोशीको मूल जलाधार क्षेत्र तिब्बत हो |
तामाकोशीको उर्जा 
तामाकोशी आयोजनाले २ सय २८ करोड युनिट उर्जा दिने उल्लेख गरेको छ | यो उर्जा क्षमता रोल्वालिंग खोलाको पानी ल्याएपछि थपिने हो वा अहिलेको ४ सय ५६ मेगावाटको संरचनाबाट प्राप्त हुने हो प्रष्ट दस्तावेज नभेटिए पनि पहिला रोल्वालिंग खोलाको पानी मात्र उपयोग हुने आधारमा यसलाई मूल आयोजना बाहेकको हो भन्ने अनुमान गर्न सकिन्छ | रोल्वालिंगको पानी थपिए पश्चात प्राप्त हुने समेतको आधारमा यसमा थपिने १६ करोड युनिट समेत गरि २ करोड ४४ लाख युनिट उपलब्ध हुनेछ | रोल्वालिंगको पानीसंगै त्यसबाट पनि २२ मेगावाटको आयोजना बनेमा थप युनिट प्राप्त हुने सम्भावना रहन्छ | यसबाट कति युनिट प्राप्त हुने भन्ने तथ्यांक नभेटेको भए पनि जलाधारको आधारमा १२ करोड युनिट अनुमान गर्न सकिन्छ | तर चालु आयोजना (तामाकोशी) नै तोकिएको अवधि सकिँदा पनि पुरा हुन नसकेको हुँदा रोल्वालिंग आयोजना कहिले शुरु हुन्छ र पुरा हुन्छ भन्ने कुरा भविष्यको गर्भमा रहेकोले यसबाट प्राप्त हुने उर्जा (युनिट) केवल मिठो कल्पना मात्र हुनेछ | रोल्वालिंग आयोजना पुरा भएमा थप हुने युनिट समेत जोड्दा करिब २ अर्व ५४ करोड युनिट हुनेछ | स्मरण रहोस यसको विद्युत खरिद बिक्रि दर भने हिउँद र वर्खा अनुरुप हुने अनुमान गर्न सकिन्छ | अनुमान गरिए अनुसार नै भएमा तामाकोशी कम्पनीको कुल बिक्रि आम्दानी वार्षिक १० अर्व ६२ करोड हुने अनुमान गर्न गरिएको हो
कुनै पनि आयोजनाले भने जति युनिट दिन सक्ने स्थिति हुन्न | यति युनिट हुन्छ भन्ने कुरा अनुमान मात्र हो | आयोजनामा हालिने पानीको अनुमान २/३ वर्षको जल प्रवाहलाइ आधार मानेर औसत मान लिइएको हुन्छ | तथ्यांक लिइएको सालमा कहिले अधिक पानी परेको हुनसक्छ वा कम परेको हुनसक्छ | यस बाहेक अमुक भूभागमा यति पानी पर्छ भन्ने अनुमान गरिएको हुन्छ | यो पनि एकप्रकारको खेती गरे जस्तै अनुमान हो | खेती गर्दा पनि पानी पर्याप्त परेमा वा अधिक परेमा बिग्रिन्छ | तामाकोशीले अनुमान गरेको २ अर्व २८ करोड नै युनिट हुन्छ भनेर ठोकुवा गर्न सकिन्न | मुख्यतः हिउँदमा दिनसक्ने  बिजुलीको बढी महत्व हुन्छ | वर्खामा त घरको छानाबाट झरेको पानी पनि थामी नसक्नु हुन्छ | खोलाको स्थिति पनि यहि हो | हामीकहाँ हिउँद हेरेर बिजुली आयोजनाको क्षमता मापन गरिन्छ | अहिले हामी कहाँ क्यू फोर्टीमा डिजाइन गरिन्छ यसको मतलब वार्षिक ४० प्रतिशत समय एकनास विद्युत उत्पादन हुने भनेर बुझ्नुपर्छ | विदेशतिर भने क्यू ट्वान्टीमा पनि डिजाइन हुन्छ | यसो गर्दा वर्खाको श्रोत खेर नजाओस भन्ने हो तर हामीकहाँ भने यस्तो अभ्यास भएको छैन
बर्खाको बेला खिम्ती पुग्नु भएको छ भने त्यतिबेला उक्त आयोजनाले ६० मेगावाट बिजुली दिएर पनि त्यो भन्दा बढी पानी खोलामा बगेको देख्नसकिन्छ| तर हिउँदमा यस आयोजनाले मुश्किलले २४ मेगावाट मात्र दिन्छ | प्राय सबै आयोजनाको कथा यस्तै हुन्छ मात्रा मात्र घटीबढी हुन्छ | यहि कारण उक्त आयोजनाले इन्टेक, सुरुंग, सर्ज ट्यांक उही पुरानै उपयोग गरेर बर्खाको लागि मात्र भनेर छुट्टै विद्युत गृह निर्माण गरि थप ६५ मेगावाट बिजुली निकाल्न पहिले युनिट ६ (खिम्तीमा ५ वटा युनिट प्रत्येकले १२ मेगावाट दरले विद्युत उत्पादन गर्छ र हिउँदमा ३ वटा बन्द हुन्छ |) नामाकरण गरेर अध्ययन शुरु गरेको थियो | पछि कानुनी समस्या आएपछि यसलाई किर्ने हाइड्रोपावर नामकरण गरियो र पनि कानुनी समस्या आएपछि यो कार्यक्रम नै रद्द गरेको थियो
तामाकोशीले पनि भने जति नै युनिट दिनसक्छ भन्ने सुनिश्चितता हुन्न | यसो हुँदा भनिएको जति विद्युत दिन सकिनन् र परिणामस्वरुप प्रक्षेपण गरिएको बिक्रि आम्दानी कम हुनसक्ने सम्भावनालाइ नकार्न सकिन्न |

No comments:

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...