आधार पूँजीकरण प्रकाशन आवश्यक
भारतको बीएसई (बम्बे स्टक एक्सचेन्ज) को सेन्सेक्स (सेन्सेटिभ इन्डेक्स) ५० हजारभन्दा माथि पुगेको छ l बीएसई संसारका ठूला एक्सचेन्जको सूचीमा १०सौं स्थानमा पर्छ l भारतकै नेशनल स्टक एक्सचेन्जको निफ्टीफिफ्टी पनि १६ हजारको बाटोमा छ l सेन्सेक्स ३० र निफ्टी ५१ वटा कम्पनीको कारोबार मापन गर्ने इन्डेक्स हो l ३० र ५१ भित्र पनि प्रभाव जमाउने कम्पनीले इन्डेक्सलाई तलमाथि पारिरहेका हुन्छन् l नेपालमा कारोबार मापन गर्ने विशेष समूह छैन l नेपालको इन्डेक्समा सूचीकृत सबै कम्पनीको कारोबार मापन हुन्छ l सबै कम्पनीको मापन गरिए पनि १ वा २ कम्पनीको कारोबार र मूल्य वृद्धि वा कमिले इन्डेक्सलाई तलमाथि पार्छ l अहिलेसम्म नेपालको इन्डेक्स र पूँजीकरणलाई तलमाथि पार्नमा पूँजीका हिसाबले छैठौं ठूलो कम्पनी नेपाल टेलिकम अग्रस्थानमा छ र यो क्रम अझ केही वर्षसम्म कायम रहने अनुमान गर्न सकिन्छ l
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई (१) वाणिज्य बैंक, (२) विकास बैंक, (३) वित्त कम्पनी, (४) व्यापार, (५) होटेल तथा पर्यटन, (६) जलविद्युत, (७) जीवन विमा, (८) निर्जीव विमा, (९) उत्पादन तथा प्रशोधन (१०), लघुवित्त (११), लगानी र (१२) अन्य गरी १२ वटा समूहमा बाँडेको छ l म्युचुअल फण्डलाई पनि छुट्टै समूहमा राखेको छ l ऋणपत्र सूचीकरण भएर कारोबार भईरहे पनि यसको समूह छैन l यसको कारोबार गणनामा आएको छैन l म्युचुअल फन्डको समूहगत इन्डेक्स गणना गरिए पनि नेप्से इन्डेक्स गणनामा समावेश गरिएको छैन l यी हरेक समूहको आ-आफ्नो समूहगत सूचक गणना हुन्छ l
इन्डेक्स गणनाका आधार
इन्डेक्स गणनामा पूँजीकरण मुख्य आधार हुन्छ l पूँजीकरण भनेको एक कम्पनीको हकमा कुल सूचीकृत शेयर र कारोबार दिनको अन्तिम मूल्यको गुणनफल हो l बजार पूँजीकरणको हकमा सम्पूर्ण सूचीकृत कम्पनीको पूँजीकरणको योग हो l कारोबार समयमा यो बदलिरहन्छ l शेयर मूल्य घट्न वा बढ्नासाथ् पूँजीकरण र इन्डेक्समा हुने उतारचढाव वास्तविक समय (रियल टाइम) मा हेर्न देख्न सकिन्छ l सिद्धान्तत पूँजीकरणका लागि प्रवाहित (फ्लोटेट) शेयरलाई मात्र लिईन्छ l नेपालमा सम्पूर्ण शेयरलाई गणना गरिन्छ l इन्डेक्स आधार र दैनिक पूँजीकरणको अनुपात हो l आधार पूँजीकरण कुनै एकदिनको कारोबारलाई आधार मानेर लिईन्छ र नयाँ कम्पनी र हकप्रद शेयर थप हुँदै जाँदा आधार पूँजीकरण पनि बढ्दै जान्छ l मानौं पहिलो दिन १ अर्ब रुपैयाँ आधार पूँजीकरण थियो र त्यसको १० दिनपछि १ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनी सूचीकरण भएर त्यसको अन्तिम कारोबार मूल्य ३ सय रुपैयाँ भएमा ३ करोड रुपैयाँ थप भई आधार पूँजीकरण १ अर्ब ३ करोड रुपैयाँ कायम हुन्छ l भोलिपल्टदेखि दैनिक पूँजीकरण (थपिएको कम्पनीसहित) लाई पछिल्लो आधार पूँजीकरण १ अर्ब ३ करोड रुपैयाँले पहिले जस्तै भाग गरेर दैनिक इन्डेक्स मापन गरिन्छ l त्यस्तै, ३० दिनपछि २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज गरेको भोलिपल्ट आधार पूँजीकरण थपिन्छ l अन्तिम कारोबार मूल्य ३ सय रुपैयाँ भएमा समायोजित मूल्य २ सय ३३ रुपैयाँ हुन्छ र ३ लाख कित्ता शेयरको पूँजीकरण ६ करोड ९९ लाख रुपैयाँ हुन्छ l यहाँ हकप्रद शेयरले ९९ लाख रुपैयाँ पूँजीकरण थप भएको हुँदा आधार पूँजीकरणमा ९९ सय लाख रुपैयाँ थप भएर १ अर्ब ३ करोड ९९ लाख रुपैयाँ कायम हुन्छ l एवम् क्रमले आधार पूँजीकरण बढ्दै जान्छ l बोनस शेयरले आधार पूँजीकरण नबढाउने कारणको रुपमा यसमा थप हुने अङ्कित मूल्यलाई मूल्य समायोजनमा समावेश नगरिएको कारण यस्तो भएको हो l माथिको हकप्रदको उदाहरणमा यदि उल्लेखित ५० प्रतिशत बोनस भएको भए मूल्य समायोजन मूल्य २ सय रुपैयाँ हुन्थ्यो l समायोजन अघिको अन्तिम मूल्य र समायोजन पछिको मूल्यले पूँजीकरणमा कुनै परिवर्तन नल्याउने हुँदा बोनसले आधार पूँजीकरण परिवर्तन हुन्न l
पूँजीकरण र इन्डेक्समा योगदान
नेपालको शेयरबजारको कुल
पूँजीकरण ३७ खर्ब २ अर्ब ८१ करोड ८९ लाख ५० हजार रुपैयाँ र नेप्से इन्डेक्स २ हजार ६ सय ७४ दशमलव ३५ छ l
(२६ चैत, २०७७, नेप्से) नेप्सेले देखाएको पूँजीकरणमा कारोबार रोक्का रहेका कम्पनी
पनि समावेश देखिन्छ l समूह र कम्पनिगतरुपमा हेर्दा पूँजीकरण र इन्डेक्समा कति
योगदान छ तालिकामा देखाईएको छ l
समूहगत पूँजीकरण र इन्डेक्समा
योगदान |
|||||||||
क्रसं |
समूह |
पूँजीकरण |
योगदान (प्रतिशत) |
||||||
पूँजीकरण |
इन्डेक्स
|
||||||||
१ |
वाणिज्य बैंक |
१३,९५,५६,८१,३७,६२३ |
३७.६८ |
१,००७.६९ |
|||||
२ |
जीवन बिमा |
३,६४,९२,९९,३१,५३२ |
९.८५ |
२६३.४२ |
|||||
३ |
लघुवित्त |
३,६०,३०,१८,४१,७८२ |
९.७३ |
२६०.२१ |
|||||
४ |
अन्य |
३,४७,४५,००,००,००० |
९.३८ |
२५०.८५ |
|||||
५ |
जलविद्युत |
२,९७,४०,५४,०२,५४७ |
८.०३ |
२१४.७५ |
|||||
६ |
लगानी |
२,९६,२४,३६,६७,८७५ |
८.०० |
२१३.९४ |
|||||
७ |
निर्जीव बिमा |
२,६०,०८,०७,४०,१९८ |
७.०२ |
१८७.७३ |
|||||
८ |
उत्पादन तथा प्रशोधन |
१,३५,२७,५६,९२,३४० |
३.६५ |
९७.६१ |
|||||
९ |
विकास बैंक |
९७,६७,६५,३९,७८२ |
२.६३ |
७०.३३ |
|||||
१० |
होटेल तथा पर्यटन |
६४,९०,११,२२,६०० |
१.७५ |
४६.८० |
|||||
११ |
वित्त कम्पनी |
३८,२१,४०,६३,८४३ |
१.०३ |
२७.५४ |
|||||
१२ |
व्यापार |
२२,९२,३९,०७,४४६ |
०.६१ |
१६.३१ |
|||||
कम्पनीगत हिसाबले
पूँजीकरण र इन्डेक्समा योगदान |
|||||||||
क्रसं |
समूह |
पूँजीकरण |
योगदान (प्रतिशत) |
||||||
पूँजीकरण |
इन्डेक्स
|
||||||||
१ |
नेपाल टेलिकम |
२,०२,६५,००,००,००० |
५.४० |
१४४.४१ |
|||||
२ |
नविल बैंक लि |
१,७९,२८,६१,०६,७२० |
४.८४ |
१२९.४३ |
|||||
३ |
नेपाल लाईफ इन्स्योरेन्स लि |
१,५२,१३,५३,७४,५५२ |
४.१० |
१०९.६४’ |
|||||
४ |
नेपाल रिइन्स्योरेन्स लि |
१,४४,८०,००,००,००० |
३.९१ |
१०४.५६ |
|||||
५ |
नागरिक लगानी कोष |
१,२६,१४,७०,९८,५५० |
३.४० |
९१.९१ |
|||||
६ |
नेपाल पूर्वाधार बैंक लि |
१,१७,८०,००,००,००० |
३.१८ |
८५.०४ |
|||||
७ |
एनआईसी एसिया बैंक लि |
१,०६,१५,७५,७१,४०८ |
२.८६ |
७६.४८ |
|||||
८ |
ग्लोबल आईएमई बैंक लि |
९५,८३,१९,८८,७३३ |
२.५८ |
६८.९९ |
|||||
९ |
अपर तामाकोशी हाइड्रोपावर लि |
९४,४६,२८,००,००० |
२.५५ |
६८.१९ |
|||||
१० |
नेपाल इन्भेष्टमेन्ट बैंक लि |
७४,४५,५८,५१,४५६ |
२.०१ |
५३.७५ |
|||||
स्रोत: २६ चैत, २०७७ को कारोबारमा आधारित
इन्डेक्सको तुलना
इन्डेक्सलाई चलायमान गराउन
केही कम्पनीको मात्र भूमिका हुन्छ भन्ने तालिकामा उल्लेखित १० वटा कम्पनीले
देखाएको छ l इन्डेक्स र अङ्कमा झन्डै क्रमशः ३५ प्रतिशत र ८ सय २७ को योगदान दिएको
छ l अर्को पाटो भनेको सूचीकरणमा थपिने कम्पनीले पनि यसमा योगदान दिएको हुन्छ l नयाँ
थपिएका दश स्थानमा परेका रिइन्स्योरेन्स, पूर्वाधार बैंक र तामाकोशीले मात्र
अङ्कमा २ सय ५८ र इन्डेक्समा १० प्रतिशतको योगदान दिएका छन् l २०७२ सालको करिव १९
सय र अहिलेको करिव २७ सय अङ्कको हिसाबले बढी भए पनि गुणात्मक हिसाबले कुन बढी हो भन्नलाई यसको आधार
पूँजीकरणसँग तुलना गर्दा मात्र थाहा हुन्छ l ५ रोपनी जग्गामा ५ मुरी फल्नु र १०
रोपनी जग्गामा १० मुरी फल्नु मुरीको अङ्क बढी भए पनि गुणात्मकरुपमा बराबर हो l अहिले
यस्तै ५ रोपनी जग्गा थपिएको हो l नेप्सेले बजार अध्येयताका लागि साप्ताहिकरुपमा
आधार पूँजीकरण सार्वजनिक गर्नु आवश्यक छ l
३१ चैत २०७७, आर्थिक अभियान
https://www.abhiyandaily.com/newscategory-detail/385526
No comments:
Post a Comment