अहिले निकै चर्चामा रहेको रंगशालाले शेयर जारी गरे हुन्छ भन्ने टिप्पणी आएको देखियो l शेयर जारी गर्ने सम्बन्धमा मैले जानेको केही कुरा पेश गरेको छु l
शेयर जारी गर्नको लागि पहिलो शर्त कम्पनी वा विशेष कानुनबाट स्थापित संस्था हुनुपर्छ l विशेष कानुनद्वारा हुँदैमा पनि त्यस्तो संस्थाले शेयर जारी गर्छ भन्ने पनि हुन्न l उदाहरणको लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले स्थापना गरेको नेपाल राष्ट्र बैंक एकप्रकारको कम्पनी भए पनि यसको शेयर जारी हुन्न l त्यस्तै, कर्मचारी संचय कोष पनि कर्मचारी संचय कोष ऐन, २०१९ ले स्थापना गरेको संस्था हो l यसको पनि शेयर जारी हुन्न l यसको पूँजी नै छैन l यो विशुद्ध कोष व्यवस्थापक मात्र हो l
तर नागरिक लगानी कोष नागरिक लगानी कोष ऐन, २०४७ ले स्थापना गरेको गरेको भए पनि यसको पूँजी छ र यसको ऐनमै शेयर जारी हुने भनिएको छ l
यसबाहेक कम्पनी ऐन, २०६३ अनुसार दर्ता हुने संस्थाले शेयर जारी गर्न सक्छन l कम्पनी भनेको नाफामुखी हुन्छ l हुनलाई त नाफा वितरण नगर्ने कम्पनी पनि हुन्छ l नाफा वितरण नगर्ने भन्ने बित्तिकै यसको पूँजी हुन्न l सदस्यले आफ्नो गोजीबाट पैसा निकालेर चन्दाको रुपमा दिने हो l यसलाई शेयर भनिन्न l रंगशाला श्रीमान्-श्रीमतीको नाममा खुलेको फाउन्डेसनले निर्माण गर्दैछ l यो नाफा वितरण नगर्ने कम्पनी हो कि गैरसरकारी संस्था हो मैले बुझेको छैन l यी दुवै मध्ये कुनै एउटा भए पनि यी दुबैको पूँजी हुन्न l
ल एकछिनलाई मानी लिउँ पब्लिक कम्पनी नै बनाउने भए कम्तिमा ७ जना शेयरधनी हुनुपर्छ l ७ जना शेयरधनी को को हुने ? शेयरधनी बनेर मात्र भएन पूँजी पनि हाल्नुपर्छ l अहिले भएको खर्चलाई नै पूँजीकरण गर्न त सकिएला तर, यो पैसा चन्दामा प्राप्त भएको हो l चन्दामा पाएको पैसालाई श्रीमान्-श्रीमती र उनीहरुले रोजेका अरु ५ जना शेयरधनी खडा गरेर राख्न पनि मिल्ने कुरा हुन्न l
अब पूँजी कति होला भन्ने कुरालाई यसको कुल लागत भनिएको ३ अर्ब रुपैयाँसँग जोडेर हेर्दा पूँजी र ऋणको अनुपात ७०:३० को हिसाबले स्वपूँजी ९० करोड रुपैयाँ हुन्छ l जारी पूँजी ९० करोड रुपैयाँ पूँजीमध्ये संस्थापक र साधरणको हिस्सा क्रमशः ५१ र ४९ प्रतिशत कायम गर्दा ४५ करोड ९० लाख रुपैयाँ संस्थापकको हुन्छ l साधारणतर्फ ४४ करोड १० लाख रुपैयाँ हुन्छ l
यति पूँजी हालेर यसबाट लाभ के हुन्छ ? ९० करोड रुपैयाँ पूँजी भएपछि १० प्रतिशत लाभांश बाँड्न ९ करोड रुपैयाँभन्दा बढी खुद नाफा चाहिन्छ l संचालन, कर्मचारी र मर्मत-सम्भार खर्च कति लाग्ला ?
अर्को पाटो कम्पनीलाई सरकारले सित्तैमा जग्गा दिन र बेच्न मिल्दैन l अवधी तोकेर भाडामा दिनसम्म दिनसक्ने हुन्छ l खेल मैदान कम्पनीले चलाउने चिज पनि हैन l भएको एउटा दशरथ रंगशालाको हविगत देखिएको छ l त्यो पनि राष्ट्रिय खेलकुद परिषदले संचालन र व्यवस्थापन गर्छ l खेल मैदानबाट आउने आम्दानीले त्यसको संचालन र व्यवस्थापन खर्च पनि धानिन सक्ने अवस्था छैन l सातदोबाटोको खेद मैदानको हालत जगजाहेर छ l
नेपालमा खेलको व्यवसायिकता हुने बेला भएकै छैन l युरोपमा
पनि कति देशमा यस्तो होला ? भारतमा पनि यस्तो स्थिति आएको
छैन l खेल भनेको बिलासिता हो हामी कति विलासी भएका छौ त ?
दुई छाक खान पाइएन भनेर विदेश गएका छौं अनि के हामी दिनदिनै टिकट
काटेर रंगशालामा खेल हेर्न जान सकौला ?
अनि यस्ता मैदानमा खेल्न आउने को होलान् ? एसियाली देशले खेलको कति विकास गरे त्यो त फुटवलको प्रतिगोगिता हेर्दा थाहा हुन्छ l बल्लतल्ल जापान र कोरियाले फुटवल महोत्सव आयोजना गरे l अहिले बल्ल कतारले गर्दैछ l यी सबै देश धनीको सुचिमा पर्छन l
No comments:
Post a Comment