Monday, August 14, 2017

शेयर लगानीका आधारभूत पक्षहरु

पूँजीबजारको आधारभूत पक्ष नबुझेकाहरु जुवाघरको संज्ञा दिन्छन । जुवामा जीत बाहेक प्रतिफल हुँदैन र हारेको खण्डमा राखिएको बाजी एकैपटक गुम्छ तर, शेयरबजारमा गरेको लगानी जुवामा जस्तो एकैपटक गुम्दैन । शेयर लगानीमा जोखिम पक्ष भएपनि उचित व्यवस्थापन गर्न सक्नेले घट्दो मूल्यमा पनि नाफा आर्जन गर्न सक्छन । वारेन बफेट भन्छन म शेयरबजारबाट कहिल्यै पैसा कमाउने प्रयास गर्दिन र शेयर किन्दा भोलि नै बजार बन्द गर्छन र आगामी पाँच वर्षसम्म खोल्दैन भन्ने मान्यता राख्छु। बफेटको भनाईलाई आत्मसात गरेर लगानी गर्नेले नाफा नकमाए पनि घाटा चाहिं खाँदैनन ।

प्रवेश विन्दु 

नवप्रवेशीले प्राथमिक बजारबाट सिक्न सकिन्छ । प्राथमिक शेयर जारी हुन लागेको जानकारी पत्रपत्रिकाबाट पाउन सकिछ । कुनै पनि कम्पनी शेयरबजारमा आउनु अघि धितोपत्र सम्बन्धि कानुनको पालना गरि तोकिएका शर्त पुरा गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिन्छ । शेयर किन्नु अघि धितोपत्र सम्बन्धि प्रचलित कानुनको परिपालना भइ स्वीकृत प्राप्त हो कि हैन बुझ्नुपर्छ ।सेबोनले स्वीकृति दिएपछी प्राथमिक शेयर जारी हुन्छ र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएर कारोबार हुन्छ । प्राथमिक र हकप्रद शेयर शेयर कहिले आउँछ सेबोनको वेवसाइटमा राखिएको हुन्छ ।

शेयर जारी गर्ने कम्पनी

नेपालको सन्दर्भमा बैंक र बिमाले अनिवार्यरुपमा यसका नियमकले तोकेबमोजिम शेयर बेच्नैपर्ने व्यवस्था छ । जलविद्युत, दूरसञ्चार, उत्पादन, प्रशोधन तथा होटेलहरुले स्वेच्छिकरुपमा शेयर जारी गरेका छन् । यस्ता कम्पनीले धितोपत्र सम्बन्धि प्रचलित कानून पालना गरेर आएका खण्डमा शेयर जारी गर्ने स्वीकृति पाउँछन् । धितोपत्र निष्काशन सम्बन्धि नियमावलीले वास्तविक क्षेत्रका कम्पनीलाई पनि शेयर जारी गराउन प्रोत्साहन गर्न खोजेको छ । प्रचलित व्यवस्था अनुसार प्रति एक शेयरको चुक्ता मूल्य १ सय रुपैयाँ हुन्छ । १ सय रुपैयाँमा बेच्ने प्रक्रियालाई परल मूल्य भनिन्छ । तोकिएका शर्त पुरा गरेका कम्पनीले परल मूल्यमा केहि थप गरेर बेच्न पनि पाउँछन, यसलाई प्रिमियम मूल्य भनिन्छ । म्युचुअल फण्डको प्रति इकाई चुक्ता मूल्य १० रुपैयाँ हुन्छ ।

शेयरको दोस्रो बजार

प्राथमिक शेयर जारी भइ बाँडफाँड भएपछी कारोबारको लागि नेप्सेमा सूचीकरण हुन्छ । दोस्रो बजारमा शेयर कारोबार गराउनको लागि नेप्सेले आफनो सदस्यको रुपमा दलाल तोकेको छ । दलालको सूची नेप्से वा सेबोनको वेबमा हेर्न सकिन्छ । दलालको कार्यालयमा गएर सम्पूर्ण व्यहोरा खुल्ने ग्राहक पहिचान फारमभरेपछि प्राप्त हुने कसैसँग नमिल्ने छुट्टै ग्राहक संकेत मार्फत कारोबार गर्नुपर्छ ।पारिवारिक शेयर कारोबार नगरी सिधै नेप्सेले नामसारीको लागि कम्पनीलाई पत्राचार गरिदिन्छ । आफू-आफू बीच कुनै करार गरि वा नगरी अन्य सम्पती जस्तो शेयर किनबेच गर्न सकिन्न । किनेका शेयर विद्युतीय स्वरुपमा भण्डारण गर्नको लागि अभौतिकीकारण (डिम्याट) खाता खोल्नुपर्छ । यसलाई हिताग्राही खाता (बिओ) पनि भनिन्छ । यो बैंक खाता जस्तै हो र यसमा शेयर भण्डारण हुन्छ । यस्तो खाता खोल्नको लागि निक्षेप सदस्य (डिपी) को रुपमा कार्य गर्न सेबोनले बिभिन्न मर्चेन्ट बैंक, वाणिज्य बैंक, वित्त कम्पनी र दलाललाई अनुमति दिएको छ । विओ खातामा हुने शुरुको आठ अंक डिपी नं. र पछिल्लो आठ अंक ग्राहक नं. हो । यो नम्बर प्राथमिक र हकप्रद शेयर आवेदन फारममा समेत निर्दिष्ट स्थानमा उल्लेख गर्नुपर्छ । दोस्रो बजारमा कारोबार गर्न जाँदा अग्रिम रकम भुक्तान गर्नुपर्छ भन्ने अनिवार्य छैन तर, भर्खर आएकालाई भने शुरुशुरुमा अग्रिम रकम बुझाउनुपर्ने पनि हुनसक्छ । तर, कारोबार गर्दै गएपछि अग्रिम दिनुपर्ने हुँदैन ।

बजारसम्बन्धि सूचना

शेयरबजारमा कारोबारको लागि प्रवेश गरेपछि कुन कम्पनीको शेयर किन्ने, कहिले किन्ने, कहिले बेच्ने यस्ता सूचना र जानकारी बिभिन्न स्रोतबाट लिएर त्यसको प्रशोधन गर्नुपर्छ । यस्ता जानकारीका लागि नेप्से, सेबोन, नेपाल राष्ट्र बैंक, विमा समिति जस्ता नियमकले बेलाबेलामा जारी गर्ने सूचना, परिपत्र निर्देशिका अध्ययन गर्नुपर्छ । त्यस्तै सम्बन्धित कम्पनीले प्रकाशन गर्ने त्रैमासिक वित्तीय विवरण र अन्य सूचनाको बारेमा जानकार हुनुपर्छ । लगानीकर्ताले आफूले लगानी गर्न चाहेको कम्पनीको वार्षिक प्रतिवेदन समेत अध्ययन गर्नुपर्छ । शेयरबजारसँग सम्बन्ध राख्ने कम्पनी ऐन, नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, विमा ऐन/नियमावली, धितोपत्र सम्बन्धि ऐन/नियमावलीको सामान्य जानकारी लिनुपर्छ ।

कस्ता कम्पनी रोज्ने

कस्ता कम्पनी रोज्ने यो अलि जटिल विषय हो । तैपनि सूचना र जानकारी लिएको खण्डमा मुश्किल पर्दैन । अर्काले के किन्यो वा बेच्यो भनेर चियोचर्चो गर्नु भन्दा आफूले के र कस्तो किने भन्ने मूल प्रश्न हो । शेयरबजार कति बेला झर्छ र बढ्छ भन्ने कुनै निश्चित सुत्र छैन जुनसुकै बेला तलमाथि हुनसक्छ । नेपालको सन्दर्भमा सामान्यतया श्रावणदेखि पौष मसान्तसम्म बढ्ने र त्यसपछिको ३ महिना तल झर्ने समय हो । बैशाख लाग्दा तेश्रो त्रैमासिक वित्तीय विवरण आएपछि सामान्य बढ्दै जाने क्रम शुरु हुन्छ तर, यस्तै हुन्छ भन्ने छैन । बढ्ने बेला घट्ने र घट्ने बेला बढ्ने पनि देखिएको छ । कम्पनी रोज्दा कम्पनीले विगतमा दिएको प्रतिफल र चालु अवधिको वित्तीय विवरण कस्तो छ त्यसको विश्लेषण गर्नुपर्छ । शेयरमा लगानी गरेर एकैपटक कमाउने सपना देख्नु भन्दा बैंकले दिने व्याजदरसँग पनि तुलना गर्नुपर्छ । बैंकमा राख्दा कति आँउथ्यो र शेयरमा लगानी गरेर कति आउँछ त्यसको लेखाजोखा गर्नुपर्छ । मूल्य आम्दानी अनुपात, खूद सम्पति, कूल सम्पति, प्रतिशेयर आम्दानी, संचित नोक्सानी, संचालन खर्च जस्ता आधारभूत कुराको जानकारी लिनुपर्छ । यी उल्लेखित सूचक सामान्यतया सबै कम्पनीको हकमा लागू हुन्छ । यसवाहेक बैंक, बिमा, जलविद्युतका आ-आफ्नै सूचक पनि हुन्छन । बैंकको हकमा खराब कर्जा, पूँजीकोष, निक्षेप-कर्जा अनुपात, लागत मूल्य, आधार दर, स्प्रेड दर जस्ता सूचक पनि महत्वपूर्ण हुन्छन् । लगानी गर्दा बथान प्रवृतिदेखाउनु हुन्न । सन् २०१०/११ मा बंगलादेशको शेयरबजारमा घटेको घटनामा बथान प्रवृतिहावी देखिएको थियो जसको परिणामस्वरूप लाखौं बंगाली लगानीकर्ताले करोडौं गुमाएका थिए ।

शेयरबाट पाइने लाभ

शेयर लगानी गर्दा २ प्रकारले लाभमा सहभागी बन्न सकिन्छ । पहिलो, बढ्दो मूल्यबाट पूँजीगत लाभ र दोस्रो, कम्पनीले वार्षिकरुपमा वितरण गर्ने प्रतिफल पाउन सकिन्छ । बफेटको पाँचवर्षसम्म बजार खोल्दैननभन्ने सन्दर्भ सम्भवत दोस्रो लाभप्रति लक्षित हुनुपर्छ । शेयरबजार प्रायश: अस्थिर नै हुने गर्छ । निरन्तर घटिरहने र बढिरहने भन्ने हुन्न । यसको चरित्रलाई झन्डै रोटेपिंगसँग तुलना गर्न सकिन्छ । तलमाथि हुनु नै रोटेपिंगको मजा हो । शेयरबजार पनि यहि तलमाथिको चक्रमा चलिरहन्छ । रोटेपिंगमा माथि पुगेर मजा लिए जस्तो शेयरको भाउ माथि चढेको बेला बेच्न सक्नुपर्छ । कतिबेला बेच्ने र किन्ने समयको तालमेल मिलाउन सकिएन भने पूँजीगत लाभबाट बन्चित हुनुपर्छ । पूँजीगत लाभ लिन पनि नसक्ने र प्रतिफल पनि न्यून भएका कम्पनीमा लगानी गर्दा मूलधन समेत गुम्न सक्छ । त्यसैले प्रतिफल दिनसक्ने क्षमतालाई पनि लगानीको एउटा आधार बनाउनुपर्छ । लागत र लाभको उचित तालमेल मिलाउन सक्नेको लागि शेयरबजारमा गरिने लगानी दीर्घकालीन निवृतिभरण पनि हुनसक्छ ।

१३ चैत २०७३, कारोबार 


Tuesday, August 8, 2017

साधारणसभामा कानून विपरित प्रस्ताव


साधारणसभा कम्पनीको सर्वोच्च अंग हो | एक आर्थिक वर्षमा कम्पनीले गरेको प्रगति शेयरधनीलाई जानकारी गराउने औपचारिक भेला पनि हो | साधारणसभाले कम्पनी संचालन गर्न संचालक समितिको निर्वाचन समेत गर्छ |  

साधारणसभामा पेश हुने प्रस्ताव

साधारणसभामा लेखापरीक्षकको प्रतिवेदन, नाफा-नोक्सान, नगद प्रवाह, वासलात, नगद लाभांश वितरण, संचालकको निर्वाचन वा मनोनयन र लेखापरीक्षक नियुक्ति तथा भावी कार्यक्रम समेत प्रस्तुत हुन्छ | साधारणसभामा पेश हुने यी सबै साधारण प्रस्ताव हुन् | यसबाहेक साधारणसभामा विशेष प्रस्ताव पनि पेश गरिन्छ | प्रवन्धपत्र र नियमावली संशोधन, पूँजी वृद्धि गर्ने विषयहरु विशेष प्रस्ताव हुन्

मेगा बैंकका प्रस्ताव

केन्द्रीय बैंकबाट वाणिज्य बैंकको रुपमा अनुमति पाएको मेगा बैंकले आगामी २०७३ साल चैत्र ३ गते बोलाएको वार्षिक साधारणसभामा साधारण प्रस्तावका अतिरिक्त विशेष प्रस्ताव समेत पेश हुँदैछ | पेश हुन लागेका तीनवटा विशेष प्रस्ताव प्रचलित कानून र सार्वजनिक नीति विपरित छन् | कस्ता विशेष प्रस्ताव पेश हुँदैछन् त्यसबारेमा प्रवेश गर्नु अघि कम्पनीको प्रवन्धपत्र र नियमावलीको सिमा कहाँसम्म हुन्छ संक्षिप्त चर्चा गरौं |

प्रवन्धपत्र र नियमावलीको सिमा

कम्पनी संचालनको मूल विधानको रुपमा प्रवन्धपत्र रहेको हुन्छ | कम्पनी ऐनले प्रवन्धपत्रमा उल्लेख हुनुपर्ने कुराहरुको सूची दिएको छ | प्रवन्धपत्रले कम्पनीको आधारभूत विषय र नियमावलीले त्यसको विस्तृतिकरण गरेको हुन्छ | कम्पनी ऐनले नियमावलीमा उल्लेख हुनुपर्ने विषयवस्तुको सूचीमा कुनै खास व्यवसाय गर्ने कम्पनीको नियमावलीमा खुलाउनुपर्ने भनी प्रचलित कानुनमा कुनै व्यवस्था गरिएको भए त्यस्तो कुरापनि खुलाउनु पर्ने गरि तोकिदिएको छ | केन्द्रीय बैंकको नीति, नियम, निर्देशन र नियमनमा रही बैंकले खास व्यवसायगर्ने भएकोले प्रचलित बैंकिंग कानुन विपरित हुनेगरी प्रवन्धपत्र र नियमावलीमा अन्य कुनै व्यवस्था र संशोधन गर्न सकिन्न | प्रवन्धपत्रको हद कतिसम्म हुन्छ भन्ने सम्बन्धमा एउटा मुद्दामा व्यवसायको सिमा र उपल्लो हद कहाँसम्म निर्माण हुन्छ भन्ने देखाउने आधारशिला हो | यसले साहु, शेयरधनी तथा बाहिरका अरुलाई कम्पनीको गतिविधि देखाउँछभनिएको पाइन्छ | त्यस्तै नियमावलीको हद सम्बन्धि अर्को एउटा मुद्दामा नियमावली कानुन र सार्वजनिक नीति विपरित हुनसक्दैन भनिएको पाइन्छ |’ यी दुई वाख्यालाई आधार मान्दा बैंकको उपल्लो हद निक्षेप लिई कर्जा परिचालनगर्ने देखिन्छ | यसका अतिरिक्त भुक्तानी प्रणालीको विकास र विस्तार गरि केन्द्रीय बैंकको प्रतिनिधि भएर कार्य गर्ने गर्छ | केन्द्रीय बैंकको निर्देशन विपरित जानु सार्वजनिक नीति विरुद्ध हो |  

कानुन विपरितका प्रस्तावहरु

बैंकले साधारणसभामा पेश गर्न लागेको निम्न विशेष प्रस्तावहरु सार्वजनिक नीति र कानुन विपरित छन् |


१.      बैंकले प्रचलित कानुन बमोजिमको प्रक्रिया पुरा गरि नियमनकारी निकायको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी संघ संस्थासँग संयुक्त लगानी गरि वा नगरी संचालनमा रहेको कुनै विमा कम्पनीको पुरै वा आंशिक शेयर खरिद गरि वा बैंकको सहायक कम्पनी स्थापना गरि जीवन वा निर्जीवन विमा सम्बन्धि कार्य गर्ने |

 २.      प्रचलित कानुनको अधिनमा रही सम्बन्धित नियमक निकायको स्वीकृति लिई धितोपत्र दलाल (स्टक ब्रोकर) सम्बन्धि कार्य गर्ने |

३.      धितोपत्र वोर्डले जारी गर्ने निर्देशनहरुको अधिनमा रही धितोपत्रको केन्द्रीय निक्षपन सेवा प्रदान गर्ने सम्बन्धि कार्यहरु गर्ने |

प्रस्ताव नं. १ मा उल्लेखित बैंकले सहायक कम्पनी स्थापना गरि विमा व्यवसाय गर्न सक्दैन | विमा समितिले जारी गरेको विमा अनुमति सम्बन्धि नीतिको जीवन विमा स्थापना सम्बन्धि मापदण्डमा एकै व्यक्ति वा परिवारले १५ प्रतिशत भन्दा बढी हिस्सा राख्न नपाइने व्यवस्था छ | नेपाल कानून व्याख्या सम्बन्धि ऐन २०१० ले कम्पनीलाई पनि व्यक्तिको रुपमा परिभाषा गरेको छ | मापदण्डले वाणिज्य बैंक, विकास बैंक वा वित्त कम्पनी मध्ये कुनै एउटा संस्थापक हुनुपर्नेसम्म व्यवस्था गरेको छ | ‘कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी संघ संस्थासँग संयुक्त लगानी गरि वा नगरीभन्न वाक्यले दिने अर्थ जति खोज्दा पनि पाउन सकिन्न | प्रस्ताव अनुसार सहायक कम्पनीको रुपमा विमा कम्पनी खडा गर्ने बुझिन्छ | कानुनत बैंकले सहायक कम्पनी खडा गरेर विमा व्यवस्या गर्न सक्ने देखिन्न | केन्द्रीय बैंकले जारी गरेको ई.प्रा. निर्देशन नं. २०/२०७३ सहायक कम्पनी सम्बन्धि व्यवस्थामा बैंकले वर्गको लघुवित्त र मर्चेन्ट बैंक बाहेक अन्य सहायक कम्पनी स्थापना गर्न सक्ने देखिन्न यस्तो प्रष्ट नीतिगत व्यस्था हुँदाहुँदै बैंकले सहायक कम्पनी मार्फत विमा व्यवसाय गर्न सक्दैन अत: उल्लेखित प्रस्ताव कानुन विपरित छ |

प्रस्ताव नं. २ मा उल्लेखित धितोपत्र दलाली (स्टक ब्रोकर) सेवा संचालन गर्ने विषय पनि कानुन विपरित छ | केन्द्रीय बैंकको एकीकृत निर्देशनमा धितोपत्र दलाली सम्बन्धि व्यवसाय गर्न सक्ने छैनभनेर निर्देशन दिइएको छ | मर्चेन्ट बैंकिंग कारोबार समेत बैंकको निरपेक्ष अधिकारक्षेत्र भित्र पर्दैन केन्द्रीय बैंकले निर्देशन दिनुपर्छ | कानुनमा नभएको र निर्देशनले निषेध गरेको कार्य गर्ने भन्ने प्रस्ताव स्वत कानुन विपरित हो |  

प्रस्ताव नं. ३ मा भएको धितोपत्रको केन्द्रीय निक्षपन सेवाप्रदान गर्ने सम्बन्धि प्रस्ताव देखिएपछी सरकारसँग अनुमति लिएर केन्द्रीय बैंक सम्बन्धिकार्य गर्ने भन्ने प्रस्ताव छुटेछ भन्ने ठट्टा समेत हुन् थालेको छ सिद्धान्तत धितोपत्रको केन्द्रीय निक्षपन कम्पनी सामान्यतया एउटा मात्र हुन्छ | यो राष्टियस्तरको स्टक एक्सचेन्जसँग सिधै सम्बन्धित हुन्छ | धितोपत्रको क्लियरिंग र सेटलमेन्ट गर्न भन्ने छुट्टाछुट्टै केन्द्रीय निकाय भने हुनसक्ने हुन्छ | नेपालको सन्दर्भमा अहिले यी दुईवटा कार्य केन्द्रीय निक्षपन कम्पनीले गरिरहेको छ | प्रचलित कानुन अनुसार पनि एक भन्दा बढी धितोपत्रको केन्द्रीय निक्षपन निकाय हुनसक्ने गरि परिकल्पना नगरिएकोले धितोपत्रको केन्द्रीय निक्षपन सेवा प्रदान गर्ने भन्ने प्रस्ताव पनि कानुन विपरित छ

छुटेको प्रस्ताव र अनभिज्ञ अधिकारी

कुनै कम्पनीमा अर्को कम्पनी गाभिएपछी नयाँ कम्पनी सरहको हैसियत प्राप्त हुन्छ | नयाँ कम्पनीले एक वर्षभित्र साधारणसभा गरि संचालक समिति चयन गर्नुपर्छ | मेगा बैंकमा पनि पश्चिमान्चल डेभलपमेन्ट बैंक गाभिएकोले अहिलेको मेगा बैंक नयाँ कम्पनी हो | गाभिएपछीको पहिलो साधारणसभामा संचालक समितिको निर्वाचन गर्ने प्रस्ताव लैजानुपर्नेमा यस्तो प्रस्ताव भने लगिएको छैन | कास्की फाइनान्स गाभेको कामना विकास बैंकले हालै सेवा विकास बैंक गाभ्न लागेको भएपनि बैंकले नयाँ संचालक निर्वाचन गरेको घटना ताजै छ | केन्द्रीय बैंकको प्रत्यक्ष नियमनमा रहेर व्यवसाय गर्ने बैंकका संचालक र व्यवस्थापकीय तहका अधिकारीलाई यति जानकारी पनि नभएको देखियो | त्यस्तै विशेष प्रस्ताव हेर्दा प्रचलित कानून र सार्वजनिक नीतिबारे पनि पूर्णत अनभिज्ञ रहेको पाइन्छ | राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, कम्पनी ऐन, धितोपत्र ऐन, विमा ऐन, केन्द्रीय बैंकले जारी गर्ने निर्देशन र परिपत्र बुझेको कम्पनी सचिववा अनुपालना अधिकृतको अभाव देखिएको छ |

बैंकका प्रमुख कार्यकारी जनशक्तिलाई पनि पूँजीको अभिन्न अंग मान्छन तर उनका जनशक्ति भने बैंकिंग कानुन, प्रचलित नीति र केन्द्रीय बैंकको निर्देशनबारे पुरै अनभिज्ञ छन् | आफ्नो व्यवसायसँग सम्बन्धित नीति नियम समेत नबुझेका यस्ता अनभिज्ञ जनशक्तिले बैंकलाई कहाँ पुरयाउने हुन् भविष्यले निर्धारण गर्नेछ |

२९ फागुन २०७३, कारोबार 


खण्डित बोनस शेयरको किचलो

हकप्रद शेयर जारी गरिरहेका र गरिसकेका कम्पनीहरुले खण्डित शेयर भर्न दिएका र नदिएका उदाहरण अनगिन्ती छन्  कम्पनीहरुले खण्डित शेयर भर्न नदिएर बाँकी रहन गएको शेयरलाई अवितरित भन्दै लिलामी गरिरहेका छन्  जति प्रयास गर्दा पनि हकप्रद पूर्णरुपमा विक्री गर्न सकिन्न भन्ने जान्दाजान्दै कम्पनीहरु खण्डित शेयर भर्न दिंदैनन्  यस्ता खण्डित शेयर लिलामी गर्दा प्राप्त हुने प्रिमियम रकम सिधै वासलातमा देखाएर आउँदा वर्षमा बोनसको रुपमा लाभांश जारी गर्न पाइन्छ  खण्डित शेयर भर्न नदिएर कम्पनीले लिलामी गरिरहेको प्रसंग उठेपछि अमुक कम्पनीले बोनसको खण्डित दिएन त्यो पनि लिलामी गरेर खाने भए के उपाय गरेर खण्डित शेयर आफ्नो बनाउन सकिन्छ भन्दै लगानीकर्ताले चासो व्यक्त गरेका छन्  यो आलेख यस्तै प्रश्नको उत्तर हो  

कम्पनी ऐनमा भएको व्यवस्था  

कम्पनीको मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पूँजीकरण गरि शेयरधनीलाई अतिरिक्त शेयरको रुपमा जारी गरिएको शेयर सम्झनुपर्छ र सो शब्दले बचत वा जगेडा कोषलाई पूँजीकरण गरि शेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाउँछ

कम्पनी ऐनमा भएको परिभाषाले बोनस शेयर जारी हुने दुइवटा अवस्था देखाएको छ  पहिलोअतिरिक्त शेयर जारी गरेर साविकको पूँजी वृद्धि गर्ने र दोस्रोशेयर वापतको रकम नै चुक्ता हुन् बाँकी रहेको अवस्था जनाएको छ  अहिले कम्पनीहरुले जारी गरिरहेका बोनस पहिलो अवस्था हो  दोस्रो अवस्थाको अभ्यास देखिएको छैन  विशेष अवस्थामा पब्लिक कम्पनीले साधारण शेयर जारी गर्दा प्रतिशेयर अंकित मुल्यको पचास प्रतिशतभन्दा बढी रकम माग गर्नुहुँदैन भन्ने व्यवस्था छ  दोस्रो अवस्था यस्तै पचास प्रतिशत मात्र रकम मागेका कम्पनीको लागि हो  यस्ता कम्पनीले शेयर वापतको रकम चुक्ता नभएसम्म अतिरिक्त शेयर जारी गर्न पाउदैनन् र मुनाफालाई पूँजीकरण गरि शेयरधनीसँग माग गर्नुपर्ने नपुग रकम वापतको कट्टा गर्दै जान्छन  यस्तो अवस्थामा शेयरधनीको कित्ता बढ्दैन  शेयर वापतको रकम चुक्ता भइसकेपछी मात्र पहिलो अवस्था अनुसार अतिरिक्त शेयर जारी गरेर पूँजी वृद्धि गर्न सकिन्छ र यस्तो अवस्थामा मात्र शेयरधनीको कित्ता बढ्छ  

पहिलो अवस्थामा कम्पनीले लाभांशको रुपमा बोनस शेयर जारी गर्न ‘साधारणसभाबाट विशेष प्रस्ताव पारित गरि लाभांश बाँड्न सकिने रकमबाट आफ्नो शेयरधनीलाई बोनस शेयर जारी गर्न सक्नेछ’ भन्ने व्यवस्था छ  बोनस शेयर खण्डित हुनसक्ने तर्फ कम्पनी ऐन र निर्देशिकाले केहि विचार पुर्याएको छैन 


शेयर निष्काशन निर्देशिका

निर्देशिकामा बोनस शेयर जारी गर्न सकिनेनसकिने तथा बोनस शेयर दर्ता र सूचीकरण सम्बन्धमा व्यवस्था गरेको छ  नियमन हुने कम्पनीको हकमा नियमकबाट स्वीकृति लिएर साधारणसभामा विशेष प्रस्ताव पारित गराएर बोनस दिनसक्ने व्यवस्था छ  नियमन हुने कम्पनीका नियमकले पनि खण्डित शेयरबारे केहि बोलेको छैन  

संचालक समितिले बोनस र नगद वा दुबै के वितरण गर्ने पहिले नै निर्णय गर्नुपर्छ  नियमक भएको अवस्थामा संचालक समितिले प्रस्ताव गरेको नगद र बोनस लाभांशलाई थपघट वा पुरै रद्द गर्न समेत सक्छ  नियमन नहुने कम्पनीले प्रस्ताव गरेको लाभांश परिवर्तन गरेर नगदको सट्टा बोनस वा बोनसको सट्टा नगदमा रुपान्तरण हुनसक्दैन  

वोर्डले जारी गरेको बोनस शेयर निष्काशन निर्देशिकामा पनि खण्डित शेयरको बारेमा केहि उल्लेख छैन 

के गर्ने सकिन्छ ?

खण्डित शेयर व्यापक र अनन्त समस्या बनेको छ  यस्ता शेयर पूर्ण कित्ता हुन कम्तिमा एक वर्ष (दोस्रो वर्ष पनि बोनस जारी गरेमा) सम्म पर्खनुपर्ने हुन्छ  यसो गर्दा पनि खण्डित शेयर कायम रहिरहन्छ  उदाहरणको लागि कुनै कम्पनीले बोनस शेयर जारी गर्दा रु. ९३ खण्डित आउँदा पूर्ण कित्ता शेयरधनीले पाउँदैनन र त्यो खण्डितरुपमा रहिरहन्छ  पछिका वर्षमा कम्पनीले नगद लाभांश दिएमा रु. ९३ ले पनि लाभांश प्राप्त गर्छ भन्ने थाहा हुनेको लागि पनि १०/१२ रु. लिन जान सम्भव हुन्न र रु. ९३ बाँकी छ भन्ने थाहा नहुनेले सबै शेयर बेचिसकेको भए जाने कुरै हुँदैन जसले गर्दा वर्षैपिच्छे नगद लाभांश थुप्रिएर बसिरहन्छ  नगद लाभांश बैंकमा जम्मा गरिदिने भनिएको छ तर पूर्ण कार्यान्वयनमा आएको छैन  अहिले कम्पनीले दावी नगरिएको लाभांश दावी गर्न आउनु भन्ने निकालिएका सूचना यस्तै खण्डित शेयरका पनि हुन्  

खण्डित शेयर कायम रहिरहेको कुरा कम्पनी र धितोपत्र वोर्डलाई राम्रै थाहा छ  दावी नगरिएको लाभांश लिन आउनु भनेर निकालिएको सूचना ‘वैधानिकताको पालना’ मात्र हो  वैधानिकताको पालना गरेर मात्र समस्याको समाधान निस्कने हैन  यसलाई दीर्घकालीनरुपमा नै समाधान खोजिनुपर्छ  यस्तो नहोस् भन्ने तर्फ कम्पनी र वोर्ड सबभन्दा बढी चनाखो हुनुपर्छ  कम्पनीका संचालकव्यवस्थापक र वोर्डले चाहेमा खण्डित शेयरको समस्या समाधान सहजरुपमा हुन्छ  यस विषयमा धेरै माथापच्चिसी गरिरहनै पर्दैन  शेयरधनीको ‘संरक्षक’ वोर्डले ‘बोनस शेयर निष्कासन निर्देशिका’ संशोधन गरेर निम्न कुरा थप गरिदिएमा शेयरधनीले गुमेको शेयर कित्ता सजिलै पाउन सक्छन 

१.    नगद र बोनस दुबै लाभांश प्रस्ताव गरेको अवस्थामा खण्डित शेयर आएमा नपुग रकम नगद लाभांशबाट लिएर पूर्ण कित्ता दिने  धेरै कम्पनीले यस्तो अभ्यास गरिरहेका छन् नगर्नेलाई गर्न लगाउने 

२. बोनस शेयर मात्र जारी गरेको अवस्थामा खण्डितलाई पूर्ण कित्ता दिने र नपुग रकम पछिल्ला वर्षमा दिइने नगद लाभांशबाट कटाउने 

३.      कुनै शेयरधनीले बाँकी रकम तिर्न चाहेमा नपुग रकम लिने  


माथि उल्लेखित तीनवटा व्यवस्था मध्ये पहिलो बुँदा कार्यान्वयन गर्न कुनै जटिलताको सामना गर्नुपर्दैन  दोस्रो बुँदामा कम्पनीले समस्या उठाउन सक्छन तर यो समस्याका लागि समस्या मात्र हुन्  शेयरधनीको रु. ९३ हिसाब गरेर राख्न समस्या नहुने तर रु. ९३ लाई पूर्ण कित्ता बनाई सात रुपैंयाँ पछि लिने गरि उधारो दिँदा कुनै समस्या हुन्न  यस्तो खण्डित शेयर सहितको शेयर बिक्री भएमा जसले किन्छ उधारो तिर्ने दायित्व उसैमा सर्दै जान्छ  दोश्रोले पनि बेचेमा तेश्रोमा हस्तान्तरित हुँदै जाँदा शुरुको धारकको हातमा पनि फर्कन सक्छ  

कम्पनीलाई उधारो दिन मन नलागेमा पूर्ण कित्ता बनाउन खर्च भएको रकम जगेडामा भएको रकमबाट शोधभर्ना गरेर पछी नगद लाभांश दिएको वर्ष कटाए पनि हुन्छ  जसरी कर दायित्व शेयरधनीलाई सुम्पेर बोनस जारी गरेका कम्पनीले कर वापतको रकम भने तिरिसकेका हुन्छन र शेयरधनीले बोनस वापतको कर तिरेपछि शोधभर्ना लिन्छन खण्डित शेयर वापत तिरिदिएको रकम पनि यसैगरि पछी दिइने नगद लाभांशबाट शोधभर्ना लिन सकिन्छ   

यी माथिका तथ्य र तर्कलाई मनन गरि पद्धति बसाउन सकिन्छ  पद्धति बसाउन शुरु नगरेसम्म बस्दैन शुरुवात गरेर हेर्नुपर्छ  अर्कोले के गर्यो त्यो महत्वपूर्ण कुरा हैन हामीले के गर्यौ त्यो महत्वपूर्ण हो  अर्काले के गर्यो त्यो मात्र नक्कल गर्नुको सट्टा हामीले गरेको कार्य अरुको लागि अनुकरणीय बनाउन सिर्जनशीलता देखाउनु जरुरी र आवश्यक छ  आजैदेखि सिर्जनशीलताको खेती शुरु गरौँ  
   
२ माघ २०७३, कारोबार


कर्मचारी र शेयर कारोबार

कर्मचारीले कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ?   प्रतिभूति (शेयर) बजार पैसा छाप्ने मेशिन हो भन्ने एक किसिमको भाष्य बनेको छ । यथार्थमा यस्तो ...