Sunday, September 17, 2017

लगानी गर्दा थाहा पाउनुपर्ने केही कुराहरु

शेयरमा गरिने लगानी जोखिमयुक्त छ । जोखिम व्यवस्थापन गर्न सकेमा लाभ पनि छ । पैसा हाल्दा धेरै जानकारी लिनुपर्छ जुन विभिन्न माध्यमबाट लिनसकिन्छ ।

१. सुचिकृत कम्पनीले प्रकाशन गर्ने ३ महिने वित्तीय विवरण

२. कम्पनीको वार्षिक प्रतिवेदन

३. कम्पनीको वेबसाईट

४. सम्बन्धि विषयको कानुन

५. नियमक भए नियमकको निर्देशन/परिपत्र

६. बैंकको हकमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन/परिपत्र बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, नेपाल राष्ट्र बैंक ऐन विभिन्न निर्देशिकाहरु

७. बिमाको हकमा बिमा समितिको निर्देशन/परिपत्र बिमा ऐन नियम निर्देशिका

८. नेपाल स्टक एक्सचेञ्ज

९. धितोपत्र वोर्डको निर्देशन, धितोपत्र सम्बन्धि कानुन नियम निर्देशिका परिपत्र
१०. कम्पनी ऐन निर्देशिका

११. अन्य आवश्यक कुराहरु

कानुन वकिलले मात्रै पढ्ने चिज हैन । कानुन सबैले जानेको हुन्छ बन्ने कानुनी सिद्धान्त छ । कानुन जानिन भनेर कानुन विपरीत गरिएको कार्यबाट उन्मुक्ती पाइन्न । आफुलाइ सरोकार पर्ने कानुन आफैले अध्ययन गर्ने गरौं ।

No comments:

उपकरण एक आईएसआईएन अनेक

फरक–फरक दिनु उचित कि अनुचित ? ईण्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीले जारी गरेको वित्तीय उप...