सन् २०१९ को उत्तरार्द्ध (अक्टोबर
महिना) मा देखिएको कोरोना नामक भाईरस संक्रमण फैलिन नदिन अधिकाँश देशले स्थानहद
(लकडाउन) लगाए । नेपाल
पनि २ महिनाभन्दा बढी समयदेखि स्थानहदमा छ । ११ चैत २०७६ देखि शुरु भएर पटकपटक थप हुँदै ३२ जेठ २०७७ सम्म कायम रहने
स्थानहद त्यसपछि खुकुलो हुने अनुमान गर्न सकिन्छ । आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहेको हुँदा साल तमामीको
लागि भए पनि सावधानी र सुरक्षा अपनाएर खुकुलो पार्न सकिने अनुमान गरिएको हो । २ दिनको कारोबारलाई गणना नगर्ने हो भने
स्थानहदसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द छ । २ महिनाभन्दा बढी समयदेखि बन्द रहेको शेयर कारोबार खुल्दा के होला भन्ने
अर्को त्रासदी देखिएको छ ।
विदेशका शेयरबजार
संसारका अधिकाँश देशले स्थानहदका
बेला पनि शेयर कारोबार रोकेनन । कोरोनाले ग्रस्त बनाएको युरोपेली देश, अमेरिका र कोरोना उत्पत्तिस्थल चिनको
शेयरबजारमा कारोबार कहिल्यै रोकिएनन ।कोरोनालाई निमिट्यान्न पार्न नसकिने हुँदा यससँग जुधेर आफ्नो नियमति
गतिविधि संचालन गर्ने देशको संख्या बढ्दो क्रममा छ । आर्थिक गतिविधिमा पहिले जस्तै तीव्रता देखिन थालेको अनुमान शेयरबजारमा
देखिएको घटनाक्रमले पुष्टि गर्छ ।
युरोपेली देशका शेयरबजारमा क्रमशः बढोत्तरी आउँदै गरेको देखिन्छ । जर्मनी, स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, वेलायत, इटाली, रसिया र स्पेनको शेयरबजार जनवरी महिनाको स्थितिमा फर्किए जत्तिकै भएको छ ।
एसियाली शेयरबजार पनि सुधारको क्रममा
अघि बढिसकेको छ । दक्षिण
कोरियाको शेयरबजार जुन महिनामा आइपुग्दा जनवरीको स्थितिबाट माथि चढेको छ । जापान र चिनको बजार पनि माथि चढ्दै गएको छ । भारतको निफ्टी र सेनसेक्स पनि माथि उक्लने
चरणमा रहेको छ । ठूलो
एक्सचेन्जको गणनामा पर्ने हंगकंग स्टक एक्सचेन्जमा भने त्यति धेरै सुधार आएको
देखिन्न । दुइ दिन कारोबार
रोकिएर पुन: चालु भएको फिलिपिन्सको शेयरबजार पनि सुधारको क्रममा छ । कोरोनाका कारण बन्द रहेर ६६ दिनपछि ढाका स्टक
एक्सचेन्ज खुलेको छ ।
केही देशका शेयरबजारको स्थिति
क्रसं
|
देश
|
सूचक
|
फरक
(प्रतिशत)
|
जनवरीदेखि ५ जुनसम्मको न्यून विन्दु
|
|||
जनवरी १
|
जुन ५
|
||||||
सूचक
|
फरक (प्रतिशत)
|
||||||
१
|
अमेरिका (नास्डाक कम्पोजिट)
|
९,०९२
|
९,८१४
|
८
|
६,८६०
|
२४
|
|
२
|
कोरिया
|
२,१७५
|
२,१८१
|
०.२७
|
१,४५७
|
३३
|
|
३
|
जापान
|
२३,२०४
|
२२,८६३
|
(१.५)
|
१६,५५२
|
२८
|
|
४
|
जर्मनी
|
१३,३८५
|
१२,८४७
|
(४)
|
८,४४१
|
३७
|
|
५
|
चिन (सांघाई सेन्जेन कम्पोजिट)
|
३,०८५
|
२,९३०
|
(५)
|
२,६६०
|
१३
|
|
६
|
अमेरिका (डाउजोन्स)
|
२८,८६८
|
२७,११०
|
(६)
|
१८,५९१
|
३५
|
|
७
|
नेदरल्याण्ड
|
६१२
|
५७२
|
(६)
|
४०४
|
३४
|
|
८
|
हंगकंग (हांगसेंग)
|
२८,५४३
|
२४,७७०
|
(१३)
|
२१,६९६
|
२४
|
|
९
|
फ्रान्स
|
६,०४१
|
५,१९७
|
(१४)
|
३,७५४
|
२६
|
|
१०
|
बेलायत
|
७,६०४
|
६,४८४
|
(१४)
|
४,९९३
|
३४
|
|
११
|
इटली
|
२३,८३६
|
२०,१८७
|
(१५)
|
१४,८९४
|
३७
|
|
१२
|
भारत (निफ्टी)
|
१२,१८२
|
१०,१४२
|
(१६)
|
७,६१०
|
३७
|
|
१३
|
भारत (सेन्सेक्स)
|
४१,३०६
|
३४,२८७
|
(१७)
|
२५,९८१
|
३७
|
|
१४
|
रसिया
|
१,५६४
|
१,२८५
|
(१७)
|
८३२
|
४७
|
|
१५
|
स्पेन
|
९,६९१
|
७,८७२
|
(१८)
|
६,१०७
|
३७
|
स्रोत :
सम्बन्धित देशका स्टक एक्सचेन्ज
नेप्से खुलेपछिको अवस्था
स्थानहदका कारण सूचीकृत लगायत सबै
प्रकारका व्यापार व्यवसायमा पूर्णविराम जत्तिकै लागेको छ ।नेप्सेमा सूचीकृत म्युचुअल फण्डसहित ११ वटा
समूहको के कस्तो अवस्था देखिन्छ त्यसको संक्षिप्त चर्चा गरिएको छ ।
१. बैंकिंग - वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको चैत
मसान्तको विवरणलाइ आधार मान्दा असार मसान्तसम्म आइपुग्दा वासलात नकरात्मक स्थितिमा
पुग्नसक्ने सम्भावना अनुमान हैन, यथार्थ देखिन्छ । चैत
मसान्तको प्रतिवेदनमा अधिकाँश बैंकिंग कम्पनीको वितरणयोग्य नाफा नकारात्मक
देखिईसकेको छ । गत माघदेखिको उठ्नुपर्ने किस्ता र
ब्याज तिर्ने म्याद थपिँदै जानसक्ने सम्भावनालाई टार्न सकिन्न । यो क्रम असार मसान्तपछि पनि थपिँदै असोज, पुष, चैत हुँदै अर्को असार र त्यसपछि पनि
नथपिएला भन्न सकिने अवस्था छैन । यस
हिसाबले चालु आर्थिक वर्षको आम्दानीबाट केही कम्पनी बाहेक अधिकाँशले लाभांश
दिनसक्ने सम्भावना देखिन्न चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार लघुवित्त समूह
तुलनात्मक रुपमा सवल देखिएको छ ।
२. बिमा – बिमाका जीवन र निर्जीवन दुवै समूहले कुनै पनि त्रैमासिक
अवधिमा बिमांक मूल्यांकन गरेर प्रतिवेदन प्रकाशन नगर्ने हुँदा यी समूहको वास्तविक
अवस्था ज्ञात हुन्न । बेलैमा साधारणसभा नगर्ने हुँदा यिनको
स्थिति सामान्य अवस्थामा पनि प्राप्त नहुने हुँदा अहिले के छ थाहा पाउन सकिन्न ।
३. उत्पादन र प्रशोधन – यस समूहको पनि व्यापारिक गतिविधि
शुन्य रहेको हुँदा आम्दानी हुने सम्भावना देखिन्न । यस समूहमा केही कम्पनीले लाभांश बाँड्न सक्ने सम्भावना देखिन्छ ।
४. जलविद्युत – यस समूहमा सुचिकृत अधिकांश कम्पनी
निर्माणधीन अवस्थामा रहेका हुँदा व्यवसायिक उत्पादन मिति पछी सर्ने सम्भावना छ । संचालनमा रहेका कम्पनीले लाभांश बाँड्न सक्ने अनुमान गर्न सकिन्छ ।
५. व्यापार, होटेल र अन्य – यी ३ समूहमा सुचिकृत कम्पनीको संख्या
न्यून रहेको छ । व्यापार
समूहमा रहेको साल्ट ट्रेडिङ र अन्य समूहमा रहेको नेपाल टेलिकमले लाभांश दिनसक्ने
स्थिति छ । होटेल समूह सबैभन्दा बढी पिडित भएकोले तंग्रिन सबैभन्दा बढी समय लाग्ने
अनुमान गर्न सकिन्छ ।
६. म्युचुअल फण्ड – म्युचुअल फण्डको आम्दानी शेयर
कारोबारमा आधारित हुने हुँदा पूर्वानुमान गर्न सकिन्न ।
हस्तक्षेपरहित बजार
कोरोना त्रासदमा पनि खुला रहेका
शेयरबजार जनवरीदेखि फ्रेबुअरी मध्यसम्म बढ्दो क्रममा देखिन्छ ।एक महिना अवधी (फ्रेबुअरी १५ देखि २३ - मार्च १५ देखि २३ सम्म) सबैभन्दा
बढी गिरावट आएको छ । २३ मार्चपछि प्राय: सबै शेयरबजारमा
वृद्धि हुँदै गएको छ । आउने दिनमा कोरोनाको कहर बिकराल
होला वा नहोला संसारका शेयरबजार भने बढ्ने क्रममा देखिईसकेको छ ।
स्थानहदपछि खुलेका बजारमा तीव्र
गिरावट देखिएको छ । कोरोना
कहरमा बजार बन्द गर्ने देशमा पनि एकपटक राम्रै गिरावट आउनसक्ने सम्भावना ढाका स्टक
एक्सचेन्जलाई हेर्दा अनुमान गर्न सकिन्छ । ढाका स्टकमा
पनि नेपालकै जस्तो आँशिक स्वचालित कारोबार हुनेगर्छ । ६६
दिनपछि खुलेको ढाका स्टकमा बिक्रेताको चाप बढी देखिएको छ भने क्रेता ‘पर्ख र हेर’ को स्थितिमा छन ।
नेपालमा पनि स्थानहदको बेला २ दिन
कारोबार खुल्दा पनि ‘पर्ख र हेर’ को स्थिति देखिएको थियो ।खुल्नासाथ बिक्री
गरेर घटेपछि किन्छु भन्ने मनोविज्ञान सबैमा देखिएको छ । यस्तो अवस्थामा बिक्री चाप बढ्न गइ मूल्यमा दवाव पर्दा मूल्यमा कमि आउन
सक्ने सम्भावनालाई अस्विकार गर्न सकिन्न । बीचमा २ दिन
बजार खुल्दा जस्तो (सर्किट फिल्टर, ब्रेकर र समयमा) अनावश्यक हस्तक्षेप नगरी सामान्य अवस्था
झैँ बजार खोल्नु आवश्यक छ । २ प्रतिशतको सर्किट फिल्टर र ३ प्रतिशतको सर्किट ब्रेकर लगाउनु भनेको
घाँटी रेटेर मारे जत्तिकै हुनेहुँदा १० प्रतिशत सर्किट फिल्टर र ४,५ र ६ प्रतिशतको सर्किट ब्रेकरलाई
यथावत कायम राख्नु उचित हुन्छ । जति घट्नु छ १/२ दिनमै घटोस र सामान्य अवस्थामा फर्कने अवसर प्राप्त होस्, यसतर्फ बजार संचालक र नियामकको
पर्याप्त ध्यान जाओस ।
No comments:
Post a Comment