Sunday, August 19, 2018

लगानीकर्ताको अपेक्षा र विद्युत् नियमन

जलविद्युत् नियमन गर्ने निकाय चाहियो भन्ने आवाज उठेको धेरै समय हुँदा र ऐनसमेत बनिसक्दा पनि यस्तो निकाय गठन भएको छैन । धितोपत्र बजारमा सूचीकरण भएका कम्पनीको बेथिति देखेर यसमा लगानी गर्नेले बैङ्क र बीमाजस्तै नियमन होला कि भन्ने आशाले यसप्रकारको निकायको माग गरेको देखिन्छ भने उत्पादकले सर्वेक्षण अनुमतिदेखि वितरण प्रणालीसम्मका प्रक्रियागत कार्यलाई एकै थलोबाट हुनेगरी छुट्टै निकाय गठन गर्न माग गरेका हुन् । ऐन बनिसकेको सन्दर्भमा यसमा भएका व्यवस्थाले शेयर लगानीकर्ता र उत्पादकका लागि केकस्ता अवसर दिन सक्छ, सङ्क्षिप्त चर्चा यस आलेखमा गरिन्छ ।

नियमकको आवश्यकता

सार्वजनिक हितका लागि सरकारले चलाउने प्रशासनलाई मुलुकी वा सार्वजनिक प्रशासन भनिन्छ । सार्वजनिक प्रशासन चलाउने संयन्त्रलाई नेपालमा निजामती सेवा भनिन्छ । निजामती सेवा विभिन्न सेवा, समूह र उपसमूहमा विभक्त हुन्छ । निजामती प्रशासन पनि भनिने यसले राज्यका तर्फबाट नागरिकका लागि नगरी नहुने नागरिकका गतिविधिको अभिलेखन, केही हदसम्म अर्धन्यायिक प्रकृतिको निर्णय र विकास प्रशासन सञ्चालन गर्छ । नागरिकको जन्मदेखि मृत्युसम्मको गतिविधि अभिलेखन गर्ने भएकाले यसलाई गर्भदेखि चिहानसम्मपनि भन्ने गरिन्छ । सार्वजनिक प्रशासनले कतिपय कार्य गर्न जटिलता हुने भएकाले कार्य विशिष्टीकरणअनुरूपको व्यवसाय तथा पेशा आदिको अनुमति, अनुगमन र सुपरिवेक्षण गर्न खडा गरिएका निकायलाई नियामक भनिन्छ । नियमक सरकारी प्राधिकारी निकाय हो, जसले नियन्त्रक वा पर्यवेक्षकीय क्षमतामा मानव गतिविधिको निश्चित क्षेत्रमा स्वायत्त प्राधिकारी अधिकारको उपयोग गर्छ र सरकारबाट स्वतन्त्र हुन्छ । कोलिन्सको डिक्शनरीमा निश्चित क्षेत्रको गतिविधि नियमन गर्न सरकारद्वारा गठित सङ्गठन भनिएको छ । व्यवसाय नियमकका रूपमा नेपाल राष्ट्र बैङ्क, नेपाल दूरसञ्चार प्राधिकरण, बीमा समितिलगायत रहेका छन् । बार र इञ्जिनीयरिङ काउन्सिल पेशागत नियाकमका रूपमा रहेका छन् भने मेडिकल काउन्सिल पेशा र व्यवसाय दुवैको नियामक हो । नेपाल धितोपत्र बोर्डले शेयर निष्कासन गर्न योग्यता तोक्ने, धितोपत्र दर्ता गर्ने, निष्कासन अनुमति दिने र कम्पनीको सुशासन पक्षको नियमन गर्छ । मर्चेण्ट बैङ्क, दलाल, डीपी, एक्सचेञ्ज, केन्द्रीय निक्षेपक र रेटिङ एजेन्सीको व्यवसाय नियमन गर्छ । नेपाल स्टक एक्सचेञ्जले निष्कासन भएको धितोपत्र सूचीकरण गरी कारोबारको मापदण्ड तोक्ने गर्छ । दक्षिण एशियाली देशमा धेरै पहिला नै विद्युत् तथा पेय जलआपूर्ति, ग्यास, विद्युत् तथा पेट्रोलियम उत्पादनको नियमन गर्न र यससँग सम्बन्धित नीति निर्माण गर्न नियामक स्थापना गरिसकेका छन् । ऐन बनेको हुँदा नियमकको सूचीमा अब विद्युत् नियमन आयोग पनि थपिने सम्भावना बढेको छ ।

प्रस्तावना र संरचना

विद्युत् क्षेत्रको नियमन गर्ने प्रयोजनका लागि बनेको ऐनको प्रस्तावनामा विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाई विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम राख्न, विद्युत् महशुल नियमन गर्न, विद्युत् उपभोक्ताको हक र हित संरक्षण गर्न, विद्युत्को बजारलाई प्रतिस्पर्धात्मक बनाउन तथा विद्युत् सेवालाई भरपर्दो, सर्वसुलभ, गुणस्तरयुक्त तथा सुरक्षित बनाउन विद्युत् नियमन आयोगको व्यवस्था गर्नभन्ने रहेको छ । दफा २ मा अनुमतिप्राप्त व्यक्ति, उपभोक्ता, महशुल, विद्युत्को परिभाषा गरिएको छ । आयोगको सङ्गठनात्मक संरचना केन्द्रीय बैङ्कसरह रहेको छ । आयोगमा अध्यक्ष र सदस्य गरी ५ जना पूरा समय काम गर्ने पदाधिकारी हुनेछन् ।

प्राविधिक व्यवस्थापनको पक्ष

ऐनको दफा १२ मा विद्युत्को उत्पादन, प्रसारण, वितरण वा व्यापार सम्बन्धमा नियमन गर्न आयोगले प्राविधिक व्यवस्थापनका लागि (क) विद्युत् सेवासम्बन्धी ग्रीड र वितरणसंहिता बनाई कार्यान्वयन तथा अनुगमन गर्ने (ख) विद्युत् सेवाको सञ्चालन तथा मर्मत सम्भारको स्तर तथा कार्यविधि निर्धारण गरी कार्यान्वयन गर्ने (ग) राष्ट्रिय विद्युत् प्रणालीको गुणस्तर तथा सुरक्षास्तर कायम राख्न आवश्यक मापदण्ड लागू गर्ने (घ) विद्युत् प्रणाली सञ्चालकको दायित्व निर्धारण गरी कार्यान्वयनको अनुगमन गर्ने (ङ) विद्युत् सेवा बन्द गर्न सक्ने अवस्था, त्यसको आधार र प्राथमिकता निर्धारण गर्ने (च) विद्युत् सेवाको आन्तरिक माग तथा आपूर्तिका लागि न्यूनतम लागत विस्तार कार्ययोजना बनाई कार्यान्वयन गर्ने वा गर्न लगाउने व्यवस्था रहेको छ ।

खरीदविक्री र महशुल

त्यस्तै दफा १३ मा आयोगले विद्युत् खरीदविक्री र महशुल निर्धारणको नियमन गर्ने सम्बन्धमा (क) सञ्चालन खर्च, ह्रासकट्टी दर, साँवाब्याजको भुक्तानी, मर्मतसम्भार खर्च, विद्युत् संरचनाको निर्माण, पुनर्निर्माण, पुनःस्थापना तथा शेयर लगानीबापत वार्षिक रूपमा प्राप्त हुने प्रतिफललगायत विद्युत् खरीद सम्झौता समेतलाई विचार गरी विद्युत् महशुल दर निर्धारणका शर्त तथा आधार निर्धारण गरी त्यसको आधारमा उपभोक्ताले बुझाउनुपर्ने महशुल निर्धारण गर्ने व्यवस्था रहेको छ ।

एकरूपता ल्याउने

नेप्सेमा सूचीकरण भएका १९ ओटा विद्युत् कम्पनीले १९ थरी वित्तीय प्रतिवेदन सार्वजनिक गरिरहेको सन्दर्भमा आयोगले कम्पनीको आन्तरिक नियन्त्रण, लेखाप्रणाली, लेखापरीक्षण विधिमा एकरूपता कायम गर्न मापदण्ड बनाई लागू गर्नेछ । यसले वित्तीय प्रतिवेदनमा थप विश्वसनीयता र एकरूपता कायम गर्नेछ । त्यस्तै कम्पनीका सञ्चालक समितिका पदाधिकारी तथा अन्य पदाधिकारीले त्यस्तो संस्थालाई जानकारी गराउनुपर्ने विषय निर्धारण गरी त्यसलाई पालना गर्न लगाउने पनि व्यवस्था रहेको छ । आयोगले कम्पनीको लेखाप्रणालीको आवश्यकताअनुसार आकस्मिक जाँचसमेत गर्नसक्नेछ । ऐनको दफा १७ मा ऐन, नियम, विनियम, निर्देशिका वा मापदण्ड तथा प्रचलित अन्य कानून वा अनुमतिपत्रमा निर्धारण गरिएका शर्तबमोजिम लेखा, अभिलेख, विवरण आदि माग गर्न वा स्थलगत रूपमा जाँचबुझ तथा निरीक्षण गर्न वा गराउन सक्नेछ । बैङ्क गाभिन थालेको प्रभाव विद्युत्मा पनि देखिन सक्ने सम्भावनालाई दृष्टिगत गरि अनुमतिपत्र प्राप्त कम्पनी आपसमा गाभिन (मर्जर), आपसमा मिल्न, एक्लै वा आफ्नो सहायक कम्पनीसँग मिली त्यस्तो व्यक्ति रहेको कम्पनीको ५० प्रतिशत वा त्यसभन्दा बढी शेयर खरीद गर्न, संरचनाको खरीदविक्री (सेल अफ प्लाण्ट), प्राप्ति (एक्वीजिशन) वा ग्रहण (टेकओभर) गर्नका लागि आवश्यक मापदण्ड बनाई कार्यान्वयन गर्ने वा गराउने व्यवस्थासमेत छ ।

अदालत जस्तै आयोग

आयोगले अनुमतिप्राप्त कम्पनीबीच उत्पन्न विद्युत्सम्बन्धी विवादको समाधान गर्न अदालतलाई भएसरह (क) कुनै व्यक्तिलाई आयोगसमक्ष उपस्थित गराई बयान वा जानकारी लिने (ख) साक्षी बुझ्ने (ग) नेपाल सरकार र सार्वजनिक संस्थामा रहेको कुनै लिखत कागजात पेश गर्न आदेश दिने, (घ) स्थलगत निरीक्षण गर्ने, गराउने तथा दसी प्रमाण पेश गर्न आदेश दिने विधि अपनाई विवाद समाधान गर्ने अधिकार हुनेछ ।

शेयरबजारको अपेक्षा

ऐनमा शेयरबजारले अपेक्षा गरेजस्तो केही पनि उल्लेख हुन सकेको देखिन्न । ऐनको दफा १३(घ) मा विद्युत् मूल्यको लागत न्यूनतम बनाउन आवश्यक उपायको पहिचान गरी लागू गराउनेभन्ने व्यवस्थाले विद्युत्को शेयरमा लगानी गर्नेलाई केही हदसम्म सुरक्षित बनाउन खोजेको हो कि भन्नेसम्मको आशा गर्न सकिन्छ । तर, बैङ्क र बीमाजस्तो संस्थापक र सर्वसाधारण छुट्टियोस् र शेयर जारी गरेको ३ वर्षपश्चात् सर्वसाधारणसरह कारोबार हुनेगरी धितोपत्र बोर्डले गरेको अन्तरिम व्यवस्थाको सन्दर्भमा ठोस कानूनी व्यवस्था आओस् भन्ने अपेक्षा अधुरो रहेको छ । विद्युत् उत्पादन, प्रसारण र वितरणमा ठूलो पूँजीगत आधार चाहिने हुँदा यसलाई बैङ्कसरह नियमन गरी धितोपत्र बजारमा प्रवेश गर्दा पालना गर्नुपर्ने शर्तबन्देज लगाउनु जरुरी छ । अहिले मनपरी रूपमा उत्पादकहरूले सर्वसाधारणबाट रकम सङ्कलन गरिरहेको हुँदा आयोगको पहिलो दृष्टि यता पर्नुपर्ने देखिन्छ ।

२०७५ श्रावण २८ गते अभियान दैनिकमा प्रकाशित 
http://www.abhiyan.com.np/?p=268651


Sunday, August 12, 2018

नियमन नहुनेको नियमन

‘प्रत्यक्ष नियमक चाहियो’ भन्ने आवाज उठिरहेका बेला प्रत्यक्ष नियमन नहुने कम्पनी धितोपत्र बजारमा आउने क्रम बढ्ने सम्भावना देखिएको छ । सूचीकृत करीब २ सय कम्पनीमध्ये केहीमात्र प्रत्यक्ष नियमनमा छन् । जलविद्युत्, सिमेण्ट, छड, होटेल, जुत्ता, औषधि, यातायात, कपडा आदि कम्पनीको नियमन गर्ने छुट्टाछुट्टै नियामक स्थापना सम्भव होला ? बजारमा आउन लागेको एउटा कम्पनीलाई सन्दर्भ लिएर यस्ता कम्पनीको नियमन कसले, कसरी गर्ने सङ्क्षिप्तमा चर्चा गर्ने प्रयास गरिएको छ ।

वर्तमान स्थिति

नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएका कम्पनीमा सङ्ख्याको हिसाबले बैङ्किङ र बीमापछि जलविद्युत् कम्पनी बढ्ने क्रममा छन् । विद्युत्को विक्री दर र क्रेता सुनिश्चित भएको जलविद्युत् कम्पनीको स्थिति कमजोर बन्दै गएका बेला अनिश्चित बजार र तीव्र प्रतिस्पर्धाले विक्री मूल्यमा हुने उतारचढावयुक्त कम्पनी धितोपत्र बजारमा सूचीकरण हुँदा यसबाट लगानीकर्ताको हित संरक्षण जटिल बन्न सक्ने सम्भावनालाई उपेक्षा गर्न सकिन्न । नेप्सेको वेबमा अहिले पनि उत्पादन समूहमा १८ ओटा कम्पनी देखाइएको भए पनि ६ ओटा मात्र अस्तित्वमा देखिन्छन् । बाँकी १२ ओटा कम्पनी कुन अवस्थामा छन् ? सरकार, धितोपत्र बोर्ड र नेप्सेसमेत बेखबर छन् । विगतमा आएका यस्ता कम्पनी सरकारी नीति, कच्चा पदार्थ, जनशक्ति, बजार वा मजदूरकै कारणले हराए, अहिलेसम्म कुनै ठोस कारण बताउन नसकेको बेला यस्तै प्रकारका अन्य कम्पनी ल्याउनुअघि पूर्वसमीक्षा नगर्दा पहिलेकै स्थिति नआउला भन्न सकिन्न ।

सूचीकरणका योग्यता

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ९ मा नियमन हुनेमा नियामकले तोकेबमोजिम र अन्यको हकमा न्यूनतम १० प्रतिशत र अधिकतम ४९ प्रतिशतसम्म धितोपत्र विक्री गर्न पाइने व्यवस्था गरेको छ । नियमन नहुने क्षेत्रका कम्पनीको हकमा (१) कम्पनीको उद्देश्यअनुसार कारोबार सञ्चालन गर्न आवश्यक कार्यहरू अगाडि बढाई १ वर्ष अवधि पूरा गरेको, (२) प्रचलित कानूनबमोजिम लेखापरीक्षण तथा साधारणसभा गरेको, (ग) कारोबार सञ्चालन गर्नका लागि कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनुपर्नेमा लिएको, (घ) आवश्यक पर्ने जग्गा खरीद वा अन्य प्रकारले व्यवस्था गरी कारखाना, कार्यालय, गोदामघर तथा अन्य आवश्यक सुविधाको निर्माण कार्य शुरू गरिसकेको, (ङ) उत्पादनको प्रविधि छनोट गरी उद्योगका लागि आवश्यक पर्ने यान्त्रिक उपकरण तथा त्यसका पार्टपुर्जा आदि खरीद गर्नुपर्ने भएमा टेण्डर आदि गरी प्रक्रिया अघि बढाइसकेको, (च) वित्तीय प्रबन्धन भइसकेको, (ज) जलविद्युत् कम्पनी भएमा विद्युत् खरीद–विक्री सम्झौता गरिसकेकोलगायत शर्त र योग्यता तोकिएका छन् । तोकिएका यी योग्यता, शर्त–बन्देज निष्कासनमा आउनका लागि तय गरिएका प्रारम्भिक एवम् प्राथमिक पक्ष हुन् । यति योग्यता पूरा गरेर निष्कासन गरेपछि वास्तविक नियमनको अध्याय शुरू हुन्छ र नियमन कसले, कसरी गर्ने भन्ने प्रश्न शुरूको अनुच्छेदको पहिलो वाक्यमा गएर ठोक्किन्छ ।

प्रसङ्ग शिवमको

शिवम् सिमेण्ट कम्पनीलाई आईपीओमा जान स्वीकृति दिएपछि बोर्डले वक्तव्य निकालेर हर्ष बढाइँ गरेको थियो । तर, बोर्डले यस्तै प्रकृतिका अरू कम्पनी २०४१ सालदेखि सूचीकृत थिए भन्ने बिर्सेको देखियो । बोर्डले पुरानो कुरा बिर्सेछ भनेर चित्त बुझाउन सकिएला तर हालसालै जारी गरेको नियम, निर्देशन र परिपत्र पनि बिर्सेको देखिन्छ । एकै व्यक्ति कार्यकारी प्रमुख र सञ्चालक बन्न नपाउने निर्देशिका विपरीत स्वीकृति दिएको छ । त्यस्तै वित्तीय स्वार्थ बाझिन सक्ने स्थिति देखिँदा–देखिँदै पनि त्यसतर्फ पनि ध्यान गएको देखिन्न । विवरणपत्रमा ‘दुवै कम्पनीको उद्देश्य मिल्दोजुल्दो भए पनि शिवमले आफ्ना उत्पादनको बजार विस्तार गरी उद्योगबाट पूर्ण क्षमतामा विगत वर्षदेखि नै शिवम् ब्राण्डको ओपीसी सिमेण्ट मात्र उत्पादन तथा विक्री गरिआएको र अत्यधिक उपभोक्ताको रोजाइको ब्राण्ड बनेकाले नयाँ आउने उद्योगले यसको बजार अंश लिन नसक्ने हुँदा स्वार्थ बाझिने सम्भावना अत्यन्त न्यून रहेको छ’ भने पनि यथार्थमा त्यस्तो हुन्न । शिवमले होंग्शी शिवममा लगानी गरेको छ । यी दुवै सिमेण्ट उत्पादक कम्पनी हुन् र यी दुवैको कारखानाको दूरी मुश्किलले १ सय किलोमिटर रहेको छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८ सय ८५ किमी र यसलाई जोड्ने महेन्द्र राजमार्गको लम्बाइ १ हजार २० किमी छ । नेपालको मुख्य बस्ती यही राजमार्गको उत्तर–दक्षिण र काठमाडौं उपत्यका आसपासमा केन्द्रित छ र सिमेण्टको खपत हुने क्षेत्र पनि मूल रूपमा यिनै हुन् । अपवादका रूपमा केही विकास आयोजाना क्षेत्रगत रूपमा रहन सक्छन् । बजार र वस्तु एकै रहेको अवस्थामा एकले अर्कोमा लगानी गरेर नियन्त्रण गर्दा वित्तीय स्वार्थ बाझिन्न भन्ने तात्त्विक आधार छैन । कम्पनीले दाबी गरेको ‘अत्यधिक रोजाइको ब्राण्ड’ बनेको प्रमाणपत्र कसले दिएको हो ? आफूले आफैलाई यस्तो प्रमाणपत्र दिएको भरमा स्वार्थ बझिन्न भन्ने कम्पनीको भनाइसँग बोर्ड कसरी सहमत भयो ?

विवरणपत्रमा ‘होंग्शी शिवम् सिमेण्टको सञ्चालक समितिमा शिवम् सिमेण्टबाट नियुक्त (मनोनीत) २ जना प्रतिनिधिहरू नै रहेको र रहने हुँदा दुवै उद्योगलाई समन्वय गरी सञ्चालन हुनेछ’ भनिएको छ । त्यस्तै ‘शिवम् होल्डिङ्स प्रालिमार्फत  लगानी रहेकाले होंग्शी शिवमबाट आर्जन हुने मुनाफा शिवमले समेत प्राप्त गर्ने हुँदा स्वार्थ बाझिने अवस्था नरहेको भनिएको छ’ तर यी दुई व्यवस्थाले कसरी स्वार्थ बाझिन्न भन्ने तथ्यगत कुरा कहीँ भेटिन्न । तैपनि बोर्डले यसतर्फ ध्यान दिन सकेको देखिन्न । त्यस्तै शिवममा ४२ लाखभन्दा बढी कित्ता शेयरधारण गरी आधारभूत शेयरधनी रहेका एक शेयरधनीको मोरङमा रहेको सिमेण्ट उद्योगमा २५ प्रतिशत शेयर रही सञ्चालकसमेत रहेको र उक्त कम्पनीसँग करीब ३ करोड बराबरको क्लिङ्कर खरीद गरेको विवरणपत्रमा उल्लेख गरिएको छ । यी माथिका प्रकरणले एकअर्का बीच स्वार्थ बाझिन्छ, बाझिन्न बोर्डले विस्तृत अध्ययन गर्नु आवश्यक छ ।

विवरणपत्रमा स्वार्थ बाझिन्न भने पनि स्वार्थ बाझिने तथ्य र कारण प्रस्तुत गरेमा बचावटका लागि कम्पनीले ८८ प्रतिशत स्वामित्व रहेको ‘शिवम् होल्डिङ्स प्रालि’ नामक सहायक कम्पनी खडा गरेर ‘हङकङ रेड लाइन सिमेण्ट नं. ३’ भन्ने विदेशी कम्पनीको ७० प्रतिशत लगानी रहेको शिवम् होंग्शीमा लगानी गरेर मुख बन्द गर्ने प्रयास गरेको देख्न सकिन्छ ।

कानूनको अनुपालना

शिवम् कम्पनी कानून पालना र सुशासनको पक्षमा कमजोर देखिएको छ । कम्पनी ऐन २०६३ अनुसार कम्पनीले (क) विगत वर्षको कारोबारको सिंहावलोकन, (ख) राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिबाट कारोबारलाई परेको असर, (ग) चालू वर्षको उपलब्धि र भविष्यमा गर्नुपर्ने कुराको सम्बन्धमा सञ्चालक समितिको धारणा, (घ) औद्योगिक वा व्यावसायिक सम्बन्ध, (ङ) विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्त्यमा रहेको स्थितिको पुनरावलोकन, (च) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरणलगायत कम्पनी ऐनले तोकेका अन्य कयौं विवरण खोलेर वार्षिक प्रतिवेदन तयार पार्नुपर्नेमा यस्तो कुनै दस्तावेज प्राप्त हुन सकेको छैन ।

निष्कासनपछिको नियमन

वास्तविक नियमनको पाटो भने निष्कासनपछि शुरू हुने भएकाले निष्कासनका बेला चुकेको विषय पछि सच्याउन थाल्दा वास्तविक नियमन ओझेल पर्ने हुँदा शुरुआतमा नै शुद्धतातर्फ लाग्नुपर्ने हुन्छ । बोर्डले स्वीकृति दिँदा र त्यसपछि व्यवसाय आफैले पनि निश्चित मापदण्ड तय गरेर आफै नियामक बन्ने अवसर प्राप्त भएकाले यसतर्फ ध्यान दिएर सबैको मन जित्न पाउने सुनौलो समय आएको छ ।

अभियान दैनिकमा २०७ श्रावण २१ गते प्रकाशित 
http://www.abhiyan.com.np/?p=266446 


Tuesday, August 7, 2018

योगका व्यावहारिक रूप है संस्कृत भाषा के रहस्य -शास्त्री नित्यगोपाल कटारे

दुनिया की पहली पुस्तक की भाषा होने के कारण संस्कृत भाषा को विश्व की प्रथम भाषा मानने में कहीं कोई संशय की गुंजाइश नहीं हैं।इसके सुस्पष्ट व्याकरण और वर्णमाला की वैज्ञानिकता के कारण सर्वश्रेष्ठता भी स्वयं सिध्द है। सर्वाधिक महत्वपूर्ण साहित्य की धनी हाने से इसकी महत्ता भी निर्विवाद है। इतना सब होने के बाद भी बहुत कम लोग ही जानते है कि संस्कृत भाषा अन्य भाषाओ की तरह केवल अभिव्यक्ति का साधन मात्र ही नहीं है; अपितु वह मनुष्य के सर्वाधिक संपूर्ण विकास की कुंजी भी है। इस रहस्य को जानने वाले मनीषियों ने प्राचीन काल से ही संस्कृत को देव भाषा और अम्रतवाणी के नाम से परिभाषित किया है। संस्कृत केवल स्वविकसित भाषा नहीं वल्कि संस्कारित भाषा है इसीलिए इसका नाम संस्कृत है। संस्कृत को संस्कारित करने वाले भी कोई साधारण भाषाविद् नहीं वल्कि महर्षि पाणिनि; महर्षि कात्यायिनि और योग शास्त्र के प्रणेता महर्षि पतंजलि हैं। इन तीनों महर्षियों ने बड़ी ही कुशलता से योग की क्रियाओं को भाषा में समाविष्ट किया है। यही इस भाषा का रहस्य है । जिस प्रकार साधारण पकी हुई दाल को शुध्द घी में जीरा; मैथी; लहसुन; और हींग का तड़का लगाया जाता है;तो उसे संस्कारित दाल कहते हैं। घी ; जीरा; लहसुन, मैथी ; हींग आदि सभी महत्वपूर्ण औषधियाँ हैं। ये शरीर के तमाम विकारों को दूर करके पाचन संस्थान को दुरुस्त करती है।दाल खाने वाले व्यक्ति को यह पता ही नहीं चलता कि वह कोई कटु औषधि भी खा रहा है; और अनायास ही आनन्द के साथ दाल खाते-खाते इन औषधियों का लाभ ले लेता है।
ठीक यही बात संस्कारित भाषा संस्कृत के साथ सटीक बैठती है।जो भेद साधारण दाल और संस्कारित दाल में होता है ;वैसा ही भेद अन्य भाषाओं और संस्कृत भाषा के बीच है।संस्कृत भाषा में वे औषधीय तत्व क्या है ? यह जानने के लिए विश्व की तमाम भाषाओं से संस्कृत भाषा का तुलनात्मक अध्ययन करने से स्पष्ट हो जाता है।
संस्कृत में निम्नलिखित चार विशेषताएँ हैं जो उसे अन्य सभी भाषाओं से उत्कृष्ट और विशिष्ट बनाती हैं।
१ अनुस्वार (अं ) और विसर्ग(अ:)
सेस्कृत भाषा की सबसे महत्वपूर्ण और लाभ दायक व्यवस्था है, अनुस्वार और विसर्ग। पुल्लिंग के अधिकांश शब्द विसर्गान्त होते हैं —
यथा- राम: बालक: हरि: भानु: आदि।
और
नपुंसक लिंग के अधिकांश शब्द अनुस्वारान्त होते हैं—
यथा- जलं वनं फलं पुष्पं आदि।
अब जरा ध्यान से देखें तो पता चलेगा कि विसर्ग का उच्चारण और कपालभाति प्राणायाम दोनों में श्वास को बाहर फेंका जाता है। अर्थात् जितनी बार विसर्ग का उच्चारण करेंगे उतनी बार कपालभाति प्रणायाम अनायास ही हो जाता है। जो लाभ कपालभाति प्रणायाम से होते हैं, वे केवल संस्कृत के विसर्ग उच्चारण से प्राप्त हो जाते हैं।
उसी प्रकार अनुस्वार का उच्चारण और भ्रामरी प्राणायाम एक ही क्रिया है । भ्रामरी प्राणायाम में श्वास को नासिका के द्वारा छोड़ते हुए भौंरे की तरह गुंजन करना होता है, और अनुस्वार के उच्चारण में भी यही क्रिया होती है। अत: जितनी बार अनुस्वार का उच्चारण होगा , उतनी बार भ्रामरी प्राणायाम स्वत: हो जावेगा।
कपालभाति और भ्रामरी प्राणायामों से क्या लाभ है? यह बताने की आवश्यकता नहीं है; क्योंकि स्वामी रामदेव जी जैसे संतों ने सिद्ध करके सभी को बता दिया है। मैं तो केवल यह बताना चाहता हूँ कि संस्कृत बोलने मात्र से उक्त प्राणायाम अपने आप होते रहते हैं।
जैसे हिन्दी का एक वाक्य लें- '' राम फल खाता है``
इसको संस्कृत में बोला जायेगा- '' राम: फलं खादति"
राम फल खाता है ,यह कहने से काम तो चल जायेगा ,किन्तु राम: फलं खादति कहने से अनुस्वार और विसर्ग रूपी दो प्राणायाम हो रहे हैं। यही संस्कृत भाषा का रहस्य है।
संस्कृत भाषा में एक भी वाक्य ऐसा नहीं होता जिसमें अनुस्वार और विसर्ग न हों। अत: कहा जा सकता है कि संस्कृत बोलना अर्थात् चलते फिरते योग साधना करना।
२- शब्द-रूप
संस्कृत की दूसरी विशेषता है शब्द रूप। विश्व की सभी भाषाओं में एक शब्द का एक ही रूप होता है,जबकि संस्कृत में प्रत्येक शब्द के 25 रूप होते हैं। जैसे राम शब्द के निम्नानुसार 25 रूप बनते हैं।
यथा:- रम् (मूल धातु)
राम: रामौ रामा:
रामं रामौ रामान्
रामेण रामाभ्यां रामै:
रामाय रामाभ्यां रामेभ्य:
रामत् रामाभ्यां रामेभ्य:
रामस्य रामयो: रामाणां
रामे रामयो: रामेषु
हे राम! हेरामौ! हे रामा:!
ये 25 रूप सांख्य दर्शन के 25 तत्वों का प्रतिनिधित्व करते हैं। जिस प्रकार पच्चीस तत्वों के ज्ञान से समस्त सृष्टि का ज्ञान प्राप्त हो जाता है, वैसे ही संस्कृत के पच्चीस रूपों का प्रयोग करने से आत्म साक्षात्कार हो जाता है। और इन 25 तत्वों की शक्तियाँ संस्कृतज्ञ को प्राप्त होने लगती है।
सांख्य दर्शन के 25 तत्व निम्नानुसार हैं।-
आत्मा (पुरुष)
(अंत:करण 4 ) मन बुद्धि चित्त अहंकार
(ज्ञानेन्द्रियाँ 5) नासिका जिह्वा नेत्र त्वचा कर्ण
(कर्मेन्द्रियाँ 5) पाद हस्त उपस्थ पायु वाक्
(तन्मात्रायें 5) गन्ध रस रूप स्पर्श शब्द
( महाभूत 5) पृथ्वी जल अग्नि वायु आकाश
३- द्विवचन
संस्कृत भाषा की तीसरी विशेषता है द्विवचन। सभी भाषाओं में एक वचन और बहु वचन होते हैं जबकि संस्कृत में द्विवचन अतिरिक्त होता है। इस द्विवचन पर ध्यान दें तो पायेंगे कि यह द्विवचन बहुत ही उपयोगी और लाभप्रद है।
जैसे :- राम शब्द के द्विवचन में निम्न रूप बनते हैं:- रामौ , रामाभ्यां और रामयो:। इन तीनों शब्दों के उच्चारण करने से योग के क्रमश: मूलबन्ध ,उड्डियान बन्ध और जालन्धर बन्ध लगते हैं, जो योग की बहुत ही महत्वपूर्ण क्रियायें हैं।
४ सन्धि
संस्कृत भाषा की सबसे महत्वपूर्ण विशेषता है सन्धि। ये संस्कृत में जब दो शब्द पास में आते हैं तो वहाँ सन्धि होने से स्वरूप और उच्चारण बदल जाता है। उस बदले हुए उच्चारण में जिह्वा आदि को कुछ विशेष प्रयत्न करना पड़ता है।ऐंसे सभी प्रयत्न एक्यूप्रेशर चिकित्सा पद्धति के प्रयोग हैं।
''इति अहं जानामि" इस वाक्य को चार प्रकार से बोला जा सकता है, और हर प्रकार के उच्चारण में वाक् इन्द्रिय को विशेष प्रयत्न करना होता है।
यथा:- १ इत्यहं जानामि।
२ अहमिति जानामि।
३ जानाम्यहमिति ।
४ जानामीत्यहम्।
इन सभी उच्चारणों में विशेष आभ्यंतर प्रयत्न होने से एक्यूप्रेशर चिकित्सा पद्धति का सीधा प्रयोग अनायास ही हो जाता है। जिसके फल स्वरूप मन बुद्धि सहित समस्त शरीर पूर्ण स्वस्थ एवं नीरोग हो जाता है।
इन समस्त तथ्यों से सिद्ध होता है कि संस्कृत भाषा केवल विचारों के आदान-प्रदान की भाषा ही नहीं ,अपितु मनुष्य के सम्पूर्ण विकास की कुंजी है। यह वह भाषा है, जिसके उच्चारण करने मात्र से व्यक्ति का कल्याण हो सकता है। इसीलिए इसे देवभाषा और अमृतवाणी कहते हैं।

Sunday, August 5, 2018

वैदिक ग्रन्थमा गणित र विज्ञान

छंद शास्त्रका प्रणेता पिंगलाचार्य द्विअंकीय गणितका प्रणेता मानिन्छन | त्यसैबेला पाणिनी जन्मिए जो संस्कृत व्याकरणका पिता मानिन्छन | पिंगलाचार्यको छंदको नियम गणितीय दृष्टिकोणले हेर्दा हरेक द्विअंकीय (बाइनरी)ले गणितको काम गरेको देखिन्छ भने ती दुई अंकमा घन समीकरण तथा चतुर्घाती समीकरणको हल पनि भेटिन्छ | यसै शिलशिलामा बख्शाली पाण्डुलिपि भगवती सूत्र , स्थनंग सूत्रमा अंक सिद्धांत, रेखागणित, भिन्न, सरल समीकरण, घन समीकरण, चतुर्घाती समीकरण तथा मचय (पर्मुटेशंस) आदि वर्णन गरिएको छ | ईसा पूर्व पहिलो /दोश्रो शताब्दीको ‘ललित विस्तर‘ बौद्ध ग्रंथमा गणितज्ञ अर्जुन र बोधिसत्वको वार्तालापमा बोधिसत्वले कोटि अर्थात १०^७ अंकको वर्णन गरेका छन् | १०० कोटि, अयुत, नियुत, कंकर, विवर, क्षोम्य, निवाह, उत्संग, बहुल, नागबल, तितिलम्ब, व्यवस्थान प्रज्ञप्ति, हेतुशील, करहू, हेत्विन्द्रिय, समाप्तलम्भ, गणनागति, निखध, मुद्राबाल, सर्वबल, विषज्ञागति, सर्वज्ञ, विभुतंगमा, र तल्लक्षणा | यहाँ तल्लक्षणाको मान १०^५३ अर्थात एक माथि ५३ ओटा शून्य हो १०^५३ | तृतीय कोटि गुणोत्तर संख्या ऋषि कात्यायनको पाली व्याकरणको सूत्र ५१, ५२ मा छ अर्थात्‌ पछिल्लो शंख्या पहिलो शंख्या भन्दा करोड़ गुणा बढि | जैन ग्रंथ ‘अनुयोगद्वार‘ मा यी शंख्याहरुलाई -कोटि-कोटि, पकोटी, कोट्यपकोटि, नहुत, निन्नहुत, अक्खोभिनि, बिन्दु, अब्बुद, निरष्बुद, अहह, अबब, अतत, सोगन्धिक, उप्पल कुमुद, पुण्डरीक, पदुम, कथान, महाकथान र अशंखेया भनेर चिह्नाईएको छ | यहाँ असंख्येयको मान १०^ १४० शून्य राखिएको शंख्या हो | यसैबाट अनुमान गर्न सकिन्छ प्राचीनकालमा अंकगणित कति विकसित थियो ? त्यतिखेर आजको विश्वले १०,००० भन्दा बढि गन्न जान्दैनथ्यो | प्राचिन गणितका आठ मूख्य अंगहरु रहेको मानिन्थे - (१) संकलन (जोड़) (२) व्यवकलन (घटाउ ) (३) गुणन (गुणा गर्ने ) (४) भाग (भाग गर्ने ) (५) वर्ग (वर्ग निकाल्ने ) (६) वर्ग मूल (वर्ग मूल निकाल्ने ) (७) घन (घन गर्ने ) (८) घन मूल (घन मूल निकाल्ने ) | यस भित्र दुईकुरा महत्वपूर्ण मानिन्थे - वृद्धि र ह्रास | जोड़ वृद्धि हो , घटाउ ह्रास | यिनै दुई मूल क्रिया भित्र सम्पूर्ण गणित शास्त्र अडेको छ |
वेदमा गणित
--------------
इहलौकिक एवं पारलौकिक ज्ञानको अनंत श्रोत मानिने वेदको भावार्थ अनंत ज्ञानविज्ञानको अक्षय भण्डार हो | यो विश्वमा गणित शास्त्रको उत्पत्ति र विकास त्यतिनै प्राचिन हो जति मानव सभ्यताको इतिहाँस | यसलोकको पुस्तकालयको प्राचीनतम ग्रंथ वेद नै हो | त्यो वैदिक संहिताबाट गणित तथा ज्योतिष दुवै विषय बेग्ला बेग्लै शास्त्रको रुपमा विकशित भई आजको वास्थामा आईपुगेको हो |
प्रज्ञानाय नक्षत्रदर्शम् - (~यजुर्वेद - ३० - १० )
यजुर्वेदमा खगोलशास्त्र (ज्योतिष) का विद्वानहरुका लागि "नक्षत्रदर्श" शब्द प्रयोग गरिएको छ र भनिएको छ तिमी प्रतिभावान बन्न चाहान्छौ भने त्यसको अध्ययन गर |
यादसे शाबल्यां ग्रामण्यं गणकम् - (~यजुर्वेद ३० /२० )
यो ऋचाले विविध रूपको लेखा जोखा गर्न "गणक" को सहयोग लेउ भनेको छ |
छान्दोज्ञ उपनिषद्मा सनतकुमारले सोद्धा देवर्षि नारदले १८ विद्यामा गणित पनि भएको उल्लेख गरेका छन् -
स होवाच — ऋग्वेदं भगवोsध्येमि यजुर्वेदं सामवेदमाथर्वणं चतुर्थमितिहासपुराणं पंचम वेदानं वेदं पित्र्यं "राशिं" दैवं निधि वाकोवाक्यमेकायनं देवविद्यां ब्रह्मविद्यां भूतविद्यां "क्षत्रविद्यां" नक्षत्रविद्यां सर्पदेवजनविद्यामेतद् भगवोsध्येमि । (~छन्दयोग्य उपनिषद् - ७ . १ . २ ) यसैलाई आद्द शंकराचार्यले आफ्नो शंकरभाष्यमा 'राशिम् ' को अर्थ 'राशि गणितम्' भनेर उल्लेख गरिदिएका छन | उनले ज्योतिषलाई नक्षत्र विद्या र गणितलाई राशि विद्या ' भनेका छन |
ईशावास्योपनिषद् को यो शांति मंत्रले भन्छ -
ॐपूर्णमद: पूर्णमिदं पूर्णात्‌ पूर्णमुदच्यते।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।।
यो मंत्र मात्र आध्यात्मिक वर्णन होईन , यो अत्यंत महत्वपूर्ण गणितीय शंकेत पनि हो | यो गणित शास्त्रको मूल आधार हो | यसले भन्छ यो पनि पूर्ण छ , त्यो पनि पूर्ण छ , पूर्णबाट पूर्ण घटाउँदा पूर्ण नै रहन्छ , र अंतमा पूर्ण भई लीन हुन्छ र पनि त्यसको अवशिष्ट पूर्ण नै रहन्छ | यो वैशिष्ट्य पूर्ण वर्णन भित्र त्यही वैशिष्ट्य शून्य वा अनंतता रहेको छ , जसले शून्यमा शून्य जोड़दा वा घटाउँदा शून्य नै रहन्छ भन्ने जनाउ दिन्छ | यहीकुरो अनन्तको वर्णनपनि हो |
महर्षि लगधको उदय
-----------------------
'लगध ऋषि' लिखित 'वेदांग-ज्योतिष' ग्रंथले यसको प्रयोग शिर्ष स्थानमा राखेर गरेको देखिन्छ |वैदिक ऋषिमुनिहरुको प्रयोगमा गणित स्वतन्त्र सारभौम विषय रहेको थियो तसर्थ आज आई पुग्दा यसलाई शांख्यिकिको आँखो , भौतिक शास्त्रको आत्मा , प्रक्षेपणास्त्रको देशको सुरक्षाको साधन , ज्योतिषको रुपमा इहलोक वा पारलौकिक ज्ञानको माध्यम , त्रिकोणमितिको रुपमा व्योमगतिको यान , अंक गणितको रुपमा समस्त लौकिक ब्यवहार र वाणिज्य शास्त्रको रुपमा क्रय विक्रयको माध्यम कहलिन पुगेको हो | यस्तो गणितको यो विश्वमा र नेपालमा कहिले देखि प्रयोग भयो ? आउनोस केहीबेर रुमल्लियुं र बुझौ हाम्रो विगत र वर्तमान | वैदिक गणितका आजसम्म देखिएका मूधन्य विद्वान महर्षि लगध वेदाङ्ग ज्योतिषमा भन्छन -
वेदा हि यज्ञार्थमभिप्रवृत्ता: कालानुपूर्व्याविहिताश्च यज्ञा: |
तस्मादिदं कालविधानशास्त्रं यो ज्योतिषं वेद स वेद यज्ञान् ||
उत्पादकं यत्प्रवदन्ति बुद्धे रधिष्ठितंसत्पुरुषेण सांख्या:|
कृत्स्नस्य लोकस्य तदेकबीजम व्यक्त मीशं गणित्ं च वन्दे || - ( वेदाङ्ग ज्योतिष ,महर्षि लगध ,२,३ श्लोक )
वैदिक यज्ञ कृत्यले गणित विषयलाई जन्म दिई सारा विश्वलाई त्यसको प्रयोग गर्न सिकाएको हो | त्यसैबाट आजको समस्त विज्ञान उत्पन्न हुन सक्यो | ब्यक्त गणित जसलाई अंकगणित भनिन्छ तथा अव्यक्त गणित जसलाई वीज गणित भनिन्छ | जो व्यक्त ,अव्यक्त चिंतन मननमा सँधै ब्यस्त रही यो संसारलाई यस्तो अमूल्य योगदान दिन सके ती ऋषिमुनिहरु को अव्यक्त अंशबाट व्यक्त भएको गणित (अंक गणित्) र अव्यक्त गणित्(बीजगणित्)बाट उत्पत्ति हुन पुग्यो -
यथा शिखा मयूराणां नागानां मणयो यथा।
तद्वद् वेदांगशास्त्राणां गणितं मूर्धनि वर्तते ।। (~वेदांग ज्योतिष)
अर्थात् — जसरी मयूरको शिखा शिरमा रहन्छ , नागको मणि शिरमा रहेका कारण बहुमूल्य छन त्यसरी नै सबै वेद-शास्त्रमा गणित सर्वोच्च ,बहुमूल्य छ |
वेदमा अंकगणित
----------------------
अंक लेख्ने क्रम देखाउंदै यजुर्वेद उल्लेख गर्दछ - " सविता प्रथमेऽहन्नग्नि र्द्वितीये वायुस्तृतीयऽआदिचतुर्थे चन्द्रमा: पञ्चमऽऋतु:षष्ठे मरूत: सप्तमे बृहस्पतिरष्टमे। मित्रो नवमे वरुणो दशमंऽइन्द्र एकादशे विश्वेदेवा द्वादशे। (यजुर्वेद-३९-६) | यसको पहिलो विशेषता नै के हो भने यसमा १ देखि १२ अंकसम्म क्रमैले लेख्न सिकाएको छ | यसको अर्थ के हो भने हाम्रो सत्य त्रेता ,द्वापरका प्रत्येक ऋषिमुनिहरुले शून्यदेखि अनन्तसम्म लेख्न जान्दथे | यसवाहेक हाम्रा पूर्खा शून्य आविष्कार गर्ने यस कारण हुन कि उनीहरुले १ देखि अरबसम्मको शंख्या लेख्न सिकाउंदै भने " स्थानात् स्थानं दशगुणं स्यात " प्रत्येक अघिल्लो शंख्या पछिल्लो शंख्या भन्दा दश गुणा बढी हुन्छ | यो भनाइले के कुरो प्रमाणित गरेको छ भने निश्चित रूपमा शून्यको आविष्कारक अरु कोही होईन , हाम्रै पूर्वज थिए |
वेद ,उपनिषद ,संहिता,आरण्यक ,व्राह्मण ,पुराण्, रामायण , महभारत , गीता आदिमा सुक्ष्मतर एवं वृहत्तर सँख्याहरु प्रयोग गरिएको देखिन्छ | महर्षि मेघातिथिले सँख्या सूचक सारिणी प्रयोग गर्दैभने एक - १ ,दश -१० ,शत - १०० ,सहश्र -१०००, अयुत -१०००० , नियुत -१०००००, प्रयुत -१०००००० , अर्वुद -१००००००० , न्यर्बुद -१००००००००, समुद्र -१००००००००० , मध्य १०००००००००० ,अन्त -१००००००००००० , परार्द्ध -१०००००००००००० | त्यसपछि तैत्तिरिय संहितामा १ देखि १९ सम्मको अंक त्यसपछि १९ ,२९, ३९, ४९, ६९, ७९, ८९, ९९,सम्मको विषम संख्या र ४,५,९,२० ,१०० जस्ता सम विषम संख्याको गुणक सारिणि राखिएको छ | यी सबै संख्याहरुले द्विगुणित् ,दशगुणित् तथा शतगुणित संख्याका अंकहरुको जानकारी गराएका छन | श्री धराचार्यले एक्, दश्, शत्, सहश्र, लक्ष, अयुत्, प्रयुत्, कोटि, अर्बुद्, अब्ज्, खर्व्, निखर्व्, महासरोज्, शंख ,सरितापति अंत्, मध्य र परार्द्ध समेत उल्लेख गरेको पाइन्छ | हाम्रा मनिषीहरु संग तल्लक्षणा मनिक्षि १ संख्यामा ५३ ओटा शून्य ,महौध १ मा ६० ओटा शून्य तथा असंख्येंय १ माथि १४० ओटा शून्य भएको वृहद सँख्याको ज्ञान थियो | हाम्रा पूर्खाहरु सँख्या विभाजित गर्न माहिर थिए | अर्द्ध -१/२ ,पाद -१/४, शफ -१/८ ,काष्ठा -१/१२,कला-१/१६ आदि |
यजुर्वेदमा अंक
-----------------
यजुर्वेदले विषम सँख्या यसरी उल्लेख गरेको छ | - एका च मे तिस्रश्च मे पञ्च च मे सप्त च मे नव च म एकदश च मे त्रयोदश च मे पंचदश च मे सप्तदश च मे नवदश च म एक विशतिश्च मे त्रयोविशतिश्च मे पंचविशतिश्च मे सप्तविशतिश्च मे नवविशतिश्च म एकत्रिशच्च मे त्रयस्त्रिशच्च मे चतस्रश्च मेऽष्टौ च मे द्वादश च मे षोडश च मे विशतिश्च मे चतुर्विशतिश्च मेऽष्टाविशतिश्च मे द्वात्रिशच्च मे षट्त्रिशच्च मे चत्वरिशच्च मे चतुश्चत्वारिशच्च मेऽष्टाचत्वारिशच्च मे वाजश्च प्रसवश्चापिजश्च क्रतुश्च सुवश्च मूर्धा च व्यश्नियश्चान्त्यायनश्चान्त्यश्च भौवनश्च भुवनश्चाधिपतिश्च ॥ ११॥ १, ३, ५, ७, ९, ११, १३, १५, १७, १९, २१, २३, २५, २७, २९, ३१, ३३,३५,३७,३९, ईत्यादि |
हाम्रा पूर्वज ऋषि मुनिहरू गणितमा कति निपुण थिए भन्नेकुराको अर्को सानो उदाहरण हेरौं -
अंकहरुको वर्णन यजुर्वेदमा गरिएको छ - सविता प्रथमेऽहन्नग्नि र्द्वितीये वायुस्तृतीयऽआदिचतुर्थे चन्द्रमा: पञ्चमऽऋतु:षष्ठे मरूत: सप्तमे बृहस्पतिरष्टमे। मित्रो नवमे वरुणो दशमंऽइन्द्र एकादशे विश्वेदेवा द्वादशे। (यजुर्वेद-३९-६)। माथिको मन्त्रमा अंक एकदेखि बाह्रसम्मको क्रम शंख्या दिइएको छ | यजुर्वेद संहिताको १७ औं अध्यायको दोश्रो मंत्रमा उल्लेख गरिएको छ | जसको क्रम निम्नानुसार छ - एक, दस, शत, सहस्र, अयुक्त, नियुक्त, प्रयुक्त, अर्बुद्ध, न्यर्बुद्र, समुद्र, मध्य, अन्त र परार्ध | यसप्रकार परार्धको मान १०^१२ अर्थात दस खरब हुन पुग्दछ |
अथर्ववेदमा अंकगणित
-------------------------
अथर्ववेदमा दश अंक सम्मको उल्लेख यसप्रकार गरिएको छ -य एतं देवमेकवृतं वेद ॥१५॥ न द्वितीयो न तृतीयश्चतुर्थो नाप्युच्यते ॥१६॥ न पञ्चमो न षष्ठः सप्तमो नाप्युच्यते ॥१७॥ नाष्टमो न नवमो न दशमो नाप्युच्यते ॥१८॥यो एक देखि नौ अंक सम्मको दश सँख्या सम्म बनाउन अथर्ववेदमा यसरी भनिएको छ -एका च मे दश च मेऽपवक्तार ओषधे । ऋतजात ऋतावरि मधु मे मधुला करः ॥१॥ द्वे च मे विंशतिश्च मेऽपवक्तार ओषधे । ऋतजात ऋतावरि मधु मे मधुला करः ॥२॥ तिस्रश्च मे त्रिंशच्च मेऽपवक्तार ओषधे । ऋतजात ऋतावरि मधु मे मधुला करः ॥३॥ चतस्रश्च मे चत्वारिंशच्च मेऽपवक्तार ओषधे । ऋतजात ऋतावरि मधु मे मधुला करः ॥४॥ पञ्च च मे पञ्चाशच्च मेऽपवक्तार ओषधे । ऋतजात ऋतावरि मधु मे मधुला करः ॥५॥ षट्च मे षष्टिश्च मेऽपवक्तार ओषधे । ऋतजात ऋतावरि मधु मे मधुला करः ॥६॥ सप्त च मे सप्ततिश्च मेऽपवक्तार ओषधे । ऋतजात ऋतावरि मधु मे मधुला करः ॥७॥ अष्ट च मेऽशीतिश्च मेऽपवक्तार ओषधे । ऋतजात ऋतावरि मधु मे मधुला करः ॥८॥ नव च मे नवतिश्च मेऽपवक्तार ओषधे । ऋतजात ऋतावरि मधु मे मधुला करः ॥९॥ दश च मे शतं च मेऽपवक्तार ओषधे । ऋतजात ऋतावरि मधु मे मधुला करः ॥१०॥ शतं च मे सहस्रं चापवक्तार ओषधे ।ऋतजात ऋतावरि मधु मे मधुला करः ॥११॥ १,१०,२०,३०,४०,५०,६०,७०,८०,९०,१००,१००० |
प्राचीन अव्यक्त गणित
------------------------
हाम्रो वैदिक संस्कृति को दिव्यता को वर्णन गर्दा गणित को बीजगणितीय शाखा लाई छुट्टै किसिले हेर्न सक्नु पर्दछ |यसले प्राचीन वैदिक गणितीय ज्ञानलाई प्रमाणित मात्र गर्ने होईन बरु सरल तथा रोचक पनि बनाएको छ |
श्रीधराचार्यले भनेका छन -
इष्टोनयुतवधो वा तदिष्ट-वर्गान्वितो वर्गाः। ( —त्रिशतिका, श्लोक , ११ )
अर्थात , जुन संख्याको वर्ग गर्ने हो त्यो इष्ट शंख्यालाई घटाउ र फेरी त्यै शंख्या जोड | अघि त्यो पुनः घटाएको र जोडेको शंख्यालाई आपसमा गुणन गर र त्यो गुणनफलमा इष्ट शंख्या जोडदा त्यो शंख्याको वर्ग प्राप्त हुनेछ -
भाष्कराचार्य भन्छन -
इष्टोनयुग्राशिवधः कृतिः स्यादिष्टस्य वर्गेण समन्वितो वा। ( —लीलावती, अभिन्नपरिकर्माष्टक, श्लोक ,९ )
अर्थात - वर्ग गर्न सकिने शंख्या लाई कुनै कल्पित शंख्या संग एकातिर जोड्दा र अर्कोतिर घटाउँदा ती दुबैको योगान्तरको गुणनफलमा त्यो कल्पित शंख्याको वर्ग जोडिदिए त्यो आलोच्य शंख्याको वर्ग प्राप्त हुन्छ |
वर्गान्तरम् तु योगान्तरघातसमो भवन्ति।
अर्थात ,कुनै दुई वर्ग शंख्याहरुको अन्तर त्यै शंख्याहरुको योग तथा अन्तरको प्रतिफलको गुणन प्रतिफल बराबर हुन्छ -
यै कुरो आजको गणितले यसरी लेखेको छ —
a² = ( a + b) × ( a - b) + b²
उदाहरण :-
( ६७ ) ² = ( ६७ + ३ ) × ( ६७ - ३ ) + ३ ²
= ७० × ६४ + ९
= ४४८९
यसै सूत्रमा समीकरणको नियम प्रयोग गरे यस्तो Identity प्राप्त हुन्छ —
a ² — b ² = ( a + b) ( a + b)
माथीको सूत्रको प्रयोग गणितको विभिन्न अध्यायमा गरिएको हुन्छ | जस्तो -
अभ्यास :-
(१ ) (६७ ) ² (२ ) ४३ × ३७ (३ ) ६६ × ५४ (४ ) ३५ ² - १४ ² (५ ) ६९ ² - ४९ ²
रेखागणित
-------------
वर्ग र घनको परिभाषा बताउंदै भाष्कराचार्य भन्छन " वर्गाकार क्षेत्र र त्यसको क्षेत्रफल वर्ग हो ,दुई समान शंख्याको गुणनफल वर्ग हो | यसैगरी तीन समान संख्याहरुको गुणनफल घन हो र बाह्र कोष्ठहरु र समान भुजाहरु भएको ठोसपनि घन हो | त्यस्तै अव्यक्त गणित या बीज गणित पनि यतै हुर्किएको हो | कल्पसूत्र ग्रंथहरु प्रत्येकमा एक अध्याय शुल्ब सूत्र रहेको हुन्छ , जसमा यज्ञ वेदी नापने रस्सीलाई रज्जू अथवा शुल्ब भनिएको छ | त्यस्तै ज्यामितिलाई शुल्ब या रज्जू गणित भनिएको छ | यसैलाई वर्णन गर्दै बौधायन ऋषिले प्रमेय बताएका छन -
दीर्घचतुरस स्याक्ष्णया रज्जू:
पार्श्वमानी तिर्यक्मानी
यत्पृथग्भूते कुरुतस्तदुभयं
करोति। (बौधायन शुलब सूत्र १-१२)
अर्थात आयातको कर्णको क्षेत्रफल त्यतिनै हुन्छ जति त्यसको लम्बाई र चौड़ाई हुन्छ | शुल्ब-सूत्रमा कुनै त्रिकोणको क्षेत्रफल बराबरको वर्ग , वर्गको क्षेत्रफल बराबरको वृत्त , वर्ग को दुई गुणा ,तीन गुणा वा एक तिहाई क्षेत्रफल समान क्षेत्रफलको वृत्त बनाउने तरिका सिकाईएको छ |त्यस्तै ‘लीलावती‘ मा कुनै वृत्तमा बनेको समचतुर्भुज, पंचभुज, षड्भुज, अष्टभुज आदिको एक भुजा त्यो वृत्तको व्यासको एक निश्चित अनुपातमा हुन्छ भनिएको छ | आर्यभट्टले त्रिभुजको क्षेत्रफल निकाल्ने सूत्र दिएका छन -
त्रिभुजस्य फलशरीरं समदल कोटी भुजार्धासंवर्ग:।
त्रिभुजको क्षेत्रफल त्यसको लम्बाई तथा लम्बको आधार भुजाको आधीको गुणनफल बराबर हुन्छ |
हिंदू गणितको पश्चिमा मूल्यांकन
-----------------------------------
हाम्रो परिप्रेक्ष्यमा विगतमा दुई किसिमका चिन्तक हरु देखिएका थिए | एक थरी इति भन्थे अर्काथरी नेति भन्थे | त्यै इति अर्थात पूर्णता र नेति अर्थात शून्यता भन्ने शिद्द्हत दिने ऋषि मुनि शून्यको आविष्कार हुन पुगे | जुन गणनाको दृष्टिले , गणित विधाको विकासको दृष्टिले महत्वपूर्ण हुन पुग्यो | हामी पो बुझ पचाउँछौं र कांग्रेश र कमनिस्ट भएर सारा प्राचीनतालाई पूर्ण तल्लिन भएका छौं ,नत्र हाम्रा पूर्खाहरु आजको गणित विधाको जन्मदाता हुन भन्न कसैले हिच्किचाउन पर्दैन | यूरोपको पुरानो गणितको पुस्तकलाई " कोडेक्स विजिलेन्स" भन्छन ,जुन पुस्तक स्पेनको राजधानी मेड्रिड संग्राहलयमा छ | त्यसमा भनिएको छ -
" गणना गर्ने चिन्हहरु (अंकहरु ) हेर्दा यो अनुभव हुन्छ कि प्राचीन हिन्दुहरुको बुद्धि अचम्म पार्ने थियो तथा अन्य देश गणना गर्न ज्यामिति गर्न र अन्य वैज्ञानिक विधामा निकै पछि हुँदा उनीहरुले नौ अंक आविष्कार गरि देखाएका थिए ,त्यै अंकको मद्दतले जुनसुकै संख्यापनि लेखेर देखाउन सकिन्छ | " नौ अंक र शून्य को प्रयोगले अनंत गणना गर्न सक्ने कुरो यो संसारको वैज्ञानिक विकासमा महत्वपूर्ण योगदान दिएको भनिने अहिलेका विज्ञानी लाप्लास ,अल्बर्ट आईंस्टीन ले मुक्त कंठले प्रशंसा गर्ने थिएनन |
जब विश्व १०,००० शंख्या लेख्न जान्थेंन त्यतिखेर हाम्रा पूर्वज धुलौटो र पाटीमा अनन्त शंख्या लेख्थे | संस्कृतको एकं नेपालीमा एक भयो , अरबी ,ग्रीकमा पुग्दा ‘वन‘ भयो | संस्कृतको शून्य अरब पुग्दा सिफर , ग्रीक पुग्दा जीफर र अंग्रेज निर पुग्दा जीरो हुन पुग्यो | यसरी यो विश्वमा छरिन पुग्यो | हामी गांडु अझसम्म जस्ताको त्यस्तै |
विज्ञान
-------
सेक्युलरवादीहरु संस्कृत भाषासंग किन डराउछन ? हामी मध्ये कसैले नबुझला , तर , न्युट्रन जन्मिनुभन्दा पहिले अश्यंख स्याउहरु यो पृथ्वीमा झरिसकेको थियो | हामीलाई पढाइयो गुरुत्वाकर्षणको सिद्धान्त न्यूटन (१६४२ -१७२६ ) ले दिएका हुन | प्राचीन प्रसिद्ध गणितज्ञ भास्कराचार्यले (१११४ – ११८५ ) आफ्नो ग्रन्थ " सिद्धान्त शिरोमणि " मा भने -
आकृष्टिशक्तिश्चमहि तया यत् खस्थं गुरूं स्वाभिमुखं स्वशक्त्या ।
आकृष्यते तत् पततीव भाति समे समन्तात् क्व पतत्वियं खे ।। – सिद्धान्त० भुवन० १६
अर्थात – पृथ्वीमा आकर्षण शक्ति छ जसका कारण पृथ्वीले गह्रौं वस्तु आफूतिर तान्छ | पृथ्वी स्वयं सूर्य आदिको आकर्षणले टिकेको छ ,तसर्थ, त्यो निराधार आकाशमा टिकेको हो |आफ्नो ठाउँबाट सर्दैन ,झर्दैन आफ्नै किलोमा अडिएर घुम्दछ |
यै कुरो वराहमिहिर ( ५७ BC ) ले आफ्नो ग्रन्थ पञ्चसिद्धान्तिकामा यसरी भनेका छन् |
पंचभमहाभूतमयस्तारा गण पंजरे महीगोलः।
खेयस्कान्तान्तःस्थो लोह इवावस्थितो वृत्तः ।। – पञ्चसिद्धान्तिका पृ०३१
अर्थात- तारा समूहरूपी खगोल भित्र पृथ्वी यसरी अडिएको छ कि जसरी दुई चुम्बक बीच फलामको टुक्रा अडिन्छ |
आफ्नो ग्रन्थ सिद्धान्तशेखरमा आचार्य श्रीपति भन्छन –
*उष्णत्वमर्कशिखिनोः शिशिरत्वमिन्दौ,.. निर्हतुरेवमवनेःस्थितिरन्तरिक्षे ।।* – सिद्धान्तशेखर १५/२१ )
नभस्ययस्कान्तमहामणीनां मध्ये स्थितो लोहगुणो यथास्ते ।
आधारशून्यो पि तथैव सर्वधारो धरित्र्या ध्रुवमेव गोलः ।। –सिद्धान्तशेखर १५/२२
अर्थात -पृथ्वीको अन्तरिक्षको स्थिति त्यस्तै छ जसरी सूर्यमा गर्मी, चन्द्रमा शीतलता र वायुमा गतिशीलता । दुई ठूला चुम्बकका बीच मा फलाम को गोला स्थिर रहन्छ , त्यसरी नै पृथ्वी आफ्नो धूरीमा अडिएको छ | यस्ता धेरै प्राचीन उदाहरणहरु हाम्रा सामू रहेका छन् तर हामी नेपालीहरु तन्द्रावस्थामा भएकोले हाम्रो विज्ञानको श्रोत विलुप्त हुनपुगेको छ |
प्राचीन गणित ग्रन्थहरु
-------------------------
वेदांग ज्योतिष -- लगध ,बौधायन शुल्बसूत्र -- बौधायन ,मानव शुल्बसूत्र -- मानव , आपस्तम्ब शुल्बसूत्र -- आपस्तम्ब ,सूर्यप्रज्ञप्ति -- ,चन्द्रप्रज्ञप्ति -- ,स्थानांग सूत्र -- ,भगवती सूत्र -- ,अनुयोगद्वार सूत्र ,बख्शाली पाण्डुलिपि ,छन्दशास्त्र -- पिंगल ,लोकविभाग -- सर्वनन्दी , आर्यभटीय -- आर्यभट प्रथम ,आर्यभट्ट सिद्धांत -- आर्यभट प्रथम , दशगीतिका -- आर्यभट प्रथम ,पंचसिद्धान्तिका -- वाराहमिहिर ,महाभास्करीय -- भास्कर प्रथम ,आर्यभटीय भाष्य -- भास्कर प्रथम , लघुभास्करीय -- भास्कर प्रथम ,लघुभास्करीयविवरण -- शंकरनारायण , यवनजातक -- स्फुजिध्वज ,ब्राह्मस्फुटसिद्धान्त -- ब्रह्मगुप्त ,करणपद्धति -- पुदुमन सोम्याजिन् ,करणतिलक -- विजय नन्दी ,गणिततिलक -- श्रीपति ,सिद्धान्तशेखर -- श्रीपति ,ध्रुवमानस -- श्रीपति ,महासिद्धान्त -- आर्यभट द्वितीय ,अज्ञात रचना -- जयदेव (गणितज्ञ), पौलिसा सिद्धान्त -- ,पितामह सिद्धान्त -- ,रोमक सिद्धान्त --,सिद्धान्त शिरोमणि -- भास्कर द्वितीय ,ग्रहगणित -- भास्कर द्वितीय, करणकौतूहल -- भास्कर द्वितीय ,बीजपल्लवम् -- कृष्ण दैवज्ञ -- भास्कराचार्यको 'बीजगणित' को टीका , बुद्धिविलासिनी -- गणेश दैवज्ञ -- भास्कराचार्यको 'लीलावती' को टीका ,गणितसारसंग्रह -- महावीराचार्य ,सारसंग्रह गणितमु (तेलुगु) -- पावुलूरी मल्लन (गणितसारसंग्रह को अनुवाद) ,वासनाभाष्य -- पृथूदक स्वामी -- ब्राह्मस्फुटसिद्धान्त का भाष्य (८६४ ई) , पाटीगणित -- श्रीधराचार्य ,पाटीगणितसार या त्रिशतिका -- श्रीधराचार्य ,गणितपञ्चविंशिका -- श्रीधराचार्य ,गणितसार -- श्रीधराचार्य ,नवशतिका -- श्रीधराचार्य ,क्षेत्रसमास -- जयशेखर सूरि (भूगोल/ज्यामिति विषयक जैन ग्रन्थ) ,सद्रत्नमाला -- शंकर वर्मन ; सूर्य सिद्धान्त -- वाराहमिहिर तन्त्रसंग्रह -- नीलकण्ठ सोमयाजिन् ,वशिष्ठ सिद्धान्त -- ,वेण्वारोह -- संगमग्राम को माधव ,युक्तिभाषा या 'गणितन्यायसंग्रह' (मलयालम भाषा ) -- ज्येष्ठदेव , -प्रवीण अधिकारी |

Saturday, August 4, 2018

हराएको हकप्रद

विगत केही वर्षयता हकप्रद जारी हुने क्रम निरन्तर बढिरहेको छ । निष्कासन भएका हकप्रद जतिसुकै प्रयास गरे पनि शतप्रतिशत विक्री हुँदैनन् । अपवादका रूपमा कुनैकुनै कम्पनीको संस्थापकले धारण गरेको अंश पूर्णरूपमा बिकेको बाहेक सर्वसाधारणतर्फको भने शतप्रतिशत विक्री हुँदैन । यसरी नबिकेका दुवै (संस्थापक वा सर्वसाधारण) हकप्रदलाई लीलाम बढाबढ प्रक्रिया मार्फत तत् तत् समूहमा रहने गरी विक्री गर्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ ले गरेको छ । नबिकेको हकप्रद आजकल हराउन थालेको छ । हकप्रद विक्री गर्न तोकिएको समय सकिएर लीलामीका लागि निकालिएको सूचनामा पहिले एउटा सङ्ख्या उल्लेख गरेर पछि त्योभन्दा कम देखाउन थालिएको छ । हकप्रद हराउन थालेको धेरै भइसक्दा पनि यसको खोजी हुन सकेको छैन ।

हरि महतको प्रसङ्ग
 
हकप्रद हराएको र खोज्नुपर्ने निकायले अहिलेसम्म खोज्न चासो नदेखाएका बेला केही वर्ष अघि पढेको ‘हराएका हरि महत’ भन्ने एउटा आलेखको सम्झना आयो । लेखकको नाम अहिले सम्झना नभए पनि हकप्रद हराउन थालेपछि ताजा भएको उक्त आलेखको सङ्क्षिप्तमा चर्चा गर्नु सान्दर्भिक हुन्छ । अदालतबाट कारागार प्रशासनलाई प्रेषित ‘प्र हरि महत साथ फलानालाई फलाना दिन हाजीर गराउनू’ भन्ने बेहोराको पत्र प्राप्त भएपछि हाकीमले सम्बन्धित फाँटवालाको नाममा तोक आदेश गरिदिएछन् । ‘हरि महत’ भन्ने व्यक्ति कुनै पनि अभिलेखमा उल्लेख नभएको बेहोरा फाँटवालाले जाहेर गरेपछि कारागारका हाकीम लगायत सबैको होसहवास उडेछ । १ दिन २ दिन गर्दै अदालत हाजीर गराउने दिन नजीक आइसक्दा पनि ‘हरि महत’को अत्तोपत्तो थिएन । कारागार प्रशासनले हरिलाई खोज्न कुनै ठाउँ बाँकी राखेन, कुनै पोको खुल्न बाँकी रहेन, कुनै ढड्डा रुजू गर्न बाँकी रहेन, तैपनि ‘हरि महत’ आएको अभिलेख भेटिएन । ‘हरि महत’ छैनन् भनेर जवाफ पठाउन पनि हाकीमको आँट आएन, किनकि हुँदै नभएको थुनुवा ‘हाजीर गराऊ’ भनेर अदालतले पनि पक्कै पत्राचार गरेन होला भन्दै झोक्राएर बसेका बेला अलि पाका उमेरका ‘खर्साप’ ले दोहोर्‍याएर पत्र हेरेपछि ‘पत्रमा हरि महतको कुरै छैन’ भन्दै 'प्र' र 'हरि' एकै डिकोमा लेख्नुपर्नेमा छुट्टाछुट्टै लेख्दा ‘प्र’ भनेको प्रतिवादी बुझियो, ‘हरि’ नाम बन्यो र ‘मद्दत’ लेख्दा ‘द’ मा अर्को ‘द’ जोड्दा ‘ह’ जस्तो भएर ‘प्रतिवादी हरि महतसाथ’ भन्ने अर्थ लागेको भेद खोलिदिएपछि हराएका ‘हरि महत’ भेटिएका थिए ।

कति हरायो ?

हरि महत पत्ता लागे पनि हराएको हकप्रद भने अहिलेसम्म कसैले पनि खोज्ने चेष्टा गरेको गरेको छैन । पछिल्लो समयमा के कति हकप्रद हराएका छन् त्यसबारे तालिकामा उल्लेख गरिएको छ ।

हराएको हकप्रद सम्बन्धि विवरण
कम्पनी
हराएको कित्ता
बिक्री प्रवन्धक
प्रभू बैंक
९५,०२२
प्रभू क्यापिटल
नेको इन्सुरेन्स
७,३२०
एनएमबी क्यापिटल
फ्रष्ट माइक्रोफाइनान्स
२५०
ग्लोबल आईएमई क्यापिटल
सिद्धार्थ बैंक
२६४
सिद्धार्थ क्यापिटल
लुम्बिनी विकास बैंक
९१
भिबोर क्यापिटल
जम्मा
१,०२,९४७

   
स्रोत : विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचार
 

यस अघि पनि कृषि र नेपाल बङ्गलादेश बैङ्कको नबिकेको हकप्रद अधिक भएको प्रारम्भिक जानकारी गराइए पनि लीलामी गर्ने बेला झण्डै त्यसको आधा मात्रको लीलामी गराइएको थियो । यी दुवै कम्पनीको लीलामी प्रक्रियाको सन्दर्भमा खोजी गर्नुपर्ने दायित्व लिनुपर्ने निकायले लिएन । त्यस्तै, मुक्तिनाथ बैङ्कको पनि हकप्रद हराएको थियो ।

हकप्रद खोज्ने खर्साप
 
माथिको अनुच्छेदमा हराएका हरिलाई खर्सापले खोजेर निकाले तर हकप्रद खोज्नुपर्ने खर्साप धितोपत्र बोर्ड हो । तर, बोर्डले भने यसबारे कुनै पहल गरेको सुन्नमा आएको छैन । हराएको भनिएको हकप्रदको सन्दर्भमा सरोकारवालाले प्रश्न उठाउँदा बाँडफाँट भइसकेपछि सम्बन्धित धारक आएर दाबी गरेकाले दाबीकर्तालाई बोर्डकै स्वीकृतिमा बाँडफाँट गरिएको विक्री प्रबन्धले बताएका छन् । तर, यथार्थ के हो भने आवेदन दिने अन्तिम दिन केही मिनेट ढिलो पुग्दा समेत हकवालालाई ढोकैबाट फिर्ता पठाएको दृष्टान्त जति खोजे पनि पाइन्छ । यस हिसाबले विक्री प्रबन्धकले गरेको दाबी खण्डित हुन्छ । यदि यस्तो हो भने ३५ दिन र म्याद थप गर्ने प्रावधान किन राखिरहनुपर्यो ? अदालती प्रक्रियामा पक्षले म्याद गुजारेमा गुज्रेको म्याद थाम्न पाउने व्यवस्था गरिएको हुन्छ र थामिन्छ तर, हदम्याद नै गुज्रेमा केही विशेष अवस्थामा बाहेक थामिन्न । स्मरण रहोस्, हदम्याद भनेको मुद्दा गर्नुपर्ने कारण उठेको समयबाट कति समयसम्म दाबी गर्ने भन्ने प्रसङ्ग हो भने म्याद भनेको मुद्दा दर्ता भइसकेपछि मुद्दाको कारबाही प्रक्रिया अघि बढाउँदा पक्ष हाजीर हुन तोकिएको समय हो । कानूनमा व्यवस्था भए बमोजिम निश्चित समय र निश्चित पटकसम्म म्याद थाम्न पाइन्छ, त्यसपछि भने पाइन्न । हकप्रद आवेदन गर्ने सम्बन्धमा ३५ र थपिएको थप दिनभित्र आवेदन नदिएमा हदम्याद नाघे जस्तै अवस्था हो । ३५ दिन (थपिएमा थपसमेत) को समयावधि दिई आवेदन दिन आह्वान गरिसकेपछि पनि धारक उपस्थित भएर वा तोकिएको अन्य विधिबाट आवेदन गर्दैन भने त्यस्ता धारकको हक सुरक्षित राखिरहनुपर्ने आवश्यकता विक्री प्रबन्धक र बोर्डलाई किन पर्यो ? हकप्रद आवेदन गर्न तोकिएको अन्तिम दिन कार्यालय समयभन्दा केही ढिला पुग्नेको हकचाहिँ सुरक्षित नहुने अनि बाँडफाँट भएपछि पुग्नेको चाहिँ हक सुरक्षित हुने कस्तो अचम्मको नीति ?

हकप्रद हराउने छिद्र
 
हकप्रद हराउन बाटो खोलिदिने अरू कोही नभएर स्वयम् बोर्ड हो । हकप्रद भनेको धारकको हक लाग्ने सम्पत्ति हो । धारकले आफ्नो सम्पत्ति अरूलाई किन हस्तान्तरण गर्छ ? गरे पनि आफ्नै हकवालालाई पो गर्छ । तर, धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ ले जसलाई पनि हक हस्तान्तरण गर्न मिल्ने गरी ढोका खोलिदिएकाले हकप्रद भित्रभित्रै हराउन मद्दत पुगेको छ । यसरी हक हस्तान्तरण गर्न पाउने गरी खोलिदिएको छिद्र नै हकप्रद हराउने मूल ढोका बनेको छ । उक्त व्यवस्था राख्नुको उद्देश्य नै गैर-कानूनी हस्तान्तरणलाई प्रवद्र्धन गर्न खोजिएको हो । हकवालाले आफ्नै हकवाला बाहेक अरूलाई हस्तान्तरण गर्न नपाउनेसम्म व्यवस्था गरिदिएको भए पनि यसरी हकप्रद हराउने थिएन । तर, यही व्यवस्थाको फाइदा लिन अन्तिम दिन केही मिनेट ढिलो पुग्दा समेत आवेदन गर्न नदिएर पठाउने गरेका छन् । कम्पनीले गैर-व्यवसायिक लाभ लिन र विक्री प्रबन्धक र कम्पनी समेतले भित्रभित्रै हक हस्तान्तरण गराउन आफ्नै शेयरधनीलाई हकबाट वञ्चित गराएको गुनासो बोर्डमा कैयौंपटक पुग्दा समेत सुनुवाइ नभएका उदाहरण छन् । वोर्डले हक हस्तान्तरण कम्पनी र विक्री प्रबन्धक दुवैका लागि सजिलो बनाएको तथ्य चाल पाएर पनि यो विशेष मौका दिएको हो, सक्दो सदुपयोग (दुरुपयोग) गर भनेर खुलेआम छोडिदिएको सहजै अनुमान गर्न सकिन्छ । पूँजीबजारको एउटा वित्तीय उपकरण यति दुरुपयोग हुँदासमेत तालुकी अड्डा निद्रामा रहनुले यसको लाभ कम्पनी र विक्री प्रबन्धकले मात्र पाइरहेको देख्न सकिने आधार प्रशस्त छ ।

अन्त्यमा, हकप्रदमा विकृति आउनुको मुख्य कारण यससम्बन्धी छुट्टै कानून नहुनु हो । गैर-व्यवसायिक लाभको उद्देश्य र हक हस्तान्तरण भन्ने छिद्र राखिरहेसम्म हकप्रद हराउन छाड्दैन । हकवालालाई थप कित्ता आवेदन गर्न दिने र यति गर्दा पनि नबिकेमा प्रत्याभूत गराउने व्यवस्थासहितको हकप्रदसम्बन्धी कानुन नबनाएसम्म हकप्रद हराउन छाड्दैन ।

अभियान दैनिकमा २०७५ श्रावण १४ छापिएको यो लेखमा छपाईको क्रममा केहि सामान्य त्रुटी भएको थियो टि त्रुटी यसमा सच्च्याइएको छ | 

http://www.abhiyan.com.np/?p=264272

कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...