Tuesday, August 18, 2020

शेयरबजारबाट हराएका कम्पनी


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्पादन तथा प्रशोधन समूहमा सूचीकृत श्रीराम सुगर मिल्स लिमिटेडको शेयर कारोबार अनिश्चितकालका लागि रोक्का भएको छ । कसैलाई पनि सम्बोधन नगरी अन्तिममा नेप्से, नेपाल धितोपत्र बोर्ड, विभिन्न सरकारी कार्यालय र व्यावसायिक संगठनलाई बोधार्थ दिएर २०७७ साउन ९ गते कम्पनीले जारी गरेको विज्ञप्ति जस्तो आलेखको सिरानमा श्रीराम सुगर मिल्स लि. लाई स्थायी रूपमा बन्द गरिने सम्बन्धमा अत्यन्त जरुरी सूचनाउल्लेख छ । नेप्सेले साउन १२ गते कम्पनीलाई अर्को निर्णय नभएसम्म धितोपत्रको दोस्रो बजार कारोबार स्थगन गरिएको पत्राचार गरेको छ । नेप्सेमा सूचीकृत कम्पनी यसरी बन्द हुने यो घोषणा पहिलो र अन्तिम दुवै होइन ।

मिल्स र कम्पनीको घोषणा

दुई दशकभन्दा पहिले प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेशनले स्थापना गरेको मिल्सले रौतहट र वरपरका जिल्लामा उखुखेती र स्थानीय स्तरमा रोजगारी प्रवर्द्धन गरेको थियो । दैनिक ३ हजार टन उखु पेल्न सक्ने र ४० किलोलिटर डिस्टिल्ड गर्न सक्ने क्षमता राख्थ्यो । भुक्तानीमा समस्या पर्दै गएपछि किसानले उखुखेती गर्न छाडेपछि कारखानालाई उखुको कमी हुँदै गयो । कम्पनीले चिनीका अतिरिक्त रेक्टिफाइड स्प्रिटएक्स्ट्रा न्युट्रल अल्कोहलसमेत उत्पादन गर्थ्याे । संस्थापक गोल्छा समूहले केही अंश शेयर विशाल ग्रूपलाई बेचेको थियो । कम्पनीमा अन्य संस्थागत र विदेशी लगानीसमेत रहेको इक्रा नेपालको रेटिङ (अगस्ट, २०१७) प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले प्रकाशित गरेको विज्ञप्तिमा मिल्स शुरूमा राम्रोसँग सञ्चालनमा आए पनि पछि घाटामा सञ्चालन हुन थालेको, सञ्चालकले करोडौं रुपैयाँ लगानी गरी टिकाइराख्न पहल गरेको, उखु किसानलाई भुक्तानी दिन नसकिएको, सञ्चालन घाटा बढ्दै गएर आर्थिक वर्ष २०७५/७६ सम्ममा सञ्चित घाटा २ अर्ब रुपैयाँभन्दा बढी पुगेको, कर्मचारीको तलब र सञ्चय कोष रकम भर्न नसकेको, मिल सञ्चालन गर्न अनुकूलता नभएसम्म स्थायी रूपमा सधैंका लागि बन्द गर्नुबाहेक अर्को विकल्प नभएको र मिल बन्द भएपश्चात् श्रमिक र कर्मचारीलाई भुक्तान गर्न बाँकी रहेको तलब भत्ता कम्पनीको नाममा रहेको चलअचल सम्पत्ति विक्री गरी भुक्तानी गरिनेउल्लेख गरेको छ । कम्पनीले श्रमिक तथा कर्मचारी र उखु किसानलाई प्राथमिकता दिई क्रमशः भुक्तानी गर्नका लागि चलअचल श्रीसम्पत्ति बेचबिखन गर्न सरकारसँग अनुमतिका लागि प्रक्रिया शुरू गरेकोउल्लेख गरेको छ । बाध्यात्मक परिस्थिति परेका कारण उद्योग सञ्चालन गर्न नै नसकेर बन्द गर्नु परेको हो भन्ने कुरा सबै सरोकारवालाले बुझिदिनु हुनेछविज्ञप्तिको अन्तिममा भनिएको छ ।

सन्दर्भ हकप्रदको चर्चा सूचनाको

धितोपत्र बोर्डको वेबसाइटअनुसार कम्पनीले २०५४ साल कात्तिक ७ गते ४ करोड ६५ लाख रुपैयाँ साधारण शेयर जारी गर्न स्वीकृति पाएको थियो । नेप्सेको वेबसाइटअनुसार कम्पनीको चुक्ता पूँजी ३० करोड ४५ लाख ९ हजार ९ सय रुपैयाँ छ । पछिल्लो समय फाट्टफुट्ट कम्पनीको शेयर कारोबार हुँदै आएको थियो । कम्पनीले २०७४ साल वैशाखमा ३ सय प्रतिशत हकप्रद शेयर निर्गमन गर्न बोर्डमा निवेदन दिएको थियो । बोर्डले २०७४ मङ्सिर ८ मा अद्यावधिक कागजात प्राप्त गरेपछि २०७४ चैत ८ गते अतिरिक्त कागजात प्राप्त गरेको छ । त्यसपछि बोर्डले वेबमा सधैं प्रारम्भिक पुनरवलोकन (अन्डर प्रिलिमिनरी रिभ्यु) को श्रेणीमा राखेको छ । कम्पनीले हकप्रदका लागि आधारभूत पक्ष कमजोर देखाउने इक्रा एनपी ग्रेड ५ रेटिङप्राप्त गरेको देखिन्छ ।

बोर्डमा हकप्रदका लागि आवेदन परेपछि निर्गमनको अनुमति दिने कि नदिने निर्णय बेलैमा गर्न किन सकेन भन्ने अर्को प्रश्न खडा भए पनि नेपालको शेयरबजार हकप्रदप्रेमी छ भन्ने बुझेरै बेलैमा निर्णय दिन नसकेको बुझ्न कठिन हुँदैन । हकप्रदले शेयरको भाउ बढाउँछ भन्ने आम बुझाइ छ । सिद्धान्ततः हकप्रदले शेयर मूल्यमा कमी आउनुपर्नेमा यहाँ उल्टो हुन्छ । अङ्कित मूल्य (१ सय रुपैयाँ) मा झरिसकेको शेयर मूल्य हकप्रदको लोभ र मोहमा ३ सय रुपैयाँभन्दा माथि पुगेको थियो ।

धितोपत्र दर्ता तथा निर्गमन (निष्कासन) नियमावली २०७३ को नियम २६ मा त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र अनुसूचीमा उल्लेख भएबमोजिमको विवरण बोर्डमा पेश गर्नुपर्ने र राष्ट्रियस्तरको पत्रिकामा समेत प्रकाशन गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, आर्थिक वर्ष समाप्त भएको मितिले ५ महीनाभित्र अनुसूचीमा व्यवस्था भएबमोजिमको वार्षिक प्रतिवेदन बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । नियम २६(६) मा बोर्डले जुनसुकै बेला सूचना जानकारी माग्न सक्ने अधिकार पनि सुरक्षित छ । कानूनबमोजिमको कार्य नहुँदा पनि बोर्डले कम्पनी (श्रीराम)को हकप्रद प्रस्तावलाई खारेज गर्न सकेन । कानूनबमोजिम प्रकाशित गर्नुपर्ने सूचना जानकारी सम्प्रेषण नहुँदा पनि बोर्डले कारबाहीको प्रक्रिया अघि बढाएन । उता नेप्सेले सूचीकरण विनियमावली २०७५ विनियम १६(१)(ख) अनुसार धितोपत्र कारोबार तथा मूल्यसँग सम्बद्ध संवेदनशील सूचना तथा जानकारी पेश नगरेमा सूचीकरण स्थगन गर्न सक्ने व्यवस्था पनि पालना भएको छैन । नेप्सेलाई ३ महीनासम्म सूचीकरण स्थगन गर्नसक्ने र बोर्डको सहमति लिएर अवधि थप गर्नसक्ने अधिकार छ ।

श्रीराम र अन्यको श्वेतपत्र

चिरञ्जीवी नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुँदा हराएका कम्पनी खोजी गर्ने भन्ने अभिव्यक्ति दिएका थिए । तर, उनी आपैm छोटो समयमा बोर्डबाट बाहिरिएर हराए । उनी पछिका दुई जना अध्यक्षले कार्यकाल पूरा गरेर बाहिरिएर तेस्रो अध्यक्ष आएको पनि १ वर्ष पुग्न लागेको छ । तेस्रो अध्यक्ष (चिरञ्जीवीपछि) को पालामा चिनी मिल (कम्पनी) हराउने पक्का भएको छ । नेप्सेले उत्पादन तथा प्रशोधन समूहमा अहिले पनि १९ ओटा कम्पनी सूचीकृत भनेर देखाइरहे पनि विराट (जुत्ता), अरूण (वनस्पति घ्यू), भृकुटी (कागज), ज्योति (धागो), रघुपति (जुट), हरिसिद्धि (इँट) जस्ता थुप्रै कम्पनी हराइसकेका छन् र अहिले ६ ओटा कम्पनीको मात्र अस्तित्व देखिन्छ । उत्पादन तथा प्रशोधन समूहबाट हराएका १३ ओटा कम्पनीको कारोबार भएको, त्रैमासिक रूपमा वित्तीय प्रतिवेदन निकालेको र साधारणसभा गरेको कहिल्यै देख्न र सुन्न पाइएको छैन । यी कम्पनी कुन अवस्थामा छन् खोजी गर्ने जिम्मा सूचीकरण गराउने नेप्से र सूचीकरणका लागि अनुमति दिने बोर्ड दुवैको हो । देशमा औद्योगिक वातावरण विकासका लागि नीतिगत व्यवस्था गर्ने सरकारको झन् ठूलो दायित्व हो । यस्ता कम्पनी हराउनुमा व्यावसायिक सुरक्षाको अभाव, कर नीति, मागमा कमी वा सञ्चालकको बदनियत के कारण थियो त्यसको बृहद् अध्ययन गरिनुपर्छ । कम्पनी धराशयी हुनै नसक्ने होइन तर त्यसमा अन्तर्निहित कारणको खोजी नियामक र सरकारले गर्नुपर्छ । कुनै पनि कम्पद्धनी एकाएक धराशयी हुनु व्यावसायिक सुरक्षा वा कर नीति मात्र कारण हुँदैन । कम्पनी धराशयी हुनुमा सञ्चालक र व्यवस्थापक पनि कारण हुन्छ । कम्पनीले प्रकाशित गरेको विज्ञप्तिमा कम्पनी नै खारेजीमा जान लागेको हो वा कम्पनीले सञ्चालन गरेको चिनी उद्योग मात्र बन्द गर्न लागिएको हो भन्ने विषयमा भने स्पष्ट पारिएको छैन । कम्पनी खारेजी र मिल बन्द अलगअलग कुरा हुन् । श्रीराम र हराएका अन्य कम्पनीको पनि यथार्थ स्थिति (सम्पत्ति र दायित्व) का बारेमा बोर्डले श्वेतपत्र जारी गर्न लगाउनु जरुरी छ ।

२० साउन २०७७, आर्थिक अभियान

सेबोनको नीति र कार्यक्रम बिरालो बाँध्ने परम्परा


नेपाल धितोपत्र बोर्डले वार्षिक नीति र कार्यक्रमको चौथो संस्करण सार्वजनिक गरेको छ । बोर्डले विगत ४ वर्षदेखि नीति र कार्यक्रम सार्वजनिक गर्न थाले पनि शेयरबजारको तालुकी अड्डाको नीति र कार्यक्रममा शेयर कारोबारी र लगानीकर्ता दुवैलाई खासै चासो हुँदैन । शेयरबजारको मुख्य तालुकी अड्डा भए पनि बोर्डले लिने नीति र कार्यक्रमले शेयरबजारलाई मार्गदर्शन गर्नुपर्नेमा त्यसो नहुँदा बोर्ड पनि झारा टाराईमै सीमित भएको देखिन्छ । श्राद्धमा बिरालो बाँध्ने भन्ने उक्तिझैँ यसपाला पनि बोर्डले नीति र कार्यक्रम सार्वजनिक गरेको छ ।

गतवर्षको समीक्षा

आर्थिक वर्ष २०७६/७७ मा बोर्डले ल्याएका (१) बुक बिल्डिङ प्रणालीलाई प्रयोगात्मक रूपमा कार्यान्वयनमा ल्याउने, (२) हकप्रद शेयरमा हकभन्दा बढी आवेदन गर्न पाइने, (३) राफसाफको समय घटाउने, (४) वास्तविक, जलविद्युत् क्षेत्रका कम्पनी तथा सामूहिक लगानी कोषका विवरण प्रवाहका लागि प्रतिवेदन ढाँचा तयार गर्ने, (५) संस्थापक शेयरको लक इन पिरियड (विक्री बन्देज अवधि) सम्बन्धमा सुधार गर्ने, (६) ऋणपत्रको दोस्रो बजारलाई स्वचालित रूपमा शीघ्र सञ्चालन गर्न सहजीकरण गर्ने, (७) दलालको कार्यक्षेत्र विस्तार गर्न ब्रोकर डिलरसिप र परामर्श सेवाको कार्य गर्न दिने व्यवस्था गर्ने जस्ता केही कार्यक्रम मुख्य रूपमा रहेका थिए । यी उल्लिखित कार्यमध्ये बुँदा १ र ६ आंशिक कार्यान्वयनमा आयो । ३ नं. को बुँदा हचुवामा आएको हुँदा यसको कार्यान्वयन हुन् अझ केही वर्ष लाग्ने सम्भावना छ । परिपत्रको भरमा हुने बुँदा नं. २ कम्पनी हितार्थनहुने हुँदा कार्यान्वयनमा आएन । ट्रस्ट (ट्रस्टी) ऐन र भित्री कारोबार नियन्त्रण नियमावलीको मस्यौदासम्म बनेन । अन्य कार्यक्रम कार्यान्वयनमा आउनै नसक्ने खालका थिएनन् । तर, तीनमहीने स्थानहद भनेर पन्छिन सजिलो बनेको छ । गतवर्षको कार्यक्रममा परेको खुलामुखी सामूहिक कोष सञ्चालनमा आएको छ । केही नियमावली संशोधन गरी लागू गरे पनि खास उल्लेखनीय छैनन् । सामूहिक लगानी कोषसम्बन्धी नियमावलीले कोष सञ्चालन शुल्कमा कमी ल्याएको पक्षलाई भने सकारात्मक मान्नुपर्छ । तर, अझै पनि योजना व्यवस्थापकले लिन पाउने शुल्क अधिक हुँदा कटौती गर्नु आवश्यक छ ।

वर्ष २०७७/७८ का सपना

गतवर्षका कार्यान्वयन गर्न सकिने कार्यक्रमसमेत दराजको कुनामा थन्केको बेला फेरि नयाँ सपना (कार्यक्रम) को अर्को संस्करण आएको छ । बोर्डको आगामी सपनामा (१) कारोबार प्रणालीलाई बैंक तथा डिम्याट खातासँग आबद्ध गर्ने, (२) राफसाफ तथा फछ्र्योट प्रणाली टी प्लस २ मा हुने र ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)लाई प्रभावकारी बनाउने, (३) केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने, (४) धितोपत्र व्यापारी (स्टक डिलर)लाई अनुमति दिने, (५) विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न अनुमति दिने, (६) दलाल कम्पनीको आधिकारिक प्रतिनिधिको व्यवस्था गर्ने, (७) साना तथा मझौला कम्पनीहरूलाई छुट्टै कारोबार स्थल (एसएमई प्लेटफर्म) बनाउने र अन्य कम्पनीको कारोबारका लागि मुख्य थलो (मेन बोर्ड) को व्यवस्था गर्ने, (८) ट्रस्ट (ट्रस्टी) ऐनको मस्यौदा गर्ने, (९) नेपाल धितोपत्र तथा विनिमय बोर्ड ऐन र धितोपत्र कारोबार तथा धितोपत्र व्यवसायीहरूको नियमनलाई प्रभावकारी बनाउन धितोपत्र कारोबारसम्बन्धी ऐनको मस्यौदा गर्ने, (१०) भित्री कारोबार बन्देज नियमावली कार्यान्वयनमा ल्याउने, (११) सार्वजनिक निर्गमनमा बुक बिल्डिङ प्रणाली लागू गर्ने, (१२) सूचीकृत कम्पनी मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गर्ने, (१३) गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा प्रवेश गराउन आवश्यक कार्यविधि तर्जुमा गर्ने र (१४) सूचनाप्रविधि नीति लागू गर्न आवश्यक निर्देशिका बनाउनेजस्ता विषय परेका छन् ।

त्यस्तै, जलविद्युत् कम्पनीको अनुमति अवधि सकिएपछि सम्बद्ध कम्पनी तथा शेयरधनीको अवस्थाका सम्बन्धमा अध्ययन गर्ने, इन्डेक्स फन्ड तथा इक्विटी डेरिभेटिभ्स औजार जारी गर्न सक्ने व्यवस्था मिलाउने, नेप्से परिसूचक र सोको गणना विधिलाई समयसापेक्ष बनाउने सम्बन्धमा अध्ययन गर्ने, म्युनिसिपल बन्ड, सर्ट सेलिङजस्ता विषयहरूमा अध्ययन गर्ने, धितोपत्रको फ्युचर्स बजार र वित्तीय शिक्षा प्रशिक्षण संस्था स्थापना सम्बन्धमा अध्ययन गरी आवश्यक कार्य अगाडि बढाउने भएको छ ।

सधैं र सबैजसो नीतिगत दस्तावेजको गायत्री मन्त्रबनेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विदेशी रणनीतिक साझेदार भित्र्याई संरचनात्मक सुधार गरी धितोपत्रको दोस्रो बजार कारोबार प्रणालीलाई सुदृढ गर्ने विषय छुटेको छैन । प्राइभेट इक्विटी फन्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न अनुमति दिने, धितोपत्र बजारमा हुने ग्राहक परिचय विवरणको प्रभावकारी व्यवस्थापनका लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडमार्फत एकीकृत ग्राहक परिचय विवरण व्यवस्थापनको व्यवस्था मिलाउने जस्ता महत्त्वाकांक्षी कार्यक्रम पनि परेको छ ।

छुटेका कार्यक्रम र कार्यान्वयन

सरकारले धितोपत्र बजारका अङ्गलाई वित्तीय संस्थासरह आयकर लिइरहेको देख्दादेख्दै पनि वित्तीय संस्थाको माउ थलो (केन्द्रीय बैंक)मा विशिष्ट श्रेणीसम्म पुगेका बोर्ड अध्यक्षले आफू (बोर्ड) र आफ्नो मातहतका संस्थालाई वित्तीय संस्थाको मान्यता दिलाउने किसिमको कार्यक्रम नपार्नु दुःखद हो । नेपाल राष्ट्र बैंकले आफ्नो प्रयोजनका लागि पूँजीबजारका निकायलाई वित्तीय संस्थाको मान्यता दिएको बाहेक राष्ट्रको तर्पmबाट अहिलेसम्म वित्तीय संस्थाको मान्यता पाएको छैन । त्यस्तै, दलालको आधिकारिक प्रतिनिधिसँगै वर्गीकरणको नीति पनि आउन सकेन । साधारणसभाको बुक क्लोज गोरुभन्दा गाडा अगाडिहुँदा पनि यसलाई सुधार गर्ने कुरा आएन । हकप्रदसम्बन्धी कानून छरपस्ट भएको हुँदा छुट्टै कानून निर्माण हुने आशा पनि पूरा हुने सङ्केत देखिएन । विशिष्टीकृत नियमनभन्दा बाहिर रहेका कम्पनीले साधारणसभा गर्न बोर्डबाट स्वीकृति लिनुपर्ने र बोनस शेयर जारी गर्दा औचित्य पुष्टि हुने कागजात पेश गर्न लगाउने कुरा पनि आएन ।

प्रस्तावित कार्यक्रम कार्यान्वयनको पाटोबाट हेर्दा कार्यान्वयन हुनै नसक्ने कुनै पनि देखिँदैन । नेप्सेमा रणनीतिक साझेदार ल्याउने कुरामा सदाझैं संशय छ । यसका लागि पहिलो बाधक धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन मुख्य विषय बन्छ । यसको संशोधन गरिने कुरा नआएकाले रणनीतिक साझेदार ल्याउन अवरोध कायम रहन्छ । यो पहिरो नहटाएसम्म साझेदारको गाडीअगाडि बढ्न सक्दैन । एसएमई प्लेटफर्ममेन बोर्डको व्यवस्थालाई कार्यान्वयन गर्न सकेमा उपलब्धि हुनेछ । गतवर्ष उल्लेख भएको राफसाफको समय घटाउने विषय यसपटक पनि परेको छ । राफसाफ गर्दा बंगलादेशले अभ्यास गरेको टी प्लस ३ र टी प्लस ९ दुईओटा विधिलाई आधार मानी नेप्सेको वर्गीकरणअनुसार टी प्लस २ देखि टी प्लस ७ सम्म गर्न सकिन्छ । मूल्य संवेदनशील सूचना प्रवाहलाई प्रभावकारी बनाउने भनिएको वर्षौं बितिसक्यो । आजसम्म पनि यस विषयमा कुनै उन्नति प्रगति भएको छैन । गाभ्ने र गाभिने कम्पनीले विशेष साधारणसभाको सूचनामा शेयर आदानप्रदान अनुपात कति हो भन्नेसम्म खुलाउन लगाउन एउटा परिपत्र पर्याप्त हुने कार्यसमेत नगरेको बोर्डले अरू केके गर्न सक्ला ? यस्तै, कुरा हरेको वर्ष लेख्न पाइएको छ, शायद यसैमा गर्व गर्ने त होला नि पुराना सपना’ (नीति र कार्यक्रम) दराजमा थन्किएको बेला अर्को सपनाराख्न दराजमा ठाउँ खोज्नुपर्ने नभए राम्रो हुन्थ्यो भन्ने कामना गर्नुबाहेक अर्को विकल्प छैन ।

१३ साउन २०७७, आर्थिक अभियान

मौद्रिक नीतिपछिको शेयरबजार


नेपाल राष्ट्र बैंक सेवाको कार्यकारी निर्देशकसम्म पुगेर सोही बैंकका डेपुटी गभर्नर भइसकेका महाप्रसाद अधिकारीले विषम परिस्थिति (कोरोना त्रासदीले लागेको ३ महीने स्थानहद) मा बनाएको मौद्रिक नीति सार्वजनिक भएको छ । आर्थिक वर्ष सकिनु १ महीनाअघि अर्थात् असार १ गतेबाट स्थानहद खुकुलो भएपछि व्यावसायिक गतिविधिमा सामान्यीकरण आउन लागेका बेला मौद्रिक नीति आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा डेपुटी गभर्नर रहेका अधिकारी अहिले गभर्नर बनेका हुन् । विधिवत् रूपमा मौद्रिक नीति अधिकारीले बनाएको भए पनि तथ्यगत रूपमा डा. खतिवडाकै नीति भन्न सकिन्छ ।

मौद्रिक नीतिमा शेयरबजार

सामान्यतया मौद्रिक नीतिले शेयरबजारलाई मात्र प्रत्यक्ष प्रभाव नपारी समग्रतामा प्रभाव पार्ने हो । मौद्रिक नीतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटले परिलक्षित गरेको लक्ष्य प्राप्त गर्न मुद्रा आपूर्तिलाई सहज बनाई आर्थिक वृद्धि गर्छ । तर, नेपालको शेयरबजारलाई मौद्रिक नीतिले सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्ने गर्छ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन (४ साउन) को कारोबार ८ मिनेटमै सर्किट ब्रेक लागेर दिनभर रोक्का भयो । त्यस्तै, दोस्रो दिन (५ साउन) मा बजार खुलेको १ मिनेट पूरा नभई कारोबार रोकियो । त्यसपछि खुलेको बजार पनि १ मिनेट कारोबार नभई पुनः रोकियो । दुईपटक कारोबार रोकिएर फेरि खुल्दा १ मिनेट पनि कारोबार नहोला कि भन्ने संशयबीच खुलेको बजार पूरै समय निरन्तर चल्यो । मौद्रिक नीतिमा (१) शेयर धितो राखी प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा सुरक्षण मूल्य अनुपात ६५ प्रतिशतबाट बढाई सम्बद्ध वित्तीय संस्थाले मूल्यांकन गरी ७० प्रतिशतसम्म दिनसक्ने, (२) शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाका लागि शेयरको मूल्यांकन गर्दा विद्यमान १ सय २० दिनको औसत वा प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैका आधारमा गर्नुपर्ने र (३) बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०७६/७७ को खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश वितरण गर्न पाउने भन्ने यी तीनओटा व्यवस्था मुख्य कारण रहेको अनुमान गर्न सकिन्छ । लाभांश वितरण (नगद) मा रोक लाग्ने कुरो आउँदा शेयरबजार तीव्र वृद्धि हुने सम्भवतः नेपाल नै एकमात्र देश हुनसक्छ ।

उल्लिखित तीनओटा कारणमध्ये तेस्रो कारण बलियो रहनुमा कुल चुक्ता पूँजीको ५ प्रतिशतभन्दा कम खुद वितरणयोग्य नाफा भएका बैंक तथा वित्तीय संस्थाले नगद लाभांश वितरण गर्न नपाउने हुँदा लगभग सबैले बोनस शेयर जारी गर्नसक्ने अनुमान कारोबारीहरूले गरेका हुन सक्छन् । अधिकांश बैंकका पूँजी चरम सीमामा पुगिसकेका बेला अधिक मात्रामा पूँजी वृद्धि (बोनस जारी) गर्लान् भन्ने अनुमान गर्न सकिँदैन । केन्द्रीय बैंकले नगद लाभांश बाँड्न रोक होइन, सीमा लगाएको हो । वितरणयोग्य नाफाबाट तोकिएको नगद मात्र वा केही बोनससमेत गरी मिश्रित लाभांश जारी हुनसक्ने सम्भावनालाई उपेक्षा गरिनु हुँदैन । यस्ता कुरालाई निरपेक्ष होइन, सापेक्ष ढंगले अध्ययन गर्नुपर्छ । नेपालको शेयरबजारमा हकप्रद र बोनस शेयरका लागि मात्र लगानी वा कारोबार हुने गरेकाले यस्तै हल्ला, अफवाह र अनुमानले शेयरबजार चल्ने गर्दा बजार स्वस्थ हिसाबले चल्न सकेको छैन ।

गाभ्ने गाभिने सम्बन्धमा

शेयरबजारसँगै जोडिएर आउने बैंकको संख्या घटाउने अर्थात् गाभ्ने कार्यले यसपटक पनि थप सुविधासहित निरन्तरता पाएको छ । २०७८ असारसम्ममा वाणिज्य बैंक गाभिएर संयुक्त कारोबार गरेमा सो मितिबाट २०७९ असारसम्मका लागि (१) अनिवार्य नगद अनुपातमा शून्य दशमलव ५ प्रतिशत र वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छूट दिइने, (२) तोकिएको संस्थागत मुद्दती निक्षेप संकलन सीमामा १० प्रतिशत विन्दुले थप गरिने, (३) तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत विन्दुले थप गरिनेजस्ता थप सहुलियत दिएको छ । एउटै व्यक्ति वा समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवम् व्यावसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाहरू र व्यावसायिक सम्बन्ध स्थापित भएका बैंक तथा वित्तीय संस्थाहरूलाई एकआपसमा गाभ्न र गाभिने व्यवस्था मिलाइने विशेष व्यवस्था पनि गरेको छ । त्यस्तै, लघुवित्तको पूँजीको आधार सुदृढ तुल्याउन गाभ्ने तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहित गरिने व्यवस्था गरिएको छ । सबै बैंक वित्तीय संस्थालाई २०७८ असारसम्मका लागि पूँजी निक्षेप तथा कर्जा (सीसीडी) अनुपात ८५ प्रतिशत बनाइने, काउन्टर साइक्लिक बफर हाल स्थगन, बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको सुन निक्षेपका रूपमा स्वीकार गर्न सक्ने व्यवस्थाको कार्यान्वयन गर्न सुनको शुद्धता मापन गर्नेलगायत व्यवस्थाका लागि सम्बद्ध निकायहरूसँग समन्वय गरिने, रेटिङ तथा पूर्वाधार निर्माणसँग सम्बद्ध परियोजनामा प्रवाहित कर्जाका लागि विद्यमान कर्जा नोक्सानी तथा जोखिम भार निर्धारणसम्बन्धी व्यवस्था लचिलो बनाई विद्यमान पूँजीकोष पर्याप्ततासम्बन्धी व्यवस्थालाई थप परिष्कृत बनाउनेछ ।

अन्य महत्वपूर्ण पक्ष

बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण र पुनर्कर्जाको विवरण वेशसाइटमार्पmत त्रैमासिक रूपमा सार्वजनिक गर्नुपर्ने, इजाजतको प्रक्रियामा रहेका लघुवित्तको इजाजत प्रक्रिया रद्द गरी इजाजत दिने कार्य स्थगन, लघुवित्तले ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत कायम गरिने, लघुवित्त संस्थाको आधार दर गणनाविधि तय गरी ब्याजदर निर्धारणलाई थप व्यवस्थित बनाइने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग लिने सेवा शुल्कहरूलाई थप व्यवस्थित एवम् पारदर्शी बनाउन वाणिज्य बैंक, विकास वैंक, वित्त कम्पनी र लघुवित्तले कर्जा स्वीकृति गर्दा क्रमशः अधिकतम शून्य दशमलव ७५, , १ दशमलव २५ र १ दशमलव ५० प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था गरिने तथा बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वमा गर्ने खर्चसम्बन्धी नीतिगत व्यवस्था पुनरवलोकन गरिनेजस्ता व्यवस्था परेका छन् ।

केही असन्दर्भ

कोरोना त्रासदीले ल्याएको विषम परिस्थितिमा आएको मौद्रिक नीतिले केही असन्दर्भलाई पुनः निरन्तरता र थप गरेको छ । ऐच्छिक बनाइनुपर्ने ऋणपत्र बैंकलाई चुक्ता पूँजीको २५ प्रतिशत जारी गर्नुपर्ने अवधि २०७९ असारमसान्तसम्म थप गर्नु एउटा असन्दर्भ हो । स्वपूँजीबाहेक ऋण पूँजी उपयोग गर्न नीतिगत व्यवस्था हुँदाहुँदै तोकेरै यति ऋण लेऊ भन्नुलाई त्यति सान्दर्भिक मान्न सकिँदैन । यसको बदलामा निश्चित वर्षमा निश्चित प्रतिशतका दरले साधारण शेयरमा रूपान्तरण हुने परिवत्र्य अग्राधिकार शेयर जारी गर्न प्रोत्साहन गर्न सकिन्थ्यो ।

लाभांश (बोनस वा नगद) कति बाँड्ने भन्ने विषयमा केन्द्रीय बैंकको नीतिगत हस्तक्षेप पनि असन्दर्भ नै भन्नुपर्ने हुन्छ । यसको बदलामा पूँजीकोष बढाउन लगाएको भए त्यसलाई उचित सम्बोधन भन्न सकिन्थ्यो । बैंकलाई गाभिन प्रोत्साहन दिइरहेको अवस्थामा घुमाउरो पाराले पूँजी वृद्धि (बोनस शेयर जारी) गर भन्नुलाई पटक्कै सान्दर्भिक कदम मान्न सकिँदैन । अर्को असन्दर्भका रूपमा बैंक गाभ्ने विषय हरेक वर्षको नीतिमा गरिन्छ तर यसको गुणात्मक पक्ष हेरिएको छैन । अहिले गाभिएको बैंक हेर्दा संख्या घट्नेबाहेक गुणात्मक रूपमा केही भएको देखिएको छैन । बैंक गाभिँदा दुई वा दुईभन्दा बढी ठाउँ (नाम) मा रहेको पूँजी एउटा नाममा गएको बाहेक अरू केही भएको देखिँदैन । बैंक गाभ्ने विषय यथार्थपरक बनाउन नसकिएको अवस्थामा थप सुविधासहितको नीति खासै प्रभावकारी हुनसक्ला भन्ने अनुमान गर्न सकिँदैन ।

 ६ साउन २०७७, आर्थिक अभियान दैनिक

पूँजीबजार सम्बन्धी संसदीय प्रतिवेदन


वाणिज्य बैंक (बैंकका सहायक कम्पनी) लाई धितोपत्र दलाल अनुमतिपत्र दिने माग उठे पनि दिनुपर्ने तात्त्विक कारण माग्नेलाई पनि थाहा छैन । शेयरबजारमा सूचीकृत कम्पनीको पूँजीकरणलाई आधार मान्ने हो भने नेपालमा सूचीकृत कम्पनी (बैंक) लाई कहिले पनि दलाल अनुमतिपत्र दिन सकिँदैन । व्यवसाय विशिष्टीकरणको सिद्धान्तले झन् दिनै मिल्दैन । दलाल व्यवसाय अनुमति प्रणालीबाट सञ्चालन हुने पूँजीबजारको प्राथमिक अंग हो । बजार सञ्चालक (स्टक एक्सचेन्ज) ले आवश्यकता र एक्सचेन्जको क्षमताअनुसार विभिन्न चरणका परीक्षा लिएर चाहिएको भन्दा २५ प्रतिशत बढी संख्यामा सिफारिश गर्छ र पूँजीबजारको सर्वोच्च निकाय नेपाल धितोपत्र बोर्ड (नेपालको सन्दर्भमा) ले अनुमतिपत्र दिन्छ र बोर्डकै नियमनमा रहेर वित्तीय मध्यस्थताको कार्य गर्छ । बोर्डको आफ्नै अंग (दलाल) लाई बोर्डले नै बेलाबेलामा मानमर्दन गर्ने कार्य नै नेपालमा दलालको व्यावसायिक र शेयरबजार विकासको मूल बाधक हो ।

समिति गठन र प्रतिवेदन

दलालको विषयमा खासगरी बोर्डका अघिल्ला अध्यक्ष बढी पूर्वाग्रहयुक्त देखिए । उनले पूर्वाग्रह राख्दै विद्यमान दलाल (अप्रत्यक्ष रूपमा आफ्नै) मानमर्दन गर्दै बैंकलाई दलाली दिने कुरा बारम्बार बोलिरहे । दलालसम्बन्धी छुट्टै कानून, आचारसंहिता र व्यावसायिक मर्यादा आदि सबै कुरा भएको अवस्थामा त्यसको व्यावसायिक विकास गर्दै अनुगमन र नियमन गर्ने जिम्मा बोर्डकै हातमा छ । तर, उनले दलालको नाममा समग्र पूँजीबजारकै मानमर्दन गरे । यति हुँदाहुँदै पनि कार्यकालको
उत्तरार्द्धमामा आफ्नो सोचले दलाली दिने कार्यक्रम नआएको खुलासा गरेर प्रमाण कानूनको भाषामा मृत्युकालीन घोषणागरे । संसद् (अर्थ समिति) मा दलाल (वास्तवमा आफै) लाई अक्षम, अपारदर्शी र सुशासन नभएको भनेर आरोप लगाए । दलालको प्रतिप्रश्न पछि हच्किएजस्तो गरे पनि बजार सञ्चालक अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई अविलम्ब बैंकलाई दलाल सिफारिश गर्न निर्देशन दिए । बोर्डको यस्तो निर्देशन आएपछि नेप्सेले पनि रातारात तदर्थ पाराको कार्यविधि तयार गरी आवेदन माग गर्‍यो । बैंकले बैंकासुरेन्सको नाममा जीवन बीमालेख बेच्न पाउने नीतिगत व्यवस्था केन्द्रीय बैंकले खारेज गरेपछि बैंकलाई दलाली गर्न दिनु बीमालेख बेच्न दिनुभन्दा घातक हुने आम निष्कर्ष आएपछि संसद् (अर्थ समिति) ले २९ साउन २०७६ मा पूँजी र मुद्रा बजारसम्बन्धी अध्ययन उपसमितिगठन गरेको थियो । उपसमितिले दिएको प्रतिवेदन संशोधनसहित पारित पनि भइसकेको छ ।

सरोकारवालासँगको छलफल तथा भारत, बंगलादेश र श्रीलंकाको स्थलगत अवलोकन भ्रमण गरी तयार प्रतिवेदनको सिफारिश खण्डमा (१) बोर्डको संस्थागत तथा नियमन क्षमता सबलीकरण, (२) नेप्सेको संरचनागत सुधार, (३) पूर्वाधारयुक्त क्लियरिङ कम्पनी, (४) धितोपत्र कारोबारलाई पूर्णरूपमा विद्युतीय प्रणालीमा आबद्ध गरी स्वचालित बनाउने, (५) दलालको क्षमता विस्तार, (६) बैंकलाई दलाली, (७) पूँजीबजारको औजार विविधीकरण, (८) ऋणपत्रको बजार विस्तार, (९) धितोपत्रको जनचेतना र (१०) अन्य गरी विभिन्न सुझाव समेटिएका छन् ।

पहुँचका कुरा

प्रतिवेदनमा बैंकलाई दलाल अनुमति दिँदा सबै स्थानीय तहमा पूँजीबजारको पहुँच पुगी लगानी प्रवर्द्धन हुने, पूँजी बजारसम्बन्धी साक्षरता विकास हुने र माग सृजना भई सकारात्मक प्रभाव पार्नेकुरालाई बढी जोड दिएको देखिन्छ । प्रतिवेदनले भनेको स्थानीय तह विशुद्ध गाउँ हो । लगानी प्रवर्द्धनहुने भन्ने वाक्य सुन्दा जति मीठो हुन्छ, त्यसको वास्तविक कार्यान्वयन भएमा सबैभन्दा ठूलो विष हुनेछ । गाउँमा शेयरबजार होइन, उद्यमशीलता पुर्‍याउने हो । शेयरबजार जोखिम लिन सक्नेका लागि मात्र हो । शेयर लगानीमा समेत लाभ सुनिश्चितहुँदैन भने शेयरबजारमा सुनिश्चित लाभ छ वा हुन्छभन्नु बहुलट्टी विज्ञताहो । शेयरबजारमा आउने ९० प्रतिशत गुमाएर जान्छन् भने १० प्रतिशतले मात्र कमाउँछन्, यो तीतो यथार्थ हो । सन् २०१०/११ मा बंगलादेशले गाउँगाउँमा शेयरबजार पु
¥याउन खोज्दा १ वर्षको अवधिमा झन्डै १० लाख व्यक्तिले शेयरबजारबाट पैत्रिक सम्पत्तिसमेत गुमाएको नमीठा पीडालाई बिर्सनु हुँदैन । चाइनाजस्तो आर्थिक क्षेत्रमा तीव्र प्रगति गरेको देशमा पनि सन् २०१५/१६ मा शेयरबजारमा लगानी गर्ने लाखौं चिनियाँले आफ्नो जीवनभरको कमाइ गुमाएका थिए । शेयर कारोबारको पहुँच कतिसम्ममा पु¥याउने भन्ने सन्दर्भमा संसारको दोस्रो ठूलो जनसंख्या भएको देश भारतलाई हेर्न सकिन्छ । त्यहाँ शेयर करोबारीको संख्या २ प्रतिशत पनि छैन । शेयरबजारबाट बसिबसी लाभ हुने भए संसारकै १० र ११ नम्बरमा पर्ने बम्बे र नेशनल स्टक एक्सचेन्ज रहेको मुम्बई शहरमा भिख माग्ने मान्छे रातारात धनी भइसक्ने थिए । जसजसले गाउँमा शेयरबजार पुगेन पुर्‍याउनुपर्‍यो भनेका छन् तिनको अभीष्टता भनेको म धनी हुनका लागि तिमी (गाउँले र शेयरबजार नबुझेका)लाई लोभको ललिपप देखाएर लुट्ने दाउमात्र हो ।

११ प्रश्नको उत्तर

प्रतिवेदनको सिफारिश खण्डमा बैंकलाई दलाली दिनुअघि निक्र्योल गर्न उठाएका ११ ओटा प्रश्नमध्ये केही महत्त्वपूर्ण प्रश्नको संक्षिप्त उत्तर दिने प्रयास गरिएको छ ।

१.    सहायक र मुख्य कम्पनी : सहायक कम्पनी मुख्य कम्पनीको पूर्ण नियन्त्रणमा हुन्छ र सञ्चालक तथा व्यवस्थापक मुख्य कम्पनीले नियुक्त गर्छ । मुख्य कम्पनीको नियन्त्रणमा सहायक कम्पनी हुने हुँदा सूचना चुहिँदैन भन्ने सुनिश्चित गर्न सकिँदैन । स्मरण रहोस्, यहाँ उल्लिखित सहायक कम्पनीले मुख्य कम्पनीको शेयर विक्री गर्ने दलाल व्यवसाय प्रधान तत्त्व छ ।

२.    भित्री कारोबार नियन्त्रण : अहिले पनि भित्री कारोबार नियन्त्रण हुनसकेको छैन । सूचीकृत कम्पनीले नै दलाली गर्न थालेपछि यसको स्वरूप र आकार आकलन गर्नै सकिँदैन । धितोपत्रसम्बन्धी ऐन २०६३ मा भएको व्यवस्था अपर्याप्त होइन, कार्यान्वयन गर्ने मनसाय मात्र अपर्याप्त हो । अहिले त यस्ता गतिविधिलाई हेर्न पनि नसक्ने बोर्डले सूचीकृत कम्पनी आफैले आफ्नो शेयर दलाली पनि गर्न पाएपछि हेर्न सक्ला भन्ने आशा गर्नु बेकार छ ।

३.    क्षेत्रगत अंश : प्रतिवेदनमा नै बंगलादेश र श्रीलंकामा बराबर २६ प्रतिशत र भारतमा २३ प्रतिशत वित्तीय क्षेत्रको उपस्थिति रहेको उल्लेख भएको हुँदा यो प्रश्नको थप उत्तर खोज्नुपर्ने आवश्यकता देखिँदैन । नेपालमा ७५ प्रतिशतभन्दा बढी उपस्थिति वित्तीय क्षेत्रको छ । यो अंश २० प्रतिशतभन्दा कम हुनुपर्ने हुन्छ ।

४.    कसको शाखा : शेयर कारोबार देशभर पुर्‍याउने भन्नु नै असान्दर्भिक विषय हुँदा कुन शाखाले गर्ने वा नगर्ने कुनै प्रश्न होइन । बैंकिङ सेवा नै देशभर पुर्‍याउन वा सबै नागरिकमा पुग्ने स्थिति रहँदैन भने दलाली सेवा पुर्‍याउने भन्ने नै कुतर्क हुन्छ । उदाहरणका लागि देशभर शेयर कारोबार पुर्‍याउने २०१०/११ बंगलादेशको घटना काफी छ । दलाल अनुमति दिएमा बैंकका शाखाशाखाले निक्षेपकर्ता र ऋणीलाई शेयर किन्न बाध्य पार्ने कुरामा शंकै गर्नु पर्दैन । ऋणीलाई जबर्जस्ती जीवन बीमालेख किन्न बाध्य पारेको घटना यहाँ स्मरणीय छ ।

अर्थ समितिले बोर्ड र नेप्सेमा आबद्धलाई प्राथमिक शेयरमा आवेदन गर्नै नदिने कुरा मौलिक हकविपरीत र यति समयभित्र पूँजी बढाऊ भन्ने सिफारिशलाई विधायिकी हस्तक्षेप भन्नुपर्ने हुन्छ । प्रतिवेदनमा अन्य केही सान्दर्भिक सुझाव पनि परेका छन् । नेप्सेको संरचनागत सुधारको कुरा आए पनि धितोपत्र बजार सञ्चालन नियमावली २०६४ नियम १२(३) को विषयमा केही नबोलिनुले दिनका लागि दिएकोसुझावसरह हो ।

३० असार २०७७, आर्थिक अभियान


धितोपत्र बोर्डको आगामी वर्षको नीति तथा कार्यक्रम


नेपाल धितोपत्र बोर्डले वार्षिक नीति तथा कार्यक्रम साझेदार र अन्य अध्येताका लागि सार्वजनिक गर्ने थालेको केही वर्ष बितेको छ । यसै क्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक नीति तथा कार्यक्रम तयार पार्न साझेदार र विषयविज्ञसँग सल्लाहसमेत लिएको छ । तर, दुर्भाग्यका रूपमा बोर्डले घोषणा गरेका कार्यक्रम कार्यान्वयनमा भने विरलै जान्छ र हरेक वर्षजस्तो उही कार्यक्रम दोहोरिरहेको हुन्छ । गतवर्ष र त्योभन्दा पहिलेदेखि परिलक्षित गरिएका कार्यक्रमको प्रगतिको पाटो भने लगभग शून्यको अवस्थामा रहेको छ भन्दा अत्युक्ति हुँदैन ।

आगामी वर्षका विषयवस्तु

नेपालमा समग्र देशीय अर्थव्यवस्थालाई प्रभाव पार्ने सरकारको नीति तथा कार्यक्रम, बजेट र क्षेत्रगत निकायको नीति तथा कार्यक्रम प्रायशः जहिले पनि ओझेलमा परेको देखिन्छ । योभन्दा बढी ध्यान केन्द्रीय बैंकको मौद्रिक नीतिमा केन्द्रित हुन्छ । शेयरबजारको हकमा पनि यो हुबहु लागू हुन्छ । तालुकी अड्डा (बोर्ड) ले आगामी वर्षका लागि कस्तो कार्यक्रम ल्याउला भन्ने खासै चासो शेयरबजारमा देखिँदैन । शेयरबजारको तालुकी अड्डा र सरकारको समेत पूँजीबजार सल्लाहकार भएको नाताले बोर्डको नीति र कार्यक्रम मह
Œवपूर्ण हुन्छ । तर, बोर्ड पनि नीतिगत र कार्यगत सुधारका पाटामा दत्तचित्त नभई केन्द्रीय बैंकतिर आँखा लगाएर बसे जस्तो देखिन्छ । बोर्डले नीति तथा कार्यक्रमलाई नियमित र विकासात्मक गरी २ भागमा बाँड्ने गरे पनि नियमित कार्य पनि गर्न सकेको देखिँदैन भने विकासात्मकको त कुरै छाडौं । गतवर्षको कार्यक्रममा परेको हकभन्दा बढी हकप्रद आवेदन गर्न पाइने कुरो शब्दमा सीमित भएको छ र सम्भवतः यसपटक पनि यो कार्यक्रमले स्थान पाउनेछ । यस्ता झीनामसिना विषय कार्यान्वयन गर्न नीतिमा उल्लेख नगरी प्रशासकीय निर्णयद्वारा नै सम्पन्न गर्न सकिन्छ । यस्तै अनिश्चयबीच बोर्डले आगामी वर्षका लागि नीति तथा कार्यक्रम लेखन (पुनर्लेखन) गर्दै गरेको सन्दर्भमा निम्न कार्यक्रम समावेश र कार्यान्वयनसमेत हुन जरुरी छ :

१. नाम परिवर्तन : बोर्डको नाम काम सुहाउँदो नभएकाले यसको नाम परिवर्तन गरी धितोपत्र तथा विनिमय प्राधिकरण वा आयोगराख्नुपर्छ । निष्कासनशब्दको शाब्दिक अर्थ धितोपत्रसँग मेल नखाने हुँदा धितोपत्रसम्बन्धी विभिन्न कानूनमा रहेको उक्त शब्दलाई मेल खाने निर्गमनशब्दले प्रतिस्थापन गर्नुपर्छ ।

२. वित्तीय संस्थाको मान्यता : नेपाल राष्ट्र बैंकले आफ्नो प्रयोजनका लागि पूँजीबजारका निकायलाई वित्तीय संस्थाको मान्यता दिएको बाहेक राष्ट्रका तर्फबाट अहिलेसम्म वित्तीय संस्थाको मान्यता पाएको छैन । आफू र आफू मातहतका निकायलाई वित्तीय संस्थाको मान्यता दिलाउने कार्य बोर्डको भएकाले यथाशीघ्र मान्यता दिलाउनुपर्छ ।

३. नेप्से र केन्द्रीय निक्षपकको पुनःसंरचना : नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सरकारी कम्पनीबाट मुक्त हुनेगरी यसको पुनःसंरचना गर्न धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १२(३) ले बाधा पुर्‍याएको छ । यस्ता बाधा पुर्‍याउने नियम रहेसम्म नेप्सेको पुनःसंरचना एकादेशको कथा हुन्छ । यसलाई आगामी आर्थिक वर्षभित्रै संशोधन गरी नेप्सेको वास्तविक पुनःसंरचना हुनुपर्छ । त्यस्तै, केन्द्रीय निक्षेपकलाई नेप्सेको सहायक कम्पनीबाट अलग गरी यसको पनि यथाशीघ्र पुनःसंरचना गर्नुपर्छ ।

४. दलाल र वर्गीकरण : दलाल शेयरबजारको प्राथमिक अंग भएकाले यसको व्यावसायिक संरक्षण गर्दै व्यवसायलाई विशिष्टीकृत गर्नुपर्छ । बोर्डबाटै बेलाबेलामा सार्वजनिक रूपमा दलालको सातो काढ्ने कार्य गर्नु आफ्नै अकर्मण्यता छताछुल्ल पार्नु भएकाले यस्ता कार्य रोकिनुपर्छ । दलाल सेवालाई फुल सर्भिस र डिस्काउन्ट ब्रोकरका रूपमा वर्गीकरण गर्नुपर्छ ।

५. इन्डेक्स सुधार : नेप्सेले गणना गरिरहेको नेप्से इन्डेक्स भरपर्दो नभएकाले यसलाई सुधार गरी २० ओटा कम्पनी समावेश गरेर नेप्से ट्वान्टीमानक सूचक बनाउनु आवश्यक छ ।

६. बुक क्लोजमा सुधार : साधारणसभाको बुक क्लोजमा त्रुटि भएको हुँदा पहिले सभाका लागि मात्र र त्यसपछि लाभांश (नगद र बोनस) का लागि छुट्टै बुक क्लोज गराउनुपर्छ । नगद लाभांशको हकमा सभा सम्पन्न भएको १५ दिनभित्र र बोनस शेयर वितरणका लागि तत्तत् निकायबाट अभिलिखित भएर आएको ७ दिनभित्र बुक क्लोज गर्नुपर्छ ।

७. लगानी विविधीकरण : विशिष्टीकृत लगानी कोष नियमावली, २०७४ जारी भए पनि निर्देशिका जारी नभएकाले यसको कार्यान्वयन हुन सकेको छैन । यसलाई कार्यान्वयन गर्न क्षेत्रगत रूपमा गोल्ड ईटीफ, रियल स्टेट इन्भेस्टमेन्ट ट्रस्ट र इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डजस्ता कार्यक्रम सञ्चालन निर्देशिका अविलम्ब जारी गर्नुपर्छ ।

८. एक नेपाली एक डिम्याट खाता : बोर्डका अधिकारी र पदाधिकारीको मुखैमा झुन्डिएको र वर्षैपिच्छे जस्तो पुनर्लेखन हुने एक नेपाली, एक डिम्याटजस्तो हास्यास्पद कार्यक्रम खारेज गरिनुपर्छ । दुईओटा अर्थ लाग्ने यो वाक्यको दुवै अर्थ असान्दर्भिक छ । डिम्याट खाता आवश्यकताअनुसार जति पनि खोल्न र जहिलेसुकै बन्द गर्न सकिने सरल हुनुपर्छ ।

९. धितोपत्र न्यायाधिकरण : धितोपत्रसम्बन्धी कसूरमा मुद्दा चलाउन जिल्ला अदालत जानुपर्ने र त्यहाँ विषयगत विज्ञको अभावमा निर्णय प्रक्रियामा ढिलाइ भएकाले विशिष्टीकृत धितोपत्र न्यायाधिकरण अविलम्ब गठन हुनुपर्छ ।

१०. विकास बोन्ड : ठूलाठूला विकास आयोजनाका लागि रकम जुटाउन सहयोगी हुने डेभलपमेन्ट बोन्ड र म्युनिसिपल बोन्डसम्बन्धी नीति जारी हुनुपर्छ ।

११. शर्टसेल नीति : अघोषित रूपमा बजारमा शर्ट सेल भइरहेकाले यसलाई व्यवस्थित गर्दै शर्ट सेलसम्बन्धी नीति बनाउनुपर्छ । यसबाट सृजना हुनसक्ने परिस्थितिलाई सम्बोधन गर्न अक्शन मार्केट सञ्चालन गर्नुपर्छ ।

१२. सूचना प्रवाह : शेयरबजार सूचनाको आधारमा चल्ने हुँदा सूचीकृत कम्पनीले उत्पादन गर्ने सूचनाको प्रवाहलाई वास्तविक एवम यथार्थपरक बनाउने र सूचना प्रवाहमा ढिलाइ तथा बारम्बार संशोधन गर्नेलाई यथोचित कारबाही गर्नुपर्छ ।

१३. ट्रस्टी ऐनको निर्माण : ट्रप्टी ऐन निर्माण गर्ने विषय बारम्बार उठे पनि अहिलेसम्म यसको मस्यौदा पनि नबन्नु दुःखद भएकाले अविलम्ब यसको निर्माण गर्नुपर्छ ।

१४. ओटीसी मार्केट : निश्चितभन्दा बढी पूँजी भएका प्राइभेट कम्पनीलाई पनि ओभर द काउन्टर (ओटीसी) मा सूचीकरण गराउनुपर्छ ।

१५. सूचीकरणको योग्यता : कस्ता कम्पनी नेप्सेमा सूचीकरणका लागि योग्य हुन्छन् भन्ने कानूनको अभाव देखिएकाले यस विषयमा निर्णय गर्ने अधिकार बजार सञ्चालक (नेप्से) लाई दिनुपर्छ । नेप्सेको सिफारिशमा मात्र खुला शेयर विक्री गर्ने अनुमति दिनुपर्छ ।

१६. विभिन्न कानून निर्माण : हकप्रदसम्बन्धी कानून छरपस्ट भएको हुँदा छुट्टै कानून निर्माण हुनु जरुरी छ । त्यस्तै, सूचीकृत कम्पनी, दलाल, मर्चेन्ट बैंक र डीपी गाभिनेसम्बन्धी नीतिगत व्यवस्था गर्नुपर्छ । मर्चेन्ट बैंक पनि सूचीकृत हुने नीतिगत व्यवस्था गर्नुपर्छ ।

१७. साधारणसभाको स्वीकृति : नियमन नहुने कम्पनीले साधारणसभा गर्न बोर्डबाट स्वीकृति लिनुपर्ने र बोनस शेयर जारी गर्दा औचित्य पुष्टि हुने कागजात पेश गर्न लगाउनुपर्छ ।

१८. बजारको स्वायत्तता : सूचीकृत कम्पनीले सूचीकरण विनियमावलीको उल्लंघनमा कम्पनीका अधिकारी र पदाधिकारीलाई कारबाही गर्ने अधिकार बजार सञ्चालकलाई दिनुपर्छ ।

१९. उपकरणमा विविधता : बजारमा शेयर र म्युचुअल फन्डका एकाइ मात्र रहेकाले वित्तीय डेरिभेटिभ्सको कारोबार शुरू गराउनुपर्छ ।

२३ असार २०७७, आर्थिक अभियान दैनिक 

https://www.abhiyandaily.com/newscategory-detail/370457

Saturday, August 8, 2020

योगका व्यावहारिक रूप है संस्कृत भाषा के रहस्य - शास्त्री नित्यगोपाल कटारे

दुनिया की पहली पुस्तक की भाषा होने के कारण संस्कृत भाषा को विश्व की प्रथम भाषा मानने में कहीं कोई संशय की गुंजाइश नहीं हैं।इसके सुस्पष्ट व्याकरण और वर्णमाला की वैज्ञानिकता के कारण सर्वश्रेष्ठता भी स्वयं सिध्द है।
सर्वाधिक महत्वपूर्ण साहित्य की धनी हाने से इसकी महत्ता भी निर्विवाद है। इतना सब होने के बाद भी बहुत कम लोग ही जानते है कि संस्कृत भाषा अन्य भाषाओ की तरह केवल अभिव्यक्ति का साधन मात्र ही नहीं है; अपितु वह मनुष्य के सर्वाधिक संपूर्ण विकास की कुंजी भी है। इस रहस्य को जानने वाले मनीषियों ने प्राचीन काल से ही संस्कृत को देव भाषा और अम्रतवाणी के नाम से परिभाषित किया है। संस्कृत केवल स्वविकसित भाषा नहीं वल्कि संस्कारित भाषा है इसीलिए इसका नाम संस्कृत है। संस्कृत को संस्कारित करने वाले भी कोई साधारण भाषाविद् नहीं वल्कि महर्षि पाणिनि; महर्षि कात्यायिनि और योग शास्त्र के प्रणेता महर्षि पतंजलि हैं। इन तीनों महर्षियों ने बड़ी ही कुशलता से योग की क्रियाओं को भाषा में समाविष्ट किया है। यही इस भाषा का रहस्य है । जिस प्रकार साधारण पकी हुई दाल को शुध्द घी में जीरा; मैथी; लहसुन; और हींग का तड़का लगाया जाता है;तो उसे संस्कारित दाल कहते हैं। घी ; जीरा; लहसुन, मैथी ; हींग आदि सभी महत्वपूर्ण औषधियाँ हैं। ये शरीर के तमाम विकारों को दूर करके पाचन संस्थान को दुरुस्त करती है।दाल खाने वाले व्यक्ति को यह पता ही नहीं चलता कि वह कोई कटु औषधि भी खा रहा है; और अनायास ही आनन्द के साथ दाल खाते-खाते इन औषधियों का लाभ ले लेता है।
ठीक यही बात संस्कारित भाषा संस्कृत के साथ सटीक बैठती है।जो भेद साधारण दाल और संस्कारित दाल में होता है ;वैसा ही भेद अन्य भाषाओं और संस्कृत भाषा के बीच है।संस्कृत भाषा में वे औषधीय तत्व क्या है ? यह जानने के लिए विश्व की तमाम भाषाओं से संस्कृत भाषा का तुलनात्मक अध्ययन करने से स्पष्ट हो जाता है।
संस्कृत में निम्नलिखित चार विशेषताएँ हैं जो उसे अन्य सभी भाषाओं से उत्कृष्ट और विशिष्ट बनाती हैं।
१ अनुस्वार (अं ) और विसर्ग(अ:)
सेस्कृत भाषा की सबसे महत्वपूर्ण और लाभ दायक व्यवस्था है, अनुस्वार और विसर्ग। पुल्लिंग के अधिकांश शब्द विसर्गान्त होते हैं —
यथा- राम: बालक: हरि: भानु: आदि।
और
नपुंसक लिंग के अधिकांश शब्द अनुस्वारान्त होते हैं—
यथा- जलं वनं फलं पुष्पं आदि।
अब जरा ध्यान से देखें तो पता चलेगा कि विसर्ग का उच्चारण और कपालभाति प्राणायाम दोनों में श्वास को बाहर फेंका जाता है। अर्थात् जितनी बार विसर्ग का उच्चारण करेंगे उतनी बार कपालभाति प्रणायाम अनायास ही हो जाता है। जो लाभ कपालभाति प्रणायाम से होते हैं, वे केवल संस्कृत के विसर्ग उच्चारण से प्राप्त हो जाते हैं।
उसी प्रकार अनुस्वार का उच्चारण और भ्रामरी प्राणायाम एक ही क्रिया है । भ्रामरी प्राणायाम में श्वास को नासिका के द्वारा छोड़ते हुए भौंरे की तरह गुंजन करना होता है, और अनुस्वार के उच्चारण में भी यही क्रिया होती है। अत: जितनी बार अनुस्वार का उच्चारण होगा , उतनी बार भ्रामरी प्राणायाम स्वत: हो जावेगा।
कपालभाति और भ्रामरी प्राणायामों से क्या लाभ है? यह बताने की आवश्यकता नहीं है; क्योंकि स्वामी रामदेव जी जैसे संतों ने सिद्ध करके सभी को बता दिया है। मैं तो केवल यह बताना चाहता हूँ कि संस्कृत बोलने मात्र से उक्त प्राणायाम अपने आप होते रहते हैं।
जैसे हिन्दी का एक वाक्य लें- '' राम फल खाता है``
इसको संस्कृत में बोला जायेगा- '' राम: फलं खादति"
राम फल खाता है ,यह कहने से काम तो चल जायेगा ,किन्तु राम: फलं खादति कहने से अनुस्वार और विसर्ग रूपी दो प्राणायाम हो रहे हैं। यही संस्कृत भाषा का रहस्य है।
संस्कृत भाषा में एक भी वाक्य ऐसा नहीं होता जिसमें अनुस्वार और विसर्ग न हों। अत: कहा जा सकता है कि संस्कृत बोलना अर्थात् चलते फिरते योग साधना करना।
२- शब्द-रूप
संस्कृत की दूसरी विशेषता है शब्द रूप। विश्व की सभी भाषाओं में एक शब्द का एक ही रूप होता है,जबकि संस्कृत में प्रत्येक शब्द के 25 रूप होते हैं। जैसे राम शब्द के निम्नानुसार 25 रूप बनते हैं।
यथा:- रम् (मूल धातु)
राम: रामौ रामा:
रामं रामौ रामान्
रामेण रामाभ्यां रामै:
रामाय रामाभ्यां रामेभ्य:
रामत् रामाभ्यां रामेभ्य:
रामस्य रामयो: रामाणां
रामे रामयो: रामेषु
हे राम! हेरामौ! हे रामा:!
ये 25 रूप सांख्य दर्शन के 25 तत्वों का प्रतिनिधित्व करते हैं। जिस प्रकार पच्चीस तत्वों के ज्ञान से समस्त सृष्टि का ज्ञान प्राप्त हो जाता है, वैसे ही संस्कृत के पच्चीस रूपों का प्रयोग करने से आत्म साक्षात्कार हो जाता है। और इन 25 तत्वों की शक्तियाँ संस्कृतज्ञ को प्राप्त होने लगती है।
सांख्य दर्शन के 25 तत्व निम्नानुसार हैं।-
आत्मा (पुरुष)
(अंत:करण 4 ) मन बुद्धि चित्त अहंकार
(ज्ञानेन्द्रियाँ 5) नासिका जिह्वा नेत्र त्वचा कर्ण
(कर्मेन्द्रियाँ 5) पाद हस्त उपस्थ पायु वाक्
(तन्मात्रायें 5) गन्ध रस रूप स्पर्श शब्द
( महाभूत 5) पृथ्वी जल अग्नि वायु आकाश
३- द्विवचन
संस्कृत भाषा की तीसरी विशेषता है द्विवचन। सभी भाषाओं में एक वचन और बहु वचन होते हैं जबकि संस्कृत में द्विवचन अतिरिक्त होता है। इस द्विवचन पर ध्यान दें तो पायेंगे कि यह द्विवचन बहुत ही उपयोगी और लाभप्रद है।
जैसे :- राम शब्द के द्विवचन में निम्न रूप बनते हैं:- रामौ , रामाभ्यां और रामयो:। इन तीनों शब्दों के उच्चारण करने से योग के क्रमश: मूलबन्ध ,उड्डियान बन्ध और जालन्धर बन्ध लगते हैं, जो योग की बहुत ही महत्वपूर्ण क्रियायें हैं।
४ सन्धि
संस्कृत भाषा की सबसे महत्वपूर्ण विशेषता है सन्धि। ये संस्कृत में जब दो शब्द पास में आते हैं तो वहाँ सन्धि होने से स्वरूप और उच्चारण बदल जाता है। उस बदले हुए उच्चारण में जिह्वा आदि को कुछ विशेष प्रयत्न करना पड़ता है।ऐंसे सभी प्रयत्न एक्यूप्रेशर चिकित्सा पद्धति के प्रयोग हैं।
''इति अहं जानामि" इस वाक्य को चार प्रकार से बोला जा सकता है, और हर प्रकार के उच्चारण में वाक् इन्द्रिय को विशेष प्रयत्न करना होता है।
यथा:- १ इत्यहं जानामि।
२ अहमिति जानामि।
३ जानाम्यहमिति ।
४ जानामीत्यहम्।
इन सभी उच्चारणों में विशेष आभ्यंतर प्रयत्न होने से एक्यूप्रेशर चिकित्सा पद्धति का सीधा प्रयोग अनायास ही हो जाता है। जिसके फल स्वरूप मन बुद्धि सहित समस्त शरीर पूर्ण स्वस्थ एवं नीरोग हो जाता है।
इन समस्त तथ्यों से सिद्ध होता है कि संस्कृत भाषा केवल विचारों के आदान-प्रदान की भाषा ही नहीं ,अपितु मनुष्य के सम्पूर्ण विकास की कुंजी है। यह वह भाषा है, जिसके उच्चारण करने मात्र से व्यक्ति का कल्याण हो सकता है। इसीलिए इसे देवभाषा और अमृतवाणी कहते हैं।

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...