चिनको वुहानमा प्रत्याशित
वा अप्रत्याशितरुपमा देखा परेको कोरोना
नामक भाईरसको महामारीले संसारको ‘पावर हाउस’ भनिने युरोप र अमेरिकालाई आच्छुआच्छु
पारेको छ । यसले विश्वको अर्थतन्त्र के र कस्तो होला भन्ने चिन्ता पनि थपिदिएको छ ।
पावर हाउस भनिने देश समेत हायलकायल भएको बेला नेपालमा भने ‘देखिएको छैन वा देखिए
पनि लुकाइएको छ’ भन्ने दुबै कुरा आएको छ । यसको यथार्थ जे होला त्यसको खोजी यसकै
विज्ञले गर्लान तर, यसको नाममा भएको त्रासद र २ हप्ते स्थानहद (लकडाउन) ले बन्द
रहेको नेपालको शेयरबजार खुल्दा के होला भन्ने अर्को त्रासद देखिएको छ ।
कोरोनापछिको
शेयरबजार
चिनमा कोरोना
भाइरसको उदय अक्टोबरमा भएको भनिए पनि यसको प्रभाव तत्काल देखिएन । कोरोनाको प्रभाव
चिनपछि दक्षिण कोरिया, युरोपियन देश र अमेरिकामा बढी देखिएको छ । कोरोना त्रासदको प्रत्यक्ष
नकरात्मक असर शेयरबजारमा देखिएको छ । कोरोनाको प्रभाव युरोपमा बढी देखिए पनि
संसारका १० ठूला स्टक एक्सचेन्जमा पर्ने बम्बे स्टक एक्सचेन्जको बेन्चमार्क
इन्डेक्स सेन्सेक्स सबैभन्दा बढी घटेको छ । सन् २०२० जनवरीदेखि मार्चसम्मको ३
महिना अवधिमा ३७ प्रतिशतले झरेको छ । कोरोनाबाट बढी प्रभावित भनिएका इटाली,
फ्रान्स, स्पेन, जर्मनी, बेल्जियम, बेलायत र प्रभाव नदेखिएको भनिएको रसियामा
अत्याधिक गिरावट देखिएकोछ । कोरोना उत्पत्ति देश चिनका सांघाई र सेन्जेन स्टक
एक्सचेन्जमा तुलनात्मकरुपमा त्यति असर परेको देखिन्न । सांघाई सेन्जेन कम्पोजिट
इन्डेक्स सन् २०२० जनवरीदेखि मार्चसम्मको ३ महिने अवधिमा १३ प्रतिशतले मात्र गिरावट
अएको थियो । तालिकामा केही देशका शेयरबजारको स्थिति देखाइएको छ ।
केही देशका
शेयरबजारको स्थिति
क्रसं
|
देश
|
सूचक
|
फरक
(प्रतिशत)
|
जनवरीदेखि अप्रिल ३ सम्मको न्यून विन्दु
|
|
जनवरी
|
अप्रिल
|
||||
१
|
भारत (सेन्सेक्स)
|
४१,३०६
|
२७,५९०
|
३३
|
२५,९८१
|
२
|
रसिया
|
१,५६४
|
१,०४९
|
३२
|
८३२
|
३
|
इटली
|
२३,८३६
|
१६,३८४
|
३१
|
१४,८९४
|
४
|
फ्रान्स
|
६,०४१
|
४,१४५
|
३१
|
३,७५४
|
५
|
लण्डन
|
७,६०४
|
५,४१५
|
२८
|
४,९९३
|
६
|
अमेरिका (डाउजोन्स)
|
२८,८६८
|
२१,०५२
|
२७
|
१८,५९१
|
७
|
नेदरल्याण्ड
|
६१२
|
४७१
|
२३
|
४०४
|
८
|
जापान
|
२३,२०४
|
१७८२०
|
२३
|
१६,५५२
|
९
|
अस्ट्रेलिया
|
३,६७२
|
२,८९७
|
२१
|
२,६३३
|
१०
|
कोरिया
|
२,१७५
|
१,७२५
|
२०
|
१,४५७
|
११
|
हंगकंग (हांगसेंग)
|
२८,५४३
|
२३,२३६
|
१८
|
२१,६९६
|
१२
|
चिन (सांघाई
सेन्जेन कम्पोजिट)
|
३,०८५
|
२,७६४
|
१०
|
२,६६०
|
गिरावट एक महिनामा
कोरोनाको हल्ला वा
वास्तविकता जे आएको भए पनि वर्षको शुरुवात (सन् २०२०) मा प्राय: सबै देशका शेयरबजारको
गति उस्तै देखिन्छ । जनवरीदेखि फ्रेबुअरी मध्यसम्म बजार बढ्दो क्रममा देखिन्छ । एक
महिना (फ्रेबुअरी १५ देखि २३ - मार्च १५ देखि २३ सम्म) सबैभन्दा बढी गिरावट आएको छ
। एक महिने अवधिमा रसियाको शेयरबजारमा सर्वाधिक ४६ प्रतिशतसम्म गिरावट आयो ।
अप्रिल महिनाको पहिलो हप्तासम्म आइपुग्दा पनि रसियन बजारमा सुधार देखिएको छैन ।
इटाली, फ्रान्स र बेल्जियममा ३७ प्रतिशतसम्म गिरावट आएको थियो । कोरोना
उत्पत्तिस्थल नजिकैको संसारको ठूलो मध्येमा पर्ने हंगकंग स्टक एक्सचेन्जमा १८
प्रतिशतको गिरावट देखिएको छ । युरोपेली देश स्विजरल्याण्डमा भने तुलनात्मकरुपमा
थोरै १३ प्रतिशतको गिरावट देखिएको छ । युरोपभन्दा पछि कोरोना पुगेको देश अमेरिकाको
डाउजोन्समा युरोपियन बजारकै हाराहारीमा गिरावट आएको छ भने नास्डाकमा
तुलनात्मकरुपमा कम गिरावट देखिएको छ । बजारको बढ्ने घट्ने र फेरी बढ्ने क्रम लगभग
एकैसाथ देखिएको छ । पछिल्लो समयमा कोरोनाको कहर जति बढ्दोरुपमा देखिएको भनिएको छ
त्यति नै मात्रामा शेयरबजारमा वृद्धि हुँदै गएको देख्न सकिन्छ । मार्च मध्यपछिको
तुलनामा शेयरबजार बढीसकेको छ । कोरोनाको कहर बिकराल होला वा नहोला संसारका
शेयरबजार भने बढ्ने क्रममा देखिईसकेको छ । यसले अर्थतन्त्रमा धेरथोर प्रभाव पार्ला
तर, भविष्य हेर्नेको लागि भने अहिलेको बजार घटाई अवसर बनेको प्रष्ट देखिन्छ । शेयरबजार
त्रास र आश दुबैको संगम भएको हुँदा जोखिम वहन गर्नसक्नेले प्रशस्त लाभ लिने ठाउँ
हो ।
शेयरबजारको आगामी
दिन
अहिले संसारभरका
देशले नागरिकलाई स्थानहद लगाएका छन् तर, पनि शेयरबजार
बन्द गरेका छैनन् । फिलिपिन्समा २ दिन बजार बन्द गरेर पुन: खोलियो । नेपालमा स्थानहद
लगाएपछि नेपाल धितोपत्र बोर्डले बजार बन्द रहने घोषणा गर्यो । भारतमा स्थानहदको
आदेशपछि पनि भारतीय प्रतिभूति तथा विनिमय
बोर्डले शेयरबजार बन्द नरहने घोषणा गर्यो । शेयरबजार तरलता कायम गराउने वित्तीय
बजारको एक अंग भएकोले यसको कारोबार निरन्तर रोकिरहन नहुने भए पनि कहिले खुल्छ
भन्ने टुंगो लागेको छैन । संकट देखिएको छ तर, संकटसँग समाधान पनि संगै जोडिएर आएको
हुन्छ । बजार खुल्ने वित्तिकै सर्वश्व जान्छ भन्ने धारणा लिनु गलत हो । शेयरबजार
घट्ने र बढ्नेकै दोसाँध भएकोले लाभ लिने नै यस्तै बेला हो । घट्दै नघटे वा नबढे
त्यो शेयरबजार नै हैन । सावधानी अपनाएर कारोबारलाई आंशिकरुपमा भने पनि चालु गर्नुपर्ने
हुन्छ । एउटा भनाइ छ - गोठ बनाएर गाई ल्याउने हैन, गाई ल्याएर
गोठ बनाउने हो । गाई ल्याएपछि एकरात जसो तसो पिंढीमा वा उस्तै परे मझेरिमै बाँधेर
भए पनि भोलिपल्ट छरछिमेकसँग खाँबो, घोचो, चित्रा भकारी जे पाइन्छ मागेर गोठ बनाउन कर लाग्छ । तर, यहाँ बजार खुलेपछि के होला कति घट्छ भन्ने मनोवैज्ञानिक त्रासले भोक
निद्रा हराएको छ । २०७२ बैशाख १२ गतेको महाभूकम्पले केही पूर्वाधारमा क्षति
पुर्याएपछि र त्यसपछि पनि निरन्तर पराकम्पन जाने क्रम नरोकिएकोले केही समय कारोबार
रोकिएको थियो । कारोबार खुल्दा शेयरबजारमा तीव्र गिरावट देखियो । तर, यस्तो गिरावट धेरै दिन कायम रहेन र पुन: बजारले बढ्दो गति लियो । भूकम्पले
कम्पनीको आयमा तात्त्विक असर परेको देखिएन । अहिले पनि कोरोनाले नेपालका सूचीकृत
कम्पनीको आयमा उल्लेखनीय असर पार्ने सम्भावना देखिन्न । चालु आर्थिक वर्षको
आम्दानीमा केही कमि आउँदा लाभांश कम हुनसक्छ तर, आगामी वर्षदेखि
स्थितिमा सामान्यीकारण हुँदै जाने अनुमान गर्न सकिन्छ ।
कम्पनीका लागि पाठ
नेपालका सुचिकृत
कम्पनीसँग स्वतन्त्र जगेडा कोष ‘सिलो’ खोजे बराबर छ
। विपत्ति जहिले पनि पर्नसक्छ । विपत्तिको
बेला भकारी (जगेडा) मा धन छ भने अनिकाल वा विपत्ति टार्न सकिन्छ । छैन भने भोकै मर्ने दिन आउनसक्छ । चालु वर्षमा कमाएको जम्मै रकम बाँडीचुडी
खाईहाल्ने प्रवृतिलाई यसै वर्षबाट रोक्नु जरुरी देखिएको छ । नेपालका कम्पनीले
संचित
कोष राख्नुपर्छ भन्ने स्वविवेकीय ज्ञान
राख्न सकेको देखिन्न । नियमनमा रहेका बैंक बिमालाई नियमकले नै कोष (संचिति) राख्न
निर्देशन दिनुपर्ने स्थिति देखिएको छ । नियमनमा नरहेका कम्पनीलाई पनि धितोपत्र
बोर्डले नै विशेष निर्देशन दिएर वितरणयोग्य नाफाको निश्चित प्रतिशत संचित कोष
राख्न लगाउनुपर्ने आवश्यकता देखिएको छ ।
२४ चैत २०७६, आर्थिक अभियान