Monday, September 7, 2020
स्ट्याण्डर्ड चार्टर्ड बैंक२०७१/७२
Thursday, September 3, 2020
शाइन बैंक २०७१/७२
नाफा नोक्सान
६५ करोड ६६ लाख रुपैयाँ व्याज आम्दानी गरि २८ करोड ९३ लाख रुपैयाँ व्याज खर्च पश्चात ३६ करोड ७३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी ७ करोड ९६ लाख बढेको छ जुन अगिल्लो वर्ष भन्दा २७ प्रतिशत बढी हो ।
शुल्क,
कमिसन र बट्टाबाट हुने आम्दानी १ करोड ४६ लाख रुपैयाँबाट बढेर १ करोड ५३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै अन्य संचालन आम्दानी पनि ३ करोड २९
लाख रुपैयाँबाट बढेर ३ करोड ५७ लाख
रुपैयाँ पुगेको छ ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ४१ करोड ८३ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा २४ प्रतिशत बढी हो ।
मानव
संशाधन तथा व्यवस्थापनमा ९ करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ । कुल संचालन आम्दानीको २३ प्रतिशत
रकम यस शीर्षकमा खर्च गरेको छ ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी ३२ करोड ८ लाख रुपैयाँ रहेको छ जुन अगिल्लो वर्ष भन्दा २२ प्रतिशत बढी हो ।
खराब
कर्जा, बोनस, कर र खुद नाफा
खराब
कर्जा बापत २ करोड ३० लाख रुपैयाँ छुट्टयाएको छ । गैर-संचालनबाट १ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको छ । खराब कर्जाबाट ८२ लाख रुपैयाँ फिर्ता
भएको छ । असामान्य गतिविधिबाट शून्य आम्दानी गरेको छ ।
बोनस
र कर पछी १९ करोड ४८ लाख ६३ हजार रुपैयाँ खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा २० प्रतिशत
बढी हो ।
प्रमुख
सूचकहरु
जोखिम
भारित सम्पति १६.०४ प्रतिशत,
खराब कर्जा ०.४९
प्रतिशत, लागत मूल्य ५.१९ प्रतिशत, कर्जा
निक्षेप अनुपात ७३.१७
प्रतिशत, आधार दर उल्लेख छैन, औसत ब्याजदर ६.४४
प्रतिशत, प्रतिशेयर आम्दानी रु. ३०.७७, प्रतिशेयर खुद सम्पति १४९.५२, मूल्य आम्दानी
अनुपात................र शेयरधनी
कोष (इक्विटी) मा प्रतिफल २०.५७
प्रतिशत रहेको छ ।
सूचकहरुले
स्थिति सामान्य छ भन्ने देखाएको छ । जोखिम बहन गर्नसक्ने सम्पति प्रशस्त छ । खराब
कर्जा बढेको भए पनि ०.५ प्रतिशत भन्दा तल छ । खराब कर्जा कम भए पनि केन्द्रीय बैंकले जारी गरेको ‘सुक्ष्म निगरानी’ सम्बन्धि निर्देशनको कारण केहि बढी
नै व्यवस्था गरेको छ । असार मसान्तसम्ममा नोक्सानी व्यवस्थाको लागि २ प्रतिशत
व्यवस्था गर्नुपर्छ ।
निक्षेप-कर्जा
अनुपात तोकेको सिमामा रहेको छ । लागत मूल्य घटेको छ । आधार दर उल्लेख नगरेकोले
कतिमा लगानी गरेको छ थाहा हुन सकेन । व्याजदर अन्तर सामान्य घटेको छ । यसलाई तुलनात्मक
रुपमा केहि अधिक नै मान्नुपर्छ । शेयरधनी
कोष (इक्विटी) मा प्रतिफल सवल रहेको देख्न सकिन्छ ।
ब्याज,
शुल्क, कमिसन र अन्य संचालन आम्दानी सबै बढेको
छ । गैर-संचालनबाट केहि आम्दानी गरेको छ । असामान्य गतिविधिबाट आम्दानी गर्न सकेको
छैन । बैंकको संचालन र कर्मचारी खर्च अति न्यून छ यसलाई कम्पनीको उल्लेख्य पक्ष
मान्नुपर्छ । यो खर्च न्यून गरेकोले आम्दानीमा सकारात्मक प्रभाव परेको छ ।
बैंकले
गत वर्षको आम्दानीबाट २५ प्रतिशतसम्म लाभांश दिनसक्छ । जगेडाबाट केहि रकम तान्न सकेमा अझ बढ्न सक्छ
किनकी जगेडामा रकम रहेको छ । पूँजी र निक्षेप सन्तुलित छ ।
बैंकको
पूँजी ६३ करोड ३३ लाख ३० हजार रुपैयाँ
हेको छ । जगेडामा ३१ करोड ३६ लाख २९ हजार रुपैयाँ रहेको छ । बैंकसँग अहिले ६ अरब २४ करोड रुपैयाँ निक्षेप रहेको छ भने लगानीतर्फ ५ अरब २६ करोड रुपैयाँ रहेको छ । क्षेत्रीयस्तरको बैंक भएर पनि निक्षेप उल्लेख्य रहनु
बैंकको सवल पक्ष हो । २० करोड रुपैयाँबाट
शुरु भएको बैंकले अहिले तेब्बर पूँजी बढाएर व्यवसाय गरिरहेको छ ।
१०
जिल्ला कार्यक्षेत्र मात्र भएको बैंक भए पनि पूँजी भने राष्ट्रियस्तरको बैंक सरह
रहेको छ । केन्द्रीय बैंकको निर्देशन अनुसार आगामी २ वर्ष भित्र पूँजी बढाएर १ अरब
२० करोड रुपैयाँ पुरयाउनु
पर्ने वाध्यता थपिएको छ । बैंक अरु कुनै बैंकसँग नगाभिईकन पनि तोकेको पूँजी पुरा
गरि व्यवसाय गर्न सक्षम हुने देखिन्छ । क्षेत्रीयस्तरमा नै रहन सक्ने क्षमता
बैंकको छ । अहिले नै बैंकसँग जगेडामा रहेको समेत जोड्दा ९४ करोड रुपैयाँ रहेको छ । अझ दुई वर्ष समय बाँकी रहेकोले १२० करोड रुपैयाँ पुर्याउन कुनै समस्या पर्ने अवस्था देखिन्न ।
ज्योति बैंक २०७१/७२
नाफा नोक्सान
५९ करोड २४ लाख रुपैयाँ व्याज आम्दानी गरि ३१ करोड १४ लाख रुपैयाँ व्याज खर्च पश्चात २८ करोड ९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी ४ करोड ५५ लाख रुपैयाँ बढेको छ जुन अगिल्लो वर्ष भन्दा १९ प्रतिशत बढी हो ।
शुल्क,
कमिसन र बट्टाबाट हुने आम्दानी ४८ लाख रुपैयाँबाट घटेर ३८ लाख रुपैयाँमा
झरेको छ । त्यस्तै अन्य संचालन आम्दानी भने ३ करोड ३२ लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख
रुपैयाँ पुगेको
छ । विदेशी मुद्रा सटहीबाट भने १३ हजार रुपैयाँ
हात परेको छ ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च अघिको कुल संचालन आम्दानी ३१ करोड ८९ लाख रुपैयाँ रहेको
छ जुन अगिल्लो वर्ष भन्दा १६
प्रतिशत बढी हो ।
मानव
संशाधन तथा व्यवस्थापनमा १४ करोड रुपैयाँ
खर्च गरेको छ । कुल संचालन आम्दानीको ४५ प्रतिशत
रकम यस शीर्षकमा खर्च गरेको छ ।
मानव
संशाधन तथा व्यवस्थापन खर्च पछिको कुल संचालन आम्दानी १७ करोड ३० लाख रुपैयाँ रहेको
छ जुन अगिल्लो वर्ष भन्दा २१
प्रतिशत बढी हो ।
खराब
कर्जा, बोनस, कर र खुद
नाफा
खराब
कर्जा बापत ४ करोड ८८ लाख रुपैयाँ
छुट्टयाएको छ । गैर-संचालनबाट ४ लाख रुपैयाँ
घाटा परेको छ । खराब कर्जाबाट २ करोड ९६ लाख रुपैयाँ फिर्ता
भएको छ । असामान्य गतिविधिबाट १३ हजार रुपैयाँ
गुमाएको छ ।
बोनस
र कर पछी ९ करोड ७६ लाख ३१ हजार रुपैयाँ
खुद आम्दानी गरेको छ जुन अगिल्लो वर्ष भन्दा ५५ प्रतिशत
बढी हो ।
प्रमुख
सूचकहरु
जोखिम
भारित सम्पति १७.४ प्रतिशत,
खराब कर्जा २.०८
प्रतिशत, लागत मूल्य ६.०१ प्रतिशत, कर्जा
निक्षेप अनुपात ६९.१
प्रतिशत, आधार दर ९.३ प्रतिशत, औसत
ब्याजदर ५.५५ प्रतिशत,
प्रतिशेयर आम्दानी रु. ११.५२, प्रतिशेयर खुद
सम्पति ११८.५१, मूल्य आम्दानी अनुपात................र शेयरधनी कोष (इक्विटी) मा
प्रतिफल ९.७२ प्रतिशत
रहेको छ ।
सूचकहरुले
स्थिति सामान्य देखाएको छ । जोखिम बहन गर्नसक्ने सम्पति प्रशस्त छ । खराब कर्जा
घटेको छ । केन्द्रीय बैंकले ‘सुक्ष्म निगरानी’
सम्बन्धि निर्देशन जारी गरेको छ जस अनुसार असार मसान्तसम्ममा
नोक्सानी व्यवस्थाको लागि २
प्रतिशत व्यवस्था गर्नुपर्छ ।
निक्षेप-कर्जा
अनुपात तोकेको सिमामा रहेको छ । लागत मूल्य र आधार दर दुबै घटेको छ । व्याजदर
अन्तर भने बढेर गएको छ । आधार दर घट्दा पनि राम्रो आम्दानी गर्न सकेको छ । लागत
मूल्य घट्नु पनि आम्दानी बढ्नुको एउटा पक्ष रहेको छ । व्याजदर अन्तर बढेर जानु
राम्रो पक्ष हैन । यसको सिमा नतोकेकोले खासै समस्या नपरे पनि यो अधिक हुनु भनेको
लागत मुल्य बढ्नु हो । यसलाई ५% हाराहारीमा राख्न आवश्यक छ । शेयरधनी कोष (इक्विटी) मा
हुने प्रतिफल न्यून छ ।
ब्याज
बढे पनि शुल्क, कमिसन र बट्टाबाट हुने आम्दानी घटेको छ
। अन्य संचालन आम्दानी बढेको छ । विदेशी मुद्रा सटहीबाट नगन्य आम्दानी गरेको छ । गैर-संचालन
र असामान्य गतिविधिबाट गुमाएको छ । यसको पूर्ति अन्य आम्दानीबाट गर्नुपरेको छ । नोक्सानी
व्यवस्था अघिसम्म आम्दानी अधिक नै बढेको छ । नोक्सानी व्यवस्थामा अलि बढी राख्नु
परेकोले खुद आम्दानीमा प्रभाव परेको छ । नोक्सानी व्यवस्थाबाट फिर्ता आएको रकमले
खुद आम्दानी बढाउन मद्दत पुगेको छ ।
बैंकको
संचालन र कर्मचारी खर्च अधिक रहेको छ । गत वर्ष भन्दा केहि कम भएको देख्न सकिन्छ ।
बैंकले
गत वर्षको आम्दानीबाट १० प्रतिशतसम्म लाभांश दिनसक्छ । पूँजीको अनुपातमा निक्षेप कम छ । निक्षेप
बढाउने योजना ल्याउनु पर्ने देखिएको छ ।
बैंकको
पूँजी ८४ करोड ७२ लाख २६ हजार रुपैयाँ, जगेडामा
१५ करोड ६८ लाख ५६ हजार रुपैयाँ, निक्षेप
६ अरब ३३ करोड रुपैयाँ र लगानी तर्फ ५ अरब रुपैयाँ
रहेको छ ।
राष्ट्रियस्तरको
बैंक भएकोले केन्द्रीय बैंकको निर्देशन अनुसार आगामी २ वर्ष भित्र पूँजी बढाएर २
अरब ५० करोड रुपैयाँ पुरयाउनु
पर्ने वाध्यता थपिएको छ । बैंकले आफ्नै क्षमताले पूँजी बढाएर व्यापार बढाउन सक्ने
अवस्था छैन यस्तो अवस्थामा गाभिनुको बिकल्प देखिन्न ।
कर्मचारी र शेयर कारोबार
कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ? प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...
-
जोखिम बढेको तर्कमा सत्यता कति ? नेपालको शेयरबजारको पूँजीकरण ४० खर्ब रुपैयाँभन्दा बढी पुगेको छ र अझ बढ्दो क्रममा छ । नयाँ कम्पनी सूचीकरण हुने...
-
एकअर्काबीच अन्तरसम्बन्ध हुन्छ कि हुन्न ? शेयरबजारको पुँजीकरण र कुल ग्रार्हस्थ उत्पादन अर्थात ग्रस डोमेस्टिक प्रडक्ट (जीडीपी) बीच अन्तरसम्ब...
-
नेपालमा पनि विशेष प्रकृतिको अदालत आवश्यक भारतको प्रसिद्ध औद्योगिक एवम् व्यापारिक घराना टाटा समूह कानुनी विवादमा परेपछि सर्वोच्च अदालतसम्म पु...