Saturday, August 26, 2017

एफपिओको तीन धार

शेयरबजारमा ‘एफपिओ’ ले चर्चा पाएको छ  हकप्रद कहिले आउँछ भन्ने प्रश्न गर्नेहरु अहिले एफपिओ कहिले आउँछ ? फलानोले त दुईपटक दिन लागेछ अरुले किन कहिल्यै नदिएको भनेर एकअर्कालाई सोध्न थालेका छन्  मौकामा चौका हान्ने मौका यहि हो भन्दै फलानो कम्पनीले पनि एफपिओ दिने भएछ भन्दै बिभिन्न माध्यम र मौखिकरुपमा प्रचार गर्नेको पनि कमि देखिएको छैन  एफपिओ प्रिमियम मूल्यमा आउँछ र थपिएको मूल्यबाट कम्पनीले आम्दानी प्राप्त गर्छ र त्यो रकम अर्को वर्ष बोनसको रुपमा बाढी आउँछ भन्ने बुझाई रहेको छ  लगानीकर्ता ‘खाँदाखाँदैको गाँसै’ छोडेर एफपिओ जारी गर्ने कम्पनीको शेयर किन्न दौडिएको देख्न थालिएको छ 

एफपिओ सम्बन्धि कानुन

धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा धितोपत्रको प्रारम्भिक निष्काशन गरि सूचीकरण भइसकेको संगठित संस्थाले आफ्नो ‘पूँजी वृद्धि गर्नुपरेमा’ धितोपत्रको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक अफरिंग-एफपिओ) गर्न सक्ने व्यवस्था गरिएको छ  विगत ५ वर्षमा कम्तिमा ३ वर्ष खूद मुनाफामा संचालन भइ प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पूँजी भन्दा बढी भएकोप्राथमिक शेयर जारी गरेको ३ वर्ष पुरा भएकोसाधारणसभाबाट प्रस्ताव पारीत भएको र अंकित मूल्य भन्दा बढी मूल्य तोकी जारी गर्ने भएमा मूल्य निर्धारण विधि र सोको औचित्य पुष्टि गर्ने आधार उल्लेख भएको जस्ता तोकिएका शर्त पुरा गर्ने कम्पनीले एफपिओ जारी गर्नसक्ने व्यवस्था गरिएको छ  एफपिओ प्रिमियम मूल्यमा जारी गर्न चाहने  कम्पनीले (क) पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (ख) भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य, (ग) अन्तरार्ष्ट्रिय प्रचलनको आधारमा मुल्यांकनकर्ताले अपनाएको कुनै विधि र (घ) वोर्डमा निवेदन दिनुभन्दा ७ दिन अघि कायम  सय ८० दिनको औसत बजार मूल्य समेत गणना गर्न पाउने   माथि उल्लेखित ४ वटा सुचकको आधारमा कायम भएको मूल्य  कम्पनीको परिष्कृत वित्तीय प्रतिवेदन अनुसार नेटवर्थको चार गुणाले हुन आउने मूल्य मध्ये जुन कम हुन्छ उक्त मूल्यलाई प्रिमियम कायम गर्नुपर्ने छ 

एफपिओको सैद्धान्तिक पक्ष  

नेपालको सन्दर्भमा यसको उपयोग सर्वसाधारणलाई जारी गरिने शेयरको अनुपातसँग जोडिन्छ  संस्थापक र साधारण भनेर शेयरलाई दुई तरिकाले व्याख्या गरिने भएकोले यसको सम्बन्ध साधारण शेयर जारी गरिने प्रक्रियासँग जोड्नुपरेको हो  नेपालमा सूचीकरण हुने कम्पनीलाई नियमन हुने र नहुने गरि छुट्ट्याएर हेर्नुपर्ने हुन्छ  नियमन हुने बैंक र बिमाको हकमा नियमकले सर्वसाधारणतर्फ कति हुनुपर्ने भन्ने प्रष्ट व्यवस्था गरेको पाइन्छ  केन्द्रीय बैंकले स्वदेशी लगानीका बैंकले कम्तिमा ३० प्रतिशत र विदेशी बैंकको संयुक्त लगानीमा संस्थापना भएका बैंकको हकमा समय-समयमा तोकेबमोजिम हुने भनिएको छ  त्यस्तै वीमक दर्ता तथा वीमा व्यवसाय संचालन सम्बन्धि निर्देशिका २०७३ ले कम्तिमा ३० प्रतिशत हुनुपर्ने गरि तोकेको छ  कुनै कारणवश तोकिएको सिमा भन्दा तल भएमा यस्ता कम्पनीले तोकिएको प्रतिशत पुर्याउन एफपिओ जारी गर्नसक्छन  नेपाल इन्भेस्टमेन्ट बैंकले एफपिओ जारी गर्नुको कारण साविक नेपाल इन्डोस्वेज बैंकमा फ्रान्सेली बैंकको लगानी फिर्ता भएपछी सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत पुर्याउन थप १० प्रतिशत शेयर एफपिओको रुपमा जारी भएको थियो  यसबाहेक अन्य क्षेत्रका कम्पनीको लागि धितोपत्र वोर्डले कम्तिमा १० र अधिकतम ४९ प्रतिशतसम्म प्राथमिक शेयर जारी गर्न सकिने गरी तोकेको छ  नेपालको सन्दर्भमा एफपिओको मूल सैद्धान्तिक पक्ष अनुपात पुर्याउनुपर्ने विषयसँग प्रत्यक्ष जोडिएको देखिन्छ  

एफपिओका शर्त बन्देज 

बैंक र बिमा नियमनमा रहेकाले केहि हदसम्म उसको नियमकले नियन्त्रण गरे पनि यस बाहेकका कम्पनीलाई नियन्त्रण गर्ने कुनै संयन्त्र छैन  वोर्ड बाहेक अन्य कुनै निकाय नभएकोले यसको दुरुपयोग रोक्न वोर्ड नै बढी चनाखो हुनुपर्ने आवश्यकता छ  वोर्डले नियमन बाहिरका कम्पनीको एफपिओ रोक्न पहल गरेपनि त्यति प्रभावकारी हुनसक्ने स्थिति देखिएको छैन  एफपिओ निष्काशन मार्फत प्राप्त हुने रकम सोही सङ्गठित संस्थामा वा सङ्गठित संस्था प्रवर्द्धन गरिएको परियोजनामा लगानी गर्ने भएमा (क) एफपिओबाट प्राप्त हुने कूल रकमको उपयोग सम्बन्धमा स्पष्ट वित्तीय योजना तथा रणनीतिहरू साधारण सभाबाट पारित गरेको(ख) परियोजना निर्माणको लागि प्रचलित कानून बमोजिम कुनै निकायबाट इजाजतअनुमति वा स्वीकृति लिनुपर्ने भएमा त्यस्तो इजाजतअनुमति वा स्वीकृति लिएको (ग) परियोजना निर्माणको लागि आवश्यक पर्ने जग्गा खरिद वा अन्य प्रकारले व्यवस्था गरी कारखाना भवनकार्यालय भवनगोदामघर तथा अन्य आवश्यक पूर्वाधार निर्माण कार्य शुरु गरेको(घ) परियोजनाको लागि आवश्यक पर्ने यान्त्रिकउपकरण तथा त्यसका पार्टपूर्जा लगायतका वस्तु खरिद गर्नुपर्ने भएमा खरिद प्रकृया अगाडि बढाएको (ङ) परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजरको सैद्धान्तिक सहमतिपत्र प्राप्त गरेको(च) जलविद्युत परियोजनाको सम्बन्धमा परियोजना विकास सम्झौता तथा विद्युत खरिद सम्झौता गरिसकेको र जलविद्युत गृह तथा अन्य पूर्वाधारहरू निर्माणका लागि टेण्डर आह्वान गरेको जस्ता शर्त बन्देज राखेको छ  

तीन धार

नेपालमा अहिले जारी हुन लागेका र जारी भइरहेका एफपिओको प्रवृति हेर्दा मुख्यत तीनवटा धार देखिएको छ  पहिलोनियमकीय वाध्यता जुन कानुनत पुरा नगरी नहुने अनिवार्य छ  नेपाल इन्भेस्टमेन्ट बैंकले यहि कानुनी वाध्यात्मक धार अनुसार एफपिओ जारी गरेको थियो र अहिले नेपाल ग्रामिण विकास बैंकले पनि यहि धार अनुसार अनुमति मागिरहेको छ  अब यस्ता धार त्यति धेरै पाइने सम्भावना कम हुँदै गएको छ  यसलाई वैधानिक प्रावधानको श्रेणीमा राख्न सकिन्छ 

दोस्रोधारमा नियमकीय वैधानिक अनुपात पुगिसकेका कम्पनी पर्न आउँछन्  यस्ता धारमा आउन चाहेका कम्पनीको मनसाय पूँजी संकलनको उद्देश्य कम त्यसबाट प्राप्त हुने गैर-व्यावसायिक लाभको मोह बढी देखिन्छ ।संस्थागत संस्कार र सुशासनको विकराल स्थिति देखिँदा-देखिँदै पनि शेयरबजार नियमकले ‘दाम्लो खोलेर छोडिएको पशु झैँ’ प्रिमियम मूल्य निर्धारण विधि तोकिदिएकोले यसैको फाइदा लिनको लागि यस्ता कम्पनी बारम्बार यस्तो कार्यमा उन्मुख भएको देख्न सकिन्छ  यस्ता कम्पनीको श्रेणीमा इन्सुरेन्स देखिन थालेका छन्    
तेस्रो धारमा नियमन बाहिरका कम्पनी देखिन थालेका छन्  यस्ता कम्पनीका उद्देश्य पनि दोस्रो धारमा झैँ गैर-व्यावसायिक लाभको मनसाय नै प्रवल रहेको छ  फरक केमा छ भने यस्ता कम्पनीमा साविकका संस्थापक करिब करिब बाहिरिसकेका हुन्छन वा रहे पनि अत्यन्त न्यून शेयर मात्र लिएर बसेका हुन्छन  यस्ता कम्पनीले शुरुमा जारी गर्नुपर्ने अनुपात अनुसारको साधारण शेयर जारी गरिसकेका हुन्छन र तीन वर्षको बन्देज अवधि सकिईसकेको हुन्छ  सबै शेयर खुला कारोबार हुन्छन्  संस्थापक र साधारण भन्ने अनुपात हुन्न  यस्ता कम्पनीमा अहिलेलाई जलविद्युत कम्पनी देखिएका छन्   

नियमन बाहिरका कम्पनीको नियमन गर्ने जिम्मा वोर्डले नै लिनुपर्छ  कानुनमा शर्त बन्देज लगाएको भए पनि ति शर्त बन्देज पालना भए-नभएको अनुगमन र निरीक्षण वोर्ड आफैले गर्नुपर्छ  एफपिओ गैर-व्यवसायिक आम्दानी बढाउने बाटोको रुपमा जारी हुन लागेको देखिएकोले यसको सहि नियमन गर्न आवश्यक छ    



९ श्रावण २०७४, आर्थिक अभियान





Wednesday, August 23, 2017

भालुको खेती

एकजना किसानको बारी जङ्गल छेउमा रहेछ । त्यही जङ्गलमा एउटा भालु पनि बस्दोरहेछ । किसानले खेती गरेको लुकेर हेर्ने गर्दो रहेछ । 

खेती गर्न पाए कति मजा हुँदो हो । दुई चार दिन आयोखेती गर्योपाकेपछी भारी कसेर लग्योघरमा राख्योबसिबसि खायो । आफूलाइ भने दिनदिनै शिकार नगइ सुख छैन । किसानसँग मिलेर खेती गर्छु र सुबिस्ताले बसेर खान्छु यस्तै यस्तै कुरा सोचेर भालु बस्दोरहेछ । तरकिसानको अगाडि गएर बोल्ने आँट चाहिँ गर्दो रहेनछ ।

किसान फेरि खेती लगाउन आएछ यसपटक भने आँट गरेर भालु किसानको छेउमा गएछ । भालुलाइ अकस्मात आफ्नो सामु देखेर किसान पनि आत्तिएछ, भालु पनि आत्तिएछ । तैपनि भालुले हिम्मत जुटाएर भनेछ 'किसान दाइ नडराउनुस म तपाईंलाई तर्साउन आएको हैन, मलाई पनि खेती गर्न मन लागेर आएको हुँ, खेती गर्न के के गर्नुपर्छ बताइदिनुस ।' 

किसान अब ढुक्क भएछ र भनेछ 'भइहाल्छ नि संगै मिलेर गरौं आएको उब्जनी बाँडेर लिउँ । अहिले मुला रोपौं मुला तयार भएपछि तिमी माथिको लैजाउ म फेद (जरा) लान्छु हुन्न त ?'

भालुले स्वीकृति दिएछ ।

भालुले गोरु नारेर र चपरा फर्काइ-फर्काइ जोतेछ किसान छेउ भित्तो खन्न लागेछ । जोतेर सकियो । किसानले भालुलाइ मुला रोप्न ड्याङ उठाउन लगाएछ भालुले पनि कोदालो र कोदाली लिएर गजबको ड्याङ बनाइ दिएछ किसानले मुला रोपेछ ।

मुला तयार भो । किसान र भालु टुप्लुक्क आइपुगे । भालुले जरा (मुला) जति किसानको डोकोमा हालिदिएछ र पात (साग) जति आफ्नो भाग भनेर छुट्ट्याएछ । किसान जराको भारी बोकेर गएछ भालु पातको भारी बोकेर गएछ ।

भालु घर पुगेपछि पो चाल पाएछ आफू ठगिएको कुरा । रिसले मुर्मुरिँदै किसानलाइ एकै गाँस पारी दिउँ जस्तो झोक चलेछ । तरसोचेछ खेती गर्नु छ अहिले रिसाएर पनि भएन । फेरि कस्ले सिकाउने । आफैलाइ सान्त्वना दिएछ ।

फेरि अर्को खेती लगाउने याम आएछ किसान बारीमा आयो भालु पनि त्यहिँ पुग्यो ।

भालुले सोधेछ 'अब के लगाउने ? '

किसान - 'गहुँ

भालु - 'गहुँको जरा मलाई है

किसान 'हुन्छ । तिमी रोजेकै लैजाउ । गोरु नारेर जोत्न थाल म बीउ हाल्छु' |

गहुँ छरियो ।

गहुँ पाक्यो । किसानले शर्त अनुसार पात (बाला) जति आफूले लियो र घर गयो भालु जरा लिएर गयो ।

घर पुगेपछि पो फेरि थाहा भो यसपटक पनि ठगिएछ ।

भालुलाइ रिस त धेरै उठेको हो तर सोचेछ गल्ती त मेरै हो आफूले जान्दै नजानेको कुरा गर्छु भनेर तम्सिन नहुने थियो ।

शेयरबजारमा पनि भालु जस्ता धेरै छन जो केही जान्दैनन् तरअर्काले कमाएको देखेर आफू पनि कमाउने सपना देख्छन । तरत्यसको आधारभूत पक्ष केही बुझ्न चाहँदैनन् ।

केही नबुझी आउँछन्पैसा खन्याउँछ्न । खन्याउन हुने हो कि हैन बेला हो कि हैन केही बुझ्ने प्रयत्न गर्दैनन् । अनि भालुले जस्तो कहिले पात कहिले जरा लिएर जान्छन ।

त्यसैले कुनै पनि चिजको उपादयेता बुझ्नुपर्छ । जसरी किसानलाइ बाली कहिले लगाउनेकहिले गोड्नेजहिले मल हाल्नेकहिले विषादी हाल्नेकहिले बाली पाक्छ कसरी थन्क्याउने राम्रो थाहा हुन्छ त्यसैगरी शेयरमा लगानी गर्नेलाइ पनि कहिले किन्ने कहिले बेच्ने कति नाफा लिने सब कुरा बुझ्नुपर्छ अनि मात्रै सफल लगानीकर्ता बन्न सकिन्छ ।

पुस्तक पढेर लगानीकर्ता बनिने भए मुलुकी ऐन पढेर सबै वकिल भैसक्थे । मुलुकी ऐन नै सबैभन्दा ठुलो कानुनको ठेली हो ।

भालु बन्न धेरै आएकाले बजारलाई पनि बेला न कुबेला भालुले खेद्छ ।

फेसबुकमा प्रकाशित

विवरणपत्रको जिम्मेवारी र पालना

कम्पनीको विगत, वर्तमान र भविष्यको मार्गचित्र बताउने विस्तृत कार्ययोजनाको दस्तावेज विवरणपत्र हो । शेयर जारी गर्नु अघि कम्पनीको व्यवस्थापकीय स्वरूप, भावी रणनीति, कार्यनीति, संगठनात्मक संरचना प्रारम्भिक विवरणपत्रर शेयर सँख्या, खरिद प्रक्रिया, मूल्यको जानकारी अन्तिम विवरणपत्रमा प्रकाशन गर्ने प्रचलन छ । नेपालमा २ थरी विवरणपत्र प्रकाशन गर्ने कानूनी व्यवस्था छैन । विवरणपत्रमा लगानीको लागि नभई नहुने वित्तीय पक्ष, प्रक्षेपण, जोखिम तत्व, कानूनी पक्ष, व्यापारिक गतिविधिको अतिरिक्त लगानीकर्ताबाट लिईने रकमको उपयोग सम्बन्धि विषय समेत समेटिनु पर्छ । 

विवरणपत्र सम्बन्धि कानून 

कम्पनी ऐनले कम्पनीले दफा २३ बमोजिम प्रकाशन गर्नुपर्ने विवरणपत्र सम्झनुपर्छभनेर दफातिर पन्छाएको छ । दफा २३(१) मा कम्पनीले आफ्नो धितोपत्र सार्वजनिक निष्काशन गर्नु अगावै विवरणपत्र प्रकाशन गर्नुपर्नेछमात्र भनेको छ । के कस्ता विषय समावेश हुनुपर्छ उल्लेख छैन । दफा २३(१०) मा विवरणपत्रमा खुलाउनुपर्ने कुराहरु धितोपत्र सम्बन्धि कानुनमा उल्लेख भए बमोजिम हुने भनिएको छ । 

धितोपत्र सम्बन्धि ऐन २०६३ ले पनि दफा ३० बमोजिम प्रकाशन गर्नुपर्ने विवरणपत्र सम्झनुपर्छभनेर दफातिरै पन्छाएको छ । दफा ३० पनि विवरणपत्र प्रकाशन गर्नुपर्ने मात्र भनेर पन्छिएको छ । बरु दफा ३१ मा भएको लगानीकर्ताहरुले निष्काशनकर्ताको सम्पति तथा दायित्व, आर्थिक स्थिति, भविष्यमा अपेक्षित कुराहरु सम्बन्धमा मूल्यांकन गर्न पर्याप्त हुने जानकारीहरु समावेश भएको विवरणपत्र मात्र वोर्डले स्वीकृत गर्नेछभन्ने व्यवस्था केहि हदसम्म परिभाषा बन्नसक्ने देखिएको छ । 

जिम्मेवारी र उन्मुक्ति 

विवरणपत्रमा लेखिएका विषयहरुको पूर्ण जिम्मेवारी कम्पनीलाई दिइएको छ । कम्पनी ऐनको दफा २४ अनुसार विवरणपत्रमा लेखिएको कुराको पालना गर्नु सम्बन्धित कम्पनीको कर्तव्य र दायित्व हुने तथा जवाफदेहि विवरणपत्रमा सहीछाप गर्ने संचालक हुन्छन । वद्नियत वा जानाजानी झुटो कुरा उल्लेख गरी विवरणपत्र प्रकाशन गरिएको रहेछ र सोको विश्वासमा परी धितोपत्र खरिद गरेको कारणबाट हानिनोक्सान भएमा सहीछाप गर्ने संचालकले व्यक्तिगतरुपमा व्यहोर्नुपर्ने व्यवस्था छ । गलत कुरा लेखिएको छ भन्ने थाहा पाएर प्रकाशन हुनु अगाबै राजिनामा दिने, बिक्रि वा बॅाडफॅाड हुनु अघि सर्वसाधारणले थाहा पाउने गरी प्रकाशन गर्ने र व्यहोरा गलत हो भन्ने थाहा थिएन भन्ने प्रमाणित गर्ने संचालकलाई उन्मुक्तिको सुबिधा दिइएको छ । 

सजाय सम्बन्धि व्यवस्था 

कम्पनी ऐनले झुटो विवरण दिने संचालक र पदाधिकारीलाई देवानी र फौजदारी दुबै सजायको व्यवस्था गरेको छ । विवरणपत्रमा झुटो व्यहोरा प्रकाशित गरि हानीनोक्सानी पुरयाउने संचालक र पदाधिकारीलाई बीस हजारदेखि पचास हजारसम्म जरिवाना र दुई वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ । भारतमा झुटा विवरण दिनेलाई दश वर्षसम्म कैद हुने व्यवस्था छ ।

बेलायतमा हाउस अफ लर्डसले कम्पनी नाफामा छ नियमित लाभांश बाँडिरहेको छ ऋणपत्र किन्नुसभनेर जारी गरेको विवरणपत्रमा घाटामा चलेको कुरा लुकाईएकोमा त्यसका प्रवन्ध संचालकलाई फौजदारी अभियोग लगाएको पाइन्छ । बंगलादेशी पूँजीबजार नियमक बंगलादेश सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनले प्राथमिक शेयर जारी गर्ने सम्बन्धि विवरणपत्रमा जग्गा प्राप्तिगरिसकेको भनेर झूटो जानकारी प्रकाशन गर्ने कम्पनी र विवरण दुरुस्त भए/नभएको जाँच नगरेको भन्दै विक्री प्रवन्धकलाई ५/५ लाख टाका जरिवाना गर्दै विक्री प्रवन्धलाई १ वर्षसम्म विक्री प्रवन्धक सम्बन्धि कार्य गर्न नपाउने गरि निलम्वन गरेको पाइन्छ । 

जिम्मेवारी रहने र नरहने उदघोषण

धितोपत्र वोर्डले स्वीकृत गरेको कारणबाट स्वयम वोर्ड, कम्पनी रजिष्ट्रार कार्यालय वा सम्वद्ध अन्य नियमन निकायले विवरणपत्रमा उल्लेखित विषयको सत्यता र निष्काशनकर्ता वा परियोजनाको आर्थिक सक्षमताको बारेमा कुनै प्रकारको प्रत्याभूत गरेको वा जिम्मेवारी लिएको नमानिने उदघोषण गरिएको हुन्छ । त्यस्तै धितोपत्रमा गरिने लगानीमा जोखिम हुने भएकोले त्यस्तो जोखिमको मूल्यांकन गर्ने प्रमुख दायित्व लगानीकर्ता स्वयमको हुने अर्को उदघोषण गरिएको हुन्छ । यी २ उदघोषण विवरणपत्रको आवरणमा भेटिन्छन । वोर्ड, क्षेत्रगत नियमक र रजिष्ट्रार कसैले जिम्मा नलिने विवरणपत्रका भित्री पृष्ठमा बिक्री प्रवन्धकले कम्पनीको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणको अध्ययनबाट सन्तुष्ट भएको तथा लेखिएका आर्थिक विवरण र अन्य जानकारी तथ्यगत र पूर्ण देखिएको भन्दै योग्यता पुगेको ड्यु डिलिजेन्स सर्टिफिकेट प्रस्तुत गरेका हुन्छन् । यसका अतिरिक्त संचालकको जिम्मेवारी तथा जवाफदेहिताकम्पनीद्वारा नियमन निकायको नियमन व्यवस्था पालना गरेको सम्बन्धि संस्थापक, संचालक तथा कार्यकारी प्रमुखले पनि आ-आफ्नो उदघोषण गरेको सम्बन्धि विवरण समेत परेको हुन्छ ।

उदघोषण पालना

विवरणपत्रमा कम्पनी, संचालक, संस्थापक, कार्यकारी प्रमुख, विक्री प्रवन्धकले जे जस्ता उद्घोषण गरे पनि त्यसको पूर्ण परिपालना भए नभएको हेर्ने कुनै पनि निकाय देखिएको छैन । विवरणपत्र स्वीकृत गर्ने वोर्ड, क्षेत्रगत नियमक  रजिष्ट्रार कसैको पनि विवरणपत्रमा लेखिएका विषयमा कुनै जिम्मेवारी छैन भने लगानीकर्ताको हित संरक्षण कसले गरिदिन्छ नियमकले धितोपत्रमा गरिने लगानी जोखिमयुक्त हुने र त्यस्तो जोखिमको मूल्यांकन गर्ने प्रमुख दायित्व लगानीकर्ता स्वयमको हुने भनेर पन्छिन मिल्ने हो कि हैन मूल्य उतारचढावबाट हुनसक्ने जोखिम पक्षको जिम्मेवारी लगानीकर्ता स्वयमले नै लिनुपर्ने कुरामा भने सहमत हुनसकिन्छ । तर विवरणपत्रमा लेखिए भन्दा बाहिर गएर कम्पनीले कार्य गर्छ भने त्यसको जिम्मेवारी लगानीकर्ताले कसरी लिनसक्छ ? विवरणपत्रमा लेखिएका कुराको पालना भए/नभएको जिम्मेवारी नियमकले लिनुपर्ने हैन र ? गलत विवरणलाई सहि भन्ने विक्री प्रवन्धक वा वित्तीय/आर्थिक सक्षमता सवल छ भन्ने प्रतिवेदन दिने लेखापरीक्षकलाई वोर्डले जिम्मेवार बनाउनु पर्ने हो कि हैन ?

विवरणपत्रको उल्लंघन

विवरणपत्रमा लेखिए भन्दा बाहिर गएर कार्य गरिरहेका उदाहरण अनगिन्ती छन् । पछिल्लो उदाहरणको रुपमा भर्खरै थप शेयर जारी गरेको एक कम्पनीलाई लिनसकिन्छ ।  विवरणपत्रमा आगामी त्रिवर्षीय प्रक्षेपित वासलात, नाफा-नोक्सान हिसाब सम्बन्धि तालिकामा चालु आर्थिक वर्ष २०७३/०७४ देखि २०७५/७६ सम्म पूँजी वृद्धि नहुने प्रक्षेपण गरिएको छ । तर, विवरणपत्रको मसि नसुक्दै चालु आर्थिक वर्षमा बोनस शेयर जारी गरिसकेको छ । यस्तो कार्यलाई विवरणपत्र विपरित मानेर दण्डणीय बनाउनुपर्ने हैन उल्लेखित कम्पनीले जस्तै दण्डनीय कृत्य गर्ने धेरै छन् तर सबैले उन्मुक्ति पाएका छन् । उन्मुक्ति दिने कार्यमा वोर्ड, क्षेत्रगत नियमक र रजिष्ट्रार सबै उत्तिकै जिम्मेवार छन ।
  
विवरणपत्रमा प्रक्षेपण गरिएका विवरण देखावटीको लागि कर्मकाण्ड पुरा गरिएको हैन । यसले कम्पनीको भावी रणनीति, योजनाप्रगतिविगत र वर्तमानको व्यवस्थापकीय अनुभव एवम देशीय परिस्थितिलाई आधार मानेर प्रक्षेपण गरिएको हुन्छ र सामान्य अवस्थामा सहजै पुरा गर्न सकिने हुन्छ । विशेष परिस्थिति परेको खण्डमा बाहेक गरिएका प्रक्षेपणको सत्य तथ्य यथावत कायम रहन्छ । लगानीकर्ताले यहि आधारमा लगानी गरेका हुन्छन् तर प्रकाशित विवरणपत्र विपरित कार्य हुन्छ भने के आधारमा जोखिमको मूल्यांकन गर्ने ?

वोर्डमा पेश गरेको विवरणपत्र, सूचना, जानकारी वा विवरण झुठा भएको कारण हानिनोक्सानी भएमा क्षतिपूर्ति भराई माग्न जिल्ला अदालतमा उजुर गर्नुपर्ने व्यवस्था पटक्कै सान्दर्भिक छैन । यसको सट्टामा वोर्डमा उजुरी गर्न पाउनुपर्ने र वोर्डले नै निर्णय गर्नुपर्ने र पुनरावेदन गर्न भने अन्य अदालत तोक्न सकिन्छ । वोर्ड सचेत भइ बेलैमा ठोस निर्णय गरोस ।

 ६ बैसाख, २०७४, आर्थिक अभियान दैनिक

प्राथमिक र हकप्रदबाट संकलित पूँजी उपयोग

व्यवसायिक गतिविधि आधारभूत तत्व पूँजी विना संचालन हुनसक्दैन । व्यवसाय र मुद्रास्फीतिको बढ्दो आकारसँगै पूँजी पनि थप्नुपर्छ । कम्पनीले पूँजी प्राप्त गर्ने विभिन्न वित्तीय उपकरणहरु उपयोगमा ल्याएर पूँजी संकलन गर्न सक्छन ।

वित्तीय उपकरणहरु 

प्राथमिक, हकप्रद र बोनस शेयर जारी गरि पूँजी प्राप्त गर्नसकिन्छ । यसबाहेक थप प्राथमिक शेयर (एफपिओ) पनि एउटा उपकरण हो । तर यो उपकरण संधै उपयोग गर्न सकिन्न । यी उल्लेखित उपकरणहरुले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्छन । कम्पनीले स्वपूँजी बाहेक नागरिकसँग आवधिक ऋण लिएर पनि व्यवसायिक गतिविधि बढाउन सक्छन । यसप्रकारको ऋणलाई कर्पोरेट भाषामा डिवेन्चर वा बोन्ड भनिन्छ । यस्ता ऋण निश्चित समयका लागि कम्पनीको जायजेथा धितो राखी वा नराखी उठाउन सकिन्छ । यसमा निश्चित ब्याज दिने शर्त राखिएको हुन्छ । परिपक्व भएपछी थप रकम सहित वा परलमा मूल्यमा नै फिर्ता गरिन्छ । नेपालमा यस्ता वित्तीय उपकरण त्यति प्रचलनमा नरहे पनि अन्य देशमा भने निकै प्रचलित छ । अन्य देशका कम्पनीहरु स्वपूँजी बढाउने भन्दा यस्तै छोटा समयको लागि लिन पाइने उपकरणमा केन्द्रित भएका छन् । नेपालमा भने यस्ता उपकरण भन्दा स्वपूँजीमा नै बढी केन्द्रित भएको देखिन्छ । यसबाहेक ठिमाह प्रकारको अग्राधिकार शेयर पनि जारी हुनसक्छ । यो साधारण शेयरमा परिवर्त्य र अपरिवर्त्य हुने गरि दुई प्रकारको हुन्छ । 

पूँजीको उपयोग र हकप्रदसम्बन्धि कानून 

कम्पनीले आवश्यकता अनुसार पूँजी प्राप्त गर्न बिभिन्न वित्तीय उपकरणको उपयोग गर्नसक्छ । कम्पनीले छनौट गरेको वित्तीय उपकरण उचित हो या हैन भन्ने विषयमा अहिलेसम्म शेयरधनी समक्ष पेश गर्ने र छलफल गरि पेश गरिएको भन्दा अझ राम्रो अर्को वित्तीय उपकरणको छनौट गर्न सकिने विकल्प खुला गरिंदैन । संचालक समितिले निर्णय गरेर शेयरधनीको सभामा प्रस्ताव पेश गरि पूँजी वृद्धिको अनुपात मात्र पारित गरिने प्रचलन रहेको छ । सभाले प्रस्ताव स्विकार वा अस्विकार मात्र गर्नसक्छ संशोधन गरि अर्को प्रस्ताव पारित गर्न सक्दैन । अहिलेसम्म यस्ता सभामा कायम रहेको पूँजी पूर्ण उपयोग भएको र पूँजी वृद्धिको लागि माग गर्न लागिएको पूँजीको उपयोग कुन शीर्षकमा कसरी गरिन्छ लगायत प्रक्षेपित वासलात र नाफा नोक्सान हिसाब पेश गरिन्न । पूँजीबजार वा क्षेत्रगत नियमकले समेत थपिने पूँजीको उपयोग कहाँ कसरी गरिन्छ त्यसको विस्तृत कार्ययोजना माग्ने गरेको पाइँदैन । स्थिर आय हुने कम्पनीले समेत अस्वाभाविकरुपमा हकप्रद मार्फत पूँजी वृद्धि गर्न थालेका छन् । यसो हुनुमा हकप्रद सम्बन्धि कानुनको अभाव पनि हो । पूँजीबजार नियमन गर्ने निकायले हकप्रदलाई वेवास्ता गरिदिँदा संचालक समितिमा रहेका सिमित शेयरधनीले लगानीकर्ता झुक्याउने अस्त्र बनाएका कयौं उदाहरण सामु आइसकेको छ । 

बंगलादेशी अनुभव 

बंगलादेशमा हकप्रद लिने प्रक्रियामा रहेका कम्पनीले पूँजी उपयोग सम्बन्धि विस्तृत कार्ययोजना पेश गर्नुपर्ने व्यवस्था हकप्रद सम्बन्धि कानुनमा गरेको छ । यस अघि जुनसुकै प्रकारले प्राप्त गरिएको पूँजीको पूर्ण उपयोग भएको र थप पूँजी चाहिएको आधार र कारण प्रष्ट पार्नुपर्छ । अनिमात्र कम्पनीले थप पूँजी उठाउने स्वीकृति पाउँछ । 

सन् २००९ मा पूँजीबजारमा सूचिकृत भएको ढाका डाइंग एण्ड म्यान्युफ्याक्चरिंग कम्पनी’ को चुक्ता पूँजी ८७.२५ करोड रहेको थियो । कम्पनीले एक बराबर १ दशमलव ५ कित्ता हकप्रद शेयर मार्फत झन्डै १ अर्व ३१ करोड टाका संकलन गर्ने प्रस्ताव थियो । पूँजी थप गर्नुको उद्देश्य व्यवसाय विस्तार गर्नको लागि स्पिनिंग मिल र मेशिनरी सामान किन्न तथा केहि रकम ऋण तिर्ने प्रयोजन रहेको थियो ।

कम्पनीको हकप्रद सम्बन्धि विवरणपत्र र लेखापरीक्षण प्रतिवेदनमा परस्पर विरोधी असंगत उद्घोषण भेटिएपछी उक्त कम्पनीको हकप्रद सम्बन्धि प्रस्ताव बंगलादेश सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले अस्विकार गरेको थियो । लेखापरीक्षण प्रतिवेदनमा उत्पादन रोकिएको र ग्याँसलाइन काटिएको उल्लेख थियो । त्यस्तै बंगलादेश लेखमानअन्तर्राष्ट्रिय लेखामाननीतिको पालना नभएको समेत भेटिएको थियो । कमिसनले असंगत कथन र उद्घोषण भेटेपछि सम्बन्धित निकायमा उल्लेखित कम्पनीलाई कारवाही गर्न पत्राचार समेत गरेको थियो । बिक्रि प्रवन्धकलाई ड्यु डीलिजेन्स सर्टिफिकेटतयार गर्दा ध्यान नदिएको भन्दै जरिवाना समेत गरेको थियो । 

पूँजी संकलनमा अझ कडाई 

जथाभावी पूँजी उठाई दुरुपयोग हुनसक्ने गतिविधि रोक्नको लागि प्राथमिक वा हकप्रद मार्फत पूँजी संकलन गर्दा संकलित पूँजीको उपयोग सम्बन्धि व्यवस्थालाई बंगलादेशी नियमकले अझ कडा पारेको छ । साधारणसभाबाट पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेर मात्र नपुग्ने बनाएको छ । कम्पनीले पूँजीको उपयोग सम्बन्धि योजना जुनसुकै बेला परिवर्तन गर्न थालेपछि यस्तो व्यवस्था गर्न लागेको हो । पूँजी वृद्धि र त्यसको उपयोग कहाँ कसरी हुन्छ त्यसबारेमा स्पष्ट पूँजी योजना कम्तिमा ५१ प्रतिशत शेयरधनीबाट साधारणसभामा अनुमोदन गराउनु पर्नेछ । यसरी साधारणसभाबाट अनुमोदित योजना कम्पनीले फेरबदल गर्न पाउने छैन । कमिसनले यस्तो व्यवस्था गर्नुको पछाडी लगानीकर्ताको हितलाई सरंक्षण गर्नु र संचालकको मनोमानी रोक्नु रहेको बताएको छ । 

कर्मकाण्डी विवरणपत्र 

कम्पनी ऐन र धितोपत्र सम्बन्धि ऐनले विवरणपत्र प्रकाशन गर्नुपर्छ मात्र भनेर पन्छिएको छ । कस्तो विवरणपत्र प्रकाशन गर्ने हो त्यसको बारेमा कानुन केहि बोल्दैन । धितोपत्र सम्बन्धि ऐनको एउटा दफामा लगानीकर्ताहरुले निष्काशनकर्ताको सम्पति तथा दायित्व, आर्थिक स्थिति, भविष्यमा अपेक्षित कुराहरु सम्बन्धमा मूल्यांकन गर्न पर्याप्त हुने जानकारीहरु समावेश भएको विवरणपत्र मात्र वोर्डले स्वीकृत गर्नेछभन्नु बाहेक अन्य केहि उल्लेख गरेको छैन । वोर्डले स्वीकृत गरेको विवरणपत्रमा उद्घोषणको कमि छैन तर ति उद्घोषणहरु यथार्थ र तथ्यपरक हुन् कि हैनन् त्यसको परीक्षण गर्ने गरिएको पाइँदैन । विक्री प्रवन्धकले पेश गर्ने ड्यु डीलिजेन्स सर्टिफिकेटपनि कर्मकाण्डको एउटा पाटो मात्र बनेको छ । विगत दुई वर्षमा बैंकहरुले अत्यधिक मात्रामा हकप्रद शेयर जारी गरेका छन् । यी बैंकले विवरणपत्रमा लेखेका कुरा कतिसम्म तथ्ययुक्त र यथार्थपरक विश्लेषण गरेर तयार गराएका हुन् आउने दिनहरुले घाम जत्तिकै छर्लंग पार्ने नै छ र विवरणपत्र स्वीकृत गर्ने वोर्डले कसरी लिँदो रहेछ हेर्न बाँकी छ । 

प्रस्तावना र आइस्को

‘...पूँजीबजारको विकास गरि धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नको निम्ति...धितोपत्र सम्बन्धि ऐन २०६३ को प्रस्तावनाका वाक्यांश हुन् । तर यी वाक्याँश अनुरुप लगानीकर्ताको हित संरक्षण हैन हित विनाश मात्र वोर्डले गरेको छ । 

पूँजीबजार नियमकहरुको अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटीज कमिसन (आइस्को) को सदस्य भईसकेकोले यसले तयार गरेको ‘पूँजीबजार नियमनको उद्देश्य र सिद्धान्तसम्बन्धि अधिनमा रही नियमनको लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्छ । संगठनले तयार पारेको तीसवटा सिद्धान्तहरु मुख्यतः निम्नलिखित तीनवटा उद्देश्यमा आधारित छन् : (१) लगानीकर्ताको हित संरक्षण, (२) प्रणालीगत जोखिम न्यूनीकरण र (३) स्वच्छ, सक्षम तथा पारदर्शी बजार सुनिश्चितता ।

उल्लेखित तीनवटा उद्देश्यमा आधारित तीसवटा सिद्धान्तहरुको पूर्ण कार्यन्वयन गर्नको लागि आवश्यक कानूनी व्यवस्था गर्नुपर्छ । तर अहिलेसम्म पूँजीबजारलाई चलायमान बनाउने हकप्रद सम्बन्धि कानुन अहिलेसम्म वोर्डले बनाउने जाँगर देखाएन । विवरणपत्रलाई कर्मकाण्डीमै सिमित राखेको छ । तैपनि वोर्डले प्रस्तावना र आइस्कोको मान्यतालाई छिट्टै आत्मसात गर्ने आशा र कामना गर्न नछाडौं ।  


२४ वैशाख २०७४ आर्थिक अभियान

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...