Sunday, May 17, 2020

नेपाल पुनबिमा कम्पनीको सूचीकरण कहिले र कुन समूहमा रहला ?


नेपाल पुनबिमा कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरेर बाँडफाँड पनि गरिसकेको छ  कोरोनाको त्रासदीले स्थानहद नलागेको भए अहिलेसम्म कारोबारमा आइसक्ने थियो  शेयर बिक्रीको आवेदन खोलेर बन्द भएको बढीमा १ हप्ताभित्र बाँडफाँड हुनुपर्नेमा स्थानहदकै कारण बाँडफाँडमा पनि ढिलाई भएको थियो  स्थानहद लागेपछि नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई शेयर कारोबार स्थगन गर्न आदेश दिएपछि शेयर कारोबार रोकिएको छ  शेयर कारोबार रोकिएको कारण कम्पनीले शेयर सूचीकरण समेत गराएको छैन  यद्धपि कम्पनीले आरविवि मर्चेन्ट बैंकलाई शेयर रजिष्ट्रार नियुक्त गरिसकेको छ  कम्पनीका अधिकारीले शेयर कारोबार खुल्नासाथ कारोबारयोग्य हुनेगरी सूचीकरण गरिने बताएका भए पनि स्थानहदको बेला गत वैशाख ३० र ३१ गते दुइ दिन शेयर कारोबार खुल्दा पनि यसको शेयर सूचीकरण नगरिएको कारण कारोबार भएन  अब सम्भवत अर्को पटक कारोबार खुल्दा यसको पनि सूचीकरण हुने अनुमान गर्न सकिन्छ 

कुन समूह रहला ?

धेरैको मनमा यस कम्पनीलाई नेप्सेले कुन समूहमा राखेर कारोबार गराउला भन्ने चासो देखाएका छन्  १० अर्व रुपैयाँको चुक्ता पूँजी भएको हुँदा यसको कारोबार मूल्यले नेप्सेको सूचक र समूहगत सूचकलाई हल्लाउन सक्छ  ठुलो पूँजीयुक्त र कारोबार पश्चात कम्तिमा ३ सय रुपैयाँ बजार भाउ रहेमा वा त्योभन्दा बढी कायम भएमा ३० अर्ब रुपैयाँ वा बढीको बजार पूँजीकरण हुने हुँदा यसको समूह कुन होला भन्ने चासो बढेको हो  नेप्सेले बिमा कम्पनी लाई २ अलग-अलग (जीवन र निर्जीवन) समूहमा राखेको हुँदा पुनविमा कम्पनी कुन समूहमा पर्ला भन्ने चासो देखिएको हो  पुनबिमा कम्पनीले जीवन र निर्जीवन दुबै कार्य गर्ने हुँदा यसलाई जीवन वा निर्जीवन दुबैमा राख्न पनि मिल्दैन र एक समूह (जीवन र निर्जीवन) मा मा राख्न मिल्दैन  यस हिसाबले यसको समूह अन्य उपयुक्त हुनसक्ने अनुमान गर्न सकिन्छ  किनकि अन्य समूह भनेका कतै पनि जोडा नमिल्नेलाई राखिने ठाउँ हो  समग्र नेप्से परिसूचकका लागि जता राखे पनि फरक पर्दैन तर, समूहलाई  भने तात्त्विक असर पर्छ  हाइड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीको नाम हेर्दा जलविद्युत कम्पनी जस्तो देखिए पनि यसलाई जलविद्युत समूहमा राखिएको छैन  यसको कारण के हो भने यसले आफैँले अनुमति लिएर जलविद्युत उत्पादन गर्दैन  यसको सहायक वा प्रवर्द्धित कम्पनीले जलविद्युत विकास (उत्पादन) गर्छ  त्यस्तै, वित्त समूहमा राखिएको नागरिक लगानी कोष अहिले अन्य समूहमा स्थानान्तरण गरिएको छ  किनभने यसले पनि वित्तीय कारोबार गरे पनि यो निक्षेप लिने बैंकिंग जस्तो संस्था हैन  यो फरक प्रकारको वित्तीय संस्था भएको कारण यसलाई वित्त समूहवाट झिकेर अन्यमा सारिएको हो  यस आधारमा पुनविमा कम्पनीको समूह अन्य हुनसक्ने अनुमान गर्न सकिन्छ 

कतिमा सूचीकरण र लभांश

आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण भएको कम्पनीको वित्तीय प्रतिवेदन अनुसारको नेटवर्थ १ सय ४१ रुपैयाँ १५ पैसा छ  यसको आधारमा नेप्सेले कारोबार मूल्य दायरा तोकेमा १ सय ४१ रुपैयाँ १५ पैसादेखि ४ सय २३ रुपैयाँ ४५ पैसासम्ममा पहिलो कारोबार हुनेछ  आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण नभएको तर, व्यवस्थापनले प्रमाणित गरेको आधारमा १ सय ५३ रुपैयाँ ५८ पैसादेखि ४ सय ६० रुपैयाँ ७३ पैसामा पहिलो कारोबार हुनेछ  कम्पनीको प्रतिशेयर आम्दानी त्यति आकर्षक नदेखिएको हुँदा यसले वर्षमा औसत १० प्रतिशत लाभांश दिन सक्ने स्थिति देखिन्छ  यस्ता विमा कम्पनीले आफैँ बिमा नगराउने हुँदा अन्य विमा कम्पनीमा आम्दानी निर्भर हुन्छ  कम्पनीको उद्देश्यमा बिमा व्यवसाय समेत गर्ने भन्ने उल्लेख छ  यस आधारमा आफैँले बिमा व्यवसाय गरेमा आम्दानी बढ्न सक्ने सम्भावना छ  तर, कम्पनीले के के गर्ला त्यो हेर्न बाँकी छ   प्रथम वर्ष भने कम्पनीले संचित जगेडा\बाट अपेक्षाभन्दा बढी लाभांश बाँड्ने प्रस्ताव गर्न सक्छ 

४ जेठ, २०७७, इन्सुरेन्स खबर
https://insurancekhabar.com/2020/05/81924/

No comments:

शेयरबजारका शुरुआती दुई दशक

घोषणा धेरै , काम कम धितोपत्र कारोबार ऐन, २०४० जारी भएपछि नेपालमा शेयरबजारको विधिवत शुरुआत भएको मान्न सकिन्छ l यो ऐन आउनु अघि २०३३ सालमा सेक्...