‘अमुक बैंक अर्वपति
क्लवमा’, ‘अमुक बैंकले ३ अर्व नाफा कमायो’, ‘अमुक बैंकले १२ अर्व ब्याज कमायो’
हरेक त्रैमासिक अवधी सकिएपछिका समाचारका शिर्षक यस्तै हुनेगर्छन् । नेपाल स्टक
एक्सचेन्जमा संख्यात्मकरुपमा बैंकिंग कम्पनी बढी देखिए पनि जलविद्युत, दूरसञ्चार,
उत्पादन तथा प्रशोधन र होटेलको पनि उपस्थिति छ । अन्य कम्पनीको नाफाको विषय जहिले
पनि गौण बन्छ तर, बैंकको नाफा बढी भयो, बढी कमायो, लुट्यो भन्ने समाचार र गुनासो
सर्वाधिक सुनिन्छ । बैंक (वाणिज्य) र अन्य क्षेत्रका कम्पनीको आम्दानीलाई
संक्षेपमा तुलना गर्ने प्रयास गरिएको छ ।
बैंकको पूँजी र नाफा
मुलुकमा २८ वटा बाणिज्य
बैंक संचालनमा रहेका छन् । असार मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको कुल चुक्ता
पूँजी २ खर्व ५२ अर्व १३ करोड रुपैयाँभन्दा बढी र औसतमा ९ अर्व रुपैयाँ छ । कृषि र
एभरेष्ट बैंकको अग्राधिकार शेयरलाई समेत चुक्ता पूँजीमा गणना गरिएको छ । एक वर्षको
अवधीमा ३ खर्व ३ अर्व रुपैयाँ ब्याज आम्दानी गरी झन्डै ६० प्रतिशत रकम व्याज खर्चपश्चात
करिव १ खर्व २८ अर्व रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । औसतमा २८ वटा बैंकले १०
अर्व ८३ करोड रुपैयाँ व्याज आम्दानी गरेका छन् । औसतभन्दा तल्लो अंकमा व्याज
आम्दानी गर्ने बैंकको संख्या १७ वटा रहेको छ । खुद व्याज आम्दानीको औसत अंक ४ अर्व
५६ करोड रुपैयाँ रहेको छ । १६ वटा बैंकको खुद व्याज आम्दानी औसत अंकभन्दा तल रहेको
छ । संचालन नाफाको अंक ९१ अर्व ४६ करोड रुपैयाँ र औसतमा ३ अर्व २६ करोड रुपैयाँ छ ।
वितरणको लागि उपलब्ध खुद नाफाको अंक ४४ अर्व ५६ करोड रुपैयाँ र औसतमा १ अर्व ६० करोड
रुपैयाँ हुन आउँछ । कुल चुक्ता पूँजीलाई भाग लगाउँदा शेयरधनीको भागमा १७ रुपैयाँ
प्रतिशेयर पर्न आउँछ । १३ वटा बैंकले मात्र औसतभन्दा बढी लाभांश बाँड्नसक्ने
क्षमता राख्छन् । बाँकी १५ वटा बैंकमा सबैभन्दा कम ६ रुपैयाँ प्रतिशेयर लाभांश
दिने हैसियत सेन्चुरी बैंकको छ ।
बैंकले यति आम्दानी गर्नको
लागि औसतमा झन्डै ७ रुपैयाँ (कोषको लागत) खर्च गरेर निक्षेप लिएको देखिन्छ । कोषको
लागतमा सबैभन्दा धेरै सिटीजन्स बैंकको ८ दशमलव ५८ प्रतिशत र सबैभन्दा कम राष्ट्रिय
वाणिज्य बैंकको ३ दशमलव ५२ प्रतिशत रहेको छ । व्याज अन्तर औसतमा करिव ४ प्रतिशत
रहेको छ । सबैभन्दा धेरै अन्तर नेपाल एसविआईको झन्डै ५ प्रतिशत र सिभिल बैंकको ३
दशमलव ७६ प्रतिशत छ । तालिका : १ मा पूँजी र आम्दानीको विस्तृत विवरण पेश गरिएको छ
।
तालिका : १ पूँजी, आम्दानी
र केही सूचक
बैंक
|
चुक्ता पूँजी (रु. अर्व)
|
ब्याज आम्दानी (रु. अर्व)
|
खुद व्याज (रु. अर्व)
|
संचालन नाफा
(रु. अर्व)
|
वितरणयोग्य
नाफा (रु. अर्व)
|
कोषको लागत
(प्रतिशत)
|
व्याज अन्तर
(प्रतिशत)
|
राष्ट्रिय बाणिज्य
|
९.००
|
१५.३६
|
१०.२२
|
६.९३
|
३.६१
|
३.५२
|
४.४६
|
नेपाल
|
९.८१
|
१०.३६
|
६.१७
|
४.५४
|
३.४५
|
५.५०
|
४.४५
|
कृषि
|
१४.४४
|
१५.२२
|
७.८६
|
५.४६
|
३.३१
|
७.४१
|
४.६८
|
नबिल
|
९.०१
|
१५.४२
|
७.३३
|
६.०८
|
३.१८
|
६.१३
|
४.४३
|
ग्लोबल
|
१०.३१
|
१३.८३
|
५.३४
|
४.०६
|
२.४२
|
७.१८
|
४.४७
|
एभरेष्ट
|
८.१०
|
१२.९७
|
५.६३
|
४.३५
|
२.१८
|
६.२१
|
४.२९
|
एनआईसी
|
८.८३
|
१९.३४
|
६.९६
|
४.५७
|
२.१५
|
६.९७
|
४.४१
|
हिमालयन
|
८.५२
|
११.६३
|
५.०४
|
४.०२
|
२.०२
|
६.५५
|
४.४७
|
चार्टर्ड
|
८.०१
|
६.५०
|
३.५२
|
३.४८
|
१.८०
|
५.५०
|
४.४५
|
प्रभु
|
८.८९
|
१०.९३
|
४.५६
|
२.०५
|
१.७३
|
६.१६
|
४.७०
|
सिद्धार्थ
|
८.८८
|
१२.९७
|
४.६७
|
३.३१
|
१.६५
|
७.५४
|
४.०७
|
सानिमा
|
८.००
|
८.१२
|
४.१०
|
३.२०
|
१.६२
|
७.३९
|
४.४६
|
प्राइम
|
९.३१
|
९.८३
|
३.५९
|
३.२७
|
१.६०
|
७.९०
|
४.३२
|
नेपाल एसविआई
|
८.४४
|
११.३१
|
४.७४
|
३.१३
|
१.५९
|
६.५१
|
४.९९
|
नेपाल इन्भेष्टमेन्ट
|
१२.८६
|
१५.०२
|
६.१५
|
४.२२
|
१.३९
|
६.३१
|
४.३८
|
मेगा
|
१०.३८
|
९.३७
|
३.७९
|
२.४६
|
१.३५
|
७.६७
|
४.७३
|
माछापुच्छ्रे
|
८.०५
|
१०.१६
|
३.५३
|
२.४२
|
१.३२
|
७.८८
|
४.२७
|
बैंक अफ काठमाडौं
|
८.०६
|
९.८१
|
३.७७
|
२.७६
|
१.३०
|
७.२६
|
४.४०
|
एनएमवि
|
९.६१
|
११.१०
|
४.२६
|
३.२७
|
१.२७
|
७.२६
|
४.२६
|
नेपाल क्रेडिट एण्ड कमर्श
|
७.०१
|
८.०२
|
३.०८
|
२.१५
|
१.१९
|
७.४९
|
४.७०
|
लक्ष्मी
|
८.९२
|
९.४०
|
३.०४
|
२.३०
|
१.१५
|
७.०१
|
४.६७
|
सिटिजन्स
|
८.३७
|
८.८६
|
२.८१
|
२.११
|
१.११
|
८.५८
|
३.१५
|
सनराइज
|
८.१५
|
९.२२
|
३.५९
|
२.६०
|
१.११
|
७.३३
|
४.४४
|
नेपाल बंगलादेश
|
८.०८
|
६.९३
|
२.९१
|
२.३३
|
१.०३
|
७.६
|
४.६४
|
जनता
|
८.००
|
८.६२
|
३.४१
|
२.००
|
०.९७
|
७.५३
|
४.४२
|
कुमारी
|
८.६८
|
९.२२
|
३.०१
|
१.९२
|
०.९६
|
८.३५
|
३.५४
|
सिभिल
|
८.००
|
५.८५
|
२.२०
|
१.२१
|
०.५५
|
८.४५
|
३.७६
|
सेन्चुरी
|
८.४१
|
७.९६
|
२.६७
|
१.२६
|
०.५३
|
८.१९
|
४.२०
|
जम्मा
|
२५२.१३
|
३०३.३३
|
१२७.९५
|
९१.४६
|
४४.५६
|
०
|
०
|
औसत
|
९.००
|
१०.८३
|
४.५६
|
३.२६
|
१.६०
|
७.०४
|
४.३६
|
स्रोत: वित्तीय विवरण, २०७६ असार
अन्य क्षेत्रको कम्पनी र
नाफा
बैंकले बढी नाफा कमायो
भन्ने गुनासो आइरहेको बेला बैंक बाहेकका अन्य क्षेत्रका केही प्रतिनिधि कम्पनीको पूँजी
र नाफाको बारेमा पनि केही चर्चा हुनु उचित हुन्छ । शेयरबजारमा उल्लेख्य स्थान
लिएका ७ वटा कम्पनीको कुल चुक्ता पूँजी २५ अर्व ५६ करोड रुपैयाँ रहेको छ । (तालिका
: २) यसमा अहिलेसम्मकै सर्वाधिक १५ अर्व रुपैयाँ चुक्ता पूँजी भएको नेपाल टेलिकम र
ठूलो कारोबार हुने तर, अत्यन्त न्यून ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी भएको
युनिलिभर नेपालसहित ७ वटा कम्पनीको कुल बिक्री आम्दानी ६५ अर्व रुपैयाँभन्दा बढी
रहेको छ । यी कम्पनीको खुद नाफाको अंक १५ अर्व रुपैयाँभन्दा बढी छ । चुक्ता
पूँजीको आधारमा यी कम्पनीको वितरणयोग्य नाफाको अंक औसतमा ६० रुपैयाँ प्रतिशेयर
पर्न आउँछ । यी मध्ये सर्वाधिक प्रतिशेयर आम्दानी युनिलिभरको झन्डै १ हजार ५ सय
रुपैयाँ छ । आम्दानी घटेको विवरण पेश गर्दा पनि नेपाल टेलिकमको प्रतिशेयर आम्दानी
६८ रुपैयाँ छ । पूँजी बढेको कारण प्रतिशेयर आम्दानी कम देखिए पनि चिलिमे
जलविद्युतको बिक्री आम्दानी १ अर्व रुपैयाँभन्दा बढी छ ।
तालिका : २ अन्य क्षेत्रका
कम्पनीका आम्दानी
कम्पनी
|
चुक्ता पूँजी (करोड)
|
बिक्री आम्दानी (अर्व)
|
खुद नाफा (करोड)
|
बोटलर्स नेपाल
|
१९.४८
|
९.४९
|
६२.८२
|
चिलिमे जलविद्युत
|
४७५.००
|
१.१७
|
७१.५७
|
हिमालयन डिस्टिलरी
|
३८.५६
|
२.९२
|
५१.४९
|
नेपाल टेलिकम
|
१,५००.००
|
३६.७४
|
१,०२०.००
|
शिवम सिमेन्ट
|
४४०.००
|
११.३४
|
१५०.००
|
सोल्टी होटेल
|
७३.२६
|
१.७४
|
२७.४२
|
युनिलिभर
|
९.२१
|
१.५७
|
१३७
|
जम्मा
|
२५५६.३०
|
६५.००
|
१५२२.००
|
स्रोत: वित्तीय विवरण, २०७६ असार
बैंकले बढी नाफा कमायो
भन्नुको कुनै तात्विक अर्थ छैन भन्ने यी माथिका दुइ तालिकाले प्रष्ट पारेको छ । कडा
नियमनमा रहेको र तोकेको ब्याज अन्तरमा बसेर आम्दानी गर्दा पनि लुट्यो, बढी कमायो
भन्ने प्रसंगलाई खारेज गरेको छ । बैंकले लुटे, खाए भन्ने कुरा विशुद्ध आरोप मात्र
हो, बरु बैंकले पूँजी निर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै केही हदसम्म ‘समाजसेवा’
गरेको देखिन्छ । तालिका हेर्दा नाफामा नियन्त्रण गर्नुपर्ने क्षेत्र बैंक बाहेकका
देखिएका छन् । यस्ता क्षेत्रका कम्पनीको नाफा नियन्त्रण गर्दा उपभोक्ताको हित
रक्षा समेत कुरालाई नकार्न सकिन्न ।
आर्थिक अभियान दैनिक, १७ भाद्र २०७६
No comments:
Post a Comment