Tuesday, August 8, 2017

पूँजीबजारमा दण्डहीनता


पूँजीबजारमा सूचीकृत कम्पनीहरु छाडा हुँदैगएका छन्  पछिल्ला समयमा विकसित गतिविधि हेर्दा साधारण शेयरधनीलाई शेयर दिएर गुण लगाएको वा संस्थापकको भाग खोस्न आएका सौतेला/झड्केला सन्तान झैँ व्यवहार गर्न थालेका छन्  यसो हुनुको कारण मूल कारण दण्डहीनता हो  स्टक एक्सचेन्जसमाशोधन बैंकसूचिकृत कम्पनीकेन्द्रीय निक्षेपकमर्चेन्ट बैंकदलालनिक्षेप प्रतिनिधि भएर मात्र पूँजीबजार पूर्ण हुँदैन  जोखिम लिएर लगानी हाल्ने लगानीकर्ता पूँजीबजारका आधारभूत पक्ष र पूर्णता हुन्  लगानीकर्ताको हित रक्षा गर्ने दायित्व पूँजीबजार नियमन गर्ने नियमकको हुन्छ  नियमकले जोखिम न्यूनीकरणको लागि चाहिने आवश्यक सूचना यथाशिघ्र सम्प्रेषण गर्न लगाउनुपर्छ  तर नियमक भन्दा सूचिकृत कम्पनी वलवान बनेर लगानीकर्तालाई तुच्छ सम्झिरहेका छन्  यस्तो अवस्थामा नियमक दण्डाधिकारीको रुपमा उभिएर लगानीकर्ताको संरक्षणमा लाग्नुपर्छ  

अनुसूची १६ र कानून उल्लंघन  

पूँजीबजारमा सूचिकृत कम्पनीहरुले बिभिन्न २५ वटा घटनाको तत्काल जानकारी गराउनुपर्ने गरि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १६ मा व्यवस्था गरिएको छ  अनुसूचीमा विशेष घटना वा परिस्थिति भनेर विषयगत टिपोट गरिएको छ र ति टिपोटहरुको विस्तृत व्याख्या द्रष्टव्यमा गरिएको छ  अनुसूचीमा उल्लेखित घटना र परिस्थितिलाई कम्पनीहरुले सकेसम्म जानकारी गराउँदैंनन् गराई हालेपनि ढिलो गराउँछन्  प्रवृत्ति हेर्दा अधिकाँश घटनाको जानकारी गराएको पाइएको छैन  अनुसूचीमा सूचिकृत गरिएका घटनाहरु जानकारी गराउन छाडेसँगै धितोपत्र सम्बन्धि कानूनको समेत ठाडै उल्लंघन गर्न थालिसकेका छन्  धितोपत्र कानूनको उल्लंघन हुँदा समेत नियमकले कम्पनीलाई कारवाही गरेको जानकारी आएको छैन  

उल्लंघन कस्ता कस्ता ?

एउटा वाणिज्य बैंकले हकप्रद शेयर आर्थिक वर्षको अन्तिम दिन बाँडफाँड गरेर चालु आर्थिक वर्षमै पूँजीकृत गरे पनि आर्थिक वर्ष २०७२/७३ को वित्तीय विवरणमा प्रतिशेयर आम्दानीको गणना हकप्रद जारी गर्नु अघि कायम रहेको पूँजीलाई मात्र आधार मानेर गर्यो  लसर्वत्र चासो देखिएपछी ‘आम्दानी नगरेको हकप्रदबाट प्राप्त भएको पूँजीलाई गणनामा सामेल नगरिएको’ भन्ने जानकारी गरायो  आषाढ ३२ गते बाँडफाँड भएको हकप्रदले लाभांश पाउँदैन त भन्ने प्रश्न आएपनि आम्दानी नगरेको भनिएको हकप्रदलाई समेत समेटेर लाभांश दियो  भाद्र महिनामा हकप्रद बाँडफाँड गरेका अर्का दुई वाणिज्य बैंकले पनि लाभांश घोषणा साविकको पूँजीलाई आधार मानेर गरे पनि लाभांश दिँदा हकप्रद समेतलाई जोडेर दिए  यसलाई सामान्य गल्ति मान्न सकिएला तर अक्षम्य चाँही हैन  

पूँजीबजारमा सूचिकृत कम्पनीको सूचीकरण अवधि एक वर्षको हुन्छ  आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सूचीकरण नविकरण गर्नुपर्छ तर हरेक वर्षको कार्तिक १ गते नवीकरण नगरेका कम्पनीको शेयर कारोबार रोक्का गरेको सूचना नेप्सेले जारी गर्छ  शेयर रोक्का गर्दा सजाय कम्पनीलाई हुन्छ कि लगानीकर्तालाई ? समयमा नविकरण नगरेका कारण कारोबार रोक्का हुँदा ‘तरल सम्पति’ भनिने शेयर किनवेच गर्न बन्चित हुनुपर्छ  समयमा नवीकरण नगर्ने कम्पनीहरु वर्षैपिच्छे दोहोरिरहेका छन  यो पनि दण्डहीनताको एउटा स्वरूप हो  

प्रणालीमा चलेको भनिएको एउटा वाणिज्य बैंक र अर्को एउटा वित्त कम्पनीले बेलैमा सूचना नदिएको भन्दै नेप्सेले कारोबार रोक्का गर्यो  यहाँ पनि सजाय लगानीकर्ताले पाए  एक त सूचना बेलैमा नपाउनु अर्को शेयर किनवेच गर्नै नपाउने गरि कारोबार रोकिँदा एउटा हैन एकैपटक दुइटा मार खानुपर्यो  यसलाई पनि दण्डहीनताको श्रेणीमा राख्न सकिन्छ   

एउटा लघुवित्तले हकप्रद शेयर विक्री जारी रहेकै बखत फेरी हकप्रद जारी गर्ने सूचना हतार-हतार नेप्से मार्फत सार्वजनिक गर्यो  यतिखेर भने कम्पनी अति जिम्मेवार बनेर सूचना सम्प्रेषण गरेको देखाइयो तर तर वास्तविकता भने अर्कै थियो  शेयरबजारमा निकै महँगो मूल्य रहेको कम्पनीको शेयर मूल्य स्थिर राख्नको लागि धितोपत्र कानूनकै उल्लंघन गरियो  नेप्सेले कारोबार रोक्का गरिदियो सजाय भने लगानीकर्ताले नै पाए  धितोपत्र कानूनमा एक आर्थिक वर्षमा एकपटक मात्र हकप्रद जारी गर्नसक्ने र सूचीकरण भएको मितिबाट १८० दिन पुरा भएको हुनुपर्ने व्यवस्था विपरित हकप्रद जारी गर्ने घोषणा आएको थियो  यो घटना माथि उल्लेखित भन्दा बढी गम्भीर हो  

एउटा विकास बैंकको साधारणसभाबाट पारित हकप्रद जारी गर्ने सम्बन्धि प्रस्तावलाई कम्पनीको संचालक समितिले रद्द गरि अर्को बैंकसँग विलयमा जाने निर्णय गर्यो  यसको पनि शेयर कारोबार रोक्का गरिएको छ  हकप्रद जारी गर्ने सम्बन्धि कम्पनीको प्रस्तावलाई लगानीकर्तासँग गरिएको अप्रत्यक्षरुप करार मान्न सकिन्छ  कतिपय करारहरू रद्द गर्न सकिन्न यस्तो अवस्थामा करारको यथावत परिपालनाले मात्र दुबै पक्षको हित हुने हुन्छ  हकप्रद जारी गर्ने भनेर जारी गरिएको सूचना अनुरुप हकप्रदको लोभ/मोहमा शेयर खरिद गर्ने प्रक्रिया सम्पन्न भईसकेकोले अब त्यस्ता शेयरहरु बिक्रेतालाई फिर्ता गर्न सकिन्न  यस्तो अवस्थामा हकप्रद कार्यान्वयन मात्र एउटा विकल्प बाँकी रहन्छ  यो घटनामा पनि लगानीकर्ताले नै सजाय पाएर पिडा भोग्नुपरेको छ  यस्ता कम्पनीका संचालक गम्भीर अपराधका दोषी हुन् 

दण्ड किन दिने ?

विधिशास्त्रमा एउटा सुत्र प्रचलित छ ‘कानुनको अज्ञानता क्षम्य हुँदैन ’ कानुन जानिन वा गल्ति भयो क्षमा पाउँ भनेर उन्मुक्ति पाइँदैन  यदि नजानेरै वा अनायासै गल्ति भएछ भने पनि दण्डको भागी हुनुपर्छ  गल्ति गर्ने मनसाय तत्वको अभावमा सजायको हद केहि कम हुनसम्म सक्छ तर पुरै दण्ड माफ हुँदैन  दण्डको प्रचलन आदिम वैदिक कालदेखि नै चलिआएको छ  वेदले खराव कार्य गरेमा दण्डको भागिदारी हुनुपर्छ र दण्ड कसले कसरी गर्ने भन्ने बताएको छ  वैदिक शास्त्रीय विद्वान मनुले दण्ड दिनुको कारण ‘यदि न पणयेद्राना दण्ड दण्ड्येष्वतन्द्रित:  शूले भस्म्यानिवापक्ष्यन्दुर्वलान्वलबन्तरा : ।। भनेका छन्  ‘कसुरदारलाई दण्ड नदिने हो भने राज्यमा अव्यवस्था र अराजकता फैलिन्छ  माछालाई सुइरोमा उनेर कोइलामा पोलेसरी वलवानले निर्वललाई यसरी नै प्रताडना हैरानी दिन्छन ’ एकजना न्यायाधिशले ‘तिमीलाई भेडा चोरेको कारण सजाय दिइएको हैन अरुले भेडा चोरी नगरुन भनेर दिएइको हो’ भनेर भेडा चोरलाई सुनाएको फैसला दण्डशास्त्रमा निकै प्रख्यात छ  ब्राडले नामक दण्डशास्त्रीले ‘दण्ड दिनुको अरु कुनै कारण छैन यो हाम्रो हाम्रो कर्तव्य हो  दण्डदण्डको लागि दिने हो’ भनेका छन् 

बेलायतमा हाउस अफ लर्डसले एउटा मुद्दामा ‘कम्पनी नाफामा छ नियमित लाभांश बाँडिरहेको छ  कम्पनीको ऋणपत्र किन्नुस’ भनेर जारी गरेको विवरणपत्रमा कम्पनी घाटामा चलेको कुरा लुकाईएकोमा त्यसका प्रवन्ध संचालकलाई फौजदरी अभियोग लगाएको प्रसंग यहाँ पनि सान्दर्भिक हुन्छ  

माथि उल्लेखित बिभिन्न घटनाका दोषी कम्पनीका संचालकउच्च तहका अधिकारीलाई कुनै सजाय नगर्ने हो भने पूँजीबजारमा ‘अराजकता र कर्पोरेट डिसअर्डर’ संस्थागत हुन्छ  यस्ता घटनाका दोषीलाई सामान्य नगद जरिवाना वा सचेत गराएर मात्र पुग्दैन फौजदारी अभियोग नै लगाएर संचालक र उच्च तहमा जानबाट रोक लगाउनुपर्छ  अनि मात्र संस्थागत संस्कार र सुशासन आउँछ  

उल्लेखित घटनाका सबै कम्पनी नियमन हुने क्षेत्रका हुन्  नियमन नहुने वास्तविक क्षेत्रका कम्पनी पूँजीबजारमा ल्याउने तयारी गरिरहेको नेपाल धितोपत्र वोर्डले सोच्नै पर्ने विषयको रुपमा माथि उल्लेखित घटनालाई लिनु नितान्त जरुरी छ 

२४ पौष २०७३, कारोबार

    



मनोवैज्ञानिक त्रास र शेयरबजार


शेयरबजार निरन्तर ओरालो लागिरहेको छ । ओरालो लाग्नुपर्ने तात्विक कारण केहि छैन । पहिलो त्रयमास समाप्तिसँगै सूचिकृत कम्पनीहरुले वित्तीय प्रतिवेदन प्रकाशन गरिसकेका छन् । प्रकाशित विवरण अनुसार सबै कम्पनीले राम्रो आम्दानी गरेका छन् । अर्को वर्ष अहिले भन्दा बढी वा अहिलेकै हाराहारीमा लाभांश दिनसक्ने हैसियत देखिएको छ । यतिबेला अधिकाँश कम्पनीले लाभांश घोषणा गरेर शेयरधनी दर्ता पुस्तिका बन्द गरिसकेका छन् । अब लाभांश पाउनको लागि एक वर्ष पर्खनुपर्नेहुन्छ । लाभांश घोषणा गर्न बाँकी कम्पनीतर्फ जानको लागि लाभांश पाइसकेको कम्पनी छाड्ने क्रममा त्यस्ता कम्पनीको मूल्यमा गिरावट आउनुलाई सामान्य नै भन्नुपर्छ । शेयर मूल्यमा सामान्यतया गिरावट आउने समय भए पनि अप्रत्याशितरुपमा अधिक गिरावट आउनुलाई सामान्य स्थिति भन्न सकिन्न । लाभांश घोषणा भइसकेको कम्पनी छाडेका कारण मात्र मूल्यमा गिरावट आएको भने पक्कै हैन । गिरावट आउनुका सम्भावित  कारणहरुको संक्षिप्त चर्चा यस आलेखमा गर्ने प्रयास गरिएकोछ । 

महत्वकांक्षी लगानीकर्ता

उच्च महत्वकांक्षा सदा हानिकारक हुन्छ । लगानीकर्ताहरु कम्पनीको लाभांश दिनसक्ने क्षमता भन्दा अधिक अपेक्षा राख्छन र सोहि अनुसार शेयर किन्न थाल्छन र कम्पनीले आफ्नो वास्तविक क्षमता अनुसारको लाभांश घोषणा गर्नसाथ निराश हुन्छन र कम्पनीलाई गालि गर्दै सस्तैमा शेयर हुत्त्याईदिन्छन जसले गर्दा कारण विना नै मूल्यमा गिरावट आउँछ । जबकी घोषित लाभाँश कम्पनीको क्षमता अनुसार अपर्याप्त हुन्न । यसो हुनुको कारण कम्पनी विश्लेषण गर्न नसक्नु हो । लगानी गर्नेले कम्तिमा वासलात र नाफा-नोक्सान हिसाब आफैंले बुझ्नसक्ने हैसियत राख्नुपर्छ । शेयर लगानीको लागि यी सामान्य कुरा हुन् । 
   
लाभांशको अन्योल 

यसपटक लाभांश घोषणामा पनि अन्योल देखियो । नेप्सेमा एउटा अंक पठाए पनि पाउने बेलामा अर्कै अंक लगानीकर्ताले पाए । कहिलेसम्म कायम पूँजीलाई लाभांश दिएको भनेर कम्पनीले प्रष्ट नपार्दा अन्योल सिर्जना भयो । लाभांश घोषणा गरेका प्राइम माछापुच्छ्रे लगायतको वास्तविक लाभांश कति आउला भन्ने यकिन लगानीकर्ताले गर्न सकेका छैनन् । प्राइमले नेप्सेमा दिएको सूचनामा घट्न सक्ने मात्र भनेको छ तर कति घट्ने भनेको छैन । यस्ता कुरा प्रष्ट नहुँदा कतिमा लगानी गर्ने भनेर अलमल हुँदा मूल्यमा गिरावट आउनु स्वाभाविक हो ।

हकप्रदको चटारो 

यतिखेर धेरै कम्पनीले हकप्रद जारी गरेका छन् । केहि समय अघि मात्र अरुण कावेली हाइड्रोपावरले ३० लाख कित्ता साधारण शेयर जारी गरेको र त्यसमा अरवौं रुपैया लगानी भइसकेको छ । हिमालयन, काष्ठमण्डप, सगरमाथा, सेवा, सिद्धार्थ, कन्चन लगायत थुप्रै बैंकको हकप्रद आइरहेको छ । जति पनि कम्पनीका हकप्रद आएका छन् ति सबैमा लगानी गर्ने लगानीकर्ता एकै हुन् । एकैपटक धेरै कम्पनीमा लगानी गर्नुपर्दा रकमको अभाव पर्ने नै हुन्छ र रकमको जोहो गर्ने एकमात्र ठाउँ शेयरबजार नै हो । रकम जोहो गर्ने दवाव यतातिर परेको कारण पनि केहि घट्नु स्वाभाविक नै हो ।

माथि उल्लेखित बाहेक बजार घट्नुपर्ने भनिएका अन्य सबै कारण मनोवैज्ञानिक मात्र हुन् । ति मनोवैज्ञानिक त्रासको पनि संक्षिप्त चर्चा गर्नु सान्दर्भिक नै हुन्छ । 

ट्रम्पको विजय 

शक्तिशाली राष्ट्र अमेरिकामा राष्ट्रपतिको चुनाव सम्पन्न भयो र कट्टरपन्थी स्वभावका डोनाल्ड ट्रम्पले आगामी चार वर्षको लागि व्हाइट हाउसको नेतृत्व पाएका छन् । हिलारीप्रति नरम भाव राखेका नेपाली नागरिकको लागि ट्रम्पको विजय अलि पाच्य भएन । अमेरिकीको लागि समेत नौलो नभएको परिणाम हाम्रो लागि झन् नौलो नहुनुपर्ने हो किनकि हाम्रो लागि ट्रम्प वा हिलारी जो आएपनि भतुवालाई बिगौतीसरह हो । तर शेयरबजार घट्नुलाई ट्रम्पको विजय र आप्रवासीप्रति भविष्यमा गर्नसक्ने व्यवहारलाई लिएर टिकाटिप्पणी भइरहेको छ । यो फगत मनोवैज्ञानिक त्रास मात्र हो । 

भारतीय रुपैयाँ 

भारत सरकारले एकहजार र पाँचसयको नोटलाई प्रतिवन्ध लगाएको घटनालाई पनि शेयरबजारसँग जवर्जस्ती जोडेर त्रास फैलाईएको छ । योगगुरु रामदेव र अर्थशास्त्री अनिल वोकिलको समुहले यी दुई नोट मात्र हैन रु. ५० भन्दा माथिका नोट सदाको लागि प्रतिवन्ध लगाउन र दुईहजारसम्म मात्र नगद र बाँकी सबै कारोबार बैंकिंग प्रणालीमार्फत गर्न अर्थक्रन्तिभन्ने अभियान नै चलाएका छन् । यति मात्र नभएर भारतमा प्रचलित ३२ प्रकारको कर मध्ये अन्तशुल्क र भन्सार कर बाहेक सबै खारेज गरेर कारोबार करलगाउन सल्लाह दिइरहेका छन् । भोलिका दिनमा यस्तो प्रस्ताव मोदी सरकारले लागू नगर्ला भन्न सकिन्न । यस्ता कुराबाट हाम्रो सरकारले पनि पाठ सिक्नुपर्नेमा मनोवैज्ञानिक त्रास सिर्जना गराउनेबाट सचेत हुनु जरुरी छ । नोट प्रतिवन्धको कारण आत्तिनुपर्ने कुनै कारण छैन । हाम्रो आफ्नै मुद्रा छ भारतीय मुद्रा प्रतिवन्धले हामीलाई छुनुपर्ने तात्विक कारण केहि छैन । नेपाल राष्ट्र बैंकले समेत यसबाट केहि असर नपर्ने बताइसकेकोछ । केन्द्रीय बैंकको भनाईलाई विश्वास नगरे कसलाई गर्ने

आठ अर्व 

यो पनि अर्को ठूलो त्रास बनेको छ । बैंकको पूँजी वृद्धि स्वाभाविक प्रक्रिया हो । केन्द्रीय बैंकले पूँजी वृद्धिको प्रस्ताव नल्याएको भए पनि पूँजी बढाउनु जरुरी थियो भन्ने बैंकले राम्रैसँग बुझेको विषय हो । २०७२ वैशाखको भूकम्प पश्चात पुननिर्माण र पुनस्थापनाको लागि सानोतिनो रकमले पुग्ने अवस्था थिएन । त्यस्तै देशमा पूर्वाधारको क्षेत्रमा समेत लगानी बढाउनुपर्ने आवश्यकता थियो । लगानीको लागि पूँजी दिनसक्ने एकमात्र संस्था भनेका बैंक हुन् । नेपाल भन्दा सानो अर्थतन्त्र भएको देश भुटानमा समेत बैंकको पूँजी पाँच अर्व छ भने त्यो भन्दा ठूलो अर्थतन्त्र भएको देशको लागि आठ अर्व पनि कम हो । उर्जा संकट मोचनको लागि तत्कालै ठूला तथा मझौला आयोजना निर्माणमा गईहाल्नुपर्ने अवस्था छ । यसको लागि पनि बैंक नै सक्षम हुनुपर्छ । आठ अर्व पूँजी पुर्याउन बोनस र हकप्रद दिईसकेकोले अर्को सालदेखि बोनस आउँदैन नगद लाभांश मात्र आउँछ भन्ने मानसिक त्रास बढेको छ । यो फगत स्वरै कल्पना मात्र हो । बैंकको जोखिम वहन गर्ने क्षमता वृद्धि गर्नको लागि पनि पूँजी अझ बढ्नुपर्ने आवश्यकता देखिएको छ । नेपाल लगानीका लागि उर्वर क्षेत्र बन्दैछ भन्ने कुरा अहिले विदेशी बैंकले नेपालका बैंकसँग साझेदारी गर्न देखाएको चासोले पनि पुष्टि गरिरहेको छ ।

अन्तमा 

स्वभावत शेयरको मूल्य घटवढ भइरहनुपर्छ यसको विशेषता भनेकै यहि हो । बढिरहने र घटिरहने भन्ने पनि हुन्न । शेयर बजारको घट्ने र बढ्ने चक्र भनेको रोटेपिंग जस्तै हो । रोटेपिंगमा माथि पुगेको मान्छे एकैछिनमा तल झर्छ र तलको मान्छे माथि पुग्छ । माथि जाँदा जति आनन्द महसुस हुन्छ तल झर्दा पनि त्यत्तिकै आनन्द महसुस हुन्छ । तल माथि भइरहने क्रम नहुने हो भने रोटेपिंग कुनै अर्थ हुन्न । शेयर बजारलाई पनि रोटेपिंगसँग करिब करिब सँगै राखेर हेर्न सकिन्छ । 

लगानी पछिको प्रतिफल र कम्पनीको स्थितिलाई सँगै राखेर लगानी गरेको खण्डमा आत्तिनु पर्ने स्थितिको सिर्जना हुन्न र लगानी सुरक्षित बनाउन सकिन्छ । लाभ लिन केहि समय कुर्न सक्नुपर्छ । सुरक्षित लगानी गरेमा ससाना घटनाले तर्साउन सक्दैन ।   

१२ मंगसिर २०७३, कारोबार



विमाको पूँजी वृद्धि र दार्चुलाको याक



जीवन र निर्जीवन विमा कम्पनीको चुक्ता पूँजी बढाएर क्रमशः पाँच र चार अर्व बनाउने चर्चा चलेको धेरै भयो ।
एक महिनाभित्रै घोषणा हुन्छ रे ! पन्ध्र दिन भित्रै घोषणा हुन्छ रे ! एकहप्ता भित्रै घोषणा हुन्छ रे ! भन्ने धेरै सुनियो । यसरी सुनिएका महिना/दिन/हप्ता कयौं बिते तर आजका मितिसम्म घोषणा आएको छैन । विमा कम्पनीको नियमक विमा समितिका वर्तमान अध्यक्ष दुई कार्यकाल बिताएर घर जानै लाग्दा पूँजी वृद्धिको चर्चा फेरी जागेको छ । आठ वर्षसम्म हुन नसकेको निर्णय घर जानै लागेका अध्यक्षले मात्र घोषणा गर्ने विषय नै हैन किनकि यस्तो निर्णय गर्ने अधिकार अध्यक्ष वा विमा समितिलाई छैन । बैंकको पूँजी वृद्धि जस्तो विमाको पूँजी वृद्धि आदेश/निर्देशनले हुँदैन । 

गाई र याकको कथा 

विमाको पूँजी वृद्धिको प्रसंग चल्दा करिब दश वर्ष पहिलेको एउटा घटना यहाँ उल्लेख गर्न प्रासंगिक हुन्छ । चमेलिया नदीको उद्गमस्थलतिर पर्ने दार्चुला जिल्लाको खण्डेश्वरी गाउँमा संचालित झुपुपालन कार्यक्रमअनुगमन गर्न गइयो । स्थानीय जातको गाई र याकको समागमबाट उत्पादन हुने ठिमाहा सन्तान पोथीलाई झुमाभालेलाई झुपुभनिँदो रहेछ । ठिमाहा झुपुखच्चर जत्तिकै भारी बोक्न सक्ने क्षमताको र झुमादूधालु हुनेरहेछ । अनुगमनको क्रममा धेरै गाई ब्याईसकेको भेटियो र अन्तमा याक भएको ठाउँमा आएर गाईपालकसँग जानकारी लिने क्रम शुरु गर्दा पो झसंग भयौं । याक जवान भएपनि समागमको लागि तयार भएकै रहेनछ । हामीले देखेका जे जति गाई व्याएका थिए ति त स्थानीय साँढेबाट पो बाली भएका रहेछन । शितोष्ण वातावरणमा बस्ने याकलाई उष्ण वातावरणमा ल्याएर राखिएकोले अनुकूल वातावरण नमिलेकोले याक तयार हुननसकेको रहेछ । 

साँढेबाट बाली 

माथिको प्रसंग र बिमा कम्पनीको पूँजी वृद्धि करिब उस्तै छ ।गाईलाई बिमा कम्पनीयाकलाई बिमा समितिभनेर बुझि हेर्दा स्थिति ठ्याक्कै मेल खान्छ । याकबाट बाली गराउन लालयित गाईपालक याक कहिले तयार होला भन्दाभन्दै गाई स्थानीय साँढेबाट बाली भएपछि याक पनि छ भन्ने नै बिर्सन थालेको भेटियो भने केहि गाईपालक याकबाटै बाली गराएर वलवान झुपुवा दूधालु झुमाउत्पादन गरि अधिक फाइदा लिन तम्सिएको देखियो । विमा समितिले पूँजी वृद्धिको निर्देशन दिने र याकबाट गाई बाली हुने कुरा एकै भइसकेको छ । याक तयार नभएर स्थानीय साँढेबाट गाई बाली भए जस्तै विमा समितिले निर्देशन नदिए पनि केहि कम्पनीले धमाधम पूँजी वृद्धिको प्रस्ताव गरिसकेका छन् । निर्जीवनतर्फका लुम्बिनी, एनबि, हिमालय, प्रभू इन्सुरेन्सले ३० देखि २२० प्रतिशतसम्म पूँजी बढाउने र शिखरले पुनः नयाँ निष्काशन (फर्दर पब्लिक अफर एफपिओ) जारी गर्ने घोषणा गरिसकेका छन् । यसबाहेक नेको र सिद्धार्थ इन्सुरेन्सले धितोपत्र वोर्डमा हकप्रद शेयर जारी गर्न स्वीकृति माग्दै प्रस्ताव पेश गरिसकेका छन् । जीवनतर्फ नेशनल लाईफले शतप्रतिशत हकप्रद जारी गर्ने घोषणा गरिसकेको छ भने नेपाल लाईफले नयाँ निष्काशन (फर्दर पब्लिक अफर एफपिओ) को बाटो रोजिसकेको छ । 

अस्तव्यस्त विमा समिति 

विमा कम्पनीको कार्यकारी प्रमुख हुन योग्यता तोकिएको छ तर विमा कम्पनीको नियमन गर्ने विमा समितिको कार्यकारी अध्यक्ष विमा व्यवसायमा विशेष ज्ञान भएकोअमूर्त योग्यता तोकिएको छ । विशेष ज्ञानलाई कसरी के भनेर बुझ्ने ? अनि सरकारले विशेष ज्ञान भई पत्याएको व्यक्ति अध्यक्ष भैसकेपछि पनि अर्थ र कानून गरि दुईवटा मन्त्रालयको प्रतिनिधि केका लागि पठाएको हो ? अर्थमन्त्रालयको व्यक्ति राख्नैपर्ने भए सचिव वा कुनै महाशाखाको प्रमुख भनेर किटान गरिदिएको भए को जाने भनेर माथापच्चिसी गरिरहनुपर्ने थिएन । कानुन मन्त्रालयको प्रतिनिधि राख्नुको अर्थ केहि देखिन्न । यसको सट्टा विमा कानूनको जानकार अधिवक्ता भन्न सकिन्थ्यो । केन्द्रीय बैंकमा समेत अर्थसचिव बाहेक अरु सरकारी प्रतिनिधि पठाउन आवश्यक ठानेको छैन तर विमा समितिमा किन दुईवटा मन्त्रालयको प्रतिनिधि राखियो प्रश्न अनुत्तरित छ । अमूर्त योग्यता र अनावश्यक सदस्य आदि जस्ता कारणले विमा समिति अस्तव्यस्त देखिन्छ । जसले गर्दा भनेको बेला बैठक बसाउनु भ्यागुताको धार्नी पुर्याउनु बराबर छ । विमा समितिमा देखिएको यस्तै अस्तव्यस्तताले विमा कम्पनीको सहि अर्थमा नियमन हुननसकेको हो भन्दा फरक पर्ने अवस्था छैन । राष्ट्रिय विमा संस्थानले लेखापरीक्षण र साधारणसभा नगरेको वर्षौं भइसक्यो । यसैबाट फूटेको निर्जीवनतर्फको राष्ट्रिय विमा कम्पनी पनि यहि बाटोमा गए आश्चर्य मान्नुपर्दैन । प्राइम लाईफ र एभरेष्ट इन्सुरेन्स कुन अवस्थामा चलिरहेका छन् आजसम्म समितिले बताएको छैन । सम्पति र दायित्वको मूल्यांकन (ड्यु डेलीजेन्स अडिट डीडीए) प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन । त्यस्तै अनावश्यक दावी भुक्तानी गरिएको रकम फिर्ता गराउन आदेश दिएको युनाइटेड इन्सुरेन्सको अवस्था पनि सन्तोषजनक छैन । मुलुकमा १७ वटा निर्जीवन र ८ वटा जीवन गरि २५ वटा विमा कम्पनी संचालनमा आइसक्दा पनि विमांकीय मुल्यांकनगर्नसक्ने जनशक्ति देशभित्र तयार गर्न समितिले पहल नगर्दा विदेशीको मुख ताक्नुपरेको छ । बेलैमा विमांकीय मुल्यांकननहुँदा दावी भुक्तानी र साधारणसभा समेत हुनसकेको छैन ।विमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नको लागिभनेर ऐनको प्रस्तावनामा लेखिएको वाक्यांशले बारम्बार विमा समितिलाई गिज्याईरहेको छ ।

वाधक विमा ऐन  

विमा कम्पनीको पूँजी वृद्धिको वाधक अरु कोहि नभएर विमा ऐन हो । नियमन हुने व्यवसायको पूँजी ऐनमा तोक्ने सम्भवत विमा ऐन बाहेक अरु छैन होला । ऐन निर्माण र संशोधनको प्रक्रिया लामो हुन्छ भन्ने जान्दाजान्दै ऐनमा नै चुक्ता पूँजीको अंक किटान गर्नु पटक्कै सान्दर्भिक होइन । बैंकको पूँजी कति हुने भनेर बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा तोकिएको छैन । अधिकृत, जारी र भुक्तानी पूँजी समय समयमा केन्द्रीय बैंकले तोकेबमोजिम हुनेछ भनेर सम्पूर्ण अधिकार नियमकलाई दिएको छ । यहि व्यवस्थाको अधिनमा रहेर केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत पूँजी तोक्दै आइरहेको छ । तर विमा कम्पनीको नियमन गर्ने निकाय विमा समितिलाई पूँजी तोक्ने अधिकार छैन ।

अब के गर्ने   
                          
विमा समिति दार्चुलाको याक जस्तै भएको छ । जसरी याकको लागि हावापानी अनुकूल नभएर आफ्नो तागत देखाउन पाएन त्यसरी नै समितिको लागि ऐन अनुकूल नहुँदा समितिले गर्नुपर्ने कार्य गर्न सकेन । केन्द्रीय बैंक जस्तो संरचना र अधिकारयुक्त विमा नियमक अहिलेको आवश्यकता हो । नियमन हुनुको अर्थ सम्बन्धित क्षेत्र/व्यवसायको अधिक जानकारी लिई पूँजी कति थप्ने कहिले थप्ने निर्णय गर्नु हो । नियमकलाई व्यवसायको बजार बढेको र जोखिम बहनको लागि पूँजी अपर्याप्त नै हो भन्ने लागेमा जुनसुकै बेला पूँजी थप गर्ने निर्देशन दिनसक्ने अधिकारसहितको विमा ऐन जारी गरि ऐनमा नै चुक्ता पूँजीको अंक तोक्ने परिपाटीको अन्त्य गरिनुपर्छ । बैंकिंग सम्बन्धि कानुन जस्तो बजारको आवश्यकता हेरी जुनसुकै बेला पूँजी तोक्ने अधिकार विमा समितिलाई दिनुपर्छ । त्यस्तै अध्यक्ष कार्यकारी प्रमुख हुने भएकोले केन्द्रीय बैंकको खचान्जीको जस्तो प्रष्ट योग्यता तोकिनुपर्छ । र अनावश्यक सरकारी प्रतिनिधि राखेर भत्ता खुवाउने परिपाटी पनि बन्द गरिनुपर्छ ।  

 २६ मंगसिर, २०७३ कारोबार


सञ्चालक पदमुक्तिसम्बन्धी कानुन

सञ्चालक समितिले सञ्चालक हटाउन सक्छ ? कुनै पनि कम्पनीमा नियुक्त भएका सञ्चालक कार्यकाल पूरा नहुँदै बीचमै पदमुक्त हुनसक्छन्। कम्पनी ऐन , २०६३ ल...