Monday, August 31, 2020

एभरेष्ट बैंक २०७१/७२


नाफा नोक्सान

करिब ५ अरब रुपैयाँ ब्याज आम्दानी गरि २ अरब ११ करोड ६७ लाख रुपैयाँ व्याज खर्च पश्चात २ अरब ८७ करोड ९४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत वर्ष भन्दा ३ करोड ९३ लाख रुपैयाँ घटेको छ जुन अगिल्लो वर्ष भन्दा १.३ प्रतिशत घटी हो ।

शुल्क, कमिसन, बट्टाबाट हुने आम्दानी २५ करोड ४८ लाख रुपैयाँबाट बढेर ३० करोड ३६ लाख रुपैयाँ पुगेको छ । अन्य संचालन आम्दानी ३० करोड ९४ लाख रुपैयाँबाट बढेर ३८ करोड ९० लाख रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट ६ करोड ७० लाख रुपैयाँबाट बढेर ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ३ अरब ६५ करोड ९३ लाख रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ३ प्रतिशत बढी हो ।

मानव संशाधन तथा व्यवस्थापनमा १ अरब २४ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको ३४ प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी २ अरब ४१ करोड ६६ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा ३.१ प्रतिशत घटी हो ।

खराब कर्जा, बोनस, कर र खुद नाफा

खराब कर्जा बापत १६ करोड ३९ लाख रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट १ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ । खराब कर्जाबाट २० करोड ७१ लाख रुपैयाँ फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ ।

बोनस र कर पश्चात १ अरब ५७ करोड ४३ लाख ५२ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा १.५ प्रतिशत बढी हो ।

प्रमुख सूचकहरु

जोखिम भारित सम्पति १३.३२ प्रतिशत, खराब कर्जा ०.६६ प्रतिशत, लागत मूल्य ३.२६ प्रतिशत, कर्जा निक्षेप अनुपात ६९.४७ प्रतिशत, आधार दर ६.१४ प्रतिशत, औसत ब्याजदर अन्तर ४.७६ प्रतिशत, तरलता ४०.५६ प्रतिशत, प्रतिशेयर आम्दानी रु. ७८.०४, प्रतिशेयर खुद सम्पति ३४२.१८, मूल्य आम्दानी अनुपात..................र लागतमा प्रतिफल २९.५ प्रतिशत रहेको छ ।

बैंकका सूचकहरु सामान्य छ । जोखिम बहन गर्नसक्ने क्षमता राम्रो छ । खराब कर्जा घटेको छ । खराब कर्जा घटेको भए पनि नोक्सानी व्यवस्थाको लागि पर्याप्त रकम राखेको छ । केन्द्रीय बैंकले जारी गरेको सुक्ष्म निगरानीसम्बन्धि निर्देशनको कारण पनि केहि बढी नै व्यस्था गरेको हुनसक्छ ।सुक्ष्म निगरानीसम्बन्धि निर्देशन अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।

निक्षेप-कर्जा अनुपात तोकिएको सिमा भन्दा तल छ जसले तरलता बढाएको छ । लागत मूल्य गत वर्ष भन्दा घटेको छ । आधार दर र व्याज दर अन्तर घटेको छ । इक्विटीमा हुने प्रतिफल सवल देखिन्छ । तरलता अधिक छ ।

ब्याज आम्दानी र व्याज खर्च घटेकोले खुद आम्दानीमा यसको प्रभाव परेको छ । खुद व्याज आम्दानी १ प्रतिशतभन्दा बढी घटेको छ । शुल्क, कमिसन, बट्टा, अन्य संचालन र विदेशी मुद्रा सटहीबाट हुने आम्दानी सबै बढेको छ । गैर-संचालनबाट थोरै आम्दानी गरेको छ । असामान्य गतिविधिबाट आम्दानी गरेको छैन । नोक्सानी व्यवस्था अघिको आम्दानी बढेको भए पनि नोक्सानी व्यवस्था पछीको आम्दानी घटेको छ । नोक्सानी व्यवस्थाको लागि गत वर्ष भन्दा बढी रकम राखेको छ । नोक्सानी व्यवस्थाबाट फिर्ता आएको रकमले आम्दानीलाई केहि हदसम्म सन्तुलन कायम राख्न मद्दत पुगेको छ । खुद आम्दानी गत वर्ष भन्दा नगन्य बढेको छ ।

बैंकको संचालन र कर्मचारी खर्च ३४ प्रतिशत रहेको छ । यस्तो खर्च गत वर्ष भन्दा बढेको छ । यसलाई सामान्य नै मान्न सकिन्छ ।

बैंकले गत वर्षको आम्दानीबाट ६२ प्रतिशतसम्म लाभांश दिनसक्छ । जगेडामा पर्याप्त रकम रहेकोले केहि बढ्न पनि सक्छ ।

बैंकको चुक्ता पूँजी परिवर्त्य अग्राधिकार शेयर १२ करोड रुपैयाँ समेत जोडेर २ अर्ब १३ करोड रुपैयाँ रहेको छ । जगेडामा ४ अरब ८८ करोड ५७ लाख रुपैयाँ रहेको छ । निक्षेप ८३ अरब ९ करोड रुपैयाँ र लगानी तर्फ ५५ अरब ३६ करोड रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकले आगामी दुई वर्षभित्र पूँजी बढाएर ८ अरब रुपैयाँ पुर्याउन निर्देशन दिएकोले पूँजी बढाउनु पर्ने वाध्यता थपिएको छ । बैंकको जगेडामा पर्याप्त रहेकोले शतप्रतिशत पूँजी थप्ने सक्षमता रहेको छ । यस अघि सामान्य पूँजी बढाएकोले एकैपटक अधिक पूँजी वृद्धि गर्दा बढ्दो पूँजी अनुरुपको आम्दानी कायम राख्न मुश्किल पर्नसक्छ । गत वर्षको तुलनामा यस वर्ष आम्दानी गर्न सकेको छैन । घट्दो आधार दर र व्याज अन्तर दरले आम्दानी संकुचित हुँदै गएको देख्न सकिन्छ । क्षेत्रीयस्तरका साना विकास बैंकले समेत चुनौती थपेको अवस्था छ । पहिले देखि नै पूँजी वृद्धि गर्दै लगेको भए अहिले यति कठिनाइको सामना गर्नुपर्ने अवस्था आउने थिएन । नगद लाभांशमा मात्र केन्द्रित रहनुको परिणाम अहिले देखिएको छ । एकातिर बैंकले ऋणपत्र समेत लिएको अवस्थामा त्यसको ब्याज तिर्नु पर्दा लागत मुल्य स्वत बढ्न गएको छ । पर्याप्त निक्षेप र जगेडा हुँदाहुँदै ऋणपत्र लिनु उपयुक्त पनि थिएन ।

बैंकका लागि अब कठिन दिन गणना शुरु भएको छ । कठिनाईलाई सामना गर्दै यस पटक भने अधिक बोनस शेयर जारी गर्नुको बिकल्प छैन । अब हेर्न बाँकी छ बैंकले ८ अरब रुपैयाँ पूँजी पुर्याउन कस्तो रणनीति अपनाउने हो त्यो हेर्न धेरै दिन पर्खनु पर्दैन ।


हिमालयन बैंक २०७१/७२

नाफा नोक्सान

४ अरब ६२ करोड ६७ लाख रुपैयाँ ब्याज आम्दानी गरि १ अरब ९५ करोड ६५ लाख रुपैयाँ व्याज खर्च पश्चात २ अरब ६७ करोड २ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत वर्ष भन्दा १७ करोड ६१ लाख रुपैयाँ बढेको छ जुन अगिल्लो वर्ष भन्दा ७ प्रतिशत घटी हो ।

शुल्क, कमिसन, बट्टाबाट हुने आम्दानी ६५ करोड ७२ लाख रुपैयाँबाट बढेर ७१ करोड ७ लाख रुपैयाँ पुगेको छ । अन्य संचालन आम्दानी भने सामान्य घटेर २० करोड रुपैयाँमा झरेको छ । अगिल्लो वर्ष २० करोड ६८ लाख रुपैयाँ थियो । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट ४७ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । अगिल्लो वर्ष ३८ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ४ अरब ५ करोड ६१ लाख रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ८ प्रतिशत बढी हो ।

मानव संशाधन तथा व्यवस्थापनमा १ अरब ९७ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको ४९ प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी २ अरब ७ करोड ९० लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा ०.७५ प्रतिशत बढी हो ।

खराब कर्जा, बोनस, कर र खुद नाफा

खराब कर्जा बापत १ अरब ४१ करोड रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट २ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ । खराब कर्जाबाट ८९ करोड ५३ लाख रुपैयाँ फिर्ता भएको छ । असामान्य गतिविधिबाट १ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बोनस र कर पश्चात १ अरब ९ करोड ५५ लाख ९५ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा १३ प्रतिशत बढी हो ।

प्रमुख सूचकहरु

जोखिम भारित सम्पति ११.४५ प्रतिशत, खराब कर्जा ३.२२ प्रतिशत, लागत मूल्य ३.३६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७३.५१ प्रतिशत, आधार दर ७.७८ प्रतिशत, औसत ब्याजदर अन्तर ४.३५ प्रतिशत, तरलता ३० प्रतिशत, प्रतिशेयर आम्दानी रु. ३२.८७, प्रतिशेयर खुद सम्पति २१५, मूल्य आम्दानी अनुपात..................र लागतमा प्रतिफल १६.५३ प्रतिशत रहेको छ ।

बैंकका सूचकहरु सामान्य छ । जोखिम बहन गर्नसक्ने सम्पति घट्दै गएको छ । खराब कर्जा बढेको छ । बैंकको खराब कर्जा बढ्नुको कारण मेलम्ची आयोजनाको लागि चिनिया बैंकको लागि स्थानीय साझेदार बनि प्रत्याभूति गर्नु हो । मेलम्चीको ठेक्का तोडिएको कारण चिनिया ठेकेदारको लागि चिनिया बैंकले प्रत्याभूति गरेको रकम स्थानीय बैंकबाट नेपाल सरकारले लिएको तर चिनिया बैंकले सो रकम फिर्ता नदिएकोले सो बराबरको रकम नोक्सानी व्यवस्था गरेको हो । केन्द्रीय बैंकले जारी गरेको सुक्ष्म निगरानीसम्बन्धि निर्देशनको कारण पनि झन्डै डेढ अरब रकम नोक्सानी व्यवस्था गर्दा आम्दानीमा प्रतिकुल प्रभाव परेको छ ।सुक्ष्म निगरानीसम्बन्धि निर्देशन अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।

निक्षेप-कर्जा अनुपात तोकिएको सिमा नजिक छ । लागत मूल्य गत वर्ष भन्दा घटेको भए पनि अगिल्लो त्रयमास भन्दा बढेको छ । आधार दर घटेको छ । औसत व्याजदर अन्तर घटेको छ । आधार दर र ब्याजदर अन्तर घट्दा पनि आम्दानी मजबुत देखिएको छ । इक्विटीमा हुने प्रतिफल सवल देखिन्छ । तरलता सामान्य छ ।

ब्याज आम्दानी बढेको छैन बरु घटेको छ । ब्याज आम्दानी घटे पनि ब्याज खर्च त्यो भन्दा बढी घटेकोले खुद ब्याज आम्दानी बढेको छ । शुल्क, कमिसन, बट्टाबाट हुने आम्दानी बढेको छ । अन्य संचालन आम्दानी भने घटेको छ । विदेशी मुद्रा सटहीबाट हुने आम्दानी बढेको छ । गैर-संचालन र असामान्य गतिविधिबाट आम्दानी गर्न सकेको छ । नोक्सानी व्यवस्था अघिको आम्दानी थोरै बढेको भए पनि नोक्सानी व्यवस्था पछीको आम्दानी घटेको छ । नोक्सानी व्यवस्थाको लागि गत वर्ष भन्दा बढी रकम राखेको छ । नोक्सानी व्यवस्थाबाट फिर्ता आएको रकमले आम्दानीलाई केहि हदसम्म सन्तुलन कायम राख्न मद्दत पुगेको छ । खुद आम्दानी गत वर्ष भन्दा बढेको छ ।

बैंकको संचालन र कर्मचारी खर्च संचालन आम्दानीको झन्डै आधा रहेको छ । गत वर्ष भन्दा यस्तो खर्च बढेको छ । यसलाई अधिक मान्नुपर्ने हुन्छ । यसले खुद आम्दानीमा प्रतिकूल प्रभाव परेको छ । लामो समयदेखि संचालनमा रहेको बैंकको यति धेरै खर्च हुनुलाई सामान्य मान्न सकिन्न । यसको अर्थ व्यवस्थापकीय नेतृत्व सक्षम छैन भन्ने देखिन्छ । यसलाई घटाउने चुनौती बैंक समक्ष छ ।

बैंकले गत वर्षको आम्दानीबाट २६ प्रतिशतसम्म लाभांश दिनसक्छ । तर, बैंकसँग जगेडामा पर्याप्त रकम रहेकोले केहि बढाएर दिनसक्छ ।

बैंकको चुक्ता पूँजी ३ अरब ३३ करोड रुपैयाँ रहेको छ । जगेडामा ३ अरब ८४ करोड ६३ लाख रुपैयाँ रहेको छ । निक्षेप ७३ अरब रुपैयाँ लगानी तर्फ ५५ अरब रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकले आगामी दुई वर्षभित्र नै पूँजी बढाएर ८ अरब रुपैयाँ पुर्याउन निर्देशन दिएकोले पूँजी बढाउनु पर्ने वाध्यता थपिएको छ । बैंकसँग जगेडामा पर्याप्त रकम रहेकोले त्यति कठिनाईको सामना गरिहाल्नुपर्ने अवस्था छैन ।


साना किसान लघुवित्त लिमिटेड २०७१/७२


नाफा नोक्सान

५५ करोड ५८ लाख रुपैयाँ आम्दानी गरि १९ करोड ९१ लाख रुपैयाँ व्याज खर्च पश्चात ३५ करोड ९२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी १२ करोड ८४ लाख रुपैयाँ बढेको छ जुन अगिल्लो वर्ष भन्दा ५५ प्रतिशत बढी हो ।

शुल्क, कमिसन र बट्टाबाट ७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । अगिल्लो वर्ष १३ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, अन्य संचालन आम्दानी घटेको छ । यस शीर्षकबाट १ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ अगिल्लो वर्ष ५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ३५ करोड ९४ लाख रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ५४ प्रतिशत बढी हो ।

मानव संशाधन तथा व्यवस्थापनमा ६ करोड ५१ लाख रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको १८ प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी २९ करोड ४३ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा ७९ प्रतिशत बढी हो ।

खराब कर्जा, बोनस, कर र खुद नाफा

खराब कर्जा बापत करिब ५ करोड ४८ लाख रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट २४ लाख रुपैयाँ आम्दानी गरेको छ । खराब कर्जाबाट शून्य फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ ।

बोनस र कर पछी १५ करोड ३९ लाख २३ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ३५ प्रतिशत बढी हो ।

प्रमुख सूचकहरु

जोखिम भारित सम्पति १०.२७ प्रतिशत, खराब कर्जा ०.१७ प्रतिशत, लागत मूल्य ३ प्रतिशत, आधार दर उल्लेख छैन, औसत ब्याजदर अन्तर उल्लेख नभएको, तरलता ९ प्रतिशत, प्रतिशेयर आम्दानी रु. ६६.७३, प्रतिशेयर खुद सम्पति ४४०.०२, मूल्य आम्दानी अनुपात...................र लागतमा प्रतिफल १५.१६ प्रतिशत रहेको छ ।

सूचकहरुले स्थिति सामान्य छ भन्ने देखाएको छ । जोखिम बहन गर्नसक्ने क्षमता घट्दो छ । थप पूँजीको आवश्यकता परिसकेको छ । गत वर्ष नै बैंकले ५०% पूँजी बढाउनको लागि प्रस्ताव गरेको थियो र सोहि अनुरुप नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पेश गरेको छ । खराब कर्जा झन्डै दोब्बर बढेको छ ।सुक्ष्म निगरानीसम्बन्धि निर्देशन जारी भएको अवस्था भएकोले नोक्सानी व्यवस्थाको लागि पर्याप्त रकम राखेको छ ।सुक्ष्म निगरानीसम्बन्धि निर्देशन अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।

लागत मूल्य घटेको छ । आधार दर उल्लेख नभएकोले कतिमा लगानी गरेको छ थाहा हुनसकेन । बैंकसँग रहेको संचित कोष र वार्षिक आम्दानीको अनुपात हेर्दा लागतमा हुने प्रतिफल सवल रहेको देख्न सकिन्छ । तरलता न्यून छ ।

बैंकको आम्दानीको एक मात्र स्रोत ब्याज रहेको छ । ब्याज आम्दानी अत्यधिक बढेको छ । शुल्क, कमिसन, बट्टाबाट न्यून आम्दानी गरेको छ । अन्य संचालनबाट पनि न्यून आम्दानी गरेको छ । गैर-संचालन र असामान्य गतिविधिबाट आम्दानी गर्न सकेको छैन । बैंकको संचालन र कर्मचारी खर्च आम्दानीको १८ प्रतिशत रहेको छ । यसलाई उल्लेख्य मान्नुपर्छ । गत वर्षको तुलनामा यस्तो खर्च घटेको छ ।

बैंकले गत वर्षको आम्दानीबाट ५३ प्रतिशतसम्म लाभांश दिनसक्छ । तर, गत वर्ष न्यून मात्र लाभांश दिएकोले यसपाला अलि बढी दिनसक्छ ।

समाचारमा आए अनुसार केन्द्रीय बैंकले सबै प्रकारका लघुवित्त बैंकको चुक्ता पूँजी ४ गुणा बढाउन गृह कार्य गरिरहेको सन्दर्भमा भने यस कम्पनीलाई भने कुनै समस्या पर्ने देखिन्न ।

बैंकको पूँजी २३ करोड रुपैयाँ रहेको छ । जगेडामा ७८ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकसँग अहिले निक्षेप शून्य र सापटी ७ अरब १७ करोड रुपैयाँ रहेको छ । लगानी तर्फ ८ अरब ९ करोड रुपैयाँ रहेको छ ।


Sunday, August 30, 2020

सेन्चुरी बैंक २०७१/७२


नाफा नोक्सान

१ अरब ८६ करोड २१ लाख रुपैयाँ ब्याज आम्दानी गरि १ अरब २० करोड ४६ लाख रुपैयाँ व्याज खर्च पश्चात ६५ करोड ७६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी गत वर्ष भन्दा २२ करोड ९७ लाख रुपैयाँ बढेको छ जुन अगिल्लो वर्ष भन्दा ५३ प्रतिशत बढी हो ।

शुल्क, कमिसन, बट्टाबाट हुने आम्दानी ५ करोड १८ लाख रुपैयाँबाट बढेर ६ करोड ७० लाख रुपैयाँ पुगेको छ । अन्य संचालन आम्दानी ९ करोड २१ लाख रुपैयाँबाट ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको आम्दानीको अर्को मुख्य स्रोतको रुपमा रहेको विदेशी मुद्रा सटहीबाट ८ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी भने थोरै घटेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ९० करोड ३८ लाख ७४ हजार रुपैयाँ रहेको छ । जुन अगिल्लो वर्ष भन्दा ३८ प्रतिशत बढी हो ।

मानव संशाधन तथा व्यवस्थापनमा ४३ करोड ६८ लाख रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको ४८ प्रतिशत रकम यस शीर्षकमा खर्च गरेको छ ।

मानव संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी ४६ करोड ७० लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा ७६ प्रतिशत बढी हो ।

खराब कर्जा, बोनस, कर र खुद नाफा

खराब कर्जा बापत १४ करोड रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट ६ लाख रुपैयाँ घाटा परेको छ । खराब कर्जाबाट ७ करोड रुपैयाँ फिर्ता भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ ।
बोनस र कर पश्चात २५ करोड ७९ लाख ७ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा १९६ प्रतिशत बढी हो ।

प्रमुख सूचकहरु

जोखिम भारित सम्पति ११.४२ प्रतिशत, खराब कर्जा ०.२७ प्रतिशत, लागत मूल्य ५.५९ प्रतिशत, कर्जा निक्षेप अनुपात ७५ प्रतिशत, आधार दर ८.८१ प्रतिशत, औसत ब्याजदर अन्तर ३.४७ प्रतिशत, तरलता २६.२२ प्रतिशत, प्रतिशेयर आम्दानी रु. १२.१७, प्रतिशेयर खुद सम्पति ११३.८७, मूल्य आम्दानी अनुपात..................र लागतमा प्रतिफल ११.९६ प्रतिशत रहेको छ ।

बैंकका सूचकहरु सामान्य छ । जोखिम बहन गर्नसक्ने क्षमता घट्दो क्रममा छ । लगानीको लागि पूँजी पर्याप्त छैन । निक्षेप बढेको छ तर, त्यस अनुपातको निक्षेप छैन । बैंकले नेपाल धितोपत्र बोर्डमा २५ प्रतिशत पूँजी वृद्धिको लागि प्रस्ताव गरेको तर, अहिलेसम्म स्वीकृति पाएको छैन । खराब कर्जा घटेको छ । खराब कर्जा घटेको भए पनि नोक्सानी व्यवस्थाको लागि पर्याप्त रकम राखेको छ । केन्द्रीय बैंकले जारी गरेको सुक्ष्म निगरानीसम्बन्धि निर्देशनको कारण पनि केहि बढी नै व्यस्था गरेको हुनसक्छ ।सुक्ष्म निगरानीसम्बन्धि निर्देशन अनुसार असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत व्यवस्था गर्नुपर्छ ।

निक्षेप-कर्जा अनुपात तोकिएको सिमा नजिक छ । लागत मूल्य गत वर्ष भन्दा घटेको भए पनि अगिल्लो त्रयमास भन्दा बढेको छ । आधार दर घटेको छ । औसत व्याजदर अन्तर घटेको छ । आधार दर र व्याज दर अन्तर घट्दा पनि आम्दानी झन्डै २ सय प्रतिशतले बढेको छ । पूँजीकोषमा प्रतिफल न्यून देखिन्छ । तरलता सामान्य छ ।

ब्याज, शुल्क, कमिसन, बट्टा र अन्य संचालन आम्दानी बढेको छ । ब्याज आम्दानी अधिक बढेको छ । विदेशी मुद्रा सटहीबाट हुने आम्दानी भने केहि घटेको छ । गैर-संचालनबाट घाटा परेको छ । असामान्य गतिविधिबाट केहि आम्दानी गर्न सकेको छैन ।

बैंकको संचालन र कर्मचारी खर्च ४८ प्रतिशत रहेको छ । यसलाई अधिक मान्नुपर्ने हुन्छ । तर, गत वर्षको तुलनामा घटेको छ ।

बैंकले गत वर्षको आम्दानीबाट ९ प्रतिशतसम्म लाभांश दिनसक्छ । जगेडामा पर्याप्त रकम छैन ।
बैंकको चुक्ता पूँजी २ अर्ब १२ करोड रुपैयाँ रहेको छ । जगेडामा २९ करोड ४० लाख रुपैयाँ रहेको छ । निक्षेप २४ अरब ९४ करोड रुपैयाँ र लगानी तर्फ २० अरब ३५ करोड रुपैयाँ रहेको छ ।

केन्द्रीय बैंकले आगामी दुई वर्षभित्र नै पूँजी बढाएर ८ अरब रुपैयाँ पुर्याउन निर्देशन दिएकोले पूँजी बढाउनु पर्ने वाध्यता थपिएको छ । यसले बैंकलाई निकै कठिनाइको सामना गराउने स्थिति छ । आफ्नै आम्दानी मात्र पर्याप्त हुने स्थिति छैन । त्यसको लागि अन्य सानास्तरका विकास बैंक वा वाणिज्य बैंक नै गाभ्नुपर्ने वा आफु नै अर्कोसँग गाभिन जानुपर्ने स्थिति छ ।


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...